– नुमा रिजाल –
नेपाल सरकारले मुलुकभरि मदिरा बिक्री–वितरणका लागि इजाजतपत्र धमाधम दिइरहेका बेला रुकुमका दुई गाविसका महिला भने त्यसलाई निरुत्साहित गर्न लागिपरेका छन्। गाउँमा मदिराजन्य पदार्थले व्यापकता पाउनुका साथै विभिन्न सामाजिक विसङ्गतिका घटना बढ्न थालेपछि महिलाले मदिरा निषेधित क्षेत्र घोषणा गरेका हुन्। रुकुमको सदरमुकाम खलंगादेखि १४ कोस टाढा उत्तरमा पर्ने आठबिसकोट गाविसका ३, ४ र ५ वडाका महिला आपसमा मिलेर गाविसका तीनवटै वडामा मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन्। साथै ती गाउँमा जुवातास, जाँडरक्सी तथा अन्य सामाजिक कुरीति निषेधित गरिएको छ। तीनवटै वडाका महिलाद्वारा गठित जुवातास तथा मदिरा नियन्त्रण महिला मूल समूहले गाउँमा एक कार्यक्रम गरी ती ठाउँलाई जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो।
जुवातास तथा मदिरा नियन्त्रण महिला समूहकी अध्यक्ष खली बुढाका अनुसार तीनवटै वडालाई जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गर्दा सबैले स्वागत गर्नुका साथै ऐक्यबद्धता जनाएका थिए। ७८ वर्षीया मनसरा बुढाले गाउँका महिलाको यस्तो कार्य देखेर आफू जिन्दगीमै सबैभन्दा खुसी भएको बताइन्। त्यस्तै, विष्णु बोहोराले महिलाको यस्तो कामले आफूहरूलाई पनि केही चेतना भएको जनाए। आठबिसकोट– ४ का ५८ वर्षीय दलबहादुर बुढाले महिलाको अभियानलाई सहयोग गर्दै अब सधैंका लागि जुवातास र जाँडरक्सी छोडेको घोषणा गरेका छन्। उनले अहिलेसम्म आफूले जुवातास तथा जाँडरक्सीमा करिब १२ लाखजति खर्च गरिसकेको बताए। यसैगरी मावि दाँजेका शिक्षक नवराज बुढाले महिलाको यस्तो कामले शिक्षित युवालाई चुनौती दिँदै नयाँ पाठ सिकाएको बताए। गाउँलाई मदिरा तथा जुवातास नियन्त्रण गरी सभ्य गाउँ बनाउनका लागि यस्तो कार्य गरिएको महिलाले बताएका छन्।
गाउँलाई जुवातास तथा मदिरा निषेधित क्षेत्र बनाउनका लागि तीनवटै वडाका महिलाले माइकिङ गरेर गाउँलाई सभ्य र स्वच्छ वातावरणमा राख्न नाराजुलुससहित गाउँ परिक्रमा गरेका थिए। पछिल्लो समयमा गाउँमा मदिराजन्य पदार्थ व्यापक रूपमा भित्रिनुका साथै त्यसको सेवनले गाउँमा झगडा, लुटपाट तथा महिला हिंसा बढेकाले यसको नियन्त्रणका लागि यो कदम चालिएको जुवातास तथा मदिरा नियन्त्रण महिला समूहकी अध्यक्ष खली बुढाले बताइन्।
गाउँका युवा काममा भन्दा जुवातास र जाँडरक्सीतिर लागेकाले युवालाई कुलतबाट बचाउन पनि त्यत्तिकै जरुरी थियो। महिला समूहकी उपाध्यक्ष देउकी बुढाका अनुसार गाउँमा जुवातास तथा जाँडरक्सीले पुरुषबीच मनमुटाव र झगडा त हुन्थ्यो नै, रक्सी खाएर श्रीमती पिट्ने र आमासँग झगडा गर्नेको सङ्ख्या पनि धेरै थियो। रक्सी र जुवातासमा उडाउने पैसाले त घरको अन्य गर्जो टर्न थालेको छ।
महिलाको यस्तो काममा पुरुषले सहयोग नगरेका भए यो कुरा सम्भव थिएन। आठबिसकोट– ४ का युवा उज्ज्वल बीसीका अनुसार महिलाको यो अभियानले गाउँको इज्जत नै बढाइदिएको छ। सुरुसुरुमा यस्तो काम सफल होला र? जस्तो लागेको भए पनि अहिले व्यवहारमै लागू भएको छ। महिलाको प्रयासका कारण अहिले पूरै गाउँ सभ्य ठाउँमा परिणत भएको छ। अहिले गाउँमा जाँडरक्सी बनाउन पनि पाइँदैन। जुवातास खेल्न नपाइने तथा यदि कसैले ती वडाहरूमा जुवातास, जाँडरक्सी तथा अन्य सामाजिक विसङ्गति बढ्ने कार्य गरेको पाइएमा पाँच हजारदेखि १० हजारसम्म जरिवाना गरिने समूहले निर्णय गरेको छ। चाडवाड, विवाह, उत्सव, भोज तथा अन्य कार्यक्रममा पनि मदिरा खान तथा जुवातास खेल्न पाइँदैन। जुवातास तथा मदिरा नियन्त्रण समूहकी सचिव सीता महताराका अनुसार गाउँमा कुनै पनि बहानामा जुवातास वा मदिराजन्य सेवनमा छुट दिए बानी पर्दै जाने भएकाले यसप्रकारले निषेध गरिएको हो। यो अभियानको प्रमुख उद्देश्यचाहिँ घरेलु हिंसा नियन्त्रण नै हो।
जिल्लामा मदिरा सेवनपछिको पीडा यति छ कि केही समयअघि पिठ्युँमा साना बच्चा बोकेका एक दर्जनभन्दा बढी महिला जिल्लाको अति दुर्गम गाविस जाङबाट तीन दिन हिँडेर सदरमुकाम आइपुगे। तिनमा प्रायः सबै बच्चा बोकेका र दुईजना उमेरले ६० पुगेका वृद्धा पनि थिए।
गाउँमा विकृतिका घटना बढ्दै गएपछि रोकथाम गर्न दर्ता गर्ने उद्देश्यले उनीहरू सदरमुकाम खलंगा आइपुगेका थिए। रुकुम जाङ गाविसका ती महिलाले सदरमुकाममा समूह दर्ता गरे। जुवातास खेल्ने, श्रीमती कुट्ने, दोस्रो बिहे गर्नेलगायतका विकृतिबाट वाक्कदिक्क भएपछि यसविरुद्ध केही गर्ने अठोटले आफूले संस्था दर्ता गरेको उनीहरूले बताए। …हामीले आवाज उठाउँदा हामीलाई समेत अन्याय भयो, अब संस्था दर्ता गरेर हामी सबै अगाडि बढ्छौँ,’ ६ महिनाको बच्चा बोकेर सदरमुकाम आएकी जाङ गाविस– ९ कि निशा रोकायाले भनिन्। उनका अनुसार असल समाजका लागि महिला जागरण केन्द्र नामको संस्था जिल्ला प्रशासनमा दर्ता गरिएको छ। सदरमुकामबाट तीन दिनको पैदल यात्रा गर्नुपर्ने निकै दुर्गम गाविस जाङमा कुनै पनि सङ्घ–संस्थाहरूको पहुँच रहेको छैन। संस्था दर्ता गरेर सभ्य समाजको निर्माणका लागि सुधारमूलक काम गर्ने सोच राखेका महिलाले सबैसँग सहयोगको आग्रहसमेत गरेका छन्।
पहिला त संस्था दर्ता कहाँ गर्नुपर्छ भन्ने आफूहरूलाई जानकारीसमेत नभएको बताउँदै संस्थाकी अध्यक्ष निशा रोकायाले भनिन्, ‘संस्थाका लागि भनेर सदरमुकाम त आइयो, कहाँ जाने, के गर्ने केही थाहा थिएन। सबै ठाउँ घुमेर थकित भएपछि युवा संवाद केन्द्रमा पुग्यौँ, केन्द्रका अध्यक्ष खड्गबहादुर डाँगीले संस्थाको विधान निर्माणका लागि सहयोग गर्नुका साथै संस्था दर्ता गर्ने काममा ठूलो सहयोग गर्नुभो, हामीलाई त संस्थाका लागि विधान चाहिन्छ भन्ने पनि थाहा थिएन।’
उमेरले ६० पुगेकी रामकली रोका पनि महिलाको अभियानमा साथ दिन हिँडेर सदरमुकाम आएकी हुन्। उनले भनिन्, ‘समाज धेरै बिग्रियो, अब त केही गर्नैपर्छ जस्तो लाग्यो, त्यही भएर आएकी।’ धेरै युवा बिग्रिए, शिक्षक पनि विद्यालयमा तास खेल्छन्, शिक्षकले नै जाँड खाएर हिँडेपछि अरूले सिक्ने नै भए, छोरीबुहारी कुटिने त्यत्तिकै।
जाङकी लक्ष्मी रोकायाका अनुसार यसभन्दा अगाडि उनीहरूले समाजमा महिला समूह गठन गरेर काम गरिरहेका थिए। तर, वैधानिकता नभएको भन्दै सबैले विरोध गरेपछि वैधानिक रूपमा संस्था दर्ता गर्न सदरमुकाम खलंगा आएका हुन्। जाङ– ९ की जुनकुमारी गुरुङले जुनसुकै जात, थर र समुदायका भए पनि महिलाका समस्या उस्तैउस्तै भएकाले विकृति रोक्न सामूहिक प्रयास आवश्यक ठानेर संस्थामार्फत काम गर्न लागेको बताइन्। संस्थामा सहभागी भएर सबैभन्दा पहिला उनीहरू घरेलु हिंसा रोक्न चाहन्छन्, महिला पनि पुरुषजस्तै मान्छे नै हुन् भन्ने कुरालाई स्थापित गराउन चाहन्छन्। साभार : संचारिका फिचर सेवा
(नुमा रुकुममा कार्यरत पत्रकार हुन्)
[जाँड रक्सीले समाज बिग्रिएको तपाईँले पनि प्रत्यक्ष देख्नुभएको छ कि ? आफ्नो अनुभव सुनाउनुस्। महिलाले थालेको यस्तो मदिरा निषेधित क्षेत्र अभियानबारे तपाईँको धारणा के छ ? आफ्नो विचार तल कमेन्टमा संक्षेपमा लेख्नुहोला।]
रक्सि को हक मा उमेर ,समय ,ठाउ , र अबस्था लाइ हेरेर नियम बनाउ ,लागु गरौ ,कानुन मानौ सबै ठिक हुन्छ \ खानै नहुने चिज होइन यो मात्र तरिका र मात्रा पुराउन सक्नु पर्यो \ यो जात ,धर्म ,सस्कार,स्वास्थ्य संग जोडिएको पाइन्छ \ फाइदा भन्दा बेफाइदा बढी भैरहेको रक्सि सेवन माथि शिक्षा र नियन्त्रण आबस्यक छ भने तास खेल्ने ,खेलाउने बिषय मा पनि समय ,ठाउ ,उमेर ,सिमा तोकेर कडाइका साथ् खेल्ने ,खेलाउने र प्रशाशन ले रेखदेख ,सजाय गर्दा राम्रो होला \ पिकनिक ,बिहे ,दशैँ ,तिहार जस्ता उत्सव जस्ता दिन हरु संग जोडिएको यो बिषय रमाइलो भन्दा पनि अपराध र झैँ झगडा बढ्ने र हुने अबस्था नआओस बस \
केहि समय अगाडी येस्ता कार्य क्रमहरु माओबादीले पनि ल्याएको थियो . केहि समय चर्चा पनि पायो. कतिले ज्यान गुमाउन बाद्य भए भने कतिलाई पिटेर सदाको लागि असक्त पनि बनाइयो . मैले कुनै बेला आफु लाइ बिर्सदा भने कथा पड्दा अचम्म मान्थे तर त्यो कथा नभएर बास्तबिक्ता रहेछ . खोइ उनीहरुका ति बिचार र कार्यक्रमहरु ? कसले चोर्यो वा खोस्यो ? बिसाल बिजय संगै उनीहरुका सबै येस्तई येस्तई कुराहरु घाइते भए. आज आएर बिदेशी रक्शी, देश को पैसा र तरुनिहरुको साथमा क्यासिनो को रंगमंच रमाइरहेका ति थोपडाहरुले हिजो गाउको झुपडीमा रक्शीको घैटो फोरेर परिवारहरुलाई हातपात गरेको सम्झनु पर्छ कि पर्दैन ? महिलाहरुले सुरु गरेको कामको सफलताको कामना गर्दछु तर माओबादीले जस्तो सुधार र बिकासको नाममा सबैको जिबन माथि विपति ल्याउने काम चाहि गर्नु हुँदैन
अब चाही घर कै बुढी संग पनि डराउने पर्ने भो है साथीहरु…हाहाहा
छोटकरीमा भन्ने हो भने , ” थोरै पिए पुष्ट . अनियन्त्रित धेरै खाए दुष्ट ” .तर सबै भन्दा गाह्रो र चुनौती नै यहाँ नेर छ कि ठिक्क मात्रा थाहा पाउने कसरि अनि १२ नै महिना त्यस अनुसार सेवन गर्ने कसरि ,
ठ्याम्मै नखाने पनि सजिलो , किनकी स्वाद नै थाहा छैन भने के को सकसक होला .
फेरी,सित्तै पाए एक माना पनि खाने , आफैले तिर्नु परे नखाए पनि चल्ने मान्छे पनि होलान.
मुख्य कुरो , बानी नै न लगाउने बेश , सकिन्न भने साप्ताहिक वा दैनिक ३० देखि ६० एम एल सम्म पिउनु स्वास्थ्य निम्ति लाभदायक हुन्छ भनेर डाक्टर हरु बताउनु हुन्छ .
निषेध होइन नियन्त्रण गर्नु पर्ने हो! निषेध गर्नु राम्रो होइन! यसलाई कडाइका साथ् नियन्त्रण गर्नु राम्रो हुन्छ!
मध्यपान नियन्त्रित र सहि सदुपयोग भयमा शारीरिक स्वास्थ र सामाजिक मनोरंजन को लागि लाभदायक मात्र होइन सामाजिक र पारिवारि आर्थिक जीवनमा पनि सकारात्मक भूमिका खेल्न सक्छ! तेस्को लागि यसलाई हामीले सकारात्मक ढंगले हेरी सकारात्मक तरिकाले सहि प्रयोग उत्पादन र खपत हुनु जरुरि छ!
बरु तेस्तै छ भने तेस्मा बिबिध तरिकाले कडाइ र अनैतिक प्रयोजनमा बर्जित गर्न सकिन्छ!
समयको पावन्दी लाउन सकिन्छ!
– बेलुकी ५ बजे देखि ९ बजेसम्म बिक्रि वितरण र ११ बजेसम्म खपत (खाना पाइने) गर्दा उचित हुन्छ
– खरिद वा सेवन गर्न उमेरको हदबन्दी तोकिनु राम्रो हुन्छ!
– उत्पादनमा वितरण मा नियन्त्रित पावन्दी लगाउनु उचित हुन्छ! जस्तो कि कुन कुन ब्रान्ड कति प्रतिशत रक्सि भयको वा घरेलु उत्पादनमा गाविसले आफ्नै लाइसेन्स र बिक्रीको सर्टिफिकेट दिने! निश्चित स्थानमा बिक्रि र निश्चित स्थानमा उपभोग!
– व्यक्तिगत, पारिवारिक, सामुहिक प्रयोगमा सिमा!
– अवसर वा आबस्यकता आदि कुरा मा बिचार गरि नियन्त्रित छुट, जस्तो कहिलेकाही बिहेबारी वा कुनै चाड पर्ब मा यसको निकै आबस्यक हुन सक्छ! कहिले काही कुनै अबस्थामा उपचार हेतु प्रयोग गरिन सक्छ!
यी आदि कुरा हेरी बिचारी यसलाई नियन्त्रित ब्याबस्थिग गर्नु राम्रो हो ना कि प्रतिबन्ध निषेध र बर्जित गरिनु!
यदि कुनै पाहुना आयो वा कुनै पर्यटक घुम्न आयो तिनीहरु आफ्नो भ्रमण मा थकाइ मेटाउन वा मनोरंजन गर्न केहि हल्का फूलका मध्यपानी गर्न चाहन्छ, तिनीहरुलाई के गर्ने? यो कुरा सो गाउको आयश्रोत र कुनै परिवारको आम्दानि पनि त् हो? पर्यटक वा पाहुना सो गाउमा रक्सि बर्जित रहदा तेहा फेरी नआउने वा अर्को नजिकको गाउ बस्न जाने कारण पनि हुन सक्छ यो निषेध!
कतिपय अबस्थामा तेही गाउको मान्छे आफ्नो घर गाउमा आफुलाई खान मन लागेको मनले मागेको अलिकति रक्सि पनि खाना निषेध हुदा पल्लो गाउ पुग्ने सल्किने पनि हुन सक्छ!
अनियन्त्रित र दुरुपयोग लाइ नियन्त्रण गरि सदुपयोग गर्न ब्याबस्थित गरिनुपर्छ नाकी तेस्लाई पूर्ण निषेध गरि बर्जित गरि महानता देखाउने! यसकिसिमको कार्यले अप्रत्यक्ष दुरगामी नकारात्मक असर राखेको हुन्छ समाजलाई तेसैले यसलाई मा पूर्ण जायज भन्न सक्दिन र भन्दिन!
यी गाउको वा कहिको पनि कुनै पनि समुहले गरेको यस किसिमको कार्यमा मेरो बिरोध त नभनौ तर असहमति छ! मा राम्रो भन्न सक्तिन किनकि यो राम्रो हो भन्ने मलाइ लाग्दैन!
तेसैले ति गाउ जहा प्रतिबन्ध छ र गरियको छ उनीहरुलाई सल्लाह दिन चाहन्छु!
यी कुरालाई नियन्त्रण गर्नुस ब्याबस्थित गर्नुस र सहि प्रयोजनको लागि उत्प्रेरित गर्नुस!
प्रतिबन्ध नगर्नुस!
माप्से, चुपसे, घुप्से हरु नै नेपाल विकास को नमुना लाएक उदाहरण संसारभरी फैलिएको छ / नेपाली राजनीतिज्ञ, पार्टी हरु का बहुसंख्यक सदस्य हरु यहि भुमरी को संजाल फिजाएर खर्ब पति, ठुला नेता, अन्तेर्रस्त्रिया ब्यापारी अनि के के हो के के भएका छन्/ नेपाल मा मापसे, घुपसे, र चुपसे, नेपाली हरु लाइ संसारकै दुखि गरिब बनाउने कालकुट बिख हो/ एसको फाइदा ५-७% प्रतिसत अपराधी हरुले लियेकाछां (यी अपराधी हरुमा हामीले नै देखेका ठुला भनाउदा हरु, गाउका बढे नेता, सरकारी अदाका हाकिमहरु, सुरक्छ्या का हाकिमहरु, मन्त्रीहरु, बिदेसी बदेहरु, )/ थोरै मात्र राम्रा मानिस हरु हाम्रो विद्यालय, सरकारी कार्यालय, प्रहरी, सेना, मन्त्रालय, ब्यापार, अस्पताल,क्लिनिक, धर्मसाला, आदिमा छन्/ तर थोरै राम्रा मानिस ले केहि गर्न सक्दैनन्/ उनि हरु लाइ निकै दरिलो सहयोग को आबसक्यता पर्छा/
तेसै ले मेरो बिचारमा महिला हरु को यो कार्य धेरै राम्रो छ / एस्लाई कसरि दिर्घ कालिन रुपमा नेपाल को चारैतिर पुरायुने हो/ हामि ले यो कुरा लाइ सफल बनाउन सिक्छ्या,आयेमुलक काम, युबा, केटाकेटी, बृध हरुको सहयोग सबै चाहिन्छा/ नेपाल बाहिर र भित्र छरिएर बसेका नेपाली हरुको आबस्यकता पर्दछा/ येस्मा कुनै जात, जाति, धर्म, राजिनित्क पार्टी बिसेसको कुरा नभई नेपाल र नेपाली को नाममा काम भएमा सबै सहयोगी हरु एक ठाउँ मा उभिन सक्छन/
धन्यबाद
मान्दिन
खानु पिउनु खेल्नु मेरो जन्म सिद्ध अधिकार हो ! त्यसमा कसैले प्रतिबन्ध लगाएर लाग्छ हुन्छा हुमन राइट भनेको ति महिला हरू लै थाहा रैना छ
यो तिनै गाबिस का आमा समूह लाई हामी धेरै जना बाट हार्दिक धन्न्यबाद साथै सलाम गर्दछौ ! एकदमै राम्रो नमुना कार्य गर्नु भएको छ र यसलाई अझ निरन्तरता दिदै हुन सकेमा अझ प्रगति गर्दै जा-उन ! कुनै कसै लाई अल्कोहल/जाड-रक्सि नभई नहुने खालको छभने, दिशाको लेदो बनाएर मिसाउने अनि सबैजना मिलेर खुलाई दिने, हुनत यो कार्य सजिलो छैन, र-पनि !
खुसीको कुरा हो ! नेपाली महिला हरुले पहल गरेको मा मा धन्य मान्दछु, जय महिला संगठन,, ल देखैदेउ त तोरीको फुला अब जांड, रक्सि, जुवा तास खेल्ने हरुलाई.. तिम्रो हात मा नै छ नेपाल अब.. जन्माउने पनि तिमी नै हौ, अब यसको अन्त्य पनि तिमी नै गर.
फेरी २०५२ साल फर्केर नेपालीको जीवन मा न आउस यहि मेरो आकांक्षा छ मेरो नेपाल र नेपाली प्रति..
केहि समय अगाडी येस्ता कार्य क्रमहरु माओबादीले पनि ल्याएको थियो . केहि समय चर्चा पनि पायो. कतिले ज्यान गुमाउन बाद्य भए भने कतिलाई पिटेर सदाको लागि असक्त पनि बनाइयो . मैले कुनै बेला आफु लाइ बिर्सदा भने कथा पड्दा अचम्म मान्थे तर त्यो कथा नभएर बास्तबिक्ता रहेछ . खोइ उनीहरुका ति बिचार र कार्यक्रमहरु ? कसले चोर्यो वा खोस्यो ? बिसाल बिजय संगै उनीहरुका सबै येस्तई येस्तई कुराहरु घाइते भए. आज आएर बिदेशी रक्शी, देश को पैसा र तरुनिहरुको साथमा क्यासिनो को रंगमंच रमाइरहेका ति थोपडाहरुले हिजो गाउको झुपडीमा रक्शीको घैटो फोरेर परिवारहरुलाई हातपात गरेको सम्झनु पर्छ कि पर्दैन ? महिलाहरुले सुरु गरेको कामको सफलताको कामना गर्दछु तर माओबादीले जस्तो सुधार र बिकासको नाममा सबैको जिबन माथि विपति ल्याउने काम चाहि गर्नु हुँदैन.
यसमा चाहि मेरो पनि १००% समर्थन छ | जुवातासले घरजम बर्बाद भएको र उठिवास भएको देखेको छु | रक्सीले आफन्त र इस्टमित्र साथीभाईहरु सिद्दिएको यै आखाले देखेको छु | तर पनि मान्छे मा चेतना औउदैना किन होला त्यो चै मा पनि भन्न सकिदैन |
देशका अरु ठाउँमा पनि महिलाहरू मापसेविरुद्ध लागेको सुनिएको थियो । अरु ठाउँमा पनि यसैगरी महिलाहरू मिलेर अघि बढ्नुपर्छ ।
जुवा तास, जाँड रक्सी नियन्त्रण गर्नु ठिक छ । औषधी वा आवश्यकताको हिसावले घरमा आफ्नै श्रीमतीबाट लोग्नेलाई वा त्यस्तै घर परिवारवाटै अनुमति प्राप्त सिमा सम्म घरमै प्रयोग गर्नु, तास जुवाको कुरा गाउँ घरमा प्राय समय काट्न मनोरञ्जनको हिसावले आर्थीक कुरालाई गौण राखी खेलीनु, घरको काम कार्य र समयलाई ख्याल गर्ने गरिएको छ छैन वा घरका कुनै पनि सदस्यवाट विरोध छ कि छैन ख्याल गरेर केही हदसम्म छुट हुनु पर्दछ । गाउँ घरमा फूर्सदको समय मनोरञ्जनका साधन के के उपलव्ध छन् ? यसलाई पनि ख्याल गर्नुहोला है ।
सर्ब प्रथम त दिदिबहीनिहरुलाई धन्यबाद अनि सफलताको शुभ कामना।
२०५४ ५५ साल तिर तत्कालिन माओबादिले गाउँघरमा हुने बिक्रिति बिसंगति बिरुद्ध भाटे कार्बाहि गरेर नियंत्रण गरेको थियो।राम्रो कामको प्रसंशा हुनै पर्छ तर खहिले माओबादीहरु आफै दूर्गन्धित भैसकेका छन ता पनि गाउँमा चेतना जागृत गरेको चै मान्नु पर्छ।महिलाले चलाएको यो अभियाँनको जति प्रशंशा गरेपनि कमै हुन्छ।अर्काले गरेको राम्रो कामको पनि बिरोधै गर्नुपर्छ भन्ने राजनैतिक सस्कार फैलाउदै गरेका पार्टिहरुको पार्टिगत सोच भन्दा माथि उठेर एकजूट भै रहने होभने सफल हुन्छ।यो खभियान देशभर फैलियोस।
यो राम्रो र समाजलाई चाहिने काम हो. यो मा प से =मादक पदार्थ सेवन . चु प से =चुरोट पदार्थ सेवन , घु प से =घुस पदार्थ सेवन लाई देश भरि बाट नै हटाई दिनु एकदम राम्रो र आवश्यक कुरा हो कि कसो ?
“चु प से “हैन “चु से” हो मित्र
घु प से चै देशकै महामारी हो .. येस्तालई देश निकाला सारै राम्रो हो ..
रुकुमका महिला दिदि बहिनिलाई सबैको सहयोगको जरुरत छ …
शुभकामना र बधाई ति कर्मबिर महिलाहरुलाई ..
महिला ले चाहेमा गर्न न्सक्ला भन्न सकिन्न गरिन्छ पनि तर तेस्मा पुरुसहरुले पनि साथ दिनुपर्छ! तर डाक्टरहरुको भनाइ अनुसार मानब शरिर को लागि अल्कोहल चाहिन्छ भन्छन अल्कोहल शरिरको लागि चाहिन्ने एक तत्वों पनि हो ! जब मानिस बिरामिहुंछ, डाक्टर ले निको होस भनेर औषाधी दिन्छ, ती सबै औषाधीमा अल्कोहल लेखेको हुन्छ !जाड रक्सी उन्मूलन गाबिस गोसन गर्नु बेकार हो बोली कुनै अर्को जिल्लाको मान्छे भिजिटर बनेर जाद एउटा घरमा भेटेमा अज घोषण गरेको साथिहरुको इजेत नजाल भन्न सकिन्न !!!
अवश्य पनि सोच्नु पर्ने विषय हो , तर दुवै तिरबाट . मतलब १००% बन्द पनि व्यवहारिक हुन्न , खुल्ला पनि हुन्न . जसरि विभिन्न लागू औषधिहरु सबैको लागि खुल्ला छैन , त्यस्तै
अल्कोहल पनि आवस्यकता हेरी नियम बनाउनु पर्छ .
अति राम्रो सुरुवात….! यो महिला समुहमा कुनै राजनीतिक ढलको गिद्देदृस्टी नपरोस !
महिला पनि पुरुष सरह नै हो भन्ने भावनाको बिकाश गर्नलाई भने गाउका महिलाले पनि आयमुलक काम गर्नु जरुरि हुन्छ ! यो महिला समुहलाई उत्तरोत्तर प्रगतिको कामना !
हृदयदेखीनै “सलाम ति आमाहरु, दिदीबहिनीहरुलाई”, यस्तो उदाहरणीय कार्यको थालनी तथा सफलतको लागि l हामि सबै नेपालीले उहाहरुबाट सिक्न सकौं l
देशका हरेक ठाउंहरु मदिरा तथा अन्य खराब कुलतहरु बाट पिडित छन् l यसबाट सबै भन्दा पिडित महिलाहरुको पीडालाई शब्दमा लेखेर बर्णनै गर्न सकिदैन l
अहिले पैसा कमाउने सबै भन्दा छिटो व्यापार भयेको मानिन्छ, मदिराको व्यापारलाई l सरकारले यसलाई निरुत्साहित गर्न निसेदात्मक भन्दा निराकरणात्मक नीतिहरुको अबलम्बन गर्नुपर्छ, जस्तै –
१. मदिरा व्यापार गर्नको लागि उच्च शुल्क सहित license अनिबार्य
२. उक्त license बर्सेनि उच्च शुल्क सहित नबिकरण गर्नुपर्ने
३. मदिरा उत्पादन, आयात तथा निर्यातमा उच्च कर
४. उत्पादक तथा ब्यबसायीको बार्षिक मुनाफामा उच्च कर
५. मदिरा सेवन गर्दा मदिरा सेवकलाई उच्च सेवन कर
६. मदिरा उत्पादन, ब्यबसाय तथा उपयोग गर्ने निश्चित क्षेत्र तथा ठाउंको व्यवस्था
७. उत्पादक तथा वितरकलाई कन्टेनर/प्याकमा प्रयोगका कारण हुने हानि (Health related harms, in words as well as in picture) उल्लेख गर्नुपर्ने
आशा गरौ, हामीले सबैले सोचेजस्तै नया नेपाल भयो भने माथिका कुराहरु आंशिक रुपमै भएपनि देख्न पाइएला l
एउटा काल्पनिक आदर्श र अप्रजातान्त्रिक समाज बाहेक जस्तै सभ्य समाजमा पनि जाँड रक्सि र जुवा तासले स्थान पाएको देखिन्छ फरक यति मात्र हुन्छ कि सभ्य समाजमा ब्यबस्थित हुन्छ भने असभ्य समाजमा छाडा | हो, यदि ति महिला समूहले चाहेमा स्थानीय प्रसासन संग मिलेर यी कार्यहरुलाई ब्यबस्थित गरेर उदाहरण कायम गर्न सक्छन | तर यस्तो नहोस कि घरको काम काज धान्दै जुवा तासमा रमाउनेहरु घरको काम काज नै हर्जाना गरेर अर्को गा बि स वा अनुकूल ठाउँमा गएर त्यहि कार्य गरेको देखियोस | कारण हामीले सुन्दै भोग्दै आएका कुरा के हुन् भने हुने-खाने तथा यस लतमा लागेका हरु जुवा तास र जाँड रक्सीको लागि कहाँ कहाँ सम्म धाउने गर्दैनन् ???
यो एउटा देस र समाज को लागि सुरुवात मात्र हो यसै गरि देस भरका आमा दिदि बहिनि हरु जागरुक भए नेपाल बेचिन बाट बच्थो कि , लोग्ने मान्छेलाई दलाली नेताको घर घर दुल्दैमा समय जान्छ होला
कसो ?????????????????
चिरन्जिब
कैलिफोर्निया उस
नुमाजी,
जुँगाको मात्र बखान गर्नुभो, मुखको बारेमा त केहि बोल्नु भएन ! खाने मुखलाई जुंगाले छेक्ला र भन्या ? 🙂 तरपनि महिला सक्रियताको म कदर गर्छु !
होइन हाम्रो समाज कता जादै छ युवा हरु सबै नकारात्मक बाटो मा लाग्दैछन न सरकार ले एसको बारेमा सोचेको छ न समाज ले नै ….सिमित business man हरु को फाइदा को लागि नेता ले चन्दा पौने आसमा गलत काम गर्दै छन् …देश मा भित्रियको remitancce सबै बिकाश मा लगानी नगरेर रक्सि चुरोट र तास मा सकिदै छ ….समयमा नै एस बारेमा सोच्नु पर्छः नत्र ढिलो हुन्छ है………………..
धेरै राम्रो काम महिलाबाट भएको छ, सबैले मिलेर आफ्नो गाउको सुरक्षा गर्न तैयार भए अवस्य सफलता पाइन्छ