Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वित्जरल्याण्डलाई सम्झिँदा

Posted on July 28, 2012 by mysansar

भाष्कर ज्ञवाली, जर्मनी

निरन्तर गुज्रिरहेका जीवनका पट्यार लाग्दा दिनहरुका वीचमा म एउटा नौलो र रमाइलो यात्रा गर्ने तर्कना मनमा खेलाउँदै थिएँ। विश्वको एउटा बहुचर्चित सुन्दर देशको कुनामा बस्दै आएको पनि झन्डै डेढवर्ष बितिसकेछ। यसबारेमा धेरथोर जानकारी मलाई पहिलै थियो। जसको नजिकमा अर्को प्रख्यात समृद्ध स्वित्जरल्याण्ड–मेरो देश जस्तै प्राकृतिक रुपमा सुन्दर देश–भएकोले मलाई अन्यत्रका ठाउँबारे सोच्ने मन नै लागेको थिएन। ‘गुगल’को खोज पृष्ठमा गएर हेर्न थालें–कहाँ पुग्न सकिन्छ भनेर। आफै एक्लै जान्न सक्ने क्षमता र हिम्मत नभएकाले अर्का मित्र विशाल काफ्‌लेलाई यसको बारेमा जानकारी गराउने निधो गरेँ। कहिलेकाहिं यात्राका दिनहरु आइपर्लान् भनेर मैले सस्तोमा एउटा पाल किनेको थिएँ–अघिल्लो महिना। गर्मीको याममा पक्कै पनि कुनै यस्तो संजोग मिलाइएला जसमा म र साथीहरु यहाँ घुम्ने मौका पाइएला भन्ने मेरो आश थियो।

रातभर यस्तै तर्कनाका वीच निद्राको कुनै छनक देखिएन। हतारहतार ‘ल्यापटप’ टिपेर ‘गुगल’मा लेखें–ँहाइकिंग इन स्वित्जरल्याण्डँ। ‘हाइकिंग’ भन्ने कुरा मेरा लागि पुरै नौलो हुनाले पहिले त त्यसको विधि, नियमबारे जान्नु जरुरी थियो। पैसो बचाउन पनि विधि जान्नु नै पर्थ्यो। मेरो उद्देश्य आफ्‌नै पालको प्रयोग गरेर मेरो होटल खर्च वा ँयुथ होस्टेलँको रात काट्न लाग्ने पैसा बचाउनु थियो। पालले मात्र पैसो बच्ने सम्भावना भने क्षीण्ँ थियो किनभने यसभन्दा पहिलेको एउटा यात्रामा मैले एकरातको पालको शुल्क ७ युरो तिरेको थिएँ र मैलेमात्र हैन पालभित्र रहेका हरेक व्यक्तिले ७ युरोका दरले भाडा तिरेको पनि ताजै याद थियो। तैपनि ‘गुगल जिन्दावाद’ भन्दै खोजी तीव्र्र पारें। थुप्रै ‘फोरम’हरुमा छलफल हुने विषय रहेछ ‘हाइकिंग’, तर यसको ठेट शब्द नभेट्दा मेरो झन्डै दुई घण्टा खोज्दै बित्यो। बल्ल शब्द पत्ता लाग्यो–’वाइल्ड क्याम्पिङ्ग’। अब ढुक्क भएँ उपाय त रहेछ। त्यतिलेे मात्र सिङ्गो तयारी भने पुग्दैन थियो। जाने ठाउँको खोजी र त्यसको जानकारी अझ महत्वपूर्ण थियो। कम्तीमा बाटो त पत्ता लाग्यो–यही ठानेर सन्तोषको सास फेर्दै निद्राको खोजीमा बत्तीको स्विच थिचंे।

अर्को दिन झन्डै १० बजेको थियो क्यारे? विशालको अफिस आउने बेला भैसकेको थियो। मैले उनको मोबाइलमा फोन हानें। यो समाचारले उनलाई पनि उत्साहित तुल्याएको भान भो मलाई। म अझै हौसिएँ। साँझ बसेर छलफल गर्ने कुरो भो। झण्डै ६ बजेको थियो। मेरो मोबाइलमा ‘मिसकल’ देखियो। हतपत्त प्रतिफोन गरें। उनी मेरो घरको ढोकामै उँभिइरहेका रहेछन्। कोठामै छलफल सुरु भो। बिदा, पैसो र समयको छलफलपछि जाने कुरोमा सहमति भयो। तर कहाँ र कसरी? अझै निधो भएको थिएन। मेरो कुनै काम नभएकोले त्यसको जिम्मा मैले लिएँ र भोलि निधो गर्ने निर्णय गर्‍यौं।

पर्यटकीय देश भए पनि स्वित्जरल्याण्डको ‘हाइकिंग’बारे जानकारी सित्तैमा भेटाउनु प्रलय जस्तै रहेछ। बल्लबल्ल एउटा ‘साइट’ भेटें र त्यसको ‘रुट’ हेर्न थालंे। जताततै साङ्लोले बाँधे जस्तो नक्सा देख्दा मेरो अरु २–४ घण्टा त्यसकै खोजीमा सजिलै बित्ने देखियो। मैले सस्तो भाडा, खाना, पाल लाउने जंगलको भूमि, सबैको मेसो मिल्ने खालको बाटो खोजेको थिएँ। एउटा बाटो भेटियो ‘स्क्यापहाउसेन’देखि ‘जुरिच’सम्म। हतारहतार ‘गुगल म्याप’मा उतारें र ‘प्रिन्ट’ गर्नका लागि ‘मेल’ गरें। अर्को दिन साथीको हाँसोको फोहरा छुट्यो–’यस्तो सडक हिड्न त यहीं हिंडे नि भो’ किन त्यहाँ पुग्नु पर्‍यो?’ एक मनले त हो त नि जस्तो पनि लाग्यो तर अर्को मनलाई भने रिस उठ्यो–रातभर करायो दक्षिण्ँा हरायो भने झैं मेरो श्रमलाई यसरी उपेक्षा गर्ने? त्यसो हो भने तिमी नै खोज न त के गर्ने भनेर? यस्तो सोंच्दै मनमनै साथीसँग चिसिएँ। तर पनि उसको भने यसबारे कुनै तयारी थिएन। यसै प्रस्तावलाई स्वीकार गर्नु उसको लागि विकल्प रहेन र भयो पनि त्यस्तै।

यो सप्ताहान्त अलिक लामो बिदा हुने भएकोले हाम्रो यात्रा तय भयो। अरु साथीहरुको गालबाट बँच्न हामीले सम्भावितहरुलाई जानकारी दिने निधो गर्‍यौं र फेसबुकमा खबर पठायौं। एकजना मित्रले भ्याउदिन भने, अर्काको खबर नै सुनिएन। हामीसँग एउटा मात्र पाल भएकोले हामी खुसी नै भयौं। खाने र लाने सामानको सूचि तयार गर्नु अर्को महत्वपूणर््ँ काम थियो। त्यसकै लागि फेरि छलफल गर्‍यौं र लामो विवरणिका तयार भयो। त्यति बेलासम्म हामीसँग ती सामान हाल्ने ठूलो झोला नभएको बल्ल थाहा भयो। मागेर जोहो गर्ने त सोंच्यौंं तर कसैसँग छैन भन्ने पनि थाहा नै थियो। उपाय निस्कला नि भनेर छुट्टियौं। शुक्रबारको दिन पहिलो ‘मेल’ विशालको थियो। हतपत्त ‘मेल’ हेरें। हामीले हेरेको बाटोभन्दा अर्को बाटोमा हाम्रो यात्रा अझ रमाइलो, सुखद र आनन्दमय हुने देखियो। फेरि काम बढ्यो। नयाँ बाटोबारे फेरि खोजें ‘जुरिच’ ‘चुग’ हुँदै ‘लुजर्न’ जाने बाटो। यस बाटोमा ताल पर्थ्यो र तालको वरिपरि हिंड्दा रमाइलो हुने महसुस गरी बाटो परिवर्तन गरियो। कोलम्बसले अमेरिका पत्ता लगाए झैँ यसको दिशा र बाटो पत्ता लाउन गुगलमा कठीन लाग्यो, आफैलाई। किनमेलको सूचि तयार भएको थिएन फेरि त्यता लागें। १२ बजेतिर ‘मिसकल’ आयो, जसमा दुःखलाग्ने कुरा विशालको सोमबार नै काम पर्ने सम्भावना भएछ। त्यो पनि वैदेशिक भ्रमण्ँको। तनाब बढेर आयो। मैले आस मारें र बिछौनामा पल्टिरहें।
केही छिनपछि फेरि जाने सम्भावना सूचना पाइयो, समयाभावका कारण्ँ उनको बाहिर जाने काम नहुने भएछ। अब त तयारी गर्नु पर्ने नै भयो। मैले रेल वा कार केमा सस्तो पर्छ खोजी गर्नतिर लागें। सस्तो उपाय खोज्दै गर्दा एउटा गाडी भेटियो–त्यही बाटो हुँदै जाने। मैले फोन हानिहालें। मिठो स्वर सुनियो–’हेलो, म स्टेला’। वार्तालाप भयो पनि र कुरा नि मिल्यो। गाडी पनि र सस्तोमा पनि। शनिवार ११ बजे, बिहान, ‘फ्राइबर्ग’ र ‘जुरिच’ हुँदै १२ युरोका दरमा जान पाउने भयौं, विशाल मक्ख पर्‍यो।

हिड्दा चाहिने जुत्तादेखि झोलासम्म केही पनि थिएनन् मसँग र पैसाको अभाव पनि त छँदैछ फेरि पनि किन्ने जोहो गर्नै पर्ने भएकाले सहरतिर लाग्यौं। बाटोमा तिनै नजाने भन्ने साथी दीपक कडुवालको अफिस पर्थ्यो, सम्पर्क गरियो। हाम्रा कुराले उनलाई पनि उत्साहित बनायो र उनी पनि जाने भए। तर हामीले गाडीमा दुईजनाको मात्र व्यवस्था गरेका थियौं। तीनजना जाँदा समस्या त पर्थ्यो तर रमाइलो भने बढी हुन्थ्यो। त्यसैले तय गरेको गाडी खारेज गरी रेलमै जाने निधो गरेर मैले गाडीवालालाई माफी माग्दै फोन गरंे। स्टेलालाई पनि गाह्रो परेछ। तीनैजनालाई लैजाऊँ अर्को एक जनालाई बाचा गरिसकेकी, नलैजाउँ्क रातभरमा अरु दुईजना सवारी नभेटे त गाडी रित्तै हुने। धेरैबेरको सोंचपछि उनले गाँठो फुकाइन्। अर्को एकजनालाई हटाएर हामी तीनजनालाई नै लैजाने। अन्त्यमा यसरी कुरो मिल्यो। कारमा जाँदा बढी रमाइलो पनि हुन्थ्यो। समान किन्ने र झोला माग्ने काम पनि सम्पन्न गर्‍यौंं।

शुक्रवार राति मन फुरुङ्ग थियो–भोलिको यात्रा सम्झेर। त्यसैले हो कि निद्रादेवीले पनि ‘डिस्टर्ब’ गरिनन्। सुत्दा झन्डै एक बजेको थियो। शनिबार बिहानै छः बजे निद्रा खुल्यो, गुगल हेरंे। नियम र विधि बु‰न। पहिलो पक्ष हेर्दा नै तनाब बढ्यो। ‘वाइल्ड क्याम्पिंग’ गैरकानुनी पो रहेछ, तरपनि प्रयोगचाहिं हुँदोरहेछ। समय यति ढिला भैसकेको थियो कि यी सबै कुरा साथीहरुलाई लुकाउने विचार गरें। ‘प्लान बी’को लागि नजिकका ‘क्याम्पिंग साइट’हरुको म्याप सेभ गरेर मोबाइलमा हालें। बिहान ८ः३० मा मेरो कोठामा सबैको जमघट भयो र सामान पोको पार्‍र्यौं। खाजा खाएर दश बजेतिर बाटो लाग्यौं। जीवनमा आफ्नै योजनामा तयारी गरी र जानकारी बिना यात्रामा हिंडेको सायद यो पहिलो घटना हो त्यसैले म मनमनै केही आशंकित र हतास थिएँ। साथीहरुको मनको भेउ भने पाउन सकेको थिइन। सबैको अनुहारमा खुसी नै थियो। तीनवटा ठूला भारी भएकाले गाडीमा नअट्ने डर थियो। धन्न, गारो मानिनन् चालकले। गाडी १४० किमि प्रतिघण्टाको दरले बाटो लाग्यो।

विधि र नियमका कुराले मलाई पिरोलिरहेका थिए। अहिलेको योजना अनुसार जंगल कम थियो हाम्रो रुटमा, जंगल नहुनु भनेको क्याम्पिंगको लागि ठाउँ नभेट्नु हुन्थ्यो। मैले सहरी इलाका घटाउने विचार मनमनै गरेर बाटो परिवर्तन गर्ने मनसाय बनाएँ र बाटो सुनिश्चित गरें, अनि साथीहरुलाई सुनाएँ, समर्थनको आश थियो, साथीहरु मेरो सोंचसँग विश्वस्त भए। अब गाडी पनि त्यही बाटो मोडिनु आवश्यक थियो। चालकसंग कुरो सुरु गरें। ‘तपाईं ‘जुरिच’ हुदै ‘स्वीज’ जाने होइन?’ ‘हो, किन?’ उनी अचम्ममा परिन् किनभने हाम्रो यात्राको सबै जानकारी मैले बिहानै ‘वेब’मा प्राप्त गरिसकेको थिएँ। मैले कुरो खोले, ‘हामीले बाटो परिवर्तन गर्ने भयौं, तपाईकै गाडीमा अलिक पल्लो सहरमा पुग्ने कि भनेर?’ यो खासै गाह्रो समस्या त थिएन किनभने उनको गाडीमा उनकी आमा र हामी मात्र थियौं। यसैपनि खाली नै जानु थियो। तर उनलाईचाहिं अलि अचम्म लागेछ मेरो कुराले। बाटैमा नयाँ योजना त्यो नि बिरानो ठाउँमा। ‘तपाईहरु कहाँ हिडेको?’ साह्रै गारो प्रश्न लाग्यो–बिना तयारी हिंडेका हामी बबुराहरुलाई। सबै कुरो खुलस्त राख्यौं। उनी अचम्ममा परेको भान भो। मुखामुख गर्दै आमा छोरी छलफलमा लागे कुरो त्यत्तिकै रोकियो। एक छिनमा कुरो उनैले सुरु गरिन्। ‘तपाईहरु त्योभन्दा अर्को राम्रो ठाउँ पाए जानु हुन्छ?’ उनलाई दया लागेछ क्यारे। हामी अकमक्क पर्‍र्यौं। ‘कस्तो ठाउँ हो, जानौंन?’ उनले आफू जाने ठाउँ त्योभन्दा धेरै गुण्ँा रमाइलो भएको र हामीलाई पनि मन पर्ने कुरा गरिन्। आफ्‌नो कुरालाई जोड दिन दुई तीन ओेटा फोटो देखाइन्, ‘आई फोन’मा। हामीले मुखामुख गर्‍यौं। एक्कासी हामी सबैको साझा आवाज निस्कियो, ‘ओहो, कस्तो राम्रो, हुन्छ–हुन्छ हामी त्यहीं जाने’। हामीसंग कहिंको पनि तोकेको योजना थिएन र तत्काल बन्ने योजना पनि लागु हुनसक्थ्यो। स्थान परिवर्तनले हामीलाई फरक पार्दैन थियो। ‘कहाँ हो यो ठाउँ?’ हामी हौसियौं। ‘रिगी, पहाडहरुकी रानी, तपाईहरु ब्रुनेनबाट पहाड चढेर पहाडै–पहाड हिंड्नु भो’ भने पुग्नु हुन्छ। अगाडि ‘अल्पस’् हिमश्रृफ्‌लाले तपाईहरुको बाटो पछयाउनेछ।’ मेरो मनभित्र पालको तनाब शुरु भयो, कुरा पोखिहालें ‘पाल बिछ्याउन पाइन्छ त?’ ‘पहाडमा मान्छे हुदैनन्, गारो पर्दैन होला?’ मन हल्का भो’। साथीहरुलाई बल्ल कुरो खोलें। उनीहरु पनि खुसी देखिए। हामीले त्यहीं जाने निधो दिएपछि उनले आफ्‌नो कुरो राखिन्। ‘मैले त्यहाँसम्मको पैसा पन्ध्र यूरो लेखेकी थिएँ थाहा छ?’ मलाई थाहा थियो त्यसैले अस्वीकृति जनाएनौं किनकि हामी ‘अल्पस्’हिमालका दृश्यहरुको अवलोकन गर्न पाउने खुसीको कल्पनामा डुबिसकेका थियौं।

हिंडदै जाँदा बाटोको छेउछाउँमा सेताम्मे हिमाल देखिन थाले। स्टेलाले तीबारे वणर््ँन गर्दै गइन्। ‘त्यो ‘पिलाटस’् हिमाल, यो ‘चुग’ ताल’। हामी तालको किनारै–किनार गुड्दै थियौं। ‘ऊ त्यहाँपर ‘लुजर्न’ सहर र त्यसैको छेउँमा ‘लुजर्न’ ताल छ। तपाईंहरु हिड्दै त्यहाँ पुग्नु हुन्छ भोलि।’ हामीमा उत्साह बढ्यो। अलिक परको अग्लो डाँडो देखाउँदै भनिन्–’त्यही हो ‘रिगी’।’ तन्केर ‰यालबाट चियायौं। अजङ्गको चट्टानी पहाड हामीतिरै फर्केको रहेछ। आफैलाई डर लाग्यो त्यो लक्ष्य पुरा गर्ने कुरोमा। गाडी सानो सहर पुगेर सुस्त गतिमा गुड्न थाल्यो, गन्तव्यमा पुग्न लागे झैं। उनले ‘यो बैंक हो, यसमा पैसा निकालेमा स्विस º्रयाङ्क साट्ने झन्झट हुदैन। यो ‘केबुल कार’को अफिस। यसले तपाईहरुलाई यात्रा सुरु गर्ने ठाउँमा पुर्‍याउँछ, त्यो सहर तालको किनारमा अवस्थित छ’ आदि आदि जानकारी दिंदै थिइन्। गाडी रोकियो, छुट्टिंदा भने हामी गोठालो बिनाका भेडा झैँ भयौं।
गाडीबाट निस्केपछि यो सानो ‘ब्रुनेन’ सहर पनि घुम्ने विचार गर्‍यौ। एक यूरो बराबर १.१५ º्रयाङ्क हंुदो रहेछ। झन्डै १५० यूरो जति साटेर सहर घुम्न निस्कियौं। सानो तर मनमोहक यो सहर ‘लुजर्न’ तालको किनारमा अवस्थित रहेछ। विस्टन चर्चिल किन त्यहाँ हनिमुनको लागि आए होलान् भन्ने प्रश्नको उत्तर खोज्न धेरै बेर लागेन। नेपाल धेरै नघुमेको भए पनि मनमनै दाँज्न खोजें यहाँको प्रकृतिसित। फेवाभन्दा त राम्रै रहेछ ताल। रारा तालको दृश्य मानसपटलमा सवार हुँदा सोचें योभन्दा त हामी कति हो कति धनी छांै प्राकृतिक वातावरणमा। तर किन आउँदैनन् हाम्रामा चर्चिलहरु? यो प्रश्न पनि सजिलै उत्तरित भो, यहाँको विकास र पर्यटकलाई आकर्षित गर्ने संरचना अचम्म लाग्दो छ। यहाँ कुनै त्यस्ता पहाड र हिमाल नहोलान् जसलाई विकासको डोरीले जोडेको छैन। दीपक र विशाल पनि यस्तै सोचाइमा रहेछन्। हामी आफ्नो देशको राजनीति, नेतृत्वकर्ता र सरकारलाई दोष दिंदैं आफू भने पानीमाथिको ओबानो बन्ने प्रयास गर्दै थियौं। अलिक बाहिर पुगेको दिमागलाई फिर्ता तानेर फेरि हामी तालका दृश्यहरुमा हराउन खोज्यौं।
हाम्रो बसाइ बजारमा नहुने निश्चित थियो किनभने हामी पाल बोकेर ‘वाइल्ड क्यम्पिंग’ गर्न हिंडेका थियौं। जंगल वा डाँडातिर लाग्नु पर्थ्यो। ‘टुरिस्ट इन्फो सेन्टर’मा जानकारी लिंदा फेरि अर्को फसाद आइपर्‍यो। हामी यहाँ किन र कसरी पुग्यौ भन्नेसम्म पनि राम्रोसंग थाहा थिएन। तैपनि टालटुल पारेर नक्सा र केही जानकारी लिएर निस्कियौं। झन्डै एकघण्टा जति सहर घुमेपछि हामी केबलकार चड्ने निधो गरेर बाटो लाग्यौं। अब बल्ल हाम्रो पदयात्रा सुरु भो। मानिसहरुलाई विकासले मात्र सन्तुष्ट पार्न सक्दो रहेनछ भन्ने कुरा केबलकारको स्टेशनले जनायो। दुईओटा मात्र कार भएको सानो केबलकार स्टेशनमा त कर्मचारी नै रहेनछन्। एक छिन् अकमक्क पर्‍यौं। साथीहरु जर्मन भाषा जान्ने हुनाले भित्तामा राखेका नोटिसहरु पढ्न थाल्नु भो’। मैले नि टालटुल गरेर बुझे झैं गरें। दीपकजी र विशालले भित्तामा झुण्डिएको फोनबाट कुरा गरेको सुनंे। मलाई कारमा चढ्न भने। म उँहाहरुको पछि लागें। केबलकारमा चढेपछि आफै चल्यो, कोही कर्मचारी अझै नि देखिएनन्। बल्ल थाहा भो त्यो सिंगै केबलकार एकजना कर्मचारीले मात्र चलाउँदा रहेछन्। साथीहरुले उनलाई फोन पो गरेका रहेछन् त। सेताम्मे हिमाल र हरिया पहाडका वीचमा बसेको तालमाथि चढ्दै जाँदा क्यामेराबाट ँजूम इनँ गरे झै दृष्य पूणर््ँ हँुदै गयो। स्टेलाले भनेको कुरो याद आयो। उनले भनेकी थिइन्–’तपाईहरुले मलाई यात्राभरि सम्झिनु हुनेछ’। उनलाई धन्यवाद नदिई रहन सकेनांै। ८०० मीटरको यात्रा कति छिटो बित्यो थाहा नै भएन। २–४ ओटा फोटाचाहिं लिन भ्यायौं। झर्ने बेला बल्ल ती कर्मचारी भेट भए। पैसा तिरेर बाटो लाग्यौं। चराको जिन्दगीदेखि डाहा लागेर आयो। माथिबाट हेर्दाको मज्जा तलबाट वरिपरि पूरै चक्कर लगाए नि लिन सकिंदो रहेनछ।

अहिलेसम्म हाम्रा खुट्टामा जोड परेको थिएन, आँखाले मात्र मज्जा लिँदै थियौं। अब त खुट्टाको पनि पालो आयो। हामी हिड्न भनेर त्यहाँ पुगेका थियौं। हाम्रो पैदलयात्रा आधिकारिक रुपमा सुरु भयो। दुवैतिर भिर परेको हरियो डाँडाको धारमा हिड्दा दुवैतिरको दृष्य एकै पटक देखिने, त्यसमा पनि एकपट्टि लमतन्न परेर सुतेको ‘चुग’ ताल र अर्कोपट्टि हिमाल र पहाडले घेरेको ‘लुजर्न’। छेउँछाउँमा योजनाबद्ध तरिकाले बनाइएका घरहरु। स्वित्जरल्याण्ड त सोचेजस्तै देखियो। हिन्दी चलचित्रहरुमा देखेको स्वित्जरल्याण्ड।
टुप्पोमा पुगेर केही खाजा खाने विचारले बस्यौं। खानेभन्दा पनि हेर्नेमै मन मग्न थियो, दिमाग। त्यसैले होला मलाई भोक पनि खासै लागेजस्तो भा’को थिएन, तै पनि खानै पर्थ्यो। हामीले तीन दिनका लागि मनग्गे खाना बोकेर हिडेका थियौं। आ–आफ्‌नो झोला घटाउने मनसायले आफ्‌ना झोलाको खाना बिकाउने प्रयासमा थियौं, सबै। पाउरोटी, चीज र मह सधैभन्दा धेरै मिठो भो। हो रै’छ भोजनभन्दा भोक मिठो। हाम्रो आजको गन्तब्य ‘रिदी साइडेग’ भन्ने पहाड चुम्नु थियो, त्यसैले हामी समय खेर नफाली बाटो लाग्यौं। ओल्तिर पल्तिरका मनमोहक दृष्य हरेक पाइलामा अलिकति खुले झै लाग्थ्यो।

हिमश्रृफ्‌लाहरुमा टाकुराहरु बढ्दै जान्थे। जंगल, घँासे मैदान हँुदै हामी बाटो लाग्दै थियौं। सरकारले बाटो र त्यसका वरिपरि संकेत–चिन्हहरु राखेकाले हामी नहराउनेमा ढुक्क थियौ। बाटोमा साइकल यात्री पनि धेरै देखिए, मुख मिठ्याउँदै हेलो भन्थ्यौ, सबैले आ–आफ्‌नो भाषामा उत्तर दिन्थे। ‘ग्रेजी’, ‘गे्रसियाज’ र यस्तै के–के हो के–के। हामी पनि एउटाबाट टिपेर अर्कोमा फाल्ने कोसिस गर्थ्यौं। झन्डै ६–७ घण्टाको लगातार हिडाइ, कुनै थकानको महसुस हुन नपाउँदै सिद्धियो। हेर्दाहेर्दै ‘साइडेग’ आइपुगिएछ।

बाटोभरि हामीले आ–आफ्‌ना पुराना कहानी र रमाइला क्षण्ँहरुको बयानको लाम लगायौं। एक अर्कालाई चिन्ने सुनौलो मौका हुँदो रहेछ, यात्रा। यात्राले मित्रता गाडा हुँदो रहेछ। विशालको बाल्यकालको चकचके बानी, उसकी दिदीको बिहेको फोटोमा उसको रुप, घरमा बुवा–आमाका गाली, पिटाइदेखि सबै इतिहास भन्दै गए। दीपकजीका प्रेमकहानी र विशालका बालसखासंगका रमाइला घटना सुन्दै गर्दा समय तेत्तिकै बितेछ। म पनि के–कम, आफ्‌ना उपद्रोहरु सुनाउँदै बाटो कटाउँदै थिएँ। खाजा खाने दोस्रो विश्रामस्थल पनि आयो। ढाडको गरुङ्गो झोला बिसाउन पाउनु पनि आनन्दको कुरो थियो। झोला यति ठूला थिए कि खोलेर आफै कोचिंदा पनि अटाइन्थ्यो होला। हामीले हरियो खुर्सानी पनि बोकेका थियौं। दालमोठ, चिउरा र हरियो खुर्सानी। सानोछँदा साथीहरु मिलेर बारीमा भोज गरेको याद ताजा भयो। खाजापछिको समय फोटो खिंच्नमा लगायौं। विशाल भने सलमान खानको जिउसंग आफ्‌नो जिउ दाँज्दै थियो। दीपकजी पनि के कम, आफ्‌नो जिम गरेको जिउ देखाउन टि–शर्ट खोलिहाल्नु भो। विशाल र मेरो जिम जाने योजना पूरै विफल भएकाले जिउ फुलेको थिएन, तैपनि विशालको जिउ दीपकजीको नजिकसम्म त पुग्दो रहेछ, म भने लुते–लिखुरे नै। हामी सबै एकै तस्वीरमा अहिलेसम्म कैद परेका थिएनौ। मैले क्यामेरा अटोमेटिक मोडमा राखेर हुत्तिंदै दुईजनाको छेउमा पुगें, किलिक्क आवाज आयो। आफैलाई चित्त बुझेन फोटो देखेर, सबै जनाले गन्जी लगाएका थियौं, फोटोमा आफ्‌नो झिनो जिउ देखेर कस्तो–कस्तो लाग्यो। भुँडीको चिउरा एकछिनपछि पानी हालेको त फुलिहाल्यो। तागत थपिएपछि खुरुखुरु बाटो लाग्यौं। हामीलाई सञ्जेको सूर्य हेर्न डाँडाको टुप्पोमा पुग्नु थियो, खुट्टा छिटो छिटो चाल्न लाग्यौं।

बाटोमा एक जोडी बृद्धबृद्धा दुईवटा कुकुर लिएर फकिर्दै थिए। हिमश्रृंखलाको दृश्य हामी तीनै जनाको पृष्ठभूमिमा पर्नु पर्‍यो भन्ठानेर उनीहरुलाई फोटो खिंचिदिन आग्रह गर्‍र्यौं। नाइँ भनेनन्। हामी ‘चिज्ज्ज्’को आवाजसंगै मुसुक्क मुस्कुरायौं र फोटोमा कैद भयौं। मलाई कुकुर यति राम्रा लागे कि तिनीसंग फोटो खिच्ने मन लाग्यो। मालिकहरुसंग आग्रह गरें। उनीहरु राजी भए। विशाललाई क्यामेरा थमाएर म कुकुरसंग ‘पोज’ दिन लागंे। बुढाले कुकुरलाई नचल्ने आदेश दिए, आदेशको तत्काल पालना भयो। यो इच्छा पनि पूरा भयो। उनीहरुलाई ँचाउ चाउँ भन्दै बिदा गर्‍यौं। क्यामेराको सेटिंग फेरिएछ फोटो खिंच्दा, हेर्न पनि जूम गर्न पर्ने भो। मैले सबैलाई फोटो देखाएँ, फोटोमा कुकुर देखिएन, जुम भा’को कारण्ँले। फर्केर फेसबुकमा फोटो नराख्दासम्म ऊ रेलाको पात्र बन्यो। ऊ भन्दै थियो ‘मैले खिंच्दा कुकुर थिए’ हामी भन्थ्यौं ‘फोटोमा देखाउन’। यात्राको अन्तिम दिनसम्म पनि ऊ सोध्दै थियो ‘ती कुकुर फोटोमा कहाँ हराए?’

चिसो सिरेटो, साँझको रातो घाम, मनमोहक उज्याला हिमाल र पातलो बस्ती। अनन्ततामा हराएका थियौं हामी। भोलि हामी रहौंला नरहौंला तर यी फोटोमा कैद गरिएका दृश्यले यो याद सधै जीवन्त राख्नेछ मैले सोंचे। संसारको यात्रामा हिंडेका मान्छे एकदिन सबै बिलाएर जानै पर्छ तर जीवन भने रहिरहन्छ यही सोंचले मलाई एकैछिन रन्थनायो। यी नै ‘रिदी साइडेग’को यात्राका मेरा विशेषता थिए। हामीले उपलब्ध सबै रमाइलो सोहोर्‍यौंं। झमक्क साँझ परेकोले अब हाम्रो पाल टाग्ने ठाउँ खोज्नु पहिलो कार्य थियो। पहाडमा समथर भूभाग पाउनु नै मुस्किल त्यसमा पनि हामी त कसैले नदेख्ने ठाउँमा जानु पर्ने। हुन त रातमा त्यहाँ कोही आउने सम्भावना थिएन। पन्ध्र मिनेटको मिहिनेतपछि भेट्यौं अलिकति चौडा परेको जमिन, भीरको आडमा। बर्षामा गाईको खुरले खोपेका खाल्टा उस्तै थिए, माटो सुकेको र साह्रो थियो। ढुंगा बटुलेर फालेपछि बस्न लायक भयो। अगिल्तिरका हिमश्रृफ्‌लाले हामीलाई सावधान चिसो छ है भने झैँ लाग्दै थियो। हामीसंग सुन्ने र गम्ने समय थिएन। किनेपछि पहिलो पटक खोलेको पाल टँाग्न ‘म्यानुयल’ पढ्नु पर्ने भो’। रात परिसकेकाले बत्तीको सहारामा म्यानुयलका फोटोहरु अन्दाज गरेर काम फत्ते गर्‍यौं। दुई जनाको पालमा तीन जना सुत्ने हाम्रो योजना अनुसार काम भैरहेको थियो। हामीसंग आ–आफ्‌नै स्लीपिंग ब्यागहरुथिए। स्यालको सर्जाममा हिंडेका हामी बाघको ओडारमा पुगेका थियौं, हाफबाउले कपडाले झोला भरिएका थिए। विशाल मलाई सराप्दै थियो, हिड्ने बेला मेरै सल्लाहमा उसले आफ्‌नो स्विटर झिकेको थियो। अब गर्न सक्ने पनि केही थिएन। आ–आफ्‌नो स्लीपिंग ब्याग ओढेर डिनर खाने विचार गरियो। दीपक सरको मुखमा ँबिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…ँ भन्ने गीत झुन्डेको थियो। गीत सार्थक हुने पूरा विश्वास थियो, किनभने हामीले तीन दिनका लागि मौसम अनुमान हेरेका थियौं, घाम लाग्ने योग थियो। पाउरोटीमा चिज र मह, फेरि पनि उही खाना थियो, तर पनि भोकले मिठो नै भो। जुनको उज्यालोमा हिमाल र हिमालको मुन्तिर तालको छेउमा झिलिमिल्ल गाउँ, यस्तो संयोजन बिरलै भेटिन्छ जस्तो लाग्छ। बिहान झिसमिसेमै हिड्नु उचित हुनेकुरो मैले पढेको थिएँ, त्यसैले हामी सुत्ने तरखर गर्यौं। पालैपालो पालभित्र छिर्‍यौं, नियम बन्यो कोही पनि बोल्न नपाउने। मलाई घुराइको आवाजले निद्रा लाग्ला भन्ने आश थिएन तैपनि सुतें। दुर्भाग्य गाईको पाइलाको खाल्डो पनि मेरै मुनि परेछ। निद्रादेवीलाई अहिले नै बिदाइ गर्दा पनि हुने भो। तैपनि चुप्प लागेर सुत्ने कोसिस गरें। बाहिर जाडो, भित्र ३ जनाको सासको बाफ के चाहियो, पालको भित्रपट्टि पानीको मूल फुटे झैं भो। म र विशाल कुनामा थियौं। पानी बगेर हामीलाई नै भेट्न आयो। बाहिरबाट स्लिपिंग ब्याग भिज्न थाल्यो, जाडोले हामी काठियौं। निद्रा लाग्ने त कुरै भएन। त्यसमा पनि मेरो पातलो निद्रा। रात कतिखेर जाला भन्दै गनेर बसें। म मात्र होइन सबैको हालत उस्तै रहेछ। विशालका ओछ्यानमुनि खाल्टो थिएन भने दीपकजीको त खाल्टो र पानी दुवै थिएनन्। तैपनि च्याँपिएर सुत्नु कहाँ सजिलो हुन्थ्यो र? बाहिर निस्किने कुरो नि भएन, मोबाइलमा बीपी कोइरालाको समयत्रासदी श्रव्य पुस्तक लगाएँ। उहाँहरुलाई त काम गरेछ क्यारे अलिअलि घुराइ सुनियो, आफूलाई भने तनाब थपियो। घडी हेर्दै रात काटें। चार बज्यो, क्रमशः ५–६ बज्यो, एक झुपुक पनि ननिदाई उठ्ने बेला पनि भो। दिनभर हिड्नु पर्ने, मनमा डर लाग्यो। बिहान ६.३० बजे सबै सामान मिलाएर, ठाउँ सफा गरी बाटो लाग्यौं। अस्ताउँदो र उदाउँदो घाममा हिमाल चम्किन्छ भन्ने कुरामा आज विश्वास भयो।
आज दोस्रो दिन। हिंजोको थकान त्यसमा पनि अनिँदो, तैपनि हिड्नै पर्‍यो। बिहानीको समय हुनाले धेरै गाह्रो भने भएन। हिजो झैँ आज पनि एक पाटोतिर हिमाल र अर्कोतिर छेउँ–छाउँ सहर भएका तालहरुको दृश्य हेरि नै रह्यौं। त्यो हेराइ आनन्दपूणर््ँ थियो। अहिलेसम्म हामीले ‘चुग’ सहर मात्र देखेका थियौं। माथिबाट सुस्तसुस्त लुजर्न सहरका घरका ताँती पनि झुल्किन थाले। रमाइलो बढ्दै जान थाल्यो। ‘चुग’ सहरलाई करको स्वर्ग (ज्भबखभल या त्बह) भन्दा रहेछन्। त्यो ‘चुग’ आफै पनि एउटा राज्य हो (ऋबलतयल या श्गन)। यहाँ बढीमा २२.९५∞ मात्र कर तिर्नु पर्ने रहेछ। जुन स्वित्जरल्याण्डको औसत दरभन्दा कम हो। त्यस्तै उद्योगले मात्रै १५.५∞ कर उठाउँदा रहेछन्। राज्यको विकासको लागि यसले ठूलो भूमिका खेलेको रहेछ। अझ त्यहाँ एउटा सानो गाउँ रहेछ–तालको किनारमा। जसलाई ‘गोल्ड कोस्ट’ भन्दा रहेछन्। यहाँ देशभरिका धनीहरुकै मात्र घर छन् रे? अर्को पाखातिर मध्य–स्वित्जरल्याण्डको सबैभन्दा घना जनसंख्या भएको सहर ‘लुजर्न’ सहर देखियो। ‘लुजर्न ताल’को किनारमा अवस्थित सहर नै हाम्रो यो यात्राको अन्तिम गन्तब्य थियो। सहर र तालहरु थपिंदै गए, हिमालहरु त हामीसंगै छोइने गरी भेटिंदै थिए। समग्र यो प्राकृत रुप हेर्दै गर्दा हिंड्ने जाँगर झन् भरिएर आउँथ्यो। यो सिङ्गो प्रकृति सबैभन्दा अग्लो स्थानबाट एकटकले हेर्ने लालसा हामीमा सवार थियो।

हामी ‘रिगी’को नजिक हुँदै गएको भान हुन थाल्यो। डाँडाको टुप्पामा टीभीको टावर देखिन थाल्यो। अहिलेको लागि यात्राको लक्ष्य पनि त्यही थियो। टाढाबाट आएका घन्टाहरुको आवाजले नेपालमा भेंडा, खच्चर वा चौंरीहरुको हुल अग्ला लेकमा हिंड्दा आउने आवाज र तिनले हिंड्ने गरेका गोरेटाहरुको याद आयो। यहाँ पनि भेडा पालन हुने अन्दाज गर्‍यौं तर एकछिन मै हाम्रो अन्दाज गलत साबित भो। बाटोमा हाम्रा अगाडि ठूला घाँसे मैदान, जंगल र गाई पालन गर्ने फारमहरु देखिए। घँासे मैदानलाई तारले बेरेर भाग लगाइएको थियो। त्यहाँ जान्ने भएर हाम्फाल्ने हुँदा मलाई विजुलीको झट्का लागेको झैँ भयो। मलाई साथीहरुले उडाउने मौका पाइहाले। पछि बल्ल थाहा भयो त्यहाँ साच्चि नै हल्का करेन्ट छोडिएको रहेछ। गाईको लागि बार थियो त्यो। हाम्रोे हिंडाइमा कुनै कमी आएको थिएन। चार घण्टामा निस्चित ठाउँमा पुग्ने लक्ष्य राखेका थियौ, लक्ष्य भेदन हुँदै थियो। गाई पालन गर्ने फारमको नजिक पुग्दा गोबरको गन्ध आएर बसौं झैँ लाग्यो। पूरै नेपालको याद बोकेर आएको थियो त्यस गन्धले। हामीलाई ताजा दूध खाने मन लागेर आयो, एउटा फारममा सोधी हाल्यौं ‘गाईको ताजा दूध पाइन्छ?’, ‘पाइन्छ, चिसो ल्याऊँ कि तातो?’ प्रतिप्रश्न फिर्ता आयो। ‘तातै ल्याउनुस् न’ साथी कसैको उत्तर थियो। हुन्छ, भनेर साउनी गएपछि हाम्रो छलफल दाम कति होला भन्ने तिर मोडियो। ५ ङ्ख्रयान्क भन्दा बढी त पक्कै नहोला, त्यत्ति त ठीकै हो नि † भन्ने निष्कर्षमा नपुग्दै कपहरु आइपुगे। एकै छिन है भन्दै, साउनी भित्र छिरिन् र दुध लिएर आइन्। घरको जस्तै दूध कति पछि खान पाइयो। सबैको प्रतिक्रिया त्यही थियो, पैसोचाहिं हामीले सोंचेभन्दा सस्तो देखियो। साउनीसंग फोटो खिच्ने मनसायले उनलाई पहिला खिंचिदिन आग्रह गर्‍यांै र फेरी संगै खिचिन पनि। तयारी गर्दैगर्दा उनको कुकुर पनि दौडँदै आएर पोज दियो, हामी दङ्ग पर्दै हास्यौं।

डाँडाको अर्को उकालो पार गर्दैगर्दा वरिपरिको दृश्य झन् मनमोहक देखियो। १०–१५ मिनेट भुलेर फेरि बाटो लाग्यौं। टावर देखेको झन्डै १ घण्टा भैसकेको थियो। तैपनि भेटिने त छाँट–छनक नै थिएन। अलिक होंचो चुचुरोबाट अर्को पट्टि नियाल्यौं। ‘लुजर्न’ लमतन्न परेर तालको वरिपरि फैलिएको देखियो। अझै पर अर्को सानो सहर थियो। त्यसको छेउँमा सानो ताल। लाग्थ्यो हरेक सहरको लागि आफ्‌नो एउटा ताल छुट्याइएको छ। ‘लुजर्न’ ताललाई माथिबाट देख्दा त स्कुलका दिनहरु याद आए। ८–९ कक्षामा अमिबाको चित्र बनाउँदा खुट्टा जताततै फिंजारेको कुनै स्पस्ट आकार बनाउनु पर्दैनथ्यो। तालको आकार मैले बनाउने गरेको अमिबा जस्तै लाग्यो, छरपस्ट। हरेक चोसोमा कुनै न कुनै (सानो नै भए पनि) सहर बसेको। प्रकृतिलाई भरपूर प्रयोगको नमूना थियो स्वित्जरल्याण्ड। हाम्रा नेताको भाषण्ँमा झुन्डिएको स्वित्जरल्याण्ड सांच्चिकै नमूना रहेछ। नेताको सपना देख्ने प्रवृत्तिले खुसी लाग्यो तर….? यही समय नेपालमा भने संविधान सभाको विघटन हुँदै थियो। सोचें सपना निद्रामा देख्नु र होसहवासमा देख्नुको फरक यही रहेछ।

‘कुइक्क’ आवाजले हाम्रो ध्यान खिंच्यो। ट्रामले ब्रेक हानेको रहेछ, ओरालो झर्दै गरेको ट्राममाथि तारका जाली भए नि तिनको सम्बन्ध भने थिएन। बिना बिजुली ट्राम अचम्म † पछि थाहा भो झर्दा ब्रेक भए पुग्ने रहेछ। किन बिजुली प्रयोग गर्ने? विद्युत् खपत घटाउने तरिका। झन्डै १५० वर्ष लामो इतिहास बोकेको रेलगाडी, हिमालमा चल्ने पहिलो रेलगाडी रे यो। त्यस समयमा हामी गोरुगाडामा रम्थ्यौं होला, यहाँ यस्तो विकास भइसकेको रहेछ। झन्डै २०० वर्ष त यसै पनि पछाडि थियौं हामी अझ नेताहरुको अहिलेको चालले अझै कति पछि परिने हो पीडा भयो देशको भविष्य सम्झेर। बाटो ठाडो उकालो हाम्रा खुट्टाले सहारा माग्ने तरखर गर्दै थिए। चुचुरो चुम्ने उत्कट अभिलाषामा थियौं हामी। करेन्टले घेरेका जंगली फुल–बगैचा हुदै हामी बाटो लाग्यौं। झन्डै आधा घन्टाको मिहिनेतपछि हामी लक्ष्य पूरा गर्ने अवस्थामा पुग्यौं। आनन्दको अनुभूति भो, थकान हरायो, मन फुरुङग भो र मुखामुख गर्दै रमायौं।

‘रिगी’ हिमाल, हिमालहरु कि रानी। हिमाल भने नि यो अल्पस् हिम श्रृफ्‌लामा पर्दैन रहेछ। ‘रिगी’को सबैभन्दा अग्लो क्षेत्र ‘रिगी कुल्न’ जहाँबाट जर्मनी र फ्रान्सका भूभाग नि देखिन्छ रे। हामी त त्यति भाग्यमानी रहेनौ त्यस अर्थमा। टाढा आकाश तुवाँलो र हुस्सुले धमिलो थियो, तर पनि स्वित्जरल्याण्डका भाग चाहिं देखिन्थे। बाटैभरि टुक्राटुक्रा देखिदै आएका हरेक दृश्यहरु एउटै मालामा उनिए झै वरिपरि पिं्कजिए। हामी आफ्‌ना हरेक पदचाप पहिल्याउन सक्थ्यौं। लुजर्न, चुग, कुस्स्नाख जस्ता सहरहरु। लुजर्न, चुकर्न, अल्पस् जस्ता तालहरु। पिलाटस, टिट्लिस् हिमालहरु। हाम्रा आँखा अगाडि मैं हँु भन्दै टाउको ठडाए झैँ लाग्थ्यो। रोलकलमा उँभिए झै। देशको मध्यभागको पनि केन्द्र थियो यो। अन्तर्राष्ट्रिय पर्यटकको उद्गम बनेको स्वित्जरल्याण्ड र त्यसको पनि केन्द्र, ऐतिहासिक र अविस्मरण्ँीय बन्यो, यात्रा।

कुनै बस्तु स्थिर हुँदैन भने झंै हामी पनि चलायमान थियौं। त्यो सुन्दर ठाउँ छोड्ने मन त थिएन तर फकिर्नु पर्ने थियो हामीलाई। टोपी खस्ने ठाडो ओरालो झर्नु थियो। ताजा गाईको दूध बाहेक केही परेको थिएन शरीरको इन्जिनमा। ठोस वस्तुको माग गर्‍यो शरीरले, झोला खोल्यौं। फेरि दालमोठ–चिउरासंग हरियो खुर्सानी। ग्यास्टिकको सदाबहार रोगी भएपनि मलाई खुर्सानी सधै प्रिय लाग्छ। दीपकजी र विशालले नपिरो खुर्सानी रोज्नु भो। छाम्दा छिप्पेको आभास हुने खुर्सानी औधी पिरो हुन्छ भन्ने ज्ञान थियो। हेर्दै भाउन्न हुने ओरालो सोंच्दै भुडी भर्‍यौ।

हुन त ऐतिहासिक रेलको यात्रा पनि अविस्मरण्ँीय हुन्थ्यो होला, महँगो रहेछ। झर्दा बिजुली नलाग्ने भएपनि औधी महँगो, पुरै यात्राको खर्च भेट्ने रहेछ। हामीलाई दिमाग खियाउने झन्झट नै भएन। ११ नम्बरी मै बाटो ततायौं। स्टाफेल हुँदै ओरालो बाटो। ढुंगे ओरालो झर्न परेपछि मेरो थोत्रो इन्जिन पुरै बिग्रे झंै हुन्थ्यो। पैतला चिरिएर आउँथे। विशालचाँहि ओरालो मास्टर रहेछ। खुरुरु दौड्न थाल्यो। दीपकजी र म पछि पर्‍यौं। आराम गर्दै गरेको विशाल केही छिनमा देखा पर्थ्यो। उसको काइदा सिकेपछि हामीपनि दौड्न लाग्यौं। म सकेसम्म छोटो, खोल्से र घाँसे बाटो खोज्थें। आधा बाटो झरेको पत्तै भएन, फेरि घाँसे मैदान सुरु भो। ओरालो झर्दा थर्केर हड्डीका जोर्नीहरु खल्बलिए झैं भएका थिए। थकाई मार्दै अर्को ठाडो ओरालोको लागि तयार भयौं। तीन दिनको यात्रामा हिंडेका हामी पूरै थकित भैसकेका थियौं। अर्को एकरात पालमा सुत्ने कसैको हिम्मत थिएन। आजै फकिर्ने निर्णय भो। लुजर्न हुँदै सरर हुँइकिदै रेलगाडीमा। हाम्रो निर्णय के भा’थ्यो मेरो मोबाइल बज्यो। जर्मनीभन्दा बाहिर रोमिंग लाग्ने डरले मोबाइल बिरलै प्रयोग गर्थें। हिजो हाम्री सल्लाहकारसंग सहमति अनुसार मेरो मोबाइल खुल्लै थियो, उनलाई हाम्रो फिर्ती सवारीका बारेमा जानकारी दिनु थियो। उनले ‘समय मिलेमा पिक–अप गर्छु’ भनेकी थिइन्। स्टेलाकै एसएमएस रहेछ– ‘ Hey †Vaskar! I can very probably take you from Luzern to Freiburg tomorrow, but don’t know about the exact time yet, but somewhen in the evening. How is your trip ? Do you enjoy it ? –Stella हामीलाई आफ्‌नो निर्णय बारे एकपटक फेरि सोच्ने दबाब बढ्यो। आर्थिक र सामाजिक दबाब ठूलै थियो। एक त सस्तो यात्रा हुने अर्को तर्फ स्पेसल अफर। मेरै नाममा आएकोले अधिक भार मलाई नै पर्‍यो। ममाथि मसला पनि राम्रै बनाउने बाटो बन्यो साथीहरुलाई। रिप्लाई गर्न हात आफै दौडियो तर के लेख्ने दिमागमा थिएन। त्यही रोकें। साथीहरुले निर्णय नफेर्ने घोषण्ँा गरे। तैपनि २.३० सम्म कुर्ने र रेलको समयतालिका हेरेपछिको सम्भावना अँाकलन गरेर मात्र उत्तर दिने सर्वसम्मत निर्णय भयो।

दोश्रो ओरालोका लागि केबलकार बनाइएको रहेछ। पैसोको कुरो आएपछि २ पटक सोच्ने नेपाली बानी हामीमा पनि लागु हुन्थ्यो। केबलकार भन्दा आफ्‌नै खुट्टामा ओर्लिने निर्णय भो। तर सुरु नगर्दै दाँतमा ढुंगा लायो। अलकत्रे बाटो पो रहेछ हिड्नु पर्ने। आफ्‌नै निर्णय लागु नगर्ने नेपाली नेताहरु बन्ने सम्भावना हामीमा प्रबल भयो। तैपनि आफनो निर्णयमा अडिग रहेर हिड्न थाल्यौं। केही बेरमा पछिबाट आउने गाडीले उछिन्न लागे। अब फेरि अर्को प्रयोग गर्ने बेला आएको महसुस भो। ‘हिच–हाइकिंग’ पनि आफैमा नौलो र रमाइलो यात्रा हुन्थ्यो। गाडी देख्यो कि हात पसारेर बुढी औला ठाडो पर्न थाल्यौं, कसैले उस्तै फिर्ता गरे कसैले मतलब नै गरेनन्। अलकत्रे बाटो अन्त्यको संकेत देखियो। हामीमा अलिक साहस पैदा भो। तर पनि अघिल्लो दौडाइको कम्पन अझै बाँकी थियो। अलकत्रे बाटो पार गर्ने अन्तिम मोडमा पुग्दा छेउँमा गाडी टक्क अडियो। भित्रबाट जर्मनमा आवाज आयो ‘schnell, schnell’, ढोका खोलेर छिटोछिटो भन्दै थिए एक जना पुरुष। तँ चिता म पुर्‍याउँछु भने झंै भो। फटाफट घुसि्रहाल्यौं। २ घन्टे ओरालो मस्तसंग १५ मिनेटमा झरियो। सिधै रेलस्टेशन पुराएर छोडिदिए, उनले। धन्यवादको खोलो बगाएर उनलाई विदाइ दियौं। २.३० मा पुग्ने योजना १ बजे नै पूरा भयो। रेलको समय तालिकाले हामीलाई आजै घर पुग्न हरियो बत्ती बालिदियो। तर पैसो भने टन्न पर्ने भो। तर थकानले सिथिल ज्यानलाई आफ्‌नै बिछयौनामा लडाउनुको आनन्द त्यति पैसोले किन्ने सम्भावना थिएन। त्यसैले यो निर्णय पनि सजिलै लिइयो। अबचाँहि गाह्रो पर्ने भो। कसैलाई नाइ भन्न मन नपराउने मान्छे म त्यस्तो राम्रो अफर कसरी नकार्ने। शब्द चयन गर्न मिहिनेत पर्‍यो तैपनि लेखें ‘Hey Stella, we have already reached Luzern. We will return back Freiburg today. Thanks for the offer but sorry for this time. Thanks for everything. Bye’।अन्त्यमा आफ्‌नो नाम पनि राख्न बिर्सेको मैले पठाइसकेपछि पत्तो पाएँ। अझ मेरो टोपी छुटेको कुरो पनि लेख्ने मन थियो तर भविष्यको लागि छोडिदिएँ।

‘रिगी’ हिमालको फेंदी, कुस्नाख्ठ, लुजर्न र चुगको किनारको रमण्ँीय सहर पुगेर टिकट काटियो–लुजर्न हँुदै बासेलसम्मको। लुजर्न हाम्रो यात्राको अर्को र अन्तिम गन्तब्य थियो। अधिक थकानले गर्दा हामीमा घुम्ने उत्साह थिएन। तैपनि योजना अनुरुप केही समय टहलिने सोंच बनायौं। आधा घण्टाको आरामपछि लुजर्नका लागि हानियौं। प्राकृतिक मनोरमतामा विकासको अर्को नमूना हो यो सहर। पर्यटक सूचना केन्द्रको जानकारी अनुसार सहरको परिक्रमा गर्‍यौं। ‘द चापेल ब्रिज’ युरोपको सबैभन्दा पुरानो काठेपुल। चौधौं शताब्दीमा सुरक्षाका लागि निर्माण्ँ गरिएको टावर र त्यसमा टाँगिएका १२औं शताब्दीका कलाहरु यसका विशेषता रहेछन्। छेवैमा पुरानो सहरी क्षेत्रले पनि यो सहरमा जीवन्तता थप्दो रहेछ। यूरोपका सबैजसो सहर जस्तै यसको बनावट पनि रहेछ। एकातर्फ पुरानो अर्कोतर्फ नयाँ र विकसित भाग। वीचतिर ठूलो चर्च। युरोपको साख भन्नु नै आफ्‌नो इतिहासलाई जोगाइराख्नु हो। यो सहर पनि त्यसमा एक हदसम्म सफल देखिन्छ। करिब एक घण्टाको घुमाइपछि हामी ‘डोइच वाहन’ (जर्मन रेल) चढेर फर्कियौं।

फ्राइबर्गमा ग्रिल चलिरहेको रहेछ। तीन दिने हाम्रो योजना दुई दिनमै सीमित हँुदा साथीहरुमा आश्चर्य हुनु स्वाभाविक थियो। हामीले हाम्रो यथार्थ राख्यौं तैपनि हाम्रो कुरा विश्वास गर्न गारो पर्‍यो। फेरि पनि उनीहरुले हाम्रो राम्रो स्वागत गरे। राम्रो स्वागतले हाम्रो थकान अलिक मत्थर भयो। सुखद यात्राको यसरी सुखद अन्त्य भयो।

14 thoughts on “स्वित्जरल्याण्डलाई सम्झिँदा”

  1. raj ,USA says:
    July 30, 2012 at 6:01 am

    तपाइको यो लेख पढ्न लै २ दिन लाग्ने भो ,छोटो मिठो भन्ने कुरा बिर्सनुभो ? अनि स्वीटजर् ल्याण्ड को फोटोहरु राख्नु भाको भए मजा हुने थियो !

    Reply
    1. Ramesh Bhandari says:
      July 31, 2012 at 11:47 am

      १०० %!!! मलाई पनि दुइ दिन लग्यो पडी सक्न अलि छोटो मिठो लेखेको भए हुने साथीले महाभारत अनि गीता पनि त्यसैमा अटाउनु भएछ सार्है लामो ! मैले त मलाई मात्र बोर लग्यो होला भनेको सबैलाई त्यस्तै भाको रहेछ !!

      Reply
  2. योगेश आदी, न्यूयोर्क says:
    July 29, 2012 at 7:44 pm

    अति लामो…कथा लेखे जस्तो; पढ्नु अघि नै पत्यार लाग्ने ! यात्रा संस्करण लेख्दा संक्षेपमा रोचक प्रसंगलाई बढी फोकस गरेर संश्लेषनात्मक लेखेको भए अझ उत्तम हुन्थ्यो /

    Reply
  3. द्रोण says:
    July 29, 2012 at 3:05 pm

    तिमि गएछौ
    खुसि लाग्यो |
    उनीहरु पनि गाका थे,
    दुइटा पोका बोकेर ,
    राजधानी मा खास ,खुस हुदै थ्यो ,
    कोइ भन्थे ,नेपालि को दुखेको मन ,
    हैन कोइ भन्थे लुटेको धन ,

    झोला मा सपना बोकेर ल्यायेथे|
    स्वित्जर्ल्यंड को सपना ,
    अलिकति पुष्प जीलाई दिए ,
    सशंक जी ले पनि केहि पाउनु भो |
    फिल गर्नु भो ,
    हाम्ले त् केहि पनि पायेनम |

    Reply
  4. pratik shrestha says:
    July 29, 2012 at 1:36 pm

    निद्राको कुनै छनक देखिएन। वा मेरो साथी.

    Reply
  5. parashu bhattarai says:
    July 29, 2012 at 1:01 pm

    त्यस्तो ठाउको बर्णन गरे पछी १/२ वटा फोटा राखे हुन्थ्यो नि….हाम्रा लेखक महोदयले…भाष्कर ज्ञवाली जी को यात्रा निकै आनन्ददायक अनि स्मरणीय रहेछ

    Reply
  6. सागर ज्ञवाली says:
    July 29, 2012 at 11:22 am

    भास्कार दाजु, घुम्ने सोख त तेरो सारै पुरानो हो . सदै सिमित स्रोत र साधन मा झुम्न जाने हाम्रो रिस्की स्वाबाव तैले युरोप मा पनि लागु गरिछंस . एउटा कुरा हामि ले यसै गरि पुल्चोक क्याम्पस मा नाम निस्कने पछी मनकामना घुम्न गयको थियौ . तेह को नारायण दै को पसल मा बस्ति संग घिउ र भात खायको बिर्सेको छैनस होला . मलाइ तेरो यात्रा आनन्ददायी लग्यो, त्यो भन्दा पनि यात्रा लै सुन्दर ढंग ले प्रस्तुत गर्ने तेरो यति राम्रो कला होला जस्तो लागेको थियन . कहिले काही नपत्याउने खोला ले पनि बगाउछा भने को हो रहेछ . हाहा .

    Reply
  7. Khagendra says:
    July 29, 2012 at 8:22 am

    यात्रा बर्णन एकदम रमाइलो लग्यो, २६ बर्ष अगाडीको सम्झना ताजा भएर फेरी मलाई switzerland मै पुगेको भ्रम भएछ / धन्यवाद तपाइलाई /

    Reply
  8. ram says:
    July 29, 2012 at 2:31 am

    खुसि लाग्यो म पनि यो ठाउँ मा एक चोटी गए को थिए तर त्यो बेलामा चाही
    पनि परेको ले गर्दा राम्रो संग हिमाल हेर्न पाइएन .

    Reply
  9. ashok puri says:
    July 29, 2012 at 1:12 am

    पत्यार लाग्दो लामो नियात्रा मन परेन मलाई. न साहित्य छ न रमाइलो त्विस्ट छ

    Reply
  10. Jitman Rai 'Sabin' says:
    July 29, 2012 at 12:22 am

    त्यस्तो ठाउको बर्णन गरे पछी १/२ वटा फोटा राखे हुन्थ्यो नि….हाम्रा लेखक महोदयले….

    Reply
    1. xyz says:
      July 29, 2012 at 11:35 am

      I am also having similar line of thinking. It would have been such nice reading material, if the writer had posted some pictures in between.

      Reply
    2. C.B Rayamajhi says:
      July 29, 2012 at 2:10 pm

      यो कुरा चै मलाई पनि खाद्क्यो है साथी हो ? फोटो राख्न किन कन्जुसी…कि बेच्ने सोच हो कि?

      Reply
  11. काउचा, मगर says:
    July 28, 2012 at 9:58 pm

    भाष्कर ज्ञवाली जी को यात्रा निकै आनन्ददायक अनि स्मरणीय रहेछ …. हाम्रा नेपाली लेखक,स्तम्भकार,कविजीहरुले जर्मनी,अमेरिका,इंगल्याण्ड वा स्विजरल्याण्डको को व्याख्या गर्नुको साथै कहिलेकाही, नेपालकै डोल्पा,मुस्तांग,मुगु,सोलुखुम्बु लगायत ठाउहरुमा पुगेर त्यहाको प्रकृति प्रदत दृश्यको पनि भाषा अनुपात गरेर यस्तै यात्रासस्मरण प्रकासित गर्नुभएमा नेपालको पर्यटन बिकासमा पनि थप उर्जा मिल्नसक्छ कि,नेपालको पनि इतिहास, पहिचान विश्व ले थाहा पाउनसकुन / धन्यवाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme