Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार

Posted on July 1, 2012 by Salokya

अमेरिका पुर्‍याइदिन्छु भनेर नेपालमा मात्र हैन, अमेरिकामै पनि ठगिँदो रहेछ। तिम्रा आफन्तहरुलाई अमेरिका ल्याइदिन्छु भन्दै हजारौँ अमेरिकी डलर ठगिछिन् देउवाकी सालीले। देउवा अर्थात् पूर्व प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चामा ल्याउने गरिएका कङ्ग्रेस नेता शेरबहादुर देउवाकी पत्‍नी आरजु राणा देउवाकी बहिनी नीतु राणाले। मिडियामा यस्तो खबर आएपछि आरजुले विज्ञापनै छपाएर यसको खण्डन गर्नुपर्‍यो। पछि पो थाहा भयो, केको नीतु राणा हुनु उनी, उनको नाम त हित श्रेष्ठ पो रहेछ।

अमेरिका ल्याइदिन्छु भनेर अमेरिकामै ठग्ने हितलाई प्रहरीले केही अघि पक्राउ गरेको थियो। अब यो मुद्दा अदालत पुगिसकेको छ। केही अघि मात्रै अमेरिकी न्युज एजेन्सी एपीले दिएको खबर अनुसार उनले आफूलाई लगाइएको अभियोग स्वीकार गरिसकेकी छिन्।

म्यानहाटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले हित श्रेष्ठले न्युयोर्कमा नेपाली आप्रवासीहरुबाट हजारौँ डलर ठगेको स्वीकार गरेकी जनाएको हो। एपीले उनका वकीलसँग प्रतिक्रिया माग्न खोज्दा उपलब्ध भएनन् रे।

४४ वर्षकी यिनको ठग्ने कला चाहिँ गजब रहेछ। ठग्नको लागि उनले नेपाली र उनीहरु भित्र रहेको अमेरिका र पैसामोहको प्रयोग गरिन्। आफूलाई नेपालको ठूलो राजनीतिज्ञको परिवारको भनेपछि मान्छेहरुले विश्वास पनि गर्ने भए। फेरि उनको विश्वास दिलाउने तरिका पनि अनेक रहेछ।

लौ अब आफ्ना आफन्तलाई नि सजिलै अमेरिका बोलाएर यतै सँगै पैसा कमाउन पाए त गज्जबै हुन्थ्यो भन्ने सपना देखेर बिचरा सोझासाझा नेपालीहरुले उनलाई पैसा दिएछन्। ३ हजारदेखि ७ हजार अमेरिकी डलरसम्म। आरजु अमेरिका आउँदा डेलिगेसनका रुपमा उनीहरुलाई पनि सँगै ल्याउने भन्दै पैसा असुलिएको थियो।

तर जसरी नेपालमा अमेरिकाको भिसा लाइदिन्छु भन्दै ठग्ने गरिन्छ, त्यस्तै भयो उता पनि। न आरजु अमेरिका आइन्, न उनीहरुका मान्छे नै अमेरिका आइपुगे। लौ अब पैसा फिर्ता ले भनेर भन्न जाँदा उल्टै तिमीहरुलाई डिपोर्ट गर्दिन्छु भनेर धम्की दिएछन्। हुन पनि त्यसरी पैसा दिने केहीको त कागजातै रहेनछ अमेरिकामा। तर पाप धुरीबाट कराइहाल्यो, उनीविरुद्ध उजुरी पर्‍यो र प्रहरीले पक्रयो पनि। अहिले उनले अपराध स्वीकारेको खबर पनि आयो। अदालतले दोषी ठहर गरेपछि उनले अब केही वर्ष अमेरिकी जेलमा बिताउनु पर्नेछ।

के यो घटनाबाट जसरी पनि अमेरिका पुग्ने अनि त्यहाँ पैसा कमाउने भन्ने धुनमा रहेका नेपालमा रहेका नेपाली र अमेरिकामै रहेका नेपालीहरुले पनि शिक्षा लेलान् त ?

30 thoughts on “देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार”

  1. Ashok says:
    July 3, 2012 at 6:13 am

    ओहो कहिले परिछं यो दिदि जेल मा बानि त खत्तम हो क्यारे, मेरो पनि १५०० दल्लर खानु भयो भोलि भोलि भन्दा भन्दा दिनु पनि भयेना पछी त फोन पनि उठ्न छोड्यो, यिनका साथी सरला छेत्री पनि परिन कि दुवै जना यौटै बारीका साग हुन्, जे होस् चिनेको मान्छे जेल मा पर्दा दुख लग्यो. अमेरिका मा नेपाल मा जस्तो ठगेर खान्छु भन्ने नसोचे पनि हुन्छा

    Reply
  2. Jeena says:
    July 3, 2012 at 1:37 am

    नेपालीले अरुलाई ठग्न सक्दैन त्यसैले नेपालीलाइ नै थाग्चन, एक्ष्प्लोइत् गर्छन कहिले बिस्वसिलो साथी बनेर, द्धतेरा , छक्याएर, कहिले सत्य लुकाएर. म भन्छु तिनीहरु नेपालीको नाममा कलङ्क हुन्, दुष्ट हुन्. नेपालीलाई काही गए पनि गरि खान नदिने सैतान पिचास हुन् तिनीहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ. वा अन्य सजाय पाउनु पर्छ

    Reply
  3. DEVEN CHANDRA says:
    July 2, 2012 at 11:10 pm

    जब सम्म लोभी भै रहन्छन ठग कहिले पनि मर्दैन !

    Reply
  4. शशांक लामा, न्युयोर्क says:
    July 2, 2012 at 6:21 pm

    एकजना दार्जिलिंगे दिदीले अमेरिकाबारे भनेको कुरो यस्तो पो छ त: ” अमेरिका भनेको टाढाबाट सुनिने ढ्यांग्रोको मिठो आवाज हो, तर त्यहि आवाज नजिकबाट सुन्यो भने रडडीस सुनिन्छ”

    Reply
  5. yam pun says:
    July 2, 2012 at 5:10 pm

    मेरो बिचारमा ठग्नेलाई पनि बधाई र ठगिने हरुलाई पनि बधाई!
    ठग्नेलाई यो अर्थमा बधाई कि ठगिने हरु गाउ घरमा जग्गा जमिन बेचेर र ब्याजमा ऋण काढेर आयका होइनन! ठग्ने ले कसैलाई पनि बिचल्लीमा पारेको छैन, जसरि दलाल हरुले बिचल्ली पार्छन्!
    ठगिनेलाई यो अर्थमा बधाई कि उनीहरुले विश्वास एउटा दलाल लाई गरेका होइनन कि उनीहरुले त नेताको सालीलाई मात्त्र विश्वास गरेका हुन्!
    अमेरिका पुगेर पनि के गर्नु? अमेरिकाले पैसा दिय पनि बुद्धि दिदैन रहेछ! शेर बहादुर जस्तो को सालीले दलाली काम गर्ली भनेर कसरि पत्तौना सकेका हुन्!

    Reply
  6. Rajan says:
    July 2, 2012 at 12:57 pm

    अब नेपालमा ठगेर सबै सक्कयो . अमेरिका तीर ठग्न पसे

    Reply
  7. HARKANAMAN SHAHI says:
    July 2, 2012 at 11:08 am

    के गरुस त बिचार भिसा को अर्थ नबुझे पछी, नेपाली अमेरिका पुगेर पनि यो किसिम को गल्ति गर्छ भने मुर्ख लिने हैन पैसा दिने हरु हुन् !

    अमेरिकन एम्बस्स्य त देउबाको बाजे को घर हैन त जस्तो हली लै पनि भिसा दिने र तिनी हरुको नाता गोताले भनेको मान्ने, मुर्खको सोंच हलोको अनौ माथि भनेको यहि हो.

    Reply
  8. suman p says:
    July 2, 2012 at 7:33 am

    लोभी हुन्जेल यो संसारमा पापी कहिले भोको हुँदैन.

    Reply
  9. SURENDRA SUBEDI hongkong says:
    July 2, 2012 at 7:23 am

    यस्तै पारा हो भने त नेपाली ले येमराज लाई पनि चक्मा देलान जस्तो पो छ?अमेरिका जस्तो कडा कानुन भएको देस मा पनि ठग्ने?ल है पाशा को दिमाग राम्रो रहेछ /

    Reply
  10. abish adhikari says:
    July 2, 2012 at 6:23 am

    APले छापेको समाचारको लिंक पनि दिनु भए राम्रो हुन्थ्यो नि ।

    Reply
  11. ryan says:
    July 2, 2012 at 3:15 am

    अमेरिका भनेपछि मान्छेहरु किन येसरी कुरै नबुझी आखा चिम्लेर पैसा खर्च गर्छन दङ्ग पर्छु. के छ हो अमेरिकामा तेस्तो . मेरो मान्छे नेपालको नेता हो अमेरिका पुर्यैदिन्छु भन्दैमा पैसा फाली हाल्ने मान्छेहरुलाई मैले पनि भेट गर्न मन लग्यो किनकि मैले पनि चिनेको छु केहि नेताहरु . दिनुपर्यो मेरो बैंक अकाउन्ट उनीहरुलाई. अहिले नेपालमा नेताहरुले नै भिसा नपाउने एस्थिति सिर्जना होला जस्तो छ. ल ल खर्च गर्नु पर्छ कमाए को त जान्छ नि चोरेको होइन क्यारे .

    Reply
  12. Bikash says:
    July 1, 2012 at 10:52 pm

    Unlike in Nepal, in US if there is an evidence of crime, the person responsible gets punished regardless his/her political connection and size of bank account (well there may be some exception – mistrial, evidence gathered illegally….). I hope someday we will have similar environment in Nepal and we can all fell truly Free and Safe – I believe that is the key to move forward. If there are other individuals that are scamming Nepalese, this story should encourage them to report their activities. We should do our part – report scammers to authorities and create awareness in our communities.

    Reply
  13. Prem Moktan, California says:
    July 1, 2012 at 10:35 pm

    आरजु देउवा र सुजाता कोईराला नेपालका न. १ मानव बेचबिखन गर्ने कुख्यात तस्करी हुन् / यीनीहरुले मोटो रकम लिएर अमेरिका र यूरोपको विभिन्न देशहरुमा मानव तस्करी गर्छन / नेपालका मिडिया (नाम मात्रको), ठुलाबडा देखी भारेभुरे सबैलाई यो कुरा राम्रो संग थाहा छ तैपनी यी तस्करीहरुलाई कठघरामा उभ्याउने कुनै जंग बहादुर जन्मेको देखिदैन /

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      July 2, 2012 at 9:34 am

      बिना आधार, बिना प्रमाण र हचुवाको भरमा कसैको चरित्र माथि यस्तो गम्भीर आरोप लगाएर प्रेम मोक्तान भन्ने व्यक्तिले आफ्नो मानसिक सन्तुलनको मापदण्ड प्रस्तुत गरेका छन् / चाहे सत्रु नै किन नहोस; कहिल्यै पनि बेबुनियाद आरोप लागाउनु पाप हो !!

      Reply
      1. Bina Basnet says:
        July 2, 2012 at 11:21 am

        योगेश जी को चाहिँ एक पल्ट राम्रो संग मानसिक सन्तुलन चेक गर्नु पर्ने हो की..! साँचो कुरा तितो हुन्छ तपाईंले पचाउनु सक्नु भएन /

        Reply
        1. abhaya says:
          July 2, 2012 at 11:54 pm

          योगेश जी पनि chitwon तीरको होलानी त ! कि आफ्नै आफन्त हो ?

          Reply
        2. योगेश आदी, न्यूयोर्क says:
          July 3, 2012 at 8:06 am

          बिनाजी, म आरजुजीलाइ व्यक्तिगत रूपमा पनि चिन्दछु / उहाँलाइ मैले प्रथम पटक बिराटनगरको जेनियल होटलमा बार्षिक साधारण सभामा जाँदा भेटेको थिए / व्यक्तिगत रूपमा उहाँ समाजसेवी हुनुहुन्छ / कुनै पनि राजनीतिकर्मीको श्रीमती हुदैमा गलत ठान्ने मानसिकता बनाउनु हुदैन / आरजुजी पढेलेखेकी नेपाललाइ माया गर्ने नेपालकी छोरी हुन् /

          Reply
      2. Tuyoo Bhaaju Upaasak says:
        July 2, 2012 at 1:24 pm

        प्रेम भाइ ले त्यतिकै हावाको भरमा त्यस्तो भनेको त पक्कै होइन होला !
        लौ योगेशादीहरुलाई चित्त बुझ्ने गरि प्रमाण बताई दिनु पर्यो नि त अब , आफुलाई झूठो आरोपबाट मुक्त राखौं मोक्तान भाई .
        अरु कुरा भनेको पुरानो कहावत नै छ – लोभीको भाँडो = उभिँदो ! फेरी आर्को यौटा ,…
        लोभले लाभ ,बढी लाभले आखिरमा हुन्छ = विलाप ! होइन त , कि कसो भाइहरु?

        Reply
        1. योगेश आदी, न्यूयोर्क says:
          July 3, 2012 at 8:11 am

          लौ न त प्रेम मोक्तानजीले कुनै एउटा प्रमाणित तथ्य वा लिंक खुलाई दिवोस न त !!! कानूनको सर्बमान्य सिद्धान्तले त प्रमाणको भार बादीमा हुन्छ भन्छ त !!

          Reply
      3. suman singh says:
        July 2, 2012 at 2:03 pm

        किन र साथी तिमीलाई सत्य तितो लागेको हो…

        Reply
  14. Resham says:
    July 1, 2012 at 10:00 pm

    ए बाबा अमेरिकामा पनि ठग्ने काम बाकी रहेन. होइन हौ किन ठगि. चोर. गर्ने? अब नेता र ठुला ठालुको नाम बेचेर अनि तिनीहरुको पहुँच भएको धाक देखाएर सोझा मान्छेहरुलाई मुर्गा बनाउने यो चालाले त लाजै तुलाउने भयो. अब नेपालीहरुको इज्जतमा दाग लगाउने काम चाही नगरेमा बेस हुने थियो है साथी हो.

    Reply
  15. Dharma says:
    July 1, 2012 at 9:32 pm

    हित श्रेष्ठ भन्दा अमेरिकामा बसेर ठगिने र ठगिन चाहने नेपालीह दोसीहुन्. अमेरिका सम्मे पुग्ने वा अमेरिकामा बसोबास गर्ने भने पछि अलिकति त बिस्लेसन गर्न सक्न पर्ने होनी! अब भने ठगिनु अगी सोच्ने बुद्दी आउछकी !

    Reply
  16. Jitendra says:
    July 1, 2012 at 9:31 pm

    जसले पैसा माग्यो तेसैलाई पैसा दिने हामी नेपाली अनि ठगियो भन्दै हिंड्ने पनि हामी नै, अमेरिका आयको मान्छे लाई भिसा को प्रोसेस थाहा भैहाल्छ नि, हामी नै सजग हुनु जरुरि छ /

    Reply
  17. Nabin Attreya says:
    July 1, 2012 at 9:31 pm

    जसले जे भन्यो तेही पत्ताउने इ नेपाली दाजु भै पनि कति विश्वास गर्न सकेका ………अमेरिका भने पछि मारी हत्ते गर्छन त्यो अमेरिका मा आखिर के नै छ र हो नेपाली दाजु भै हरु आउनुस न नेपाल मै केहि गरौ न हो……………….कि कसो ……….

    Reply
  18. BK lama says:
    July 1, 2012 at 9:29 pm

    छिटो धनि हुने तरीका ….

    Reply
  19. ram sharma says:
    July 1, 2012 at 7:00 pm

    दुर्गा अधिकारी को कुरा १००% सही छ. अमेरिकामा भएका कतिपय नेपालीहरु यति खुराफाती छन् कि उनीहरु अरुको प्रगतिको आहारिश गर्ने, अरुको खुट्टा तान्ने, गैरकानूनी रूपमा भएपनि उनका आफन्तलाई अमेरिका बोलाउनैपर्ने, पैसा ख्वाउने र पैसा खाने आदि रोगबाट ग्रसित छन्. अमेरिकामा बसेर पिएच.डि. गर्दै गरेको एउटा भाइ छ, उसको श्रीमती गर्भवती हुँदा छोरो भएको थाहा पाउदा औधी खुशी भएको थियो, उसले छोरी चाहेको थिएन, कैयौ पटक उसले “हिन्दू संस्कार अनुसार छोरा चाहिन्छ” भनेर गोराहरु संग समेत कुरा गरेको हामीले सुनेका थियौं. उसले श्रीमतीलाई गैरकानूनी तरिकाले काम गराउन एकमात्र नाबालक छोरीलाई (२ वर्ष की) अन्य आफन्तको भरमा नेपाल मा छोडेर श्रीमतीलाई मात्रै अमेरिका बोलायो. हेर्नोस मान्छेको मति! त्यसैले मान्छे पढेर वा विकसित
    देशमा बसेर मात्र केही हुनेवाला छैन, उसको सोचाइ र आनीबानी मा change आउनुपर्यो.

    Reply
  20. Pramesh says:
    July 1, 2012 at 6:33 pm

    तेस्तो तपाइले भनेजस्तो कहिले आफन्त ल्याऊ र धेरै पैसा कमाउ भन्ने भन्दा पनि धेरैको समस्या भनेको श्रीमती छोराछोरीसँग (मुख्यत श्रीमती/श्रीमान संग) धेरै समयसंग छुट्टीएर बस्न गारो भएर हो| सात हजार दिदा “बुढी” ल्याउन पाइन्छ परिवार संगै बस्न पाइन्छ भने किन कोसिस नगर्ने त भन्ने मानसिकताले काम गरेको होला| बिदेशमा हुनेहरु चाहि जहिले पनि पैसाकै लागि मर्छन जे पनि पैसाकै लागि गर्छन भन्नु गलत हो|

    Reply
  21. Durga Adhikari says:
    July 1, 2012 at 5:50 pm

    नेपालीहरुले सिछ्या लिने? हाँसो उठने कुरा गर्नु भो/ हामी नेपालीहरुलाई सबै कुरा थाहा छ/ चाहे त्यो नेपालमा होस् अथवा अमेरिकामा/ नेपालीहरुको बानी सुन्य र सिक्ने किसिमको छैन/ अमेरिकामा बस्ने नेपालीहरु अमेरिका र अमेरिकनहरू संग केहि सिक्नुको सट्टा अमेरिका र अमेरिकनहरुलाई सिकाउन तयार छन/ नेपाललाई अमेरिका जस्तो बनाउने कोसिस गर्नु त् कताकता अमेरिकालाई नेपालजस्तो बनाउन हतार गरिरहेको जस्तो साथीहरुको बानी छ, जस्तो भान हुन्छ/

    Reply
  22. Kamal says:
    July 1, 2012 at 4:31 pm

    नपत्याओस पनि कसरि? पत्याउन पर्ने अनेक आधार हुनसक्छ|

    -मंगोल आकृतिको छिन उनी| धेरै जसो राणा सन्तानहरुमा यो व्याप्त छ| कारण तिर अहिले नजाऔ| हित श्रेष्ठ संग अनुहार मिल्दो जुल्दो देखियो होला|
    -श्रीमान, मम्मी र आफु स्वयम् सभासद, चार चार बर्ष सम्म| पावर टन्नै छ|
    -फरासिली छिन, समाजसेवा गर्न रुचाउछिन|
    -कक्टेल पार्टीको नजिक र अमरिकीहरु संग राम्रै सम्पर्क|
    -आरजुकै तर्फबाट नभए पनि अन्य कसैले त्यसो गरेको देखेको होलान|
    डेलिगेसन र के के भन्दै गएर त्यही बसेको सबै लाई थाहै छ|
    राजदुताबासका कर्मचारीहरु त् चिट्ठा परे झैँ गर्छन अमेरिकामा पोस्टिंग हुँदा| सके आफै बस्ने र नसके कोहि न कोहि परिवारजानलाई त्यही छाडेको देखिन्छ|
    ज्ञानेन्द्रको प्रत्यक्ष शासन ताका उनका एकजना मन्त्रि न्युयोर्क जान तयार गर्दा कतिजना डेलिगेसनमा लावालस्कर लागेर जान तम्सेका थिए| धन्न अमेरिका र यु एन वालाहरुले जनाधार नभएको निरङ्कुश शासन भन्दै आउँन दिएनन|

    आरजुजीले समयमै deny गरेर नेपाली जनता अरु ठगिन बाट बचे| यस्ता घटनाहरुको सम्प्रसारणले सबैको आँखा खुल्नेछ र सचेत गराउनेछ|

    Reply
  23. ashok says:
    July 1, 2012 at 3:47 pm

    १५-२० पहिले सम्म हामी अधिकांस नेपालीहरुलाई अमेरिका भन्ने देश पृथ्बी बाहिर हो कि जस्तो लग्थ्येउ, अहिले नेपाली ठगहरुको ठगी खाने थलो बनेको कुरा थाह पाउदा हामी नेपलिहरूले कती फड्को मरेछौ भन्ने लागिरहेको छ ! आरजुको नकाली बहिनीलाई एउटा सानो सुझाब:

    आफ्नो स्वार्थको लागी सक्दो बिबिक चलाउनु; संसारभरका मान्छेहरुले गर्ने यहि नै हो, तर अरुको कमजोडीलाई आफ्नो स्वार्थ पूर्ती गर्ने हतियार नबनाउनु ! हतियार भनेको हतियार नै हो, मान्छेले यसलाई आवश्यकता अनुसार आ-आफ्नो तरिकाले प्रयोग गर्छन- खित खित खित….!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme