-विश्वास चाम्लिङ/बोन,जर्मनी-
महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा लेख्दैछु ताकि गलत भ्रममा परेर भविष्यमा कसैले दुर्भाग्यको गोता खानु नपरोस्। २२ लाख तिरेर अमरिका जान १० देश लुकि लुकि जानु नपरोस्। अनुमति नै नपाएका कलेजमा पढ्ने भनेर देशको सम्पत्ति लानु नपरोस्। यदि तपाइँहरु जर्मनी आएर पढ्ने अझै मेडिसिन नै पढ्ने सोचाइ बनाउनु भएको छ भने मेरा यी शब्दहरु अपर्याप्त हुन सक्छन्। यसका लागि बुँदाहरु म तल लेख्ने नै छु तर कोहि आउने तयारी गर्दै हुनहुन्छ भने के हो कसो हो भनेर आहत भएको मनलाई केहि हदसम्म राहत मिल्न सक्ला भन्ने आशा लिएको छु।
बिदेश जाने कतिको रहर हुन्छ त कतिको बाध्यता, कति बुझेर अनि लक्ष लिएर आउँछन त कति हल्लाको भरमा। सबैको आ-आफ्नै कथा अनि ब्यथा हुन्छ। अहिलेको परिस्थितिमा उचित मौकाको खोजिमा बाहिरिनु अस्वभाविक होइन तर त्यसो भन्दैमा विचार नपुर्याइ हाम्फाल्नु उचित भने पक्कै होइन। यसै सन्दर्भमा बार्षिक जर्मनी भित्रिने सयौँ विद्यार्थीहरु मध्ये एक हूल मेडिसिन पढ्न आउनेको पनि हुन्छ। विदेशमा पढ्न आउनेबारे त चर्चा भइनैरहन्छ र एक दुइ पटक जर्मनीको पनि सायद हल्का चर्चा भइसकेको छ। के त्यति सजिलो छ त यहाँ मेडिसिन पढ्न? के कस्ता बाधाहरु छन्? कतिको सफलता मिल्न सक्छ? यस्तै जिज्ञासा राख्नुहुने विद्यार्थी साथीभाइहरुको प्रश्न र मरो उत्तर राख्नेछु ताकि मैले हप्तामा एक दुई जनालाई दिने सल्लाहले धेरैलाइ सहयोग पुगोस्।
प्रश्न - जर्मनीमा पढाइ सित्तैमा छ रे अनि मेडिसिन पनि free मा पढ्न पाइन्छ रे नि हो?
उत्तर – यो अर्ध सत्य हो। अमरिका र अरु देशको तुलनामा सित्तै नै जस्तो हो किनकि यहाँ काम गर्नेले धेरै आयकर तिर्छन र त्यसको केहि भाग शिक्षामा लगानी गरिन्छ। यहाँ प्रान्त (state) अनुसार २५० देखि ८०० युरोसम्म एक सेमेस्टरको तिर्नु पर्छ। तर समस्या पढाइ खर्च होइन, बसाइ खर्च हो। भाषाको चाँहि प्राय: आँफै तिर्नु पर्छ। यहाँ ठाउँ अनुसार हेरि हेरि ६०० देखि ८०० युरोसम्म महिनाको खर्च लाग्छ र भिसा बढाउन पनि त्यति देखाउनै पर्छ। एकदमै सानो ठाउँमा जाँदा अलिक कम पैसाले पनि पुग्न सक्छ तर भिसा बढाउन तोकेको पैसा देखाउन भने सक्नु पर्छ। यो नियम अनुसार बाहिरबाट आउने विद्यार्थीको लागि तोकिएको एक महिनाको खर्च हो, भनौँ एक किसिमको उसको सुरक्षाको लागि ताकि उसलाइ समस्या नपरोस्। जस्तोकि ६००० युरो देखायो भने १० महिनाको भिसा बढ्छ। कुनै कुनै ठाउँमा एकैपटकमा २ बर्षसम्मको पनि दिन सक्छ। त्यो त केहि थिएन तर यति छ भनेर देखाएर पुग्दैन। Blocked Account खोल्नु पर्छ र त्यहाँ जम्मा गर्नुपर्छ। यो हिसाबमा पढाइको सुरुवात गर्नेलाइ आजकल अलिक कठिन छ। यसबाट महिनामा तोकिएको मुल्यभन्दा बढि झिक्न पाइँदैन। भाषादेखि मेडिसिनसम्म पढेर सकाउन मोटामोटि ९ वर्ष लाग्छ। अव आँफै विचार गर्नुस कति खर्च लाग्छ।
प्रश्न – अनि काम पाइन्छ त?
उत्तर – पाइन्छ तर आफु र आफु बस्ने ठाउँमा भर पर्ने कुरा हो। भाषाको राम्रो ज्ञान भएको खन्डमा र ठुलो शहरमा बसेको खन्डमा काम पाउन त्यति गाह्रो छैन। पश्चिमी जर्मनीमा पुर्वी भन्दा बढि काम पाइन्छ तर मेडिसिन पढ्न चाहनेले शहर छान्न असम्भव जस्तै छ किनकि सबैभन्दा पहिला जहाँ भएपनि पढ्ने मौका पाउनु नै ठुलो कुरा हो।
प्रश्न – काम गर्दै मेडिसिन पढ्न गार्हो हुँदैन?
उत्तर – काम गर्दै होइन, काम नगरिकन नै पढ्ने हो भने पनि गाह्रो छ। जर्मनीमा मात्रै होइन जहाँ नै पनि यस विषयलाइ धेरै गाह्रो मानिन्छ। तर यहाँ मेडिसिन सबैले जर्मन भाषामा नै पढ्नु पर्छ। नेपालमा खर्च पाएर आफुले जानेको भाषामा पढ्न त गाह्रो हुन्छ भने यहाँ काम गर्दै अर्को भाषा सिकेर त्यो भाषामा मेडिसिन पढ्नु पक्कै सजिलो काम होइन। जहाँसम्म मलाइ लाग्छ हामी गरिब राष्ट्रहरुबाट आउने विद्यार्थीहरु सत प्रतिसतले नै काम गरेर पढ्नु पर्छ। नयाँ नियम अनुसार यहाँ बर्षमा १२० पुरा दिन र २४० आधा दिन पढाइ नचलेको समयमा काम गर्न पाइन्छ र घन्टाको ठाउँ अनुसार ६ देखि ११ युरोसम्म पाइन्छ। त्यो हिसाबले महिनाको खर्च निकाल्न ६० देखि १०० घन्टासम्म काम गर्नु पर्ने हुन्छ। परिक्षाको समयमा धेरै समस्या पर्न सक्छ। तर समय सँगसँगै सानो तिनो छात्रवृत्ति र आफुले पढ्ने ठाउँमा पनि कामका अवसरहरु मिल्न सक्छन्।
प्रश्न – मेडिसिनमा ठाउँ पाउन कतिको गाह्रो छ?
उत्तर – फलामको चिउरा चपाउनु सरह। किन भन्दा मेडिसिनमा ठाउँ पाउन धेरै सतहहरु पार गर्नुपर्छ। सायद संसारमा विरलै कुनै देश होला जहाँ यति सस्तो र साथसाथै यति उच्चस्तरको मेडिसिन पढ्न पाइन्छ तर त्यसको लागि धेरै प्रतिस्पर्धा गर्नुपर्छ। नेपालमा त केवल नेपालीहरुबीच प्रतिस्पर्धा हुन्छ। यहाँ सारा संसारकासँग जोरि खेल्नु पर्छ।
प्रश्न – पढेपछि काम पाइन्छ त?
उत्तर – सोचेभन्दा धेरै। जुनै विषय लिएर पढ्नु भएको भए पनि तपाइँका अनगिन्ति बाटाहरु खुल्नेछन। यहाँ मात्रै होइन, संसारभरि नै। अहिले यहाँको नियम पनि धेरै उदार हुँदै गएको प्रत्याभुति हुन्छ। विद्यार्थीको काम गर्ने समय लम्ब्याइनु, पढिसकेपछि डेढ बर्षसम्म जे र जति पनि काम गर्दै आफुले पढेको बिषयमा काम खोज्न पाउनु, केहि समयपछि चाहेमा स्थायी रुपले बसोबास गर्न पाउनु यसका उदाहरणहरु हुन्।
प्रश्न – त्यसो भए खाँटी समस्या चाहिँ के हो त?
उत्तर – मौका पाउन र खर्च जुटाउन। खर्च त ल जसोतसो गरेर, आधा रात सुतेर, आधा पेट भरेर पनि टर्ला। तर पढ्न ठाउँ पाउन झन् झन् गाह्रो बन्दै गइरहेको छ (अरु विषयलाइ यो लागु हुँदैन)। म केहि मेडिसिनमा दाखिला पाउने तरिकाहरु लेख्छु।
क) सर्वप्रथम त भाषा जान्नु पर्यो। यसलाइ करिब ६ महिनादेखि एक बर्ष लाग्छ।
ख) त्यसको प्राप्तांकले Studienkolleg (जर्मनीमा १३ बर्षे विद्यालय स्तरको पढाइ हुने भएकोले एक बर्ष अतिरिक्त शिक्षा हासिल गर्नु पर्छ)मा निवेदन दिनु पर्यो र यदि तपाइँलाई त्यहाँबाट जाँचमा भाग लिने अनुमति आयो भने प्रवेश परिक्षामा सहभागी हुन पाउनुहुन्छ। जस्तो कि M-Course – Medicine, T- course – Technology etc.
ग) यदि त्यो परिक्षामा सफल हुनु भयो भने आफुले पढ्न चाहेको विषय सम्बन्धित आधारभुत ज्ञान हासिल गर्न पाइन्छ र त्यो वर्षको अन्त्यमा परीक्षा हुन्छ। यो समयमा धेरैले सफलता हासिल गर्न सक्दैनन् र बिषय परिवर्तन गर्नुपर्ने हुन्छ।
घ) त्यहाँको प्राप्तांक र नेपालको १२ को प्राप्तांक सबै मिलाएर एउटा ग्रेड बन्छ र अनि बल्ल मेडिसिनको लागि निवेदन दिन पाइन्छ। नेपालमा धेरै राम्रो प्राप्ताकं छ भने त्यसले युनिभर्सिटिको यात्रा सहज बनाउन सक्छ। अरु धेर थोर कुराहरुको हिसाब किताब पछि पढ्न पाउने या नपाउने कुराको निर्धारण हुन्छ र त्यसपछि बल्ल केवल तपाइँको आफ्नो ल्याकतमा भर पर्छ किनकि पाउनेले पनि पढाइ पुरा गर्न सक्छ सक्दैन भन्न सकिँदैन। यो सबैभन्दा जटिल मोड हो किनकि यसमा सफलता पाउने एकदमै कम हुन्छन्।
त्यसैले हरेक ठाउँमा पढ्न चाहनेको र पाउनेको संख्या घट्दै जान्छ। बार्षिक मोटामोटि ८०-१०० जना मेडिसिन पढ्ने भनेर आउनेमा सफलता एकदमै बढिमा आजकाल ५/६ जनालाइ हात लाग्छ। आफ्नो मिहिनेत संगसँगै आफुसंग प्रतिस्पर्धा गर्ने अरु देशका प्रतिस्पर्धीहरुको सहभागितामा पनि भर पर्ने भएकोले झनै कठिन छ भन्दा अत्युक्ति नहोला। गाह्रोको अर्थ असम्भव चाहिँ पक्कै होइन तर यहाँ के कुरा विचारणिय छ भने, २ बर्ष भित्र Studienkolleg सिध्याइसकेको हुनुपर्छ (सबै विषयलाइ लागु हुन्छ)। नत्र भिसा बढाउन समस्या पर्छ र त्यस्तै मेडिसिन पढ्न ठाउँ नपाउनेले अरु नै बिषय लिएर अध्ययन गर्नु पर्ने हुन्छ नत्र फर्किनु पर्छ। त्यसैले यदि मैले मेडिसन पढ्न पाइनँ भने के गर्ने भनेर एउटा अतिरिक्त योजनाका साथ आउँदा धेरै राम्रो हुन्छ। मैले यहाँ केवल केहि महत्वपुर्ण बुँदाहरु मात्रै समावेश गरेको छु। जर्मनीमा पढ्न आउने निर्णय धेरै राम्रो हो तर मेडिसिन नै पढ्छु अरु पढ्दिनँ भनेर आउनेले चाँहि एकचोटि सोच्नै पर्छ। अहिले यो समस्या निकै बढ्दो छ। सानातिना कुराहरु केहि छुटेका हुन सक्छन। यदि कोहि बढि जानकारी प्राप्त गर्न इच्छुक भए फेसबुकमा Nepalese Students‘ Society in Germany (NSSG) र Nepalese Medical Students‘ Society in Germany (NMSG) मा सहभागी हुनुहोस् र आफ्ना विचारहरु राख्नुहोस। यहीँ पढिरहनु भएका, पढ्न चाहने विद्यार्थी साथीभाइहरुको आफ्नै बलबुतामा खुलेको यो चौतारिमा जहाँसम्म मलाइ लाग्छ हरेक प्रश्नको उत्तर छ। उहाँहरुको यो कदम निकै नै सह्रानिय छ। हरेक विषय लिएर पढिरहनु भएका, पढिसक्नु भएका व्यक्तित्वहरुसंग सरसल्लाह गर्नुस्। मेडिसिन पढिरहनु भएका वा पढ्ने भनेर आउनु भएका तर अन्य बिषयवस्तु लिएर पढिरहनु भएका साथीहरुसंग अहिलेको समसामयिक परिस्थिति र नयाँ नियमहरुको मलाइ भन्दा बढि ज्ञान छ, उहाँहरुलाइ सोध्नुस्। समयले साथ दिएसम्म म पनि लेख्ने नै छु तर नबुझिकन पाइला चाल्नाले जीवनको सपना टुट्न सक्छ, पाउने मौकाहरु छुट्न सक्छ, समयानुसारको वैचारिक अनि बौध्दिक निर्णयले फुटेको भाग्य पनि जुट्न सक्छ।
If you wanna pursue PhD after Master’s degree, you’ll be allowed to stay in Germany as a student for 15 years.
optimestic article, as far as i know language course itself take 2 years of intensive traning. if somebody have already prepared for B1 in nepal then he or she can complete in 1 year. One more important info is casual study in any subject (like medical, engineering and commerce) is quite dangerous, if you failed in 1 subject 3 times then you are not eligible to study the course, what many people do in this situation is when he/she can not pass the course in 3rd attempt then he/she will change the subject, which again means lost of time (=years of study in a subject). The official stats is like just below 25% of studensts who join university completes university. My suggestion to students willing to come and study in germany is better do bachelor in nepal and have very strong education background. Study the German language in nepal and do german language course for 1 year in germany and go for masters here. Then you will have oppertunity in germany.
जर्मनी मा गएर physics वा अरु कुनै प्राविधिक बिसए पदन लाई कस्तो बाताबरण छ त्यो पनि बताई दिनु भयो भने आभारी हुनेछु, धन्यवाद .
सर्वप्रथम त यहाँहरू सबैलाई सधन्यवाद टक्र्याउन चाहन्छु। विशेष गरि देवजीलाइ मेरो गल्ती सुधारिदिनु भएकोमा आभार प्रकट गर्दछु। वहाँले भन्नु भएझैँ त्यो १२० पुरा दिन र २४० आधा दिनमा „र“ नभइ „वा/अथवा“ हो। लेखनमा छुटपुट भएछ। अमितजीले र उदिपजीले भन्नु भएको कुरा एकदम सहि हो तर उदिपजीलाइ म के भन्न चाहन्छु भने भिसा दिने मान्छेको मुडको कुरा गर्ने होइन समाजमा चेतनामुलक लेख लेख्नेले। यहाँ नियम र कानुन अनि सत्य र तथ्यको कुरा गरिन्छ। कसैले पायो रे मायाले अनि दयाले तर के सबैलाइ लागु हुन्छ त त्यो ? त्यसैले अन्यथा नलिनु होला मलाई थाहा नभएर नलेखेको होइन त्यो। सत्यतथ्यलाइ अगाडि सारेको मात्रै हो जुन सबैलाइ लागु हुन्छ। अपवाद हरेक कुरामा हुन्छ तर कुरोको चुरो त्यो बन्नु हुँदैन नत्र सत्य अपुरो अनि अधुरो हुन्छ।
अब कुरा गरुँ हाम्रा विद्वान व्यक्ति आशिषज्युसँग। पहिला त तिमी नचिनेको व्यक्तिसँग कसरि बोलिन्छ त्यो सिक। नेपाली समाजमा नचिनेको व्यक्तिलाइ तँ तँ र म म गरिँदैन। म तिमी भन्दैछु तिमीलाइ किनकि तिमीले लेखे अनुसार तिमी भरखर अध्ययन गर्दैछौ। मैले सायद मेरो नाम अगाडि डा. नलेखेकोले तिमीले मलाइ हेपेझैँ गरेर आफु अध्ययनरतको परिचय दिएर “विश्वासले धेरै कुरा नबुझे झैँ लाग्यो र अन्तिम प्रश्नमा पुरै गल्ति बुझाइ छ” भनेर लेखेका छौ। तिमी जुन विषयमा अध्ययन गर्दैछौ म त्यो बिषयसँग एक दशकभन्दा बढी रुझेको छु र यी लगभग ११ बर्षमा जर्मनीलाइ आफ्नो कर्मथलो बनाउँदा धेरै कुरा सुझेको बुझेको छु। धेरै वसन्तहरू पार गरेर पशुपतिनाथको कृपाले यो लेखकले यहि बिषयलाइ आफ्नो पेशा बनाएको छ। तेसैले पनि यो मेरो कर्तव्य बन्छ सम्झाउनु कि मैले देखेका भाइबहिनीहरू जो यहाँ आएर अन्योलमा परेका छन्, त्यस्तै अरुलाइ नपरोस्। एउटा जिम्मेवार व्यक्तिले समाजमा उथलपुथल ल्याउने कुरा लेख्नु भन्दा पहिले धेरै सोचेर र खोजीनिती गरेर लेखेको हुन्छ। त्यसमा पसिना बगेको हुन्छ। त्यसमाथि मैले लेखेकै छु, वृस्तृत जानकारीको लागि आउनुपुर्व NSSG वा NMSG मा छलफल गरौँ भनेर। एउटा औँला अरुतिर तेर्स्याउँदा चारवटा आफुतिर फर्किरहेको हुन्छ। तिमी पनि जिम्मेवार पेशातिर अघि बढ्दैछौ त्यसैले लेख्नु भन्दा अगाडि सोच्ने गर त्यसले अरुको जीवनमा कस्तो असर पर्छ भनेर। मैले यो लेखिरहनु जरुरी थिएन। त्यो त तिम्रो लेखाइमा पाएका रातो चिन्हरूपी पुरस्कारले नै बताइरहेको छ तर पनि डोर प्रसादजीले लेख्नु भएझैँ कतिको मनमा शंका उब्जेको हुन सक्छ त्यसैले लेख्दैछु। एउटा विद्यार्थी तयार गर्न मेडिसिनमा थोरैमा एक मिलियन युरो लाग्छ (अर्थात ११ करोड ने.रु.), भिसा बढाउन पैसा देखाउन पर्दैन (८००० देखा भन्दा लुरुलुरु घर आयो भने चाँहि देखाउनु पर्छ नत्र पर्दैन, के गर्ने त मुक्का हान्ने तिनिहरुलाई?), भ्याकेसनमा १२० दिने नियम लागु हुँदैन (धेरैलाइ थाहा छैन भनेर लेखेका छौ तिमीले, धेरैलाइ थाहा नभाको हो कि तिमी overconfident भाको हो सबै थाहा पाए झैँ गरेर ?), मेडिसिन पढ्नेलाइ ५०\६० प्रतिशतलाइ छात्रवृत्ति मिल्छ, नेपालमा पनि ट्यालेन्ट भएका र यहाँ M- course गर्नेले सबैले ठाउँ पाउँछ अझ २ बर्ष कुर्दा त पक्कै मिल्छ (उदिपजीको उत्तर हेरौँ र आशिषले भनेको कुराको हिसाब गरौँ . १ बर्ष भाषा, १ बर्ष Studienkolleg, २ बर्षको कुराइ र ७ बर्षको पढाइ गर्दा ११ बर्ष हुन आउँछ जबकि १० बर्षको अधिकतम समय हुन्छ पढाइ सकाउन र नियम अनुसार विदेशी विद्यार्थीले सुरु गरेको विषय ४ सेमेस्टर पछि परिवर्तन गर्न पाउँदैन), डाकटरहरुको बढि Tax काट्ने income limit 48000 भएकोले भन्ने जस्ता मनगणन्ते कुरा गरेर आफैँलाइ हाँसोको पात्र बनाइरहेका छौ तिमी। हो तिमीले भनेको कुरा सहि हो यनिभर्सिटि पुगेको मान्छेलाइ आजकल अलिक खुकुलो बनाएको छ तर पनि प्रान्त अनुसार अझै पनि पुरै पैसा देखाउन पर्ने हुन सक्छ। मेडिसिनको लागि एउटा नियम र अरुको लागि अर्को नियम हुँदैन। युनिभर्सिटिका सबै बिद्यार्थी एकै हुन्। अरु उपाएहरु पनि छन् उमितजीले लेख्नु भएझैँ तर यो लेखको सारांश सानातिना तरिकामा केन्द्रित नभइ मेडिसिन सबैले पाउँदैनन् र त्यसैले सोचाइ बनाएर आउनु भन्ने हो। तिमीले लेखेझैँ न मेरो लेखले नेपाल र जर्मनीको सम्बन्ध बिग्रिन्छ न कसैलाई नकारात्मक असर पर्छ। यहाँ पढ्न आउने विद्यार्थीहरु जर्मनीले भिखमा दिएको सिटमा होइन बल्कि आफ्नै बलबुताले आउँछन् र त्यसरि आउनेले खोजिनिती गरेर राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न पाउनु उनिहरूको अधिकार हो अनि त्यसमा के को हिच्किचाहट? कसैले घरबार बेचेर आउँछन् त कसैले रिण लिएर। के मजाक हो त्यो सब ? म त भन्छु सबैले अझै यस्ता कुराहरु खुलस्त गर्नु पर्छ। म फेरि पनि भन्छु कि मेरो यो लेखको औचित्य केवल मेडिसिन पढ्न आउनेले विकल्पको बारेमा पनि सोचेर आउनु भन्ने हो ताकि ठाउँ नपाउँदामा रनभुल्लमा नपरियोस्। तिमीले अनुभव गरेका कुराहरू सबै असत्य होइनन्। हो कसै कसैलाइ भिसा पाउन पनि अलिक सजिलो हुन्छ, कसै कसैले थोरै दु:खले पनि छिट्टै काम पाउला तर त्यो सबैलाइ लागु हुँदैन। सत्य र तथ्य अनि नियम कानुनको कुरा गर्नु पर्छ। तिम्रो घर छेउमा एउटाले फुटेको कानले सुन्यो भनेर सबैले सुन्दैन। प्रकृतिको नियम हो सद्दे कानले मात्रै राम्रो सुन्छ। चेतनामुलक लेखमा यथार्थलाइ र सत्यतथ्यलाइ ध्यानमा राखिन्छ न कि आकल झुकल हुने कुरालाइ। यस्तो संवेदनशील बिषयमा किंवदन्ती जोडेर जे पाए त्यही प्याच्च बोल्ने र जहाँ पायो त्यहीँ थ्याच्च बस्ने नगरियोस्। अनि तिमीले लेखेजस्तो मलाइ खबर गर्नुस म visa extension को लागि मद्दत गरिदिन्छु भन्ने जस्ता बकमफुसे कुरा नगर। तिमी भन्दा कति सिनियरहरू छन् त्यसैले NSSG र NMSG मा सल्लाह गर्नु भनेर लेखेको हो मैले। यहाँ कसले के कति कुरामा मद्दत गर्न सक्छ त्यसको ज्ञान मलाइ राम्रोसँग छ। जो नियम कानुन अनुसार चल्छ उसलाइ समस्या पर्दैन। थाहा नभएकाहरुलाइ असल सल्लाहको जरूरत छ। बिशेषगरि नेपालबाट नबुझी आउनेलाइ। उनिहरुको लागि फैलाउ तिम्रा मद्दतका हातहरू। राम्राका साथसाथै बाधा अड्चनको बारेमा सचेत गराऊ। बिचार गरेर लेख, कसैको भविष्यको सवाल छ।अस्तु :
Bishwas Chamling, MD
मित्र, सबै मान्छेहरु लै कानुन पढेका हुँदैनन्, कति लै त आफ्नो अधिकारको सम्म पनि थाहा छैन | त्यसैले बिदेशी बिभागमा गएर नियम र अधिकार बमोजिम तिनीहरु संग जोरी खोज्ने आट कति नेपाली ले गर्छन, त्यसमा मा शंकै छ | राम्ररी सम्झाएकाहरु पनि त्यहाँ गएर लुरुक्क परेर फर्केको देखेको छु | त्यसैले पहिले नै वार्निंग दिएको हुन् कि बिभागका कर्मचारीको मुड मा भर पर्छ भनेर | त्यसमाथि पढाई राम्रो मात्र भएर पुग्दैन, यदि कसैले आफ्नो पढाई को निम्ति खर्च पुग्ने श्रोत देखाउन सकेन भने उसका जति पैसा छ त्यसलाई ७०० ले भाग गरि जति नम्बर आयो तेती मात्रै भिसा दियिन्छ | कति लै केहि नहेरी २ वर्ष को पनि दियिन्छ | कसैलाई केके देखाउने भनेर घरमै चिठी आउछ त कसैलाई केहि पनि औदैना र आफै गएर सोध्नु पर्ने हुन्छ | त्यसैले कुरा चेतना भन्दा पनि यथार्थ को कुरा लेखेको हुँ |
“माथि ७०० ले भाग गरि जति नम्बर आयो तेती” पछि “महिना” छुटेछ है | फेहरी अन्यथा बुझ्नु होला | ७०० को अर्थ चै सरकार ले तोकेको न्युनतम मासिक खर्च हो |
राम्रो एवं सूचनामुलक कुरा गर्नु भएकोमा तपाई धन्यबादको पात्र हुनुहुन्छ! बाकी जसलाई जे मन लाग्यो, गिदिले जे भ्यायो त्यहि गर्छ, सायद एक-दुइ जना मित्रहरुले त्यहि बाट यसबारे अरु कमेन्ट गर्नु भएको रैछ – जसले जे भोग्यो त्यहि लेख्यो भन्ने मलाई लाग्यो|
मेरो कुरो के भने जो कोहि डाक्टर भै सकेपछि कृपया सेवा भावले काम गर्नुस,
मृत्यु को मुखमा पुगेका बिरामीकालागि डाक्टर भगवान सरह नै हुन्छन|
फासीमा झुन्डिने बेला सम्म त मान्छेलाई आशा रहन्छ कि म निर्दोष हु भनेर भने, कुनै पनि बिरामीका लागि डाक्टर तेसै भगवान हुन्!
नेपाल र भारत (मुख्यत:) मा जस्तो पैसाको लागि मात्र नभएर सेवा भावले काम गर्नुस मेरो कामना!
अमित तपाइलाई मैले लेखेको कुरा बिस्वाश लागेन है , सायद तपाई मेडिसिन को बिधार्थी हैन होला , येधि हो भने …. तपाइलाई पकै था हुनु पर्ने हो. गेर्मन को मेडिकल बर्सिक तत्थायाँका मा हेर्नु होला , प्रतेक वर्ष रास्ट्रीय समाचार मा पनि दिन्छा सुनु होला. visa बडाउने कुरा मैले लेखेको राम्ररी एक चोटी फेरी पढ्नु होला. म संगै पदने धेरै साथी हरु छन् . म तपाइलाई मेरो आफ्नै उदारण दिन्छु , मलाई पनि ८००० यूरो राख्नु पर्छ भनेको थियो तर , मैले तियो कुरा मेरो कानमा पनि पर्न दिन , म संग धेरै लामो बार्गेनिंग भाको थियो, किनकि मैले केहि visa सम्बन्धि अध्यन आफै पढेको थिए . अनि मैले कानुनका बिधार्थी बाट पनि धेरै कुरा बुजेर . पैसा नतिरिकन visa , तर तेस्को लागि तपाई युनिभर्सिटिको रेगुलर बिधार्थी हुनु पर्छ र राम्रो संग पास भएको हुनु पर्छ. यनिवेर्सिटी मा इकोनोमिक , Bussiness पदने बिधार्थी हरु युनिवेर्सिटी रेगुलर जादैनन् , अनि सेमेस्टर भरिने काम मात्र गर्न खोज्छन, अनि असफल हुन्छन , अनि बस्ने ठाउँ पनि ज हिले change गरि रहन्छन , अरुको नाममा बस्छन , तेस्तालाई चै ८००० यूरो जम्मा गर्न लगाउछ , बिस्वाश गर्नु होस् अरु पनि धेरै उपाय छ. मैले यहाँ बयान गर्दा , एउटा लेख नै बन्ला . सायद कुनै दिन सबैलाई सुनाउने अवसर मिल्ला.
तापैहरुकसैलाई भर्म नहोस , म ९ सेमेस्टर मा अध्यन रत विद्यार्थी हु र धेरै विद्यार्थी हरुलाई यो बिसयमा सहयोग गरेको छु तर , यो कुरा बुज्नु होस् तपाई पदन भनेर आएपछि पढ्नु पर्छा , रेगुलर संग राम्रो पढ्नु भयो भने , तापलाई कसैको बाउले पनि रोक्न सक्दैन , र यदि तेस्त विधार्थीलाई visa दिदैन र फर्कौन्छा भन्छ भने मा का मा लिएर आउनु होस् म फर्किन दिन र हामी बुजेकाले मदत गर्ने छौ.
अमित ले लेखेको जुन नेपाल बाट नै kontract गरेर Account राकेको पैसा चै राख्ने पर्छ . तियो पैसा पनि खिजं थाल्नु भयो भने , यो था हुन्छा कि तपाई पदने मनसायले आउनु नै भा को हैन , अरुनै केहि . तर तपाई Pruniversity गरेर University को रेगुलर बिद्यार्थी हुनहुन्छ भने , मैले भनेका कुरा सबै मिल्छ . कुनै सतिनु पर्दैन . तर जो बिधार्थी ले २ बर्समा पनि उनिवेसिटी जों गरेको छैन , तेस्ताका लागि पनि मैले बनेको कुराले मदत गर्ने छैन . अब सबैले बुज्नु भयो होला .
अमित तपाई आको धेरै भाको छैन होला यदि मैले भनेको पर्क्रिया भित्र पर्छ भने पर्नु हुन्छ भने मेरो इमेल तपाई संचार प्रकाशन गर्ने संग माग्नु होला ,किनकि मैले तपैले यहाँ मेरो ठेगाना दिन मिल्दैन. म तपाइलाई अर्को चोटी visa Extend गर्दा मदत गरिदिने छु , तर मैले भनेका कुरा ख्याल गर्नु होल. जर्मन पढ्न भनेर आउनेले पढ्नु पर्छा , पदने लै केहि ले छेक्दैन.
Thanking for ur understanding and Komment
Thank you very much to all of you for your information regarding the study of medicine in Germany. I shall be highly grateful if somebody can write about studying MD in Germany because I have already completed my MBBS.
Thank you.
B. Thapa
थापा जी, जर्मनीमा M.D. भन्ने पद नै हुन्न | यहाँ को सात वर्षको मेडिकल पढाई नै एक मात्र र अन्तिम पढाई हो | नेपालको र यहाँ को सिस्टम नै फरक भएकोले तपाई को M.B.B.S को यहाँ के value हुन्छ भन्न मुस्किल छ | (University अनुसार फरक पर्न सक्छ) सायद तपाइले यहाँ एक वर्ष मेडिकल को अन्तिम वर्ष पढेर, बोर्ड exam दिएर र १ वर्ष Intern गरे पछि मात्र तपाइले यहाँ डाक्टर को उपाधि पाउनु हुन्छ | त्यस पछि भनेको पढाई सकियो | पढाई गरिराखेकै बेला वा सके पछि यौटा dessertation लेख्नु भयो भने (त्यो भनेको यौटा research ma kaam garera report dina saknu bhayo bhane, awadhi 6months to many years, depending upon difficulty of your research) तपाइले माथि भनेको जांच हरु पास गरे पछि Dr. med. को उपाधि पाउनु हुनेछ, जुन नेपाल मा M.D. को तह हुन्छ, तर hospital मा भने तपाइको ओहोदा assistant डाक्टरको नै हुन्छ | Specialisation को लागि चै आफुले चुनेको विधा मा ६-७ वर्ष काम गरिसकेपछि, होस्पितलको सिफारिश मा specialist को जांच दिन सकिन्छ, पास भए पछि सो पद पनि पाउनु हुन्छ | त्यसपछि अझ ६-७ वर्ष पछि ober -arzt र त्यसको ६-७ वर्ष पछि Chef-arzt को उपाधि पाउनु हुन्छ | त्यो बिसय को त्यो नै अन्तिम तह हो | लामो कुरा छोटो मा भन्दा M.D. को तह (Dr. Med.) जर्मनी मा अलंकारिक तह मात्र हो, dessertation गरे Dr. med wa M.D nepal लेख्न पयिंचा नत्र physician को title मात्र पाउनु हुन्छ | तर त्यो सबै गर्न तपाइलाई भाषा सिक्नु पर्ने हुन्छ, जसको लागि तपाइलाई धेरै वर्ष लग्न सक्छ, किनकि भाषा को निपुणता बिना यहाँ मेडिसिन पढ्ने कुरा बिर्सिदिए हुन्छ |
जर्मनी मा M. D. भन्ने नै छैन | यहाँ को पढाई नै नेपाल को Masters बराबर को पढाई हो | तेसैले तपैले यहाँ आएर medicine को अन्तिम वर्ष पढ्ने, १ वर्ष intern गर्ने र मेडिकल बोर्ड जांच दिनु पर्ने हुन सक्छ |
यो ब्लग को साथमा कसैलाई थाहा भए, जर्मनी मा कतिजना नेपाली मेडिकल student छन् र कति जनाले सकाएर काम गरि राखेका छन् भन्ने number भएमा कृपया लेख्नु होला!
माथि साथीहरुले गरेको-भनेको कुरा मोटा-मोटी सहि हो | जहाँ सम्म भिसा को सवाल छ, त्यो धेरै कुरा भिसा दिने मान्छे को mood, apply गर्ने मान्छेको presentation र उसले भनेको समयमा पुरा गर्नु पर्ने न्युनतम पढाई को तह कटायो कि कटाएना त्येसमा भर पर्छ| भिसा सर्बाधिक दुइ वर्षको दियिन्छ, जसलाई दुइ-दुइ बर्सगरी अधिकतम १० वर्ष सम्म लम्व्यौना सकिन्छ | त्यस अवधि भित्र पढाई पुरा भएन भने देश पुन फर्किनु पर्ने हुन्छ |
जहाँ सम्म को पढाईको सवाल छ, चाकबाट धुवा मात्र हैन आगो नै बल्छ | त्यस्तो गार्हो छ | नेपाली भए पछि पक्कै side-job गरिन्छ नै | त्यसैले झन् गार्हो हुन्छ, किन कि यति धेरै जांच हरु हुन्छन कि, महिनामा आठ दिन half-time काम गर्न पनि गार्हो पर्न सक्छ | त्यसमाथि vacation ko time ma pani intern haru टन्न गर्नु पर्ने हुनाले, vacation ma dherai kaam गर्छु भन्ने सपना नदेखे हुन्छ | पढ्ने मन र रहर मात्र हैन, दृढ प्रतिज्ञा र अथक मिहिनेत नगरिकन जांच कटाउन मुस्किल पर्छ | त्यसैले आउनुहुन्छ भने नौ वर्ष (१ वर्ष भाषा, १ वर्ष studienkolleg र नया rule anusaar सात वर्ष पढाई) को यज्ञ मा होमिने अठोटका साथ आउनुस | पढ्न चाहनेलाइ golden अवसर हो, किन कि यहाँ को बिस्वबिध्यालय हरु संसार कै सर्बोकृस्ट मा पर्चन| पढ्न नचाहनेले या रहर ले मात्र आउने चेस्टा गर्नेले चै यहाँ आउने नसोचेकै राम्रो |
यो News पढ्दा , मलाई करेक्सन गरिदिन मन लग्यो ! र यो कुनै क्रिटिक हैन , मेडिकल अध्यनरत बिधयार्थिको अनुभब हो . बिस्वाश ले लेखेका कुरा पढदा मलाई धेरै नाबुजेको जस्तो लग्यो , तेसैले यो प्रकारका news पब्लिक मा लियाउनाले नकारात्मक अस्सर पर्दछ जसले दुवै देशलाई हानी हुन्छ. तेसैले मा केहि स्पस्ट पारिदिन चहान्छु .
प्रस्न १
जेर्मन मा मेडिकल अध्यन फ्री भन्दा केहि फरक नहोला. जेर्मन University ले एक जना Doctor पढाउनको लागि थोरैमा पनि १ Millions यूरो खर्च गर्दछ . मेडिकल बिधार्थिले ६ महिनाको लागि भनेर तिरेको १५०/२५०/४५० ( State अनुसार फरक ) यूरो यो कुनै अध्यन को लागि नभएर यो त ६ महिना को लागि Travel Ticket (Bus and Train को लागि )हो and some other out of Studies Aktivity को लागि हो. जहाँ ७०० लिने गरिन्छ , तिहा चै केहि अध्यन को लागि हो , तर यो पनि केहि वर्ष मा सबै बाट हट्दैछ . बस्नको लागि ६०० यूरो जहाँ बसे पनि पुग्छ. Visa बढाउनको लागि बिस्वासले भने जस्तो ८००० यूरो सबै State मा राख्नु पर्दैन, म संग धेरै Example छन् . दोस्रो कुरा visa Extend गर्न तपाई ले नेपाल बाट कुन प्रक्रिया बाट visa लागाको हो तेस्मा धेरै depend गर्छ. तेस देखि बाहेक पनि धेरै अरु उपाय हरु छन् , पैसा नै नराखी पनि visa Extend गर्न सकिन्छ . तपाइलाई Embessy ले dokument हेरे पछि ल ८००० यूरो जमा गर्नु पर्छा भन्दैमा चुप लगेर घर आउनु भयो भने , अनि चै पर्छ . तर तेही निर म संग एति धेरै पैसा छैन अरु केहि उपायहरु छ भनेर सोध्नु भयो भने , तपाइलाई बताइदिन्छ. तेसैले visa Extend गर्न जादा धेरै कुरा बुजेर जादा राम्रो हुन्छ. राम्रा बिधर्थिका लागि अरु पनि सजल उपाय छन् .
प्रस्न २
कामको बिसयम कुरा गर्दा जर्मन मा भाषा लै साबि भन्दा महत्व दिने गरेको पाईन्छ. तेसैले तपाइको भाषा राम्रो छ भने जेर्मन मा काम पाउन गारो छैन . नर्मल वर्क परमिट १२० दिन एक बर्समा हुन्छ तर तपाई संग uni मा केहि studentle काम गर्न सक्ने aktivities हरु गर्नु भयो भने तियो , १२० दिन मा गनिदैन र vacation मा यो नियम लागु हुदैन , तपाई जति पनि कम गर्न सक्नुहुन्छ.
प्रस्न ३
काम गर्दै मेडिसिन पदन धेरै गारो हुन्छ . तपाई संग weeked मा २ दिन फुल समय हुन्छ . लगाब लागएर कम गर्नु भयो भने , रेन्ट तिर्ने पैसा तिहा बाट कमाउनु हुन्छ,तेस्देखी भाहेक मेडिकल विधार्थीलाई university Assistent को रुपमा काम गर्ने धेरै अवसर मिल्छन . तेस्देखी बाहेक प्रतेक Vacation मा कम गर्न पाउनुहुन्छ. यो काम गरेको तापलाई १२० दिन मा पर्दैन , र तपाई लेगल नै गर्न पाउनु हुन्छ . यो कुरा धेरै विधार्थीलाई था छैन. तेसैले आर्थिक रुपमा गारो हुदैन . मेडिसिन पदने ५०-६० % बिधार्थिले ३००/६००/१००० यूरो सम्म scholership मिल्छ एसका लागि पाएका बिद्यार्थी संग सम्पर्ग राख्नु धेरै राम्रो हुन्छ.
विश्वास को अन्तिम प्रस्न मा पुरै गल्ति बुझाई छ
प्रस्न ४
जेर्मन मा राम्रो संग preuniversity कुर्स(M-Kurs ) पास गरेका बिधयार्थी र नेपाल मा पनि Talent भएर आका बिद्यार्थी सबैले जर्मनी मा मेडिकल अध्यन गर्न अवसर मिल्छ. कुरा चै के हो भने % मा भन्दा नेपाल मा + २ पढेको र यहाँ को Uni मा प्राप्त गरेको मार्क जोडेर दिएको Garde सिस्टम मा जसको over ८० % छ उनि हरुलाई मेडिकल सिट मिल्छ, तर २ वर्ष सम्म कुर्नु पर्ने पनि हुन्छ. ८० % भन्दा कम Mark भएका लै चै गारो हुन्छ. सिट पाउनु मात्र ठुलो कुरा हैन , अध्यन पुरा गर्नु chalenging को बिसय हो. ६ बर्सको अवधिमा २ चोटी फलाम क चिउरा चपाउने पर्छ (२ र ६ बर्समा High Level national Medical Doctor Exam दिनु पर्छ- तेस्मा पास मात्र गर्नको लागि ६०% लियौनु पर्छ. ) मैन २ बर्सम जसले चिउरा चपाएर पचौछ उसले ६ बर्सलाई पनि पार गर्छ ) . यी नै बिसेस्ताले जर्मको मेडिकल लाई वोर्ड कै नमुनाको रुप मा लिने गरिन्छ.
पदिसके पछि ..जर्मन मा मेडिकल दोच्तोर ले १०० % काम पाउछन , किनकि एक त यहाँ धेरै मेडिकल दोच्तोर को आवस्यकता छ , दोस्रो यहाँ क राम्रा दोच्तोर उस , क्यानाडा, बेलायत काम गर्न जाने गरेको देखिन्छ. जर्मन मा income Limitation छ , यहाँ Doctor ले धेरै कमाउने र तियो अनुसार बढी tax लिने कानुन छ ( Income Limit :४८००० यूरो एक बर्समा ).
समग्र मा भन्दा नेपालमा talent छ , उ हार्ड मेहेनत गरेर जेर्मन भाषा मा पदने इचा छ, समस्या परेको बेलामा परिवार बाट हेल्प हुन्छ भने र pation छ. भने तियो बिधयार्थिका लागि जेर्मन मेडिसिन को लागि एक उतम र स्तरीय गुण भएको देश हो.
धन्यबाद
all the best for all medical Student in Germany
मलाई त कुरो कनफुज लग्यो …कुरो कसको पत्याउने … हुनत नेपाल क consultancy ले जुन देश पनि राम्रो भन्छन … राम्रो नियत मा लेख लेख्नु भयको हो भने साधुबाद ..
मलाई नि आशिष ले लेख्नुभयको कमेन्ट सच्यौना मन लाग्यो जर्मनी मा doctor बनाउनको लागि १ million यूरो खर्च लाग्छा भन्ने कुरा मैले नि पैलोचोती सुने अचम्मै लाग्यो बा!खर्च नलाग्ने हैन तर बढीमा १.५ लाख यूरो जति ….अनि कुरो ८००० यूरो बिना विसा extend गर्न मिल्छा भन्ने कुरा अक्दमै गलत हो किनभने यो मैले आफै भोगेको कुरा हो मलाई ८००० यूरो भयान भने विसा मिल्दैन भनेको कुरा ऐलेसम्म कानमा गुन्जिंछा ऐले नेपाल बाट कुनै student जर्मनी औछा भने उसले ८००० यूरो १ वर्ष को खर्च को लागि भनेर ल्याउन पर्छा र यो ऐले सबै state हरुमा अनिबार्य भैसक्यो.८००० यूरो त्यो नि saving account मा अझै स्पस्ट भन्दा block account मा राख्न पर्छा र महिना को जम्मा ६ देखि ७ सय यूरो मात्र झिक्न मिल्छा यो मेरो आफ्नो अनुभव हो.अनि मेडिकल पढ्ने student ले scholarship पौने कुरा…….. जसको राम्रो मार्क्स छ उसले मात्र pauchha नकी सबै medicine पढ्ने student ले.
मैले कसैलाई यो कुरा लेखेर हतास पर्न खोजेको हैन मात्र आफुले ठ पाको केहि कुरा भन्न मात्र खोजेको हो…. यदि कोहि student यहाँ आयर मेहनत गर्छा भने असम्भव भन्ने केहि नि छैन धेरै नेपाली ले पढेर यहि doctor भयर काम गरेका उदाहरण छन् ……
i would like to make little bit correction to this answer
about: answer to question 1,, if you do’nt have any one who can sponsor you in Germany or if you do not have scholarship then only the option to get Germany visa and to extend visa in future is to either block an amount of around 7000 euro in bank or show 1 years working contract where you year at-least 650 euro per month here in Germany.
about : answer to question 3 , in my opinion what is written in blog is true. doing job and study is very hard because here in Germany study is very tough you have to spend a lot of time in study else you will fail and again fail and finally get kicked out of university. so if one plan to finish medicine is prescribed year then ,,doing job side by side will make it almost impossible. And about working in weekend,, all of the offices are closed in weekend and only the job you get is at restaurant and factory and they do not pay you well. So you if live if big city then it will be very hard to sustain with that job (on contradictory in small cities it hard to get such kind of weekend jobs)
@Aashish, i am totally surprised to read your comment that you can easily extend student visa in Germany. I’ve been living in Germany for 11 years and i’ve completed medical study. i know how difficult it is to extend the visa without bank balance or any other supporting documents. I would be thankful to you if you could help some of the young nepalese students studying out here in my state of northrhein westfalia.
You mentioned that the federal republic of Germany invests 1 million euro per student. How is that possible? Where did you get such unreliable information? LOL and in which paragraph of law is it mentioned that international students can work for 120 days in vacation without these days being counted? or are you talking about illegal work?
Next point is very sensible. How can you take guarantee that everyone gets admission into medical study in Germany? I’ve seen the success rate and it’s quite low. I think before you publish such kind of unreliable information in such a sensitive media, it would be better if you think twice.
It would be ideal if everybody could get visa, admission etc. so easily but the reality is different. I hope the rules and regulations for international students would be easier in future and i wish all the best for students who are taking these challenges for a bright future.
Last but not least i know the writer personally very well and he has published this article after a hard research and his long personal experience. I appreciate him for his valuable information to help the young coming generation so that they don’t need to deal with any kind of unexpected and unpleasant circumstances.
यो धेरै राम्रो जानकारी हो मलाई धेरै मन पर्यो मैले पनि भोगेको कुरा हो यसमा धेरै नै सत्य छ , बास्तव मा युरोप ,अमेरिका गएर अलि कति भए नि जम्नलाई टाउका का आधा रौ गुमाउनु पर्छ(झर्छन ) !सजिलो छैन
Well done Bishwas ji! Very informative but this is limited to mysansar readers, you should try to get this published in major newpapers in Nepal.
All the best!
Jenish,
Oxford
चामलिंग जी ज्यादै राम्रो सुचना प्रबाह गर्नु भयो ,धन्यबाद | बास्तबमा यहाका बिद्यार्थी हरु जब आइ .एस .सी बा दश जोड दुइ पास गरिसके पछी ,उनीहरुमा आफ्नो भविष्य लाइ कता लगाउने भन्ने कौतुहल हुनु सोभाबीक हो | जब यहाँ आफ्नो औकात ले मेडिसिन पढ्न नसकिने भएपछि र जुनकुनै देशमा पैशा नतिरी अर्थात् फ्री पढ्न पाइने भन्ने कुरा सुन्दा त्यसतर्फ हम्फालना नखोज्ने कुरै भएन | कुनै पनि टेक्निकल बिषय भनासाथ फलामको चिउरा जस्तै चपाउने गारो बल्ल बल्ल चपायो निल्ने गाह्रो यस्तै हो गरिब देशका बिधार्थी हरु को दुर्गति | पाए सम्म अन्त नपाए पछी लाखानेको जन्त भने सरि जर्मन हानिन खोज्ने बिद्यार्थी भाई बन्धु हरुलाई सहि सुझाब र सल्लाह दी समयमै सचेत गराउनु भएकोमा फेरी पनि मुरी मुरी धन्य बाद |
बिश्वास दाइ , जानकारीको लागि धेरै धेरै धन्यबाद | मेडिसिन मात्रै हैन अरु बिषयहरुमा पनि आफुले चाहेको ठाउँ र चाहेकै विश्वविद्यालय पाउनु भनेको चै भाग्य कै कुरा हो नि हैन र ? तपाइले माथि दिनुभएको जानकारीमा “नयाँ नियम अनुसार यहाँ बर्षमा १२० पुरा दिन र २४० आधा दिन पढाइ नचलेको समयमा काम गर्न पाइन्छ” लेख्नु भएको रहेछ | त्यसमा भएको “र” ले गर्दा साथि हरु झुक्किनु होला | त्यो र नभएर “अथवा”, मतलब १२० पुरा दिन पढाई नचलेको समयमा अथवा २४० आधा दिन {जुनसुकै समयमा गर्न सकिने } भन्ने बुझिदिनु हुन जर्मनी आउन इच्छुक साथीहरुलाइ अनुरोध छ |
विश्वास चाम्लिङ जी ,
राम्रो काम गर्नु भएको मा मुक्त कण्ठ ले प्रसंसा गर्दछु. साथै अन्य बिसए को के कस्तो छ , कृपया लेख्दै गर्नु होला ,धन्यवाद.
नमस्ते
खर्च, समय र एस्त्रगल हेर्दा त फलामको चिवरा चपाउनु भन्दा पनि गारो रहेछ.
येसो भन्दैमा गर्ने नसकिने पनि होइन, धेरै संयम र लगनसिलता चाहिन्छ.
राम्रो लेख को लागि धन्यवाद.
बडा राम्रो जानकारी राखी दिनु भो – माई संसार ले प्रकाश ल्याई दियो, सालोक्य र तपाई दुवै जना धन्यवादका पात्र हुनुहुन्छ i अब पालो विज्ञ पाठकहरुको मनन गर्ने अनि निर्णय गर्ने !