पूर्व राजा ज्ञानेन्द्र शाहले हालै दिएको अन्तर्वार्तामा राजतन्त्र राख्ने सम्झौता भएको खुलासा भो भनेर अहिले मिडियामा खुबै हल्लाखल्ला सुनिन्छ। नेताहरुले भने त्यस्तो कुनै सम्झौता नभएको दावी गरेका छन्। त्यसो भए झुटो कसले बोल्यो त ? सम्झौता भएको भन्ने ज्ञानेन्द्रले कि सम्झौता भएकै छैन भन्ने माधवकुमार नेपाल वा कृष्ण सिटौला जस्ता नेताहरुले? को फटाहा त ? ज्ञानेन्द्र कि नेताहरु ?
अस्तिसम्म अन्तर्वार्ताका केही अंशहरु मात्रै सार्वजनिक भएका थिए। प्रेम बानियाँले लिएको पूरै अन्तर्वार्ता हिजो न्युज२४ टेलिभिजनमा प्रसारण भएको थियो। पूरै अन्तर्वार्ता हेरेर विश्लेषण गर्दा यो सम्झौताको रहस्य यस्तो होला जस्तो लाग्यो।
सबैभन्दा पहिला अन्तर्वार्तामा के भनिएको थियो त्यो हेरौँ
प्रेमः हिजो तपाईँले राजनीतिक दल र तत्कालीन राजसंस्थाबीच केही सम्झौता भएको थियो तर म अहिले भन्दिन अथवा विस्तारै भन्छु भन्नुभएको थियो। यो अवसरलाई प्रयोग गरिदिनु भो भने आभारी हुने थियौं ?
ज्ञानेन्द्रः हा..हा..हा…तपाईँको त्यो इच्छा पनि म पूरा गरिदिन्छु। त्यो समयमा धेरै पटक तत्कालीन ७ दलसँग लिखित आदानप्रदानको दोहारी चलेको थियो। शब्द-शब्द केलाइकन कागजको आदानप्रदान भाथ्यो। कतिपय नेताहरु अहिले पनि जीवितनै हुनुहुन्छ ती कागजमा जसका हस्तलिपिहरु छन् । बुँदाहरु धेरै थिएनन्। स्पष्ट थियो। जुन सबै नेपालीले बुझिसक्या छ। जे जे माग्नु भाथ्यो मैले गरें। कतिले मलाई दोष लगाए। तर देशमा जसरी भए पनि शान्ति आओस् र दलहरुले त्यो दायित्व लिन्छन् भने मलाई अप्ठेरो थिएन। त्यही अनुसारले मैले त्यो सम्झौता बमोजिम गरिदिएको हुँ।प्रेमः राजसंस्थाको बर्हिगमन त्यसमा हस्ताक्षर गर्नुभयो ?
ज्ञानेन्द्रः छैन त्यो कुरै छैन। कसरी यहाँबाट उठ्यो। त्यो हामीसँग भएको सम्झौतामा कतै पनि छैन।प्रेमः के छ त्यसमा?
ज्ञानेन्द्रः उही जुन अघि मैले भनेँ संसदको पुर्नस्थापना गर्नुपर्यो। दलहरु मध्येबाट प्रधानमन्त्री नियुक्त हुनुपर्यो। संवैधानिक राजतन्त्र बहुदलीय ब्यवस्था फेरि ब्यूँताउनु पर्यो। त्यस्तै त्यस्तै कुराहरु थिए। जुन मलाई अप्ठेरो नि थिएन।प्रेमः कति बुँदे सम्झौता थियो?
ज्ञानेन्द्रः त्यस्तै ३ देखि ४ बुँदे जस्तो लाग्छ।प्रेमः त्यो अझ पनि होला ?
ज्ञानेन्द्रः होला मसँग छ कि कोसँग छ। होला कतै।प्रेमः त्यसबेला सहमतिमा राजतन्त्र र बहुदलीय ब्यवस्था रहने भन्ने थियो?
ज्ञानेन्द्रः डेफिनेटल्ली थियो ।प्रेमः यो वैशाख ११ गतेको कुरा ?
ज्ञानेन्द्रः ९ गतेको (एकछिन सहयोगीतिर हेरेपछि सच्याउँदै) ११ गतेकोप्रेमः त्यसपछि स्थिति कसरी मोडियो ?
ज्ञानेन्द्रः आठ भएपछि हो कि जस्तो लाग्छ ।प्रेमः ७ दलबाट हस्ताक्षर गर्ने नेता आज पनि होलान नि ?
ज्ञानेन्द्रः छन् धेरै छन् ।प्रेमः त्यो सम्झौताको विषयमा अरु बुँदा छन् उल्लेख गर्नुपर्ने ?
ज्ञानेन्द्रः मसंग कागज भएन, सम्झिन गाहो भयो । तर कुरा त्यही हो मोटामाटी । ०४७ सालको संविधानलाई टेकेर सबै काम गरिन्छ भन्ने नै थियो।प्रेमः आठ भएपछि अरु के-के भयो ?
ज्ञानेन्द्रः धेरै भएका छन् । त्यसपछि पनि ७ मध्येका धेरै भेटेका छन् राजतन्त्र रहन्छ भन्ने आश्वासन दिएका छन् । कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो । संविधानमै लेख्याथ्यो त्यही वरीपरी कुरा भा को थ्यो ।
आन्दोलन चर्कँदै जाँदा वैशाख ८ गते तत्कालीन राजा तथा मन्त्रिपरिषद्का अध्यक्ष ज्ञानेन्द्रले यस्तो शाही घोषणा गरेका थिए-
प्यारा देशवासीहरू,
नेपालीहरूको संयुक्त विवेकको निर्क्यौल, समझदारी र संयुक्त प्रयासबाट शान्ति सुव्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जननिर्वाचित निकायहरूलाई जीवन्त तुल्याएर बहुदलीय प्रजातन्त्रलाई सार्थक अभ्यासमा उन्मुख गराउन हामीबाट तत्कालीन परिस्थितिमा बाध्य भई २०६१ माघ १९ गते कदम चाल्नुपरेको कुरा सर्वविदितै छ। हाम्रो यो कदममा साथ दिएर आम जनताले शान्ति र प्रजातन्त्र नै आफ्नो चाहना भएको पुष्टि गरे, राष्ट्रसेवकहरूले कर्तव्यपरायणता देखाए, हामी यसको सराहना गर्दछौं। आफ्नो गौरवमय परम्परालाई अघि बढाउँदै सुरक्षाकर्मीहरूले प्रदर्शन गरेको लगन, साहस र अनुशासनको हामी कदर गर्दछौं।
हामीबाट देशका सबै भागहरूमा गएर जनताको पीरमर्का र चाहना बुझी आँसु पुछ्ने प्रयास पनि गर्यौं। जनताको ढाडस बढाउन कोसिस पनि गरेकै हो। हत्या, हिंसा र आतंकबाट पीडित देश र जनताको हितमा संवादको बाटोमा आउन राजनैतिक दलहरूलाई आह्वान पनि गर्यौं। तर यो साकार भएन। प्रजातन्त्रको आदर्श प्राप्तिका लागि राजनैतिक दलहरूको सक्रिय संलग्नता र सहभागिता अनिवार्य हुन्छ। यसका साथै देश र जनताको बृहत् हित तथा लोकसम्मतिका आधारमा शासन व्यवस्था चलाउने शाहवंशीय परम्परा रहेको तथा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हाम्रो अटुट प्रतिबद्धता भएकाले आज यही शाही घोषणाद्वारा नेपाल अधिराज्यको कार्यकारिणी अधिकार नेपाल अधिराज्यको संविधान, २०४७को धारा ३५ बमोजिम हुने गरी जनताको नासो जनतालाई नै फर्काएका छौं। राज्यशक्तिको श्रोत जनता नै भएकाले देश र जनताका हितमा सद्भावना र सहमति बनाएर, शान्ति सुव्यवस्था कायम गर्नुपर्दछ। बहुदलीय प्रजातन्त्रको रक्षा गर्दै संवैधानिक बाटो छाडेकाहरूलाई प्रजातान्त्रिक प्रणालीको मूल प्रवाहमा ल्याएर देशलाई शान्ति र समुन्नतिको बाटोमा अग्रसर गराउनुपर्दछ। यसैगरी निर्वाचनद्वारा जनप्रतिनिधिमूलक निकायहरू क्रियाशील पारी प्रजातन्त्रलाई सार्थक बनाउन अग्रसर हुनुपर्दछ। यसका लागि नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम देशको शासन व्यवस्थाको अभिभारा ग्रहण गर्ने मन्त्रिपरिषद् गठन गर्नका लागि प्रधानमन्त्री पदका लागि यथाशीघ्र नाम सिफारिस गर्न सात राजनैतिक दलहरूको गठबन्धनलाई हामी आह्वान गर्दछौं। यसरी प्रधानमन्त्रीको नियुक्ति नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार सम्हाली रहनेछ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !
त्यतिबेलाको इतिहास प्रत्यक्ष हेर्नेलाई थाहा छ, यो शाही घोषणालाई मान्न विदेशीको कम्ता दबाब परेको थिएन दलहरुलाई। प्रत्यक्ष शासन व्यवस्था आफ्नो हातमा लिने ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फर्काएको’ भन्दै सेरेमोनियलमा फर्कने कुरा गरेका थिए। प्रधानमन्त्री आन्दोलनरत दलहरुबाटै बनाउँछु भनेर पनि भनेका थिए। तर आन्दोलन उत्कर्षमा थियो। शाही घोषणा धोका हो भन्दै आन्दोलन जारी रह्यो। सात दलको बैठकले विघटित संसद पुनर्स्थापना गर्नलाई अल्टिमेटम पनि दियो। तब बाध्य भएर ज्ञानेन्द्रले फेरि वैशाख ११ गतेको यस्तो सम्बोधन गर्न बाध्य भएका थिए-
प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फत पुनस्थापित गरिबक्सेका छौं। बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेबारी वहन गर्न हामी आन्दोलनरत सात राजनैतिक दलहरूलाई आह्वान गर्दछौं। पुनस्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिबक्सेका छौं।
नेपाल र नेपालीको बृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ। जनआन्दोलनमा जीवन गुमाएकाप्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !
जय नेपाल !
कुरा यस्तो हुनुपर्छ
ज्ञानेन्द्रले सात दलसँग भएको भनेको सम्झौता यही घोषणा अघिको हो। तपाईँले ज्ञानेन्द्रका पहिलेका घोषणाहरुको पनि भाषा हेर्नुभएको याद गरेको हुनुपर्छ वैशाख ११ को सम्बोधनको भाषा पूरै फरक छ। त्यतिबेलै सुनिएको हो यो सम्बोधनको ड्राफ्ट नै सात दलका नेताले गरेका थिए। अहिले ज्ञानेन्द्रले भनेको ‘लिखित आदानप्रदानको दोहोरी’ पक्कै त्यही बेलाको हुनुपर्छ।
अब त्यतिबेला सात दलले माग गर्ने भनेकै भंग भएको संसद पुनर्स्थापना गर्ने, आफूहरुमध्येबाटै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, कार्यकारी प्रधानमन्त्री बनाउनु पर्ने त हो नि। गद्दीमा भएको राजालाई गद्दी छाड्नु पर्छ भनेर कहाँ सीधै माग गर्न सक्छन् त ? मागै गरे नि पूरा हुनसक्छ त ? त्यतिबेला त ठूलो शक्ति पो थियो त राजसंस्था। आन्दोलन उत्कर्षमा पुगेको बेला त्यसरी ज्ञानेन्द्रले सम्बोधन गरेर वा सात दलले गर्न लगाएर ब्रेक नलगाएको भए जे पनि हुनसक्थ्यो। अझ धेरै मान्छे मर्न मारिन सक्थे। त्यसैले त्यतिबेला २०४७ सालको संविधान अनुसार सब काम गरिने भनेर नेताहरुले भनेका होलान्, अहिले ज्ञानेन्द्रले भनेको त्यही हो।
जहाँसम्म राजतन्त्र कायम राख्ने भन्ने लिखित सहमति नै भएको भन्ने कुरा छ, त्यो चाहिँ ‘मिस अण्डरस्टायन्डिङ’ भएको हुनुपर्छ। त्यतिबेला राजासँग लिखित आदान प्रदान गर्ने नेतामध्येका एक माधव नेपालले त चुनौति नै दिइसकेका छन्– ‘कुनै लिखित सम्झौता भएको छैन, छ भने देखाए हुन्छ।’ देखाउने कुरा आयो भने चाहिँ ज्ञानेन्द्रलाई गाह्रो हुनसक्छ, किनभने अन्तर्वार्तामा उनले सम्झौताबारे भनेका छन्- ‘होला मसँग छ कि कोसँग छ। होला कतै। मसँग कागज भएन, सम्झिन गाहो भयो।’
कागजै भेटिए पनि त्यसले खासै अर्थ अहिलेको स्थितिमा राख्ला जस्तो लाग्दैन। नेताहरुले भन्नेछन्, ‘त्यतिबेला स्थिति नै त्यस्तो थियो। नत्र कहाँ शान्तिपूर्ण रुपमा राजतन्त्र हटाउन सकिन्थ्यो। विश्वको कुन देशमा यति सजिलै राजतन्त्र हटेको थियो र ? यति नगरेको भए हट्थ्यो राजतन्त्र, हजारौँ थप मर्थे’
त्यसैले अहिले जुन हौवा फिजाइएको छ, के के न खुलासा भयो भनेर, त्यसले कुनै अर्थ राख्छ जस्तो लाग्दैन। यो नयाँ कुरा पनि हैन।
गल्ती महसूस गर्न थाले ज्ञानेन्द्रले
राजतन्त्रको जरो उखेलिनुमा कुनै गल्ती वा दोष गरेछु भन्ने लागेन भन्ने प्रश्नको उत्तरमा ज्ञानेन्द्रले भनेका छन्- ‘तपाईँले भन्नुभएको जस्तै ठ्याम्मै त मलाई कहिल्यै लाग्या छैन। तर कहिले कहिले लाग्छ अझ अलिकति विवेक पुर्याएको भए यतिसम्म हुने थिएन कि।’
दोषी उनै हु्न्। साढे दुई सय वर्ष पुरानो राजतन्त्र उनकै बुद्धिका कारण यो अवस्थामा पुगेको हो। दरबार हत्याकान्डको कुरा छाडिदिउँ। त्यसमा उनको दोष प्रमाणित भएको अवस्था छैन। तर गद्दीमा बसेपछि उनमा चुलिएको महत्त्वाकांक्षाले यो अवस्थामा ल्याइपुर्याएको हो। गद्दीमा बसेको केही महिनामा नै उनले म दाजुजस्तो टुलुटुलु हेरिबस्ने राजा हैन भन्दै पत्रिकाका सम्पादकहरुलाई बोलाएर अन्तर्वार्ता दिन थालेका थिए। राजनीति त्यतिबेला पनि अहिले जस्तै खत्तम थियो। दल र नेताहरु अलोकप्रिय थिए। तर उनीहरु संवैधानिक राजतन्त्रप्रति प्रतिवद्ध थिए। दल र नेताहरुदेखि दिक्क जनता त्यतिबेला पनि अहिले जस्तै नारा लगाउँथे ‘राजा आउ देश बचाउ’। अहिले जस्तै जिल्ला घुम्न जाँदा ठूलो भीड जम्मा हुन्थ्यो राजालाई हेर्न। यस्तैबाट उत्साहित भएर होला उनले आफूप्रति प्रतिवद्ध रहेका दलहरुलाई भड्काए। शासन सत्ता हातमा लिए। नेताहरुलाई थुने। उनले राम्रै गर्लान् भनेर जनताले साथ दिएकै हुन्। फाट्टफुट्ट बाहेक उनले प्रत्यक्ष शासन सत्ता हातमा लिँदा ठूलो विरोध भएन। राजा आए तर गर्न केही सकेनन्। उल्टो जनतालाई दुःख दिने काम भयो। पत्रिका, रेडियोका कार्यालयमा सेना पठाइयो। एफएममा समाचार बन्द गरियो। नेताहरुलाई जेल र नजरबन्दमा राखियो। अहिले राजतन्त्र ल्याउनु पर्छ भनेर जुलुस गर्न छुट छ त्यतिबेला राजतन्त्रविरुद्ध नारा लगाउन त कुरै छाडौँ, दुई चार जना भेला हुँदा पनि पक्रेर थुनिन्थ्यो। कर्फ्यु लगाइन्थ्यो। मोबाइल फोन बन्द गरेर जनतालाई दुःख दिने काम भए। आफैलाई फाइदा हुने बाहेक जनतालाई प्रत्यक्ष फाइदा हुने काम उनले गर्न नसकेकै हो। त्यतिबेला जनताको मन जित्ने कामहरु गर्दै गएको भए उनको लोकप्रियता चुलिँदै जान्थ्यो र त्यसै पनि अलोकप्रिय दलहरु झन् पाखा लाग्दै जान्थे। उनले त्यो अवसर उपयोग गर्न नसकेकै हो। त्यही गल्ती उनले अहिले महसूस गर्न थाले जस्तो अन्तर्वार्तामा देखियो।
उनको भन्दा पनि उनका आसेपासेहरुको दोष बढी थियो त्यतिखेर। गलत सल्लाहमा डुबेका थिए उनी। त्यतिबेला सही सल्लाह दिनेहरु हुँदा हुन् र जनताको मन जित्ने कामहरु पनि गर्दा हुन् त अहिलेको परिस्थिति बेग्लै हुन्थ्यो। पारसले पनि अन्तर्वार्ता बाउसँग यस्तैमा कुरा नमिल्ने बताएका थिए। त्यो गल्तीको महसूस चाहिँ उनले गरेको देखिएको छैन।
फेरि मौका देऊ भन्दैछन् ज्ञानेन्द्र
ज्ञानेन्द्रले दल खोल्ने कुरा इन्कार गरे। उनका छोरा पारसले भने ब्यालेटबाट पुनः शक्तिमा आउँछौँ भनी अन्तर्वार्ता दिएका थिए। जनमत संग्रह पनि उनलाई ठीक लाग्दो रहेनछ। निकाल्दाखेरी जनतमत संग्रह गर्या थियो र राख्नलाई गर्नुपर्ने भन्दा रैछन् उनी। तर उनले अन्तर्वार्तामा फेरि जनतालाई नेतृत्व दिन चाहने बताए। सक्रिय भन्ने शब्दमा आपत्ति जनाएर उनले सेरेमोनियल राजाका रुपमा फर्कन चाहेको इच्छा व्यक्त गरे।
यसमा पनि कोकोहोलो मच्चाउन जरुरी देखिँदैन। राजालाई राजाका रुपमा फर्कन सँधै इच्छा भइहाल्छ नि। इच्छा त राख्न पाइयो नि। त्यो अनुसार हुने नहुने अर्कै कुरा। उनको अहिले बढेको जस्तो देखिने लोकप्रियता खासमा उनले राम्रो काम गरेकाले हैन, दल र नेताहरुप्रतिको असन्तुष्टि बढ्दै गएकोले हो। ज्ञानेन्द्र आफैले पनि भनेका छन्, सडकमा उफ्रँदैमा राजतन्त्र आउने हैन, सबै जनताले भन्नुपर्यो। आफ्ना नेताहरुलाई गएर भन्नुपर्यो।
उनी जसरी राजतन्त्र हटेको थियो त्यसरी नै पुनर्स्थापना हुन्छ भनेर बसिरहेका छन्। उनको केही शक्ति हुँदो हो त संविधान सभाको पहिलो बैठकले हटाएको राजतन्त्र त्यही संविधान सभा भंग भएपछि मान्य हुँदैन भन्दै नारायणहिटी पसिहाल्थे नि। तर उनी त भन्दैछन्, अहिले बेला भएको छैन, जनताले भन्यो भने बल्ल नेतृत्व लिने हो। बुद्धि भएको भए लिखित सम्झौता भएको थियो भन्दै दलहरुलाई ह्युमिलेट गरेर दूरी बढाउने अन्तर्वार्ता दिने हैन, उनीहरुसित भित्रभित्र कुरा गरेर फकाएर आफूलाई शक्तिको रुपमा पुनर्स्थापना गर्नतर्फ अघि बढ्थे।
त्यसैले दलहरुको रिसमा नवराजावादी बनेकाहरु र पुराना राजावादीहरुले अहिले टाउकै फोरे पनि राजतन्त्र पुनर्स्थापना हुन सक्दैन। ज्ञानेन्द्रले नै अझै केही समय पर्खौँ, हेर्दै जाऔँ भनी रहेको बेला राजावादीहरु अहिले नै बुरुक्क बुरुक्क उफ्रनुको तुक छैन। दलहरुले सहमति सहमति भन्दै यसरी नै जनतालाई निराश बनाउँदै उनीहरु अलोकप्रिय हुने स्थिति आयो भने केही हुन सक्ला कि। एउटा कुरा चाहिँ सत्य हो लोकतन्त्रमा नेतालाई हटाउने उपाय छ, तर राजतन्त्रमा राजालाई हटाउन सकिँदैन। लोकतन्त्रमा ‘राजा जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ भन्न पाइन्छ तर राजतन्त्रमा नेता आउ देश बचाउ, राजतन्त्र मूर्दावाद भन्न पाइँदैन। हामीले देखिभोगी सकेको कुरा हो यो।
ज्ञानेन्द्रसितको अन्तर्वार्ता सहितको न्युज२४ टिभीको कार्यक्रम हेर्नुस्-
यो अन्तर्वार्ताको एक दिनअघि ज्ञानेन्द्रले होटल मै वाइनको चुस्की लिँदै पत्रकारहरुसँग यसरी कुरा गरेका थिए-
कुरा सिधा छ ,जातिगत द्वेष न राखौ त् ,धेरै राजा पालन भन्दा एउतै राजा पाल्दा फाइदा हुन्छ |
५२ लात ५३ घुस्सा खाएर ज्ञानेन्द्र सुध्रिसक्यो |
अहिले माकुने ,बाबुराम हरु कराको किन त्यो बिचार गरौ ,र राज्यबाट उनीहरुले अहिले कत्ति फाइदा लिएको छ त्यो हेरौ ,बिदेसी यस यु भी गाडी ,आवास सुबिधा ,र अरु धेरै फाइदा |
दैरेक्त भने हुन्छ नि ,ये त् फर्के हाम्ले खान पाउदैन भनेर |
त्यो भन्दैन ,के भन्छ त् लोकतन्त्र को जगेडा ,जनताको मुक्ति उस उस |
ज्ञानेन्द्र अभिभावक बन्ने रे !
-आफु रक्सीमा चुर्लुम्म डुबेर सन्तानलाई भोकभोकै राख्ने अभिभावक हुन्छ र ?
-सन्तान इन्टरनेट हेरेर बाठो हुन्छ भनेर लाइनै काटने कस्तो अभिभावक हो ?
-६७ करोड तलब थापेर सन्तानलाई घरबार बिहिन तुल्याउने पनि अभिभावक हुन्छ र ?
-बिजुली धरिको पैसा नतिर्ने कस्तो कपटी अभिभावक !
आफ्नो होटलमा गाईको मासु बिक्रि गर्ने अनि आफुलाई हिन्दुको रखवाला भन्ने?
एकल भाषा, एकल संस्कृति, एकल धर्म अर्थात् (ज्ञाने/परसे बिष्णु अवतर सहित) हिन्दु राज्य यी सब बग्दै गरेको खोला हो ! यो फर्केर आवोस भन्ने मनसाय भएका माइ संसारका राजतन्त्र वा राजावादी पाठकहरु मनको लड्डु घिउ संग खाए हुन्छ ! यहि मनसाय बोकेका खस-आर्यान नेताहरुको घैटोमा चाडो घाम लागे देखि देशले ठोस निकाशा पाउथ्यो अन्यथा यिनीहरुले गर्दा देशमा ठुलै बिपत्ति आउन बेर लाग्दैन !
WE NEED CHANGE PEOPLE TO PROSPER IN NEPAL.
हो यदी सम्बधानिक राजा राख्ने हो भनी बिरेन्द्र को सन्तान लाई राखन सकिन्छा . जस्तै बिरेन्द्र को नातिनी तर ज्ञाने को सन्तान हुदैन /
Gyanendra Shah is in utter daydream! His reverie for ‘majestic’ comeback to the throne is nothing more than miscalculation of Nepalese people’s aspiration for REPUBLICAN nation. Unfortunately, he and his entourages seem blind to the ground reality. While estimating to fish in the murky political scenario, he has made a bid for the ‘guardianship’. But, whose guardian? For two centuries, monarchy in Nepal did worse than anything. It induced social injustice; inequality, discrimination, oppression and marginalization of communities, and what not. Nepalese people have not forgotten his atrocity; the coup, let alone the long trenched mystery of royal massacre or the ‘fratricides’.
आफ्नै छोरा तह लगाउन न सक्ने ज्ञानेन्द्र ले ,प्रचण्ड ले देशलाई के निकाश देलान ??
देख्ने हरु भन्छन बि पी को व्यक्तित्त्व बाट घर परिबार त् के दुश्मन समेत प्रभावित हुन्थे |
हुन् पनि बाबुरामैले समेत बि पी को बिभिन्न ठाउ मा खुलेर प्रसंशा गरेका छन् |
बि पी ले ९ क्लास पढ्दा लेखेका कथा इन्डिया को प्रेमचन्द आदि को कथा सगालो मा छापिएको थ्यो रे |
उनैको नाउ भजाएर आज अरु कोइराला को नेपालि कांग्रेस मा सान छ |
आज बि पी जस्तो नेता छैन |
तेस्तै पृथ्बी नारायण र महेन्द्र को सहास उदाहरण ले मात्र पुगेंन ,आज अब राजतन्त्र पुनर्स्थापना गर्ने हो भने ज्ञानेन्द्र र पारस ले पनि केहि गरेर देखाउन सक्नु पर्छ ,म फेरी राजा हुन् इच्छुक छु भन्दैमा आजको नया पिढीले मान्दैन |तर फेरी राजतन्त्र ले ”र्र” को सेरोफेरो मा राजनीति गर्ने बाचा गर्न सक्छ भने हारेको माकुने पी यम भए जस्तै ,हारेको सुजाता डी पी यम भए जस्तै ,
प्रचण्ड लाइ माइनस गरेर बाबुराम पी यम भए जस्तै १५० प्रतिसत राजतन्त्र फर्कन्छ |
कोइ बाबुराम को गुण गाउनु ,कोइ प्रचण्ड को ,कोइ ज्ञानेन्द्रको किन आज को नेपाल मा किंग मेकर को हो भन्ने अब पनि हामीलाई क्लियर भएँन र ??
एउटा लेसन त् मावोबादी को सहर घेराउ आन्दोलन असफल बनाइए बाटै मिलेको थ्यो नि |आन्दोलन सफल हुन् इन्डिया कै मद्दत चाहिने ,न भए आगामी दिन मा मधेस ले पनि त्यो भूमिका खेल्न सक्छ | नाकाबन्दी !!!
एउटा मालिक को घर मा काम गर्ने नोकर हरु नै आपस मा एक आर्का को रिस र डाडो गर्ने हुन्छ , तेस्तै माकुने ,बाबुराम ,सिटौला को बक्त्यब्य तेस्तै लाग्यो |
,र सायद ग्यानेद्र नै पनि अब ढिलो चाडो त्यहि पुग्छन (उनले राजा हुन् रहर गरे ,नेपाल मा परम्परागत राजतन्त्र को हत्याकाण्ड बाट अन्त गरेर ”र” आज नेपाल को किंग मेकर हो तेसैले )|
अब बाबुराम ले राजा फर्कन्न, हिसिला ले फर्कन्छ ,शंकर पोखरेल ले फर्कन्न ,माकुने ले फर्कन्न ,सिटौला ले फर्कन्न,सुजाता ले फर्कन्न भन्नु को कुनै औचित्य छैन |
फाल्तु कुरा हुन् |
किनभने किंग मेकर जो छ ,त्यहा आब ज्ञानेन्द्र पनि पुग्न सक्छन |उसै पनि दसौ हजार जनता उसको पछी पनि लागेकै देखिन्छ |खालि संगठन को खाचो देखिन्छ |
२०४ वर्ष सम्म त केहि खासै राम्रो काम गर्न नसकेको राजतन्त्रको समिक्षा अनि अहिले फेरी राजतन्त्र को चाहना गर्ने हे नेपालीहरु मात्र २० वर्षको यस्तो परिस्थितिले तिमीहरु आत्तिन थाल्यौ???? राम्रो काम हुन् समय लाग्छ अनि नेतालाई मात्र दोष दिने होइन तिमि आफुलाई नि हेर्नु नि ,के यस्ता काम नलाग्ने नेता छान्नुमा तिमी अनि तिमि जस्ता नेपालीहरुको पनि दोष छैन ???? असर्थ पहिले तिमी आफुलाई बदल्ने कोशिस गर्नु राम्रो हुन् कोशिस गर्नु र देशको लागि केहि गर्छु भन्ने भावना राख्नु र केहि गर्ने शुरुवात गर्नु अनि राजतनत्र होस् या नेता तन्त्र नेपाल देश अवश्य बन्छ | भनिन्छ नि rome was’t built in a day….
जनताको छोरा राजा हुने समय हो / राजाको छोरा जहिले पनि राजा हुने समय होइन /
त्यसैले राजाले फेरी सपना नदेखे हुन्छ/ नत्रअरु देसका राजाहरु जस्तै साता परिबर्तन पछिको हालत होला/ सान्त संग बस्नु होला/राजा औ देस बचाऊ भने हरु होसियार /होस् गर्नु तपाई वा तपाइको छोरो को पालो आउछ पछि /राजा आएर देशलाई केहिपनि गर्न सक्दैने/
मलाई हरियो वे रातो ठिक ले केहि असर गर्दै न /
जय नेपाल
जनता को छोरा नै राजा हुनु पर्छ/
निकाल्दा जनमत संग्रह न गरिएको अभिभावक को रूपमा पुनर्स्थापना हुन किन गर्नु पर्यो भन्ने ज्ञानेन्द्र को कुरा जायज देखिन्छ. माइ संसार कमेन्टको प्रतिक्रिया र लाइक, डीसलैक को सर्वेकक्षेन ले पनि देशलाई मागिखाने भाडो बनाउने नेताहरु भन्दा ज्ञानेन्द्र शाह को बलियो जनमत देखिन्छ! येसमा कसैले पनि तर्सिनु पर्दैन, रात दिन जनता का नाम लिन न थाक्ने नेताहरुको मुल्यांकन पनि जनताले नै गर्ने छन्!
Servent Mentality.How many generation you want to be servent .
पुर्ब राजा ले यदि फेरी राजा हुन् चाहनु हुन्छ भने
१) साउथ ब्लक सग राम्रो सम्पर्क बढाउने
२) सुसिल कोइराला लाइ बेस्करी तातो हलुवा र फल फुल खिलाउने
३) धेरै जनता त् साथ् मा छ तर संगठन न भएर गाह्रो परेको हो ,तेस तर्फ बिचार गर्ने
४) अब निरिह जनता लाइ फेरी राजा हुन् चाहन्छु भनेर केहि हुन्न,आफ्नो बाजे पृथ्बी नारायण लाइ सम्झने र सहास बढाउने
५) अहिले साउथ ब्लक सग नजिक का नेता मा कु ने ,बाबुराम ,अमरिस आदि सग अलि सतर्क रहने |
हुदा हुदा शंकरे जैसी ले पनि थर्कायो तिमीलाई ,तेसैले चम्चा को पनि चम्चा लाइ कहिलेइ भाउ दिनु हुन्न | अहिले तिमीलाई थर्काउने यी सब ”र” का एजेन्ट हुन् भन्ने जानेर सिधै ”र ”
सग नै किन सम्पर्क बढाउदैनौ ??
यो सब कुरा तिमीले फेरी राजा हुन् चाहेकोले लेखेको हो | अन्यथा न लिनु |
जो सुकै आवोस तर देशमा शान्ति र एकता चाहियो येही नै छ अब सारा जनताको चाहना | |
मेरो बिचारमा ज्ञाने भन्दा अहिलेको राष्ट्रपतिलाई नै पाल्न सजिलो हुन्छ|
यदि ज्ञानेन्द्र शाह फेरी राजा हुनको लागि देशको राष्ट्रभक्त आदिबासी जनजाती, मधेसी, मुस्लिम, दलित, महिला, लगायतलाई साथ् लिनु पर्छ, समग्रमा सबैलाई समेटेमा राजाको श्रीपेच नलगाए पनि महाराजा हुने सम्भावना छ तर नानी देखि लागेको बानी लाई त्याग्न ठुलो सेक्रिफई गर्नु सक्नु पर्छ होला
राजा नै चाहिदैन /जनताको छोरा ले नै देस चलाउनु पर्छ/सक्छ भने राजा को lebel
हटायर आउ/
हैन, त्यो केरे तत्कालिन समयमा ज्ञानेन्द्रले भंग गरिदियको सांसद पुनर्स्थापना गरि संबैधानिक तबरले अगाडी बढ्न तत्कालिन राजासंग सहमति गरि संबैधानिक राजतन्त्र कै अधिन र अधिकार प्रयोगगरी सांसद पुनर्स्थापना गर्न संबैधानिक राजतन्त्रको सम्झौता भयको हो भन्ने लाग्छ मलाइ र त्यो हुनसक्छ र तत्कालिन परिस्थितिमा राज्यलाई संबैधानिक तबरले अघि बढाउन त्यो जरुरि पनि हुन सक्छ तर त्यो सम्झौता गणतन्त्र नऔन्जेलको लागि भयको हो गणतन्त्र आय पछी तेस्ता पुराना अधुरो सम्झौता आफै अन्त हुन्छ नि!
नया नियम र कानुनले पुरानो नियम कानुन लाइ बिस्थापित गरे जस्तै नया सम्झौता र सन्धिले पुराना सन्धि सम्झौता हरु आफै अन्त गर्ने हुदा यस कुरालाई कसैले पनि माथापिच्ची गरि रहनु जरुरि छैन!
ज्ञानेन्द्रले पनि अनाबस्यक फेरी राजा बन्छु भन्ने सपना देख्न छाडी आफ्नो जीवन शुखी र खुशी बनाउदै व्यक्तिगत पारिवारिक जीवन चलाई खाइ पी घुमी फिरी काल कुरे हुन्छ!
यदि राजनितमा आउन नै इक्ष्या र मन छ भने खुरुक्क पार्टी खोलि एउटा बिचार लियर प्रतिस्पर्धा मा आय हुन्छ!
यो समयको नेटो मा कसैले फेरी राजा बन्छु भनेर सपना नदेख्दा हुन्छ त्यो चाहे पुराना राजा होस् या नया बन्ने ध्याउन्नामा नै किन नहोस यसले देशलाई झनै अस्थिर र विषाक्त बनाउने भन्दा अर्को केहि गर्दैन!
जसलाई राजा चाहियको छ जसलाई राजा भक्ति बिना स्वाश फेर्न मुस्किल हुन्छ! जसको दिन बिष्णु अवतारको चरण नछोई चल्दैन जो दाशी मनस्थिति र मानाशिकतामा छ उनीहरु मिलेर बरु एउटा गुठि खोलुंन अनि ज्ञानेन्द्र लाइ महाराजाको पागारी गुथाई श्रीपेच लगाइदिओस्, पारस लाइ त्यो गुठीको युवराज बनाइ कोमल लाइ बडा महारानी बनाइकाँ दिनहु पुजाआजा, आज्ञा, ढोग भेट, किर्तन गर्दा हुन्छ हाम्रो आपत्ति छैन तर तिनिहरुको चाहना र कसैको इक्ष्या पुरागर्न यो देशमा फेरी राजतन्त्र पुनर्स्थापना गरि राजा बनाउने र हामीलाई प्रजा बनाउने कल्पना नगर्दा र सपना नदेख्दा नै उचित हुन्छ!
हामीलाई कसैको प्रजा बन्नु छैन जसलाई बन्नु छ उनीहरु एउटा गुठि बनायर प्रजा भै तिनीहरुकै राजाको अधिनमा जिवोस राज आज्ञा शिरोपर गरोस राजधर्म निभाओस त्यो हाम्रो टाउको दुखाइ होइन! तर देशलाई अस्थिर र विषाक्त बनाउन तिर लाग्ने जमर्को नगरुन!
गगन जी
बिसाक्त्ता त् यो नौटंकी संबिधानसभा ले गरायो….लौन तपाई ले यो देस को निकाश दिनुस…न कि कुनै प्रपंचा रचेर दुनियालाई भ्रम मा नपार्नु ल…देस को लागि मारेर र मरेर मात्र होइन गरेर देखाउने बेला हो यो…सक्नु हुन्छ नेत्रित्यो लिन र लिन्छु भन्ने लाई सम्बैधिनिक मान्यता अनुसार काम गर्न दिदा हुन्छ… चAए तो रास्ट्रपति को काम ज्ञानेन्द्र लाई होस् या कार्यकारी रास्ट्रपति र अलंकारिक राजसस्था हुन पनि सक्छ…
ज्ञानेन्द्रले त नेतृत्व लिएर पनि केही गर्न नसकेकै हो नि, यति छिट्टै बिर्सनु भो ?
होइन सीता जी ज्ञानेन्द्रले त मात्र ४ बर्ख शासन आरे | तेस्मा पनि जंगल बादी , मंगल बादी अनि तरुनी बादी हरु को बीच मा रहेर कसले काम गर्न दियको थियो र आहिले हेर्नुश त \ सबै ले कम गर हामी साथ दिन्छु भन्दा पनि गर्न न सक्ने नपुंशक नेता लै पो गाली गर्ने हो कि ? बुझेन मैले त बुझिन
ज्ञानेन्द्रको दाइले त २० वर्षभन्दा बढी गरेका थिए त शासन त्यतिबेला त केही वादी पनि थिएनन् खै त देश उँभो लागेन त त्यतिबेला
उनका पुर्खाले पनि त्यत्रो वर्ष शासन गरेकै हो
ज्ञानेन्द्रलाई त्यसरी जंगल मंगल र तरुनीवादी भन्दै चोख्याउने हो भने माओवादीले संसदवादीहरुका कारण हामीले गर्न नसकेको भन्लान्
एमाले काङ्ग्रेसले उग्रवामपन्थीका कारण हामीले गर्न नसकेको भन्लान्
सीता
तेसबेला देश चौतर्फी शान्त थ्यो ,केहि बिकाश भएको थ्यो ,आज को सिमित बिकाश तेही बेलाको देन हो ,डन को नामो निसान थे न ,देश को नीति ,निर्माण
को निर्णय देश भित्रै हुन्थ्यो | आज जस्तो इन्डियन दुतावास ले देश चलाएको थिएँन | अपहरण थिएँन ,हप्ता र चन्दा असुली थिएँन | हेटौडा कपडा कारखाना ,सिमेन्ट कारखाना र धेरै उद्द्योग संचालन मा थिए र साझा संस्थान को बस देश भर चल्थ्यो ,मान्छे साझा बस हेरेर घडी मिलाउथे| देश मा एसियाली माप दण्ड को कुरा हुन्थ्यो |
देश ले खेलकुद क्षेत्र मा पनि फड्को मारेको थियो |
यो कुनै रामराज्य को कुरा गरेको हैन ,नेपाल मा बिरेन्द्र को पालाको कुरा गरेको हो |
सीता जी फेरी पनि भन्छु एक पटक २०२८ को शैक्षिक नीति हेर्नु त | ब्यबसहिक शिक्षा साधारण शिक्षा अनि संस्कृत शिक्षा \ स्कुल लै कस्तो राम्रो संग बिभाजन गरियको थियो | तेती मात्र होइन बोर्डिंग स्कुल को त कुरै थियन | सरकारी स्कुल मै कति राम्रो पढाई हुन्थियो \ गुरु हरु गुरु कै रुप मा थिए \ कुनै राजनीतिक कार्यकर्ता थियनन \ उ बेलाका गुरु र शिष्य को सम्बन्द हेर्नु त | आज गुरु गुरु छैनन् राजनीतिक कार्यकर्ता भय \ स्कुल मा पढाई होइन राजनिती हुन्छ \ बच्चा जन्मदै नेता बनेर जन्मंछा \ म २ कक्षा मा हुदा नै कुनै राजनीतिक कार्यकर्ता जस्तै थिए \ फेरी भन्नु होला तिमि भयौ भनेर सबै हुन्छन र ? आफ्नै छाती छाम्नु त ? ………………… उत्तर पाउनु भयो \ भयान भने अझै तो बचामै लागेको कलेश चुतेना न छ | .धन्यवाद
२०२८ सालको शैक्षिक नीति त असफल हो
तपाईँलाई थाहा होला, त्यतिबेला पञ्चायत शिक्षा पनि पढ्नु पर्थ्यो, जसमा माटो सुहाउँदो पञ्चायति व्यवस्थाको गुणगान र बहुदलीय व्यवस्थाको बदख्वाइँ घोकाइन्थ्यो र त्यही लेखेर पास हुनुपर्थ्यो । सबैले त्यही पढेका थिए तर त्यही पढेकाहरु २०३६ सालमा बहुदलीय व्यवस्थाका लागि आन्दोलन गर्न पुगे । २०४६ सालमा पनि अर्को आन्दोलन गर्न पुगे । यो त त्यसरी पढाइए पनि व्यवहारमा लागू नभएको प्रमाणित भएन र । यो अर्थमा त्यो असफल हो । फेरि त्यतिबेलाको शिक्षा सही भएको भए त देश किन गरिबको गरिबै भइरहन्थ्यो त ? त्यतिबेला त दलहरु पनि थिएन ।
संस्कृत शिक्षा वाहियात थियो । एउटा गाउँको मगर र गुरुङको बच्चालाई नेपाली भाषा त बुझ्न गाह्रो हुन्थ्यो प्राथमिक कक्षामा । संस्कृत अनिवार्य गरेर धेरैलाई फेल बनाउने काम भएको थियो । संस्कृत शिक्षालाई तपाईँले किन राम्रो ठान्नुभयो हामी पनि सुनौँ न ।
अनि मेरो नाम सीता भएकोले राम नामको छद्म नाममा जिस्काउन आएका बन्धु,
तपाईँ भन्नुहुन्छ तेसबेला देश चौतर्फी शान्त थ्यो ,केहि बिकाश भएको थ्यो
तपाईँ त्यतिबेलाको मान्छे नै हैन, त्यसैले त्यतिबेलाको कुरै थाहा छैन । विकास गुरुङ भन्ने गुन्डा थाहा छ तपाईँलाई ? सुखानी हत्याकान्ड थाहा छ तपाईँलाई ? पदम ठकुराठी भन्ने पत्रकारलाई घरमा सुतिरहेको बेला टाउकोमा गोली हानेको थाहा छ ? भूमिगत गिरोहले देश चलाएको कुरा गर्थे पञ्चायती प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । यो वीरेन्द्र कै पालाको कुरा गरेको । युरोपको मापदण्डमा जीवन स्तर पुर्याउने भन्थे, पछि झारेर एसियाली स्तर भन्न थाले अनि कार्यान्वयनमा जाँदा त विश्व कै गरिब । पहिलाका कुरा त पहिलाको मान्छेसँग सोध्न जानुस् त अनि पो थाहा हुन्छ ।
हे सिता
हो त्यो औला मा गन्न सकिने घटना हो जुन जस्तो सुकै राज को पनि अपबाद हो |एस्लाई हामीले सहज बुझ्न बिल्छ |
आज तेस्ता र त्यो भन्दा डरलाग्दा औला मा गन्न न सकिने घटना घत्दैछां |
स्वयम् रास्ट्रिय अस्मिता खतरा मा छ |देश मा को प्रधानमन्त्री हुने दिल्ली ले निर्धारण गर्छ |
हिजो भारतीय बिस्तारबाद ,बुजुर्बा भन्ने हरु ,आज त्यहि भारत मा बिप्पा ,र देश को एक मात्र विमानस्थल को म्यानेजमेन्ट पनि सुम्पने कुरा गर्दै गर्दा
यो अति बिकराल स्थिति हो |
मानिस असंतोसी प्राणि र बिकास सिल भएकोले त्यो बेलाको स्वस्थ असंतोस थियो |जुन अगी बढ्न को लागि आवस्यक पनि छ |
आज देश फेल्ड स्टेट मा लग बाग पुगिसकेको छ | धेरै अन्तर छ |
तेसैले म भन्छु देश आज पंच बटिको जंगल जस्तै भयो | खर ,दुसन खुला घुमिरहेछ |मारीच बालुवाटार छिरेको आशंका छ |
सीता जी , हजुर को कुरा अलि चित्त बुझेन नि | पंचायत कालमा जसले पंचायती कानुन पढेका थिए तिनी हरु कतै पनि आन्दोलन मा लगेनन | लागे त बाबुराम जो भारत मा पढे , गिरिजा जो भारत मै पढे , मनमोहन जसले भारत मै पढे , अनि बाँकि जसले बढ्दै पढेनन उदहारण को लागि सुसिल, के पी जी , बामदेव जी ,यस्तै यस्तै ………… देश बिगार्ने हरु नै एनी हुन् जो अनुशासन भन्ने कुरै बिर्शिया क्या ? होइन र ? गल्ति भयको भय माफ पाउँ है
पंचायत कालमा जसले पंचायती कानुन पढेका थिए तिनी हरु कतै पनि आन्दोलन मा लगेनन
बिल्कुल गलत ! २०३६ सालमा आन्दोलन विद्यार्थीहरुले गरेका थिए । जसका कारण वीरेन्द्रले बाध्य भएर जनमत संग्रह घोषणा गर्नुपरेको थियो । त्यसैले भनेको शिक्षा नीति फेल । किनभने शिक्षा त पञ्चायती व्यवस्था सही भनेर पढाइएको थियो । तर त्यही पढेका विद्यार्थीहरु नै आन्दोलनमा होमिए ।
सीता जी पुरै न पढी कमेन्ट गरेछु माफ पाऊ है |
पहिलो कुरा २०४८ साल को सिक्षा अशफल भयो भन्नु भयो मलाई तेस्तो लाग्दैन \ राम्रो संग त्यो बेला slc पास भैसके पछि उच्च शिक्षा लिनेहरुको प्रगति बिवरण लिनुभयो भने प्रस्ट हुन्छ डिटेल मा लेख्न समय धरै लाग्छ आज भोलि गूगल दाईले धरै कुरा बतैदिन्छां \ तेसैले यो बिषय हजुर को अनुसन्धान को लागि | अर्को कुरा जुनसुकै बेवास्ता मा त्यो बेवास्ता को गुणगाउनु नौलो कुरा भयान | तेसै ले पंचायती बेवास्ता मा पंचायत लै राम्रो देखाउनु सोह्रै आना ठिक लाग्छ मलाई सायद तपाई लै पनि चित्त बज्छ |
अब रह्यो संस्कृत मलाई किन राम्रो लग्यो ?
१) म विज्ञान को बिधार्थी हु | आज हामी ग्रहण , सुर्योदय सुर्यअस्थ जस्ता कुरा को बारे मा पढ्नु लै बैज्ञानिक भयको मान्छौ | तर आफै संग भयको बैज्ञानिक तथ्य पूर्ण ज्योतिष सस्त्र को खिल्ली उदौन्छौ |
२) हामी युरोप को संस्कृती को ब्याख भयको इंग्लिश किताब घोग्छौ र दङ्ग पर्छौ तर हाम्रै संस्कृती को खोजि गर्दैनौ | हजुर ले भनेजस्तो संस्कृत ब्राह्मण को पेवा हुदै होइन | संस्कृत को उत्खनन गर्नु भयो भने ब्राह्मण हरु कथित शोर्गका अप्सरा हरु का सन्तान हुन् | र शोर्गका अप्सरा हरु गन्धर्भा जति का हुन् | बिश्वाश लाग्दैन भने संस्कृत उत्खनन गर्नु होला |
३ ) बिश्वो को सबै भन्दा पुरानो सभ्यता खोज्ने हो भने संस्कृत भन्दा पुरानो कुनै सभ्यता छैन | हामी ले खोज्न नसकेको कुरा तिनै संस्कृत मै भयका कुरा हरु आझ प्रमाणित हुदै छन् \ हजुर लै अनौठो लाग्ला भर्खरै बैगानिक हरुले god particle भयको पुस्टि गरेका छन् | जुन हाम्रो संस्कृत ले धरै पहिले ब्याख गरेको कुरा हो |
४) आफ्नो कुरा भन्दा अरुको कुरा बादी मनपराउने मानबिय गुण हो | तेसैले हामी आफ्नो संस्कृत पढेर गुरुङ कसरि पास हुने भनेर सुन्न खोज्नु भयको छ | २०२८ साल को शिक्षा नीति आनुसार बिसय रोज्ने आवशर थियो | गुरुङ को छोरा ले संस्कृत पढ्न चाहेन भने ब्यबसाहिक वा साधारण स्कुल मा जना सक्थियो नि होइन र ? म बुध्धु ले नबुझेको होकी ?
र भाषा भनेको राष्ट्र भरि एउटा मात्र राम्रो हुन्छ \ यसो गर्दा बिकाश पनि चांडो हुन्छ | कसरि ? यदि जवाफ खोज्नु भयो भने अवश्य नै बताउने छु | आहिले लै हजुर को प्रस्न हरु सबै समेटे जस्तो लग्यो | बिदा हुन्छु है त | जदौ !नमस्ते ! सोस्तिक!
डिटेल मा लेख्न समय धरै लाग्छ भनेर आफूले गरेको तर्कको बचाउ नगरी भाग्न पाउनु हुन्न । तपाईँले गरेको तर्कको बचाउ तपाईँले गर्ने हो, मैले गुगल गर्ने हैन । तपाईँले गरेर लिङ्क दिने हो ।
हजुर ले भनेजस्तो संस्कृत ब्राह्मण को पेवा हुदै होइन |
मैले कहाँ त्यस्तो भनेको छु । भन्दै नभएको कुरालाई भने जस्तो भन्ने ?
हामी युरोप को संस्कृती को ब्याख भयको इंग्लिश किताब घोग्छौ र दङ्ग पर्छौ तर हाम्रै संस्कृती को खोजि गर्दैनौ |
बिल्कुल सही । तर संस्कृत र संस्कृति एउटै हैन है । हाम्रो संस्कृति भनेको हामी नेपालीको संस्कृति हो । गुरुङको संस्कृति, राईको संस्कृति, तामाङको संस्कृति, मगरको संस्कृति, थारुको संस्कृति । खै यी संस्कृतिको त हामीले खोजी नै गरेनौँ । गुरुङहरुले टुँडिखेलमा खुला रुपमा ल्होसार मनाउन पाएको ६२/६३ को आन्दोलनपछि मात्रै हो । राजाको पालामा त लगेर थुन्थ्यो ।
बिश्वाश लाग्दैन भने संस्कृत उत्खनन गर्नु होला |
उत्खनन् भनेको त जमिनमुनि गाडिएको चिजलाई गर्ने हो । संस्कृतलाई कसरी उत्खनन् गर्ने । ब्राह्मण अप्सराको सन्तान भनेर संस्कृतको कुन साहित्यमा लेखिदियो, त्यसलाई पत्याउने तपाईँ ? उतिबेलाको भाषामा कल्पना साहित्य हो त्यो । फेरि कसको छोरा को भनेर थाहा पाउन संस्कृत पढ्ने ? के फाइदा ?
संस्कृत भन्दा पुरानो कुनै सभ्यता छैन |
ए ए मैले त संस्कृत भाषा भन्ठानेको, सभ्यता पनि रहेछ ? सिन्धु घाटी सभ्यता. मिश्रको सभ्यता जस्तो संस्कृत सभ्यता पनि रहेछ ?
god particle हाम्रो संस्कृत ले धरै पहिले ब्याख गरेको कुरा हो |
कहाँ गरेको रहेछ, पढ्न पाउँ न । देखाइदिनु न ।
२०२८ साल को शिक्षा नीति आनुसार बिसय रोज्ने आवशर थियो |
तपाईँ २०२८ सालको मान्छे नै हैन रहेछ । हो भने थाहा पाउनु पर्ने, संस्कृत अनिवार्य थियो ।
भाषा भनेको राष्ट्र भरि एउटा मात्र राम्रो हुन्छ \
एउटा मात्र राम्रो हुन्छ भने के खान संस्कृत र अंग्रेजी पढाइरा त ?
रामसित त के तर्क गर्नु
चौतर्फी शान्ति थियो भन्नेलाई केही घटना भन्दा औँलामा गन्न सकिने घटना रे । कति न उसले भनेका कुरा चाहिँ औँलामा गन्न नसकिने जस्तो । मैले माथि लेखेका कुरा त त्यसबेलाका अशान्तिका केही नमूना मात्र हुन् ।
देश गरिबको गरिब भएकोले मान्छेले राजतन्त्रको सट्टा नयाँ कुरा खोजेको हो । राजतन्त्रले देश र देशवासीको विकास र उत्थान गरेको भए राजतन्त्रको विकल्प कसैले खोज्ने थिएन । देश र देशवासी सँधै गरिबको गरिब भए र उत्थान नभए देशवासीले चीन वा भारतसँग विलयको माग गर्ने स्थिति पनि आउन सक्छ । भोको पेटका अगाडि खोक्रो राष्ट्रवादको केही अर्थ हुँदैन । त्यसको दोष राजतन्त्र र अहिलेको कथित लोकतन्त्रले लिनुपर्छ ।
सीता जी नमस्कार,
जान्न को लागि खोज्नु पर्छ अरुले भनेको कुरा सबै उसैले पुस्टि गर्ने बनि हामीमा परिसकेको छ तेसैले पस्कियारा खाने बनि हरायको होकी ? अनि २०२८ साल ले गरेको सैक्षिक प्रगति लै पुरै असफल र मैले २०२८ सालको सिक्षा नीति न बुझेको भन्नु भयो | १६ आना मन्जुर | गल्ति गरे माफ पाउ है | हो मैले आहिले को शिक्षा नीति लै सुन्दर भन्नु पर्ने किन कि आहिले हजुर किन कि हुनेखानेहरु ले निजि स्कुल मा पढेर बिधेश सयर गरकै छन् , हिजो जस्तो गरिबको बच्चो ले सरकारी बिध्याला मा १०० नम्बेर को एउटा संस्कृत बढेर अरु ब्यबशिक सिक्षा लियर बेक्यर मा विदेश पढ्दै छ | पंचायत कल अगाडी संस्कृत ब्राह्मण को मात्र पेवा थियो तेसैले संस्कृत मा के छ ? ब्राम्हण ले अरु जति लै कति ढाँटेको देखौना संस्कृत सिक्ष्य औता कथित दलित को बच्चो को पौंच मा पुरायो यदि हजुर ब्राम्हण होइन भने तपाई हाम्रै लागि संस्कृत खुल्ला भयो | एउटा आहिले भनेको जस्तो ब्राम्हण बादी समाज बिरुद्ध को युद्ध छेडेको होइन र ? बुद्धु छु क्या कुरा बांगो बुछु |
अर्को कुरा संस्कृत लै सभ्यता मान्न हजुर लै गारो पर्यो | म बुज्छु घोकाइ मै सिमित रहहने हामी शब्द लै बादी ध्यान दिन्छु न कि अर्थ | अर्थ हजुरले बुझ्नुभायाको छ | म शब्द को खेति गर्दिन यो जिम्मा म धरै अघि हाम्रा नेताहरुलाई दियको छु |
अर्को कुरा उठ्खानन भनेको माटो खन्नु भन्नु भयो | मेरो बुद्दु दिमाग ले किताब को पाना पाना चाहर्नु लै पनि उठ्खानन भन्छ | म घोशे छु क्या माफ पाउ |
अर्को कुरा साधारण अध्यन को लागि भाषा एउटा हुन पर्छा मेरो प्रस्ट विचार हो | तर संस्कृत अनि अंग्रेजी चै अनुसन्धान को लागि हो न कि साधारण जीवनयापन को लागि | तपाई ले slc पछि संस्कृत पढ्नु पर्दैनथियो तो समय पनि | बुझाउन न सकेको भय यो बुद्दु लै माफ दिनु है |
अनि अर्को कुरा संस्कृत को ठुला किताब को कुरा गरे अनि मन्त्र को कुरा गरे भने सायद हजुर ले यो बुद्दु को असफल प्रयास लै निस्तेज पर्नु हुनेछ किन कि हजुर लै छिटो छरितो प्यारो लागेजस्तो लग्यो | तेसैले कृपया कुन जात हरु कसबाट पैदा भय संस्कृत लै नै आधार मान्ने हो भने सोस्थानी पढ्नु होला | तर मा यो कुरा लै एउटा उपन्यास जस्तो मान्छु | र यसले बुझुना खोजेको कुरा लै सत्य | तो बेला धर्म को नाम मा बाहेक शिक्षा दिन गारो धियो तेसैले धार्मिक किताब बाट सहि ज्ञान दियिन्थियो . गीता लै नै आधार मान्ने भने मान्छे धर्म ले भन्दा कर्म ले ठुलो हुन्छा भान्छा | अरु कुरा छोडौ बिज्ञान ले त मान्छेको उद्गम एकै परकर ले भयको भन्छ | यो सअबै प्रसङ्ग मानब मानब एउटी हो भन्न लै प्रयोग गरेको थिया |
नमस्ते जादु सोस्तिक
गरेर देखाउने र गर्न खोजेको मान्छेलाई मौका दिनु पर्यो नित्!
सबैले मौका पायाकै हुन् क्यारे, राजा र राजसंस्थाले त सबै भन्दा बढी समय र मौका पायाकै हुन् क्यारे!
चुनाब बाटचुनेर जितेर आउछ भने ज्ञानेन्द्रलाई रास्ट्रपति मान्न हामीलाई कुनै आपत्ति छैन! तर राजा भन्नेकुरा तेस्तै हो, हामीलाई कसैको प्रजा बन्नु छैन जसलाई बन्नु छ एउटा गुठि बनायर राजा बनाउदै प्रजा बने हुन्छ यसमा हाम्रो आपत्ति छैन!
समय भयको छैन मतलब के हो ? अझै पनि राजनीतिक दल हरुमा झगडा गराएर अथवा दलहरुमा फुट गरेर .देशको अबस्ता अस्तबेस्ता पारेर रजगढ़ी मा बस्ने योजना हो कि के हो ? ऐले देश मा विधीको सासन छैन , बिपछे दल हरु राजिनामा मागी राखेका छन् ,सबेलाइ कुर्सि को मात्र मोह छ .देश र जनताको लागी कोइपनी राजनीति गरको छैनन्
कुनै पनि सरकार एक वर्ष टिक्न सकेको छैनन् .अनि कुनै पनि राजनीतिक दल हरुले दुइ वा तिन पटक बजेट ल्यायर कम गर्न सकेका छैनन् , सरकार बनेको भोलि पल्ट बाट सरकार गिरौना सुरु हुन्छ देशको स्थिति अनुसार एक वर्ष अथवा २ वर्ष काम नगरी सरकार परिबर्तन हुन्छ अनि कसरी देशको बिकाश हुन्छ कम्तिमा सरकारलाई काम गर्ने समय त hunu परियो नि .
हाम्रो देशको मिडिया पनि तेस्स्तई छ .मिडिया लाइ राजनीतिक समाचार चाहिन्छ .काम को क्यल्चुलेशन गरेर समाचार तयार पार्न सक्दैनन् . उनि हरु कसको राजिनामा औछा औदैना भनेर समाचार खोज्दै फिर्छन . मिडिया अरुलाई त एक हप्ता मा सरकार परिबर्तन भय यिनी हरुका पत्रिका राम्रै संग बिक्ने थिया . अनि पत्रिका को आम्दानी राम्रो हुने थियो आज जस्तो भय पनि जनता मा मिडिया हौउस हरुको राम्रै पकड छ / जनताको खबर औदैना खाली राजनीतिक कुरा हरु मात्र पत्रिका मा चापिन्छां .
सम्झौता भएको भए अहिले सम्म ज्ञेने चुपलागेर बस्थ्योर? जमानामै इंडियाले गद्दी फर्कैदिन्थ्यो, बारम-बार इंडिया धाएकै छ नि/ सबैले देखेकै छौ/
यसको चाल चाही यो कम्जोर नेताहरु माथि फैदा उठाउदै छ / हुनत
यसो सोच्दा अहिलेको नेताहरुले अन्तरास्ट्रिय बिमानस्थल बेच्दैछ भारतलाइ जबकी यो नेपालको मुटुहो , भोलि लुम्बिनी बेचछन् र पोरसी सागरमाथ …नेपालसरकारले चलाउन सकेन भन्दै इंडियालाइ दिन्छ र यो स्तिथि आउनु भन्दा पहिला राजतन्त्र ल्याउदा कस्तो होला?
कहिले मर्ला यो मोरो ज्ञाने ? यी ज्ञानेन्द्र का चम्चा हरु लै अझ पनि राजतन्त्र फर्किन्छ लागेको देखेर हशो utcha / मुर्ति चोरेको देखि लिएर दाई मारेको र तेश्का छोरा ले गायेक मारेको कुरा थाहा पाउदा पनि तेस्ता डाका हरुलै राजा मान्ने बेब्कुब हरु… अब पनि राजतन्त्र फर्किन्छ भन्ठान्य” येत्रो फर्किन्छ, लोप्पा खाओ” / माओबादी आउनु भन्दा पहिला खै त राजा र नेता हरु ले येत्तिका वर्षा देश चलाएकै हुन्/ के गरे त देश लै येत्तिका वर्ष सम्म ?
राष्ट्रलाई सहि गति कुनै पनि नेताले अहिले सम्म दिन सकेका छैनन्. सबै जोगी कानै चिरेका भन्ने उखान सार्थक भै राखेको छ. माओबादीको नेतृत्व पनि देखिहालियो… प्रिथिभीनारायण शाहको धेरै ठुलो योगदान बाट आर्जेको मुलुक टुक्राटुक्रा पार्ने गलत निर्नाएं हुँदैछ …. नया बनाउने भन्दा पनि पुरानो बनिराखेको भत्काउने बिगार्ने बाहेक काम भै राखेको छैन…. एतिहासिक धरोहरहरु बिगार्न छोडी नया निर्माण तर्फ लागौं.
ज्ञानेन्द्रले कुनै अन्तरबार्ता दिए भने उनको पछि हात धोएर लाग्नु पर्ने जरुरि के छ ? उनको पनि त वाक स्वतन्त्रता छ नि … हामी गणतान्त्रिक भै सकेका छौँ हैन र? यहाँ चिन्तनशील बनेर सोच्ने हो भने नेपालीको attitude मा कहिले पनि फरक आएन . चाहे त्यो १३ वर्ष संघर्ष गरेर सत्तामा आएको माओबादी होस् या जन्मको आधारमा बनेको राजा होस्. सबैलाई चाहिएको शक्ति हो – सत्ताको अनि तेस बाट प्राप्त हुने सुविधाहरु. नेपाल र मात्र नेपाल को चिन्ता भएको राजनेता शायेद नेपालमाताले
जन्माउन सकिनन्.
नेताहरुको यस्तै चाला र राजतन्त्रमा विश्वास राख्नेहरुले बुद्दीमानीपुर्बक समाज सेवा र देश सेवा गरे नैतीक धरातल गुमिसकेको नेताहरुको राजनैतिक् धरातल पनि गुम्नेछ त्यो बेला सम्भव होला तर आउन साथ फेरी पहिलाको जस्तै फुर्ती लगाउन थाले कहिल्यै नफर्किने गरी समाप्त हुन्छ राजतन्त्र ।
देश मा हुँदा राजा को बिरुद्ध मा लागेर यो आँखा ले कती tear gas खायो । राजा को सासन काल मा पाएको दुख र राती गाउ बाहिर निस्कन नपाएको दुख, ७ बज्यो कि कर्फ्यु लाग्ने र आफ्नो जिन्दगी नै धराप मा पो पर्ने हो कि भन्ने त्यो डर । एउटा रेडियो मा काम गर्दा समाचार भनेको आरोप मा पुलिस नै गेट मा आएर धम्काउने त्यो दिन हरु ।तेती खेर त लागेको थियो लौन कोही आएर यो देश लाई बचाउ र यो जैल जस्तो जिन्दगी बाट मुक्त गराउ ।
देश मा त्यो जिन्दगी बाट मुक्त गराउने मान्छे त आए ।तर अलि गलत पो परेछन् । त्यो जिन्दगी देखी आफु मुक्त भए जस्तो त लाग्यो अनि केहि आशा त जागेको थियो । देश को बिकास गर्नु कहाँ छ कहाँ पेट को बिकास गर्ने पो परेछन् त । बिस्तारै दिक्क पो लाग्न थाल्यो इनिहरुको चालामाला देखेर । हो, देश साह्रै खत्तम भको छ अहिले ।
समाधान के त ? तेही राज्तन्त्र ? साएद हुन पनि सक्छ । साएद नेपाली हरु अब तेही पहिले को जिन्दगी मन पराउन लगेको छन जस्तो छ । जहाँ राती को ७ बजे पछी बाहिर निस्कन कर्फ्यु लाग्ने छ । आज देश टुक्रा टुक्रा हुन बाट त जोगिएला तर भोली देश नै धराप मा भएर धोस्त हुने दिन न आउला भन्न सकिन्न ।
हाम्रो देश कहिले पनि उभो नलाग्ने देखी सकियो । आज राजा आउ देश बचाउ भन्यो । भोली सब बेहाल भएको देखेर ल अब फेरी राजा चाहिन्न अरु नै खोज्न थाल्यो । कहिले सम्म नेपाली हरु एस्तै हून कुन्नी ?
राजा आएर के साचै देश राम्रो होला त ? सन्कै लाग्छ हो मलाई त । भोली राजा को हुने त ? पारस …. वा क्या राजा छ यार । आफ्नो घर र परिवार छोडेर थाल्यन्ड मा मस्ती गर्दै बस्ने बाट अब देश नै हाक्ने सपना । अलि हासो लाग्दो भयो नि हैन ?
ठिकै छ । नेपाली को काम नै तेही हुने भो अब ।आज राजा आउ देश बचाउ, भोली राजा जाउ देश बचाउ । तेही राजा नै चहिएको भए बधाइ छ नेपाली दाजु भाइ दिदी बैनी हरु ।तपाईं को पारस लाई राजा बनाउने सप्ना छिट्टै पुरा होस ।
जिउदो हुन्जेल सम्मा नेपाल मा केहि राम्रो होला कि भन्ने सपना थियो । अब छोरा छोरी लाई पनि मेरो देश नेपाल हो भन्न लाज नै लाग्ने बनौने भए । ठिकै छ आखिर पारस राजा भाको देश भन्दै गर्भ गर्न पाउने भए छोरा छोरी हरु ।
“एउटा कुरा चाहिँ सत्य हो लोकतन्त्रमा नेतालाई हटाउने उपाय छ, तर राजतन्त्रमा राजालाई हटाउन सकिँदैन। लोकतन्त्रमा ‘राजा जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ भन्न पाइन्छ तर राजतन्त्रमा नेता आउ देश बचाउ, राजतन्त्र मूर्दावाद भन्न पाइँदैन। हामीले देखिभोगी सकेको कुरा हो यो।” Exactly…. हामीले यतिपनि सोच्न सक्दैनौं भने हामीले दुख नपाए कसले पाउने त???
“एउटा कुरा चाहिँ सत्य हो लोकतन्त्रमा नेतालाई हटाउने उपाय छ, तर राजतन्त्रमा राजालाई हटाउन सकिँदैन।”
—> तेशो हो भने नेपालमा राजतन्त्र नहट्नु पर्ने होइन र ?? समय लाग्ला तर जनताले चाहे भने संसारमा कुनै पनि परिवर्तन हुन सक्छन .. कति राजतन्त्र ढले , कति साम्यवादी कम्युनिष्ट शाशन ढले , कति तानाशाह ढले , यो सब भै रहने छ …
डेमोक्रेसीमा नराम्रो काम गर्ने दललाई हटाउन पाँच पाँच वर्षमा चुनाव हुन्छ
प्रधानमन्त्रीलाई हटाउन अविश्वासको मत हुन्छ
राष्ट्रपतिलाई हटाउन महाभियोगबाट सकिन्छ
राजतन्त्रमा राजालाई हटाउन कसरी सकिन्छ ?
मान्छे मर्ने गरी आन्दोलन हुनुपर्छ त्यो नि ज्ञाने जस्तो डरछेरुवा भए मात्रै १९ जना मरे पछि छाड्छ अरुले भए त सयौँ मर्ने गरी दमन गर्थे
साम्यवादी व्यवस्था ? अहो, चीनले तियानमेन चोकमा र तिब्बतमा गरेको दमन हेरौँ ।
डेमोक्रेसी, राजतन्त्र र कम्युनिज्म तुलना गर्ने चीजै हैन
कूतर्क नगरौँ मित्र
हे विद्वान शिशिर, के राजालाई कुनै नेताले बिस्थापित गर्ने वा राजा र राजतन्त्र हटाउने कुनै अध्यावधिक बैधानिक उपाय हरु छन्?
छन् भने यसो हामीलाई पनि थाहा दिदा हुन्थ्यो!
नेपालमा राजनेता न हुनु को कारण हो यो सब …
न ज्ञाने ठिक छन् न अहिले ठुला भन्ने नेताहरु …
समस्या राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र कुनै बेबस्थाको होइन, इच्छासक्ति छ भने देश र जनताको लागि काम गर्न कुनै बेबस्थाले रोक्दैन …
देशमा राजा नै चाहिने हो भने पशुपति को एउटा जोगी लाई ल्याएर बनाए भैहाल्यो नि….
येशमा चाही मेरो पनि समर्थन छ है. साथी हो !!
जो आए नि उस्तै हो/हिजो राजा को सासन काल मा सडक तताउने यिनै जनता थिए र भन्थे कि “ज्ञाने चोर देस छोड” आज नेता र नेपाल को राजनीतिक पृष्ठभूमि ओरालो लागेको बेला तेही जनता राजा को पछि लगेर भन्दैछ “राजा आऊ देस बचाऊ” के राम्रो के नराम्रो छुटाउन न सक्ने हामी जनता स्वर्गीय गणेशमान सिह को भाषा सापट लिएर भन्नु पर्दा “जनता भेडा” यो भन्दा धेरै लेख्ने कम छैन ,आफै बुझे बेश /
मान्छेहरुको “memory” कति छोटो छ? र विकल्पको खोजमा कसरि भौतारिन्छा?
तर एसको पनि हेक्का छैन भने नेपालका राजनैतिक दल र नेता अबस्ये पनि अन्न खाने र बिबेकी को जमात नभई ढोंगी र हर्रिलात्थक फटाहा को अरु केहि– खाने झुण्ड हो|
याँहा भएका कमेन्टहरुमा बसन्त थापा को कमेन्ट बढी तर्क संगत छ| अरु सबै नैरास्यको expression मात्र हो | धेरैले सहि बेशही छुत्तौना नसक्ने, र थाहा पाउँदा पौंदै पनि दुवै तिर बाट धोका खाएर, अरु कुनै विकल्पनै नाबह्येकोले एउटा नालायक गतिछाडाको रिस्क पोख्न, अर्को पतित भएर गाडेको भूतलाई चिहानबाट खनेर बिताउने तर्क आफैमा दुख्लागने कुराहुन्|
यी सारा तर्क हेर्दा नेपाली समाज, नेता, राजनीति न गतिशील छ, न समय साछेप नेता छन्, न जनता र देश का अबस्येकता आधार मा नीति बनाउन र करायावन गर्ने इच्छा सक्ति छ र दङ्ग नै छ देश चलाउने हरुको|
यसले एउटा मात्र कुरा पुस्ट गर्छा त्यो के भने कामै नगरी लुटेर खाने फताहको जमात छ| ति नै फटाहाहरुले जुन सुकै बेबस्थाक नाममा गुन्डा संचालन गरेर सत्ता चलाउने र सत्तालाई लुटेर खाने भाँडो बनाउने गरेका छन्| यो चक्र दोहोरी तेहराई हामीले देखेका मात्र होइन भोगेर पटक पटक सिकार भै सकेका छाम|
यी कुरा पंचायेत, कंग्रेस्सी, एमाले, ज्ञानेन्द्र तन्त्र, फेरी कांग्रेस, फेरी एमाले, जंगल राज ( मयोबदी) सबैमा तेही मात्र हाबी छ|
कृपया राज तन्त्र समर्थक कसैले मलाई आधार सहित बुझाई दिन सक्नु हुन्छ, हिजोको भूत पूर्व राजालाई ल्याएर फेरि राजा बनाएर राख्दैमा अहिले का सबै समस्याको समाधान हुन्छ भनेर ? हैन भने जुन कुरा चाहिंदैन भनेर हटाइ सकियो, इतिहास भैसक्यो, त्यसै लाइ फेरि ल्याएर हुन्छ के ? ल ठिक छ राजा नै चाहियो भने पनि ज्ञानेन्द्र नै किन ?, अरु कुनै क ख ग घ भए हुने कि नहुने ? माग्दा नै पाइने भए जसले पनि मलाइ राजा बनाई देउ किन नभन्ने ?
संसारमा पहिले सबै जसो देशमा राजा थिए, अहिले औंलामा गन्न सकिनेमा बाँकि छन्, किन ? हामी भन्दा बाठा बुद्धिमान हरु उनी छन् त, राजा त चाहिएको छैन त | राजाको ठाउँमा रास्ट्रपति भएर बिग्रियो के ? कोहि खराब व्यक्ति आए भोलि फेर्न त सकिन्छ |
त्यसैले मेरो बिचारमा ज्ञानेन्द्रको कुरा लाइ कसैले महत्व नदिइ अहिलेका समस्या समाधानका अरु नै तरिकामा लाग्नु पर्छ | कसैले माने पनि नमाने पनि, मन परे पनि, नपरे पनि, एउटा कटु सत्य के हो भने अहिलेका समस्याका ढिलो चांडो समाधान गर्ने दल हरुले नै हो, कोहि बाहिर बाट आएर अथवा ज्ञानेन्द्र जस्ता आफ्नो घरको समस्या समेत समाधान गर्न नसकेर दिउँसै मदिरामा लट्ठ भएर २- ४ जना मान्छे भेला पारेर मैले बुझें भनेर हिंड्नेले हैन | धन्यबाद !
लिला जीको मलाई अरु कुनै राजा बनाउने कुरा ठिक लागेन किनकि २०० वर्ष भन्दा लामो सस्था को जिम्मेवारी नया राजा ले गर्दैन, अकुत कमाउनु सिवाय उसको उदेश्य अरु केहि हुदैन हुन त नेपाली हरुलाई आफ्नो इतिहास मेटेर नया इतिहास लेख्ने रहर लागेको छ तर एस्तो परम्परा ले पुन लेखिएको इतिहाश पनि फेरी मेटिन्छ, पुरानो राम्रो कुराहरु लाई आत्मसाथ गर्दै अगाडी बढ्नु सर्वथा बुद्धिमानी हुन्छ! राजसस्था नेपाली रगत ले सिंचेको सस्था रहेको थियो यकता र सान्ति को जग थियो र तो अब कुनै पार्टी बिसेष ले गर्न सक्ने छैन किनकि इनिहरुले भोट पाउन १७००० भारतीय लाई नागरिकता दियभने अब त तिनीहरुले १७ लाख भित्रौछ , अनि हाम्रा नेताहरु जातिय युद्य निम्तौना मात्रै नभई देस बेच्न पनि पछि पर्दैनन् भन्ने त देख्नु भयो नि…. अरुको बुद्दिमा राजा हुने इ नेताहरु भन्दा त राजगद्दी छोडेर बसेको ज्ञानेन्द्र ठिक भन्ने भन अहिले सबैलाई भएको छ कमसेकम राजसस्था भैन्जेल बिदेसी को गुलामी त सहनु परेको थिएन बरु गोर्खाली को सान अर्कै थियो जनाबार को डर थियो मान्छेको थिएन बिकाश को जग शान्ति हो तेतिबेलाको सान्ति मा बहुदलिए बाद को आर्थिक सामाजिक बिकाश थपिएको भए नेपाल कस्तो हुने थियो होला, म राजनीति बाट प्रतक्ष्य पिडित भएर स्वोतन्त्र भएको १७ वर्ष भयो, यो देस बिग्रिएको भ्रस्त्रचार, गुन्डागर्दी , हत्या हिंसा बढेको पनि तेतिनै भयो, गाउमा १ जना तल्लो स्तर को नेता को सम्पति अकुत छ नेपाली युवा मरभुमी सिगार्न गयो गाउ मरभुमी छ. बेपार घाटामा चलेको छ, भ्रस्त्रचार मौलाएको छ, फस्टाएको छ त राजनीति दक्षिण यसियाको धनि पार्टी तर जनता…?
संसार मा राजा भएका देश आर्थिक र मानब बिकाश मा सबैभन्दा अगाडी छन् इंगलैंड, डेनमार्क, जापान, बेल्जियम, क्यानाडा आदि सबैले नेपाल लाई switzerland बनाउछु भन्छन तो पनि राजसस्था भएको देश हो, संसार मा राजसस्था भएका ४० भन्दा बढी मुलुक मध्ये कुनै मा कुनै अस्तिरता देखिदैन यो इतिहास होइन इतिहाश संग जोडिएको वर्तमान, अनि भोलिको सुनौलो भाबिश्यपनी हुनसक्छ.
ज्ञानेन्द्र राजा हुदा को १९ दिने आन्दोलन मा १० बर्समा नमरेको मान्छे मर्नेथियो यदि सत्ता को मात ज्ञनेन्द्र मा हुनेथियो भने तर सान्ति को लागि सबैसंग मिलेर जानु पर्छ भन्ने आसयेले ओरालो लाग्यो भनेर खेद्ने हो भने हिजो जंगल पस्दा माओबादी ले देशलाई कति क्षति भयो अब कमल थापा बिद्रोह , जातीय दोंन्द, yak मदेश पनि तेस्तै हुन्छ, के यो सब दोहोरिनुअबस्यक छ र? के सबै मेलेरा देस बनाउन सक्दैनन् र.
अबिभाबक बनेर बस्छु भन्दा के को आपत्ति मान्नु अहिलेको सरकारले चुनाब गर्न नसके पनि भोलि रास्ट्रपति ले सासन लिएर सेना लगाएर भएपनि चुनाब त हुन्छ, कुनै दिन कमल थापा को पार्टी ले बहुमत लियर सक्रिय राजसस्था को कुरा गर्नेहो भने तपाई के भन्ने, खाली सक्तिको पछाडी मात्रै होइन, देश, नीति र समय को खयाल गरेर निर्णय लिनु जनताको हितमा हुन्छकी ?
मेरो अविप्राए लाई राजाबादी को तर्क बाट भन्दा सबैमिलेर भोलिको लागि सोच्नु भन्ने हो .. सक्ने सबैलाई आफ्नो अधिकार र जिम्वेवारी दिएर संबिधान बनाउनु र देश बनाउनु आवश्यक छ.
राजसस्था नेपाली रगत ले सिंचेको सस्था रहेको थियो
भनेसि यो नि त मान्छे मारेरै स्थापित भाको संस्था रहेछ हैन त ?
इनिहरुले भोट पाउन १७००० भारतीय लाई नागरिकता दियभने अब त तिनीहरुले १७ लाख भित्रौछ
गनेकै हो ? ठ्याक्कै १७ हजारलाई दिएछन् ? कहिले दिएको ?
देस बेच्न पनि पछि पर्दैनन् भन्ने त देख्नु भयो नि
ए, देश बेचिसके है । देखिनँ त मैले । देखाइदिनु न ।
राजसस्था भैन्जेल बिदेसी को गुलामी त सहनु परेको थिएन
ए हो ? कालापानीमा भारतीय सेना महेन्द्रको पालामा बसेको थाहा छ कि छैन बन्धु ? अनि २००७ सालमा राजा त्रिभुवनलाई गद्दीमा पुर्याउन सम्झौता कसले गराएको ? राजै भारतमा भागेर शरण लिन गएको हैन त्यतिबेला । गुलामी त अंग्रेजसँग हारेपछि नै सुरु भएको हो । आफैलाई झुक्याउन ठूल्ठूला कुरा गर्नुको फाइदा छैन ।
बरु गोर्खाली को सान अर्कै थियो
गोर्खालीको शान भनेर गोर्खाली सेना भन्नुभा’को ? त्यो भाडाको सेनाको रुपमा बदनामी कमाएको कुरालाई सान ? यो बारे अलि बुझ्न भर्खरै बजारमा आएको ब्रिटिस साम्राज्यका नेपाली मोहरा (गोर्खा भर्तीको नालीबेली) पढ्नुस् ।
राजसस्था भैन्जेल जनाबार को डर थियो मान्छेको थिएन
साथीलाई नमिता सुनिता कान्ड बारे थाहा छ ? यही ज्ञानेन्द्र मुछिएको कान्ड हो त्यो । यसो जान्ने बुझ्नेसित सोधीखोजी गर्नु । अलि पुराना कुरा थाहा रहेनछ तपाईँलाई मान्छेको डर थियो कि थिएन भनेर
संसार मा राजा भएका देश आर्थिक र मानब बिकाश मा सबैभन्दा अगाडी छन्
हो, हो अमेरिका पनि राजै भएको देश हो । अहिले तीव्र आर्थिक विकास गरिरहेको भारत, चीन र ब्राजिलमा नि राजा छ नि है ।
सबैले नेपाल लाई switzerland बनाउछु भन्छन तो पनि राजसस्था भएको देश हो
ए ए तपाईँको ज्ञान त गज्जब कै रहेछ है । मैले त स्विटजरल्यान्डलाई संघीय गणतन्त्र भन्ठानेको । अनि त्यहाँको राजाको नाम चैँ के हो नि मित्र ? तपैँको प्रिय पारस नेपालबाट गायब भएर त्यहाँ राजा बनिरहेका होला है । हचुवा तालमा स्विटजरल्यान्डलाई राजा भएको देश भनेर हान्दिने । सबतिर राजतन्त्रै राजतन्त्र देख्दिने यसरी ?
संसार मा राजसस्था भएका ४० भन्दा बढी मुलुक मध्ये कुनै मा कुनै अस्तिरता देखिदैन
संसार मा राजसस्था नभएका ४० भन्दा बढी मुलुक मध्ये कुनै मा कुनै अस्तिरता देखिदैन लौ हचुवा तालमा हान्ने भए त मैले नि यसो भने ठीकै हुन्छ नि हैन त ?
कमल थापा को पार्टी ले बहुमत लियर सक्रिय राजसस्था को कुरा गर्नेहो भने तपाई के भन्ने
कमल थापाको पार्टीले बहुमत ल्यायो भने कमल थापा राष्ट्रपति बन्छ । बहुदल कालमा लोकेन्द्रबहादुर चन्दले मुसा भनेको मान्छे हो त्यो । बहुदल कालमा पार्टी फुटाउँदै सत्तामा गइरहनेभएकोले त्यसो भनेको । अब अभिभावक भएर बस्छु भन्दैमा ज्ञानेन्द्रले पाउँदैन । कसैले दिँदैन । ज्ञानेन्द्रले जनतालाई उतारेर राजतन्त्रको पक्षमा ठूलो आन्दोलन गराउनु पर्छ, अनि पाइन्छ । कि चाहिँ दल खोलेर जनताको भोट लिएर आउनु पर्यो, त्यो त उनले नगर्ने रे ।
मेरो अविप्राए लाई राजाबादी को तर्क बाट भन्दा सबैमिलेर भोलिको लागि सोच्नु भन्ने हो
यत्रो राजावादी कूतर्क गरेर लास्टमा यस्तो भनेर नहसाउँ न
सबैलाई आफ्नो अधिकार र जिम्वेवारी दिएर संबिधान बनाउनु र देश बनाउनु आवश्यक छ.
देश बनाउन संविधान चाहिँदैन । संविधान बन्दैमा देश बन्दैन । देश सबै मिलेर बनाउने हो । अनि फेरि के सबैलाई आफ्नो अधिकार दिने कुरा गरिरा ? सबै लाई अधिकार दियो भने त तपाईँले माथि लेखे जस्तै जातीय द्वन्द्व हुँदैन र ?
सीता जी
मैले सक्रिय राजतन्त्र को कुरा गरेको होइन र ज्ञानेन्द्र भन्दा पनि कुनै लामो इतिहाश बोकेको सस्था को कुराहरु मा केहि नराम्रो त रामराज्य मा पनि भएको थियो समग्रमा.
आफनो आफ्नो बिस्लेषण हो ….सबैलाई समेट्न सकियो भने राम्रो आखिर हामी सबै नेपाली मिलेर जानु पर्छ.
Switerland मा राजसस्था नभएको कुरा सम्ज़ुनुभाएको मा धन्यवाद mero memory मा Swaziland र Switerland यौटै हो जस्तो लागेकोले तर १६ commonwealth रेअल्म्स लगयत ४४ अन्य मुलुक मा अजै राजसस्था छ र ति राष्ट्र हरु निकै माथि देखिन्छन http://en.wikipedia.org/wiki/List_of_current_monarchs
China, USA भनेका प्रिथिवी क अ भर हुन् संसार मा सबै भन्दा धेरै प्रदुषण गरेर प्रलय निम्ताउने राष्ट्र मा गनिन्छन.
गोर्खाली सबै नेपाली सेना हुन् र सबै नेपाली पनि…
१७००० नागरिकता मदेश मा गएर हेर्नुस तेहको जनसंख्या ले पनि देखाउछ अनि अर्को कुरा कुख्यात गुन्डाहरु पनि लोकत्रन्त्र क नायक भएको कुरा पोअनी दोहोरौनु नपर्ला.
देश बेच्ने कुरा त नेपाल को यक मात्रै international एरपोर्ट लीज मा देनु १ त उदाहरण हो भने अर्को दिनदिनै सिमा बल ले नेपाली सिमाना मिचेको हेरेर बस्ने नालायकी पन पनि हो ति त …अनि संबिधान बिना देस बनउने कुरा गर्नु भयो संबिधान नभएपनि देस बनउने कुरा गर्नु भयो तेसो भए किन यो महाभारत त संविधानको लागि अनि कुन संबिधानले कमल थापालाई रास्ट्रपति भएर बस भन्छ यदि aagami संबिधानसभाको चुनाब मा नै बहुमत अयोभने, उसैले लेख्ने होला नि ?
Santiko कुरा त prachandale bhaneko जस्तो sainik bidhroah अनि jatiya sangharsha bata prapta garne holani? jimewari bodh garchh भने sohi anusarko adhikar dunu राम्रो होइन र?
Antama manabjati ले galtinagarikana sikeko chaina arule गरेको galtibata पनि sikna sake ramrai हो mahatwapurna कुरा galti mahasus गर्नु नै हो…
Dhanyabadh
mero memory मा Swaziland र Switerland यौटै हो जस्तो लागेकोले
कस्तो मेमोरी त त्यो, अफ्रीकी राजतन्त्र भएको तन्नम मुलुक र गणतन्त्र भएको सम्पन्न मुलुकलाई एउटै ठान्ने ! तपाईँका विचार र दृष्टिकोण त्यस्तै मेमोरीबाट निर्देशित छन् भने त्यसले गतिलो नतिजा दिँदैन । जस्तै गणतन्त्र भएको मुलुकले प्रदुषण गरेर प्रलय निम्त्याउने अनि राजतन्त्र भएको मुलुकले चाहिँ प्रदुषणै नगर्ने । य ो जस्तो जोक अरु हुँदैन ।
गोर्खाली सबै नेपाली सेना हुन् र सबै नेपाली पनि…
यो भन्या के ? सुरुको कमेन्टमा त राजसस्था भैन्जेल बिदेसी को गुलामी त सहनु परेको थिएन बरु गोर्खाली को सान अर्कै थियो भन्नुभाथ्यो
गुलामी त अंग्रेजसँगको युद्ध हारेपछि नै सुरु भएको थियो । इतिहास हेर्नुस् । अंग्रेजसँग युद्ध हार्दा राजा को थियो ? त्रिभुवन भागेर भारतीय दूतावासको शरणमा गएको हैन ? अनि गोर्खाली सबै नेपाली सेना भए नेपाली सेनाले के चाहिँ त्यस्तो बहादुरी गरेका थिए सुनौँ न हामी पनि । एउटा त्यस्तो तन्नम सेना जसका हतियार भारत र अमेरिकाले दिन्छ । परमाधिपति रहेका राजा वीरेन्द्रलाई त जोगाउन सकेन यो सेनाले ।
१७००० नागरिकता मदेश मा गएर हेर्नुस तेहको जनसंख्या ले पनि देखाउछ
मदेशमा पहिलाको जनसंख्या कति थियो ? अहिले कति छ ? जनसंख्या र नागरिकता एउटै हो ? कुरा बुझिएन । १७००० भारतीयलाई नागरिकता दिइयो भन्नु भयो, त्यो संख्या कसरी थाहा पाउने ? १५ हजार पनि हैन, २० हजार पनि हैन १७ हजार भनेर चाहिँ कसरी ठ्याक्कै थाहा पाउनु भयो भनेर सोधेको ।
कुख्यात गुन्डाहरु पनि लोकत्रन्त्र क नायक भएको कुरा पोअनी दोहोरौनु नपर्ला.
दोहोर्याउन हैन तेहर्याउन पर्छ । को रहेछ त्यस्ता कुख्यात गुन्डाहरु जो लोकतन्त्रका नायक भए ? बुझौँ न हामी पनि ।
देश बेच्ने कुरा त नेपाल को यक मात्रै international एरपोर्ट लीज मा देनु १ त उदाहरण
लिजमा दिइसके ? खै मैले त यस्तो सम्झौता अझसम्म भएकै छैन भन्ने खबर पो सुनेको त । तपाईँले त लिजमा दिइसकेको भनेरै ठोकुवा गर्नु भो त
संबिधान नभएपनि देस बनउने कुरा गर्नु भयो तेसो भए किन यो महाभारत त संविधानको लागि
संविधान नभए पनि देश बन्छ संविधान नहुँदैमा देश नबन्ने हैन भनेको । यो महाभारत चाहिँ विभिन्न सिद्धान्तका दलहरु भएकोले सहमतिमा संविधान बनाउनका लागि हो ।
अनि कुन संबिधानले कमल थापालाई रास्ट्रपति भएर बस भन्छ यदि aagami संबिधानसभाको चुनाब मा नै बहुमत अयोभने, उसैले लेख्ने होला नि ?
हो, कमल थापाको दुई तिहाइ बहुमत आयो भने उसैले संविधान लेख्छ र उ आफै राष्ट्रपति बन्छ । सत्तासुख भोग्छ । किनभने उसको इतिहासै जहिले सत्तामा पुग्नेछ पार्टी फोरेर भए पनि भनेको हो ।
त्यो रोमन लिपिमा के के जाति लेखेको नबुझेर त्यसको चाहिँ जवाफ फर्काउन पाइएन सरी
नेपालको अखण्डता माथि धावा बोल्नका लागि र आफ्नो मनमानी चलाउन राजा भए सम्म भारतलाइ गार्हो थियो | यी लाउके नेताहरुलाई साथ् लिएर त्यो स्वार्थ पुरा गरि छाड्यो | अब देश भावनात्मक रुपमा बिभाजन भएको छ जोड्न गार्हो छ | सबै नेता भनाउदाहरु दिल्लीकै आशिर्बादमा मन्त्रि प्रधान मन्त्रि हुन्छन तर राजा जनताले मान दिए मात्र राजा हुन्छन | यी नेताहरुले जनताको भावनामा तुषारापात गरे तर राजाले न त देशमा रगत बगाउने काम गरे सिरिया जस्तो न त विदेश पलायन भए | यो अन्तरबार्ताले उनको छबी उकासेको छ | बाबुरामले ज्ञानेन्द्रको सुबिधा खोस्छु भन्नु उनको अर्को मुखता हो | आफु बढ्न नसक्नेले अरुलाई धकेल्ने र छिड्की हान्ने बाहेक के गर्न सक्छ र ?
मेरो बिचारमा राजा एक व्यक्तिको हिसाबले हेर्दा पृथ्वी नारायण पछी सायद महेन्द्र मात्रै दुर दृष्टिका थिए. नत्र कोहि पनि खासै दम वाला थिएनन. तर राज संस्था भने नेपालको एकताको प्रतिक थियो. किनकि नेपाल एकीकरणमा महत्वपूर्ण नेतृत्व राज संस्थाले नै गरेको हो र समयानुकुल को जातीय एकता पनि राजसंस्था कै नेतृत्वमा कायम रहेको हो. तर नेपालको बिग्रदो राजनीति र कुसल नेतृत्वको अभाब ले राजसंस्थालाई खुइल्याएको नै हो र समयानुकुल चल्न राजसंस्थालाई कठिन भएको हो. आफै जनता परिचालन गर्न पनि नमिल्ने र गर्न खोजे पनि प्रतक्ष्य राजनीति गरेको आरोपले उल्टै आफ्नै खुट्टामा बन्चरो हान्नु पर्ने अवस्थामा थियो तत्कालिन राज संस्थाको. म त ज्ञानेन्द्रले सत्ता कब्जा गरेर ठिकै गरे भन्छु किनकि बहुदलवादी असक्षम् थिए र देखिए पनि. माओवादी बिरोधको राजनीति गर्नमा व्यस्त थियो. प्रजातन्त्र जोगाउने त्यसबेला अर्को उपाय के थियो त? माओवादीले त्यसबेला सत्ता कब्जा गरेको भए पक्कै पनि प्रजातन्त्र राख्दैन थियो. नेपाल कम्युनिस्ट देश बन्थ्यो अहिलेको उत्तर कोरिया जस्तै. माओवादीले सत्ता कब्जा गर्न नसकेको भए पनि कांग्रेश एमाले ले ज्ञानेन्द्रले जस्तै चुनाव गराउन पनि सक्दैन थिए. अनि सधै अहिलेको जस्तै राजनीतिक तरलता र युद्ध जारी. कमसेकम ज्ञानेन्द्रले सत्ता कब्जा गरेर दल माओवादीलाई सम्झौता म़ा पुग्न बाध्य त गरायो जसले युद्ध रोकियो हजारौ नेपाली को ज्यान जोगियो. गुमायौ त के भन्दा बुढो राज संस्था. राजा अथवा राजसंस्था भनेको माने पुजा कोठाको पंचायण नमाने बगरको ढुंगा न हो. जनताले चाहेनन् फ्याकियो अझै चाहे भने कम्बोडिया जस्तै ल्याउन पनि सक्छन या एतिहासिक सम्पदाको रूपमा युगान्डा ले जस्तै राख्न पनि सक्छन. तेसैले क्षनिक् भए पनि ज्ञानेन्द्र को कदमले नेपालीलाई फाइदा नै पुर्यायो. यदि जातीय सहिशुड़ता कायम मात्र गर्न सकियो भने राजसंस्था नभएर नेपाललाई फाइदा नै भयो भन्नु पर्छ नत्र राजसंस्था फाल्नुको औचित्य समाप्त हुन्छ.
Head (अबिभाबक) should be unbiased person…. Rambaran Yadab was Congress and still NC’s mediator….
Neutral person should be on that seat….
अहिलेको नेपालको फेल नेसन तिर गएको नेपालका राजनैतिक दलको पर्सनल धन बनाउन तिर मात्र ध्यान गएको ले आज नेपालमा सान्ति,सुरय्छ्या ,पनि,बिजुली,ग्यास केहि छैन के छ भने अरजगता पार्टी को बिल्ला लाए पछी ज्यानमारा पनि छुट ,यो के कस्तो न्याय हो ????? बरु पंचायती पद्दतिनै नेपालको लागि उत्तम थियो जस्तो लाग्छ. ज्ञानेन्द्र राजा, NEVER .
संबैधानिक राजतन्त्र राख्ने सहमति गिरिजा बाबुसंग मौखिक भएको होला, तर दुर्भाग्यबस उनि अब बिउन्तेर आउँदैन| लाहछाप लागेको कागजै भएपनि अब त्यो भुत्ते कर्द सावित भैसक्यो| फेसबुक र अन्य संचार माध्यमहरुमा केहि like भेटियो भनेर मौसुफवादिहरु हौसिएका होलान, तर न्यानो कोठामा बसेर Like थिचेर राजतन्त्रलाई समर्थन गर्नेहरु जनमत संग्रहै भएपनि धुले मैदानमा कदापी आउँदैन| अब पहिलेको जस्तो सुर्य बहादुरहरुले सबै व्यवस्था मिलाई दिई आफु त्यसमाथि राज गर्ने सपना नदेखेकै राम्रो !
शशांक जी तपाइको कमेन्ट एकदम राम्रो लाग्यो | तैपनि हेरौनत २ करोड ६० लाख नेपाली मध्ये कति जनालाई तपाइको कमेन्ट मन नपर्दो रहेछ |
बिष्णुजी! यी राता थिच्नेहरुको कुनै भिजन छैन| यिनका काका बाबुलाई राजदरवारले उहिले जागिर दिएकाले गर्दा अहिले गुण तिरेको मात्र हो| राजतन्त्रको पक्षमा यी मैदानमा आउँदैन| आरामदायी घरमा बसेर राजतन्त्रको पक्षमा कम्प्युटरको किबोर्डमा मात्र समर्थन जनाउने हो| त्यसले केहि माने राख्दैन|
शशांकजीले भन्नुभएको सुर्य वहादुर्ले जनमत संग्रहमा राजा पक्षमा जिताउन नेपालको बन बिनाश गरेर पैसा खर्च गरेका थिए| देशको यति ठुलो महा बिनाश गरेर पनि जनता मौन छन्| जनमत संग्रहको परिणाम नबिथोलेर स्वाभाविक रुपमा जान दिएको भए अहिले नै राजतन्त्रको जड खुस्कने थिएँन होला|
मुख्य कुरो के छ भने नेपालको इतिहासमा राजपरिवार र राजनैतिक व्यक्तिहरु जस्तै दोषी भए पनि कसैलाई सजाय भएको छैन| चाहे त्यो मोहन शमशेर होस्, पद्म शम्सेर होस् वा आफुले पाएको उर्दी भन्दा चौगुना माथि चढेर जनतालाई फाँसी चडाउने नर शम्सेर होस्| त्यसपछिका तुलसी गिरि, किर्तिनिधि, लोकेन्द्र बहादुर, गिरिजा आदिले के गरे भन्ने देखेकै छौ|
ब्लगहरुमा र वेबसाइटहरुमा गोडा दुई एक दर्जन राजावादीहरु अहिले काम नहुँदा फुल टाईम नै लाईक र रातो टीको लाउँ लागिपरेर पुर्ब राजा उक्सेका हुन् भन्ने कुरोमा शंकै छैन|
नेपालको अखण्डता माथि धावा बोल्नका लागि र आफ्नो मनमानी चलाउन राजा भए सम्म भारतलाइ गार्हो थियो | यी लाउके नेताहरुलाई साथ् लिएर त्यो स्वार्थ पुरा गरि छाड्यो | अब देश भावनात्मक रुपमा बिभाजन भएको छ जोड्न गार्हो छ | सबै नेता भनाउदाहरु दिल्लीकै आशिर्बादमा मन्त्रि प्रधान मन्त्रि हुन्छन तर राजा जनताले मान दिए मात्र राजा हुन्छन | यी नेताहरुले जनताको भावनामा तुषारापात गरे तर राजाले न त देशमा रगत बगाउने काम गरे सिरिया जस्तो न त विदेश पलायन भए | यो अन्तरबार्ताले उनको छबी उकासेको छ | बाबुरामले ज्ञानेन्द्रको सुबिधा खोस्छु भन्नु उनको अर्को मुखता हो | आफु बढ्न नसक्नेले अरुलाई धकेल्ने र छिड्की हान्ने बाहेक के गर्न सक्छ र ?
प्रचण्डको हरियो घाँस देखेर आँ मुख पौने सिटौला, अपुतालीमा फेरी प्रम बन्न पैन्छ्की भनेर उफ्रिने माकुने अनि मौकामा चौका हानेर कुर्सीमा टाँसी रहन पैन्छ्की भनेर कुर्लने बिआरबी यी तिन नेपालका महान नेता जो नेपालको बिकाश लै सुन्यमा झारेर नथाक्ने अनि नेपाली जनतालाई हरियो घाँस देखौन च्याम्पियन छन् यिनको कुरा पत्यौनेकी? या नेपाली नेपाली एक आपसमा नलडून नमरुन बिदेशीको समू लम्पसार नपरुन नेपालको विकास गरुन र नेपालमा एकता कायम होस् र सदा शान्ति छावोस भनेर गढ़ही त्याग गर्ने राजा ज्ञानेन्द्र तितो तर सत्य कुरा पत्याउने ?कुनै तन्त्र या मन्त्रले खाली पेट भरिदैन ! कुवाका सयौ नव राजाहरु भन्दा देश माटो सुहाउदो एउटी राजा बेस ! अबको छ महिनामा नेपालमा राजतन्त्र फर्किन्छ तर त्यो राजतन्त्र भने कमल थोअको लागि होइन नेपाली जनताको लागि हुने छ !
सबै भन्दा ठुलो प्रश्न के भने राजतन्त्र राख्ने सम्झौता भएको हो भने ज्ञानेन्द्रले नारायणहिटी किन छाडे त ?
उत्तर: उबेला माओवादीले खुलेर भनेका थिए अहिले नगए राजाको रुपमा
आर्जन गरेका कुनै पनि सम्पति राख्न नदिई बेगर सम्मान लखेट्ने चेतावनी दिएका
थिए| गिरिजाले पनि यसमा पूर्ण सहमति जनाएका थिए| अहिले सम्म ज्ञानेन्द्रले
केलाई जिलाई आफ्नो चल सम्पति सक्दो ठेकानमा लाईसकेका छन्| त्यसमा पनि सरकारको हात पुग्दैन भन्न सकिंदैन तर उनी अहिलेको धमिलो पानीमा माछा मार्न उनी उद्यत देखिन्छन|
अस्ति एकजनाले यसरी पोखेको अभिव्यक्ति घतमा गयो – ” त्रिशुली उल्टो बग्ला
तर नेपालमा अब राजतन्त्र फर्कने नचिताए पनि हुन्छ|” असम्भव भन्ने केही छैन
तर राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ|
राजतन्त्रले यतिका बर्षहरुमा नेपालमा साधारण जनताको भलोको लागि के गर्यो?
भन्नुहोला, राजमार्ग बनायो, सोल्टी होटल र अन्नपूर्ण होटल बनायो| देशलाई
अक्षुन्न राख्यो, इत्यादि इत्यादि| राजाले सठिक ढंगले सम्हालेको भए अहिले
जुन स्थिति हामीले भोगिरहेका छौ त्यो आउने नै थिएँन|
राजाले हजारौ मौका पाए र अब फेरी मौका दिनु हुँदैन भन्ने मेरो बिचार छ|
बरु चुनाव लडेर सत्तामा आए स्वागत छ| तर चुनाव लड्न सम्पति विवरण
दिन पर्ने भएकोले उनी सम्पति मोहले चुनावमा आउने छैनन्|
ज्ञानेन्द्रले खोलेको वेबसाइट नेपालकोआवाज डट अर्ग मा ज्ञानेद्रको पक्षमा कमेन्ट लेखे मात्र राखिन्छ तर बिपक्षमा तर्क र प्रश्न राखे फालीदिन्छन| यही बाट बुझिन्छ पुर्ब राजा र आसेपासे खासेहरुले अहिले सम्म पनि पाठ सिकेका छैन् रहेछन| जे भए पनि दुई करोड नेपाली जनतामा दुइसय राजावादीले लेख्दैमा राजतन्त्र ब्युँतने हैन|
अहिले देश आत्तिएको छ/देशलाई र जनतालाई एकशुत्रमा बाधेर जातीय,धार्मिक ,भौगोलिक सहिष्णुता प्रदान गर्ने अबिभाबक्को खाचो छ/हामी सबैलाई थाहा छ आज संसारका कैयौ देशहरु जातीय दंगाको शिकार भएका छन्/युगोस्लाभिया,सोमालिया,सुडान,नाइजेरिया,जस्ता देशहरु कति टुक्रा टुक्रा भैसके भने कति देशमा जनताको रगतको खोला बग्दैछ/हाम्रो देशमा पनि जातीय बिबाद खडा गरेर यो अबस्था निम्ति सकेको छ/भन्न नसकिने,सुन्न नसकिने नारा लागिसकेको छ/यति धेरै जात जाति,धर्म सम्प्रदाय,र बिबिधता भएको देशमा यस्तो निकृष्ट नारा लगाउनुलाई कुनै हालतमा पनि राम्रो मान्न सकिन्न/यसकारण पनि सबैलाई एक शुत्रमा बाध्न सक्ने नेतृत्व देशलाई चाहिएको छ/त्यसैले हिजो भन्दा आजको अबस्थामा देशलाई राजतन्त्र चाहिएको छ र यसको महत्व र आबश्यकता बढेर गएको हो/राजा संग सम्झौता भएर नै त्यतिबेला संसद पुनर्स्थापना भएको छ/ आबस्यकता परे समयले त्यो सम्झौता पत्र पनि बाहिर ल्याउला/
मेरो विचारमा नेपालको २०४७ सालको संविधान अनुसार राजनैतिक रुपमा २०५ जनाको संसद पुनर्स्थापना गर्नलाई मौखिक रुपमा भएपनि ७ दलहरु र नेपालका तत्कालिन राजा ज्ञानेन्द्र बीच यो कुरा भएको हुनु पर्दछ। पटक पटक राजतन्त्र, बेबी किंग, अलंकृतिक राजतन्त्रको कुरापनि खुब चर्चामा आएको हो।
संविधान सभाको पहिलो बैठकले नेपालको राजतन्त्रबारे निर्णय गर्ने कुरा सात दल र माओबादी बीच धेरै पल्ट कुरा भए पछि मात्र नेपालको अन्तरिम संविधान २०६३ मा समावेश गरिएको हो। पछि पटक पटक गिरिजालाई राष्ट्रपतिको प्रस्तावको कुरा पुष्पकमल दाहालले गरेकोपनि स्पष्ट छ। अन्त्य मा गिरिजाले धोखा खाए ।
बाह्र बुंदे, सात बुंदे, चार बुंदे, बिस बुंदे, एघार बुंदे, …… हालको चार बुंदे कुन चाही सम्झौताहरुलाई यी नेता भनाउदाहरुले पालना गरेका छन्। संविधान सभा को पहिलो बैठक ले नेपाल बाट राजतन्त्र फाल्ने कम भने गरे। जे होस् ज्ञानेन्द्रले राजपाट त्यागेर बस्यो। अहिले सिरियामा हजारौ नागरिक मरेका छन्। हुन त राष्ट्रपति असदको पनि खैरियत छैन। राजा ज्ञानेन्द्र सो कुकर्म बाट जोगियो ।
सुरज नेपाली
सक्रिय नभई अभिभावकका रूपमा रहने ‘इच्छा’ गरिबक्स्यारेछन् ‘राजासाब’ले । चुपचाप बस्ने अभिभावक किन चाहियो ? लोकतन्त्रमा कुनै पनि आलंकारिक पदको औचित्य छैन । लोकतन्त्रमा जनताले कार्यकारी अधिकार दिएर चुनेको मान्छे हुनुपर्छ, चाहे त्यो राष्ट्रपति होस् वा प्रधानमन्त्री ।
संसारबाटै साम्यवादको हराइसकेको डिङ हाँक्नेहरू लोकतन्त्रको खिल्ली उडाउने राजतन्त्रको औचित्य पुष्टिमा लाग्नुजस्तो ‘जोक’ अरु के हुनसक्छ । अहिलेका राजनीतिक दलहरूदेखिको वितृष्णाले भर्खरमात्र उन्मुलन भएको राजतन्त्रको कमि महशूस अवश्य गरिरहेका छन् जनताले । तर नेपालमा राजतन्त्रको औचित्य समाप्त भइसक्यो ।
तेस्त्सो राजा हुनापाया त म नै हुन्छु. मैले त कुनै जनता मारेको पनि छैन, देस को सम्पति लुकी स्विस बैंक मा लुकयाको पनि काहीं, दजुबाही मारको पनि छैन. म नेपाल को छोरो, देस को भलो चिताउने किन राजा हुन नपाउने. जेंम्र को सन्तान ज्ञाने लै किन राजा बनुनु पर्चा?
के गर्नु ….श्वास रहे सम्म आस त राख्ने पर्ने मानिसको नियती रहेछ
अझै देश मा येस्तै अस्थिरता रहिरहने हो भने फाइदा चै ज्ञानेन्द्र लाइ नै पुग्ने पक्का छ,जनता एक किसिम ले होइन राजतन्त्र नै ठिक भन्न लागिसकेको स्थिति छ ऐले,प्रजातन्त्र र गणतन्त्र मा खास्सै फरक केहि पाएनन जनता ले,पाए त मात्र महंगी अस्थिरता,हिम्सा,जातीय द्वेष,आदि आदि ले गर्दा र हाम्रा राजनीतिक दल को असक्षमता ले गर्दा जनता हरु राजतन्त्र को पछि लाग्न लागेका हुन्,यो कुरा हालै को ज्ञानेन्द्र को भ्रमण मा जम्मा भएका/गराइएका सर्बसाधारण हरु को हुल ले पनि पुस्टि गर्छ,अब पनि दल हरु सहमति मा नआउने हो र देस लाइ एउटा उचित निकास नदिने हो भने देस भयाभह द्वन्द मा फस्ने निश्चित छ,सबै लाइ चेताना हुनु जरुरि छ,
आशिस
स्विस
गर्भ रहे देखि राज्य को सुबिधा भोगेर आएका राजा ले म फर्कन चाहन्छु भन्नु के ठुलो कुरा भयो र ! मलाई पनि मेरो बालक को उमेरको life मा फर्कन चाहन्छु, केहि tension पनि छैन, केहि चाहियो भने आमा बाले पुर्याई दिन्छ, कति मोज| तर फर्कन पाइन्दैन के गर्ने! ज्ञानेन्द्र लाई पनि त्यहि भनेको हो| अथवा नागार्जुन दरबार नपचेको हो?
पुर्ब राजाको अन्तरबार्ता सुनेर सक्दा उनले कुनै कुरा गलत भने जस्तो चाहिँ लागेन। हुन त आफूलाई असल देखाउनु, र आफ्नो पालामा राम्रो काम भएको भन्ने आशयको कुरा भन्नु नौलो हैन। तर जे बोलेका छन् यथार्थ नै बोलेका छन्। मेरो ब्यक्तीगत बुझाईमा उनी माथी धोका भएकै हो। त्यो धोका दिनु देशको हितमा थियो वा थिएन छुट्टै बहसकको बिषय हुन सक्छ तर राजसस्था माथि त्यो भएकै हो। हाम्रा दल र नेताहरु सपना मात्रै बाड्छन् र त्यही अमुर्त सपनाहरुको पछाडिलागेर होस्टेमा हैसे मात्रै गरिरहेका छौ।
राजतन्त्र रहने बा नरहने, हटाई सकेको राजतन्त्र फेरी फर्काउने कि नफर्काउने ई सबै कुरा राजा सिटी कुर्सि माग्ने नेताहरुले मात्रै निर्णय गर्ने कुरा होईन लोक र लोकको बहुमत बात निर्णय हुनु पर्ने कुरा हो; नेपालमा लोकतन्त्र कसैले चाहेको थियो भने राजतन्त्रको बारेमा लोकको मत बाटै निर्णय गर्नु पर्थ्यो/ तर निर्णय दिल्लीको निर्देशन बात भयो/ दिल्लीमा मावोबादी र ७ दल बीच सम्झौता हुनु अघि मावोबादी र सातदलहरु राजा बादी नै थिय/ मावोबादिले जनयुद्ध गर्दा राजतन्त्र हटाउनु पर्छ भनेको पनि थियन/ त् तत्कालिन राजनैतिक निर्णायक शक्ति बनेको मावोबादी र ७ दलहरुले नै राज तन्त्य्र हटाउने माग गरेको थियन भने कुन शक्तिले राजतन्त्र हटाउन लगायको थियो भन्ने कुरा सबैले बुझेको छ/
जसरि २००७ सालमा राना हटाउन गरियको क्रान्तिको अन्त फेरी पनि राना मोहन शमशेरलाई नै प्रधान मन्त्रि बनाउने गरि नेहरुले नेपाली कांग्रेस र मोहन शमशेर बीच “दिल्ली सम्झौता” गरायर सन् १९५०को सन्धि नेपाल माथि लादियो/ ठिक तेसरिनै दिल्लीले ७ दलहरु र मावोबादी को बिचमा सम्झौता गरायर नेपालमा मधेशबाद भारतले हुल्न नै दिल्लीको डिजाईन अनुशार राजतन्त्र हतायाको हो/
नेपालको राजतन्त्र न त् नेपाली जनताको मत र चाहना अनुशर हटेको हो न मावोबादी र ७ दलको माग अनुसार हटेको हतायाको हो/ नेपालको राजतन्त्र भारतको चाहना अनुसार हटेको हतायको हो/
राजतन्त्र खराव हो बा नेपालको निमित ठिक हो होईन भन्ने बिषयमा राजतन्त्र हटाउन अघि न त् कुनै छलफल भयको थियो न कुनै दलले राजतन्त्र बिरुद्ध संघर्स नै गरेको थियो/ त् ई नेताहरुले साँच्चैको लोकतन्त्र चाहेको भय नेपालमा राजतन्त्र हटाउन जनमत लिनु पर्ने थियो/ तर लोकको मत लिने प्रसंग मात्रै उठेमा तर्सिने ई नेताहरुको लोकतन्त्र कस्तो हुन्छ भन्ने कुरा हामीले देख्दै आयकै छौं/
माओबादीको देश खण्डनबादी, जनता खण्डनबादी तन्त्र भन्दा राजतन्त्र नै ठिक l नेपाल – नेपाल हुनुमा, नेपाल रहनुमा शाह बंशको अतुलनीय देन छ, जुन राजनैतिक दलका नेताहरुसंग तुलना गर्न मिल्दैन l यहाँनेर व्यक्तिको भन्दा संस्थाको आबस्यकता माथि बहस हुनु जरुरि छ जस्तो लाग्छ l
ये बाबुराम, जुन सम्बैदानिक आधार (संबिधान शभा) मा तिमि प्रम बनेका थियेउ, तेसैको आफैंले नै अबसान गराएपछि पनि म जस्तो अर्को सम्बैदानिक प्रमको विकल्प छैन भन्दै, नैतिकताको आधारमा राजिनामा दिनुपर्नेले कुर्ची छोड्नै चाहन्नौ l अब तिम्ले आफैं बुझ – देशको सुत्रपात गर्ने शाह बंशको गद्दी छोड्नुको पिडा कस्तो होला ???
आज कान्तिपुरमा उनको पूर्व राजाका बिसयमा ठाडो पर्तिक्रिया पड्दा हाँसो लाग्यो, तिमीहरुले जे पनि गर्न हुने, पूर्व राजाले आफ्नो पर्तिक्रिया दिन नहुने, के के बादी फलाक्ने तिमि, तिम्रो यो कुन बाद हो ? हुन त “घरको जग नै नरहे पनि धुरी त म छदै छु (दिबंगत संबिधान सभा र वर्तमान प्रम पोस्ट)” नि भन्ने नया सिद्दान्तका पर्तिपादकबाट नैतिकता र सदाचार को आशा गर्ने ठाउं नै रहेन l
स्मरण रहोस, पूर्व राजाका वर्तमान गतिबिधि असफल राजनैतिक दलहरु र नेताहरुकै उपज हुन् l
अब राजा शासनमा आउने बित्तिकै तेस्तो क छ उनमा जसले देशको मुहार बदल्न सक्छन? बिरेन्द्र राजाको हत्या भए देखि नै राजाको छबीमा कालो दाग लागेको हो / अब यो कालो दाग मेटाउन मुस्किल नै देखिन्छ / ज्ञानेन्द्र ले पहिले नै शासन गरेको हामीले हेरेकै हो/ उनमा के छ तेस्तो जादुको छडी? जसले देशमा सहि निकास र विकास हुन् सक्छ? राजा सबका साझा हुन् नसकेकोले राजतन्त्रको अन्त भएको हो नि / होइन र? कि कसो?
संसारमा राजतन्त्र फर्केको घटना नभएका होइनन ! नेपालको अहिलेको स्तिथि र नेताहरु को चालचलन, व्यवहार, जनता प्रतिको उतरदयितो, बढ्दो भ्रस्टाचार, मनपरीतन्त्र ले गर्दा जनता गणतन्त्र, प्रजातन्त्र देखि बिरक्त भईसके !अब राजा आउछन भने जनता ले बिरोध गर्ने छन् जस्तो लाग्दैन ! धेरै राजा लाई खर्च गर्नु भन्दा यौटा राजा लाई खर्च गर्दा राम्रो ! आखिर राजा हटे पछी जनता ले के पाय त ? पाए त नेता र कार्यकर्ता ले लुट गर्ने अबसर
पाएको मौकामा होश पुर्याउन सकेन, सत्तामा हुँदा धेरै मात्तियो . अब पछुताउनु बाहेक के नै बाकि छ र ? एउटा जड्याँले रातमा तिल्ल भएर जथाभावी भनेर/गरेर बिहान पछुताए जस्तो भएन र अहिले ज्ञानेन्द्रको स्थिति ?? त्यसबेला ज्ञानेन्द्रको तानासाही याद हुनेहरुले त वहाँलाई सान्त्वना दिनु बाहेक केहि गर्ला जस्तो लाग्दैन . के फेरी पनि त्यहि तानासाही भोग्नु छ र भने ???!!!
यहा आजकाल देखियको प्रतिक्रिया र जनताको चाहना बोलि भनाउदो कुरा राजतन्त्र प्रतिको आस्था बिश्वास र भरोशा र लोकतन्त्र प्रतिको उदाशिनता भन्दा हाम्रा नेताहरुको नालायाको पाना र स्वार्थि अनि भाजो हाल्ने आफै मात्र गर्न सक्छु र गर्छु भन्ने मानाशिकता बात वाक्क दिक्क भयको हो!
– तर पनि हामि सबैले बुझ्नुपर्ने जरुरि कुरा के भने देशले प्राप्तगरेको यो परिवर्तन दशाकौको होइन शदियौको हो देशले अढाई दशक को राजतन्त्र अन्त गर्दै लोकतन्त्र स्थापना गरेको छ!
– यो समय संक्रमणकालको हो! नितान्त फरक राज्य ब्याबस्था अङ्गीकार गर्नुपर्ने अबस्था हो! तेसैले यो समयको अन्त र तेस्को ब्याबस्थापन को लागि निश्चयनै केहि समय लाग्दछ!
– यो परिवर्तन र संक्रमणकाल सम्झौतामा स्थापित भयको हो, मतलाब कसैले पनि पूर्ण बिजयी भै बिरोधि पक्षलाई निमिट्यान्न पार्न सकेको अबस्था होइन तेसैले यहा कसैले एकाधिकार कासाथ आफ्नो बिचार र उदेश्य पूर्ण रुपले स्थापित गर्न र तेसै अनुरुप अघि बढ्न सक्दैन!
त हामि जनताले अहिले नेताहरु प्रति बित्रिष्णा जाग्नोलाई अस्वोभाबिक मान्न सक्दिन तर लोकतन्त्र प्रति बित्रिष्णा उजागर गर्नु भनेको या त लोकतन्त्रलाई बुझ्न नसक्नु हो या आफ्नो दशी मानाशिकता बाट आफुलाई उन्मुक्ति दिलाउन नसक्नु हो किनकि एउटा स्वोतन्त्र आत्मासम्मानको बिचार र चाहना राख्ने कुनैपनि मान्छेले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि देख्न सक्दैन र त्यो हुदै हुँदैन! जसरि लोकतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन तेसैगे नेताको विकल्प राजा हुने मिल्दैन!
मा सोध्न चाहन्छु,
ति तमाम साथिहरुलाइ जो अहिले के कति कारण ले लोकतन्त्र प्रति बित्रिष्णा जागेको छ नेताहरुको खिलाफ मा हुनुहुन्छ! बाबुरामको सत्तो सराफ गर्दै हुनुहुन्छ र तेस्को बदलामा राजतन्त्र चाहियो राजा चाहियो राजा औ देश बचाउ भन्छन! (ति राजतन्त्र र राजाका दाशी, पाउ भक्ति गर्ने आफ्नो आशुले राजाको चरण पखाल्ने र राजाको पाउदान को पानि शिरोपर गरि अमृत मानि पिउने हरुलाई होइन, तिनीहरुलाई यो प्रश्न राख्नुको कुनै औचित्य छैन)
– नेतासंग बित्रिष्णा छ त् के बाबुरामलाई बिस्थापित गर्न ज्ञानेद्रलाई राजा बनाउने? तेसो हो भने पुरापुरा कार्यकारी अधिकार सम्पन्न राजा बनाउनुपर्यो, संबैधानिक राजाले बाबुरामलाइ वा कार्यकारी सरकार प्रमुखलाई बिस्थापित गर्दैन त बाबुराम वा नेतासंग बित्रिष्णा हुदैमा राजा गुहार्नुको के तुक?
– राजा यहा बाबुराम लाइ बिस्थापित गर्न ल्याउनेकी राम बरण लाइ बिस्थापित गर्नेगरी स्थापना गर्ने? राम बरण लाइ बिस्थापित गर्ने हो भने त कुरो उही हो राजा आयपनी समस्या त यहि नै हो किनकि उसको काम भनेको हेर्ने घुम्ने खादा थाप्ने सलामी थाप्ने र ल्याप्चे ठोक्ने नै हो! यदि बाबुराम लाइ बिस्थापित गराउने हो भने पंचायती ब्याबस्था ल्याउनुपर्यो त्यो सिर्फ राजाको दाशी चरण भक्त पाउदान को पानि अमृत मणि खाने पाउको फुल शिरमा लगाउने हरु हुन् तिनीहरु कति छन् यहाँ यो देशमा (यो माइसंसारमा वा यो संसारमा)
– ज्ञानेंद्रलाई राजा बनायको दुइ चार बर्ष पछी यो राजा तपाही हरुलाई मन परेन यसले जनताको (जसले जे भनेर स्थापित गर्ने जमर्को गरेको थियो) इक्षा सोचाइ चाहना पुरा गरेन अनि के तेतिबेला बाबुराम आउदेश बचाउ देश चलाउ भन्ने?
– देशले आत्मासाथ गरेको परिवर्तन र जनतामा आयको चेतना आफ्नो आत्मसम्मान र पहिचानको चाहनामा लाइ एउटा निश्चित धर्म जात र बर्गको बिष्णु अवतारले पुरा गर्छ गर्न सक्छ भन्ने के ग्यारेन्टी छ?
– बाबुरामले देश बेच्नालाग्यो ल बेच्ने बिचार गर्यो इन्डियाको बनाउन सोच्यो तर तेस्को लागि जनताको अनुमोदन हुनुपर्छ उसले जनतालाई जवाफ दिनुपर्छ! उ सिर्फ बधिसे बढी पाच बर्षको लागि हो! तर राजाले बेच्न चाह्यो भने एकै रातमा सक्ने छ, त्यो पनि अझै पुनर्स्थापित राजाले (किनकि पुनर्स्थापित राजतन्त्रले दुनियालाई के मान्यता दिलायको हुन्छ भने उ सर्बादिकार सम्पन्न हो सम्पूर्ण जनता उसको हो उसंग छ)त झनै सजिलो संग सक्छ
– राजाले देश बेच्न छायो भने चौटा चौटामा होइन होलसेलमा एकै पटक बेच्न सक्दछ र उसलाई कुनै जनताप्रति उत्तरदायित्वो हुनु जरुरि पर्दैन, कसैसंग हुनुपरे आफ्नो मरेको बाउ संग मात्र हो! (ए बाउ मैले मेरो अंश बेचिदिय, खलाश)
ज्ञानेन्द्र चाहने हरुले बरु एउटा पार्टी खोलेर उसलाई नेत्रित्वो दियर चुनाबमा सहभागी हुदै जनमतले र संविधानले दियको समयसम्म स्थापित गरि राजानै माननी भो त्! तेसो गर्दा लोकतन्त्रको धज्जिपानी नउड्ने नेताहरुलाई सबक पनि हुने!
नत्र फेरी राजा चाहनु वा राजा स्थापित गर्नुको कुनै तुक छैन हामि कसैलाई आफ्नो मालिक भगवान बनाउन चाहदैनौ यदि कोहि चाहन्छ भने आफ्नै घर गुठीमा राखेर बनाउदा र मान्दा हुन्छ हामीलाई करगरि भार थप्ने र हाम्रो मालिका बनाउने कोशिस नगरौ!
बरु प्राप्त परिवर्तन लाइ सस्थागत गरि देश अगाडी बढाउन सक्दो मद्दत सहयोग गरौ! यो लिकतंत्र ज्ञानेन्द्र को पनि हो किनकि उ पन जनतानै हो अब!
राजाबन्ने चाहना नराख्दा भया!
राजा येहा बाबुराम लै replace गर्न होइन, बिदेसी को दलाली गरेर नेपाल मा सत्ता जमाउने टिकाउने जुन एउटा खतरनाक श्रीन्खला को सुरुवात भए को छ तेस्को काउन्टर दिन लाइ हो,,,, ??? साथीले राजतन्त्र समर्थक लै पाउ धुने त भन्नु भयो तर साथी आफु पनि बाबु राम जी को पाउमा निकै रमाउदै गरेको आभास हामीले पनि पाएम है ….
त्यो काउन्टर संबैधानिक राजाले कसरि दिन सक्छ? यदि बाबुराम भारतीय वा विदेश दलाल हो भन्ने लाग्छ र सत्ताटिकाउन उसले बिदेशी दलाली गरेको भन्ने लाग्छा भने बाबुरामको बिकल्प खोज्नुपर्यो ज्ञानेन्द्रलाई राजा बनायर यो कुरा कहा कसरि हट्दछ? कि ज्ञानेन्द्रलाई प्रम बनाउनुपर्यो तेसो हो भने मा पनि सहमत ल ज्ञानेन्द्रलाई ५ बर्षलाई प्रम बनाउ र ५ बर्षपछी फेरी पनि चुनाब उसैले जिते अर्को दश बर्षलाई उस्लाइन देश सुम्पिदिउ!
ज्ञानेद्रलाई राजा बनाउदैमा देशको समस्या समाधान देख्ने ज्ञानेन्द्रको नेत्रित्वोमा इन्दियासंग खुकुरी युद्द लड्ने सोचाई छ कि के मित्रको?
भक्ति र दाशी दिमागको नि हद हुन्छ नि, आफु राजतन्त्र र ज्ञानेन्द्रको भक्त दाशी भयो भनेर सबैलाई दाशी दलाल देख्ने गर्दछ!
हामीलाई कसैको प्रजा बन्नु छैन जसलाई बन्नु छ उनीहरु एउटा गुठि खोलि ज्ञानेन्द्रलाई तेही गुठीको राजा बनायर काम चलाउन!
गगनेलाई ज्ञानेद्रको प्रजा बनाइ ज्ञानेन्द्र जिन्दाबाद र चिरायु रहुन भनाउन दुश्सहास र जमर्को गर्नु भन्दा साथि पनि राजगुथी को सदस्य भै तेसै गर्दा भया ओ के!
दुबैका कुरा सही हुन्। सात दलले राजसंस्था हटाउँछौ भनेका थिएनन् भन्ने ज्ञानेन्द्रको जिकिर सही हो। र दलका नेताहरूले राजसंस्था राख्छौँ भनेर भनिएको थिएन भनेको कुरा पनि सही हो। किनभने राजसंस्थाको भविष्यको बारेमा कुनै चर्चा भएन। यो कुरालाई खुराफाती ढङ्गले कुरा यता र उता गरेर मिडियाबाजी गर्नुको कुनै तुक छैन। हुँदै नभएको कुराबारेमा भाषण गर्न र नेतागिरी गर्ने मौका नेपाली नेताहरूले कहिले छोड्लान्। ज्ञानेन्द्रले राजसंस्था त के हटाउलान् भन्ने सोचे, त्यो पनि सहि हो उहाँको पर्स्पेक्टिभबाट। अरू दलहरूले परिस्थितिजन्य निर्णय गरे जुन उनीहरूको तत्कालिन राजनीतिअनुकुल थियो। पार्टीक समग्र राजनीति दाउमा राखेर सक्किन लागेको संस्थाको पक्षमा भविष्यसम्म राजनीति गर्ने चाहना भएको पार्टी लाग्ने कुरा पनि भएन।
मावोबादिले नै राजतन्त्र फर्कौला जस्तो छ | येसरी बिस्लेसन गरौ है त् |
१) हिजो होलेरी मा गिरिजा ले सेना परिचालन गर्न खोज्दा ज्ञानेन्द्रले रोकेका थिए |
तेस्पछी गिरिजा एंड ज्ञानेन्द्र कम्पनि मा फाटो आएको हो | गिरिजा तेस्पछी मावोबादी खोज्न जंगल छिरे |अस्तु |
२) आज नागार्जुन को चिसो कुनामा बसेको राजतन्त्र को भुत लाइ जगाउने बातावरण बाबुराम स्वयं ले बनाइदिएको हुन् |
अब सम्जहौता को कुरा , अहिले एक कुरा बोल्ने ,दिउसो एक ,साझ अर्को बोल्ने माकुने ,
सिटौला जस्ता भारतीय दलाल को कुरामा बिस्वास हुन्छ कि तेस्तो प्रतिकुल परिस्थितिमा देस भनेर बसेको ज्ञानेन्द्र को कुरामा ??
म त छक पर्छु यो राजा चाहिने जनताहरु देखि, के अब सम्भब होला त? राजा आउने बितिकै नेपालमा सबै कुरा ठिक हुने नेपाली जनताहरुले शुख सान्ति र देश बिकाशको अनुभब गर्ने यी सबै ब्यर्थ को कल्पना मात्र हो किनकि देशले अर्कै मोड लीइ सकेको अवस्था छ अब यो देशमा पहिलो कुरो भनेको सबै जातजाति, लिङ्ग, धर्म, अपाङ्ग सबै को समान्तर हक अधिकार र पहिचानको सिर्जनसिल व्यवस्था स्थापना गर्न अति आबस्यक छ जुन कुरो यी कथित उचा तहका नेता भनौदाहरुले आफ्नो मुठीमा राख्न खोजेका छन् त्यसैले यिनीहरुको मनुस्थिति बदलिन अति आबस्यक छ नत्र भने देश दण्डमा फस्छ र यसको जिम्यवार यहि छुद्र नेताहरुले लिनु पर्छ
.
दल हरु हामि यस्तो संबिधान बनाउछौ\ देश को बिकाश यो तरिका ले गर्छौ\ जनतालाई यो यो अधिकारले सम्पन्न गराउछौ \ जनता बीच रहेको भेदभाब ,छुवाछुतको जरो यसरि उखेल्छौ \जातीय ,क्षेत्रीय अधिकार यस्तो यस्तो हुन्छ \ जातीय राजनीति गर्दैनौ ,जातीय ,क्षेत्रीय राजनीति लाइ निरुत्साहित र प्रतिबन्ध लगाउछौ\ जातीय ,क्षेत्रीय धार्मिक ,बैचारिक मित्रता र सदभाब यसरी कायम राख्छौ\ भन्ने सम्बेदनशील र अनिबार्य बनेको सामाजिक ,राजनैतिक र राज्यत्मक सुधारका आधार र जग जनता सामु छ्लफल मा ल्याउ \
राजा र संबैधानिक राजतन्त्र का पक्षपाति हरु पुन राजा र संबैधानिक राजतन्त्र भएमा जनता र राजा बीच को सम्बन्ध यस्तो हुन्छ \ राजा भनेका भगवान होइनन \ दल हरु को अधिकार यस्तो रहन्छ \ धर्म ,क्षेत्र ,जात ,बिचार प्रति यस्तो ब्यबहार र दृस्टीकोण रहने छ \ जातीय ,क्षेत्रीय ,धार्मिक एकता ,अधिकार ,बिकाश यस्तो रहनेछ \ भन्ने सोच ,कार्यक्रम जनता सामु ल्याउ \
जनता ले फैसला गर्नेछन दल कि राजा ठिक \ जनताले बुझेका छन् यी दल र राजा दुवै जनताका समस्याका सहि समाधान बनेका छैनन् र बन्न सक्दैनन् यदि हिजो र आजका सोच ,ब्यबहार मा आमुल परिबर्तन नगर्ने हो भने \ जनता दल र राजा बाट ठगिएका ,लुटिएका ,मारिएका छन् \ यो कुरा जनताले बुझेका छन् \ अहिलेको जस्तो दल र नेता का सोच र कार्य ,हिजोको जस्तो राजा र संबैधानिक राजतन्त्र को सोच र कार्य ले नत देश बन्छ न त जनता को जिबन स्थर र अधिकार माथि उठ्छ \ फेरी जनता झुकाउने खेल नखेल दल र राजा !
Prior to the broadcasting of the interview, there were some newsclippings where a journalist is heard making a counter question to Gyanendra over his wishful desire not to accept anything below the position of a king, He was questioned “why he accepted to be the Chairman, something less than the position of a king?” Gyanendra was visibily irritated, but he sought to bulge the question by responding, “I only appointed two vice-chairmen”, meaning he never accepted to be the Chairman. That is a sheer lie, if one reads the newspaper of that time, he was quoted as the Chairman of the Council of Ministers. This guy is a (fuc)king liar.
नेपालको अखण्डता, संस्कृति र पहिचानको लागि अर्को १०० वर्षसम्म पनि संविधानिक राजतन्त्रको संरचनाको अति महत्वोपुर्ण छ / बिसाल भारत र चीनको कुटनीति र प्रभाव र पचिमको संस्कितिक अतिक्रमण निस्तेज पार्न पनि यो संस्था अति महातोपुर्ण छ / कुरा राजा ज्ञानेन्द्रको गल्तिको होइन – नेपाल हुने कि नहुनेको हो / १५,००० रगतको होलि खेल्ने राम्रा २४ जनाको “riot ” मा मारिदा मेरो राजधर्मले जनता मर्न स्वीकृति दिन्न भनि ल गरि खावो भन्ने राजा कसरि नराम्रा ? नेपाली जनताले बूजेका छन् / बितेका ४/५ वर्षमा भारत लगाएत अन्य बिदेसी केन्द्रबाट कसरि कत्पुतली बनिएका नेताहरुको हैसियेत पनि अब नागो भैसक्यो / BBC का रबिन्द्र मिश्रले ४ वर्ष अघि भनेका थिय – राजनीतिक लडाई हारे पनि राजा ज्ञानेन्द्रले स्वाभिमानको लडाई जितेको छन् / म भन्छु अब राजा ज्ञानेन्द्र र नेपालीले राजनीतिक लडाई जीत्ने दिन पनि ताडा चै छैन /
साला कस्तो नकचरो विदेशीका कुकुर पाखण्डी नेताहरुलाई रोज्न पुगिएछ स्वबिमानी राजा फालेर” येसो भन्थे होला हाकुचा आजका नेता भनौदालाई देखर /
ज्ञानेन्द्रे को बकबक, आँट छ भने चुनाब जितेर देखाऊ
मलाइ पुर्ब राजा ले भनेका कुरा मा केहि बिश्वास लाग्यो किन भने
१) ज्ञानेन्द्र को गोडा मा खोटो मोहोर चढाएर धनुस्तान्कार गर्ने कांग्रेस एमाले ले राजतन्त्र बिना को राजनीति सोच्न पनि सकेनन.
२) राजा ज्ञानेन्द्र को कदम को बिरोधि होइनन कांग्रेस एमाले, यिनी हरु त राजा ले आफ्नो भाग खोसेर तुलसी गिरि, कमल थापा टंक ढकाल लाइ दिएको मा आरिसी मात्रै थियो.
३) कांग्रेस एमाले ले राजा को कदम को सैदान्तिक रुप मा नै बिरोध गर्थे भने यी सात दल बैठक बसेर राजा ले मागेको प्रधानमन्त्री को दरखास्त मा “हाम्रो साझा उमेद्वार माधव नेपाल हुन्, उन लाइ सेवा गर्ने अबसर प्रदान गरिबक्सियोस” भनेर बिन्ति पत्र हाल्ने थिएअनन्, जति धनुस्ताकार गर्दा पनि, जति बिन्ति बिसौदा पनि आफुलाई लात्त ले हानेर तुलसी गिरि लाइ च्यापे पछी मात्र यी सात दल माओबादी को शरण मा गएका हुन्.
४) संबैधानीक राजतन्त्र को बारे मा बार्ता हुने सक्देन भएर गिरिजा ले हुंकार गरेकै हुन्.
५) बेबी किंग, “लोकतन्त्र मा राजा लाइ पनि स्पेस दिन पर्दछ” भनेर गिरिजा ले जनता को नाडी पछी सम्म पनि छामेकै हुन्.
राजा लाइ जति बिन्ति बिसौदा पनि नसुन्ने, आफु ले झन्डै दुइ बर्ष आन्दोलन गर्दा पनि आन्दोलन को आकार चटके को भेला जति पनि नहुने, कमल थापा को आदेश मा लाठि खाएर गिरिजा जस्तो ब्रिद्द नेता बेहोश हुनु पर्ने अबश्ता आउने, एअरपोर्ट जादा आर्मी को सुबेदार ले पनि रोकिदिने स्थिति आउने , अनि राजा ले भ्रस्टचार को मुद्दा खोलिदिने धम्कि दिने, आफु ले खाइरहेको थाल मा टंके ढकाल ले खाएर डकारेको देख्न नसक्ने, आन्दोलन गरौ जनता ले साथ् नदिने, माओबादी गणतन्त्र भन्दा तल ओर्लने नमान्ने भए पछी अनि बाध्य भएर गणतन्त्र मा गएका हुन् यी सात दल नाम का ज्ञानेन्द्र को भूपू भारदार हरु.
महेश कमरेड मुख्य बुदा चाही छुटेछ ..
६) हाम्रो पार्टी माओबादीको राजसंस्था संग कार्यगत एकता छ : डा बाबुराम भट्टराई (दरबार हत्या काण्ड पछि कान्तिपुर दैनिकमा एक लेख मार्फत)
सिसिर जी ले प्रसंग छुटाउनु भएछ.
रास्ट्र्बादी राजा बिरेन्द्र संग कार्यगत एकता छ भनेको हो, न कि ज्ञानेन्द्र संग.
पूर्व जन्म देखिको रिस जस्तै गरेर राज तन्त्रको अन्त्य गर्ने माओबादी मात्र हो . एदी होइन भने अनगिन्ति मागहरु लिएर आएको यो पार्टी ले यो एउटा मात्र माग पुरा गरेर किन कानमा तेल हालेर बस्यो त ? दुबैका बिगतलाई हेर्ने हो भने माओबादी बढी दोसी देखिन्छ . जति कु कार्य र बिनासहरु माओबादीबाट भए तेतिकै मात्रामा ज्ञानेन्द्रबाट भएको छैन. दुइ जोगी कहिल्यै पनि संगै बस्दैनन् अनि संगै माग्न हिड दैनन् भने जस्तै भएको हो . बिगत र अहिलेको सम्पूर्ण कुराहरुमा भएको परिबर्तनलाई हेर्ने हो भने मेरो बिचारमा राजतन्त्र नै ठिक हो कि ? पहिला रातको १२ बजे सुनसान बाटोमा हिन्दा पनि केहि को डर हुदैनथ्यो .तर अहिले कुरै नगरौ . एदी राजा आउने हो भने सबैले खुला रुपले स्वागत गरे हुन्छ जस्तो लाग्छ. एदी एस्तो भयो भने डरै डर को जिबन त बाच्नु पर्दै न .
सित्तै मा करोडौ तलब खुवाउन सकिदैन नेपाली जनता ले तिरेको कर बाट. सेरेमोनिअल बसेर तलब मात्र त खाने हो नि गर्न केइ पाउने हैन. बरु हिम्मत छ भने त पोलिटिक्स गरेर नेपाली जनताको मन जितेर पावर ma आउदा भैहाल्यो नि.
राजालाई त करोडौं खुवाए पुग्छ तर नवराजा हरुलाई चैं अरबौं खुवाएर नी नपुग्ने हुँदो रहेछ / येसो भन्दैमा राजा ल्याउनु पर्छ चैं मा भन्दिन तर यी नवराजा हरुलाई तह लगाउने बाटो चै सायद अब छैन होला / भन्छन नी बाघ ले मान्छेको रगत खाए पछि अरु जनावर खाँदैन रे / त्यस्तै यी पल्किएका (बाघ त के भन्नु?) जुकाहरुले नेपाल आमा चुस्न छाड्नेवाला छैनन् / अब नेपालमा सधै येस्तई हो / धिक्कार्ने बाहेक केहि गर्न सक्दैनन् जनता ले /
मौका मा चौका हान्न खोजेका हुन् ज्ञानेन्द्र ले……अइले भय देस को अवस्था राम्रो छैन अनि जनसमर्थन आफुले पौछु भन्ने भ्रम छ यिनमा पनि……
जसरि जनापर्तिनिधिहरुले ज्ञाने फलेका थिया त्यसरीनै राख्नु पर्ने हुन्छा त्यसको लागि कमल थापाको पार्टीले बहुमत ल्याउनु पर्छा जुन सम्भब छैन
कमल थापाको पार्टीले बहुमत ल्यायो भने कहाँ ज्ञानेन्द्रको पालो आउँछ? कमल थापा नै राष्ट्रपति बन्छ नि……………..
The above mentioned thoughts of Gyanendra Shah are baseless and his dream will not become true.
चोर, फटाहा ,दाइ मारा, गाई मारा, जे सुकै भए पनि राजनीतिक पार्टी देखि वाक्क -दिक्क भएका जनताको माग राजसंस्था को पुनर्स्थापना हो.. देश लाइ नया स्वरूप दिन सक्छन भने ज्ञानेन्द्रको एक करोड गल्ति माफ !!!
एउटा कुरा चाहिँ सत्य हो लोकतन्त्रमा नेतालाई हटाउने उपाय छ, तर राजतन्त्रमा राजालाई हटाउन सकिँदैन। लोकतन्त्रमा ‘राजा जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ भन्न पाइन्छ तर राजतन्त्रमा नेता आउ देश बचाउ, राजतन्त्र मूर्दावाद भन्न पाइँदैन। हामीले देखिभोगी सकेको
अनि लोकतन्त्र भनेको आफुलाई राम्रो लाग्ने नारा लगाउनको लागि मात्रै हो त मित्र? खाली नारा मात्र लाएर K नै HUNCHHA र?
बिगत त प्रचण्ड जी हरुको पनि ज्ञानेन्द्रको भन्दा कम पक्कै हैन/ कांग्रेस र एमाले को के कुरा गर्नु र/ दुवै पक्षले गल्ति महसुस गरेर फेरी सहमति गर्नेहो र साच्चै संबैधानिक संस्थाको रुपमा मात्र स्थापित गर्ने हो भने अहिलेको अनकन्टारमा फस्न लागेको रास्ट्रको अवस्थाको उचित निकास निस्कने थियो होला/ तर सबैलाई त्यो सक्तिभन्ने सोचाइले उन्मत्त बनाउदो रहेछ/ पहिले ज्ञानेन्द्र त्यस्तै देखिन्थे, पछी प्रचण्डले पनि उस्तै व्यहोरा देखाए र अहिले बाबुरामको लक्षण पनि त्यो भन्दा कम देखिएको छैन/ ज्ञानेन्द्रलाई पुनस्थापित गर्दा उनि फेरी के चुप लाग्लान र……..बरु रामबरण नै सक्रिय भएर उचित निकास दिए राम्रो हुनेथियो…./
सालोक्यजी, मलाई तपाईंको तर्क नै चित्त बुझेनl
तपाईं भन्नुहुन्छ: “बुद्धि भएको भए लिखित सम्झौता भएको थियो भन्दै दलहरुलाई ह्युमिलेट गरेर दूरी बढाउने अन्तर्वार्ता दिने हैन, उनीहरुसित भित्रभित्र कुरा गरेर फकाएर आफूलाई शक्तिको रुपमा पुनर्स्थापना गर्नतर्फ अघि बढ्थे।”
तर मेरो बिचारमा ज्ञानेन्द्रले बुद्धि नै पुर्याएका हुन्l
म यसो किन भन्दै छु भने – तपाईंले भनेजस्तो दलहरुसंग बार्गेनिंग गर्नु भनेको जनतालाई अलग्याएर पर्दा भित्रको कुटनीति गर्नु हो; तर सार्बजनिक रुपमै दलहरुको भण्डाफोर गरिदिंदा जनताको दलहरुप्रतिको बिश्वास झनै गिरेर जान्छl
यसर्थ उनले जनतालाई साक्षी राखेर कुटनीति सुरु गरेका छन्l
त्यसै त संबिधान सभा बिघटन पश्चात् दलहरुले जनतालाई धोका दिएको भान परिरहेको बेला राजालाई समेत उतिबेला धोका दिइएको पत्तो पाएपछि जनताले राजाप्रति बरु सहानुभूति दर्शाउने छन् अनि दलहरु प्रति घृणाl
यस हिसाबले मलाई राजाले उपयुक्त समय पर्खेर दिएको अभिव्यक्ति जस्तो लाग्छl
उनले संयमपूर्ण ढंगले समुचित शब्द छनौट गरि बोलेका छन्; त्यति ढंग त दलका नेतासंग पनि छैनl
काइतेहरुले यस्तो भनिस्योस भनेर सिकाएका होलान| तर अब अदालतमा उजुर हाल्ने म्याद पनि भिडकिसक्यो| जनताको सेन्टिमेन्ट त कुनै मु… ले पनि पगाल्न सक्दैन! न नेता, न राजा ! अघिल्लो चोर हो भने दोस्रो चाहिं डाका हो |
केही मन्द बुद्धि भएका जनतालाई त तपाईँले भने जस्तो सार्बजनिक रुपमै दलहरुको भण्डाफोर गरिदिंदा जनताको दलहरुप्रतिको बिश्वास झनै गिरेर जान्छ जस्तो लाग्ला । सचेत जनतालाई भने ज्ञानेन्द्रले नि नभएका कुरा गरेर झुटो बोल्दो रहेछ भन्ने पर्छ र भएको विश्वास पनि गुम्ने स्थिति देखापर्छ । किनभने त्यस्तो सम्झौता भएको हो भने देखाउन सक्नु पर्छ जुन ज्ञानेन्द्रले सक्दैनन् । नसक्ने भएरै ज्ञानेन्द्रलाई त्यस्तो भए देखाउ भनेर चुनौति दिइसके नेताहरुले । सचेत जनतालाई राजा नि चोर हो नेता नि चोर हो भन्ने राम्रैसँग थाहा छ । राजतन्त्र निरंकुशताको नेता डेमोक्रेसीको पर्याय हुनाले निरंकुशताभन्दा डेमोक्रेसीलाई नै सचेत जनताले रुचाउने छन् । किनकि चोरलाई डेमोक्रेसीमा सुधार्न सकिन्छ, निरंकुशतामा सकिँदैन ।
अर्को पर्दाभित्रको कुटनीति ज्ञानेन्द्रले गरेका छैनन् भन्ने पनि बुद्धिविहीनहरुलाई गर्ने तर्क हो । आफन्तको बिहे भन्दै भारतमा गएर महिनौँ बसेर सोनिया गान्धी लगायतका भारतीय नेताहरुलाई भेटेर पर्दाभित्रको कुटनीति उनले पनि गरेका छन् है ।
ज्ञानेन्द्र जी अब किन तम्सिनु हुन्छा ?चुप लागेर बस नत्र पौने गरेको खाना पिना पनि खोसिएला र कुम्लो कुटुरो बोकेर कासी तिर लाग्नु पर्ला है अब फेरी राजा हुने सपना नदेख्नु होला येहिछा मेरो सुझाब
”जथाभावि बोले पुर्वराजा ज्ञानेन्द्रको सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी”
ल सुनौ फेरी अर्को कुरा …. होइन ६०१ सभासद ले नबोली नबोली ४ वर्ष सबै सुबिधा पचाउदा मुख नफोरेका प्रधानमन्त्रि भट्टराई ले राजा को बिरुद्ध बोलेका छन् ….
राजा कि नेता
अब त हिसाब गरेर जसले सरकार मा हुदा थोरै खर्च गर्छ त्यो अर्को पटक
पनि सरकार मा रही रहने नियम गराउनु पर्ला जस्तो छ….देशको विकास त कुरै भएन जनता को सुख को कुरै भएन
देश को ढुकुटी बाट थोरै खानेले देश चलाउन पाउने….
हामी नेपाली को पिडा कसले बुझ्ने. ..
आज सम्मको देशको स्थिति हेर्दा यो देश डुबाउन राजा देखि सबै नेता को हात छ .. सोझा नेपाली जसले जे भन्यो अब एसले पो राम्रो गर्छ कि भनेर उसै को पछि लाग्छौ .. कहिले को राम्रो बन्न खोज्छ कहिले को .. जनमत संग्रह को चुनाव भए देखि ….राजाहुदा नेता राम्रो हुन खोजे नेता हुदा राजा …. हुदा हुदा उनै नेता र राजाको लागि आन्दोलन गरे जस्तो भयो अनि उनै नेता र राजाको को लागि सहिद …
राजा नेता राजा नेता .. नेता राजा .. राजा नेता …. .. जो सरकार (पावर / सक्ति ) मा आए पनि आम नेपालीले सुख नपाउने भए ……
अलिअलि खाई पाई आएको सुबिधा पनि हट्छ अनि देख्छ ज्ञानेले ! त्यस्तो राजनीतिमा रहर लाग्या भए पार्टी खोले भै हाल्छ नि ? बहुमत ल्याए रास्ट्रपति , प्रधान मन्त्रि सबै हुन् पाइयो /
बिर्स्यो भन्ठान्या होला जनताले – पंचायत कालको प्रधान पंच, पिउनले धरी अनि ज्ञाने को शाशन कालका सिपाही ले घोडा टेकाको कुरा ….
पहिलेनै केहीरुपमा राजसंस्था रहेकोभए एउटा कुरा, अब गैसकेको राजतन्त्र फिर्ता ल्याउनु भनेको राजालाई तिम्ले जे गरेपनि सहि आऊ गर भनेजस्तै हो. दलहरु सचिनु पर्छ जुन सार्है गार्हो कुरा हो ..
जय होस्
ज्ञाने (राजा) र राजसंस्था भनेका २ बिकुल अलग अलग कुरा हुन् … पहिले त्यो बुझौ …
जनताले खोजेको ज्ञाने र पारसको सक्रिय राज शाही साशन होइनन , देशप्रेमी र रस्त्रबादी , प्रजातान्त्रिक उदार राष्ट्रिय अभिभावकको रुपमा राजशस्था खोजेका हुन् जस्तो लाग्छ ..
नेपाल मा एकता को सुत्र राजतन्त्र नै हो भने येही सहि !!!! नेपाल टुक्रेको र जात जाति बीच को द्वन्द कुन नेपाली ले चाहेको छ र !!!!!
चाइनालाई तह लाउन अमेरिकाले फ्यालेको डलररुपी जुठोपुरोमा बाँचेका इ आधुनिक प्रजातान्त्रिक नेता तथा तिनका कार्यकर्ताहरु अनि हावाको तालमा हो भनेर सहि थप्नेहरु हो ? गल्ति कसले गर्दैन ? भगवानले त गल्ति गर्छ भने मनुस्यले पनि अबस्य गर्छ ! भारत त साछी हो अमेरिकाको ! अमेरिको अगाडी जो बाधक हुन्छ उसलाई अनेक हथकण्डा अपनाएर उसले आफ्नो प्रभावमा पार्छ ! रुसको छिन्नभिन्न त्यसैको प्रमाण हो ! सिधा र सहि अर्थमा भन्ने हो भने चाइनालाई समर्थन गरे बापत राजा ज्ञानेन्द्रले सत्ताबाट हात धुनु परेको हो ! अहिले नेपालमा स्याउस्याऊं उम्रेको INGO तथा NGO त्यसको साछी हो !