Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अध्यागमनका पियन घुस्याहा ठहर

Posted on July 2, 2012July 2, 2012 by Salokya

तपाईँहरुलाई यादै होला, केही अघि अमेरिका उड्न लागेकी एक महिला डिचेन डोल्मा शेर्पालाई अध्यागमन विभागले दुःख दिएको घुस लिएको बारे मिडियामा आएका समाचार। आज विशेष अदालतले यो मुद्दामा फैसला गरी ती पियन पूर्णबहादुर बस्नेतलाई घुस्याहा ठहर गरेको छ। अदालतले उनलाई छ महिना कैद र एक लाख रुपैयाँको फैसला गरेको छ। उनीमात्र हैन, मुद्दा शाखाका कम्प्युटर अधिकृत माधव गौतमलाई पनि यही सजाय सुनाइएको छ।

फैसला पूरा पढ्नुस्-

प्रेस विज्ञप्ति नं. ८२

विशेष अदालत, काठमाडौंं
इजलास
अध्यक्ष मानीय न्यायाधीश श्री गौरी बहादुर कार्की
सदस्य माननीय न्यायाधीश श्री आमप्रकाश मिश्र
फैसला
सम्वत् २०६८ सालको फौ.नं. ९३–०६८–००१२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत गोपाल नेवार श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार….. वादी
विरुद्ध
पूर्णबहादुर बस्नेत, कार्यालय सहायक, अध्यागमन विभाग,
माधव गौतम, कम्प्युटर अधिकृत मुद्दा शाखा, अध्यागमन विभाग …….. प्रतिवादी

मुद्दा दायर ०६८।१२।२८

मुद्दा : – भ्रष्टाचार ( घूस रिसवत)

बहस गर्ने वकीलहरुः
सरकारी पक्ष उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल

प्रतिवादी पूर्णबहादुर बस्नेतबाट अधिवक्ता श्री हरिप्रसाद उपे्रती
प्रतिवादी माधव बस्नेतबाट अधिवक्ता द्वय श्री गोविन्द प्रसाद शर्मा र
श्री विशेश्वर प्रसाद गौतम

संक्षिप्त तथ्यः
श्रीमती डिचेन डोल्मा शेर्पा, नेपाली नागरिक, YY visa मा अमेरिका उड्न लागेकीमा तिब्बती शरणार्थीले पाउने भिसा पाएकाले शंका लागि त्रिविवि अध्यागमन कार्यालयले २०६८।६।२१ को राती उड्न नदिई अफलोड गरेको।
उड्न अनुमतीको लागि अध्यागमन विभागमा नेपाली नागरिक भएको आफ्नो प्रमाण सहित निवेदन दिएपछि सोही विभागका कार्यालय सहायक (पिएन) पूर्णबहादुर बस्नेतले आफूले मिलाई दिने भनी कुराकानी गरी शुरुमा १ लाख पचास हजार रुपैयाँ घूस मागेकोमा पछि १ लाखमा तय भएको।
एक लाख दिएपछि प्रस्थान अनुमती दिलाइएको र पछी अमेरिका उडेकी। प्र.पूर्णबहादुर बस्नेतले मुद्दा शाखाका कम्प्युटर अधिकृत माधव गौतमलाई समेत दिन भनी एक लाख रुपैयाँ लिँदाको भिडियो खिचेको र डिचेन तथा माधवसंग कुरा गर्दाको पटक पटकको अडियो समेतको रेकर्ड राखी अमेरिका पुगेपछि नेपालमा विभिन्न कार्यालय र क्षेत्रमा उजुर गरेकी। सञ्चार नेटवर्कहरुमा समेत राखिएको।
प्रतिवादी पूर्णबहादुर बस्नेत शुरुमा बिना खवर कार्यालयबाट भागेका। पछि पक्राउ हुने डरले अख्तियारमा हाजिर भएका। डिचेन डोल्मा शेर्पासंग भेटघाट भएको छैन र चिनेको नै छैन भनी शुरुमा अख्तियारमा बयान गरेका। अख्तियारले भिडियो क्लिप र टेलिफोन वार्ता सुनाई बयान गराउँदा कम्प्युटर अधिकृत माधव गौतमसमेतलाई पोल गरी पीडित डिचेन डोल्मासंग पैसा लिएकोमा सावित भएका।
कसूर आफूहरुले गरेको होइन भनी अदालतमा दुवै प्रतिवादी इन्कार भई बयान गरेका। डिचेनले खिचेको भिडियो फुटेजमा आफ्नो फोटो पूर्णबहादुर बस्नेतले स्वीकार गरेका र पत्नीको समेत मोबाइलबाट डोल्मासंग कुरा गरेको कल डिटेललाई निजलेे अन्यथा भन्न नसकेका। माधव गौतमसंग पनि एक अर्काको पत्नीको मोबाइलबाट बरोबर कुरा गरेकोलाई स्वीकार गरेका।
मिडियको भरमा, वेब साइटको भरमा, हल्लाको भरमा मुद्दा लगाएको, अमेरिकामा बसेर उजुरी दिएकी, तथ्ययुक्त रुपमा प्रमाणले पुष्टि नभएको, शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने फौजदारी न्यायको सिद्धान्तले नमिल्ने हुनाले मिडियाले लखेको भरमा मुद्दा लगाउने हो भने नेपालमा कोही पनि बच्दैन भन्ने जिकिर गर्दै दुवै प्रतिवादीले सफाइ पाउनु पर्दछ भनी प्रतिवादी पक्षका कानून व्यवसायीहरुले बहस गर्नु भएको थियो।

फैसलाः
प्रतिवादी पूर्णबहादुर बस्नेतको अधिकार प्राप्त अधिकारी समक्ष भएको प्र.माधव गौतमको निर्देशनमा १ लाख रुपैयाँ घूस, रिसवत लिएको भन्ने सावितीलाई पीडित जाहेरवाली डिचेन डोल्मा शेर्पाले प्रमाणको रुपमा पेश गरेको भिडियो फुटेजबाट निजले नगद समेत गनेको देखिएको र अडियो रेकर्ड लगायतबाट पीडतसंग बरोबर घूस रिसवत लिने सम्बन्धमा सम्पर्क गरेको समेतका प्रमाणबाट प्रतिवादी पूर्णबहादुर बस्नेत र माधव गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम रिसवत लिने कसूर गरेको ठहर्छ। सो ठहरेकाले सोही ऐनको दफा ३ (१) (घ) बमोजिम जनही कैद महिना छ र जरिवाना एक लाख रुपैयाँ हुने ठहर्छ।

सदस्य अध्यक्ष

सम्वत् २०६९ साल असार १८ गते रोज २ शुभम्………………………………..।

48 thoughts on “अध्यागमनका पियन घुस्याहा ठहर”

  1. Om Nath Koirala says:
    July 5, 2012 at 2:31 pm

    काम त राम्रै गर्यो अदालतले तर हागा मात्र छिमल्यो जरा उखालने काम चै कहिले हो | नेपालका १ नम्बर भ्रस्टहरु छाती फुलाएर हिडिरहेका छन् | तिनीहरुलाई जेल हालेको हेर्न नेपालीहरु प्रतिछारत छन् |

    Reply
  2. dilip gurung says:
    July 3, 2012 at 9:48 pm

    बिमानस्थलमा भ्रष्टाचारीहरुको संजाल नै छ| यो पियन त “फल गाइ” मात्रै हो|

    Reply
  3. Kamal Lopchan says:
    July 3, 2012 at 8:58 pm

    नेपालको कानुन र नेपालको बाहुन दैवले जानून|
    कलले अहिले सम्म राज्यको डाडु पन्यु हातमा लिएको छ? प्रधान मन्त्रि,
    मन्त्रिहरु, सचिवहरु, न्यायधीशहरु, सीडीओहरु अत्यधिक संख्यामा बाहुन हरु नै छन्|
    काम राम्रो गरेको भए र देश सही बाटोमा गएको भए स्याबासी उनीहरुले नै पाउने
    थिए|
    तर हेर्नोस त् घुषखोरीहरु?
    जलश्रोतको धनी देश भनेर ढोल पिटया छ, लोड शेडिंग को राज छ|
    शर्म शर्म शर्म शर्माए…..
    दुबई

    Reply
    1. uttam says:
      July 7, 2012 at 2:14 pm

      बाहुन भनेर किटानी नगरी त तिम्रो खान पनि पच्दैन नि……अनुहार ऐना मा एकपटक हेर्नु होला ….हुन त आफ्नो भान्छा मा एकपटक बाहुन लाए गाली नगरी खान नापस्कने हरुको दिमाग मा आरु क नै आपचेया गर्न सकिन्छ र ?? भ्रस्टचारी सबै हुन्छन!! खप्पर मा बाहुन को भूत भरिएको छ राम्रो त कहाँ सोच्छा….निर्णय गर्ने पनि त ठी बाहुन अनि छेत्री छन् अब उता तिर ध्यान गएन ……तेसो भए त गुन्डा अनि तस्करी यो देश मा को छ भनेर चिन्निने ?? अलि विचार गरेर लेखिदेये तिम्रो पनि मेरो पनि राम्रो हुन्थ्यो ….धन्येबाद !!

      Reply
  4. dev says:
    July 3, 2012 at 7:40 pm

    घुसिया, भ्रस्ट र देसद्रोही हरुलाई यस्तो किसिमको सजाय होस् जसले गर्दा घुसिया लाई next time घुस लिने आट नै नआयोस, hope यक दुइ ओटा लाई मीर्तु दण्ड को सजाय भयको सुन्न पाइयोस छिटै

    Reply
  5. Mithleh Dev says:
    July 3, 2012 at 6:36 pm

    No Risk Business! जति सक्छौ लुट, पक्राउ परि हाल्यो भने ६ महिना जेल अनि जति लुटेको तेती नै जरिवाना |

    Reply
  6. Basant says:
    July 3, 2012 at 6:35 pm

    यो ६ महिनाको सजाय रात दिन गरेर ३ महिना हुन् आउछ तेस पछी दशैँ तिहारको जस्तो बम्पर छुट दिएर २ महिनामात्र जेल बस्नु पर्ने हुन आउछ फेरी एस्त घूशाह हरुले जाबो एक लाख आँखा चिम्लेर गनी दिन्छ, एस्त कानुन खुमे गोबिन्दे अनि धमिजा काण्ड पस्स्पोर्ट काण्ड हथियार खरिद काण्डका नाइके हरुलाई लाग्दैन क्यारे ..

    Reply
  7. nirob says:
    July 3, 2012 at 5:54 pm

    सजाय त कुखुरा चोर,पाकेटमारलाइ जस्तो पो भयो / एउटा सरकारी कर्मचारी भएर आफ्ना मालिक ( आमनागरिक) लाइ दुख दिने, ठग्ने लाइ त कम्तिमा पनि दश बर्ष कैद र एक लाख सहित श्रोत नखुलेको सबै सम्पति जफत गराउनु पर्ने हो / तर सर्पको खुट्टा सर्प ले मात्र देख्छ भन्छन- यस्तो सजायले त भ्रस्टचारीलाइ झन् प्रेरणा पो मिल्ला जस्तो छ //

    Reply
  8. सुजन बिक्रम says:
    July 3, 2012 at 5:54 pm

    सर्हानिय कार्य न्यायालयको | लाउडा , धमिजा र चेज यर काण्ड मच्चौने कथित शिखर पुरुष गिरिजा प्रसाद लाई मरानोप्रान्त भ्रस्टाचारी ठहर गरे र निर्दोष जनता को रगतमा होलि खेल्ने प्रचण्ड एंड कम्पनी लाई मानवता विरुद्ध आपराध गरेको र लडाकुको अर्बौ रुपैया घोटाला को अभियोगमा जेल कोच्न सके सबै नेपाली ले शान्ति को स्वास लिन पाउने थिय र सम्माननीय अदालतको गरिमा अजै बदथियो |

    Reply
    1. Tenjing Gaba says:
      July 4, 2012 at 7:02 am

      # डाफुर काण्डका नायक सुडान प्रसाद सिटौलाअस्ती देखि नै बत्तीसा देखाएर बसेको छ
      # ६-७ करोड सम्म धरौटी राखेर छुटेको प्रहरी अधिकृतहरु हामी निर्दोस माथि अन्याय भयो भनेर रूदै छन् /
      क्या गज्जप छ,
      जसले जे गरे नि हुने, जसले जे भने नि हुने

      Reply
  9. nidhi says:
    July 3, 2012 at 4:31 pm

    घुस लिने र दिने दुवै देश का शत्रु हुन् भन्ने चाही अदालत ले मनन गरेन गर्नु पर्छा कि पर्दैन

    Reply
    1. k_shankar says:
      July 4, 2012 at 11:59 am

      अपराध प्रमाणित गर्न, प्रमाण पुर्‍याउन अपराध गरेजस्तो नगरी नहुने भएको हुँदा त्यसलाई अदालतले अपराध नमानेको होला । घुसको बल्छी नहाली घुस्याहालाई कसरी पक्रने ?

      Reply
  10. sabman says:
    July 3, 2012 at 4:30 pm

    भ्रस्त्रचारीको नाम नै फरक भो त मुद्धा हाल्दा सम्म महेश गौतम थियो अहिले माधब गौतम रे कृपया माइ संसार को पुरानो समाचार को पेज १० मा हेर्नुश
    http://www.mysansar.com/archives/page/10

    Reply
  11. Sonam Sherpa says:
    July 3, 2012 at 3:58 pm

    एक लाख र ६ महिने किसिमको न्याय सम्पादनले नै भ्रष्टलाई यो धिनौरा कार्य गर्न प्रोत्साहित भएको हो यस्तोमा कमसेकम आजन्म कैद र सर्वस्व हरन हुनु पर्ने थियो . जे होस् अलिकति भएनी उसले दुख चाही पाएकै हो . नेपालमा साना मात्र होईन ठुलाठुला पूर्ण बहादुर हरु खोरमा छिरुन पाटा कसुन ताकी देशमा बेतिथी नहुन

    Reply
  12. kabin says:
    July 3, 2012 at 2:47 pm

    सजाय चै अलि कम भएनर ? अलि कोच्नु पर्ने २,३ वर्ष l

    Reply
  13. Lohani Indra says:
    July 3, 2012 at 2:25 pm

    होइन हौ , अनि त्यो के जात्ती धोतिसदले बेचेको रातो पासपोर्टबाट अस्ट्रेलिया जान लागेको काण्डको घुस्याहाहरुको कुरो चाँही खोइ कहाँ सेलायो ?

    Reply
  14. Namgyal says:
    July 3, 2012 at 2:18 pm

    यो रातो मा टीक गर्दै हिड्ने पक्कै पनि त्यो घुस्याहाको नातेदार हुनु पर्छ.

    Reply
  15. बद्री पोखरेल says:
    July 3, 2012 at 1:13 pm

    न्याय नपाए गोर्खा जानु होइन ,न्याय नपाए विशेष अदालत जानु भन्नु पर्ने भयो | कसले भन्न सक्छ नेपालमा न्याय पाईन्न भनेर ? धन्यवाद छ विशेष अदालत तथा सलाम छ माननिय न्यायाधीश श्री गौरी बहादुर कार्की तथा माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र ज्वु लाई |

    Reply
  16. madan bajracharya says:
    July 3, 2012 at 1:04 pm

    निम्न स्तरको कर्मचारीहरुले खायको चाहि नपच्ने रहेछ, लडाकु सिबिरमा नकली लडाकु ठेलेर पेलेरै करोडौं खाने, सुडान काण्डमा संलग्न सिटौला रुबेल जस्तालाई चाहि कसैले छुन पनि नसक्ने रहेछ/

    यो सजायले यउटा सन्देस चाहि दियो है; सुका होईन सुनको सिक्का चोर्नु त् सजाय होईन पुरस्कार पाईन्छ नेपालमा!!!; पत्याउनु हुन्न भने हेर्नुस त् करोडौं पर्ने गाडी घर पेट्रोल ड्राईभर बती पानि र कार्यालय समेत रास्ट्रको कोष बात सितै पायकाहरुको अनुहारहरु हेर्नुस उनीहरुको कर्तुतहरु सम्झनुस/

    Reply
  17. Ramesh Neupane says:
    July 3, 2012 at 11:39 am

    ल यो “कान्छा” अनि यो जस्तै अरु “कान्छा” हरुलाई खोजि-खोजि २-४ कोर्या लगायर २-४ वर्ष जेल मा कोच्नु पर्छ अलिकति भयपनि ठिक मा आउथे कि ?

    Reply
  18. Nawin Lopchan says:
    July 3, 2012 at 11:20 am

    यो जरिमाना भएन| अहिले सम्म सयौ चोटी खाई सके पछी पकडा परेका हुन्|
    अदालतले सजाय दिनु ठिक हो तर काक्रा चोरलाई मुड्की पनि दिनपर्छ|
    पूर्ण बहादुर जस्तै कतिजना अध्यागमन र भन्सारका भ्रस्ट कर्मचारीहरु चोखो जस्तो
    भएर घुमी रहेका छन्| उनीहरुका परिवार पनि भ्रष्ट कमाईमा मोज गरेर घुस नखाएको
    जस्तो भएर समाजमा हेलमेल भैरहेका छन्| हेर्नोस त् उनीहरुको अनुहार? त्यस्तै
    भ्रष्ट कर्मचारीहरुको छोरा छोरी र नाता गोता भ्रस्ट कमाईको फायदा लिएर अमेरिका र
    अष्ट्रेलिया आदि देश हरुमा छन्, उनीहरुकै ठुलो शोर छ नेपालमा भ्रस्टचारी छन्
    भनेर तर आफ्नो अंगको भैंसी देख्दैनन|
    यो पूर्ण बहादुरलाई मात्र होइन उसको हाकिमलाई पनि सजाय हुनपर्ने| यो सबै हाकिमको मिलिभगतमा भएको हो| अस्ति मात्र बसन्त कुँवर सरले विदेश जाँदा कसरी सुडान काम गर्न जाने नेपाली लाई घुस लिएर यातना दिएका थिए एयरपोर्टमा भनेर वृतान्त लेखेका रहेछन|
    शेर्पा बैनीको पैसा ब्याज सहित फिर्ता दिन पर्ने हो| हिरोनी त् उनी हुन्|

    Reply
  19. deepak says:
    July 3, 2012 at 11:09 am

    यो आदालत साना तिना को मात्र छिटो फैसला गर्छ दुला बडा को नि यसरि नै गर्नु नि ……..

    Reply
  20. subodh says:
    July 3, 2012 at 10:50 am

    मित्रहरु
    जुनसुकै देशमा पनि कानुन अनुसार According to law मात्र कारबाही र सजाय हुन्छ । यो मुद्धामा सरकारले लगाएको अभियोग नै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ १ घ मा एक लाख रुपैयाँ भन्दा बढी पाँच लाखसम्म घुस खाएमा ६ महिनादेखि १ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । कानुनी व्यवस्था भन्दा बढी सजाय अदालतले नगरेको होला । अदालतले मनलागी गरेमा के होला विचार गरौं हैं । अदालत लगायत हामी नागरिकले पनि कानुन मान्नु पर्दछ ।
    पहिलेको भिडियो आदि पनि राखिदिनु भएको भए वेश हुने थियो ।

    Reply
    1. Rajan says:
      July 3, 2012 at 9:08 pm

      हजुर ले सहि भन्नु भयो… कानुन अनुसार हिड्नु पर्छा.

      Reply
  21. jeevan says:
    July 3, 2012 at 10:48 am

    At least some one is punished which is the good sign. But there are lot more to do. What usually happens if some of the staff is punished, other members starts to do the pen down or protest. Then what is the remedy for these issues ?? nop e nothing at tthis stag

    Reply
  22. पुष्प says:
    July 3, 2012 at 10:43 am

    लहरोमात्रै तानियो, पहरो त गर्जिएन नि ।

    Reply
  23. anup_gorkhe says:
    July 3, 2012 at 10:40 am

    ठुला हाकिम हरु चाँही उम्कन सके होइन त? यसमा राम्रै रकमको खेल होइन नि!
    अब नेपाल No. १ मात्र हुन बाँकी छ भ्रष्टाचारमा .

    Reply
  24. resham sunuwr says:
    July 3, 2012 at 10:34 am

    घुस खानेलाई फेरी घुस खान मन नहुने गरि सजाय को ब्यबस्था भए घुस खाने बानीको अन्त हुनेथियो. तर तेस्तो ब्यबस्था नभएकोले घुस खानेले घुस खाने छोडेनन्.

    Reply
  25. Tuyoo Bhaaju Upaasak says:
    July 3, 2012 at 10:18 am

    वास्तवमा धेरैले लेखे जस्तै अपराध अनुसार दण्ड निकै कम भएको छ .
    यसको कारण के हो भने , जुन कानूनमा टेकेर सजाई सुनाएको छ , त्यो पूरा १० वर्ष अगाडी बनेको रहेछ . उबेलाको लाख अहिले २० लाख बराबर भैसकेको छ .
    त्यसैले , कैद अवधि र बिगो बमोजिम जरिवाना त पक्कै बढाउनु पर्ने भएछ .
    अर्को जरूरी कुरो , पीडितले व्यहोर्नु परेको दुख कष्ट- बापत भ्रष्टाचारीलाई मनग्गे रकम क्षतिपूर्ति तिराउने कैद कानून बनाएर छिटै लागू गरे कार्यवाही प्रभावकारी हुनेछ .

    Reply
  26. Lekh Rumba says:
    July 3, 2012 at 9:56 am

    नेपालको कानुन सबैले जानुन!! न्याय दिएको राम्रो हो तर न्याय दिएको अलि चित्त बुझेन !! यिनीहरुले कत्ति गुस खाए होलान लाख मात्र जरिवाना दिनु राम्रो हैन एसले जन गुस खाने हरुलाई हौसला बढाउने छन् ! धेरै गुस खाएर थोरै जरीवान तिरेर हुदो रै छ भन्ने मानसिकता यिनी हरु मा सदैब रहिरहन्छ! अब हेरु नेपालको कानुन कसैले नजानुन !!

    Reply
  27. Narayan Manandhar says:
    July 3, 2012 at 9:40 am

    I would like to request the concerned authorities to recommend Mrs Dichen Dolma Sherpa for her heroic act of whistleblowing to Berlin based Transparency International. Though here case may be small, she had shown enough courage to have an Anti-Corruption Award in Nepal. Is there any body listening? Or anti-corruption activists are busy participating junket seminars and workshops? Where are the guys wearing T-Shirts with bhrastachari lai kira paros?

    Reply
  28. Resham says:
    July 3, 2012 at 9:13 am

    घुस नखाने मान्छे नेपाली सरकारी कर्लायामा भेट्नु भनेको त गारो कुरा हो. नेता देखि तलका मान्छे सबैले नै खान्छन घुस. यो घुस नखाने मान्छे नेपालमा भएको भए देश कति विकास हुनेथियो नि.

    Reply
  29. sujit says:
    July 3, 2012 at 7:51 am

    ठिक्क पर्यो डाका हरु लाई. डोल्मा जी लाई मेरो धेरै अभिबादन

    Reply
    1. bunsos says:
      July 3, 2012 at 11:55 am

      अझै धीत मरेन मेरो त. यहाँ West मा मुद्दा परेपछि आफु दोषी भएको हो, माफी पाउँ भन्यो भने अदालतको समय बचायो भनेर मानौं एक बर्षको सजायँ हुनेमा स्वीकार नगरी होइन होइन मात्र भनेर Case तन्कायो अनि पछि यो दिचेनको केसजस्तो ठोस प्रमाण भेटेर दोषी प्रमाणित भयो भने ३ बर्षको सजायँ भोग्नु पर्छ. अनि डरले आफुले गरेको कसूर चाईं-चूँईं नगरी स्वीकार्छन.

      Reply
  30. Basanta says:
    July 3, 2012 at 7:29 am

    ठुला घुस्याहरु लै नि येसरी फैसल्ला सुनाएपो खुशी हुनु एस्तो तल्लो स्तरमा त कति छन् कति घुस्याहरु ? कहाँ छैन यस्ता मान्छेहरु नेपाल मा ? हरेक क्षेत्र मा छन् … झन् नागरिकता र पासपोर्ट को लागि त कति कति … जिल्ला जिल्ला मा गैर हेर्न .
    जे होस् एरपोर्ट मा थियो राम्रो काम को सुरुवात छ . मलाई त लागेको थियो के नेपाल मा कानुन छ कि छैन ? न्याय छ कि छैन भा थियो .

    Reply
  31. kranti says:
    July 3, 2012 at 6:40 am

    खुशीको कुरो यसपाली अदालतले व्यक्तिगत रूपमा खिचिएको भिडियो र अडियोलाइ पनि प्रमाणका रूपमा मान्यता दियो |

    Reply
  32. arun gaacha says:
    July 3, 2012 at 5:12 am

    नेपाल मा पनि ३/४ महिना भित्रै मा टुंगो मुद्दा को लाग्दो रैछा त !पैसा थोरै खाएर छिटो भएको हो कि कसो हो,धेरै खाने हरु को पैसा गन्न लाई टाइम लाग्ने भएर हो कि खोर मा पस्ने हरु को त खबर नै आउदैन त बा !

    Reply
  33. samrat~ says:
    July 3, 2012 at 3:42 am

    एकदम खुसि को कुरा. आज को जस्तै मेडिया को बिकास ५० बर्स अघि भएको भए येस्ता हजारोउ पिडित हरु ले दुख पाइन्न थियो होला..यो त सुरुवात मात्र हो..येस्ता एरपोर्ट मा बस्ने जुका हरु लाइ र अरु सरकारी कार्यलाय को घुस्या हरु लाइ एउटा साभ्धान हो..डोल्मा, तपाइँ भ्र्स्ताचारी को लडाई मा सेनापति हुनु भए को मा हार्दिक बधाई र सम्पूर्ण मिडिया हरु साथै हाम्रो आफ्नै माइ संसार लाइ पनि हार्दिक बधाई..यो लडाई तपाइँ हरु सबै को मद्दत र हौसला वाट जित बेकसुर जनता को नै अबस्ये हुनेछ. डोल्मा जी तपाइले झेल्नु भएको दुख को भर्पाइ पनि नागरिक उड़येना ले बेहुर्नु पर्छ. तेसै न छाड्नुस ताकी अरु ले पनि पछि दुख न पाओस.

    Reply
  34. ryan says:
    July 3, 2012 at 3:31 am

    ये हरे शिब देशका कुख्यात गुण्डा, घुस्खोरिलाई प्रमाणसहित समद्दा पनि करिब १ बर्सको समय लगाउने मुद्दाको फैसला गर्न . एदी प्रमाण नै नहुने हो भने कति समय लगाउछौ हो देश का लागि बरिस्ठ मानिएका ओकिल्हरू. फेरी मुद्दाको फैसला हेर्नुहोस न कति सम्मको लाजमर्दो छ. म पिटे जस्तो गर्छु तैले दुख्यो भन भने जस्तै. गुण्डालाई कारबाई सोरुप सुनाइएको रकम सुंदा एकचोटी थुक्न मन लाग्यो. एती जाबो पैसाले अहिले नेपालमा एक हप्ता सम्म मो मो खान त पुग्दैन. येस्ता झिना मसिना कारबाई ले नेपालमा जटिल बनेको घुसखोरी र गुण्डागर्दी कहिले निर्मुल हुने हो ………………….कि ओकिल्ले पनि पायो खुराकी टेबल मुनिबाट .कारबाई गर्न नजान्नेलाइ येसरी कारबाई गर्नु पर्छ भनेर उल्टै कारबाई गर्नु पर्ला जस्तो छ.

    Reply
  35. Lalit Narayan says:
    July 3, 2012 at 2:33 am

    मिडियातिर नआएको भएत यसो मिलाउथ्यो होला (नेपाल न हो), सबै जनताले video नै प्रमाण हेरी सकेपछी त होइन भनेर प्रमाणित गर्न वोकिल साब हरुलाई असम्भब नै देखियो l जे भएनि राम्रो भयो l दोषीलाइ कारबाही त हुने भयो l सजाय चै अलि कम भएनर ? अलि कोच्नु पर्ने २,३ वर्ष l

    Reply
  36. Durga Adhikari says:
    July 2, 2012 at 11:00 pm

    राम्रो धेरै राम्रो/ राम्रो कुरालाई राम्रो भन्नु पर्छ/ तल Max थापा जी ले लेख्नु भय जस्तै जरिवाना र कैद अलि कम भय जस्तो लागेको छ/ सर्बसाधारणको सेवा गर्न भनि बसेका जनताका नोकरहरुले आफ्नै मालिकहरुमाथि उल्टो दमन र सोसन गर्नु कतिको न्याय संगत कुरा होला हामी सबै जनताहरुले बुझने बेला आयकोछ/ साथै देश र जनताहरुको सेवा गर्न भनि बसेका नोकरी गर्ने नोकरहरु हो अब जनताहरुले बुझी सकेका छन कि को मालिक हो र को नोकर/ अब खबरदारी गरिरहनु नपर्ला/ तिमीहरुले अनैतिक तरिका बाट जनताबाट लियको हरेक रकमको ब्याज समेत जनताहरुले असुल गर्नेछन/ होसियार/

    Reply
  37. ashok says:
    July 2, 2012 at 9:24 pm

    पूर्ण बस्नेतलाई सानो पाठ:

    नरम स्वभावको मान्छे देख्ने बितिकै उसलाई मुर्गाको रुपमा नहेर्नु ! अमेरिका जस्तो देशमा जाने मान्छे एयरपोर्टमा हाकिमको गिलाश माझ्ने मन्छे भन्दा धेरै गुना पढेलेखेका र बुद्धिमानी हुन्छन ! जेलबाट निस्किएपछी छोराछोरीलाई यो पाठ नबिर्सी पठाउनु ! खित..खित..खित

    Reply
  38. surendra subedi says:
    July 2, 2012 at 8:28 pm

    के कमेन्ट गर्नु र? नेपाल जता,ततै घुस खोरी हरु कै मात्र संजाल ले टिकेको छ /जहा जे कम फत्ते गर्नु परे पनि कर्मचारी हरु को चंगुल बाट मुक्ति कहिले पाइने होइन के गर्नु र यो सानो कारबाही देखि????तर पनि हामी मा आशा पलाएको छ कानुनी राज्य को न्यापालिका देखि………….

    Reply
  39. hari paudel says:
    July 2, 2012 at 8:19 pm

    येस्ता चोरहरु लाई त कम्ति मा पनि १०बर्स को सजाए तोक्नु पर्ने.
    म नेपाल गएर बिदेस फर्कने बेलामा देख्छु यो चोर कर्मचारी हरुले त्यो बिचरा साउदी म दुइ पैसो कमाउनु जाने को सातो खान्छन अनि पैसो माग्छन

    Reply
  40. krishna says:
    July 2, 2012 at 7:33 pm

    खुच्चिंग, खुच्चिंग !
    बल्ल एउटा राम्रो कुरा सुन्न पाइयो , अपराधीलाई कानूनको घेरा भित्र लिएर आउनु र दण्डित गर्नुले राम्रो कामको शुरुवाती मान्न पर्छ, यस घटनाले केहि हद सम्म घुस्याहाहरुलाई निरुत्साहित पार्नेछ

    Reply
  41. Max Thapa says:
    July 2, 2012 at 7:02 pm

    १ लाख घुस खायेकालाई १ लाखमात्र जरिबाना कम भएन र ? यस्तै कारणले त घुस खान, नचाहिने काम गर्न कुनै डर नै मान्दैनन नि फटाहाहरुले | जरिबाना यस्तो होस् कि कसैले सुन्दा पनि काम छुटोस |

    Reply
  42. Niraj says:
    July 2, 2012 at 6:52 pm

    नेपाल मा त अमेरिका को के कुरा गुल्फ़ मुलुक बाट छुट्टी मा जाने मान्छे हरु लै त सरम लगायत विसा र सम्पूर्ण कागजात हुदा त पैसा नभई हुदैन भनेर भन्छन ऐर पोर्ट setting रे के हो यो एरपोर्ट setting भनेको घुस्याहा कर्मचारी र मान्छे का दलाल हरु लै पैसा कुम्ल्याउने बाटो हहहहछा सुन्दा पनि १ तर्फा रिस उठ्दो छ भने अर्को तर्फा हासो उठ्दो पनि

    Reply
  43. शशांक लामा, न्युयोर्क says:
    July 2, 2012 at 6:33 pm

    पूर्ण बहादुर पियनको लागि नाथे एक लाख के हो र ? भ्रष्टाचार गरेबापत जाबो ६ महिना र एक लाख मात्र सजाय हुने हो भने जसले पनि भ्रष्टाचार गर्ने भैहाल्यो नि! कि सजाय कम गराउन ओकिल र श्रीमानहरुले पनि भ्रष्टाचार गरे?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme