Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सार्पसुटर भएको भए छ वटा गोली किन हान्थे?

Posted on June 2, 2012June 2, 2012 by नवराज न्यौपाने

-नवराज न्यौपाने-

स्केच साभारः कान्तिपुर/कृष्णगोपाल
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको बिहीबार दिनदहाडै गोली हानी हत्या भएपछि कसले र किन यसो गर्‍यो होला भन्ने अनुमान सबैले गरिरहेका छन्।

बमको हत्या सुनियोजित देखिए पनि सार्पसुटरहरुको प्रयोग भएको जस्तो मलाई लाग्दैन। भर्खर-भर्खर अपराधमा लागेका आत्मविश्वास कम भएका अपराधीहरु यस घटनामा प्रयोग भएको हुनुपर्छ। एउटै मानिसलाई छ/छ वटा गोली दागिनु, कति गोलीले मानिस मर्दछ भनेर विश्वास नहुनु हो। सार्पसुटरले त टाउकोमा सुट गर्नु पर्दथ्यो, त्यो पनि बढीमा दुई सुट। तर यहाँ टाउकोमा सुट गरिएको छैन। बमको चिउँडो, घाँटीको रुद्रघण्टी, छातीका ३ ठाउँ, छाती नजिकैका कोखामा गोली लागेको छ। साथै हातमा समेत गोली लाग्नुले अपराधीहरु प्रोफेसनल अपराधी त हुन तर, सार्प सुटर भने होइनन् भन्ने स्पष्ट हुन्छ।


यो घटनामा मिर्जा दिलसाद बेग, जमिम शाह, जनकपुरका अरुण सिंघानियालगायतका व्यक्तिहरुको हत्यामा जस्तो सार्पसुटरको प्रयोग नभई त्यसभन्दा तल्ला तहका अपराधीहरु प्रयोग भएको हुनसक्दछ।

साथै घटना यति धेरै एकान्त स्थानमा गराइएको छ कि त्यहाँबाट भाग्नको लागि कुनै समस्या नै नपरोस् अथवा शतप्रतिशत सुरक्षा खोजिएको छ। यसअघि फैजान अहमदको हत्या घण्टाघर अगाडि महानगरी प्रहरी आयुक्तको कार्यालयअगाडि भएको थियो।

यसपटकको योजनाकार वा हत्याराहरु कुनै पनि हालतमा प्रहरीले पत्ता नलाओस् भन्ने उद्देश्य राखेको देखिन्छ। अर्कोतर्फ घटनालाई राजनीतिक रुप दिनको लागि नेपालवाद पार्टी भनेर एउटा पर्चा समेत छरिएको छ। त्यो पर्चामा उल्लेखित विषयवस्तु, भाषा हेर्दा हत्याका योजनाकार मध्येका एक राजनीतिक क्षेत्रमा मानिस पनि हुन् भन्ने स्पष्ट हुन्छ। पर्चामा २००७ सालदेखि २०६३ सालसम्मको चर्चा गरिएको छ। साथै राजतन्त्र नै नेपालको प्रमुख बाधक शक्तिको रुपमा चित्रण गरिएको छ। यसबाट यसको पछाडि कुनै वामपन्थी राजनीतिमा लागेको मानिस पनि छ भन्ने सोझो अनुमान गर्न सकिन्छ। तर राजतन्त्रलाई बाधक भन्ने पर्चा छरेपछि राजतन्त्र समर्थकहरुलाई शंकाको घेराबाट मुक्त पार्न सकिन्छ भनी अनुसन्धान अधिकारीहरुको ध्यान डाइभर्ट गर्ने चाल पनि यो हुनसक्छ। यसअघि आयल निगमको गेटअगाडि भएको विस्फोटमा पूर्व राजावादीको संलग्नता रहेको संकेत प्राप्त भएको थियो।

चालकको गतिविधि शंकास्पद रहेबाट हत्यामा चालकको पनि सहभागिता छैन भन्ने आधार छैन। उसमाथि एक गोली पनि प्रहार नगरिनुलेमात्र हैन, बडिगार्डमाथि सबैभन्दा पहिले गोली प्रहार भएपछि चालकले हत्तपत्त गाडी ब्याक गरेर वा अगाडि रोकिएको मोटरसाइकललाई लडाएर किन भगाउन खोजेनन् भन्ने पनि प्रश्न उठ्छ। नसक्नु अलग कुरा, असफल नै सही प्रयास त गर्न सक्थे नि? त्यसो पनि गर्न सकेको अवस्था छैन।

गाडीमा सँगै रहेका न्यायाधीश बमका साथी राम गिरीमाथि पनि गोली प्रहार गरिएको छ। के राम गिरीलाई झुक्किएर गोली लागेको हो त? यो अवश्य होइन। हत्यामा संलग्न व्यक्तिलाई कुन चाहीँ न्यायाधीश हो भनेर चिन्न नसकेको अवस्था चैँ हो कि ? शंका गर्न सकिन्छ।

24 thoughts on “सार्पसुटर भएको भए छ वटा गोली किन हान्थे?”

  1. laxman says:
    June 11, 2012 at 12:27 pm

    यो ब्लग पढेपछि मलाई यसमा लेखिएको भन्दा फरक परिणाम आएजस्तो लागेन । यो ब्लगभित्र उल्लेख भएको चालकको शंकास्पद नियत, प्रहरीले चालकलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान नगर्नु, हत्यामा सार्प सुटर प्रयोग भएको भन्दै खोजिनीति गरिएको भएपनि हालसम्म पनि फेला नपर्नु इत्यादि कुराको थप पुष्टि भएको छ । तसर्थ सुरक्षा निकायबाट पनि गम्भीरतापूर्वक चासो नदेखाएको देखिएको छ । नवराज भाइले गरेको विश्लेषण सही सावित हुन पुगेको छ । यथार्थ भन्दा परको विश्लेषण हो कि जस्तो लागेको थियो । तर, यत्तिका दिनसम्म पनि हत्यारा पत्ता नलाग्नुले राजधानीमा सुरक्षा कहाँ छ भन्ने प्रश्न चिन्ह खडा गरिदिएको छ ।

    Reply
  2. पाठक says:
    June 6, 2012 at 3:32 pm

    सुटर जुनसुकै भएपनि सुटरनै हो गोली हानि सक्यो । तर मोटरसाईकल अगाडी रोकिएको ठांउ र गाडी भएको स्थानको दुरी २० मिटर थियो । शंकास्पद गतिविधि नदेखिएको भए २० मिटर अगाडीनै किन गाडी रोकियो । यदि शंकास्पद गतिविधि देखिएर गाडी रोकेर बडी गार्ड गाडीबाट ओर्लेर मोटरसाईकल भएको स्थानमा हिंडेर गएको हो भने भनेको बेलामा झिक्न नसक्ने गरि पेस्तोल किन राखेको र जानु अगाडीनै ड्राईभरलाई होस गरेर बस है किन भनेको । ड्राईभरलाई केही नहुनु र उक्त स्थानबाट भाग्न सफल हुनुले ड्राईभरमाथीको शंका गर्ने ठाउ प्रशस्त छ तर बडी गार्ड पनि शंका गर्ने ठाउहरु प्रशस्त छ ।

    Reply
  3. yobaraj pathak says:
    June 4, 2012 at 7:01 pm

    I often, think why our govt, waiting to form Investigation committee after incidents..? where are C.I.B. are sleeping ?,

    Reply
  4. Girija Adhikari says:
    June 4, 2012 at 1:18 pm

    नवरजजीले लेख्नु भएको यो स्टोरी ममनयोग्य छ । बम हत्याकाण्डमा सार्पसुटरको प्रयोग भएको हो भन्ने मलाई पनि लाग्दैन । घटनाको वास्तविकता जाँचबुझा गर्न गठन भएको समितिले यसबारेमा वास्तविकता ल्याउला । प्रहरीले गर्ने अनुसन्धान हावादारी नहोस् ।
    लामो समयपछि माइसंसारमा देृखिनु भएका नवराजजीलाई स्वागत छ है ।

    Reply
  5. Anamika Thapa says:
    June 4, 2012 at 10:24 am

    अपराधको विषयमा माइसंसारले चलाएको बहसप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । अझ यस विषयमा राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय तहमा रहेका नेपाली बौद्धिक जगत समेत सहभागी हुनु हामीहरुको लागि खुशीको कुरा हो । म नेपालमा नै अध्ययन गर्ने एक विद्यार्थी भएको नाताले यसमा सहभागी किन नहुने भनेर यो प्रतिक्रिया लेख्दैछु ।
    न्यायाधीश रणबहादुर बमको हत्या काण्डमा दुई वटा कुरामा मेरो ध्यानाकर्षण भएको छ । पहिलो कुरा घटनापछि हत्याराको पहिचानको विषयमा सुरक्षा अधिकारहरुबाट आएको कुरा, चालकलाई प्राथमिकताका साथ अनुसन्धानको दायरामा ल्याउने विषय तथा घटनामा संलग्नको स्केच बनाउन भएको ढिलाई जस्ता कुराले झनै रहस्यमय बनाउँदै लगेको छ । अर्को कुरा घटनापछि न्यायाधिश बमलाई जसरी भ्रष्टाचार नै हुन भनेर विभिन्न सञ्चार माध्यमहरुबाट आए, यसको भित्री पाटो पनि खोतलिनु आवश्यक छ ।
    घटनामा संलग्न व्यक्तिले दोस्रो संवेदनशील, त्यो पनि मुटु भन्दा अन्यत्र फायर गर्नुलाई कसरी सार्प सुटर भनेर प्रचार गरिदैछ । यसको कारण सही हत्याराको नजिक पुग्न गाह्रो भइरहेको छ । घटनामा बमलाई गाडीभित्रै गोली हानिएको थियो । गाडीको सिसा फुटेबाट यसको प्रमाणित हुन्छ । दौडिरहेको व्यक्तिलाई गोली हानिएको भए, पछाडिबाट लागेको हुन्थ्यो । यस घटनामा पछाडिबाट गोली लागेको भनिएको छैन । त्यसैले प्रहरीलाई सार्प सुटर खोज्न लगाएर घटनामा सामान्य खालका अपराधीको संलग्नता छैन भनेर भन्न सकिदैन । त्यस्तै चालकलाई प्राथमिकता साथ अनुसन्धानको दायरामा किन ल्याइएको छैन ? यो गम्भीर विषय हो । साथै उनले बचाउको प्रयास नगर्नुलाई अत्तालिएको मानसिकता भन्न मिल्दैन । अर्को कुरा घटनामा संलग्नको स्केच अहिलेसम्म तयार भएको छैन । देख्ने मानिसहरु दुई जना ज्यूँदै छन् । घण्टाघरमा रेनकोट लगाएर गोली हान्नेको स्केच तयार गर्ने प्रहरीले यस घटनामा प्रत्यक्षदर्शीहरु हुँदा हुँदै किन स्केच बनाउन सफल हुन सकिरहेको छैन ?
    अर्कोतर्फ न्यायधीश बमलाई भ्रष्टाचारी भनेर किन मिडियाले प्रचार गरिरहेको छ ? अभियोग लगाउँदैमा भ्रष्टाचारी भन्न मिल्छ । न्यायापरिषदमा अभियोग मात्रै लागेको थियो । नेपालको अदालतले जघन्य हत्याको अभियुक्तलाई त धरौटीमा रिहा गर्दै आएको छ, यसको निस्पक्ष छानविन गर्ने हो भने क–कसले के के गरे त्यो बाहिर आउला । तर, अभियोग लगाउँदै गर्दा यस्तो आरोप लगाएर मिडियाले बममाथि न्याय त गरेका छन् ?

    Reply
  6. Dambar says:
    June 4, 2012 at 5:48 am

    i would like to say that shooter was a sharpshooter, why?. i do have experience of firing lots of rounds in 25 m static target with pistol and i can count how many round i hit on target literally its not that easy job to hit moving target in 50-60m range. only trained shooters can do that job with short barrel weapon like pistol.
    and driver . reversing or moving forward in such situation is not a job of normal driver. to carry out such drills in such emergency situation driver must be trained well. its about the decision that got to be taken in fraction of second. looking at the area used here road is not wide enough to carry out such emergency drills. its not like english movie or other events that has taken part in developed countries , i am sure in develop countries those VIP’s drivers are trained in emergency drills but i am not sure about that driver here. if he was trained for that and he didnt carry out those drills he should be kept under a big question mark.

    Reply
  7. Sisir says:
    June 3, 2012 at 11:54 am

    according to Oxford dictionary
    sharpshooter = a person who is very skilled in shooting.
    according to Cambridge advanced dictionary
    sharpshooter = a person who is skilled at firing a gun and accurately hitting what they are aiming at

    So if someone shoot a person who is inside a car with closed window and also hit the same man chasing 50-60 meters and able to hit 5-6 bullets in the most critical part of the body seems to be a skilled professional sharp shooter .. This case of murder was hit to kill no matter how may bullets .. Sharpshooter does not necessarily mean “one bullet one death”

    Reply
  8. Tamang U. C. says:
    June 3, 2012 at 11:05 am

    ये तपाईहरु कसैलाई बन्दुक वा पिस्तोल चलाउदा के हुन्छ भनेर थाहै रहेनछ . येसो सिधा उभिएर नहल्ली निसाना लगाउदा त भनेको ठाउमा लगाउन गाह्रो हुन्छ, बिचारहरु मन गढ़ानते लामो गन्थन गर्ने खुबी का जान्ने जस्ता .

    Reply
  9. Hilman says:
    June 3, 2012 at 6:31 am

    point blank range मा एकै व्याक्ती लाई मार्न ६ ६ गोली हान्नु पर्ने शार्प शूटर??? what a joke? Its not a job of a pro. Sharp shooter is an assassin who shoots from a long distance without seen with a aim to eliminate the target with a single bullet.

    Reply
  10. Meen says:
    June 3, 2012 at 6:03 am

    सर्बोच्चका न्यायधिस बमको हत्या कस्ले गर्‍यो अहिले सम्म नेपाल प्रहरिले पत्तालगाउन सकेको छैन, तर हत्यामा पल्सर बाइक प्रयोग भएको सुचनाको आधारमा पल्सर बाइक माथि निगरानी राख्दा काठमाडौं, कोटेश्वरबाट २ बर्ष पहिले हराएको मेरो दाइको पल्सर बाइक आज २ बर्षपछी धरानमा प्रहरिले फेलापार्यो। आसा छ, ढिलो- चांडो जे भएपनी नेपाल प्रहरिले बम हत्याको अपराधी लाई पनि समात्ने छ

    Reply
  11. samrat~ says:
    June 3, 2012 at 2:52 am

    ड्राइभर को चाल एकदम नै संकास्पद छ. गार्ड ओर्लेको बेला गोलि हान्ने बितिक्कै एक्सिलेटर थिचेर नाथे बाइक लाइ पन्च्यायेर अथवा ब्याक गरेर हुइकिन सकिन्थियो. किन तेसो गरेन . यो कुरा मैले सुरु मै बिचार गरेको थिए पढ्न साथ्.

    ड्राइभर लामा लाइ दुइ चार थप्पड लगाए दुध को दुध पानि को पानि होला भान्ने आशा छ.

    Reply
  12. Jeewan Rai says:
    June 3, 2012 at 12:43 am

    नवराज न्यौपाने भाईलाई sharpshooter भनेको थाहा छैन रहेछ कि क्या हो ? Sharpshooter भनेको त्यो जवान हो जसले सिश अथवा अंग्रेजिमा precision सुटिङ गर्छ । Sharpshooter हरु प्राय सैनीकले या पुलिसले प्रयोग गर्छन जसलाई snipers पनि भनिन्छ । Civilian शिकारीहरुलाई पनि sharpshooter भनिन्छन तर भाई ले भन्न खोज्नु भएको शब्द चाही Hitman हो जस्को अर्थ हो an assassin who is hired to kill another person । त्यसैले भाईले अलिक पाको पत्रकार जस्तो भएर समचार लेख्नु होला – आत्तिएर होईन ।

    Reply
  13. HPK says:
    June 3, 2012 at 12:01 am

    There are possibilities of indirect involvement of high profile personalities in the murder case of Justice Bom.I disagree with former DIG Bharat and it’s futile to relate this case with CA but never say never.The police need to go in deep investigation also suspecting the court officials of the related court where justice BOm released the criminals in hustle.It seems that Bom wanted to flash the name of some high profile personalities through press conference who had put him in trap.Some of his colleague from judiciary should bring under suspicion and police should also look for if Bom was closely in touch with any person from journalism field.Police should also dare to ask question to another justice Badri Kumar Basnet and registrar of the related court.Also track all numbers of that day when the controversial decision was delivered plus track calls of any outsiders who was living at his house and keep eyes on shops or residence in front of his home.Also put in suspect other body guards whoever were working for Bom.

    Reply
  14. saroj bastola says:
    June 2, 2012 at 11:42 pm

    सार्पसुटर को उपयोग LMG , sniper मा मात्र टार्गेट हान्न सकिन६ , पस्तोल मा सार्पसुटर को formula used हुन्न.

    Reply
    1. Dambar says:
      June 4, 2012 at 5:31 am

      म स्नैपर संग सहमत छु तर LMG मा पनि शार्पशुटर को formula use हुदैन cause LMG is a area weapon.

      Reply
  15. mahesh says:
    June 2, 2012 at 11:20 pm

    यो कुनै पनि हालत मा मार्ने नै पर्छा भनेर attack गरेको अबस्था हो. तेसैले धेरै गोलि खर्च भएको देखिन्छ. बसी राखेको मान्छे लै ताकेर हान्नु र फिल्ड को भाग दौड मा निसाना लगाउनु फरक कुरा हो. भाग दौड छिना झापति मा शार्प सुटर पनि निसाना मा मिस्स हुन सक्छ. सुरक्ष्या कर्मीले घेरेको भए पो एक कै गोलि को निसाना बनाउनु पर्ने हुन्छ. तेस्तो ठाउँ मा त जति नि time छा जति नि गोलि छ नि . तेसैले यो शार्प सूटर हो कि होइन भन्ने कुरा चाही ठुलो कुरा हो जस्तो चाहि मलाई लाग्दैन .

    Reply
  16. बिज्ञान श्रेष्ठ says:
    June 2, 2012 at 9:54 pm

    यसरि गोलि हान्न सक्ने मानिस या त भू पु पुलिस/आर्मी हुनु पर्छ या कुनै माफिया या हाम्रा महान जनबादीक्रान्ति को नारा दिदै भारतको लगौटी मा झुन्डेका माओबादी

    Reply
  17. Kishor says:
    June 2, 2012 at 9:12 pm

    अपराधको विषयमा ब्लग पढ्न पाउँदा खुसी लाग्यो। अपराध र अपराधीबारे पनि अनौपचारिक विमर्श हुन जरुरी छ। नवराजजीको पृष्ठभुमीको अभावमा उहाँको अपराध विष्लेशणको आँकलन गर्न सकिन। तर, जुन कोणको प्रश्न उठाइएको छ त्यो शार्न्दभीकनै हो। तर, सार्प सुटरबारे उहाँको धारणा पढ्दा चलचित्रको प्रभाव बढी हो कि झै लाग्यो। त्यसैले यसो बुझेको केही कुरा प्रष्ट्याउने अनुमती चाहन्छु।
    • सार्प सुटर भनेको चलचित्रमा झै एक गोली टाउकोमा हानेर ठ्याक्कै ढाल्ने भन्ने मात्रै हैन। त्यो त सुपर सार्प सुटर हुन्। कहिलेकाँही एक गोलीलेनै मानिसको ज्यान जान्छ। कहिले तीन चार राउन्ड गोली लागेर पनी ब्यक्तिको ज्यान जोगिन्छ। त्यो भाग्यमा पनि भर पर्छ। कुन प्रकृतीले गोली हानिएको छ?
    • मिस फायर भएको छ की छैन, त्यसको आधारमा सार्प सुटर हो या हैन भन्ने विष्लेशण गरिने हो। टार्गेट मिस नहुनु उनीहरुको पहिचान हो। न्यायधिष बममाथी ६ राउन्ड गोली हानिनुलाई नै सार्प सुटर हैन भन्न मिल्दैन। उनको चिउडोमा हातमा गोली लागेका आधारमा सार्प सुटर हैन भन्ने तर्कमा दम छैन। बम मुर्ती हैनन्। गोली हान्दा चुपचाव छाती थापेर बस्न उनी चल्मलाए। तर २ गोली छाती र छाती नजिक लागेको छ। टाउकोमा गोली हान्नेमात्रै सार्प सुटर हैन। टाउकोसँगै छाती पनि उस्तै संवेदनशिल अंग हो। टाउको चौडाइका कारण मिस हुनसक्ने भएकाले पहिलो रोजाइ प्राय छाती बनाउँछन् सुटरले। त्यो लडाईको मैदान होस् या अपराधको।
    • मिर्जा दिलसादवेगको शबको पोष्टमार्टममा उनको शरिरमा ११ गोली लागेको फेला परेको थियो। फैजान अहमदलाई सात गोली हानिएको थियो। जमिम पनि एकै गोलिले ढलेका हैनन्। युनुस हत्या प्रयासको अभियोगमा कारागारमा रहेका मनमित सिंहले पाँच राउन्ड गोली हान्दा पनि उनको ज्यान जोगिएको थियो।
    • सिकारु अपराधीले बमको हत्या गरेको तथ्य घटनाको प्रकृतीले मिल्दैन। हतियारसहितको बडिगार्ड भएको ब्यक्तिलाई सिकारुले गोली हान्ने हिम्मत गर्नु भनेको त्यो सुटर सुपर डन बन्ने लक्षण हो। जो सम्भव छैन। बमको हत्यामा अनुभवी, हतियार चलाउन पोख्न सुटर प्रयोग भएकोमा शंका नगरे हुन्छ।
    अपराध प्राविधिक विषय हो। यो सधै सिधा आँखाले हेरेको भरमा विष्लेशण योग्य हुन्नन्। अपराध विषयमा ब्लग मार्फत महत्वपूर्ण बहसको प्रारम्भ गरेकोमा धन्यवाद छ है।

    Reply
  18. अर्जुन says:
    June 2, 2012 at 8:30 pm

    बास्तबमा नागरिक तहबाट आफ्ना आफ्ना तर्कहरु यसरी प्रस्तुत हुदाँ घटानाका बिभिन्न पाटोहरुमा बारेमा अनुशन्धान गर्नेको ध्यान आकर्षन हुने गर्दछ र कयौ अबस्थामा अपराधी सम्म पुग्न मद्दद पनि गर्दछ। छ बटा भन्दा बढी गोली प्रयोग भएको ले सुटरहरु कम्तिमा दुईवटा हुनु पर्दछ भन्ने कुरा आईसकेको छ।
    दुईटा कुरा भन्न मन लाग्यो
    १. म सहमत हुन नसकेको तर्क सार्प सुटर हो भने त्यती धेरै गोली किन हानियो भन्ने कुरामा छ। आफूलाई दिएको काम फत्ते गर्न सुटरले १ भन्दा बढी गोली चलाउन सक्छ र त्यो गोली अन्धाधुन्द हान्न पनि सक्छ ताकी कसै र कुनै अबस्थामा पनि मार्ने काम पुरा होस। सार्प सुटरहरुले कतै टाडा बाट तार्जेट गरेर हानेको भए एउटा गोली प्रयोग हुन सक्थ्यो तर त्यो नजिकै र अगाडि र सार्बजानिक ठाउँमा उँभिएर हान्दा, मान्छेहरुले आफूलाई गोली बाट जोगाउन यता उता हिड्ने, दौडने र आफूलाई लुकान खोज्ने हुदा बढी गोली प्रयोग गर्न पर्ने हुन्छ र यहाँ पनि न्यायधिश दौडेर भागेका थिए भन्ने समाचार पनि आएको थियो।

    घटनाको अनुशन्धानका लागि सार्प सुटर र लैमेन्ड सुटरहरु जो सुकै भए पनि घटना घटिसकेको छ र अपराधीहरुले आफ्नो काम गरिसकेका छन्। सार्प सुटरहरु हुन् भने बिदेशी हत्याराहरु हुन् की भन्ने कुरा सोच्नु गलत हुन सक्छ किन कि नेपालमा पनि सार्प सुटरहरु तयार भएका हुन सक्छन्।
    २. प्राय यस्ता घटानाहुरुमा अपराधीले सबै भन्दा पहिले बडिगार्ड त्यस पछि ड्राईभरलाई हान्ने गरेको देखिएको छ। बडिगार्डले प्रतिकार गर्छ र ड्राइभरले भगाउन सक्छ, उनै अपराधीहरुमाथी गाडि चलाउन सक्ने हुदाँ सबै भन्दा पहिला उनैलाई यसो गर्न नमिल्ने बनाउने योजनाको पहिलो काम हुनु पर्थ्यो। तर यहाँ ड्राभरलाई केही पनि नहुनु र ड्राईभरले पनि केही प्रतिकार नगर्नु ले ड्राईभर पनि अनुशन्धानको घेराबाट बाहिर जानै सक्दैनन्। तर ड्राईभरले भनेजस्तो” भकाभक गोली चल्यो दिमाख शुन्य भयो के गर्ने र कसो गर्ने भन्ने कुरा सुझ्नै सकेन भन्ने कुरा साचोँ पनि हुन सक्छ।” ड्राईभर दोषी नै हुन भन्न पनि सकिदैन।
    ३. बदलिदो परिस्थितिमा अदालथको भुमिकाले गर्दा छोरीलाई गालि गरेर बुहारी तर्साउने काम भएको हैन भनेर भनिहाल्ने स्थिति छैन।
    ४. प्रचामा अझै पनि राजतन्त्र बाधक हो भन्ने कुरा उल्लेख हुनुले नेपाली राजनिति प्रति अलि जानकार नभएकाहरुले घटना घटाएका हुन् कि भन्ने जस्तो लाग्दछ। अर्थात बिदेशी हत्याराहरुको हात हुन पनि सक्छ। नेपाली राजनितिमा राजतन्त्र नभएको र कुनै बाधाकको रुपमा नभएको अबस्थामा हत्याराहरुले कुनै पुरानो पर्चालाई नयाँ मितिमा राखेर नयाँ नाममा फालेका पो हुन् कि? माथी नाम र पार्टीको नाम जे भए पनि मुल भाषा पहिले कतै प्रयोग भएका थिएकि थिएनन् प्रहरी सगँ यस्ता पर्चाहरुको अभिलेख छ कि छेन कुन्नि। तर छ भने त्यता तिर पनि एक पटक ध्यान दिन जरुरी छ।
    सबैले आफ्नो आफ्नो तर्कहरु र मनमा लागेका कुराहरु राखौ जस्ले गर्दा केही हद सम्म अनुशन्धान सजिलो हुन पनि सक्छ। अझै प्रतक्षदर्शीहरु हुनु हुन्छ भने घटानाको बारेमा प्रश्ट र यथार्थ कुराहरु आउने छन्।

    Reply
  19. Harke says:
    June 2, 2012 at 8:26 pm

    नबराज जी,
    जब, बडीगार्ड उभिएको थियो, हत्याराले त एउटा मात्रै गोली हानेको थियो रे होइन ?
    तेसैले, निसाना पनि चलिरहेको (दौडिरहेको) र शूटर पनि दौडीराखेको बेलामा शार्प -शूटरको परिभाषा बेग्लै हुनुपर्ने होइन र ?

    दौडेर पनि शार्प शूट गर्न (गोली हान्न) सक्नेलाइ शार्प शूटर मात्र होइन, “म-हान शार्प शूटर” भन्नु पर्ला कि कसो ? हाम्रा म-हान नेता हरु जस्तै क्या….!

    Reply
  20. sagar says:
    June 2, 2012 at 7:00 pm

    फिल्म सुटिङ हो र, ड्राईभरले यो लेखकले भने जस्तो गर्नलाई ! गोलि चल्न थाले पछि मान्छेको दिमागले काम गर्छ र ? अनि त्यस्तो ठाउँमा गोलि हान्नेले हतार हतार गोलि हानेर भाग्न खोज्छ कि नापेर टाउकोमा लाग्ने गरि हान्छ ? कि झ्याल खोल त, म एकपल्ट गोलि हान्छु भन्न सक्थ्यो त्यसले पनि । टाउकोमा हान्न लाग्या थ्यो होला, छल्दा घाँटी र अरु कता कता लाग्या होला । अझै ड्राइभरले गाडि उडाएर नि लान सक्थे भन्न लाउँदैन यो लेखकले । वाहियात विश्लेषण र धेरै हिन्दी फिल्न नहेर्नु होला ।

    Reply
  21. Durga Adhikari says:
    June 2, 2012 at 6:22 pm

    नेपालको राजनैतिक दुराबस्ताको फायिदा उठाउदै भयको यो घटना जो कसै बाट भयको हुन् सक्छ/ यौटा कुरा प्रस्ट के हुन्छ भने नेपाली जनताको सान्ति र सुबेबस्ता देख्न नचाहने नेपाल र नेपालीहरुलाई सधै डर र त्राशको बीच राखने चाहना भयको समूहले गरायको पक्कै हो/ यसको दोष आजका नेपाली राजनैतिक पार्टीहरुलाई नै दिनु राम्रो होला किनकि चार चार बर्ससंम संबिधान बनाउने निहुमा रास्ट्रको ढुकुटी रित्तो बनायर देश र जनताहरुलाई अलपत्र यिनीहरुले नै परेकाछन/

    Reply
  22. Dev says:
    June 2, 2012 at 5:24 pm

    यसमा चालक को मिलोमतो पकै पनि छ | यो चालकलाई साबधानी पूर्बक अनुसन्धान गरे मात्र पनि निकै सत्य तथ्य बाहिर निस्कन्छ | धेरै जसो अपराध यस्तै चालक को मिलोमतो मा हुने गर्दा छ | मदन भण्डारी को हत्या मा पनि चालक अमर लामा को खुब राम्रो संग प्रयोग गरेको देखिन्छ | सत्य कुरा तेही लामालाई रामो संग थाहा थियो तर यसले कहिले पनि जनता सामु सत्य कुरा खुलायन बरु कुकुर जस्तै मरेर गए |

    Reply
  23. kumar rokka says:
    June 2, 2012 at 5:09 pm

    एकदमै सही विश्लेषण गर्नु भयो नवराज जी तपाईले । साँच्चै यो घटनामा अचम्मले मिडियाहरुमा सार्प सुटरले गोली हानेको भनेर प्रचार भइरहेको छ । यो विषयमा मलाई पनि आश्चर्य लागिरहेको थियो । गोली प्रहार हुँदा मानिसको सबैभन्दा संवेदनशील अंग टाउकोमा प्रहार हुनु पर्ने हो । तर, यस घटनामा कसैलाई पनि टाउकोमा प्रहार भएको छैन । किनभने गोली हान्ने व्यक्तिलाई टाउकोमा प्रहार गर्दा मिस फायर हुन्छ कि भन्नेमा त्रास रहेको देखिन्छ । गोली प्रहारको पहिलो निसाना भनेको टाउको नै हो । त्यसपछिको दोस्रो निशाना देब्रे छाती । यस घटनामा मृतक तथा घाइतेको देब्रे छातीमा पनि गोली लागेको अवस्था छैन । घाँटी तथा अन्यत्र लागेर अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको छ । यसबाट घटनामा सार्प सुटर होइन, अन्य सामान्य अपराधी जसले पहिलो पटक वा दोस्रो पटक फायर गरेको हुनु पर्दछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme