Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कालो झण्डादेखि किन डराउनु ?

Posted on June 26, 2012June 26, 2012 by Salokya

कालो झण्डा देखाउने प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप। फोटो सौजन्यः एपी
हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको टाउको किन दुख्नुपर्‍यो ? कालो झण्डा देखाउनु भनेको ढुंगा हान्नु, गोली हान्नु त हैन नि। अनि सत्ताधारीलाई कालो झण्डा देखाउँदा किन विरोध गर्नुपर्‍यो ? त्यो कालो झण्डाले कसैको मुखमा कालो पोतिने हैन क्यारे। आँखाको पट्टी बनेर अगाडिको दृश्य छेकिने पनि त हैन।

राष्ट्रपतिलाई आएको निम्तामा ब्राजिल गएका प्रधानमन्त्री बाबुराम भट्टराई हिजो स्वदेश फर्कँदा कालो झण्डा देखाउने विपक्षीहरुमाथि भएको प्रहरी हस्तक्षेप बुझिनसक्नुको छ।

कालो झण्डा देखाउने प्रदर्शनकारीमाथि प्रहरी हस्तक्षेप। फोटो सौजन्यः एपी


कालो झण्डा देखाउँदैमा केही लछारपाटो लाउँदैन भन्ने शिक्षा त उतिबेला आफूहरुले गरेको कालो झण्डा आन्दोलनबाट पनि शिक्षा लिनुपर्ने हो बाबुराम जस्ता विद्वान प्रधानमन्त्रीले। यादै होला, विगतमा प्रधानसेनापति हटाउने कदमविरुद्ध राष्ट्रपतिलाई माओवादीहरुले ठाउँठाउँमा कालो झण्डा देखाएका थिए, ठाउँठाउँमा प्रहरीले हस्तक्षेप गरेको थियो। कठपुतली सरकार भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध कालो झण्डा देखाउनेहरुलाई पनि प्रहरीले पक्रन्थ्यो।

अहिले समय फेरिएको छ। कालो झण्डा माओवादी प्रधानमन्त्री बाबुराम भट्टराईलाई देखाउन थालिएको छ। अहिले पो काङ्ग्रेस-एमालेले देखाएका ! केही अघि त उनकै पार्टीमा रहेको फरक विचार समूह वैद्य पक्षले उनलाई कालो झण्डा देखाउने गरेको थियो। बिप्पा सम्झौतादेखि देखाउन थालिएको कालो झण्डा ‘जनसेना’ बुझाउने निर्णय गर्दासम्म कायमै रह्यो।

प्रचण्ड र बाबुरामको पुत्ला जलाउँदा वैद्य पक्षका कार्यकर्ताहरुमाथि पनि प्रहरी दमन भयो, मसाल जुलुस निकाल्दा पनि प्रहरीले टाउको फोरे उनीहरुका।

हिजो प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँ पक्राउ परेका कङ्ग्रेस कार्यकर्ता। फोटो सौजन्यः एपी

अचम्म यही छ। पुत्ला जलाउँदा कुनै नेताको जीउ पोल्ने हैन। अनि किन पुत्ला जलाउँदा हस्तक्षेप गर्नु ! पुत्ला र मसाल जुलुसको आगो सार्वजनिक र निजी सम्पतिमा खतरा हुने गरी नजलाउँदासम्म जलाउन दिए केही फरक पर्दैन। विगतमा अन्तरिम संविधानको प्रति जलायो भनेर प्रहरीले हस्तक्षेप गरी लगेर थुनेपछि मधेस आन्दोलन चर्किएको इतिहास छ। त्यो साँच्चिकैको संविधान नि थिएन, संविधान नाम दिएर कागजको खोस्टो जलाइएको थियो। त्यो जलाउँदैमा के बिग्रन्थ्यो र हस्तक्षेप गरी कुट्दै थुनामा कोच्नुपर्ने ?

प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलबाट फर्कँदा औपचारिक सवारी भन्दै सडकको दायाँ-बायाँ छेउमा समेत बटुवालाई हिँड्न दिइएन। छेउछाउका पसलका सटरसमेत बन्द गरायो पुलिसले। खासमा यो कालो झण्डा कै डरका कारण हुनुपर्छ। नत्र सर्वसाधारणले त वाहवाह नै गरीआएका थिए त बाबुरामलाई। आफूलाई वाहवाह गर्ने सर्वसाधारणलाई दुःख दिने मनसाय त प्रधानमन्त्रीको पनि थिएन होला। डर थियो त कालो झण्डाको।

तर अचम्म छ, कालो झण्डादेखि यति धेरै डराउनु किन पर्‍यो ?

ब्राजिलबाट फर्किएपछि बाबुरामको बोली पनि बदलिएको छ। अब त उनी चुनाव भएर अर्को स‌ंसदले प्रधानमन्त्री नचुनेसम्म आफू कुर्सीमा नै रहने पो बताएका छन्, सुन्नुस् त उनको बोली

40 thoughts on “कालो झण्डादेखि किन डराउनु ?”

  1. बिस्वाश says:
    June 29, 2012 at 2:41 am

    कालो झण्डा देखाउन नपाउने कस्तो प्रजातन्त्र ???
    सत्ताको मात गजबको हुन्छ , यसले सबभन्दा पहिले व्यक्तिको बिबेकलाई मार्छ |
    बाबुरामले भनेको कुरा एकदम सहि हो प्रधान मन्त्रीको कुर्सि बच्चाको खेलौना होइन ..यो त नियमले पाउने कुरा हो | यी सब भनि राख्दा आफु कुन नियमको आधारमा अझै प्रधान मन्त्रि रहेको भन्ने कुरा बिर्स्या जस्तो छ , बबुरो राम |

    Reply
  2. Ramesh says:
    June 28, 2012 at 11:26 pm

    पहिले पहिले राजा को सवारी हुदा नि यस्तै हुन्थ्यो | तेती बेला चै केहि नबोल्ने अहिले बाबुराम ले गर्दा चै के को महाभरात नि ??

    Reply
  3. Ramesh Lekhak says:
    June 28, 2012 at 4:06 pm

    सार्है पूर्वाग्रही संदेशहरु ले भरिदै गएको छ मेरो संसार | सायद यो कमेन्ट सहित आज देखि मैले मेरोसंसार ब्लग लै नहेर्ने गरि बन्द गरिदिए

    Reply
  4. shyam says:
    June 28, 2012 at 3:43 pm

    कालो झन्डा देखौदैमा सत्ताको साचो कांग-ग्माले lai सुम्पेमा बाबुरामको ठुलो गल्ति हुन्छ| हिजो प्रचण्ड सन्किएर सत्ता छाड्दा आज पत्ता साफ bhayer आफ्नै पार्टी उसको नियेंत्रण बाट बाहिर गइ सक्यो| सबतिर बाट हारेको माधे केपी र सुशिले ले पुन शक्ति आर्जन गरे| राम वरण ले आधुनिक ज्ञानेको भूमिका निभौना खोजे जस्तो देखिदै छ| सडकमा एमान्ग्रेस्सका ठेत्नाहरु रोइ karai गर्दैमा तर्सिनु हुन्न| ज्ञानेको लात खाएर मात खाएका हरुलाई माओबादीले हात र साथ् दिएको बदला माओबादी पार्टी फुटाउने भूमिका खेलेर माओबादी माथि ghaat गर्दै छन्|

    Reply
  5. ananta says:
    June 28, 2012 at 12:17 pm

    बाबुराम जी हामी नेपाली जनता ले तपाई को कहिँ आशा गरेका थियौ तर तपाई प्रधान मन्त्रि भय पक्षि त झन् नेपाल बिखन्डन हुने एस्थितिमा भयो आखिर तपाई ले पनि कहिँ गर्न सक्नु भयान है ? अनि तपाई किन राजिनामा दियर सहमति को सरकार गठन गर्नु हुन्न ? कि तपाई लै पनि कुर्सि को मह ले छोडेन ? तपाई त सर्वहारा को नेता होएनर ?

    Reply
  6. ananta says:
    June 28, 2012 at 12:06 pm

    बाबुराम जी मलाई लागेको थिओ कि तपाई प्रधान मन्त्रि भय पक्षि कहिँ देशमा हुन६ तर मा गलत रहिछु आज हेरानुस त देशमा झन् बिखन्डन हुने एस्थितिमा ६ तपाई बाट जनता ले कहिँ आशा गरेका थिया तर ति आशा सब निराशा मा पारित भैसक्य अब तपाई देश लाई निकासको बाटोमा लैजानको लग्गी भाय पनि आफ्नो राजिनामा दियर सहमति को सरकार गठन गर्नुस अनि मात्र नेपाल मा कहिँ बाट खुल्क्ष्न कि तपाई राजिनामा नदिने बिपक्षे राजिनामा माग्ने अनि कसरी हुन६ त सहमति नेपाल मा तपाई लाई पनि कुर्सिको माया लगेर त होईन कताही तपाई का नारा त सर्वहारा को लग्गी थिओ आहिले कुर्सीमा आउन साथ सबाही भुल्नु भयजस्तो ६नि कि कसो बाबुराम ji

    a

    Reply
  7. CESAR says:
    June 28, 2012 at 10:39 am

    देश र जनता को लागि अबस्य हैन, सत्ताको लागि सबैले यस्तै गर्छन |

    Reply
  8. yam pun says:
    June 27, 2012 at 7:37 pm

    गणतत्र नेपालमा शान्तिपूर्ण तरिकाले बिरोध गर्न नपाउने हो भने कुन चाही तन्त्र मा पाइन्छ त ? यो प्रश्नको जवाफ बाबुराम संग छ ? जम्मा दस बर्ष जंगलमा बस्दा मान्छे जंगली हुने रहेछ भन्ने कुराको यो ज्वलन्त प्रमाण होइन र ?

    Reply
  9. Lohani Indra says:
    June 27, 2012 at 11:22 am

    हुँदै जाँदा यीनिहरुलाई जनताले कालो मोसो पनि लगाउँछन् हेर्दै जाउँ न.

    Reply
  10. Sisir says:
    June 27, 2012 at 11:03 am

    मनै कालो, सोचाई नै कालो अनि कालो झन्डा देखि किन न डराउनु !!!
    बाबुरामको मितव्ययिताले ३२ जनाको सुपर जम्बो ब्राजिल भ्रमद टोलीले गरिब देशको ५-७ करोड जति झ्वाम पारिगो , देश र जनताले यो भ्रमदबाट केहि पौने वाला होइन , केवल यिनीहरुको घुन्मे मेलो हो … धेरैलाई भ्रम छ तर “बाबुराम जे हुन् त्यो देखिदैनन र जे देखिनछन् त्यो होइनन” …
    सस्तो लोकप्रियता जता जताबाट औछ तेतै तेतै यी बाजेको स्वाहा हो … बाबुरामले निकै प्रचार गरेका आर्थिक सुशाशन , आर्थिक मितव्ययिता , जनतलाई राहत कार्यक्रम , शान्ति र संबिधान नबने ४५ दिने राजिनामा , हेल्लो सरकार , फोन इन कार्यक्रम , होटेल चर्पी जाच आदिको के हालत छ , र तेशले प्रचारबाजी भन्दा के दियो त जनतालाई …२७ लाखको त चिया मात्र खाने बाबुरामको एउटा राम्रो काम भनेको काठमाडौँ को सडक विस्तार मात्र हो त्यो पनि भत्काउने काम मात्र … जेले छिटो र सस्तो प्रचार पाउछ त्यो बाबुरामले अपनाउ छन् … तिमि त फुल ढोंगी रहेछौ … यो मैले होइन तपैकै कमरेडहरुले भन्ने गर्छन … बोर्ड प्रथमले केहि गर्ला कि भन्ने आशा जनताले गरेका हुन् तर देश केवल तेस्ता डिग्रीले चल्ने भय संसार नै येस्तई बोर्ड वालाले चलाई राखेका हुन्थे , तर तेसो होइन ..

    Reply
  11. पुष्प says:
    June 27, 2012 at 9:54 am

    कालो झण्डा देखाउने भनेको उही राजीनामा माग्नलाई हो; काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । सहमति पनि नगर्ने अनि चुनाव पनि मान्दिन भन्नेहरूको यस्ता वाहियात विरोधको तुक छैन; बाबुरामले यो बुझ्नुपर्ने त हो । लाखौं जनता उत्रिँदा त हरुवा माकुनेले लछारपाटो लागेन, यिनीहरूले के नै पो लछार्ने हुन् । तैपनि कालोझण्डा बोकेर जथाभावी बोल्ने पार्टीका पुत्लाहरूलाई हटाउनु नाजायज पनि होइन । बाबुरामलाई हटाएर रामवरणलाई देशको हर्ताकर्ता बनाइरहने विचार गर्या होलान् एमांग्रेसी भैयाहरूले ।

    Reply
    1. Puspa says:
      June 28, 2012 at 8:58 am

      असर मा आँखा फुटेको गोरु ले सधै हरियो देख्छ भन्छन हो रहेछ |

      Reply
      1. Harke says:
        June 29, 2012 at 3:06 am

        गोरु नै त नभनेको भए हुने !

        Reply
        1. पुष्प says:
          June 29, 2012 at 12:10 pm

          भन्न दिनुस् न हर्केजी । बाटोमा गोरु हिँड्दा भुक्नेहरू थुप्रै हुन्छन् । ती भुक्नेको नाउँ कुकुर हो भनेर म भन्दिन ।

          Reply
      2. पुष्प says:
        June 29, 2012 at 9:17 am

        क्यार्नु ! तपाईंको जस्तो साउने झरीमा फुटेन, होइन भने कालैकालोमात्र देख्थेँ ।

        Reply
    2. suren says:
      June 28, 2012 at 3:20 pm

      एमांग्रेसी भैयाहरूलाइ त पहिला पनि देखेकै हो त आफुलाई गरिब सर्बहारा निमुखा को पार्टी भन्ने क्रान्तिकारी मावोबादीलाइ पनि देखियो………….

      Reply
  12. शशांक लामा, न्युयोर्क says:
    June 27, 2012 at 9:41 am

    पंचायती मानसिकताको धंगधंती प्रहरीहरुका हाकिममा अझै रहेछन |

    Reply
    1. Harke says:
      June 29, 2012 at 3:15 am

      हिजो धनयुद्द गर्दा माओबादी धंगधंतीले प्रहरी चौकीहरु नै जलाए,
      आज सरकारको हैसियतमा आदेश दिए, तर दोश प्रहरीलाइ नै लगाए !

      प्रहरीले त सरकारको आदेश पालना गर्छ…..! तर माओबादी धंगधंतीले भने सधै प्रहरीलाई नै दोषी देख्ने किन हो कुन्नी ?

      Reply
  13. BINOD says:
    June 27, 2012 at 8:54 am

    शान्तिपूर्ण बिरोध गर्न त् जसले पनि पाउनु पर्छ तर नेपालका राजनीति दलका ठिटा हरु कालो झन्डा देखाउने नाममा ढुंगा/मुढा गर्ने देखि लिएर गाडी जलाउने सम्म गर्न पछी पर्दैनन् !! उस्तै परे गोलि हान्छन !!!!

    Reply
  14. Nabs says:
    June 27, 2012 at 7:47 am

    नेपालको राजनीतिक अवस्थाले हामी बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ I अहिले हाम्रो देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको कुरा सबैलाई अबगत नै छ I तपाईंहरुलाई बाबु राम भट्टराईले राजीनामा दिनु पर्छ कि पर्दैन कस्तो लाग्छ? बाबु राम भट्टराईले राजीनामा दिए सहमतिको प्रधानमन्त्री को बने हुन्छ जस्तो लाग्छ? नेपालमा फेरी संबिधान सभाको निर्बाचन गर्नु हुन्छ कि हुँदैन? पुरानो संबिधान सभा फेरी ब्युँटाउन कति उपयुक्त होला? सम्पूर्ण मित्रहरुलाई कृपया धक नमानी यी प्रश्नहरुको उत्तर दिन हार्दिक अनुरोध गर्दछु I

    Reply
  15. ryan says:
    June 27, 2012 at 7:07 am

    मैले केहि समय अगी कान्तिपुर मा बाबुराम को बारेमा लेखिएको एउटा लेख पढेको थिए जसमा लेखिएको थियो पूर्व राजा बिरेन्द्र लाइ कालो झन्डा देखाउने पहिले बेक्ती बाबुराम थिए. बाबुरामलाई राजा मन नपरेको कारणले नै उनले तेसो गरेका थिए. अहिले आएर तेही बाबुराम र उसको कार्य सैली मन नपराउने जनताहरुले उसलाई कालो झन्डा किन देखाउन नपाउने? कालो झन्डा देखाउदा एती ठुलो रणनीति किन? बाबुराम लाइ एरपोर्ट बाट करिब १० किलोमीटर को गंत्ब्ये मा पुग्न १८०० सय सुरक्ष्या कर्मिको आबशेक पर्यो . बाटोमा एउटा माखा पनि हिड्न दिएको थिएन. एदी बाबुराम राम्रो छाबिको मान्छे हुन्थे र उनले राम्रो काम गरेको भए जनता उनीसंग किन रुस्ट हुन्ये ? कुनै मान्छे अरुसंग डराएर हिछ भने उसले कुनै किसिमको गल्ति गरेको छ भेनेर बुझिन्छ . येसरी डराएर हजारौ सुरक्च्या कर्मी लिएर हिड्ने ले कसरि जनता संग गएर उनीहरुका भाबना बुझेर काम गर्ने हो सोच्न बाद्य छु. म्याथ को एउटा प्रोब्लेम पुरा गर्ने बेक्तिले सम्पूर्ण म्याथ नै जानेको छ भन्नु र सोच्नु गलत हो. बाबुराम जनताका येस्तई गलत विचारका सफल बेक्ती हुन्. र उनि लाटो देशका गाँड तन्नेरी बनेका छन्. उनि बाट केहि हुनेवाला छैन. तेसैले बेलैमा बिचार पुर्याउनु आजको अनिबार्येता हो.

    Reply
  16. Byas says:
    June 27, 2012 at 6:14 am

    दिवंगत राजा बीरेन्द्रलाई कालोझन्डा देखाउँदा त मजा लागेको थियो होला बाबुरामलाई ! अहिले आफै खाइश !!

    Reply
  17. योगेश आदी, न्यूयोर्क says:
    June 27, 2012 at 5:49 am

    अधिनायकबादको सानो उदाहरण !!
    – अमेरिकामा कुनै संस्थाको, निकायको बिरोध गर्न पर्यो भने सम्बन्धित भवन पट्टि फर्काएर अत्यन्तै भीमकाय आकारको मुसा राख्छन / कालो पट्टि बाधेर बिरोध गर्ने सांकेतिक प्रयोग संसारभर छ /
    – कालो झण्डा देखि डराउनु किन ??

    Reply
  18. aasish,switzerland says:
    June 27, 2012 at 3:48 am

    आखिर कुरा त सहि हो नि,संबैधानिक रुप मा हेर्ने हो भने त्यै सत्य हो,अर्को चुनाब भएर संसद बाट कोहि चुनिएर आउछ भने प्रधानमन्त्री हुन पाउछ,नत्र भने अर्को उपाए के त??देस लाइ अन्धकार मा राख्ने कुरा पनि त भएन नि,तर तेसो भन्दा भन्दै दलहरु बीच सहमति भयो भने पनि होइन म छोड्दिन भने भने चै त्यो गलत हुन्छ,ऐले देस राजनीतिक सहमति ले चल्ने हुनाले पैले सहमति हुनु जरुरि छ र प्रम लाइ राजिनामा गराउनु पर्छ,नत्र भने पैले राजिनामा अनि सहमति भनेर त केटाकेटी को जस्तो कुरा भैगो नि,कार्यकारी प्रधानमन्त्रि ले देस कसलाई जिम्मा लगाएर छोड्ने त तेसो भए??

    Reply
  19. BINOD says:
    June 27, 2012 at 3:42 am

    यो सब समयको खेल रहेछ !! कहिले डुंगा पानी माथि, अनि कहिले पानी डुंगा माथि !! माओबादी हरुलाई आतंककारी घोषणा गरेर संकटकाल लगाउने हरु आज उसै सग सत्ताको भिख मागी रहेछन !!! यसको अर्थ यो हैन कि बाबुराम सरकाले जे गरिरहेछ त्यो सबै ठिक हो !!!!!!!!!!

    Reply
  20. Deep says:
    June 27, 2012 at 3:12 am

    “मलाई नेपाली जनताको साथ छ, सबै भन्दा बढी – ८२% मत प्राप्त गरेर जितेको मान्छे मै हो” यो बाबुरामको भनाइ BBC मा सुनियो l येस्ता आधार हिन कुतर्क कति ओकल्छन उनि? उनलाई थाहा छैन ८२% मत मात्र गोर्खा मा प्राप्त गरे या सारा नेपालमा ? उनलाई थाहा छैन – उनि गोर्खाको या नेपालको प्र.म. को पोस्ट मा छन्?
    फेरी थपे – “मुट्ठीभर मान्छेको बिरोधको भरमा मा कत्ति पनि बिचलित छैन र हुनु पनि हुदैन”, हरे शिव! यदि तेस्तो हो भने कालो झन्डादेखि यति धेरै डर किन लाग्यो? बचपनमा कालो झन्डादेखि उनलाई कतै सातो गएको त थिएन, तेही सातो अहिले बल्झेको पो हो कि?

    आजकल यिनको मन्त्र भएको छ – “आर्थिक समृद्दी”, यिनलाई कसले बुजाइदेला – आर्थिक समृद्दी भनेको योग्यताको प्रमाण पत्र होइन, रेडियो मा बोलेर, आफ्नै कार्यकर्ताको गाउँमा रात बिताएर आर्थिक समृद्दी हुदैन, तर हुन्छ भने, मात्र नाटक, र कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानको सबैभन्दा राम्रो उदाहरण पनि l

    यी सर्बहारा नेतालाई “सर्बहारा” को अर्थ पनि कसले बुजाइदेला ? सुकुम्बासीलाई बैकल्पिक व्यवस्था नगरी बर्सायामामा खुल्ला आकाशमुनि सुत्न बाध्य बनाउने कति महान जनता प्रेमी र बिकाश प्रेमी काम ?

    धन्य छौ तिमि – अरु नेतामा र पढेको नेतामा धेरै अन्तर हुन्छ भन्ने सोजा साजा जनताको सोचाइमा मा भूइंचालो नै ल्याइदिएउ l

    Reply
    1. mahesh says:
      June 27, 2012 at 6:36 pm

      दीप जी
      हो उनि गोर्खा बात चुनिएका, के यो नै संसदीय ब्यबस्था को उपज होइन र? एक ठाम बात चुनिएको लाइ अरु ले चुनेर जना प्रतिनिधि भन्ने? यो एउटा विकृत हो र त तेस्को बिरुद्द मा स्वयम् प्रत्यक्ष कार्यकारी निर्बाचित हुनु पर्दछ भनेर बाबुराम हरु ले भनेको. बाबुराम किन बिचलित हुने? उनि बकाइदा बैधानिक सस्था बात निर्बाचित भएका हुन् र बैधानिक सस्था बात निर्बाचित भएका लाइ अर्को बैधानिक माध्यम बात आएको ले नै बिस्थापित गर्न सक्दछ न कि कांग्रेस एमाले को रोधन बात सडक बात टिपेको कुनै ब्याक्ति ले. के यो भनाइ गलत हो? सहमत को नाम मा प्रधानमन्त्री नै चाहिन्छ भन्ने हरु हुन् सहमत को बिरोधि. के शहमत को लागि सरकार नै चाहिन्छ? बाबुराम वा माओबादी को सरकार मा रास्ट्रिय सहमति हुन् सक्देन भने के के कारण ले गर्दा कांग्रेस वा एमाले को नेतृत्व मा रास्ट्रिय सहमत हुन् सक्दछ? बैधानिक प्रधानमन्त्री लाइ फालेर अर्को प्रधानमन्त्री को लागि आब्वान गर भनेर भन्ने हरु ले नै राम बरण लाइ राजा बनाउन खोजेका छन. लोक्तात्न्रिक भनाउदा हरु लाइ चुनाव मा जान किन डर भएको? जहाँ सम्म कालो झण्डा र प्रहरी को दमन को कुरा छ, यो त हिजो कै शृंखला हो.

      Reply
      1. cRIS says:
        June 28, 2012 at 7:49 am

        तपाईको तर्कमा सहमत छु| कमसेकम अहिलेको बैधानिकलाई हटाएर जनताबाट तिरस्कृत अबैधानिकलाई ल्याउन दिने हुन्न, कि लोकतन्त्र र प्रजातन्त्रको धज्जी उडाउन नै बाँचीरहेका हुन् यी स्वघोषित “हिमायती”हरु??! हईना जस्तो सिंघदरबार घेरेर हुईयाँ लगाउदै देशका सारा जनताको दुहाई दिन, कुन नैतिकताले दिन्छ, यी शुशील कोइराला र केपी ओलीहरुलाई? हँ??

        Reply
  21. Ram says:
    June 27, 2012 at 2:01 am

    कुनै पनि काममा रचनात्मक बिरोध गर्नु सबै नागरिकको अधिकार हो/ अहिले नेपाल अतिनै संक्रमण काल अबस्थामा रहेको छ / यो अबस्था आउनुमा शाहा कलदेखिका नेताहरुको देशपर्तिको उनुत्तार्दायी, स्वार्थी पन, नाताबाद, भ्रस्टचारीहरुको जमातले र तिनीहरुक भरौटे हरुको कारणले भन्ने कुरा सबैलाई अबगत नै छ/ अनि त्येस पछीका प्रजातन्त्रको खोल ओढेर जनताको पसिना र रगतको स्वाद पाएका नेपाली कांग्रेस र एमालेक नलाएक नेताहरु बिशेष गरी सेरे, रामे, सुशेले, महते , मधबे, झले,खड्के, अनि भर्खरै उदाएका प्रचंडे र बैधेले पनि देश सुधार गर्दैनन् त्येसैले अब नेपाली जनताले यिनीहरुलाई बहिस्कार गर्दै( जुन कुरा केहि साता अघिका प्रदर्शनले पनि बताएका छन्)आफ्नो उज्जल भबिस्यको लागि एक जुट हुनु पर्ने बेला एको छ/त्येसैले मुठी भरका भरौटे पछि नलागी देशको उन्नतीका लागि जसले रचनात्मक काम गर्छ त्येसको समर्थन गर्नु हामी नेपालीको दायित्व हुन आउंछ/

    Reply
  22. तेजप्रसाद अधिकारी says:
    June 27, 2012 at 1:24 am

    बिरोध गर्ने अधिकार हनन हुनु हाम्रो दुर्भाग्य हो तर हामी कहिले यो सोचेका छौ कि बिरोध गर्ने नाम मा हामी आफै कत्ति अराजक हुन्छौ…? बाबुराम ब्राजिल जाँदा बिमानस्थलको गेटमा बिरोध कार्यक्रम गर्ने र कालो झन्डा देखाउने क्रम मा बाबुरामको गाडी माथि ढुंगा प्रहार भएको थियो । बिरोध गर्ने ले पनि सभ्य भएर बिरोध गर्नु पर्यो नि… जादा ढुंगा हान्नेले फर्कदा पनि त हान्न सक्छन ।सुरक्षा नदिएर दुर्भाग्यबस कुनै दुर्घटना भएको भए हामी नै यहि ब्लगमा कमजोर सुरक्षा सयन्त्रको को बिरोध गरिरहेका हुने थियौ ।

    Reply
  23. Chetan Nepali says:
    June 27, 2012 at 12:40 am

    मै मात्रै खाउ मै मात्रै मोज गरौ म मात्रै जान्ने बुझ्ने भन्ने त प्राय हरेक बाहुन्वादिहरुको विशेषता नै हो सायद यसमा दुइमत नहोला ! यो बिशेषता प्रायजसो बहुसंख्यक बाहुन क्षेत्रिहरुमा ब्याप्त छन् ! बाबुराम भट्टराई पनि कुनै नया चीज हैन रहेछ यो बिशेषता रहित ! यहि विशेषताले गर्दा आज देश यो अवस्थामा आइपुग्यो !

    मेरो यी भनाइ ति बाहुन क्षेत्रीहरुलाई (शाशक तथा प्रशाशक) लक्षित हो जो देशको यो कुरूप बनाउनमा जिम्मेवार छन् अन्य बाहुन क्षेत्री मित्रहरुले चित्त नादुखाउनुहोला यदि तपाईहरु कतै बाट पनि जिम्मेवार नभए !

    Reply
  24. Ramesh says:
    June 27, 2012 at 12:29 am

    प्रभु को लिला अपरम्पार छ | हिजो साफ को सम्मेलन मा गएर आयेसी पूर्वप्रधान मन्त्रि माधब नेपाल जसरि दरिएका थिए तेसै गरि अहिलेका काम चलाउ प्रधानमन्त्री बाबुराम भट्टराई दरिएका छन् | …. 🙂

    Reply
  25. shiba says:
    June 26, 2012 at 11:57 pm

    हिजो को दिनमा आफ्नै हातले कालो झन्डा बनाएर आफ्नो कर्याकर्तालाइ बिरोध गर्न पठाउने उही बाबुराम हैन ? आज आफुलाई त्यहि कालो झन्डा देखाउदा किन डराउने! अरुलाई देखाउदा राम्रो आफुलाई अरुले कालो झन्डा देखाएर बिरोध गर्दा पुलिस लगाएर दबाउने ? हिजो अरु दल को अरु नेत्ता प्रधानमन्त्री हुदा कालो झन्डा देखाएर ढुंगा बर्साएर काबु बनाउन खोजे को हैन बाबुराम सरकार? “हिजो सासुको पालो आज बुहारीको पालो कि कसो त साथी”? डरछेरुवा बाबुराम बाजे!

    Reply
  26. Lalit Narayan says:
    June 26, 2012 at 11:47 pm

    के विश्वास – दिन दहाडै दयाम दयाम गोलि हानेर न्यायधिसको हत्या भैराको बेलामा कालो झन्डा संगसंगै बन्दुकको गोलि पनि देखायो भने ? तेही भएर जम्मा भएर कालो झन्डा देखाउन र सडक खाली गर्न लगाएको होला नि l भरे तल माथि भइहाल्यो भने कसले जिम्मा लिने हो? VIP को सुरक्छ्या त गर्नै परो त हाउ l

    Reply
  27. आक्रोस, टेक्शस says:
    June 26, 2012 at 10:19 pm

    अगुल्टाले हानेको कुक्कुर बिजुली देख्दा तर्सिएको जस्तो पो होकी ?

    Reply
    1. Hari Prasad Lamichhane KSA says:
      June 27, 2012 at 12:38 am

      कुकुरलाई येसरी जे पायो तेही न भनौ न, कुकुर रिसाउला नि जो पायो त्यो संग तुलना गरेको भनेर ……………

      Reply
  28. Resham says:
    June 26, 2012 at 10:11 pm

    कुन बेला कुर्सि गुम्ने हो? अत्तो पत्तो छैन / कालो झन्डाले सत्ता हल्लौना थालेको महसुस भएकोले पनि अशुरछ्याको संकेत गरेका हुन सक्छन / अब प्रतिपछ्याले कालो झन्डा नदेखैएर खोइ के को सेतो झन्डा देखौलन र? तर सत्तासंग जोद्दिएकोले डर लागेको हुन् सक्छ है हजुर /

    Reply
  29. रोशन बाबु says:
    June 26, 2012 at 9:49 pm

    ….. पसलको सत्टर बन्द रे, बाटो मा हिड्न नपाउने रे, हुँदा हुँदा कालो T-Shirt पनि लगाउन नपाउने ?????
    …. धन्न सास चाहिं फेर्न पाए है जनताले बाबुराम नेपाल फर्केको बेला !! जनताको प्रतिनिधि रे जनतालाई नै एस्तो दुख दिने ????

    बाबुराम भट्टराईबाट चाहिं अलिकति भए पनि आश थियो !! अब त्यो पनि रहेन ……

    अब यो कमेन्टमा नेतालाई मुख छाडौं भने कमेन्ट नै प्रकाशित हुन्न !! राम्रो कमेन्ट पाउने काम नेपाली नेता कसैले नि गरेका छैनन् !! अब झन नेपालमा अराजकता बढ्ने भयो …. पार्टीहरु धमाधम फुटी रा छन् .. चुनाबमा बहुमत कसैको पनि आउन्न … अनि २००७ साल देखि चली आएको सरकार बनाउने अनि ढाल्ने नाटक सधैं भरि चल्ने भयो नेपाल मा !!!

    जय होस् नेपाली राजनीति, जय होस् हाम्रो खप्पर !!

    Reply
  30. गुन्जन says:
    June 26, 2012 at 9:45 pm

    सत्ता र भत्ताको मात लागे पछि ह्यागं अोवर कहां सजिलै छुट्छ र !!!!
    हिजोको पाठ पुरानो भै सक्यो!!! डा सापको टेक्निकल चिरफार
    सकियो अब डा(गं)डारी अन्वेषण शुरु भयो किनकी अर्का डा (मनै मोह न ) ले
    नया प्रविधी जो बताई दिए / धन्य हो ” भारते खण्डे ” का विद्वान ” पर धान ”
    मन्त्री ज्यू

    Reply
  31. Suraj Nepali says:
    June 26, 2012 at 9:27 pm

    नेपालका प्रधानमन्त्रि बाबुराम भट्टराईको पालामा संविधान सभाको मृत्यु भएकोले मन कालो भएको कारणले कालो झन्डादेखि डराएको !!!

    सुरज नेपाली

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme