Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मृत्युको मुखबाट फर्कँदा

Posted on July 11, 2012July 11, 2012 by mysansar

ओखलढुंगा घर भएका अशोक खड्काले हालै क्यानडाको टोरेन्टोमा मृत्युलाई नजिकैबाट महसूस गरे। १२०-१३० किलोमिटर प्रतिघण्टाको गतिमा हाइवेमा दगुरिरहेको कार एक्कासी अनिन्त्रित भएर सडकभन्दा तल दुई पटक बल्ड्याङ्ग खाएर खस्यो। कार ध्वस्त भयो। माइसंसारका पाठकलाई उनले आफ्नो अनुभव यसरी बाँडेका छन्-

दुर्घटनाको खबर आफैमा अप्रिय र कहालीलाग्दो हुन्छ, त्यो जहाँसुकै भएको किन नहोस्। क्यानाडा-अमेरिकामा कार दुर्घटनामा परेर धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको, अंगभंग भएको समाचार नियमित सुन्ने,पढ्ने गरिन्थ्यो। यसरी बिरानो देशमा नेपालीहरु दुर्घटनाको कारणले अकालमा ज्यान गुमाएको, अंगभंग भएको खबरले दु:खी बनाउँथ्यो।


मृत्यु जस्तो शाश्वत कुरालाई न रोक्न सकिन्थ्यो न त छेक्न नै, संसारमा सबै कुराको उत्पति(जन्म)पछि विकास र बिनास(मृत्यु) निश्चित छ। मान्छे संसारको सबै प्राणीभन्दा जति सम्बेदनशील, चेतनसिल र बिबेकशील छ त्यतिनै स्वार्थी,एकलकाटे र आत्मकेन्द्रित पनि। तसर्थ आफ्नो जीवन सबैलाई महत्वपूर्ण र प्यारो लाग्छ नै। मृत्युको नजिक पुगेर फर्कँदा जीवन बास्तबमै प्रिय हुने रहेछ। म आज महसुस गर्दैछु।

हुनत जीवनमा धेरै मृत्युजन्य जोखिमहरू नमोलिएको हैन, धेरैका मृत्युहरु नजिकबाट ननियालिएको पनि हैन। चाहे दश वर्षे जनयुद्धको बेलामा होस् वा बीएन्डबी हस्पिटल ग्वार्कोमा अन द जब ट्रेनिंग गर्दा नै किन नहोस्, मृत्युलाई नजिकबाट सुम्सुमाएकै हो। तर अचानक आफै मृत्युसंग जम्काभेट भएर जिउदै फर्किदाको अनुभबले चाहि बास्तबमै पुनर्जीबन पाए झैँ हुने रहेछ । किनभने १२०-१३० प्रति घण्टाको गतिमा हाइवेमा दगुरिरहेको कार एक्कासी अनियन्त्रित भएर सडकभन्दा तल दुई पटक बल्ड्याङ्ग खाएर कार पूर्णत क्षतिग्रस्त छ तर सवार मान्छेहरु जिउँदै – यस्तो घटना एकदम कम हुन्छ । घाइते हुनुको पीडा र कष्ट त आफ्नो ठाउँमा छँदैछ तर एस्तो डरलाग्दो दुर्घटनामा बाँचेर फर्किएकोमा भाग्यमा विश्वास नगरेपनि आज आफैलाई भाग्यमानी सम्झिरहेको छु ।

क्यानडा ब्रिटिस साम्राज्यबाट मुक्तभएपछी प्रत्यक जुलाई १ लाइ क्यानाडा डेको रुपमा मनाउने गरिआएको छ र उक्तदीन सार्बजनिक बिदापनि दिने गरिन्छ । प्राय: यसलाई विकेन्डमा गाभेर ( लङ्ग विकेन्ड ३ दिन पारेर) मज्जाले छुट्टि मनाउने गरिन्छ, हामी पनि यो छुट्टीको सदुपयोग गर्न २ जना बुढा-बुढी छुट्टि मनाउने योजना बनाउदै गर्दा मेरी श्रीमतीको मामा घर तर्फको दिदी (मामाको छोरी) हामि बसेको भन्दा ६ घन्टाको दुरीमा पर्ने अटवामा नेपालबाट भर्खर आउनु भएको, २ जना दिदी -बहीनीको धेरै लामो समयसम्म भेट नभएको र एक एर्कालाई भेट्न एकदम आतुरपनि रहेकोले दुवै तर्फको मध्यबिन्दु करिब ३ घन्टाको दुरीमा पर्ने थाउजेन्ड आइल्याण्डमा भेट्ने र १ रात त्यही होटलमा बस्ने र हामी भोलिपल्ट फर्किएर संसारको सातौं आश्चर्य मध्यको १ आश्चर्य नायग्राफल्स घुम्न पनि जाने भन्ने सल्लाह भयो । हुनत अघिल्लो साल हामी थाउजेन्ड आइल्याण्डमा २ दिन क्याम्पिङ्ग गैसकेका थियौ तरपनि दिदी-बहिनीको एकअर्कालाइ भेट्ने तिब्र चाहनाले गर्दा मपनि जान सहमत भएँ सोहीअनुसार जुन ३० तारिक, सनिबार दिउँसोको १२:१७ बजे हामी घरबाट गाडी लिएर हाईवे ३०१ इस्ट बाउन्ड तर्फ लागियो, खानपनि खाएको थिएँन तर धेरै भोक लागेमा बाटोमा खाने, नभए गन्तव्यमा पुगेर दिदी संगै बसेर खाने भन्ने सल्लाहपनि भयो , श्रीमान- श्रीमती घरि-घरि जिन्दगीका सिरियस कुराहरु गर्दै त कहिले रमाइला कुरा गर्दै थियौ, बेला-बेलामा हाईवेमा पनि ट्राफिक जाम भएर दिक्क पनि बनाउथ्यो एस्तो बेलामा मलाइ नेपाली गीतहरु मन पर्ने भएकोले फोनबाट कहिले राष्ट्रिय गीत त कहिले लोकगीत सुन्दै हामि निरन्तर निरन्तर गन्तब्य तर्फ अघि बढिरहेका थियौ ।

करिब करिब गन्तब्यमा पुग्नै लागिएको थियो अचानक मैले चलाएको होन्डा सिबिक अनियन्त्रित भएर दाँया -बाँयापो गर्न लाग्यो, कारलाई नियन्त्रणमा ल्याउन र अरु आफ्नै रफ्तारमा बेग सँग दगुरिरहेका गाडीहरुलाइ हिर्काउन र ठोक्किन बाट बचाउन खोज्दै थिए उनि भने अतालिएर ब्रेक, ब्रेक भनेर चिच्याउदै थिइन मैलेपनि आत्तिएर सायद बढिनै ब्रेक लगाईछु क्यारे गाडी पूर्णत मेरो नियन्त्रण भन्दा बाहिरगयो ……..त्यसपछी के भयो पुरै होस गुमेजस्तै भयो ,गाडी त सडकभन्दा निकै तल खसेर २ बल्ड्याङ्ग खाएर पुर्बतीर गैरहेको गाडी पश्चिम फर्किएर अढ़यो, यसरि गाडी रोल ( बल्ड्याङ्ग ) हुँदा ड्राइभर साइड तिर परेछ तेसैले मेरो साइड तिरको माथिल्लो भाग र साइडको भाग अनि झ्याल र आगाडिको सिसा पुरै फुटेर कच्याककुचुक , गाडी त पेरुङ्गो जस्तो पो भएछ , हाम्रो होस् हवास पुरै गुम्यो एकछिन त हामी चेतना शुन्य भइएछ….. एकछिन पछी एक अर्कालाइ” तिमीलाई ठिक छ ?” भनेर सोधियो अनि ठिकै छ जस्तो छ भन्दै पेरुङ्गो जस्तो भएको गाडी बाट जिउभरी फुटेको शिसा र रक्तमुछेल शरीर लिएर बल्ल-बल्ल गाडीबाट बाहिर निस्कियौ , त्यतिकैमा हाम्रो हालत र गाडीको यस्तो अबस्था देखेर गाडी रोकेर मान्छेहरु हामी भएको ठाउँमा आएर हामीलाई गाडी कच्याककुचुक हुँदापनि हामि धेरै घाइते नभएको र बाँचेको देखेर बधाईदिए। बास्तबमा हामीलाई गाडीको सिट बेल्टले वचाएको रहेछ ।

त्यो अनकन्टार ठाउँमा अपरिचित मान्छेहरुबाट जुन खालको सहयोग ,सदभाब र साहनुभुति पाइयो त्यो सार्है अविस्मरणीय छ । पुलिसलाइ कसले फोन गरिदिएछ करिब ५ मिनेट पछी एम्बुलेन्स, पुलिस, दमकल आयो र सामान्य सोधपुछ पछी मलाई जिन्दगीमा पहिलो चोटी स्टेचरमा सुताएर ढाड, टाउको र गर्दनको हड्डीमा दुखाई भएकोले घाँटीमा सपोर्ट दिएर टाउको र शरीर बाँधेर एम्बुलेन्सले नजिकैको ट्रेन्टोन मेमोरीयल हस्पिटल इमरजेन्सीमा लग्यो , उनको सामान्य उपचार भयो भने मेरो X-RAY, सिटि स्क्यान, आदि गर्यो त्यहाँ उपचारको सिलसिलामा डाक्टर र नर्सले गरेको जुन सहयोग र सदभाब छ त्यो जिबनभरि बिर्सन नसकिने खालको थियो।

अर्को भुल्न नसकिने कुरा त मेरो छेउमा रहेको करिब ८८ बर्षको बिरामीको छोरीले हामीलाई डिस्चार्ज हुनेबेलामा ह्याप्पी क्यानाडा डेमा तिमीहरुको धेरै ब्याड लक् रहे छ मेरो तर्फबाट ट्याक्सीको लागि भनेर $१०० जबर्जस्ति हातमा थामाइ दिइन, हामी बडो संकटमा परियो नालिउ भने आपमान गरेको जस्तो हुने लिउ कसरि लिनु ल ठिकै छ भनेर लियौ , क्यानडीयनहरुले भन्ने गरेझै बास्तबमै ” नाइस कन्ट्री, नाइस पिपुल भन्ने महसुस गरियो” अनि यहाँको उत्तरदायी राज्य र नागरिक अनि आफ्ना नागरिक र स्थायीबासिन्दाहरुलाई पूर्णत निशुल्क स्वास्थ्यसेवाको व्यवस्था देखेर दङ्ग पर्‍यौँ।

हामीलाई सहयोग, स्वान्त्वाना, सहानुभूति दिने सबैलाई धेरै-धेरै धन्यबाद दिदै दिनभरिको भोको पेट र थिलथिलो शरीर लिएर हस्पिटलबाट बिदाभइयो । अनि आफ्ना सबै योजनाहरु रद्ध गरेर अर्को दिन आफुलाई हरेक अफ्टेरो, सारो, गाह्रो, घाम, पानी, जाडोको बेलामा साथदिने परिवारकै अंग बनिसकेको गाडीको दाहसंस्कार पनि गर्न पाइएन भन्दै मन अमिलो पारेर लुरुलुरु बस चढेर घर आइयो। उनि काममा जान थालिन म भने कामबाट बिदा लिएर पूर्णत आराम गर्दै बसिरहेको छु ।

यो मेरो संस्मरण पढ्ने सबैलाई गाडीमा यात्रा गर्दा कृपया अनिबार्य सिटबेल्ट लगाउनु होला भन्ने अनुरोध गर्न चाहन्छु, जसले आज हाम्रो ज्यान बचायो भोलि तपाइँहरुको पनि यसले अबस्य बचाउने छ ।

60 thoughts on “मृत्युको मुखबाट फर्कँदा”

  1. madan bajracharya says:
    July 16, 2012 at 12:14 pm

    अकस्मात गाडी स्टार्ट नभयमा बा अरु सानो तिनो कुरा बिग्रेमा

    गाडी बिग्रेमा प्राबिधिक ग्यान नभयकोलाई मेकानिक्सहरुले कसरि उल्लु बनाउँछ भनेर अमेरिका क्यानाडामा बस्ने मित्रहरुलाई थाह भयकै होला/ यसै कारण हामि यो कुरामा छलफल गर्नु राम्रै होला कि जस्तो लाग्छ/

    गाडी स्टार्ट नहुनुको कारण र उपाय
    ०१.पेट्रोल र हावाको समानुपातिक मिश्रण/ मात्र पेट्रोल ले ईन्जिन चल्दैन त्यो हावा सिट मात्रा मिलायर मिलाउनु पर्छ/ यदि हावा र पेट्रोल मिलाउँदा पेट्रोल बढी भयमा गाडी को स्पार्क प्लगमा तुरन्तै कार्वन जम्छ कालो धुवा फाल्छ र स्टार्ट बन्द नै हुन्छ/ पेट्रोल र हावा समानुपातिक तरिकाले मिलाउने काम गाडीको “थ्रोतल” भन्ने पुर्जाले गर्छ र यो पुर्जाको प्रारम्भ मा यौटा सानो पेच जसले हावाको मात्रा नियन्त्रण गर्छ ( कुनै कुनै बेला त्यो पेच आद्जस्त गर्नु पर्ने हुन्छ) / तेस्पछी पेट्रोलको मिश्रणको मात्रा मिलाउने काम “सेन्सर” भनिने एउटा पुर्जाले गर्छ/

    थ्रोतल यर फिल्टर सिट रबरको मोटो पाईप सिट जोदियको हुन्छ/ यस भित्र र सेन्सर मा फोहर जम्मा भय गाडी स्टार्ट हुँदैन/ स्टार्ट भय पनि गाडीको ईन्जिन राम्रो सिट चल्दैन; आफै ठुलो सानो स्पिडमा चलन थाल्छ र आर पी यम मिटर अर्थात आसिलेटर को मिटर तल माथि हुँदै गर्छ/ यो समस्या आफैले समाधान गर्न सकिने कुरा हो/ यर फिल्टर र थोर्तल सिट जोदियको रबरको मोटो निकाल्नुस सफा गर्नुस/ यतिले पनि भयन भने सेन्सर पनि सफा गर्नुस/ तेतिले पनि भयन भने सेन्सर नया राख्नुस/ ठिक हुनु पर्छ/

    2) स्पार्क प्लग फोहर भयमा बा बिग्रेमा पनि गाडी स्टार्ट नहुन सक्छ/ स्पार्क प्लग सिट जोडिने मोटो तारहरुमा नम्बर राख्न नभुल्नुस/ यताको उता परे गाडी स्टार्ट हुँदैन/ स्पार्क पल्ग नया राख्ने कामलाई याहा अमेरिकामा “त्युन अप” भनिन्छ जसको लागि ज्याला मात्र कमसेकम १०० डलर लिन्छ/ जबकी स्परक पल्ग फेर्ने काम दस मिनेट भित्र आफैले गर्न सकिन्छ/ स्पार्क प्लग फेर्न मात्र दुईटा ज्यावालको आबस्यकात हुन्छ; एउटा मिल्ने रेंच अनि लामो चिम्टा बा चुम्बक भयको तार/ स्पार्क पल्ग खोलि सके पछी निकाल्न चिम्टा जस्तो कुनै चाहिन्छ; यो ज्यावल डलर स्टोरमा यक डलरमा पाईन्छ/ कुनै अटो पार्ट स्टोरमा जानुस आफ्नो गाडीको मोडेल भन्नुस स्पार्क प्लग किन्नुस र जोद्नुस/ सजिलो काम हो १० देखि १५ मिनेटमै गर्न सकिन्छ/

    ३) गाडी स्टार्ट त् हुन्छ तर थर्किन्छ र बन्द हुन्छ / कुनै एउटा स्पार्क प्लग बिग्रेमा बा स्पार्क प्लग सिट जोडिने कुनै तार बिग्रेमा यस्तो हुन्छ/ त् कुन चाहि स्पार्क प्लग बिग्रेको हो बा तार बिग्रेको हो त्यो थाह गाडी स्टार्ट गर्नुस ( यो प्रक्रिया भर गाडी स्टार्ट भईराखेको हुनु पर्छ) ; यौटा स्पार्क प्लगको तार निकाल्नुस/ यदि त्यो निकालियाको स्पार्क प्लग र त्यो सिट जोदियको तार ठिक भयमा तार ठुतना साथ् कि त् ईन्जिन बन्द हुन्छ बा बढी थर्कन थाल्छ/ यदि स्पार्क प्लग बा त्यो सिट जोदियको तार ठिक छैन भने स्टार्ट भईरहेको ईन्जिंको आवाज र चालमा फरक पर्दैन/ यसो भयमा थुतेको तारको टुप्पो गाडीको ईन्जिनको नगिच लानुस तार ठिक भयमा आगोको झिल्का निक्लन्छ/ यदि तार ईन्जिंको नगिच लाँदा आगोको झिल्का निक्ल्यो भने स्पार्क प्लग खराव छ त्यो फेर्नुस/

    ४) स्पार्क प्लग बा त्यो सिट जोदियको तार बिग्रेको थाह पाउने अर्को तरिका:
    कहिले काही गाडी स्टार्ट नै गर्न सकिंदैन त् यो तरिका अपनाउनु पर्ने हुन्छ/ कुनै स्पार्क प्लग को तार छुताउनुस र तेस्को टुप्पो ईन्जिंनको बादी नगिच लाग्नुस् र मित्रलाई गाडी स्टार्ट गर्नुस भन्नुस/ तार ठिक भयमा आगोको झिल्का निक्लन्छ/

    ५)अघि सम्म चलायर आयको गाडी स्टार्ट नै हुँदैन, चाबी खुमाय पनि मात्र खिच् खिच् गर्छ तर ईन्जिन स्टार्ट हुँदैन/ यसो भयमा पहिला ब्याट्री ठिक छ छैन चेक गर्नुस/ डायस बोर्डमा बाल्ने बती कस्तो बलेको छ त्यो हेर्नुस ब्याट्री कम्जोर भयको भय तुरन्तै थाह हुन्छ/ पुरानो र बिग्रिरहने गाडी चलाउनु पर्ने बाध्यता भयकोले यौटा अतिरिक्त ब्याट्री राखी राख्नु राम्रो हुन्छ/ कहिले काही ब्याट्री को टर्मिनल तार जोदियको खुकुलो बा फोहर भयमा पनि गाडी स्टार्ट हुन् गाह्रो हुन्छ/ गाडीको चाबी घुमाउँदा तुरन्तै स्टार्ट नभय चाबी घुमायाको घुमायाकै गर्नु हुँदैन/ तेस्ले ब्याट्री पुरै डेड बनाई दिन्छ/ ३/४ चोटीमा स्टार्ट नभय अलि बेर पर्खनु पर्छ र पर्खनु पर्ने समयमा गाडीको ब्याट्रीको टर्मिनल तारहरु कतै लुज बा फोहर छ कि भनेर हेर्नु राम्रो हुन्छ/

    ६) चाबी घुमाउँदा गाडी स्टार्ट होला होला जस्तो गर्छ तर हुँदैन
    गाडीको ब्याट्री मात्र गाडी स्टार्ट गर्नको निमित मात्रै हो गाडीको निमित चाहिने बिजुली अल्टरनेतार अर्थात जनारेटर उत्पादन गर्छ/ अल्टरनेतर नियन्त्र गर्ने यौटा रिले स्विच अल्टरनेतर संगै हुन्छ/ अल्टरनेतर चिन्न सजिलो छ त्यो पंखा घुमाउने मोटर जस्तै हुन्छ र तेस्मा रवरको मोटो बेल्ट जडान गरियको हुन्छ/ यदि स्विच मात्रै बिग्रेर स्टार्ट नभयको हो भने त्यो स्विच्मा कुनै लामो मार्तुल बा केहिले टक टक ठोक्नुस/ गाडी स्टार्ट हुनु पर्छ/ तर यसरि स्टार्ट गरेको गाडी को त्यो स्विच फेर्ने पर्ने हुन्छ/

    ७) चाबी घुमाउँदा पनि गाडी मरेको लास जस्तै हुन्छ भने में फयुज उडेको हुन्छ, बोनत खोल्नुस फयुज बक्समा में भनेर लेखेको फयुज बदल्नुस/

    ८)गाडी चल्दा चल्दै ओभर हित भयमा
    गाडी रोकी हाल्नुस/ चलाउँदै गरे ईन्जिंको हेद ग्यास्केट र ईन्जिन नै खरावहुन् सक्छ/ तपाईं चाहे नया गाडी चलाउने नै किन न होस् गाडीमा यक जर्किन पानि बा कुलेंत यक्स्त्रा राख्नु बुद्धिमानी हुनेछ/ गाडीको रेदियतर र तेस्को रिजर्व ट्यांकमा कुलेंत ठिक छ छैन हप्ता हप्तामै आफैले हेर्नु पर्छ/ कुलेंत कम भयमा गाडी ओभर हित हुन्छ / कुलेंत ठिक भय पनि ओभर हित भयको खण्डमा रेडियतर पछाडिको पंखा बा तेस्को फयुज जलेको हुनु पर्छ/ रेडियतर चुहेको छ भने त्यो टाल्न पनि सकिन्छ/ तेस्को लागि सजिलो र सस्तो टिकाउ उपाय हो नेपालमा यअरलाईट भनिने जस्तै दुईटा मिसायर तासने ग्लु र अमेरिकामा जे यंद बि भनिने तेस्तै दुईटा मिसायर बन्ने ग्लु दुबै ग्लु मिलायर ताल्नुस/ बर्सौं टिक्छ/

    ९) चलिरहेको गाडी ईन्जिन ईन्जिन चले पनि बिस्तारै नगुड्ने हुँदै रुक्छ/ आसिलेटर थिच्दा ईन्जिन चल्छ तर गाडी चल्दैन गुड्दैन/ कहिले काही धुवा फाल्ने तर संधै नफाल्ने गाडीहरुमा यस्तो अबस्था आउन सक्छ/ यो रेडीयतर बात ट्रान्समिसन चिसो बनाईराख्न कुलेंत पठाउने पाईप बा कनेक्सन बिग्रेमा पनि हुन्छ/ यो बिग्रेमा कुलेंत ट्रान्समिसन भित्र पुग्छ ट्रान्समिसन बिगार्छ/ तुरन्तै रेडियतर नया राख्ने र ट्रान्समिसन ओईल बदलेमा सायद ट्रान्समिसन जस्तो महँगो पार्ट बच्न सक्छ/

    १० ठग मिस्त्री बात बच्ने कसरि?
    कुनै मिस्त्री कहा जानु भन्दा पहिला आफ्नो गाडीको मोडेल र बर्ष अनि समस्या पहिला गुगलमा बा युत्युब मा टाईप गर्नुस/ चित्र र व्याखा सहित हुन् सक्ने र गर्न सकिने कुरा अरु प्राबिधिक हरुले बयान गरेको हुन्छ/ त्यो पढ्नुस/ ठुलो ठुलो कारखाना र अनेकौं कर्मचारी पालियाको मिस्त्रीहरु भयको वर्कसपमा जानु र मेलमा पायको डिस्काउन्ट कुपन को लोभमा पर्नु भन्दा सानो तर विस्वासिलो मिस्त्री सस्तो राम्रो हुन्छ/

    ब्रेक ओइल र स्टेरिंग ओइल अनि रेडियतरमा कुलेंतको मात्रा हरेक हप्ता चेक गर्न नभुल्नुस/ यति गरे गाडी मात्रै होईन ज्यान नै बच्छ/

    Reply
    1. Ashok Khadka says:
      July 20, 2012 at 11:10 am

      बज्राचार्य जी अति महत्वपूर्ण जानकारीको लागि मुरी-मुरी धन्यबाद ! तपाईं कहाँ बस्नु हुन्छ ? तपाईंसँग समय छ भने मलाई ashok _khadka32 @yahoo .com मा सम्पर्क गरौँन

      Reply
  2. kishor says:
    July 14, 2012 at 9:20 pm

    बचेको मा बधाई तर अचानक गाडी ओउट ओफ कन्ट्रोल कसरि हुन्छ, अलिक ध्यान दिएर गाडी चलाउनु.

    Reply
  3. krishna sharma says:
    July 14, 2012 at 11:42 am

    लेखाक्जी बच्नु भएकोमा बधाई तर !!! तर तपाई हरु ऐर ब्याग ले बच्नु भयोकि सिट बेल्तले कृपया प्रस्ट
    परिदिनी भए अझ राम्रो हुन्थ्यो ………………………

    Reply
  4. Bayan says:
    July 14, 2012 at 5:18 am

    डा. अशोक सर्बप्रथम त मृत्युको मुख बाट फर्केर आउनु भएकोमा बधाई!
    लेखकले आफ्नो लेख मार्फत माई संसारका पाठकहरुलाई के message दिन खोजेका हुन् भेउ पाउन सकिएन/ फेरी के कारणले दुर्घटना भएको हो त्यो पनि कतै लेखिएको छैन/ दुर्घटनाको कारण अनुसन्धान भैरहेको छ वा टुंगो लागि सक्यो त्यो पनि खुलाएको भए प्रष्ट हुन्थ्यो/ मुख्यत: यस्ता दुर्घटनाहरु चार कारणले हुने गर्दछ:
    १) Impaired and/or distracted driving;
    २) driver’s medical condition;
    ३) speed; or
    ४) serious safety related problem with the car

    Reply
  5. jeevvn verma says:
    July 13, 2012 at 4:49 am

    हुन् त मित्यु बाट बचेर आएको घटना मा अलि नसुहाउने तर मलाई त कता कता अलि फाई फुइ देखाएको जस्तो लग्यो|

    सर्ब प्रथम, ओली को महाकाली बेच्दा को ब्याख्या जस्तो स्पीड लाई कि मि मा देखाइएको छ| ७०/८० माइल को स्पीड मा गाडी चलाउनु कुनै ठुलो कुरा होइन | कैलेई highway मा गाडी नचलाउने लाई बाहेक|

    usa वा क्यानाडा मा दुर्घटना मा पर्दा मान्छे आएर ९११ बोलाउनु कुनै ठुलो कुरा होइन | दुर्घटना को ब्याख्या हेर्दा सन्किएर गाडी चलाएको जस्तो लाग्छ | दुर्घटना को कुरा गर्दा कुन ब्रान्ड वा मोडेल को गाडी भन्नु जरुरि थिएन| होन्डा civic usa वा क्यानाडा मा
    निकै तल्लो स्तर मा पर्ने गाडी हो |

    गाडी को ब्रेक फेल भएर वाकसैको अनिन्त्रित गाडी ले ठोकेर बाँचे को भए ल ठिकै हो भन्नु| आफ्नै असब्धानी ले दुर्घटना भएको कुरा लाई के तिल लाई पहाड banaeko होला|

    तेस्तै बेल्ट को कुरा अझ हास उठ्तो छ | यहाँ बेल्ट नबाधी हिड्ने क कल्पना पनि गर्दैन कसै ले |

    नेपाल मा मेरो एक जना साइनोले uncle पर्ने हुनुहुन्थो | वहा जहिले पनि mobile charge गर्न बिर्सेको, गाडी ठोक्कको कुरा गर्नु हुन्थो अरु को छेउमा | वहा अरु लाई वहा को पनि mobile र गाडी छ भन्ने पार्न| अन्यथा अन्यथा अलिनु होला तर यो लेखा पड्दा मेरो uncle लाई सम्झें|

    Reply
    1. jeevvn verma says:
      July 13, 2012 at 9:04 am

      “लुरुलुरु बस चढेर घर आइयो” किन र तपाई सित insurance थिएन? नत्र त इन्सुरेन्स ले गाडी दिनु पर्ने होइन र ? इन्सुरेन्स भएको भए तपाई ले पोलीस लै बर गर्नु पर्दैन थ्यो ?

      Reply
      1. dab says:
        July 13, 2012 at 11:21 am

        oh yea and second thing! insurance company doesn’t provice you car at the spot of accident when people claim and it processes then they will provide you a car! next time when u make a comment! make sure you know what you are saying douchebag!

        Reply
        1. Bayan says:
          July 14, 2012 at 6:01 pm

          eeven if an insurance company does not provide you with a rental car rightaway at the accident scene, you can get one the cost of which will be settled by your insurance company later on. if, in the end, it turns out that you are not eligible to use the rental car from your insurance company you have to pay for it. that is why the car rental company gets your credit card information at the time of signing the paper work in case you have to pay for it.
          Actually, Jeevan Verma is absolutely right. I second his most of the comment.

          Reply
          1. jeevvn verma says:
            July 14, 2012 at 7:43 pm

            it seems Mr. dab does not have any idea of insurance – roadside service, rental car, inform the insurance when an accident happens, take out the car from insurance plan etc. Even I wonder how Mr Ashok was able to leave the wrecked car in the place of accident.

            All these are the reasons I was compelled to write the comment even the write up was on a emotional topic. Sorry if I hurt any one but we need to speak up.

            Reply
    2. Sam Nepali says:
      July 13, 2012 at 12:18 pm

      I generally do not comment on others but I could not tolorate on the above comment and hence writing something I hope you will take it positive:
      First of all, writer has share his unfortunate accident within the community and try to educate there for prevention purpose. I take it as an education.
      Secondly the comment above is absolutely biased and it must be something with the attitude of the commenter himself “Phulko Aakhama Phulai Sansar, kadako aakhama kadai sansar”
      Please do not see every thing with negative thinking. Please do not response as this is not intended for debate. Thank you

      Reply
    3. Ramesh Cc says:
      July 13, 2012 at 3:44 pm

      Dude do you think anybody likes to make fun of their life and tries to create story of your survival. I felt true story when I was reading and Please be informed that non of the Insurance company pays you instantly. It takes few months to get back the claim from Insurance.

      Reply
    4. Tika Ram Timalsina says:
      July 13, 2012 at 3:46 pm

      १२०-१३० किमी को स्पीड कम भन्न मिल्दैन | अमेरिका को थाहा भएन अस्ट्रेलिया मा १००किमि प्रति घण्टा को स्पीड लिमिट हुन्छ | त्यसैले तपाईं ले बरु फ़ाइन्फ़ुईन् गर्न खोजेको जस्तो लाग्यो | कार को मोडेल भन्दै मा केहि बिग्रदैन तर तपाईं ले जसरि होन्डा सिविक भनेर होचाउना खोज्नु भयो त्यो चैं धेरै तल्लो स्तर लाग्यो |

      Reply
  6. Resham says:
    July 12, 2012 at 11:33 pm

    साची मान्छेको जिबनमा मृत्युले कति चोटी लुस्सुक चिहायौदै गैरहन्छ/ मान्छे मृत्युको छाया बोकेर हिडी रहेको हुन्छ है साथी हो/

    Reply
  7. Resham says:
    July 12, 2012 at 9:58 pm

    मान्छेको दिन नआएसम्म मरिन्दैन / मर्ने दिन आयो भने मान्छे बसेकै ठाउमा पनि मारी हाल्छ / मर्ने दिन आएन भने ठुला ठुला घटना भए पनि मर्दैन यो चाही कुरा सत्य हो/ दुर्घटनाबाट बचेकोमा बधाई.

    Reply
    1. sundar says:
      July 14, 2012 at 12:57 pm

      वहीयत कुरा काल आको छैन भनेर ३० तल्ल माथि बाट हाम फल्यो भने त्यो मान्छे बच्छ होला त ? बुझेको खै त

      Reply
  8. Binod Karki says:
    July 12, 2012 at 9:45 pm

    हजुर हरु दुवै जना लाइ सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु,अनि अब देखि यात्रा गर्दा आफ्नो गाडी को स्पीड लाइ पनि विचार गर्नु होला,तपाई को यो लेख धेरै लाइ राम्रो शिक्षा हुन सक्छ एस को लागि धन्यबाद.

    Reply
  9. Dharma says:
    July 12, 2012 at 9:34 pm

    बदाई छ नया जीवन पाउनु भयकोमा l
    » १२०-१३० km/h still over speed. Did u get ticket?
    » the money that you received from the lady is fine but please do not forget to send a ‘THANK U CARD’.
    » I think there should be something wrong on tire or connection of tire with steering. I had same situation. I was driving in 40-60 km/h, all of sudden car was beyond my control, pulled me toward right side and stopped out of the road. Thanks god nothing happened to me. I towed the car for mechanical inspection. They found that the bolt which connect the front right wheel with steering was broken.
    » I have experience of another fatal accident. I was in a high way (speed 110 km/h, Winter time), a deer crossed the road, hit the car, car was brand new and completely damage after hitting the deer. Again thanks god I only had minor injury though I lost the car. I was safe because of the set Belt. Therefore, I strongly recommend to put seat belt no matter where you are either front or back seat.
    Thank again and enjoy your new life.

    Reply
  10. Navin Banjade says:
    July 12, 2012 at 8:41 pm

    सर्बप्रथम त अशोक जी र वहाको परिवार प्रति ठुलो दुर्घटनाबाट बच्नु भएकोमा बधाई छ,१२०-१३० किलोमीटर प्रति घण्टा सम्म स्पीड ठिकै हो power स्तारिंग थीयाना कि ……

    Reply
  11. suman says:
    July 12, 2012 at 3:33 pm

    Must be a mechanical failure! Time to sue Honda, Bud!!

    Reply
  12. Jeevan Kumar Thapa says:
    July 12, 2012 at 1:16 pm

    तपाई र तपाइको परिवार ठुलो दुर्घटना बाट बच्नु भएको
    मा धेरै खुसि लाग्यो / जहिले पनि जननी र जन्मभूमि अनि स्वाभिमान लिने
    मान्छे लै दुख : हुदैन .
    जिबन कुमार थापा
    सुबारु त्राबेल नेपाल

    Reply
  13. अशोक खड्का, टोरोन्टो, क्यानडा says:
    July 12, 2012 at 12:49 pm

    मेरा शुभ-चिन्तक, शुभेच्छुक, सहृदयी समस्त असल मनहरु.. जसले यो संस्समरण पढ्नु भयो, कमेन्ट गर्नु भयो आफ्नो अमुल्य सुझाब सहित मलाइ बधाई दिदै स्वास्थ्य लाभको कामना गर्नु भयो यहाँहरु सबैलाई हृदयदेखिनै मुरी-मुरी धन्यबाद दिन चाहन्छु । जहाँ सम्म साथीहरुको जिज्ञासाको कुरा छ रमेश भण्डारी जी ले भने झैँ १२०-१३० कि.मी प्रति घण्टा हो (अमेरिकामा गतिलाई माइलमा र तापक्रमलाइ फरेनहाइटमा मापन गरिन्छ) तसर्थ मेरो स्पीड ठिकै थियो । क्यानाडामा स्पीड लिमिट हाइवेमा नियमत कतै १०० त कतै ११०- ११९ सम्म हुन्छ तर १३० कि.मी प्रति घण्टा सम्मलाई नर्मलनै मानिन्छ । अर्को रोचक कुरा के छ भने हामी नेपालमा ड्राइभीङ् गर्दा बाँया तिरबाट गर्छौ भने यतातिर दाँया वाट गरिन्छ । नेपालमा हामी बाटो काट्दा ट्राफिक नियमको वास्ता गर्दैनौ तर याँहा ट्राफिक नियमको पालना नगरेर बाटो काट्दै गरेको समयमा कुनै गाडीले किच्यो वा हिर्काएर घाइते बनायो वा मारयो भने त्यसको जवाफदेही आफै हुनुपर्छ यस्तै कारणले अमेरिका-क्यानडामा बाटो काट्दा धेरै नेपालीहरु घाइते अपाङ्ग र कसैको त मृत्युपनि भएको छ । बिनोद जी ले भनेझै ४०१ हाइवे इस्ट नै हो ३०१ टाइप मिस्टेक हो सच्याइ दिनु भएकोमा धन्यबाद । मन जी ले सुझाब दिएझै यदि समयले र मेरो स्वास्थ्यले साथ दियो अनि उनको ठेगाना पत्ता लगाउन सकें भने हामीलाई स्वान्त्वना स्वरूप ८८ बर्षे बिरामीको छोरीले दिएको $१०० मा अरु थपेर अबस्य दिने छु । यदि सकिन भने सो रकममा अरु थपेर कुनै समाजसेवी र परोपकारी कामको निम्ति खर्च गर्ने छु वा दिने छु । अन्त्यमा माइसंसारमा फेरी भेट्ने बाचा सहित सम्पूर्ण साथीहरुलाई फेरी पनि धन्यबाद, नमस्कार !

    Reply
    1. Bhakta Gurung Boston USA says:
      July 12, 2012 at 9:01 pm

      अशोक खड्काजी,
      कृपया कहिले पनि होन्डा सिभिक र टोयोटा कोरोला जस्ता गाडीको भर नपर्नुस ,हाई-वे मा यो अलि बतिन्छ जस्तै तपाईंलाइ थाहा छ ,हिरो होन्डा को स्प्लेंडर मोटर बाइक सी सी कम भएको ले हाई-वे को लागि उत्तम मानिंदैन ! मेरो एउटा पन्जाबी इन्जिनियर साथीले भन्नु भएको थियो ,” होन्डा सिभिक इज ओन्ली फर फुएल इफिसियेंसी.” यस्ता गाडी हाई-वे मा हांक्दा स्पीड कम नै गर्नुस् प्लिज,प्लिज प्लिज …….

      Reply
    2. Dharma says:
      July 13, 2012 at 12:20 am

      अशोक जी,
      Mysansar ले तपाइको तपाइको घटना लाई हामी सामु ल्यायो अब $१०० Mysansar लाई चन्दl
      दीनुस

      Reply
  14. pabi says:
    July 12, 2012 at 12:44 pm

    तपाई हरु लै बधाई छ /जुन कुरा पनि अति वो भने खति हुन्छ भन्छन…जुन अति ब्याकुल,आतुर मा,भेट्ने कुरा थियो…त्यो धेरै अनि अति भयो..दिदि लै भेट्ने ..अनि तेस्तै..त्यो आतुर मा भेट्ने ब्यकुलता ले गाडी को स्पीड पनि बधाईदियो ,जुन अति भो ताहा खति भो…हेर्नुस त् न दिदि लै भेट्न पाइयो न त् गाडी नै ठिक पाइयो.भगवान को धेरै कृपा रहेछ र काल ले पनि छुन सकेन //////////धेरै२ बधाई………………..राम्रो होस्स्स्स,आगामी दिन हरु ………….

    Reply
  15. Uttam Khadka ( United Kingdom ) says:
    July 12, 2012 at 12:37 pm

    सर्बप्रथम त नया जीवनको लागि तपाईहरु दुवैजाना लाई धेरै बधाई! रोडले
    मागेको गति भन्दा ओभर स्पीडमा गुड्दा कार अनियेंत्रित भाको जस्तो लग्यो! कृपया भबिस्य मा सावधानि अपनाउनु होला!

    Reply
  16. shreesh thapa says:
    July 12, 2012 at 11:26 am

    कुदाउन पनि क्षमता भन्दा बढी कुदाएपछि अलिकति यता उता भए पछि दुर्घटना भैहाल्छ नि ? १२० मै वार्निग त दिएको थियो होलानी होन्डा सिबिकले कि म्युजिक जस्तो लागेर १२० भन्दा माथि मा कुदाउदै डान्स गर्दै गाडी चलाएको त होइन …यति साह्रो कुदाउन किन पर्यो …हु बेबकुफ त चलाउने मान्छे भैहाल्यो नि ?? क्षमता भन्दा माथि गाडी कुदाएपछि …..

    Reply
  17. अशोक खड्का, टोरोन्टो, क्यानडा says:
    July 12, 2012 at 9:43 am

    साथीहरु सबैलाई मेरो नमस्कार,
    दोर्ण जी तथा भक्त गुरुङ जी यहाँहरुलाई धेरै धेरै धन्यबाद ! गाडी दुर्घटनाको कारण ..टायर पन्चर भएर पनि हैन जस्तो लाग्छ, अनि कुनै मेकानिकल समस्याले गर्दापनि हैन जस्तो लाग्छ । अहिले यसो ठण्डा दिमागले सोच्दा जब गाडी अनियन्त्रित भएर दाँया-बाँया गर्न शुरु गरयो तब मेरो श्रीमती सिर्जना आतालिएर ब्रेक,ब्रेक भन्न थालिन त्यसबेला मेरो दिमागलेपनि ठिक सँग काम गर्न सकेन र मैलेपनि अतालीएर जोर संग ब्रेक लगाएछु, जब गुडिरहेको गाडीमा अचानक चाहिने भन्दा बढी ब्रेक लाग्यो तब गाडी सडकबाट पल्टीयो भन्ने मेरो ठम्याई छ ।
    धन्यबाद !

    Reply
    1. mahesh says:
      July 12, 2012 at 1:48 pm

      तपाइँ को गाडी को स्पिड ज्यादै नै बढ़ी हो अशोक जी, बरु एकाध घण्टा पहिला निस्किएर सुरक्षित तवर ले गाडी चलाउनु उचित हुन्छ.

      Reply
    2. Pradip Bhandari says:
      July 12, 2012 at 8:47 pm

      Hello Ashok ji,

      Congrats for surviving this tragic..
      Which model car is that? Civic also has ABS brakes and stablizer system. If your car was already unstable then, it is likely because of sudden fall of air pressure on tyres or there was something to do with mechanical failure. Your car started moving before you pushed the brake pedals. ABS brakes of CIVIC would not allow car to slide on brakes unles you intentionally drift the car( i am sure you know how they drift or do wheelies for fun). I have been driving different cars and SUVs and have done drifting too( i know it is bad) but just sharing the experience..

      Pradip

      Reply
    3. Pradip Bhandari says:
      July 12, 2012 at 8:55 pm

      I mean which year model?

      Reply
    4. Bayan says:
      July 14, 2012 at 8:12 am

      ABS भएको गाडीमा जत्ति सुकै जोर संग brake लगाएमा पनि चक्का जाम (block) हुने गरि brake लाग्दैन डा. अशोक/

      Reply
  18. मन says:
    July 12, 2012 at 9:31 am

    भाग्यले साथ् दिएर बच्नु भो, वधाई छ|
    किन कसरी गाडी त्यो हालतमा पुग्न गयो त्यो बारेका केही थाहा भए वा केही सोच अड्कल वा निर्क्यौल भए शेयर गर्नुहोला| हामीलाई पनि पाठ हुनेछ|
    साथै ती ८८ वर्षका बिरामीको छोरीले सद्भावना स्वरूप दिएकी ड.१०० लाई कुनै दिन हुन् सके र समयले साथ् दिए अझ थपेर धन्यवाद सहित फिर्ता दिन सके गुणग्राहिता हुने थियो| सायद गरिसक्नु भएको होला, बढ्ता जान्ने हुने खोजेको नस्म्झ्नुहोला र अग्रिम माफी माग्दै यो सुझाव पेश गर्दैछु – हाललाई चाहि मानवता, सहृदयता र शुभेछाको लागि सधन्यवाद एउटा कार्ड पठाउन सके ठिक हुने थियो कि जस्तो लाग्छ| यंहाको जस्तो इच्छा!

    Reply
    1. parashar says:
      July 12, 2012 at 9:04 pm

      अशोकजी पूनार्जन्मको हार्दिक बधाई !!!
      मेरो अनुभवमा नेपालमा कुदाइने हिरो होन्डा एस एस र उत्तर अमेरिकामा कुदाउने होन्डा सिभिक उस्तै उस्तै हो , बत्तिहाल्छ , अनि यसरि टुर गर्दा यस्ता फुच्चे कारमा ननिक्लिनु नै बेश , प्रति दिन $ २० – ४० मा नया नया त्यो भन्दा हेभी गाडीहरु भाडामा सजिलै पाइन्छ त्यस्ता गाडीहरु प्रयोग गर्ने गर्नुस , र अर्को कुरो हाइवेमा कुदाउदा प्राय जसो क्रुज कन्ट्रोल प्रयोग गर्नु होला जसले नजानिँदो तवरले बढिरहेको गति र त्यसबाट हुनजाने दुर्घटना लाइ रोक्छ , तपाइको यो दुर्घटना पनि सायद नजानिँदो तवरले बढिरहेको गति कै कारणले हुन सक्छ , तपाइको कारमा ए बि यस (Anti-Lock Brake सिस्टम) ले पनि काम गरेनकी त ?

      Reply
  19. Ramesh Bhandari says:
    July 12, 2012 at 8:35 am

    १२०/१३०प्रति घण्टा किलोमिटर कि माइल? कि.मि. हो भने त ठिकै छ माइल हो भने त १०० प्रतिशत मृत्युलाई निम्ता दिएको हो किनभने अमेरिका तथा क्यानाडामा मैले सुने अनुसार ८० माइल प्रति घण्टा भन्दा बढी अनुमति छैन त्यो भन्दा ज्यादा स्पीड भयो भने हाईवे पुलिस ले जरिवाना गर्छ अनि त्यो चालकको चालक अनुमतिपत्र पनि निलम्बन गर्छ
    शायद आफ्नो मान्छे भेट्ने खुसीमा साथीले गाडीको स्पीड मा ख्याल गर्नु भएन छ त्यसैले त्यत्रो ठुलो दुर्घटना हुन् पुग्यो बधाई छ अशोक जी अनि वहाको पत्नी लाई नया जीवनको सिट बेल्ट त लगाऊनु नै पर्छ तर पनि आफ्नो मान्छे भेट्ने खुसीमा गाडीको गतिलाई पनि नियन्त्रण मा राख्नु राम्रो होला जस्तो लाग्छ

    Reply
  20. Michael Blows says:
    July 12, 2012 at 8:26 am

    तपाई लाई धेरै धेरै बधाई छ/
    म पनि उस्तै खालको दुर्घटना बाट बचेको मान्छे हुँ, फरक मलाइ चोट पटक लागेन, र मेरो दुर्घटना मेरो आफ्नो लापरबाही ले गर्दा भएको थियो/
    शुन्तला खादै गाडी चलाइरहेको थिए, अनि शुन्ताला खैसकेपछी पपेर्तोवेल ले हात मात्र पुछ्न के भ्याएको थिते, गाडी त बाट मुनि, गाडी लाई केहि भएन, हामीलाई केहि भएन/ भगवान, धन्यवाद, म र मेरो परिवार कसरि बच्यो//

    Reply
  21. SURENDRA SUBEDI hongkong says:
    July 12, 2012 at 7:56 am

    तपाई को पुनर्जन्म भएको मा बधाई छ/तेत्रो दुर्घटना मा परेर सकुशल हुनु नै चमत्कार मान्नु पर्छ /घटना तेतिकै घट्दैन, तेस मा पनि विभिन्न टेक्निकल समस्या थिए होला सायेद तपाई लाई प्राबिधिक गडबडी भएको थाह भएन होला नत्र त् तपाई ले यो कारण ले गर्दा दुर्घटना भएको हो भन्न सक्नु हुन्थियो जे होस् परदेस को सडक खुला भएर नै दुर्घटना बढेको मान्छु म त/तपाई को स्वास्थ लाब को कामना गर्दछु/

    Reply
  22. punya hawaii says:
    July 12, 2012 at 7:20 am

    अशोक जी ! सर्बप्रथम पूनर्जिबन प्राप्त गर्न सफल हुनु भएकोमा बधाई
    भनिन्छ आयु, कर्म, धनसंपत्ति, बिद्या र मृत्यु यि ५ कुरा कति काहाँ कहिले कसरि प्राप्त गर्ने भन्ने भाग्यचै आमाको गर्भमा छदै लेखिएको हुन्छ रे त्यसैले कर्मनिष्ठ ब्यक्तिलाई छेउ छाउबाट भाग्यले सधैँ साथ दिइरहेको हुन्छ।

    Reply
  23. Thanapati says:
    July 12, 2012 at 6:53 am

    Sorry to hear about your incident and congratulations on your new life. This is another example of seat belts save lives. Always buckle up even if you are in the rear seat. I think it was a result of tire blowout especially the front one and lack of your experience/knowledge as you should never ever apply brake under blowout conditions. The safe way to take under control is to grab steering wheel tightly and let off your foot from the gas pedal until it slows down to 20/25 mph and pull over slowly. Once again congratulations!!

    Reply
  24. Pradip Lal Shrestha'लेकाली माईला' says:
    July 12, 2012 at 6:06 am

    भन्छन नि नपतौने खोलाले मान्छे बगौछ, मान्छे को काल आएको छ भने कतै जानु पर्दैन घरमा बसी बसी नै मर्छन तर काल आएको छैन भने जस्तो सुकै दुर्घटना भए पनि मान्छे लाइ खासै केहि हुदैन, अशोक खड्का जी नयाँ जीवनको लागि बधाई छ,

    Reply
  25. Basanta Thapa ,Maryland,USA says:
    July 12, 2012 at 5:59 am

    अशोक जी ,
    दुखद घटना सुनाउनु भयो \ सामन्य चोटपटक का साथ सकुशल हुनु भएको मा बधाई \
    क्यानाडाको हाईवे मा प्रति घण्टा १२०-१३० को गतिमा गाडी चलाउदा सायद आफ्नो जिबन साथी,परिबार ,आफन्त र आफु लाइ बिर्सनु भयो कि कारण दश बर्षे जन युद्द र ग्वार्खो को बिएंडबि हस्पिटलमा कार्य गर्दाको जोश ,जोखिमको कथा ले सायद १२०-१३० को स्पिडमा गाडी हाक्नु सामान्य बनायो होला \ तर सामन्य ज्ञान भएको र नियम कानुन कडा भएको देशमा १२०-१३० को स्पिड मा गाडी हाक्नु भनेको आत्म हत्या गर्नु सरह हो \ नियम ले दिए पनि सामन्य मानिस ले ७५/८० प्रति घण्टा को गति भन्दा बढी स्पिड गर्दैन र नियम ले पनि दिदैंन किनकि १२०-१३० भनेको कार रेस प्रतियोगिता मा मात्रै हुन्छ होला \ तपाइले ठुलो गल्ति गर्नु भएछ \यति ठुलो गल्तीलाई पुरुस्वार्थ नसम्झनु होला \जिबनको पुरस्कार पाउनु भएकोमा एक नेपाली र मानब भएको नाताले बधाई !

    Reply
    1. Thanapati says:
      July 12, 2012 at 10:31 am

      बसन्त जी,
      अशोक जी ले १२०-१३० किलोमीटर प्रति घण्टा भन्नु भएको छ न की miles. एस लै मिल्स मा नाप्दा ७५-८० जस्तो हुन आउछ जुन interstate highway मा खासै फरक पर्दैन किन कि interstate मा posted speed limit 75 सम्म हुन्छ तेसैले स्पीड ठिकै हो, तर बेस्सरी ब्रेअक चै लागौना नहुने हो!

      Reply
      1. Basanta Thapa,Maryland,USA says:
        July 12, 2012 at 5:37 pm

        Thanapati जी ,
        धन्यबाद मेरो हिसाब गलत भएको औलाइदिनु भएको मा \ यहा सधै माइल भनि रहने त्यसैले १२०-१३० माइल सम्झे छु \ क्षमा प्राथी छु \ दुर्घटना को मूल कारण स्पिड र अचानक बेस्सरी ब्रेक समाउनु र संगै बसेको मानिस अत्तालिएर कराउनु पनि हुन् सक्छ \ बिस्तारै ब्रेक समाउदै अगाडी बढेको भए सायद गाडी नियन्त्रण मा आउथ्यो कि ! मेरो कमेन्टले दुखि बनाएको भए क्षमा माग्दै सुस्वास्थ्य को कामना गर्दछु अशोक जी र उहाको परिबार को \

        Reply
    2. दिनेश , क्यानाडा says:
      July 12, 2012 at 11:36 am

      अरे सर क्यानाडाको प्राइमरी हाइवे को स्पीड लिमिट ११० KM हुन्छ ,छ अनि कता ७५/८० km कुदाउने भन्ने कुरा गर्नु भाको बसन्त जी तपाइले,तेस्तो हाइवेमा पसे पछी ७५/८० km कुदाउदा त पछाडी बाट ठोक्छ अर्को गाडीले , हो अशोक जीले धेरै स्पीड मा जोडले ब्रेक लगाउनु हुने थिएन पक्कै ,

      दिनेश, क्यालगरी, क्यानाडा

      Reply
  26. binod poudel says:
    July 12, 2012 at 5:53 am

    हामि पनि तपाइँ जस्तै शहर टोरोन्टोमा बस्छौ हाल, अशोक जी ! हाईवे ३०१ इस्ट बाउन्ड (खासमा यो 401 east bound हो) उत्तर अमेरिका कै सबै भन्दा व्यस्त हाइबे हो | यो हाइबेको टोरोन्टोमा पर्ने कुनै भागमा २४ घन्टामा औसत ५ लाख गाडी हुइकिन्छन् | यो महासागरमा मैले पनि दिनको १ पटक कुद्नु पर्ने हुन्छ !! तपाई त्यहाँ दुर्घटनामा पर्नु भएको समयमा NCCS ले JULY 1ST को लागि आयोजना गरेको BBQ & पिकनिकको तयारीमा व्यस्त थियौ हामी !!! बाचेर आउनु भएको छ त्यस्तो दुर्घटना बाट यसो सम्पर्क गर्नुस समय मिल्यो भने sbinod100 @yahoo .com मा| बिनोद

    Reply
  27. Naresh says:
    July 12, 2012 at 4:15 am

    क्यानाडामा प्रतिघण्टा १२०-१३० किलोमिटर गति मा गाडी चलाउनु नै illegal हो| जस्तो कर्म उस्तै फल OR न-हुने काम गरे पछी तेस्को फल पनि नराम्रै हुन्छ | धन्न बचेछौ ! लिमिट मा बसेर गाडी चलाऊ, र accident हुनु बाट बाचौ र बचाउ |

    Reply
    1. mahesh says:
      July 13, 2012 at 5:30 am

      स्पिड लिमिट भन्दा बादी मा चालको जस्तो लग्यो त्यो पनि होन्डा सिबिक ….त्यो बाटो मा स्पिड लिमिट १०० किम प्रति घण्टा हो जस्तो लागेको छ अनि त्यो भन्दा बादी मा चलाउनु नै गलत हो आज परिवार संग हुदा…

      Reply
  28. kristina says:
    July 12, 2012 at 3:56 am

    नया जिबन पाउनु भएकोमा बधाई छ हजुरहरु दुवै जनालाई ,आगामी दिन हरुमा पनि भगवान्ले संधैं हजुरहरुको साथ दिउन |अबका दिनमा लामो बाटो सबारी चलाउनु पर्दा गाडीको कन्डिसन पनि चेक गर्नुस है दाजु |

    Reply
  29. बड्का चौधरी says:
    July 12, 2012 at 3:47 am

    अशोक जी,
    तपाई हरु दुवै जना सकुसल हुनु भयो .. सारै खुसि लाग्यो | जिन्दगि रमाइलो छ.. भगवान ले हजुर हरु लाई धेरै खुसि राखून |

    – बड्का

    Reply
  30. Suraj Gurung says:
    July 12, 2012 at 3:25 am

    समाचार सुन्दा नरमाइलो लाग्यो. के कारण ले गर्दा तपाइको गाडी अनियन्त्रित भएको रहेछ त? होन्डा सिबिक लाइ त धेरै राम्रो गाडी को रुप मा चिनिन्छ त? तपाई लाइ नया जिबन को सुभकामना !

    सुरज गुरुङ (रावा भुसिंगा, ओखलढुगा)
    हाल निउहम्सेर, अमेरिका

    Reply
  31. ryan says:
    July 12, 2012 at 3:23 am

    नेपाल को सागुरा, भिडभाड अनि ट्राफिक नियम नभएका बाटोमा बानि परेको जो सुकै नेपाली विदेशको बेबस्तित बाटाहरुमा झुक्किने र चिप्लने गरेको प्राय सुन्न पाइन्छ. के हुन्छ कुन्नि उनीहरुलाई .

    Reply
  32. बिस्वाश says:
    July 12, 2012 at 2:59 am

    अशोक जी ,
    त्यत्रो दुर्घटना बाट बाच्न सफल हुनु भएकोमा बधाई | तर पनि होन्डा सिविक को लागि त्यो अलि बढी स्पीड भएन र भन्या ??? त्यो स्पीड त होन्डा पाइलटलाई सुट हुने खालको हो जस्तो लाग्छ मलाई त |

    Reply
  33. abhaya says:
    July 12, 2012 at 2:48 am

    होइन ………………………तर सर ले त कसरि भयो भन्ने जानकारी त पाउनु भयो होलानिता……त्यो पनि लेखिदीनु भएको भए रोचक हुने थियोकी? मैले द्रिवे गर्दा motor way मा ब्रेअक फै भएर कत्रो जात्रा……तपाई को त k . m प्रती घण्टा ……….मेरो त माईल प्रती घण्टा ……………..

    Reply
  34. Hom Gurung says:
    July 12, 2012 at 2:30 am

    सर्बप्रथम त अशोक जी र वहाको परिवार प्रति ठुलो दुर्घटनाबाट बच्नु भएकोमा बधाई छ, साथै सिट बेल्ट बाँधी सवार गर्नू भन्ने सुझाब दिनु भएको मा पनि I यस्तै घटना यहाँ बेल्जियममा पनि मेरो मित्र पोखरा निवासी अमन गुरुंग पनि गत साल लक्जम्बरबाट बेल्जियम तर्फ फर्कदै गर्दा हाईवे मा करीब १२० -१३० प्रति घंटा स्पीडमा चलेको निसानको कास्काई जिप अचानक नियंत्रणमा आउन नसकि हाईवेमा दुर्घटना भै गाडी धुलो पीठो कामै नलाग्ने भएता पनि उसलाई भने कही कतई पनि चोट पटक न लाग्दा हामी अचम्मित भयौं I अझ अचम्मको कुरो इन्सुरेंसले अर्को गाड़ी तत्कालै बेवस्था गरेको थियो र उसैले उक्त गाड़ी आफै चलाई बेल्जियममा आएको थियो I

    Reply
  35. CHIRAN (UK) says:
    July 12, 2012 at 1:29 am

    जतिबेला ब्लग खोले पनि प्रचण्ड को छोरा ले केटि भगाएको मात्र समाचार | धन्यबाद अशोक जी लाइ आफ्नो भोगाई लेख्नु भएकोमा | राम्रो लाग्यो |

    Reply
  36. Deep says:
    July 12, 2012 at 1:00 am

    “यो मेरो संस्मरण पढ्ने सबैलाई गाडीमा यात्रा गर्दा कृपया अनिबार्य सिटबेल्ट लगाउनु होला भन्ने अनुरोध गर्न चाहन्छु, जसले आज हाम्रो ज्यान बचायो भोलि तपाइँहरुको पनि यसले अबस्य बचाउने छ” Nicely concluded, liked it, may you get well soon.

    Reply
  37. Shyamsundar says:
    July 11, 2012 at 11:21 pm

    नया जिबनको लागि बधाई .
    सिटबेल्ट बाध्ने कुरा अति सहि हो .
    Highway ४०१ हो कि जस्तो लाग्यो .
    अर्को कुरा स्पीड लिमिट ११० किलोमीटर प्रति घण्टा मा बेसी नै कुदौनु भएछ. त्यो पनि उल्लेख गर्नुभएको भए अरुलाई सजग हुने टिप्स हुन्थ्यो .

    Reply
  38. द्रोण says:
    July 11, 2012 at 10:44 pm

    अशोक जी
    सर्बप्रथम नया जिबन को लागि बधाई |
    तपाइँ को गाडी मा के समस्या ले गर्दा उक्त दुर्घटना भएछ ,केहि जानकारी छ कि तपाईलाई ?
    भए सेयर गर्नुहुन्थ्यो कि ?
    पछी अनुमान लगाउनु भयो होला नि ,येसो भएको हुन् सक्छ भनेर |हाइ वे मा गुड दा गुड्दै ,भनेपछि अगाडिको टायर फुटेर बा के होला त् ?

    Reply
    1. madan bajracharya says:
      July 12, 2012 at 12:26 am

      द्रोणज्यु
      गाडीको स्टेरिंग कन्ट्रोल सिस्टमको बारेमा बढी बुझेमा गाडी नै चलाउनु हुन्न होला; सार्हैनै सानो पुर्जाले धानेको हुन्छ स्टेरिंग सिस्टम/ यौटा सानो तुप्प्मा “बल” जस्तो आकारको दाया बाया घुम्न सकिने पुर्जा स्टेरिंग व्हिल बात नियन्त्र हुने किसिमले जोदियाको हुन्छ/

      त्यो र त्यो बल अड्किने पार्ट निरन्तर चल्दै गर्ने पुर्जा भयकोले खिईन्दै जान्छ बल सानो हुँदै जान्छ र त्यो बल अड्किने पुर्जा बात फुत्किन्छ/ अनि गाडीको पान्ग्राहरु छाडा साँढे जस्तै बन्छ स्टेरिंग बात नियन्त्रित हुँदैन/ अर्को कारण स्टेरिंग व्हिल नियन्त्रणमा राख्ने स्टेरिंग फ्लुईद जो यक किसुमको ब्रेक ओइल जस्तै हुन्छ त्यो आबस्यक मात्रा भन्दा घटेमा बा चुहिय पनि स्टेरिंग व्हील कन्ट्रोल हुँदैन/

      हामि गाडीको अरु पार्ट पुर्जा हरु खराव भयमा तुरन्तै चाल पाउन्छौँ र मर्मत पनि गराई हाल्छौं तर स्टेरिंग स्यिस्तम नियन्त्रण गर्ने पुर्जा र स्टेरिंग व्हील फ़्लुईद् कमैले चेक गर्छ यस्तै कुरा ब्रेल ओइलको पनि छ/ ब्रेक ओइल आबस्यकता भन्दा कम भयमा यक्कासी ब्रेक फेल हुन्छ/ तसर्थ ई कुराहरुमा कमि कमजोरी भयको संकेत हामि पाउदैनौ यक्कासी केहि भय पछी मात्रै थाह हुन्छ/ यसैले ई कुराहरु हामीले बेला बखतमा आफैले चेक गरि राख्नु पर्छ/

      Reply
  39. Bhakta Gurung Boston USA says:
    July 11, 2012 at 10:33 pm

    अशोक खड्का, ओखलढुंगा,
    तपाईंहरुको परिवारमा, जुलाई १ (क्यानाडा डे) को दिन जुन नसोचेको भएछ सार्है दु:ख लाग्यो| खुशी यस अर्थमा लाग्योकि तेत्रो दुर्घटना भएर पनि हजुरहरु सकुशल भएर होस्पिटलबाट फर्कर्नु भएछ! वास्तवमा, यो कतै क्यानाडाली मुक्ति संग्रामका योद्धाहरु र सहिदको सदिक्षाले त भएको होइन ? ह्यापी इनदिपेंदेंस डे ,क्यानाडा ! हजुरहरुलाई बधाई छ नयाँ जीवनको लागि………..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme