-बिन्देश मगर-
“जय नेपाल विजय जी।”
जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ। आज पनि विहानै उ मेरो अफिसमा आएको छ।
के काममा व्यस्त हो आजकल ?” ऊ मलाई सोध्छ।
ऐले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको। त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ। खासै त्यस्तो संकास्पद कुरा भेटिएन। ३ दिन सोल्टी होटलको खानपिन र बसाई भो, बस् उपलब्धी त्यति भो।”
“अनि के को लागि खटाइएको थियो र तिमीलाई ?”
इन्टरपोलले जर्मनीमा एक व्यक्ति हत्या गरी फरार भएको व्यक्ति भएको आशंकामा निगरानी गर्न मलाई त्यहाँ खटाइएको थियो। त्यति महँगो फाइभ स्टार होटलमा हामी जस्ताको त्यसै बास कहाँ हुन्छ र ? जे होस् यसपाली चैं पहिलो पटक ३ दिन त्यहाँ बासै बसियो।”
“अनि त्यो जासुसी क्यामेरा परीक्षण भयो ?”
त्यो परीक्षणै नगरी त पठाइएको पक्कै होइन होला तर यहाँ एकै चोटी परीक्षणै नगरी काम र मिसनमा प्रयोग गर्नुभन्दा पहिला परीक्षण गरेर मात्रै मिसनमा प्रयोग गर्नु बेस होला। ठिकै छ म परीक्षण छिटै गर्छु।”
प्रकाश चिया गफ सकेपछि आफ्नो कार्यकक्षतिर लाग्छ। म त्यो जासुसी क्यामेरा हेर्दै त्यसको परीक्षण योजना बनाउन थालेँ। जासुसी क्यामेराको आकार कमिजमा लगाउने टाँकको जत्रै थियो। यसले आवाजसहितको भिडियो यसको प्रणालीसँग जोडिएको कम्प्युटरमा दिइरहन्छ। यसलाई कुनै बिदेशी सरकारबाट सहयोग स्वरुप पठाइएको थियो र मेरो कार्यालयमा ३ सेट पठाएको थियो। मैले यसको परीक्षण आफ्नै घरमा गर्ने बिचार गरेँ। यो सानो गहनामा लगाउने पत्थर जस्तै भएकोले यसलाई महिलाले कानमा लगाउने झुम्कामा जोड्ने निधो गरेँ। सुन पसलमा गएर यसको प्रकारसँग मिल्ने पत्थर भएको झुम्काको मोडल रोजेँ र त्यसको जोडीमा एकातिर जासुसी क्यामेरा र एकातिर सक्कली पत्थर जडान गरेर सुनको झुम्का बनाउन अर्डर दिएँ। नभन्दै हप्तादिनमै मैले भने र चाहे अनुरुपकै सुन्दर गहना बन्यो। यसलाई जन्मदिनको अवसर पारेर श्रीमतीलाई उपहार स्वरुप दिएँ। मेरी श्रीमती पनि त्यस्तै औसत खालकै महिला थिइन् जो श्रीमान्ले महँगा गहना दिँदा आफूलाई निकै भाग्यमानी ठान्दछ, अनि श्रीमान्ले त्यो कहाँबाट कति र कसरी दुःख गरेर ल्याएको छ त्योबारे वास्ता गर्दैन।
घरमा छोरी अनि श्रीमती, श्रीमतीको जीउमा टाउको, टाउकोमा कान, कानमा सुनको झुम्का, झुम्कामा जासुसी क्यामेरा, क्यामेरामा भिडियो, भिडियोमा कमप्युटरबाट मेरो निगरानी। म यसैगरी कार्यालय र अन्य कामको लागि बाहिर रहे पनि रेकर्ड गरिएको भिडियो निगरानी गरिरहन्थेँ। माफ गर्नुस् मित्र, मैले आफ्नी प्यारी श्रीमती माथि शंका लागेर निगरानी गरेको थिइनँ। म त मात्र त्यस जासुसी क्यामेराको सफलतापूर्वक परीक्षण गरिरहेको थिएँ।
आमाछोरी दुवै बोर्डिङ जान्थे। एकजना पढ्न र अर्को पढाउन। छोरी पढाउने र आमा पढ्ने चहि हैन, किनकी मैले भनिहालेँ मेरी श्रीमती औसत महिला नै थिई जो साधारण बोर्डिङ स्कुलकी साधारण शिक्षिका थिई। अनि छोरी पनि साधारण छोरी नै थिई जो साधारण बोर्डिङका साधारण विद्यार्थी थिई। यति भनेपछि तपाईले बुझिसक्नुभयो होला मेरो साधारण परिवारको बारेमा। म आफू घरबाट टाढा भएकोले श्रीमतीको कानमा रहेको जासुसी क्यामेराले पठाएको भिडियो हेर्ने गर्थेँ। यसैगरी केही दिन, हप्ता बित्यो।
त्यस्तै एकदिन, मेरी श्रीमतीको बोर्डिङका प्रिन्सिपल समर पनि उनी सँगै घर आयो। त्यो जासुसी क्यामेराबाट तिनीहरुलाई हेरिरहेको म अचानक बेहोस जस्तै भएँ। त्यसपछि मेरा पाँचै इन्द्रीयहरुले अचानक काम गर्न छोडेको थियो। मेरा कार्यालयको अरु सहायकहरुले उठाए पछि म केहीबेरमै बिउँझिएछु। मैले अलि विश्वास नलागेकोले फेरि त्यो भिडियो दोहोर्याएर हेरेँ। कम्प्युटर बिग्रेको थिएन, क्यामेरा पनि विग्रेको थिएन, मेरो आँखा पनि ठिकै थियो। बिग्रेको थियो त त्यहीँको क्रियाकलाप। म त्यस्तो अभागी श्रीमान् थिएँ जो आफ्नै श्रीमतीको परपुरुषसँग भएको सेक्सको लाइभ पोर्न मुभी हेरिरहेको थिएँ। समरसँग मेरो साधारण चिनजान मात्र थियो मेरी श्रीमतीको हाकिम भएकोले। उसको बारेमा श्रीमतीले थप कुरा उनको क्याम्पस पढ्दाको साथी भएको कुरा गरेकी थिइन्। आज यस भिडियोबाट थाहा भयो तिनीहरु पहिलादेखिकै प्रेमीप्रेमिका थिए। बीचमा समरको अर्कै केटीसँगै बिहे भयो र त्यसको केही वर्षपछि सीमाको मसँग। तिनीहरु अहिले पनि एक अर्कालाई प्रेम गर्छन् र पहिलेकै जस्तो गरी प्रेमी प्रेमीका बीच हुने क्रियाकलाप स्वरुप शारिरिक सम्बन्ध कायम गरेका थिए।
अब मलाई अचानक ज्वारो बढेर आयो, टाउको पनि दुखेर आयो। आखिर सीमाले किन यसो गरी ? मैले उसको खुसीको लागि के चाहीँ गरिनँ र ? आखिर किन मलाई यसरी विश्वासघात गरी ? समरलाई त्यतिधेरै माया गर्ने भए म सँग किन विहे गरिन् त ? कि म नभएको कारण मेरो अनुपस्थितिको आवश्यकता परिपूर्ति मात्रै गरिन् ? मेरो मनमा दौडिरहेका यी सबै प्रश्न उत्तरविहिन थिए। अब मेरी प्यारी श्रीमती श्रीमती बाट धोकेबाज, विश्वासघाती, निष्ठुरी र यस्तै यस्तै शब्दले पुकार्नु पर्ने पात्र थिईन्। अब के गरुँ केही निर्णय लिन सकिएन। उनीहरु दुवै सँग यति जोडले रिस उठेर आयो कि मैले यहाँ नजिक भएको भए ती दुवैलाई गोली हानेर मारिदिन्थेँ। धेरै तनावका बीच सीमालाई मार्ने योजना बनाएँ, मैले रिसको झोँकमा समाधान नै यही देखेँ। अब म उनलाई कसरी मार्ने भन्नेतिर सोच्न लागेँ। मनमा अनेक किसिमका तर्कना आउँथ्यो। कहिले के सोच्थेँ, कहिले के। कहिले आफैँले बनाएको योजना ठिक लाग्थ्यो कहिले बेठिक। यसै कारण म कार्यालयको काम, मिसन, अनुसन्धान कुनै कुरामा ध्यान दिन नसक्ने भएँ। मैले धेरै प्रकारका अपराध पनि अनुसन्धान गरेको अनुसन्धान विभागको गुप्तचर मलाई हत्या गर्न कुनै धेरै मेहनत गरेर योजना बनाउनु पर्दैनथ्यो। जे भए नि म मेरी श्रीमतीको हत्या गरेरै छाड्ने सोचमा पुगेँ। धेरै सोच्दा सोच्दा, रुँदारुँदा, तनाब ब्यहोर्दा ब्यहोर्दा मेरो मन, शरिर, दिमाग पुरै गलेर सिथिल भइसकेको थियो।
अकस्मात मेरो मोबाइलको घण्टी बज्यो मैले उठाउन खासै रुचि लिइनँ। फेरि बज्यो, हेरेँ सिमाकै नाम र नम्बर स्क्रिनमा थियो। पहिला म फोन उठाउँ कि नउठाउँ कन्फ्युज भएँ। फेरि फोनको घण्टी बज्यो। “धोकेबाज, विश्वासघाती।” चिच्याउन मन लागेको थियो तर चिच्याइनँ। विस्तरै मधुर स्वरमा “हलो” भनेँ।
“बाबा गुडमोर्निङ।” उताबाट मधुर बाल सुलभ बोली सुनियो।
“गुडमोर्निङ छोरी। कतिबेला उठ्यौ ?”
“अघि नै उठेको। बाबा, अब मामु र म हजुरसँग नबोल्ने।” छोरीले दङ्ग्याउँदै घुर्की लगाई।
“किन र छोरी ? बाबा बाट के विरानी भयो र त्यस्तो बोल्नै नहुने ?”
“अब हजुरले म पास भएपछि हामीलाई लिएर घुमाउन लाने भन्नु भएको थियो। हजुरले त मेरो रिजल्ट पनि सोध्नु भएन घर पनि आउनु भएन।”
तनावग्रस्त भएको मेरो दिमागलाई छोरीसँगको फोन बार्ताले ठन्डा तुल्याएको थियो। मैले आफ्नी श्रीमतीलाई मार्न बनाएको योजना र छोरी अनि उसको भविष्य सम्झिएँ।
अकस्मात मेरो गालाबाट आँशुको थोप्लो दौडेर भूँईमा खस्यो। म केही बोल्नै सकिनँ।
उताबाट फेरि आवाज आयो “बाबा। हजुर किन नबोल्नुभाको ? मैले बोल्दिनँ भनेँ भनेर हो ? त्यसो भए अब बोल्ने के बाबा। …………… किन नबोल्नुभाको बाबा ? सरी बाबा मैले फेरि हजुरको चित्त दुखाएँ।” अब छोरी मलाई फकाउन लागेकी थिइन्। म रोएको मेरी छोरीलाई के थाहा ? मलाई फकाउँदै गरेकी मेरी छोरीलाई म चाँडै दुई चार दिनमै घर आउने कुरा गरेर फकाएँ। अनि छोरी म चाँडै घर आउने कुराले खुसी हुँदै फोन राखिन्। छोरीको सुन्दर भविष्य अनि सीमालाई मार्ने योजना यी कुराले मेरो मनलाई रणभूमि बनाएको थिएँ। धेरै सोचेँ, रोएँ अनि आफैँलाई धिक्कारेँ। अन्तमा मैले हत्या योजना पूर्ण रुपमा क्यान्सिल गरिदिएँ।
एक हप्ता विदा लिएर म घर आएँ। घर आई पुग्दा अबेर भइसकेको थियो। सीमा भने मलाई नै पर्खिरहेकी थिइन्। छोरी निदाइसकेकी थिइन्। मस्त निद्रामा सुतिरहेकी छोरीको अनुहार हेरेँ। अनि सीमाको कानको झुम्का पनि। म त्यत्तिकैमा टोलाई बसेछु। सीमा भने भन्दै थिई “यो जासुसी जागिर पनि कस्तो कस्तो हो कुन्नि ? अरुले केमा जागिर खाको भनेर सोध्दा पनि सही उत्तर दिन नमिल्ने सोझो मान्छेलाई पनि यसरी टोलाउने बनाउँदो रहेछ।
म नाजवाफ थिएँ।
कथा जल्दोबल्दो विषयमै लेखिएको रैछ, पढ्दा सारै मजा आयो । अनि कथाकारले पोर्न भिडियो चाहिँ मजाले हेर्नुहुन्छ जस्तो लाग्यो हहाहा
प्राय: जसो पुलिसहरुको र बिदेसिनेहरुको कहानी यस्तै हुन्छ के गर्ने यस्तै छ यहाको चलन आफुलाई पनि सार्है डर लाग्छ विदेश जौ कि भनेर सोचेको खै यस्तै यस्तै मात्र पढ्न र सुन्न मात्र पाईन्छ, भोलि आफुपनि टोलाएर बस्न पर्ने हो की…. खै के खै के…
हा हा हा, कानको क्यामराले फूलभ्यूमा दृश्य खिचेछ | अनि त्यो फिस्टे सानो क्यामराले लाइभ ब्रोडकास्ट पनि गरेछ अफिसको कम्प्युटर सम्म | नेपालका टेलिभिजन कम्पनि लाई काम लाग्ने क्यामरा रहेछ, बडेमान को ओबी भ्यान किन चाहियो र लाइभ टेलिकास्ट गर्न |
कतै तपाइँ नेपाली फिलिमको स्क्रिप्ट पनि लेख्नु हुन्छ कि कसो ?
नराम्रो कथा कुन चैँ हिन्दी उपन्यासबाट हुबहु साभार भएको लाग्ने
लेखक लाई यौटा प्रश्न कि कानमा राखेको क्यामराले कसरि ति क्रियाकलापहरु स्पस्ट रुपमा हेर्नु भयो ? त्यो क्यामरामा तेस्तो के बिशेष थियो ? जे होस् लेखको लागि धन्यवाद .
कथा त अकस्मात, अन्जानमै घटाइएको घटना हो | मलाइ लाग्छ नेपालमा एस्तो सम्बन्ध धेरै मानिसहरुको बिचमा रहेको छ र येतार्थ पनि हो | एक अर्काको भलो र सुनौलो भविष्यको सुरक्षाको लागि धेरै जोडीले अघिल्ला जिन्दगि चटक्क बिर्सिएर नयाँ लाइ अपनाउने र तेसैमा रमाउने कोसिस गर्नु पर्छ, कसैले कसैको अतीत कोट्याउने र खोज्ने दुस्कार्य गर्नु हुँदैन र दुइटा नाउमा खुटा हालेर तैरिन खोज्नु पनी हुँदैन |
…………………………………किन येस्तो भयो……………………………………..
सम्बोधन खै कसरि गरु ….साहित्य पद्ने रुची सदै भयो तर लेख्ने कोसिस कहिलेइ गरिएन ……सुनेका कुराहुन सत्य पनि त हुन सक्छन ……तिमि नियमित पाठक mysansar को, म पनि कहाँ भिन्न छु र येसबाट तेसैले त सकी नसकी keybord मा औलाहरु नचाउदै छु …..कति गारो हुन्छ नाच्न त्यो कुरा त तिमि जस्तो नाच्न नजान्ने लाइ मैले के भनिरहनु पर्ला र …….तेहामाथि तिम्रो लागि चलेका इ औलाहरु बेला बेलामा थर थर काप्छन तै पनि हिम्मत जुटाउदैछन्
बिसबर्ष बितेछन येदी तिमिले पनि मैले जस्तै ति छणलाइ आफ्नो जिन्दगीको यात्रामा समेटीएको भए ताजै हुन सक्छ …….कति निसासीन्थे म… तिमि बिल्कुलै मेरो पास आइपुग्दा….तिमीलाई राम्ररी थाहा थियो म कति ब्याकुल थिए तिम्रो माया पाउनलाई….कहिलेइ मुख फोरी व्यक्त गर्न सकिन …सारै भीरु थिए म बिल्कुल भीरु ….केहि शिप लागेनमेरो तेसैले त टेलिफोनको सहायता लिन बाध्य भए म …..कास बिसबर्ष अगाडी मोबाइल फोन भैदेको भए मैले तिम्रो ममको हप्काई खानु पर्दैन थियो होला ……सायद मेरो आफन्त र तिम्रो आफन्तले तिल लाइ पहाड बनाई बनाई हामी नजिक हुने सम्भावना येसरी तुइदैन् थियो होला ……सायद तिमि लाइ मैले येसरी औला कमाई कमाई ………”आखिर जे भयो राम्रो भयो” अह बिल्कुल सहमत छैन म यो वाक्य बाट …….
…………………………………………..क्रमश …………………………………………..
The story is good but it is flawed. First of all why would the writer put the camera on his wife’s earling without telling her that he is testing the camera. That already shows the writer was taking his wife for granted and not considering this as an invasion of her privacy. In know way I condone her behavior though.
The second thing is, a camera that is in the ear will capture views away from that person so I am not sure how the writer can see clearly what his wife is doing unless she turns her head sideways and upwards which is a very uncomfortable position and one cannot stay in that position for long and why would she do that?
Other than that the story is good.
पर्दा को बाहिर र वीत्र भने झैँ यो सामाजिक संसार मा येस्तोकिसिम्का दुर्घटना हरु येत्र तत्र छरिएका देखिन्चन / कतिको जीवन लिला येस्तई येस्तई गरि चलिरहंचन त कतिको बिद्रोह, प्रतिरोध ले समाप्त पनि भएका छन्/ जोडी को जीवन लिला समाप्ति का क्रम मा टुहुरा हरुको जीवन लिला सुरु भएका घटना हरु पनि धेरै छन्/ साएद लेखक ले काल्पनिक कथा बस्तु नै भएपनि छोरि को भबिस्य लाइ ध्यान दिएर पनि आफुलाई सम्हाल्नु भएको मा धन्यवाद/