Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी

Posted on June 27, 2012June 26, 2012 by Salokya


सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त माफ हुन्छ, सर्वसाधारणको पैसा खाएको अपराध त चोखीहाल्छ नि!

युनिटी पार्टीले आज पत्रकार सम्मेलन गर्दै नयाँ पार्टीबारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा फरार अभियुक्तहरु चैँ उपस्थित हुने आँट गर्न सकेनन्।

युनिटीले यसअघि मिडियालाई पैसा खुवाएर हतियार उठाउने धम्कीसहितका अन्तर्वार्ता प्रसारण गर्नेदेखि नेताहरुलाई हातमा लिनेसम्मका हतकण्डा अपनाइसकेको छ।

पार्टीबारेको पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज दाहाल उपस्थित थिए। युनिटीले बोइङ किन्नेदेखि बायो डिजेल निर्यात गर्नेसम्मका हावा सपना देखाए जस्तै पार्टीले गर्ने काम भन्दै ठूल्ठूला गफ छाँटियो पत्रकार सम्मेलनमा। पार्टीको ६४ जिल्लामा कार्यसमिति पनि स्थापना गरिसकियो रे।

ठगीको अभियोग लागेर फरार रहेका युनिटीका प्रबन्ध निर्देशक बिष्णुबहादुर क्षेत्री यो पार्टीका अध्यक्ष हुन्। यही मुद्दाका कृष्ण क्षेत्री र काशी गुरुङ पार्टीका केन्द्रीय सदस्य हुन्। कृष्ण क्षेत्री विष्णु क्षेत्रीका भाइ हुन्। गुरुङ युनिटीका अध्यक्ष थिए। २०५८ सालतिर नेपालमा तहल्का मच्चाएर केही समयपछि रु.२ अर्बभन्दा बढी रकम उठाई भागेको नेटवर्क कम्पनी गोल्ड क्वेष्ट इन्टरनेशनलका लागि हङकङमा बसेर काम गरेका थिए उनै स्याङ्जाका काशीराम गुरुङ (प्रसाद)ले।

यो पनि हेर्नुस्-
यसरी ठगेको थियो युनिटीले
सावधान, युनिटीले ठग्ला!
यसरी कठालो समातेर हातपात गरे युनिटीवालाले
युनिटीका मोस्ट वान्टेडहरु सशस्त्र संघर्षमा
युनिटीलाई दश प्रश्न
कहाँ लुकेका छन् युनिटीका ‘टाउके’हरु?

50 thoughts on “मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी”

  1. amrit Adhikari says:
    July 4, 2012 at 6:19 pm

    अब टन्न धोक्न र फ्री मा खान पाए पछी कार्यकर्ता पनि हुन्छन । नेपालमा कहिले घाटामा नजाने फाइदामुलक व्यापार राजनीति हो । एक तिर हजार शिकार हुने अचुक अस्त्र पनि राजनीति हो । जब सम्म नेपालमा अजिंगरे नेता र चार पैसे जनता रहन्छन, यो क्रम रोकिने वाला छैन । ला जा भन्दिए मैले त मेखै मारेर… मन न परे रातोमा ठोकम… बाल भएन…

    धेरैले मन पराएको प्रतिक्रिया, तपाईँलाई नि?

    Reply
  2. Ganesh Puri says:
    July 4, 2012 at 1:06 pm

    हेर्नुस, साथी हो, इ कुत्ता हरुले मेरो र मेरो साथी को पनि १५०००/ १५००० खाय क छन्/ मलाई थाहा छ, हाम्रो president , तेअस् बेलाको primemisister मा. कु. ने. लुटेराबादीको President , Prechanda , अरु पनि VIP भनौदा haruले राम्रो काम गरे को भनेर कदरपत्र दिएको हो , तेही कारणले ति लाफुन्गाहरुलाई नेपाली जनताहरुलाई लुट्न सजिलो भयको हो/ अब सम्पूर्ण पिडितहरु एकजुट भै ति नेता भनौदा हरुलाई समाउनु पर्छ र हिसाब माग्नु पर्छ/

    Reply
  3. raju says:
    June 30, 2012 at 9:27 am

    यो कस्लाई के भन्ने भन्दा पनि हाम्रो देश नै चोरै चोर को घिन लाग्दो फोहोरी राजनीति खेल खेल्ने एउटा मैदान भएको छ म त भन्छु जुन चोर आए पनि कानै चिरेको हो आखिर एक दिन युनीटी ले नेपाली जनता लाई बोका बनाएर चुना लगाएको थियो सरकार ले कारबाही गर्ने जेल हाल्ने जस्ता कुरा गरेर बाचा गरेको खैत? भनिन्छ फटहा को संगत गरे फटहा हुँइछ चोर को संगत गरे चोर नै भन्ने कुरा सत्य हो यि चोर हरुलाई कालो मोसो लगाएर देश निकाला गर्नु पर्छ यो शक्ती जनता मा निहित छ होशियार नेपाली दाजुभाई तथा दिदीबैनी हो

    Reply
  4. Ashish Lohorung says:
    June 29, 2012 at 4:42 am

    नाजुक सरकारको फाइदा उठाएर यी चोरहरुले खोलेको पार्टीलाइ बहुमतले हराउ . येस्ता कुतत्वहरुलेनै देशलाई लुटेका हुन्

    Reply
  5. अनोज शाक्य says:
    June 29, 2012 at 4:24 am

    बिचराहरु टन्न खाएर हग्न नसकेको प्राणी जस्तै भएछ । सुरु देखी नै सिस्टम मिलाएर लगेको भए त्यत्रोमान्छे दुब्थियो ? भोलीको सुख भन्दा अहिलेको गास स्तरको समाजमा ठुलो चिठ्ठा खोल्योउ । आँफैलाई दु:ख भयो । संसारमा कैयौ नेट्वर्क बिजिनेसहरु छन सबैले राम्रो चलाएकै छन । निसुल्क सदस्यता मार्फत आफ्नो उत्पादन किन्न चाहनेले सदस्यता लिनु नचाहने ले नलिनु भनेर खुशी खुशीका साथ राम्रो सामानको बजारीकरण गरेकै छ । नेपालमा त नेटवर्क बिजिनेस भन्दै हजारौ हजार पैसालिने , पैसा कमाउने भए तिमी पनि यस्तै कुरा गरेर अरुसँग पैसा लिनु भने जस्तै नेट्वर्क चलाए पछी नतिजा यस्तो भईहाल्छ नि । न केही उत्पादन , न कसैलाई रोजगार , खाली गफ ब्यापार गरेर पैसा कमाउन खोजे पछी यस्तै त हो । राजनैतीक पार्टी खोलेर पनि के गर्ने जनताहरु एकसे एक बुद्धिमान हुँदै आएको छ । बैंकहरु ATM ले चलाऊदै गए जस्तै राजनिती र प्रशासन पनि स्वचालित हुँदै जान्छ ।

    Reply
  6. बिस्वाश says:
    June 29, 2012 at 2:48 am

    इन्टरपोलको रेड कर्नर नोटिस खाएकाले त सुपर डुपर सफलताका साथ् देश चलाएर खाएको देखेपछी जाबो स्थानीय प्रहरीमा मोस्ट वान्टेड हुनेलाई पार्टी खोलेर देश चलाउ चलाउ त लाग्ने नै भयो नि !

    Reply
  7. Lalit Narayan says:
    June 29, 2012 at 2:35 am

    आचरण, योग्यता, इमान्दारिता बिना पनि स्थापना गर्न सकिने, भुसुकै पैसो कमाईने, कालो धन सेतोमा परिणत हुने, जस्तै अपराधी र दुकुलंठुक भेयनी मान सम्मान पाउने एक मात्र उद्योग राजनीतिक पार्टी एकोले ति डाँका, ठगहरुले पार्टी खोल्ने हिम्मत गरेका हुन् l

    राजनीतिक पार्टी खोल्न र त्यसमा आबद्ध हुन निश्चित योग्यता, आचरण हुनुपर्ने नियम नबने सम्म यस्तै चोर, डाँका, फटाहहरुले राज गरि देशलाई डूबाइ दिन्छन l

    Reply
  8. Bishnu says:
    June 28, 2012 at 4:08 pm

    पन्द्र हजार तिरेर सदस्य भैयो मोरा हरु ले लुटी लगेनि, मर्ने बेला किरा परोस बाचुन्जेल भाग मा ढुंगा परोस, जहाँ गयपानी असफल होउन मेरो सराप लुटेराहरुलाई .

    Reply
  9. Gyani R. Manandhar says:
    June 28, 2012 at 4:02 pm

    बिस्वको इतिहासमा यदि यस्तो प्रश्न सोधे भने जवाब के होला ?

    संसारको कुनै यस्तो देशको नाम लेख जहाँ जनतालाई मुर्ख बनाउन धेरै सजिलो छ !
    चोर , ठग , डाँकाहरूलाई राजनैतिक संरछ्यन पाउँछन , तर जनताको जिउ धनको सुरक्ष्या दिन मा सरकार असमर्थ, अपांग छन् !

    सजिलै उत्तर दिएर पास हुन्छन ” नेपाल ” भनेर !

    संसारको कुनै यस्तो देशको नाम लेख जहाँ प्रजातन्त्र , लोक तन्त्र र गण तन्त्र ( सबै जनताको तन्त्र) छ , तर जनताको कुनै अधिकार नै छैन र जनताको कुरो सुन्ने सरकारको कानै छैन !

    सजिलै उत्तर दिएर पास हुन्छन ” नेपाल ” भनेर !

    Reply
  10. Shital Rameshkrishna says:
    June 28, 2012 at 3:45 pm

    नेपालमा यसरि ठग चोर डाका ज्यान्माराकै त भबिष्य छ नि सीधा साधा ईमान्दारी हरु त बाच्ननै मुस्किल भैसक्यो /

    Reply
  11. Sanu Nepali says:
    June 28, 2012 at 3:32 pm

    मोस्ट वान्टेड को मतलब नै भएन / मोस्ट वान्टेड हरु बाहिर आएर पार्टी खोल्न सक्छ भने मोस्ट वान्टेड भन्ने शब्द हास्यास्पद होइन र? अपराध गरेर राजनीति मा गयो भने नेपाल प्रहरी ले ट्वाल्ल हेरेर बस्ने ? यो मोस्ट वान्टेड मान्छे राजनीति मा गयो अब उनि हरु लाई गिरफ्तार गर्न मिल्दैन भनेर प्रहरी पछी हट्ने? यो त भएन बा / योसो भने जो पनि अपराध गरेर राजनीति मा प्रवेश गरे हुन्छ ?

    Reply
  12. raj shrestha says:
    June 28, 2012 at 1:20 pm

    यो चोर हरु लाई समातेर जेल कोच्नु पर्छ मेरो पनि १५००० हजार खय को छ

    Reply
  13. CESAR says:
    June 28, 2012 at 11:06 am

    कानून नभएको देशमा जे गरे पनि हुन्छ |

    Reply
  14. sabin says:
    June 28, 2012 at 10:48 am

    गरिब जनता ले कुखुरा , बाख्रा , गोरु जस्ता जानुर, बेचेर र जग्गा धितो राखेर लीयको ऋण बाट चोर, डाका, फटाहा , गुन्डा हरु ले फेरी पनि गरिब जनता को ढाड, मा पछाडी बाट छुरा हान्न खोजेयको छ , पार्टी खोलेर यी चोर हरुलाई जनता सबै मेलर देस बाट नै लखेट्नु पर्छ

    Reply
  15. Sisir says:
    June 28, 2012 at 10:38 am

    राजनीति गर्न सबै योग्यता पुराएका रहेछन … हतियार उठाउने धम्कि, नेता र प्रसाशक किन्ने, जनता ठग्ने, देश लुट्ने …
    यिनिको भबिस्य उज्वल छ … हत्यारा र डाकाको शाशन देखि सकेउ अब ठग लुटेराको पालो .. धन्य नेपालीको भाग्य …

    Reply
  16. samrat~ says:
    June 28, 2012 at 9:24 am

    कुन नौलो कुरो भयो त. अपराध गर्ने , मान्छे लाइ मार्ने ठग्ने अनि पार्टी खोल्ने अनि शान्ति सम्झौता गर्ने एक दुइ वोटा भरुवा बन्दुक बुझाउने अनि क्लिन चिट पाउने सर्खार बाट..आराम ले तिन पुस्ता लाइ पुग्ने सम्पति कमाए पछि अर्ली रिटाएरमेन्ट लिएर बस्ने. येही हैन त हाम्रो नेपाल को राजनीति.

    माओ बादी ले १७००० मारयो ..तराइको डाका पार्टी हरु ले कति हो कति लुट्यो मार्यो खायो अब अहिले तिनी हरु नै छन् सत्ता मा लिप्त अनि ठुलो ठुलो बंगला.

    Reply
  17. द्रोण says:
    June 28, 2012 at 7:39 am

    पार्टी खोल्ने किन ?
    जनताको सेवा गर्न ,देश बनाउन हो ?हैन |
    तेसो भए किन त् ?
    नेपाल मा द्वन्द मचाउन चाहने बिदेसी तत्त्व हरुले करोडौ खर्च गरिरहेको हुन्छ |त्यो पैसा खान ,एस्तो मोस्ट वान्टेड हरु को उनीहरुलाई ज्यादा डिमाण्ड हुन्छ |
    र फेरी पार्टी खोलेबापत दर्ता गराएबापत निर्बाचन आयोग र सरकार बाट लिन सकिने फाइदा छुट्टै |
    यो पनि ब्यापार भयो अब एक किसिम को |
    यो देखिने फाइदा भो ,अन्य फाइदा कति कति |

    Reply
  18. Shree Basant says:
    June 28, 2012 at 2:26 am

    राजनीतिको खोल सबभन्दा सुरक्षित् रहेछ भनेर लागेका हुन् कत्रा कत्रा मान्छे मारेका त खुल्लम खुल्ला हिडेकाछन भने पैसा खाएको त केहि होइन राजनीतिले धोइहाल्छ भन्ने लागेको होला | कुन पार्टीमा कति र कस्ता कस्ता चोर डाँका छन भन्ने बुझ्नु जरुरि छ | यिनका खोल यस्तैगरी मेडियाले उतार्दै जानु पर्छ |

    Reply
  19. Suraj Shrestha says:
    June 28, 2012 at 2:01 am

    राजनैतिक दल मार्फत लूट नेपालमा जायज हुदै गएकोले धेरै दल हुनु कुनै नयाँ कुरा जस्तो लागेन !

    सुरज नेपाली

    Reply
  20. sitaram giri says:
    June 28, 2012 at 1:27 am

    देशको चौथो अंगको रुपमा रहेको मिडियाले यस्ता लुटेराले गरेको सम्पूर्ण कार्यलाई निरुत्साहित गर्नु पर्छ र नैतिक तथा फौजदारी को कसुर लागेकालाई पार्टी खोल्न कानुनले छुट दिदैन त्यसैले नेपाल बन्द ले बिरोध हैन कि यिनले गरेका सम्पूर्ण कम बन्द गर्न एक हौ .

    सीताराम गिरी
    USA

    Reply
  21. ram says:
    June 28, 2012 at 1:09 am

    होइन हाम्रो पैसा चै कहिले फिर्ता गर्छन रे ति कुकुर हरुले ?

    Reply
  22. Harke says:
    June 28, 2012 at 12:35 am

    ज्यानमाराहरुले पार्टी खोल्ने र सफल हुने देशमा यी धनमाराहरुले पार्टी खोल्नु के नै अचम्म भो र ?

    Reply
    1. mahesh says:
      June 28, 2012 at 4:23 pm

      १७००० मध्य १3००० को संकटकाल लगाएर ज्यान लिने कांग्रेस एमाले ले लोकतन्त्र र मानवाधिकार को मन्त्र उचारण गर्न हुन्छ भने ठग ले पार्टी खोल्न किन नहुने भनेर खोलेको होला. जे होस् “लोकतान्त्रिक कित्ता” को मोर्चा मा २८ पार्टी हुने भयो.

      Reply
  23. Nabin Attreya says:
    June 27, 2012 at 11:51 pm

    राजनीतिक दल भैसके पछि पैसा पनि हुने ….कानुन को उपहास गर्न मिल्ने अनि खुलम खुला हिड्न पाइने सजिलो उपाए हो नि त राजनीति उस्तै परे ठुलो दल हुन पनि बेरै छैन ….एक दुइ जना मान्छे कुटे पछि त कि कसो मन नपरे नपरोस ………..

    Reply
  24. Dipendra khanal says:
    June 27, 2012 at 10:41 pm

    चोर नेताहरुको पार्टी भन्दा त यिनीहरुको पार्टी ठीक होला, सबै लूटन बसेका त हून नि

    Reply
  25. kedar says:
    June 27, 2012 at 10:37 pm

    बहुदलीय व्यबस्थाको चरम दुरुपयोगको उदाहरण हो यो | हेरौं निर्बाचन आयोगले दर्ता गर्दो रछ कि रैनछ ?

    Reply
  26. Pranav says:
    June 27, 2012 at 9:27 pm

    यदी माओबादी साचिकै सोझा साझा जनताको लागि लडेको पार्टी हो भने यी मोस्ट वान्टेड लुटेरा र यिनीहरुका मतियार हरुलाई अन्य कारवाही जहिले गरे पनि प्रथमतः जनताको रगत पसिनाले आर्जेको सम्पति सबै असुल गर्ने र हक्दारहरुलाई वितरण गर्ने तेस पश्चात यी पापीहरुलाई सवार्श्वो हरण सहित आजन्म कैद गर्नु पर्छा हैन भने बाबुराम को गफ कसैले पत्याउने छैन यति हेक्का भय

    Reply
  27. नरेश says:
    June 27, 2012 at 9:05 pm

    पार्टी को नाम सुन्दै फलप होला जस्तो छ ? कमसे कम ने. क. प. वा प्रजातान्त्रिक केहि जुन्दको भए हुने !

    Reply
  28. roshan says:
    June 27, 2012 at 8:45 pm

    कत्रो हिम्मत त यि कुकुर हरुको , अझै पनि नेपाली लाई ठग्ने चाल गर्दै छ । थुक्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क

    Reply
  29. yogi says:
    June 27, 2012 at 7:48 pm

    जाबो एउटा आर्मी को पिप्सा बन्नलाई त खत हुन नहुने रे, राजनीतिमा लागेको हुनु नहुनेरे, कुनै अपराध को रेकर्ड हुनु नहुने रे अनि के के जाति योग्यता चाहिनेरे अनि नेता- मन्त्रि हुन पार्टी खोल्न चाही तेस्को उल्टो माथि को सबै (अ) योग्यता भएको हुनु पर्ने रहेछ…कस्तो दुर्दशा देशको….जनता नै भेडो…..गणेश मनको लठ्ठी भन्दापनि कम्जोर रहेछन नेपाली प्रजा बाट लोकतान्त्रिक जनता भएका नेपालीहरु…..कठै…

    Reply
  30. Paru says:
    June 27, 2012 at 7:26 pm

    देस बिगार्ने पार्टी र नेता त् विगतदेखि थिए,फेरी बिग्रेको देस्लाए बिगार्न यो जमात.:;”.बलेको आगोमा घिउ थप्नु'” भनेको येही हो, यीन्लाए त् पार्टी खोल्ने अधिकार त् के ,ति सोजा साजा जनताले दुख गरेर कमाएको पैसा नफरकाए सम्म यो पबित्र भूमिमा टेक्न पनि नदिनुपर्ने, ,हुनत कसले रोक्ने र हाम्रो देस नेपालमा ठुला भनि कहलिएक जन्तु नै खतरनाक छन्………………

    Reply
  31. Ramesh says:
    June 27, 2012 at 7:15 pm

    अहिलेका पार्टी का नेता हरु चै कौन सा गतिला छन् र ??
    राजनीति को लागि यिनीहरु योग्य छन् | अलि भलाद्मी जस्ता मान्छे लै त हामि भोट पनि दिदैनौ नि ..

    Reply
  32. हरी गिरी,हाल दुबइ says:
    June 27, 2012 at 6:08 pm

    पार्टी त खोलिएछ अब पार्टी को योग्यता पुरा गर्न टायर् बालिने होला, ढुङ्गा हान्ने र तोड्फोड गर्ने होला अनी नेपाल बन्द पनि गरिने होला। सक्ने भयौ डाँकाहरु अनेक तरहले लुटेर ।

    Reply
  33. jeevan says:
    June 27, 2012 at 10:02 am

    Isn”t there any law while opening party. That the organization has any people with the criminal case is not fit? What the hell is nepali law then ?, I see these clause in even getting a passport, driving liscence or applying any government job.It should be applicable for standing as a CA candidate too, Law should not let them file candidency or pressurize the political parties unfit if they have such members ( with criminal cases tagged inspite of guilty or inoccent).AS FOR THE COMMON NEPALESE people, THEY are Disqualified with such clauses.WHY POLITICS PARTIES, LEADERS ARE EXCEPTION????

    Reply
  34. Lekh Rumba says:
    June 27, 2012 at 10:01 am

    जेल मा कोजे यिनी हरु झन डाका हुन्छन मेरो विचार मा रंगशालामा फूटबल हेरेको जस्तै रंगशालामा ३ दिन भोकाएको बाघहरुलाई छोड्ने अनि हामी चै तमासा हेर्ने तर के गर्ने अर्को मानव आधिकार वादी ले पो छेक्छ ! जे गरे पनि सुख छैन !! यहाँ !!!

    Reply
  35. Ale says:
    June 27, 2012 at 9:54 am

    हामि जनता पनि भेडा नै हौ | थाहा हुदा हुदै रिअल जुस पनि अझै पिउदै छौ, गुदपाक पनि खादै छौ, के जाति beer पनि पिउदै छौ, तेइ तोरीको तेलमा तरकारी पनि पकाउदै छौ, नेतालाई नमस्कार पनि गर्दै छौ, भन्सार र भुमि को हाकिम हरुकोको चाकडी पनि गर्दै छौ | अब हेरम यी फटाहा हरुको पार्टी को टिकेट पनि पक्कै लिनेछौ |

    Reply
  36. siri paudel says:
    June 27, 2012 at 9:19 am

    अब बुद्ध जन्मेको देश होइन भ्रस्ट जन्मेको देश भन्दा फरक नपर्ला अब को दस वर्ष पछी …..

    Reply
  37. Tuyoo Bhaaju Upaasak says:
    June 27, 2012 at 9:17 am

    लथालिंग देशमा भताभुंग चाला , जे जसको मुखमा आयो उसले त्यही खाला ,,, गाँठे

    Reply
    1. samrat~ says:
      June 29, 2012 at 8:53 am

      तेसो हैन येसो पो सुने थे :

      लथा लुङ्ग देश् को भता भुंग चाला …
      जस जस ले लुत्ला उस उस ले खाला..

      Reply
  38. Resham says:
    June 27, 2012 at 9:02 am

    अहिले सम्म देश विकास हुन नसेको किन? राजनीतिक समाधान ननिस्केको किन? येस्तई अपराधको जालोमा लागेकाले पार्टी खोलेर देश चलाउने हिम्मत गर्दा के देश सहि बाटोमा हिड्छ र? युनिटी नेटवर्क को नाममा दुनिया नेपाली जनतालाई ठगेर फेरी राजनीतिक खोल ओडेर जनता ठग्ने बाटो खोजेका होलान नि. बुडा पाका हरुले भने जस्तै खसी किन्नु मान्छे चिन्नु / हामी जनता भेडो नबने खासै येस्ता पार्टी हरुको अवसान आफै हुनेछ /

    Reply
  39. manish says:
    June 27, 2012 at 8:24 am

    यो एउटा ठग हरुको जमात हो दिउसै सर्बसाधारणको आँखामा छारो हाल्न खोज्ने रत्नाकर डाकु भन्दा पनि खतरनाक जन्तुहरुको समूह हो, जसले मलाई पनि ठगेको छ सबैजना होसियार!! सबैमा चेतना भया!

    Reply
  40. ryan says:
    June 27, 2012 at 8:14 am

    जसको पुछार लामो उही नै हनुमान भनेजस्तै जसले धेरै अपराध गरेको छ र जसले गर्न सक्छ उही बेक्तिनै राजनीतिको हिरो हुन्छ. नेपाल को राजनीतिक कुरा धेरै नै बिचित्रको छ बरु अरु कुनै नया ग्रह को बारेमा र एउटा बिसाल समुन्त्र को पानि को मात्रा र तेस्मा रहेका अनगिन्ति जिब्जन्तुहरुको बारेमा छिटो र छरितो तरिकाले बुज्न सकिएला तर राजनीतिक ध्यान प्राप्त भएपनि नेपाल को राजनीतिक कुरा बुज्न धेरै नै गारो छ……………..

    Reply
  41. SURENDRA SUBEDI hongkong says:
    June 27, 2012 at 7:48 am

    यस बाट के प्रस्ट हुन्छ भने सबै चोर ,डाका हरु को समूह ले नै राजनीति जस्तो पबित्र जनसेवा को काम लाई बदनाम गरिरहेका छन् /हुन् त नेपाल को सन्दर्भ मा हुनु पर्ने नै यस्तै हो किन कि जनता सोझा ,सिदा छन् जस ले जे गरे पनि सर्लक्क मानी दिने नेपाली महान जनता को कमजोरी को उदारण पनि हो यो युनिटी भन्ने पार्टी /गरौ है नेपाल मा धान,मकै ,गहु ,कोदो फल्न,फुल्न न सके पनि पार्टी त चाडै फल्छ /

    Reply
  42. Gagane says:
    June 27, 2012 at 6:57 am

    यो त अब जनता र सरकारले राम्रै संग बुझ्नुपर्ने कुरा हो| यस्ता जाल्संदी, फटाहा र आर्थिक अपराधीहरु पैसाको बल मा राजनीतिमा नहुदां त तेत्रो बबण्डर गर्ने आँटगरेर कानुन आखामा धुलो छरी हिड्न सख्छां भने मन्येता पाएको राजनीति पार्टी हुने बित्तिकै इनले के गर्न बाँकि लाख्लन|
    इनिहरुको इद्देस्य नै कानुन बाट बच्न र खाएको पच्नको लागि लुटेको पैसा खर्च गरि राजनीति खेल्ने र सम्रक्ष्याँपुनको लागि हो| यस्ता बिख ब्रिछा को जरो उक्कौनै बेश हुन्छा|

    Reply
  43. योगेश आदी, न्यूयोर्क says:
    June 27, 2012 at 5:43 am

    चोरको चार दाउ… डाँकाको दस दाउ… लुटेराको लाख दाउ…
    यिनीहरु लुटेरा हुन्, अनेक तिकडम गर्दैछन / सावधान सर्वसाधारण !!

    Reply
  44. Pratik says:
    June 27, 2012 at 3:38 am

    Awesome! These guys meet every criteria to become successful politicians of Nepal. Future is bright !!

    Reply
  45. Deep Shrestha says:
    June 27, 2012 at 2:55 am

    यस्तै रहेछ संसार को चलन.

    आज का मोस्ट वान्टेड हरु नै भोलि को राजा महाराजा बन्दो रहेछ.

    जो जति ठुलो, जाली, फटाहा हुन सक्यो उसैको पछि बढी भिड जम्मा हुने.

    नेपाल र भारत मात्रै हैन समग्र विश्व भरि नै यो भयावह प्रवृति हावी छ.

    Reply
  46. dilli says:
    June 27, 2012 at 2:38 am

    यो चोर हरु लाई समातेर जेल कोच्नु पर्छ मेरो पनि १५००० हजार खय को छ

    Reply
  47. Suprabhat Shrestha says:
    June 27, 2012 at 2:18 am

    हामी त्यहि नै नेपाली हौ ,कागले कान लग्यो भन्नासाथ कान नछामेर कागको पछी दौडी हाल्छौ /यत्रा हत्यारा आतताइहरुका सस्ता कुरालाई त पत्याएर सत्तामा पु-याई दिएउ भने अरुलाई किन नाइँ त ?सबैलाई राम्ररी थाहा छ राजनीतिनै यस्तो डबली हो जसमा जसरी नाचेपनि मालामाल,जनता पछी लागिहाल्ने अनि कानून नलाग्ने/युनिटीले पनि त्यसैले राजनीतिनै रोजेकोमा किन आश्चर्य?

    Reply
  48. तेजप्रसाद अधिकारी says:
    June 27, 2012 at 1:38 am

    अब टन्न धोक्न र फ्री मा खान पाए पछी कार्यकर्ता पनि हुन्छन । नेपालमा कहिले घाटामा नजाने फाइदामुलक व्यापार राजनीति हो । एक तिर हजार शिकार हुने अचुक अस्त्र पनि राजनीति हो । जब सम्म नेपालमा अजिंगरे नेता र चार पैसे जनता रहन्छन, यो क्रम रोकिने वाला छैन । ला जा भन्दिए मैले त मेखै मारेर… मन न परे रातोमा ठोकम… बाल भएन…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme