Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सम्बन्ध विच्छेद

Posted on June 23, 2012June 23, 2012 by mysansar

-शशांक लामा-

जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्।
तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र
चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो
वाक्य बन्द भयो। तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो
भन्न जरुरी थियो – म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ। मैले
आफ्नो कुरा संयमका साथ राखेँ। मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन,
बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ। तिनी रिसाइन्
र चप्स्टिक हुर्याएर मलाई ‘नामर्द’ भन्दै चिच्याइन। त्यस रात हामी
दुवैबिच कुराकानी भएन, तिनी रोइरहेकी थिइन्। हाम्रो बैबाहिक सम्बन्धमा
के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो
थियो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन। जेन भन्ने
महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न
छोडिसकेको थिएँ। तिनी प्रति दया जागेर आयो।

गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार
पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा
तिनलाई हकदार बनाएँ। तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर
च्यातच्युत पारीन। दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब
अजनवी भैसकी थिई। यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन
बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ। तर मैले जे निर्णय गरेँ,
त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया
गर्थेँ। अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन्। साँच्चै भन्नु हो भने
तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो। अनि धरै दिनदेखि मनमा सँगालिराखेको
सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो।

अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन।
मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन
बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ। जब म बिउँझे,
तिनी अझै लेख्दै थिइन। मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ
। भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन-
सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले
म बाट कुनै हकदावी गरिन। त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको
जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १
महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई
नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो। यो बाहेक तिनको एउटा अनौठो
शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात
मनाउने कोठामा लगेको थिएँ, त्यो स्मरण गर्न भनिएको थियो। अनि त्यो एक
महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर
लानुपर्ने तिनको अनुरोध थियो। कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ
। हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो
प्रस्ताव स्वीकार गरेँ। मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा
तिनले जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए
पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरी धरै पाउँदिन।

हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बीच शारिरीक सम्बन्ध
भएको थिएन। उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी
दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो। ड्याडिले मम्मीलाइ
बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो। छोराले त्यसो भन्दा
मैले नजानिन्दो पिडा महसुस गरेँ। श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक
कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला। मैले तिनलाई
बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो
सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है। मैले दुखी भएर स्वीकृतिसुचक टाउको
हल्लाएँ। तिनी काममा जान बस बिसौनितिर लागिन भने, म एक्लै गाडी हाँकेर
अफिस गएँ। दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ,
तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध
आइरहेको थियो।मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान
थिइनन, निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ
फुलेको थियो। वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो। मैले
तिनलाई वास्ता नगरेको निकै भएछ।

चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ।
यिनी तिनै महिला थिइन, जसले बिगत दश बर्षदेखी मलाई साथ दिँदै आएकी थिइन।
पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ
। जति जति समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो। शायद
प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा
छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन:
मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन। मैले ध्यान दिएर
तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको
! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने
कुराले मलाई अत्यधिक पीडाबोध भयो ।एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ
। त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र? उसको
बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले।
मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन।
आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ। शयन-कक्ष,
बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको
हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए, हाम्रो विवाह् अवसरमा झै मैले
तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ।

तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ। अन्तिम दिन जब मैले तिनलाई
बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन। छोरो स्कुल
गैसकेको थियो। मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको
आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन। म काममा हिँडे, अफिस
पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ। केही बेरको ढिलाइले मेरो मन
परिवर्तन होला भन्ने मलाई डर थियो। माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका
खोली दिइन। आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई
बताएँ। जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन। तिमीलाई जरो
आएको छ ? तिनले सोधिन। निधारबाट तिनको हात हटाउँदै मैले फेरी
दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी
रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,
जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ।
विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै
जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म
अहिले महसुस गर्दैछु। जेन जुरुक्क उठिन, बेस्कन मेरो गाला चडकाएर ढोका
ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन। म गाडी चढेर घरतर्फ लागेँ।
बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले
सोधी: कार्डमा के लेखिदिउँ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर
लेखेँ – जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!

हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ।
दगुर्दै भर्र्याङ् उक्लेँ। यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा
फेला पार्नुलाई पो रहेछ। म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि
मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा
पाउन सकिन रहेछु। आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा
रहेछ। हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा
नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी
रहेछिन – फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ। जीवनका
झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की
भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र
हो, मुख्य कडी यी होइनन!!!!

तसर्थ, आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग
आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त
हेरौँ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट
जोगाउँछ। सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले
असफलता बेहोर्छ।

(घरहरु सुन्दर छन् भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई ह्रदयंगम
गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु। यो मेरो मौलिक लेख होइन,
एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन
सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी
बाँचेकै जिन्दगीको बर्णन छ। फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध
गरिएको थियो। मौलिक लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने
जमर्को गरेको छु। कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्
। मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ
भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु। पाठकहरुको
प्रतिकृयाको अपेक्षा राख्दै…..)

तपाईँ पनि आफ्नो कथा/लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा

52 thoughts on “सम्बन्ध विच्छेद”

  1. sujit says:
    July 5, 2013 at 9:47 am

    eagerly waiting for the original story can anyone help ?

    Reply
  2. jiban kumar thapa says:
    July 15, 2012 at 2:17 pm

    जीबन भर संगै बस्ने ,सुख दुख मा साथ को दिने
    बाचा बन्धन भुलेर , रस चुसी भागी दिने
    माया र सहायता को अभाब परेकोबेलामा
    झन् चित्त दुखाउनु कति स्वार्थी पनि हुने

    बिबाह पबित्र नाता हो , जुन जुनी जुनी सम्म
    खुसि मै रमाएर परिवारलाई माया नै माया दिनु पर्ने .

    माथि को कथा र तेश भित्रको व्यथा राम्रो लाग्यो ,

    Reply
  3. milan says:
    July 7, 2012 at 4:09 pm

    लेखक लाई धेरै नै धन्यवाद , यस्तै लेख हरु भबिस्यमा पनि पढ्न पाउनेछ भन्ने आशा छ .

    Reply
  4. SUSHIL says:
    June 28, 2012 at 4:56 pm

    यो कथा मैले अंग्रेजी मा पढेको थिए.सारै राम्रो लागेको थियो.मैले धेरै लै सुनायाको पनि थिए. बस्ताब मा एसको अंग्रेजी भर्सन नै राम्रो छ , तर अंग्रेजी मा पढ्न गारो हुने लाई यो धेरै राम्रो छ

    Reply
    1. sujit says:
      July 5, 2013 at 9:36 am

      सुशील जी कृपया त्यो ओरिजिनल स्टोरी को लिंक अथवा बुक को नाम दिन सकिएला तपाइँ प्रति अत्यन्तै आभारी हुने थिए .

      Reply
  5. Sudhir Regmi says:
    June 27, 2012 at 8:50 pm

    फेसबुक बाट चोरिसियेछ त सर !! धेरै ले पोस्ट गरेका थिए येही कथा अंग्रेजी मा !!

    Reply
    1. शशांक लामा, न्युयोर्क says:
      June 28, 2012 at 10:26 pm

      अनुवाद गरेर फेसबुकमा मैले नै राखेको हुँ| लगभग ३५० जनाले share गरेका थिए | माइसंसारमा पठाएको पनि धेरै अघि हो, बल्ल छापियो|

      Reply
  6. smirti says:
    June 27, 2012 at 8:36 am

    कथा वास्तविक जीवन जस्तै लाग्यो हाम्रो समाज मा घटेका र घटना सक्ने घटना लाई सचेत दिने कुरा लेक्नु भयको रहेछा मैले मेरै आखाले देखेको थिय हु वहु
    उस्तै लागो धन्यवाद फेरी पनि एस्ता लेखा हरु आउदै गरुन
    usa

    Reply
  7. shreedhar bhabuk says:
    June 26, 2012 at 8:50 pm

    धेरै मिठो कथा छ , एसले मेरो मन छोयो

    Reply
  8. gyanu says:
    June 26, 2012 at 1:13 pm

    ब्लग मा कमेन्ट गर्दा लामाजी लाई अलिक घमण्डी पाराको जस्तो लाग्थ्यो मैले पनि धेरै पटक वहाको कमेन्ट मा Thumbs Down ठोकेको छु तर आज यो साभारित लेख ले मेरो वहा प्रतिको सोचाई परिवर्तित भएको छ/ लामा जी सकारात्मकता ले जीवन सधै आनन्दित हुन्छ यसलाई ढिलै भए पनि मनन गर्नुभएको मा धन्यवाद

    Reply
  9. Bhamir Thapa Magar says:
    June 26, 2012 at 10:19 am

    यो कथा अहिलेको आधुनिक जिबनमा धेरैको सत्य घटनासंग मेल खाने रहेछ, मुटुनै छोयो …..आँखा पनि रसिलो भयो …..अतिनै मार्मिक छ ! धन्यवाद शशांक जी !

    Reply
  10. Hem says:
    June 26, 2012 at 8:59 am

    धन्येबाद कथाकार ज्यु ,कथा सार्है नै मार्मिक छ !सन्चै मेरा आँखा रसाए !यो कथा बाट हामी सबै ले पाठ सिक्नै पर्छ,मलाइ त मेरी श्रीमती लाइ अझै माया जागेर आयो

    Reply
  11. Suni says:
    June 26, 2012 at 6:41 am

    लामा जी,
    कृपया यस कथा को ओरिगिनल भाषा अन्ग्रेगी को लिंक पठाई दिन सक्नुहुन्छ. मेरो अन्ग्रेगी बोल्ने साथी संग शेयेर गर्न चाहन्छु.
    धेरै धेरै धन्यवाद.

    Reply
  12. Basanta says:
    June 26, 2012 at 6:37 am

    आजको नेपाली जनसमाजको लागि यो कथा एक हौसलायुक्त्त र युबाहरु प्रति जिम्बेवारी को बोध गरिदिनु भएको मा धन्यबाद …

    Reply
  13. Krishna Dhakal says:
    June 25, 2012 at 11:09 pm

    कथा अनि प्रस्तुति, दुवै निकै राम्रो लाग्यो ! धन्यबाद शशांकजी सेयर गर्नु भएकोमा |

    Reply
  14. DIPAK SINGH THAKURI says:
    June 25, 2012 at 7:28 pm

    धन्येबाद कथाकार ज्यु ,कथा सार्है नै मार्मिक छ !सन्चै मेरा आँखा रसाए !यो कथा बाट हामी सबै ले पाठ सिक्नै पर्छ,मलाइ त मेरी श्रीमती लाइ अझै माया जागेर आयो .

    Reply
  15. Manahari dahal says:
    June 25, 2012 at 7:02 pm

    कथा सारै राम्रो छ मलाई त रुना मन लाग्यो अब मा यहाँ भन्दा बडी नलेखु /

    Reply
  16. Bishnu Khanal, Morang says:
    June 25, 2012 at 4:24 pm

    सम्बन्ध बिच्छेदको अङ्ग्रेजी लेख नेपालीमा उल्था गरी आज राख्नु भएको मेरो संसार न्युजमा मैले पढे साह्रै मार्मिक लाग्यो । यो कथा जस्तै हाम्रो समाजमा पनि भइरहेको छ । यस कथाले मलाइ लाग्छ सकारात्म सन्देश बोकोस । विष्णु खनाल (अभिनव), मोरङ्ग

    Reply
  17. हरी गिरी,हाल दुबइ says:
    June 25, 2012 at 4:21 pm

    Lalanath जि,
    अरुको लेख रचना लाई अनुवाद गरी सरल् र सरस् तरिका ले सब्द साम्योजन् गर्नु पनि लेखकिय क्षमता नै हो जस्तो लग्छ। राम्रो लाई राम्रो भन्दा हजुर ले भने जस्तो अती भक्त नै त नहुनु पर्ने हो। अलिक सकरात्मक् हुँदा नै बेस होला । हुन सक्छ म गलत छु हजुर को सोच मा ।
    – हरी गिरी

    Reply
  18. ramu bairagi says:
    June 25, 2012 at 3:55 pm

    कथा मार्मिक छ l कथा पढे पछी मेरो आँखाबाट आँसु नै आयो l

    Reply
  19. Ram says:
    June 25, 2012 at 3:24 pm

    लामा जी I salute you , तपैले जो संग बाट साभार गरे पनि लेख अति मार्मिक छ . यो लेख ले हामी सबै लै मार्ग दर्सन प्रदान गर्छ. अति लामो समय पछी mysansar मा अति राम्रो लेख पढ्न पाइयो .

    Reply
  20. Shiva says:
    June 25, 2012 at 1:05 pm

    मन छुने आँशु आउने कथा रहेछ….. लेखक/अनुबाधकलाई धन्यबाध

    Reply
  21. suman says:
    June 25, 2012 at 11:38 am

    Pretty good reality based story !!

    Reply
  22. Sabina Shrestha says:
    June 25, 2012 at 10:24 am

    Really Heart touching story..i read thrice..Thanks Sansank ji for sharing with us.

    Reply
  23. Rai Yang pitang chhu Oxford says:
    June 24, 2012 at 9:32 pm

    लामाजी,लेख मार्फत मलाइ धुरु धुरु रुवाउनु भए तापनि तपाईलाई मूरी मूरी धन्यवाद |

    Reply
  24. हरी गिरी,हाल दुबइ says:
    June 24, 2012 at 6:47 pm

    आज असार १० गते,मेरो बैवाहिक जीवन को दशौ बर्ष,संयोग नै भन्नु पर्छ यो मर्मस्पर्शी कथा पढ्न पाये। कर्तब्य र जिम्बेवार पुरा गर्न पर्देश बसेको छ बर्ष भयो। घर भन्दा टाढा रहदा त्यसै पनि जीवनसङिनी प्रती माया त बड्छ नै तर यो कथा पढिसकेर मैले साना साना खुशीमा ध्यान त दि रहेको छु ?घोरिन वाध्य बनयो ।
    शाशांक जि को गहकिलो अनी तार्किक शब्द हरु त पढ्ने गरेकै थिए आज यो कथा ले वहाँ को लेखन क्षमता लाई सलाम गर्न मन लाग्यो।
    यस्तै सन्देशमुलक लेखहरु पस्किदै जानु होला। – हरी गिरी,प्रिथ्विनगर -५,झपा। हाल दुबइ।

    Reply
    1. Lalanath says:
      June 25, 2012 at 11:46 am

      जब हामि कुनै कुरा बुझ्ने प्रयास गर्छोउ। कुरोको चुरो र चुरोको रहस्य पनि बुझ्ने प्रयास गरे हामि नेपालीले बलिको बाख्रा वा मुर्गा बन्ने थियेनौ होला। मेरो मतलब हामि नेपाली दुनियाकों दास, भरिया( बहादुर) बन्ने थियेनौ।

      लेख सबै को जीबन संग मेल खान सक्ने मर्म स्पर्सी छ। यो लेख्दवारा सबै पाठकहरुको बैबाहिक जीवनमा नया मिलाप ल्यावोस। सुभ कामना।

      तर पाठक हरुमा अन्ध भक्ति = अति भक्ति = दासत्वो स्वीकार को बिकास नहोस जस्तोकि अहिलेको नेपालको अवस्था छ।

      शशांक लामा ले स्पस्ट लेख्नु भएको छ कि यो उहाको लेख होइन यो उहाले अनुबाद मात्र गर्नुभएको हो ।
      (घरहरु सुन्दर छन् भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई ह्रदयंगम
      गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु। यो मेरो मौलिक लेख होइन,
      एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो, फिक्सन पनि हुन
      सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी
      बाँचेकै जिन्दगीको बर्णन छ। फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध
      गरिएको थियो। मौलिक लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने
      जमर्को गरेको छु। कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्
      । मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ
      भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु। पाठकहरुको
      प्रतिकृयाको अपेक्षा राख्दै…..) ।

      तर {हरी गिरी,प्रिथ्विनगर -५,झपा। हाल दुबइ} ले यसरि बुझिदिनु भयो। सायद अरु पनि हुनुहुन्छ होला यसरि बुझ्ने।
      {शाशांक जि को गहकिलो अनी तार्किक शब्द हरु त पढ्ने गरेकै थिए आज यो कथा ले वहाँ को लेखन क्षमता लाई सलाम गर्न मन लाग्यो।}
      यस्तै सन्देशमुलक लेखहरु पस्किदै जानु होला। – हरी गिरी,प्रिथ्विनगर -५,झपा। हाल दुबइ।। । । । । । । । । । ।। । । ।। । । ।

      Reply
  25. uma says:
    June 24, 2012 at 5:52 pm

    thanks a lot Mr. Lama for translating and presenting this story in nepali. I have read it in english before. Really a very heart-touching story.

    Reply
  26. Dammar says:
    June 24, 2012 at 3:25 pm

    कथा मार्मिक, हृदयग्राही र हृदयस्पर्शी छ| प्रस्तुतकर्तालाई मुरी मुरी धन्यवाद|

    Reply
  27. Kamal says:
    June 24, 2012 at 1:31 pm

    नमस्कार शशांक जी तपाइँका कमेन्ट हरु निकै पड्ने मान्छे हु म, अनि धन्यबाद यो लेख सार गर्नु भाको मा, यो लेख केहि हद सम्म काजोल, अर्जुन रामपाल, करिना स्टारर करण जोहर को हिन्दि चलचित्र We are family संग मिल्छ. स्टोरी टेलिंग मा फरक मात्र हो. धन्यवाद फेरी एक पटक.

    Reply
  28. Birkhe says:
    June 24, 2012 at 1:08 pm

    लघु कथा भएपनि हाम्रो दिनचर्यालाइ फर्केर हेर्न, आवस्यक परे परिवर्तन गराउन बाध्य बनाउने खालको छ| लेखक/ अनुवादक दुवैलाइ साधुबाद

    Reply
  29. Sonam Sherpa says:
    June 24, 2012 at 12:55 pm

    ओ हो कथा दामी छ कलम निरन्तर रुपमा चलीरहोस . मैले त झन्डै तपाइकै जिबनमा परेको त होईन भने झैँ लाग्यो पहिला त जे होस् घटना मन छुने खालको छ . माईसंसारमा पढेको यो पहिलो कथा हो . धेरै पोस्टिंग हुन्छ तर नाम हेर्दा शासक लामा लेखिएकोले एक नजर दौडाए राम्रो लाग्यो . भावपरक कथाको लागि थुची छे .

    Reply
  30. dipak tamang says:
    June 24, 2012 at 12:46 pm

    सार्है मार्मिक लाग्यो,यो कथा आधुनिक बन्दै गरेको नेपालि समाजको बास्तबिक कथा हो, यो कथाले धेरे लाई प्र्तिनिधितो गर्छ.

    Reply
  31. उपासक उदास says:
    June 24, 2012 at 12:31 pm

    हामी सुसंस्कृति सम्पन्न पुर्वियाहरु बुद्धिहीन भएर वेस्टर्न civilisation को नक्कल गरि नाक फुलाउन्छौँ . उता पश्चिमाहरू हाम्रा संस्कृति र मान्यतालाई उच्च मुल्यांकन गर्छन . अनि आत्मबल उत्पन्न गरि हाम्रो अनुकरण गरि आफुलाई धन्य ठान्छन . त्यसकै जिउँदो उदाहरण हो यो कथा , यो मात्र कल्पना हैन , वास्तविकता नै हो. अनुवादकलाई धन्यवाद !

    Reply
  32. anup_gorkhe says:
    June 24, 2012 at 11:41 am

    कथा राम्रो लग्यो, धेरै मार्मिक छ ! आशा छ, धेरै पाठक हरुलाई जीवनको एउटा पाठ नै हुनेछ! आउँदा दिनमा पनि यस्तै लेखहरु पढ्न पाउने आशा मा छु !

    Reply
  33. anzaan says:
    June 24, 2012 at 11:24 am

    ” जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो”

    जेन इस्त्रिलिंगी भएकी हुनाले ” जितिसकेकी थिई / थिईन ” हुनुपर्ने होइन र ?

    अनि ” पगली,” ” अजनबी ” त मलाई जहासम्म लाग्छ हिन्दि शब्दहरु हुन् क्यारे ( म गलत पनि हुन सक्छु, रिसानी माफ होस् )

    हुन त मा भाषाबिध त होइन तर पनि कता-कता, के-के नभएको जस्तो लाग्यो .
    कथा जे होस् मर्मस्पर्शी छ , आगामी दिनहरुमा पनि पस्कदै जानुहोला 🙂

    Reply
  34. kastoori says:
    June 24, 2012 at 8:25 am

    “शशांक जी! तपाईले समाजमको भोगाइ , बचाइ र अनुभव गराइलाई जुन सशक्त ढङ्गले प्रस्तुत गर्नु हुन्छ; त्यसको प्रभावकारिता यस कथामा पनि देखिएको छ।यस कथाको मूल चूरो भनेको नारी-पात्रले राखेको सर्त हो।सन्तानका लागि राखिएको सर्तले सम्पूर्ण समाजलाई भत्किनबाट जोगाउन खोजेको थियो तर क्यान्सरको पैह्रो नलयाइदिएको भए हुन्थ्यो!”-हरि घिमिरे

    Reply
  35. buddhi bhattarai (malaysia) says:
    June 24, 2012 at 7:59 am

    म आज बिहानै चियाको गिलास संगै तपाइको लेख पढ्दै थिया अचानक आखा रसायको थाहा नै पयानाछु,, मेरो जिन्दगि यो लेखको पत्रको जस्तो त छैन तर म मेरी जिबन साथी बाट टाढा बसेको १ दसक भन्दा बढी भयो सायद त्यसैले होला मेरो आँखा रसायको जे होस् शशांक लामाजी तपाइलाई मान्नै पर्छ यस्तो खालको आत्मा छुने लेख लेख्नु भयकोम़ा,,,,,,, आशा गरौ तपाईका लेखहरु फेरी फेरी पढ्न पाइयोस…………………….

    Reply
  36. योगेश आदी, न्यूयोर्क says:
    June 24, 2012 at 6:00 am

    कथाको सार अत्यन्त पारिवारिक महत्वले ओतप्रोत छ /
    – शशांक लामाजीले कथालाई अनुबाद नै गरेको होइन झैँ; भाव सहित बगाउन सफल हुनुभएको छ / कथा रोचक र पठनीय छ /

    Reply
  37. srijana says:
    June 24, 2012 at 3:27 am

    कथा साह्रै राम्रो र सान्दर्भिक लाग्यो सशंक्जी | आजभोली समाजमा घट्ने घटनारु हुन्| निश्चल प्रेमलाई स्वक्षा आत्माले चिन्ने प्रयास गरे जीवन सधै शुखमाये रहन्छा
    \

    Reply
  38. kiran Shrestha says:
    June 24, 2012 at 2:37 am

    लामा जी, सर्ब प्रथम त यो कथा नेपाली मा रुपान्तर गरि share गर्नुभको मा धन्यबाद ! हुनत एस कथा को वास्तविक लेखक को नाम समेत उद्घृत गर्नु भएको भए अझ राम्रो हुने तर “अरु कसैको कथा लाई रुपान्तर मात्र गरि प्रस्तुत गरेको” भनेर मुन्तिर लेख्नु ले नै तपाई को इमान्दारिता झल्किन्छ, यहाँ मूल कुरो भनेको कथा को सार् र “भत्किन लागेको घरलाइ टेको दिने” प्रस्तुत कर्ता को प्रयास दुवै प्रशंसनीय!
    धन्यवाद !
    किरण -अरुंग्खोला

    Reply
  39. Rajan says:
    June 23, 2012 at 10:36 pm

    माइ संसार को सबै कथा हरु पढे को छु र राम्रो पनि लाग्छ ……तर यस समय यो कथा ले पाठक हरु लाइ नराम्रो लागे को छ किन कि यो वास्तम मा लेखक को कथा न भै यो कथा साभार हो कृपया येस्तो कथा लाइ स्थान नदिनु होला ……

    Reply
    1. Bayan says:
      June 25, 2012 at 12:09 am

      किन नि स्थान दिन नहुने भविष्यमा? साभार हो भनेर त लेखकले भनेकै छन् फेरी अरुनै कारण पनि छन् भने त्यो पनि उल्लेख गरेको भए राम्रो हुन्थ्यो कि/ अनि किन पाठक हरुलाई नराम्रो लागेको भनेको भाई राजन? धेरै पाठकहरुको कमेन्ट र रातो/हरियो टिक मार्क हेर्दा त उनीहरु खुशी भएको जस्तो लाग्छ/

      Reply
  40. dinesh says:
    June 23, 2012 at 10:17 pm

    hi dileep
    the”writer” did mention on the bottom ” this is from facebook”
    फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध
    गरिएको थियो। मौलिक लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने
    जमर्को गरेको छु। कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्
    । मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ
    भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु। पाठकहरुको
    प्रतिकृयाको अपेक्षा राख्दै…..)

    Reply
  41. Muna Rai says:
    June 23, 2012 at 8:31 pm

    यो लेख गीतामा धनुर्धारी अर्जुनलाई भगवान श्री कृष्णले महाभारत युद्धमा सत्यको पक्षमा दिएको वाणी समान छ! आधुनिक युगका विद्वान वर्गमा सम्बन्ध विच्छेद बढी नै भएको तथ्यांकहरु पाईन्छ ! यो हिन्दु धर्मग्रन्थले “पतिव्रता नारी”को परिकल्पना गरेर पनि “पत्नीव्रता पुरुष” को प्राबधान चाहिं किन गरेन? त्यसैले यस लेखको भावना “एक नारी व्राम्हचरी” र “पतिव्रता पुरुषको” परिकल्पना गरेको हुनाले नै लेख आफैमा पवित्र छ ! लेखकको मौलिक तथ्य नभए पनि भावना स्वच्छ छ ! समाज सुन्दर हुनलाई यस्तै भावना को खाँचो छ ! मुलुकको विकास हुन नेता सर्बोपरी होइन, नीतिको पालना हुन जरुरि छ ! जय देश ! जय देशवासी !!

    Reply
  42. Nabin says:
    June 23, 2012 at 8:27 pm

    जीवनका
    झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की
    भब्य महल, गाडी, जग्गा-जमीन र पैसा –यी चिजहरुले त केही टेवा दिने मात्र
    हो, मुख्य कडी यी होइनन!!!!……… मेरो त् आँखाबाट आँशु नै आयो /

    Reply
  43. surya says:
    June 23, 2012 at 8:20 pm

    श्रदेह्य लेखक ज्यु यहाँ को वास्तविक जीवन संग मेल खाने र आज को ब्यस्त जिबन मा धेरै साथी हरु को जीबन मा यो जस्तै घटना घटेको सुनेको छु .! आज तिनीहरु लाई समय मा नै यो लेख मार्फत सचेत गराउन सके accident हुन बाट बचौना सकिन्छा!
    साथै यदि कुनै मित्र हरु को यो incident बाट पिडित हुनुहुन्छा र यद्दपी seperate बसी रहनु भए को छ भने दुवै जना ले यो लेख बाट नया पाठ सिकी पुन मिलेरे बाँकि life happily जियुन हुन प्रेरणा मिलोस !
    लेखक मित्र ले गरे को कल्पना लाई साधुबाद छ यहाँ को परिचय सहित आएको भए अझ राम्रो हुने थियो ! समग्र मा लेख राम्रो लग्यो!

    Reply
  44. dileep says:
    June 23, 2012 at 6:34 pm

    Very good article.
    But! please refer the original name of the Writer since it is copied from Facebook and translated!!

    Reply
  45. Rajib Prasain says:
    June 23, 2012 at 6:29 pm

    समग्र मा कथा मर्म स्पर्सी र हृदय छुने खालको छ | यस को लागि कथाकार लाई धन्यबाद!!!! अहिले को ब्यस्त दिनचर्या अनि काम ले गर्दा कसरि आफ्नो जीवन संगिनी तथा परिवार संग को सम्बन्ध मा उत्तार – चडाब को स्थिति देखा पर्छ सो वास्तविक रुप मा देखौना खोजिएको छ | श्रीमती ले श्रीमान संग गरेको सर्त अनि व्यवहार बस्ताब मै उदाहरनिय छ | …….हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ। दगुर्दै भर्र्याङ् उक्लेँ। यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नुलाई पो रहेछ………………. यो हरफ ले मन चसक्क बनायो | मर्म स्पर्सी कथाको लागि फेरी पनि कथाकार लै साधुबाद र सधै कलम चलाउन उत्प्रेरणा मिलोस, शुभकामना……..

    Reply
  46. NIGAM, CONCORD NH USA says:
    June 23, 2012 at 6:14 pm

    स्वार्थी मोरो घर मा स्वास्नी हुदा हुदै बाहिर खेताला लाग्न जाने? हुँदा हुँदा पारपाचुके नै गर्न खोज्ने? देवी जस्तो स्वास्नीको लायक रहिन छस. अब प्रायचित्. गर यो जुनी भरि.

    Reply
    1. बम्जन says:
      June 23, 2012 at 7:39 pm

      तपाई वायु सेवा निगम नै पर्यो कि कसो?
      फिक्सन हो भनेर भन्दा भन्दै पनि पात्रलाई धिक्कारने? यसको सार मात्र लिए राम्रो हुन्छ|

      जे होस्, कथा मार्मिक, हृदयग्राही र हृदयस्पर्शी छ| प्रस्तुतकर्तालाई मुरी मुरी धन्यवाद|

      Reply
  47. Hom Nath Adhikari says:
    June 23, 2012 at 6:03 pm

    दुइ मनको मिलनले नै एउटा सुन्दर घर बन्छ
    सुनसान लाग्ने गाउ पनि रमाइलो शहर बन्छ
    जब आफ्नो पराइ हुन्छ दिलमा पुग्छ चोट अनि
    जिन्दगि नै ब्यर्थ लाग्छ मृत्यु नै रहर बन्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme