Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सावधान, सोमबारदेखि इन्टरनेट नचल्न सक्छ

Posted on July 7, 2012July 7, 2012 by Salokya


सोमबारदेखि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा कुनै पनि साइट हेर्न खोज्दा नखुल्ने स्थिति आउन सक्छ। केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ।

डीएनएस चेन्जर नामको ‘मालवेयर’ले तपाईँको कम्प्युटरमा संक्रमण गरेको छ भने जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। तपाईँले थाहै नपाईँ अन्तर्राष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरलाई संक्रमित बनाइसकेका छन्। यो सूचि अनुसार नेपालमा संक्रमणको संख्या ४३ छ। उनीहरुले सोमबारअघि नै बचाउका उपाय अपनाएनन् भने इन्टरनेट सम्पर्क विच्छेद हुनेछ।

त्यसो भए सोमबार अघि चाहिँ कसरी ती संक्रमित कम्प्युटरहरुमा इन्टरनेट चलिरहेको छ त ? कुरा यस्तो हो- एफबीआइले केही महिना अघि अमेरिकाको सरकारी कम्प्युटरहरुलाई बचाउन एउटा सुरक्षा जालो (अस्थायी सर्भरहरु) बनाएको थियो। त्यही सुरक्षा जालोमार्फत् संक्रमित कम्प्युटरहरुको पहुँच इन्टरनेटसम्म पुग्थ्यो। तर अब सोमबारदेखि त्यो सिस्टमलाई सटडाउन गर्न लागिएको छ।

संक्रमित हो कि हैन कसरी थाहा पाउने ?
माइसंसारले यसअघि पनि तपाईँलाई गत अप्रिलमा यसबारे जानकारी गराएको थियो। तपाईँको कम्प्युटर संक्रमित हो कि हैन यो वेबसाइट www.dcwg.org मा गएर हेर्न सकिन्छ। यदि संक्रमित हो भने त्यहीँ यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको छ।

मैले त्यो साइटको http://www.dns-ok.us/ मा क्लिक गरी हेर्दा मेरो कम्प्युटरमा हरियो चिह्न देखायो

यसको मतलब मेरो कम्प्युटर संक्रमित छैन। यदि यस्तो खालको रातो देखिएको भए तपाईँको कम्प्युटर संक्रमित हुन्थ्यो र तपाईँले जुलाई ९ पछि इन्टरनेट चलाउन सक्नुहुन्न।

हरियो आए त केही गर्न परेन। रातो आयो भने नि ? धन्दा नमान्नुस्, यो साइटमा क्लिक गरी http://www.dcwg.org/fix/ तपाईँले निःशुल्क टुल डाउनलोड गरी बनाउन सक्नुहुन्छ।

तपाईँले आफ्नो कम्प्युटर यी साइटबाट पनि चेक गर्न सक्नुहुन्छ
http://bit.ly/Mcafee-checker
http://bit.ly/qualys-checker

गुगल र फेसबुकले पनि आफ्नो साइट लग इन गरेका संक्रमित कम्प्युटरहरुलाई यसबारे जानकारी दिने काम गरिसकेको छ।

ह्याकरहरुले विश्वभरका ५ लाख ७० हजारभन्दा बढी कम्प्युटरलाई आफ्नो नियन्त्रणमा लिएका थिए। माइक्रोसफ्ट विन्डोजको अपरेटिङ सिस्टममा भएको कमजोरीको फाइदा उठाउँदै उनीहरुले ती कम्प्युटरहरुमा विभिन्न सफ्टवेयरहरु इन्सटल गरेका थिए। यसले एन्टिभाइरस अपडेट अफ मात्र गरेन, इन्टरनेटको डीएनएसलाई समेत बिगारिदिने काम गर्‍यो।

अमेरिकामा सबैभन्दा बढी ८५ हजार कम्प्युटर यसबाट प्रभावित भएको भनिएको छ। २० हजारभन्दा बढी कम्प्युटर प्रभावित भएका देशहरुमा इटाली, भारत, इंगल्यान्ड र जर्मनी छन्। त्यसैगरी स्पेन, फ्रान्स, क्यानाडा, चीन र मेक्सिकोका कम्प्युटर पनि प्रभावित भनिएको छ। तर माथिको लिङ्कमा चेक गर्दा हरियो आएको छ भने ढुक्क हुनुस्, केही हुने छैन।

थप जानकारीका लागि
Last chance to remove DNSChanger virus before web access is cut (CBC News)
DNSChanger Deadline is Monday. Are You Ready? (PC Mag)
How to test your computer for DNS Changer Malware (Los Angeles Times)

http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.sfgate.com/cgi-bin/article.cgi?f=/n/a/2012/04/20/national/w110653D95.DTL

18 thoughts on “सावधान, सोमबारदेखि इन्टरनेट नचल्न सक्छ”

  1. ganesh limbu says:
    July 9, 2012 at 8:55 pm

    हा हा . मेरो पनि हरियो सिग्नल /धन्यबाद

    Reply
  2. Rajesh Bahadur Chand says:
    July 9, 2012 at 3:29 pm

    मेरो पनि हरियो आयो

    Reply
  3. Nir jang Godar Thapa says:
    July 9, 2012 at 1:48 pm

    हा हा मेरोमा पनि हरियो सिग्नल हुर्रे ……………..

    Reply
  4. Ashok Khadka says:
    July 9, 2012 at 9:11 am

    खै मेरो कम्प्युटरमा त यो साइट नै खुलेन… कत्ति खोल्न प्रयास गरे खुल्दै खुलेन लौन के गर्ने होला सुझाब पाउन साथीहरु ………….

    Reply
  5. शिब महतो says:
    July 8, 2012 at 5:29 pm

    सालोक्यजीलाई धेरै धेरै धन्यबाद जानकारी दिनु भएकोमा ।

    Reply
  6. Tara says:
    July 8, 2012 at 2:24 pm

    मेरो पनि ग्रीन आयो ! खै त रेड आको त कसैको नि छैन त… धन्यवाद

    Reply
  7. sanu says:
    July 8, 2012 at 11:44 am

    सालोक्य जी जानकारी दिनु भएकोमा धेरै धेरै धन्यबाद /

    Reply
  8. krish lama says:
    July 8, 2012 at 7:52 am

    मेरो त ग्रीन सिंगल रहेछ
    खुशी लाग्यो तपाई को नी ???

    Reply
  9. ryan says:
    July 8, 2012 at 7:08 am

    कम्प्युटर बिग्रिएर के नै हुन्छ र मस्तसंग टीबी हेर्नुपर्छ.फेसबुक ले त आराम पाउछ.. फेसबुक छोडेर टीबी हेर्दा घरका मान्छे पनि खुसि हुने …………..आनन्दै हुन्छ. ………..

    Reply
  10. बिस्वाश says:
    July 8, 2012 at 3:16 am

    मार्च ८ , २०१२ मा नै शट डाउन गर्ने तय भए पनि सबैले बेलैमा आ-आफ्नो कम्प्युटरको malware हटाओस भनेर जुलाई ९ , २०१२ सम्म मौका दिएको हो | अब यो अबधि सम्म पनि कोहि कानमा तेल हालेर सुत्छ भने mysansar ले जति नै ब्लग लेखे पनि र FBI ले जति नै alert गराएपनि के हुन्छ | एउटा उखान छ नि ……राम राम भन्न सकिन्छ ..काँध थाप्न सकिन्न |

    Reply
  11. सबिन राज says:
    July 7, 2012 at 11:52 pm

    मेरो पनि हरियो आयो ,,,भने पछी मेरो ल्यपतोप पर्फेक्ट छ हैन त …

    Reply
  12. rakesh manandhar says:
    July 7, 2012 at 10:46 pm

    मित्र हो मेरो त हरियो सागसब्जी देखायो .तपाईं हरु होश गर्नु होला है thanks mysansar
    जे गणेश
    राकेश
    lisbon

    Reply
  13. keshar says:
    July 7, 2012 at 8:31 pm

    मेरो पनि ग्रीन नै आयो.

    Reply
  14. Resham says:
    July 7, 2012 at 4:38 pm

    लौ है मित्र हो मेरो त हरियो नै आयो .डर मान्नु परेन. तपाइको कस्तो आयो नि? बेलैमा होस् पुराउनु राम्रो .

    Reply
  15. Prithak says:
    July 7, 2012 at 4:34 pm

    ल्याप्तोप मात्र बिग्रिने कि इन्टरनेट कोनेक्शन मा प्रोब्लेम आउने हो ? यदी ल्याप्तोप मात्र भाएरस ले बिगार्ने भए त अर्को मा पनित चलाउन मिल्लानी / अनि कसरि इन्टरनेट अक्सेस नहुने हो त ?

    Reply
    1. bibek says:
      July 7, 2012 at 9:44 pm

      हरियो आको मा चलाउन मिल्छा …

      Reply
    2. Sisir says:
      July 8, 2012 at 1:17 pm

      It’s not about laptop , desktop , palmtop , Notebook whatever .. The issue is that the “DNS changer” Malware (not virus) will attack the OS and other software installed in your PC and causes it to malfunction … Which might cause internet connection problems…
      And of-course if your other PC is not infected by this Malware u can certainly use internet there …
      Cheers n kudos !!!

      Reply
  16. रोशन बाबु says:
    July 7, 2012 at 1:40 pm

    ओहो हरियो आयो !! 😀

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme