Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः खण्डिता

Posted on June 2, 2012June 2, 2012 by mysansar

-राजेन्द्र श्रेष्ठ-

मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्‍याएपछि एकपटक बेसरी चिच्याउँछ- “जान”। त्यतिखेर लक्ष्मी बाहिरिसकेकी हुन्छे। बिदुला ओछ्यानमा बसेर ल्यापटपमा केही गर्दै हुन्छिन्। गाडी आएर रोकिएको त उनले सुन्छिन् तर दिनादिनको रप्टाझप्टामा सहभागी हुने हो, अलि ढिला सहभागी भए आफ्नो इनर्जी केही सञ्चित हुने भएकोले बेवास्ता गरिरहेकी थिई।


भूतले वर्तमानलाई डोर्‍याउँछ र भविष्यप्रति सचेत गराउँछ। हो, बिदुला त्यहि कुरामा सचेत छिन। दिवाकरको बिजनेस रातको दसर्‍एघार बजेसम्म सामान्य रुपमा चल्छ तर आज ठीक बाह्र बजेसम्म विजनेसमा बसेर आएको हो, ऊ। होस हवास उड्ने गरी “जान” भनेर चिच्याउँदा पनि बिदुलाले वास्ता नगरेपछि दिवाकर अझै लरखराउँदै लक्ष्मीले छोडेर गएको ठाँउबाट ठीक तीन पाइला अगाडि रहेको कमन रुमको सोफामा डङरङ्ग लडन पुग्छ।

रात्रि पोशाकमै बिदुला दिवाकर छेउ पुग्छे र आफ्नो पति परमेश्वरलाई शयनकक्षमा लाने उपक्रममा लाग्छे। ऊ बिदुलालाई बोलाउँदा नआएकोमा रोष प्रकट गर्छ। बिदुला चुप फेरी बेढङ्गबाट बिदुलालाई “तिमी मेरो श्रीमती नभएर अरु कोही हौ जस्तो लाग्छ। किन मेरो कुरामा सहमत हुँदैनौ हँ ? हाकिमनी भएर मसँग त्यही चाहन्छौ ?” बिदुला अझ चुप।
“बोल न बोल तिम्रो अफिसकी हाकिमनी”
……………………………………..
“किन बोल्दैनौ ?
……………………………………..
“तँ बोल्दिनस् ? नबोली जित्न खोजेकी? ”
“दिवा, भोलि कुरा गरौँला, अहिले सुत्न जाऊँ हिड।”
यस्तो लाग्छ, विदुलाको मनभरि भारी छ भन्ने कुराको। तर तर यस्तो परिस्थितिमा भनेर के हुन्छ ? उही नदीमा डुङ्गा खियाएर धर्को कोरे झैँ, लामखुट्टेको पखेटाको चाल गर्ने झैँ, जीवन बेतलबीले दिन गने झैँ। साच्चै भन्नु पर्दा विदुलालाई घरायसी जीवन असहज बन्दै गएको छ। विवाह भएको ५ वर्ष भयो। करिब ३ वर्षसम्म त सम्बन्ध शान्त सहज र रसिलो थियो। यही तीन वर्षसम्म उनले जीवनको अस्तित्वको खोजी नगरी पढाइ अनुसारको जागिर पाउने प्रयासमा व्यतित गरिन। त्यतिबेला दिवाकरको सल्लाहमा योजना बनाइन्। त्यही योजना मुताविक जीवन चल्दै गयो। दिवाकरको भन्दा धेरै पैसा कमाउन थालेपछि दिवाकर जागिर छोडेर अन्य मौसमी पेशातिर लागे। समय एकपटक आउँदो रहेछ। दिवाकरको पनि समय आयो। उसको जीवनमा मौसमी पेसा कल्पवृक्ष झैँ भएर आयो। बेहिसाबसँग आर्थिक लाभ हुन थाल्यो। सरसङ्गत उठबस फरक हुँदै गयो। हैसियत बदलिएर १०० सि.सि.बाट १४०० सि.सि.मा पुग्यो। तर, भौतिक वस्तुले मात्र सबै जना खुसी हुँदैनन्। न त दिवाकर र बिदुला नै भए। दुई बिच आत्मीयता घट्दै गयो। सामान्य कुरामा पनि बाँझोपनको खप्की सहनु पर्छ विदुलाले। उपचारका क्रममा धेरैसँग परामर्श पनि लिइसके। धामी, झाँक्रीको शरण पनि परिसके, देवीदेवता भाक्न बाँकी छैन, आसन परिवर्तन पनि धेरै पटक गरिसके तर …………………..। प्रतिफल शून्य। त्यसैले दम्पत्ति बीच आत्मियताको खाडल झन बढ्डो छ। बाढीको पानीले दिनानुदिन खोलाको चौडाइ बढे झैं उनीहरु बीचको असमझदारी बढ्दै छ।

सुत्न जाने आग्रहलाई दिवाकरले नमान्दा विदुला एक्लै सुत्न गई। विस्मित अवस्थामा निष्प्राण झैँ भएर विदुला जीवन, जागिर, परिवार, माइती, साथी सँगाती सबैलाई एक नजरबाट चियाइन र नजरबाट दिवाकरलाई नियालिन्। आफ्नो गल्ती र कमजोरीलाई पहिल्याउन खोजिन तर असफल भइन् अनि असमझदारीको सुरूवात बिन्दु पहिल्याउने कोसिस गरिन्। त्यहाँ भने उनी सफल भइन्। असमझदारीको बीज बिन्दु त्यही शुरु भयो, जुन दिन दिवाकरलाई धेरै सम्झाउँदा पनि नमानेर विदुलाले गर्भपात गर्नुपर्‍यो। गलत निर्णयमा विदुला सहमत हुन पुगिन्। तर नतिजामा असमझदारी बन्न पुग्यो दिवाकर सम्झन्छ विदुलाले नचाहेर पुन: त्यो नभएको हो। तर नारी अस्तित्व प्राप्तिका लागि कति लालायित हुन्छ त्यसको अन्दाज दिवाकर गर्न सक्दैन। ऊ त मात्र एकोहोरो रटानमा व्यस्त छ। उसको व्यवहारले विदुला विक्षिप्त त्यही तरङ्गसँगै उनी निदाइन्।

विहान ४:३० बजे विदुलाको मोबाइलमा अलार्म बज्यो। उनी उठिन्। हत्तपत्त उनी कमन रुमतिर लागिन्। उनलाई दिवाकरको एकोहोरो चिन्ता थियो। आँखा मिच्दै उनी शयन कक्षबाट भर्‍याङ्ग ओर्लदै कमन रुमतिर लाग्दै थिइन्। एकाएक उनका गोडाहरु टक्क अडिए। अवाक भई र सबैतिर अन्धकार झैँ लाग्न थाल्यो, उनलाई। स्तब्ध बनिन्। बोल्ने बुझ्ने, भन्ने, बुझाउनु पर्ने सबै आफ्नै आँखा अगाडि घटित भईरहेछ। फटाफट क्रियाशील अवस्थामा। कामका सहभागी आफू विदुला हुनुपर्नेमा लक्ष्मी छे र अर्को पात्र दिवाकर।

समाप्त

[तपाईँसँग पनि कथा, लघुकथा छ भने पठाउनुस् [email protected] मा]

8 thoughts on “कथाः खण्डिता”

  1. milan oli says:
    August 31, 2012 at 9:06 pm

    बाध्यतामा आल्झिय्को छ यो मेरो जिन्दगी ”
    आसै आसमा बाचेको छ यो जिन्दगी”

    प्रेमिका बिछोडमा पिल्सियको छ यो जिन्दगी”
    बर्षौ चिठी र भर मा परि बाचेको छ यो जिन्दगी”

    आगालोले नसकिएको दाउरा जस्तो यो जिन्दगि”
    हुरीले उदाएको पतिन्गीगर जस्तो भयो यो जिन्दगी ”

    धिक्कार रहेछ बेथाको जिन्दगि”
    दुबाई कतार साउदी को मरुभुमिको भयो यो जिन्दगी”
    —मिलन ओली हाल बालुवाको खानी—

    Reply
  2. Rajendra Shrestha says:
    June 5, 2012 at 9:12 pm

    कथाको आशयलाई बुझ्ने हो भने केही दम छ। तर यसमा भने झैँ आम मानिसले पनि जीवनलाई यसरी नै लिन्छन भन्ने चाहिँ अलि विचार पुराउनै पर्छ है कथाकार जी।

    Reply
  3. deepak kandel says:
    June 4, 2012 at 7:43 pm

    होइन के भन्न खोजको हो यो कथाले कुनै दम नै छैन त यसो पढेको त समय मात्र बर्बाद भए जस्तो भयो मलाई त अनि हजुर लाई नि

    Reply
  4. योगेश आदी, न्यूयोर्क says:
    June 3, 2012 at 8:38 am

    एकैछिन फरार पढ्न ठिकै छ कथा.. वाह, क्या कथा भन्ने खालको लागेन !

    Reply
  5. yam narayan (dubai) says:
    June 3, 2012 at 2:20 am

    रक्शीले चेतना गुमाएको व्यक्ति लाई बिगार्ने लक्ष्मी पनि महिलानै हो कस्ती नकच्चारी आईमाई | भनिन्छ महिलाले नचाहे पुरुष ले केहि पनि गर्न सक्दैन |

    Reply
  6. prabin says:
    June 3, 2012 at 1:25 am

    आखिर के भन्न खोजेको यार छेउ न टुप्पो यार केहि पनि बुझिन म,ऐले त वाक्क लग्यो मेरो दिमाग नपुगेको होकी कथा नै असुद्दा हो आखिर कोहि छ मलाई बुजाहिदिने!!!!1

    Reply
  7. Maya says:
    June 2, 2012 at 7:07 pm

    पैसाको दम पुरुषको घृणित चरित्र त्यही माथि आफ्नै श्रीमतीको अगाडी क्रियाकलाप छि छि !!!!!!!! आखिर तिनी पनि एउटी महिला नै हुन् | नकचरो, जड्याहा |

    Reply
    1. anal says:
      June 3, 2012 at 2:18 am

      आफु दुनिया संग नारियर हिड्न लाई गर्व पतन गर्दै हिड्नी, त्यो बेला बुद्दी चै कता चर्न गयको थियो, १ पटक गर्व पतन भय पछि बच्चा हुन गारो हुन सक्छ भन्नि था छैन, बेला मा बुद्धि पुरौना छैन ahaila आयर पुरुस को दोष. होइन माया जी हाम्रो पनि तेस्तै भयको हो कि कसो?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme