Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा नेपालीले नेपालीलाई छुरा हाने

Posted on August 12, 2012August 12, 2012 by mysansar

विदेशी भूमिमा नेपाली ‘डन’को आतंक

-रवि रोषी, दोहा-

घाइतेहरु नारायणदास श्रेष्ठ र बल बहादुर दवाडी

अस्ति शुक्रबार कतारको औद्योगिक क्षेत्र सनैयाको ४१ नम्बर स्ट्रीटमा नेपालीले नै नेपालीलाई छुरा हानेको अप्रिय घटना सुन्नुपर्‍यो। २० जनाको समूहमा आएका एकजनाले म दोहाको डन भन्दै थर्काए- लंगुरबुर्जा खेलाउन नदिने को हो? यत्तिकैमा खोटाङ जिल्लाका नाम नखुलेका एक जनाले लुकाएर राखेको छुरी झिकेर सर्लाहीका नारायणदास श्रेष्ठलाई अन्धाधुन्ध प्रहार गरे। उनलाई बचाउने क्रममा छेक्न जाँदा सर्लाहीकै बलबहादुर दबाडीलाई अर्को आक्रमणकारीले आफ्नो हातमा भएको मोटो काठले टाउकोमा ताकेर प्रहार गरे। टाउको बचाउने क्रममा हातले छेक्दा दवाडीको देब्रे हातको मसल फुटेर माँसपेशी नै बाहिर निस्किएछ। छुरीको प्रहारले रन्थनिएर घोप्टो परेर लडेका नारायणदास श्रेष्ठलाई खोटाङका राई थरका ब्यक्तिले तरवार झिकेर खसी मार हान्न लागे झैँ तरबार उठाएर हान्नै लागे। यो देखेर सर्लाहीकै बिष्णुहरि शिवाकोटीले करिब २ केजी तौलको ढुंगा उठाएर तरबार लिनेलाई लक्षित गरी प्रहार गरे। तरवारले मार हान्नै लागिसकेका राईको छातिमा ढुंगाले लागेपछि राई पनि एकछिन रन्थनिएर त्यहीँ लडे।

लामो समयदेखि कतारको सनैया क्षेत्रमा नेपाली, बंगाली तथा अन्य देशका नागरिकहरुको मिलिभगतमा लंगुरबुर्जा अर्थात् डाइस खेलाउने र खेल्ने नेपालीहरुको बिगबिगी बढ्दै थियो। कतार कै कानुनी विपरीतको त्यस्तो विकृति निराकरणको लागि कतारका विभिन्न संघसंस्था तथा नेपाली बुद्धिजीवीहरुले दुतावाससँगको सहकार्यमा अभियान चलाउने निर्णय गरेको थियो।

लंगुरबुर्जा खेलाउने ठाउँ वरपर नेपालकै पहाडघरतिर जस्तै मेला र हाट बजार पनि लाग्ने गर्छ। त्यहाँ ४८ डिग्रीको गर्मीमा घन्टौँसम्म झिंगा भन्किएका माछाहरु लगायत दैनिक उपभोगका सामानहरु जस्तै तरकारी आदि पनि बेच्न राखिएका हुन्छन्। त्यस्ता सडेगलेका खाद्यवस्तु किन्ने पनि नेपाली नै अत्याधिक हुन्छन्। अर्काथरी नेपाली भने त्यही लंगुरबुर्जा खेलाइएको वरपर सुर्ती, पान, गुट्खा, घरेलु रक्सी, जाँड, ब्लु फिल्मका सिडीहरु बेच्न बसिरहेका हुन्छन्।

त्यो दिन पनि बिहान ७ बजे नै लंगुरबुर्जा खेलाउने १२-१४ जनाको समूह त्यहाँ लंगुरबुर्जाको टाट ओछ्याएर तयारी अवस्थामा बसेका थिए। कुरीति उन्मूलन समूहलाई सुरुदेखि नै सहयोग गर्दै आएका त्यहीँको खालिद सिमेन्ट कम्पनीमा कार्यरत सर्लाहीका नारायणदास श्रेष्ठ, सर्लाहीकै बलबहादुर दवाडी, संजय लामा, विष्णुहरि सिवाकोटी लगायत अन्य ५,६ जनाले यस्तो गतिविधि आफ्नो क्याम्पअगाडि नगर्न सुझाए। प्रवासमा दु:ख गरी कमाएर आफ्नो बालबच्चा पाल्ने उद्देश्य बोकेर आएका नेपाली दाजुभाइहरुलाई नेपालीहरुले नै जुवा खेल्न उक्साउँदै उनीहरुलाई बरबाद बनाउनु राम्रो होइन भनी सम्झाए। जुवा खेलाउनेहरुले सम्झाउन आउनेलाई त्यहीँ कुराकानी गर्दै भुलाउँदै गरे भने एकजनाले आफ्नो डनलाई सुटुक्क फोन गरेर बोलाए।

२० जनाको समूहमा आएका एकजनाले आफूलाई दोहाको डन भन्दै परिचय दिँदै थर्काए- लंगुरबुर्जा खेलाउन नदिने को हो? यत्तिकैमा खोटाङ जिल्लाका नाम नखुलेका एक जनाले लुकाएर राखेको छुरी झिकेर सर्लाहीका नारायणदास श्रेष्ठलाई अन्धाधुन्ध प्रहार गरे।

आक्रमणबाट जोगिन खोज्दाखोज्दै पनि उनको देब्रे पाखुरामा धारिलो छुरी गड्न पुग्यो। उनलाई बचाउने क्रममा छेक्न जाँदा सर्लाहीकै बलबहादुर दबाडीलाई अर्को आक्रमणकारीले आफ्नो हातमा भएको मोटो काठले टाउकोमा ताकेर प्रहार गरे। टाउको बचाउने क्रममा हातले छेक्दा दवाडीको देब्रे हातको मसल फुटेर माँसपेशी नै बाहिर निस्किएछ।

उता, छुरीको प्रहारले रन्थनिएर घोप्टो परेर लडेका नारायणदास श्रेष्ठलाई खोटाङका राई थरका ब्यक्तिले तरवार झिकेर खसी मार हान्न लागे झैँ तरबार उठाएर हान्नै लागेको अवस्थामा सर्लाहीकै बिष्णुहरि शिवाकोटीले करिब २ केजी तौलको ढुंगा उठाएर तरबार लिनेलाई लक्षित गरी प्रहार गरे। तरवारले मार हान्नै लागिसकेका राईको छातिमा ढुंगाले लागेपछि राई पनि एकछिन रन्थनिएर त्यहीँ लडे। सोही अवसरमा अर्का आक्रमणकारी पनि प्रतिकारको क्रममा घाइते भएको प्रतिकारमा उत्रिएका शिवाकोटीले बताए। प्रतिकारको क्रममा कुरीति उन्मूलन समूहलाई सघाउ पुर्‍याउँदै आएका अभियानकर्ताका ८ जना अरु सामान्य घाइते भए। यता लंगुरबुर्जा खेलाउने समूह पनि त्यही मौका पारेर कुलेलम ठोकिसकेछ। सनैयामा आफुलाई डन भनेर हिँड्नेहरु पनि खुल्ला बाटोमा तरबार घिसार्दै अलि पर तरबार फालेर भागेछन्।

घाइतेहरु नारायणदास श्रेष्ठ र बल बहादुर दवाडी

तरबारको प्रहारले घाइते नारायणदास श्रेष्ठको टाउकोमा १६ वटा टाँका लगाउनु परेको छ भने उनको देब्रे हातमा १४ वटा टाँका लगाइएको छ। त्यस्तैगरी बलबहादुर दवाडीको भने मोटो काठको प्रहारले मसल फुटेर बाहिर निस्केको र सो माँसपेशीलाई पहिलेकै स्थानमा राखी व्याण्डेज गरी कतारको सरकारी अस्पतालले अपराध शाखामा जानलाई पत्र काटेर पठाएको छ।

को हुन् कतारका नेपाली ‘डन’?

विगत लामो समयदेखि कम्पनीबाट भागेर अवैध रुपमा बस्दै आएका आफूलाई डन भन्दै हिँड्ने र उनका मतियारहरु कतारमा अन्य अपराधहरुमा पनि संलग्न छन्। उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता छ। कतारको कानुनमा अपराधी साबित नभएसम्म घटनाको प्रकृति हेरी मुद्दा अदालतमा चल्दै गर्दा अभियुक्त बाहिर नै मस्तसँग घुमफिर गर्न पाउँछन्।

अदालतले दोषी सावित गरेपछि दोषीलाई जेल सजाय अथवा जेल सजाय र जरिवाना दुबै चुक्ता गराएर मात्र ऊ मुक्त हुन पाउने कतारको कानूनी प्रावधान छ। नेपालमा जस्तै कतारको अदालती फैसलाको गति पनि ढिला हुने भएकोले र मुद्दा चलाइएकाहरु कतार भर स्वतन्त्र भई हिँड्न पाउने भएको हुनाले उनीहरु अरु अपराधमा पनि सक्रिय हुने गरेको पाइन्छ। यस कारण उनीहरुमाथि अपराधको मुद्दा थपिँदै जान्छ। फैसला नभएसम्म न त उनीहरु स्वदेश फर्कन पाउँछन्, न त उनीहरु आफूलाई सुधार्न चाहन्छन्।

त्यस्तै विभिन्न अपराधमा मुद्दा खेपिरहेका नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरुबाट यस्ता आपराधिक कृयाकलाप बढ्दै गइरहेको छ। नारायणदास श्रेष्ठ र बलबहादुर दवाडीलाई तरवार हान्ने तिनै डन भनाउँदाहरु कतारकै सबैभन्दा ठूलो परिमाणमा थोक तथा खरिद बिक्री गर्ने सब्जीमण्डीका बंगाली, भारतीय, श्रीलंकन ब्यापारीहरुसंग पनि हप्ता असुल्दै हिँड्ने गर्दा रहेछन्। तिनै डनहरुलाई अरुबाट हुने व्यवधानमा सुरक्षा दिने शर्तमा हरेक बिहीबार र शुक्रवार लंगुरबुर्जा खेलाउने एउटा खालेले २०० देखि ५०० कतारी रियाल अर्थात् करीब नेपाली १२ हजार हप्ता बुझाउने गर्दो रहेछ।

यदि उनीहरुलाई यहि अपराधमा कतारको प्रहरीले नियन्त्रणमा लिइहाल्यो भने पनि अदालतमा मुद्दा दर्ता गरिसकेपछि तारिख दिएर छोडिदिने गर्छ र जागीरविहीन अवस्थामा उनीहरु यस्तै गलत कार्य गर्दै हिँड्ने गर्छन्। यस्तै विभिन्न प्रकृतिको घटनामा संलग्न एकाध नेपालीको गलत आचरणको कारणले कतारमा सिंगो नेपालीलाई हेर्ने दृष्टिकोणमा नै फरक पर्दै आएको छ।

कतारस्थित नेपाली दूतावासका महामहिम राजदूत डा. मायाकुमारी शर्माले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कतारको सम्बन्धित निकायको सहयोग लिई नेपाल फिर्ता पठाउन अनुरोध गर्ने जानकारी दिएकी छिन्। केही नेपालीहरुले कतारमा रहेका ४ लाख नेपाली र नेपाललाई बदनाम गराउँछ भने उनीहरुलाई जतिसक्दो नेपाल फिर्ता पठाइनुपर्ने आवाज यहाँ उठेको छ।

36 thoughts on “कतारमा नेपालीले नेपालीलाई छुरा हाने”

  1. Pingback: कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी « Mysansar
  2. दयासागर says:
    August 14, 2012 at 9:54 pm

    तेता दुख गरेर काम गर्ने दिदि बहिनीहरुलाई दुख दिनेहरुलाई डन गिरि देखाएको भए यो नेपाली मन कत्ति खुशी हुन्थियो गाठे | अनि माहामहिम राजदूत डा. मायाकुमारी शर्मा जयु ई डनहरुको नेपालमा कुन पार्टीको सेवागर्न योग्यता पुगेको हो र इनीहरुलाई नेपाल पुर्याउने चाँजो मिलाउन लाग्नु भा हो ? इनिहरुको नेपाल मा केहि काम छैन त्यसैले बरु इनीहरुलाई त्यहीं सडाउने चाँजो मिलाए नेपालीहरु क्रित्यगे हुने थिए|

    Reply
    1. binod timilsina says:
      August 15, 2012 at 10:41 pm

      नेपालका राजनैतिक दलहरुले विदेशमा पनि कार्यकर्ता पालेका रहेछन्!!कुन दिन देखि कतारमा पनि बन्द शुरु गर्ने होलान,यिनै गुण्डा कार्यकर्ताहरुले!!!

      Reply
  3. बद्री पोखरेल says:
    August 14, 2012 at 7:59 pm

    होइन हो महामहिम राजदुत डा.मायाकुमारी शर्मा ज्यु बाहिर सडे गलेका गनाएका फोहोर कुराहरु कहाँ देश फर्काउने कुरा गर्नु भएको ,तिनीहरुलाई त तेतै सदौने व्यवस्था पो गर्नु पर्छ त /

    Reply
  4. Dipendra Karki (Doha-Qatar) says:
    August 14, 2012 at 1:12 pm

    यो भन्दा अगी पनि सनैया ३८ कच्रा मार्केट मा एक नेपाली ले ईनै नेपाली डन भनौदा ले छुरा हनेको थियो/ नेपाली हरु मेहनती इमान्दार सोझो मात्र होइन अव त कतार को डन मा गनिन थाले छन् / रेअल ग्यांग fight त कति हेरियो कति एस्त मार्केट मा. Problem कतार को कानुन होइन हामी नेपाली को हो . आफु लाई जहाँ गए पनि मै हु ठान्ने नेपली सोच को परिणाम अफ्फई लाई र पुरा देश को बेजत गरि सके नेपाली हरु ले. अव यहा को Ministry of Interior एस्तो काम गर्ने जोकोही लागी कडा भन्दा कडा कानुन ल्यादै छ . जसलाई पक्रियो नेपाली फिर्ता direct.

    Reply
  5. बिस्वाश says:
    August 14, 2012 at 3:26 am

    कहाँ नेपाल फर्काउने कुरा गरिराख्नु भा राजदूत ज्यू, यस्ता हरुलाई त उतै सडाई दिने ब्यबस्था गर्नु पर्यो |

    Reply
  6. dilli ram says:
    August 14, 2012 at 12:30 am

    सान्ति शुरक्षीय भएको देश भित्र त नेपालीको चाल यस्तो छ, नेपाली कहिँ गएर पनि नासुद्रिने भए हे भगवान …..कतारकानुनको फाइदा लिए यी डनहरुले नेपाली का लागि अर्कै कानुन बनाउने बेलाभो कतारमा

    Reply
  7. काउचा मगर says:
    August 13, 2012 at 11:23 pm

    लौ हेर्नुस त नेपाली को चाला ????????? कतार सरकारले दिएको बनिबुतो गरेर खाने रोजगारीलाई कतार को सनैयामा बसेर खजुरबोते रक्सी, श्रील्नके दारु खाएर, तिन्पत्ते फलास्स,लंगुर-बुर्जा खेलेर कहिले उभो लाग्नु ? नेपाल मा भने श्रीमती..आमा बाबाले छोरो विदेस गएर दुखसुख कमाएर ल्याउला…… “मलेसिया र सिलांग गयो भने त बिलान” हुनसक्छ भनेर खाडीमा पठायो.. जहाँ गए पनि लडाई- झगडा , रन्दिबाजी,जुवातास ,लुटपाट गर्न त कहिले नछोड्ने भए बा……….आफु त कहिले नसुध्रिने भए नै / अलि अलि भएको इमान्दारी, सोझासाझा नेपाली लाई पनि आफूजस्तै फटाहाको नाम भिराइदिने भए मुर्दारहरुले

    Reply
  8. Ramesh Pokhrel Doha-Qatar says:
    August 13, 2012 at 9:35 pm

    एमालेमा प्रबेश गर्ने योग्यता पुगेकोमा डनहरु लाई बधाई छ्। चाडै पशुराम सँग संपर्क गर्नु होला।

    Reply
  9. Damodar says:
    August 13, 2012 at 9:22 pm

    हाहा ,भारती , बंगाली हरु संग हप्ता असुल्ने भनेर हासो उठ्यो तर नेपाली लै कुटेसी त इनिहरुलाई २०-३० वर्ष जेल मा जाक्नु पर्ने नै देखियो . चोरहरु नेपाल मा ट्याप खानेहरु, चोक मा बसेर केटि जिस्क्याउने मान्छे कुट्ने हरु कसरी कतार पुगेचन??!!

    Reply
  10. Sansar Shrestha says:
    August 13, 2012 at 6:47 pm

    यो घटना सम्म आइपुग्न एकदिनको दुष्कर्मको प्रयाश हैन तर धेरै दुष्कर्महरुको जोड हो. जब दुष्कर्म बढ्दै जान्छ तब प्रतेकछ्य रुपमा यस्ता घटना हरु सहजै सामुन्ने घट्छन.

    नेपाली जनता आफ्नो घर परिवार, देश छाडेर, दलालहरुको मोल तौलमा फस्ने आफ्नै समस्या छ भने उता पुगेपछि आफ्नो पसिनाको उचित मोल नपाउने, फर्केर आउन्जेल सम्म विभिन्न जाल झेलको शिकार हुने, आफुले कमाएको पैसा पनि सुरक्छ्या नहुने, तेस्पछी आफ्नै देशका दाजु भाइले कुकृति गरेको देख्दा यो मन कति रुन्छ ?

    भारतमा त् झन् नेपालीहरुको अवस्था देख्दा अचम्मै छ. केहि व्यक्तिहरु आफ्नो औकात, बलबुतामा लडेर राम्रै गरि खाछन् भने, फटाहा, दलाल, ज्यानमारा, चेली बेच बिखन, धोखा धदी, चोरि, पुलिक केश आदि इत्यादी विभिन्न नराम्रो कारणले भागेका हरुको जमात ठुलै रहेछन. धेरै संख्यामा लोकल गुन्दाहरुका लागि पनि काम गर्छन. तिनीहरु बाट जोग्गिन निकै मेहेनत गर्नु पर्दो रहेछ. मुम्बईमा मात्रै करिब २२ नेपालीहरुको संघ संस्था नाम मात्रको पद स्थापित गर्न लागि बनाइएका रहेछन. ति संस्थाहरुको मुख्य काम नेपालीहरुको नाममा विभिन्न शिर्षकमा चन्दा असुल्नु आफ्नै गोजीमा हाल्नु, निमुखा हरु बाट हप्ता असुल्नु, ताक परे नेपाली नपरे भारतीय बन्नु अनौठो मान्नु पर्दैन.

    युरोप, अमेरिका, जापान, खाडी क्षेत्र, मलेसिया, कोरिया, मा विविन्न कारणले गएका हरुले पनि आजकल जता ततै नेपालकै बदनाम गरेको देख्छु. एती सानो नेपाल देशले जुन गतिमा स्वदेश र विदेशमा बदनाम कमाउंदै छ अब सोध्न मन लाग्छ कि साँचैँ भगवान बुद्द र सीता माता नेपालमै जन्मेका हुन् ? नेपाल ऋषि मुनि हरुको लागि पबित्र तपोबन स्थल थियो त ? भगवान पशुपतिनाथ र मुक्तिनाथ, सगरमाथा नेपालमा नै हो ? नेपाल शान्तिप्रिय देश हो त ? अब हाम्रो अस्तितो समाप्त हुन लागेर अर्को जंगबहादुरको उदय हुन लाग्या हो त ?

    Reply
  11. lalanath says:
    August 13, 2012 at 6:20 pm

    तेत्तिकै मैले “बिर बहादुर नेपालि” को गित गाएको होइन हो? यो गित गाउन थालेको पनि १३ वर्ष पुगेर १४ वर्ष पुगेछ!
    १९९८ मा मलेशिया पुग्दा साथ् साथै गएको साथीले मैले तलाई मलेशिया ल्याएको हो भनेर पैसा लियो बा? न कुनै सम्झौता गरेको हुनु ??
    त्यहा देखि मैले “थुक्क नेपालि” भनेर नेपालिदेखी टाडा रहन्छु ? हुन त म पनि कोहि बिदेसी त होइन नेपालि नै हो , तर दुख लाग्छ नेपालीको बानि देखि
    एउटा सक्षम नेपालीले अर्को कम्जोर नेपालीलाई कुनै बहानामा ठग्न मात्र दाउ हेरेर बस्छ. दुर्भाग्य बस त्यो कम्जोर नेपालीले उसबाट सहायेता लिने पर्ने हुन्छ तेसबेला थाहा हुन्छ हिजो सम्मको मित्र आज कुन ठाउमा पुग्यो???
    बरु यस्तो कुरामा PHILIPINO हरुको एकदम राम्रो बानि {परेको बेलासहयोग गर्ने} हुन्छ.

    Reply
  12. देवेन्द्र कार्की says:
    August 13, 2012 at 3:51 pm

    यस्ता अपराधिक गतिविधिमा संलग्न ठुटे डन हरुलाई नेपाल होइन त्यहिको जेलमा आजिबन सडाएर अन्त्यमा पार्थिब शरीर मात्र नेपाल पठाई दिए हुन्छ|

    Reply
  13. Kedar Baniya says:
    August 13, 2012 at 3:49 pm

    यो घटनाले हामि सारा नेपालीको ईजत र प्रतिष्ठामा नकारात्मक असर पार्यो / हाम्रो नेपाल र नेपालीको स्वाभिमानमा यस्तो किसिमको आच आउने काम गर्नेहरुले कतैबाट पनि कुनै किसिमको सहयोग पाए भने झन् उनीहरुको व्यवहारमा उकसावट भएको ठान्छन / प्राय भगौटे/काम गर्न अल्छे हरुले तयार गरेको यो डन शब्द मैले ११ साल पहिले देखि नै सुन्दै आएको शब्द हो जुन डिस्को , पार्किंग , जुवा तास , रक्सि लंगुरबुर्जा यस्तै क्षेत्रमा देखाइने यस्तो किसिमका डन लाई हामि सबै मिलेर टुंगो लगाउनु पर्दछ / अब यहाँ कुरीति उन्मुलन समुहमा सबै आवद्द भई यस्ता बोकाहरुलाई पक्रेर सम्बन्धित निकायमा खसी पर्न दिनु सिबाय अरु विकल्प देखिंदैन /

    Reply
    1. Santos GIRI, Itahari says:
      August 14, 2012 at 1:47 pm

      लौ है सर, बिदेशी भूमिमा गति मति छाडेर भ्रस्ट हुने नेपाली हरुलाई सुधारु! ! !

      Reply
  14. bnod says:
    August 13, 2012 at 3:29 pm

    लाखे हो लाखे……….मेरै रूम नजिकै परेछ नि……..ठिकै छ आफु त तेस्तो धन्दा मा लाग्ने परेन …..एनी हरुको हर्कत लाइ हेरेर कतार सरकार को थुनामा सदाउनु पर्छ …हरेक जसो सुक्रबार एस्तो खेल्ने हरु देखेर पनि दंग नै पर्छु बा…..एस्तो कडा नियेम भएको देस मा पनि कस्तो बिग्रेको ………….
    येस्ता लाइ त फासी दिए पनि हुन्छ …तर फासी को सजाए सुनाउन पा छैन नेपाल सरकार लाइ नै निर्दोस छ भनेर गुहार्ने त होला नि.. गर्ने बेला मन परि अनि सजाए मृतु दण्ड हुने भएसी निर्दोस छ . सरकार ले यो हेरेन त्यो हेरेन वन्दै हड्ताल गर्ने त हो नि इ पाखण्डी हरुले……………………………

    Reply
  15. सार्थक says:
    August 13, 2012 at 3:00 pm

    कतारमा मात्रै हैन यी त संसारमै नेपालीहरुको बदनामीका कारक हुन्, कलंक हुन् | यी कलंकहरुलाई कसरी खलास पार्ने हो सबैले सोच्नु जरुरी छ |

    Reply
  16. INDRA KHADKA says:
    August 13, 2012 at 11:32 am

    म कतार बसेको लग भग ३.४ साल भए छ तर एस्तो नेपाली ले नेपाली लाही नै छुरा हानेको आझ मात्र सुनियो l
    कतार मा बस्ने येस्ता गलत विचार भएका मानिसले गर्दा ४ लाख नेपाली को बेझेत भए को छ l
    आझ पका कतार को NEWS पेपर मा छापियो होला l म संगाही काम गर्ने कतारी ले यो समाचार पड्यो भने
    तेस्ले मलाही गर्ने बेबहार कस्तो होला? अनि तेस्ले नेपाली लाही कसरी हेर छ होला ??????????

    Reply
  17. thapa rajbarsingha / canada says:
    August 13, 2012 at 10:33 am

    कतार मा मात्र होइन हजुर यस्ता सुकुल गुन्डा नेपाली हरु पुरा अरब भरि छन् ,,,अलिकति झोल पीय पछि आफ्नै नेपाली लाई फोन मा थर्काउने ..र मार्छु काट्छु भन्न थालछन् / कैले काई त यी यसै गरि हात पात मा उत्रीनछन् /
    २/४ वर्ष हो तेस्पछी कुन कुन देस ले भिसा बन्द गरिदिन्छ / अनि बंगालिको हाल हुन्छ /
    धिक्कार छ मुला हरुलाई ……

    Reply
  18. krish says:
    August 13, 2012 at 10:30 am

    ती नेपालि लाइनेपाल पनि नपठाउनु. त्यस्तै बदमासी नेपालमा गर्नेछन. बरु कतारमै थुन्न लगाउन पर्छ.

    Reply
  19. उपासक उदास says:
    August 13, 2012 at 10:00 am

    होइन ,यी नामर्दहरुलाई ‘देवभूमि’नेपाल किन पठाउनु पर्यो !
    उतैको मुसलमानी काइदा मुताबिक कैदी बनोस , नासुधरेमा — यी नरपशुहरुलाई
    चौबाटोमा झुन्द्याएर नौला शूतरहरुलाई निशानाबाजी को टार्गेट बनाउनु राम्रो होला कि ?

    Reply
  20. Shruti Ghimire says:
    August 13, 2012 at 9:04 am

    नेपालीहरु को औता बानी नराम्रो छ …नेपाली हरु अमेरिका युरोप जहाँ गए पनि इन्डियन नेपाली को पछी लाग्ने हुन्…अनि नेपालीको संगत पनि तेस्तै को हुन्छ …यदि दाल भात तरकारी नै खाने ..नेपाली नै सधै बोल्ने र नेपाली कै संगत गर्ने भा विदेश मा बस्नु को अर्थ नै क भो र ..नेपालीहरुले आफुलाई जहाँ गए पनि सकेसम्म त्यहाको culture मा ढालेर independent life ज्युन सक्नु पर्छ… ..

    Reply
  21. lbrumba says:
    August 13, 2012 at 8:58 am

    तै भएर नेपालीहरु जहाँ गए पनि हेपाई मा परेको छ ! एउटाले गर्दा हजार नेपालीको बदनाम हुन पुग्छ | एस्तो मान्छेलाई त नेपाल फर्काउनको साटो उतै मिर्त्यु दण्ड दिए राम्रो हुन्थे |
    एता आएर पनि एसले नराम्रो आचरण गर्न सक्छ | एउटा कुहेको केराले अरु सबै केटा कुहौना सक्छ !!

    Reply
  22. Nishchal says:
    August 13, 2012 at 4:55 am

    साउदी तिर लगेर ढुंगा हानेर मार्नु पर्छ होइन भने कतार तिर झुन्ड्याए पनि हुन्छ यी सुकुल्गुंडा हरु लाई, धर्तिका बोझ हरु! गाली गर्ने सब्द नै छैन यी देशका कलङ्क हरुलाई !

    Reply
    1. mahesh says:
      August 13, 2012 at 1:31 pm

      कतार को जेल मा कोरा खाए पछी उत्रिन्छ तेस्को दादा गिरि.

      Reply
  23. lila gurung says:
    August 13, 2012 at 4:37 am

    येस्तई अर्काको देशमा अपराध गरेर अधिकाम्सा गल्फ मुलुक हरुमा बंगाली को लागि भिसा बन्द भै सकेको छ तेसैले नेपाली लाइ इमान्दार हुन्छ भनेर नेपाली लाइ भिसा दिंदैछ तेसैले बंगाली नक्कली नेपाली पासपोर्ट मा गल्फ र संसार भरि डुलेका छन अब नेपाली ले पनि एस्तो गरे पछी भिसा बन्द गरिदिन्छ यो सत्य हो एउटा ले गर्दा देशकै नाम बर्बाद हुने .येस्ता लै कडा कारबाही हुनुपर्छ त्यो कारबाही नेपाल मा हैन कतारमै हुनुपर्छ कतारी नियेम अनुसार नेपाल गए पछी केहिपनि हुनेवाला छैन किन भने हाम्रो देशको आफ्नै त कानुन छैन अन्तर्राष्ट्रिय संचार मध्यम हरुले lawless country भनेर लेख्छ लाज मर्दो नेपाली भन्दा पनि .

    Reply
  24. |द्रोण says:
    August 13, 2012 at 3:55 am

    दोष जति सबै रातो झोल र कुखुरा को खुट्टालाई |
    केटाहरु ले येसो त्यो देश को कानुन को पनि ख्याल गर्नु पर्यो | जेल परेपछि नेपाल सरकार लाइ गुहार्न पाइन्न फेरी नत्र बाबुराम डाक्टर ले मेरो पाला मा के के मात्र हेर्ने भनेर ”भन्ने हाम्लाई लागिराछ भन्छ ”

    Reply
  25. Anjan shrestha says:
    August 13, 2012 at 3:50 am

    लेबरको पगरी गुथेर नेपालदेखि नै अपराधको भारि बोकेर आएका यस्ता फटाहाले गर्दा कतारमा नेपाली भन्ने बित्तिकै एकै ड़यांगको मुलाजस्तो हेर्ने नज़रियाले गर्दा राम्रो काम गर्ने कर्मशील नेपाली समेत बदनाम हुनुपरेको तितो यथार्थ ….. यस्तालाई चौबाटोमा मध्यदिनमा फाँसी दिएपनि फरक पर्दैन |

    Reply
  26. Dambar says:
    August 13, 2012 at 2:18 am

    नेपाल मा मृत्यु दण्ड छैन , बरु कतार मा नै मृत्यु दण्ड दिदा राम्रो होला तेस्ता लाई त … तिनले नेपाल गएर पो के नै गर्ने हुन् र

    Reply
    1. Sabina says:
      August 13, 2012 at 10:25 am

      एकदम ठिक भन्नु भयो डम्बर जी, नेपालमा गुण्डहरुको कमि छैन, दुइ चार जना येस्ता गुण्डहरुलाई तेहा mriyudanda दिदा केहि फरक पर्दैन /

      Reply
    2. Harke says:
      August 13, 2012 at 11:15 am

      डम्बर जी,
      यिनीहरु नेपाल गएर नेता हुन्छन….सरकार चलाउछन….! तपाइले तिरेको राजस्वको ब्यबस्थापन गर्छन…..!
      अहिलेका नेता मन्त्रि पनि यिनीहरु जस्तै हुन् !

      Reply
  27. शशांक लामा, न्युयोर्क says:
    August 13, 2012 at 2:15 am

    कतारेहरुले ति डन भै खाएकाहरुलाई मर्ने गरि कोर्रा हानिदिए हुने ! चन्दा उठाएर, हप्ता उठाएर, धम्काएर खाने परजिविहरुलाई सबैले धुरेर भक्कुमार गोदनु पर्छ | जुनसुकै समाजको पनि ति कलंक हुन् , खटिरा हुन, पिलो हुन् |

    Reply
  28. ananda says:
    August 13, 2012 at 1:21 am

    छुरा मात्र होइन नी हजुर तरबार नै हान्न लागेका हुन् धन्न अर्को ले बचायो होइन नेपाली ले नेपाली लाई कतार मा मुला काटे झैँ काट्यो भन्ने समाचार आउने थियो के गर्ने नेपाली को बुद्धि जता गए पनि तेस्तै रहेछ नेपाली भन्न पनि आफैलाई गर्भ हुन् छाड्यो

    Reply
  29. Deepak says:
    August 13, 2012 at 12:14 am

    ” कतारस्थित नेपाली दूतावासका महामहिम राजदूत डा. मायाकुमारी शर्माले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कतारको सम्बन्धित निकायको सहयोग लिई नेपाल फिर्ता पठाउन अनुरोध गर्ने जानकारी दिएकी छिन् ” रे ??

    भुत्राको नेपाल पठाउनु नि त्यस्ता चोरहरुलाई ?? त्यहि कतारको जेलमा सडाउनु पर्छ त्यस्ता चोरहरुलाई. नेपाल लगेर समस्याको हल हुने हो र ?? नेपालमा नै फेरी त्यो पेसा गर्छन अनि अरु नेपालीलाई दुख दिन्छन. त्यसैले त्यस्ता चोरहरुलाई त्यहि कारबाही गर्नुपर्छ !!

    दिपक अधिकारी
    जर्मनी

    Reply
  30. Bishwaraj says:
    August 13, 2012 at 12:01 am

    कही नभएको जात्रा हाड़ी गाउमा भनेको येही हो- मासीने मतीले छोएको –

    Reply
  31. Resham says:
    August 12, 2012 at 11:38 pm

    लौ नेपाली साथीहरुले बर्बाद कतारमा पनि अपराध गरेछन, अति नै भएछ / एस्तो तरिकाले कतै उभो लग्न सक्छ त?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme