Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथा भारतमा रे !

Posted on June 23, 2012June 23, 2012 by Salokya


सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले पनि मान्दै आएको हो। तर दक्षिण कोरियाको एउटा पत्रिका कोरिया टाइम्समा त्यहाँका लागि भारतीय राजदूत विष्णु प्रकाशसितको कुराकानीमा आधारित एउटा लेखमा सगरमाथालाई भारतमा पो भनिएको छ भन्दै आज बिहान नयाँ पत्रिकाले कभर स्टोरी छापेको छ। त्यसैको सिको गर्दै अरु अनलाइनमा पनि त्यस्तै समाचार छापिएको छ र फेसबुकमा गाली बर्सिएको छ।

  • सगरमाथा भारतमा : भारतीय राजदूत (नयाँ पत्रिका)
  • भारतीय राजदूतले भने- सगरमाथा भारतमा पर्छ (अनलाइन खबर)
  • Everest lies in India not Nepal, claims erratic Indian envoy in Korea (टेलिग्राफ नेपाल)

खासमा उनले के भनेका हुन् त ? पत्रिकामा के लेखिएको छ?

भारत भ्रमण किन गर्ने भन्ने विषयमा विज्ञापन शैलिमा लेखिएको यो लेखमा राजदूत विष्णु प्रकाश कै बोली उद्धरणमा राखेर त्यसो भनिएको छैन। तर लेख राजदूतसित कै कुराकानीमा आधारित भने हो। राजदूत आफैले त्यसो भनेका हुन् कि पत्रिकाले बढी जान्ने भएर त्यसो लेखेको हो, त्यो चाहिँ कोरिया टाइम्सको यो लेख पूरै पढ्दा पनि प्रष्ट हुँदैन।

के लेखिएको छ लेखमा ?

किम से जियोङको बाइलाइनमा जुन १० तारिखमा छापिएको सो लेखमा यस्तो छ

The nation was once under the influence of the British, Dutch, French and Portuguese. It had Islamic states for several centuries prior to colonization and Persians and Greeks attempted to conquer it. In the 1st century AD, merchants from India and the Roman Empire were actively engaged in trade.

That left the northwestern part of the country with a pronounced Islamic presence, meanwhile the South and Central India with European influence. The northeastern part of the country where it borders China offers the most beautiful scenic views thanks to Mt. Everest.

“Once you go to India, you get addicted to its sights, sounds, smells, and colors,” the ambassador said.
पूरा पढ्न क्लिक गर्नुस्

कोरियाका लागि भारतीय राजदूत विष्णु प्रकाश। फोटो साभारः कोरिया टाइम्स

लेखमा भारतको उत्तरपूर्वी भाग चीनसँग सीमा जोडिएको र त्यहाँ माउन्ट एभरेस्ट भएका कारण निकै राम्रो दृश्य देखिने उल्लेख छ। त्यो भारतीय राजदूतले भनेको भनेर चाहिँ त्यसमा लेखिएको छैन।

सीधै सगरमाथा भारतमा पर्छ नभनिए पनि अर्थ भने त्यस्तै लाग्न पुग्छ। भारतको उत्तरपूर्वी चीनसँग जोडिने सीमामा सगरमाथा पर्छ भन्ने अर्थ यसबाट लाग्न सक्छ। वास्तवमा सगरमाथा चीनको तिब्बत र नेपालको सीमामा पर्ने हो। हिमालय क्षेत्र भारतसँग जोडिए पनि सगरमाथाले भने भारतीय सीमा छुँदैन।

आज प्रकाशित नयाँ पत्रिकामा भने नाम नखुलाइएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई उद्‌धृत गर्दै भारतीय राजदूत विष्णु प्रकाशको अभिव्यक्ति फिर्ता दिन कूटनीतिक च्यानलबाट आग्रह गरिसकेको उल्लेख छ।

पूरै लेख पढ्दा लाग्छ, पत्रिकाले बढी जान्ने भएर तथ्यै नखोजी लेख्दा यस्तो भएको हो। उनैलाई उद्‌धृत गरी त्यसो लेखिएको भए उनैले त्यसो भनेको भन्न हुन्थ्यो। तर तपाईँ ध्यान दिएर हेर्नुस्, लेखकले भारतको पृष्ठभूमि वर्णन गर्ने क्रममा यसको प्रयोग भएको छ।

नेपालमा भारतविरोधी सेन्टिमेन्ट छ। त्यसो भन्दैमा भारतविरोधी कमेन्टहरुको ओइरो लगाउनु भन्दा पत्रिकालाई नै गल्ती सच्याउन लगाउन दबाब दिने कि! लेखमा सो लेख लेख्‍नेको इमेल पनि राखिएको छ- [email protected] हामी उनैलाई सभ्य भाषामा इमेल गरी माउन्ट एभरेस्ट भारतमा हैन, नेपालमा पर्छ भनी गल्ती सच्याउन अनुरोध गर्ने कि !

हामीले नै दबाब दिएर रोयटर्सको अलर्टनेटलाई नेपालमा दोस्रो बढी बोलिने भाषा तिब्बती र दोस्रो ठूलो जाति बिहारी लेखिएको सामाग्री सच्याउन सफल भएको नबिर्सौँ।

सगरमाथा भारतमा पर्छ भन्ने विवाद यसअघि पनि नभएको हैन। सगरमाथा भारतको भनेर त्यहीँको वृजबासी आर्ट प्रेस लिमिटेडले छापेको द वन्डरफुल वर्ल्ड अफ गेम्स शीर्षकको किताबमा लेखिएको थियो। त्यसवापत् उसले पत्रिकामा विज्ञापन छापेर माफी समेत मागेको थियो। यसबारे ब्लग पढ्नुस्।

55 thoughts on “सगरमाथा भारतमा रे !”

  1. gopi karki says:
    June 26, 2012 at 11:11 pm

    सगरमाथा भारतमा होइन , भारत नेपालको पाउमा — यो कुरा त नक्सामा देखिएकै छ नि,

    Reply
  2. EAKRAJ ADHIKARI says:
    June 26, 2012 at 1:35 pm

    यी धोतिहरु ले सबै नेपाली लै बहादुर ,सबै नेता यिनकै मुलका अनि नेपाली भुमि सबै यिनको बाउको बिर्ता भाण्ठन्छां नि अनि तोरीलाउरे नेता भएपछी यस्तै हुदैनाता ?

    Reply
  3. S. Ranjit , United Kingdom says:
    June 26, 2012 at 6:16 am

    मेरो तल को भनाइ लाइ मान्नुस न मान्नुस यो सत्य हो !!!!

    मलाई लाग्छ भारतीय हरुले नेपाली हरुलाई सजिलै पंगु अनि मुर्ख बनाउछ, उनीहरुको भाषा लाइ सजिलै नेपाली तथा नेपाली नेताहरुले पहिलेनै बुझेका भए बिभिन्न राष्ट्रघाती सम्झौता हुने थिएन होला तसर्थ नेपाली हरुले कुटनैतिक भाषा बुझ्न अत्येन्त जरुरि छ भन्छु म !
    तेसैगरी भारतीय राजदूत को भनाइलाइ नेपाली राजदूतले प्रतिक्रिया पठाई हाल्न जरुरि छ जस्तो लाग्दैन किन भने
    (The northeastern part of the country where it borders China offers the most beautiful scenic views thanks to Mt Everest)
    यो भनाइ ले नेपाली र नेपालको dominate त् पक्कै पनि ठट्यौली तथा व्यंग्यात्मक अनि धुर्त्याई पारामा गरेको छ तर mt everest इंडिया मै छ चाहि भनेर भनेको छैन तसर्थ कसरि ठाडो औंलाले देखाएर त्यो राजदूतलाइ बदमास भन्ने ????
    बदमास त् हामि हौँ ???? but you might have a question , how ???
    म भन्छु ,राजतन्त्र हुन्जेल सायद कुनै नेपालीले पनि इंडिया को एस्तो हेपाहा प्रबृत्ति बेहोर्नु परेको थिएन (विचार गर्नुहोस )1, राजतन्त्रफाल्न को निम्ति इंडिया ले बिभिन्न नेपाली राजनैतिक व्यक्ति हरुलाई प्रसय दिने र सहयोग गर्न थाल्यो 2. बि. स. २००५ देखि नै इन्डियन गुप्तचर संस्था र (RA ) ले नेपाल को गतिबिधि लाइ नियाल्नु र प्रमुख नेपाली ब्युरोक्र्यट्स र राजनेता हरुलाई बिभिन्न प्रलोभन देखाइ आफ्नो हातमा लिनु (यो नै एउटा प्रमुख कारण हो) ३ खुला सिमानाको नेपाल ले नियन्त्रण मा राख्न नसक्नु ४. कुनै पनि पार्टी का नेता राष्ट्र प्रमुख (प्र.म.) भैसके पछी भारतीय दुत को मात्र चाकरी गर्नु र उनीहरुको कुरामान्नु ५. अन्तमा जेजति आन्दोलन हरु नेपालमा भए त्यो सबै भारतीय सुझाब र सल्लाह बाट मात्रै सम्भब भएको देखिन्छ र नेपाली नेताहरु सबै भारत को आश्रय र सहयोग मै पालिएको थियो तसर्थ भारतीय बहुलाह नीति को बिरुद्द तथा सहि पहल अहिले को कुनै पनि नेता तथा सरकार ले गर्ने हिम्मत गर्न सक्तैन !!! हामि जब सम्म सछ्म हुँदैनौ हामिलाइ इन्डियन हरुले हेपिनैरहनेछ !!!!

    Reply
  4. Rai Yang pitang chhu Oxford says:
    June 24, 2012 at 10:21 pm

    सगरमाथा कहाँ पर्छ भनेर किन विवाद गर्नु ? खुरक्क गूगलमा गएर हेर्दा थाहा पाई हाल्नु हुन्छ नि | नेपालमा मात्र पर्छ कि ? नेपाल र चीन बीचमा पर्छ ?

    Reply
  5. bhakta says:
    June 24, 2012 at 7:36 pm

    राम्रा सुन्दर बस्तुप्रति दुनियाको अखा लाग्नु प्राकृतिक हो, पाउनु नपाउनु भाग्यको कुरो हो / सुन्दर बस्तुको मोहले भारत नेपालमा बिलिन हुन् चाहन्छन त् के भन्नु ? एकोहोरो चाहाना लाई फेरी एसेप्ट गरिहाल्नु पर्ने जरुरत पनि त् पर्दैन !

    Reply
  6. paru says:
    June 24, 2012 at 6:50 pm

    भन्नेले जे भनेपनि सगरमाथा नेपालमा नै पर्छ, सत्य तथ्य कुराको पो पछि लाग्नु र अर्थहीन कुराको विश्वास गरेर समय नास गर्नु बेकार छ l

    Reply
  7. Lb Rumba says:
    June 24, 2012 at 5:52 pm

    हेप्न पनि कति सक्या हो !! हामी सोझा नेपालीलाई ईन्डिया बाट मात्र हैन सर संसार बाट हेपाई भोग्दै आएका छौं ! के गर्ने हामी संग लाठी पनि छैन गाई पनि छैन !
    हामी नेपालीको आत्मा दुखेको छ हामी ले के गर्न नसके पनि एक दिन मलाई विश्वास छ प्रकृति ले तिमि लै सजाय दिने छ ! इतिहास साछी छ हिजो पनि मेरो सबै चिज हो भनेर हिड्नेहरु पतन भाको देखेको छु ! आज तिमि धानी सर्वसक्तिमान छौ ! भोलि हाम्रो पनि पालो औना सक्छ ! दिन पछि रात भए जस्तै आज तिम्रो पालो भोलि हाम्रो पालो अवस्य आउने छ ! अहंकार ले आफैलाई दुबौछ करुणा ले सवैलाई हित गर्छ ! मन रुएर दिएको सराप कैले नथप्नु !!!!

    Reply
  8. Salil says:
    June 24, 2012 at 3:12 pm

    The article does not state that Sagarmatha lies in India. However, it states that it can be seen from India. It is necessary to keep calm and not find controversies where there is none.

    Reply
  9. Ramesh Neupane Nepali says:
    June 24, 2012 at 2:36 pm

    ठिकै छ हामी पनि ताज महल, मुम्बई, बंगलोर सहर, दार्जलिंग लगायत भारत का राम्रा ठाउहरु लाई नेपाल मा पर्छ भनेर चर्चा गरिदिउ न, जस्ता लाइ तेस्तै गर्नु पर्छ…..

    Reply
  10. Nabs says:
    June 24, 2012 at 9:43 am

    दक्षिण कोरियाका राजदूत कमान सिंह लामाज्युले प्रयास थाल्नु भो एकपटक यो अन्तरबार्ता सुन्ने हो कि?
    http://www.hellonepalkorea.com/detail.php?cat=news&nid=12332

    Reply
  11. Yonchhoma says:
    June 24, 2012 at 7:17 am

    चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”

    यहाकै शब्द सापटी लिएको हो मैले लिम्बू जातिले पनि उनीहरुको भाषामा सगरमाथालाई “चोमोलुङमा” नै भन्ने गर्छन है .
    .

    Reply
  12. Basanta says:
    June 24, 2012 at 6:56 am

    यत्रो मुसलधारे कोमेंट्स आउदा सम्म कहाँ मरे त हाम्रा देश क नेता भनौदा हरु कता गए कमरेड प्रचण्ड, बाबुराम , रुन्चे नेता नारायणकाजी , कोइराला , गच्छेदार , खनाल, नेपाल , सब क सब मरेकै हो त ?

    Reply
  13. योगेश आदी, न्यूयोर्क says:
    June 24, 2012 at 6:02 am

    India’s ambassador to South Korea, Vishnu Prakash Bharati made a childish joke… Moreover, they are joker by nature !!

    Reply
  14. अनोज शाक्य says:
    June 24, 2012 at 4:00 am

    अब भारतसँग शितयुद्धको तयारी गरौ ।
    मित्ररास्ट्र भारतले समय समयमा यस्ता नेपाललाई हेप्ने खालको अभिब्यक्ति दिदै आएको छ । भारतको हेपाहा प्रबितीले गर्दा नेपालमा आन्दोलनभई धेरै धनजनको क्षेती भएको बिगतका कुराहरू छन् । जसलाई ईतिहास भन्न पनि नमिल्ने घटनाहरू छन् । कुनैबेला माधुरी दिक्षितले नेपाल त आफनै देश जस्तो लाग्छ भन्यो भनेर , ऋतिश रोशनले खै के कुरा हो भन्दा , धर्मेन्द्रले नेपालीहरू भेडा जस्तो भनेर धर्मेन्द्रद्वारा अभिनित फिल्महरू नै नेपालमा चलाउन रोकिएको पनि थियो । यी कुराहरू सामान्यज्ञान पनि नभएका मान्छेहरूले दिएका अभिब्यक्तिहरू हुन । यसरी भारतले यस्ता अभिब्यक्तिदिने, हामि नेपालीहरू आबेगमा आएर नेपाल बन्द ,चक्काजाम ,हडताल गरेर आफ्नै देशको सार्वजनिक सम्पत्तिको टोडफोडगर्ने , आन्दोलनमा नेपालीहरू मरेका पनि छन् । भारतले बुद्ध भारतमा जन्मेको भन्ने ,सगरमाथा भारतमा छ भन्ने जस्ता अभिब्यक्ती दिएर हामीलाई शीतयुद्धगर्नलाई चुतौती दिएको जस्तो लाग्छ । हामी नेपालीहरूले १९६५ देखि नै शीतयुद्धको निति लिएको भए सायद नेपाल भारत भन्दा धेरै गुणा बिकास भैसकेको थियो होला । भारत र भारतीय जनताहरूको यस्ता नेपाललाई होच्याएर दिने अभिब्यक्ति हामी नेपालीहरूले शब्द र आन्दोलनले प्रतिबाद नगरि शितयुद्धबाट प्रतिबादगर्न जरुरी छ । नेपालको कुनै दल वा राजनैतिक शक्तिले भारतसँग नेपालले शीतयुद्धको रणनिती लिएर अगुवाइगर्ने शक्ति निस्कियो भने भारतको यस्तो हेपाहा प्रबिती स्वत: अन्त्य भएर जाने छ । २१ औ शताब्दीमा नेपालले भारतसँग शीतयुद्धगर्न सकियो भने बिकासपनि तिब्र गतिमाजाने कुरामा दुइमत नहोला ।

    राजनैतिक दलका नेताहरूले नेपाली जनताहरूलाई नांगो खुट्टाले सडकमा कुदाउनु भन्दा आफ्नो पार्टीको निति मार्फत भारतसँग शीतयुद्धको तयारीगर्न जरुरी छ नेपालको राजनितीमा भारतीय हस्तक्षेप स्वत: हेतेर जाने कुरामा दुइमत नहोला ।

    Reply
  15. nischal says:
    June 24, 2012 at 1:49 am

    हामी नेपाली नेपाल मा वा संसार को जुन कुना मा भए पनि देश को चिन्ता लाग्नु स्वाभाविक हो तर यस्ता वायियात प्रतिक्रियाको पछी लगेर आफ्नो अमुल्य समय नष्ट गर्नु भनेको सामाजिक संजाल हरुको दुरुपयोग मात्र हो अरु केहि हैन आर्टिकलमा तेस्तो केहि कुरा लेखिएको छैन यहाँ आफ्नै देश को नेता हरुले देश टुक्रयाउन लागि सके खुल्ला बोर्डेर बाट मान्छे ओइरेको ओइरेइ छन् तेस्को चिन्ता कसैलाइ छैन जाबो एउटा अन्तरबार्ता को आधार मा बनाइएको आर्टिकल जहाँ प्रष्ट रुप मा पढ्न सकिन्छ इंडिया को कुनै भाग बाट सगरमाथा देखिन्छ, को आधार मा येत्रो इस्यु बकवास !!!

    Reply
  16. Sagar says:
    June 24, 2012 at 12:30 am

    Sita Ji Darjelling is not mentioned by the journalist anywhere in article, I just give an example myself, it shows you have not read article , don’t try to flow with others comment.

    Reply
    1. Sita says:
      June 24, 2012 at 4:33 pm

      Sagar, it seems you have not read article properly. The article state that “The northeastern part of the country where it borders China” Give example of states that borders china, don’t try to flow ur unrelevent example.

      Reply
  17. bhakta says:
    June 23, 2012 at 10:12 pm

    The northeastern part of the country where it borders China offers the most beautiful scenic views thanks to Mt. Everest.
    खै कहा भनेको रहेछ ? सगरमाथा इंडिया मा पर्छ भनेर? हामि तेतिकै अनुमान लगाएर बोल्छौ/ सकरात्मक शोच ले हेर्नेहो भने बरु यसो पो बुज्छु म – जो कोहि एक चोटी इंडिया गयो भने सुन्दर दृश्य एभरेस्ट को नशा लाग्छ/ मतलब नेपाल नगई धरै छैन पो भन्छ त्!
    फेरी सारा संसार ले बुझेको थाहा भाको सगरमाथा नेपालमा पर्छ भनेर- लाई सिधै इंडिया मा पर्छ भन्दा आफु झुटो तल परिन्छ भन्ने कुरा भारती राजदुत लाइ राम्ररी थाहा छ /नेपालमा बनेको गलैचा मा मेड इन इंडिया भनेर स्टिकर टासे जस्तो सजिलो चै पक्कै हुन्न ! त्यसैले चित्त दुखाइ हाल्नु चै पर्दैन हौ – जस्तो लाग्छ…..

    Reply
  18. Maheswor says:
    June 23, 2012 at 8:21 pm

    २००८ को अमेरिकाको उपराष्ट्रपति उम्मेदबार पलिनले पनि मेरो घरको बारी बात रसिया देखिन्छ भनेकी थिइन त्यसको अर्थ रसिया अमेरिकामा पर्छ भेनेकी होइन त्यसैले शब्दको खेति गरेर द्वन्द निम्त्याउने काम नगरौ

    Reply
    1. धर्मराज गुरुड० says:
      June 24, 2012 at 12:04 am

      महेश्वरजीले दिएको अभिव्यक्त भारतिय बिस्तारबाद,हिन्दुबाद,ब्रामण र क्षेत्रीबाद अन्तर्गत निहित रही दिएका अभीब्यक्त बाहेक अरु केही पनि होईन । मित्रजी, तपाईले अमेरीकाको कुरा किन गर्नु हुन्छ ??? वास्तबीक नेपालको सन्धर्भका कुरा गर्नु भए अत्याउत्तम हुनेछ । वास्तविक भारतीयहरुका निती/नियत भनेका नकारत्मकनै हुन, जुन कुराहरुका बारेमा बिगत र वर्तमानका ईतिहाँसका घटना क्रमले प्रस्ट्याई सकेको परिस्थितीमा मैले ती घटना क्रमका कुराहरु बारम्बार लेखी राख्न नपर्लाकी !!! कि कसो ???

      Reply
    2. Jung Bahadur Thapa says:
      June 28, 2012 at 8:21 pm

      म पनि महेश्वरजी को कुरा देखि सहमत छु, मैले पनि कुनै अन्तै ठाउँ देखि मेरो घर नेपाल को बुटवल देखि चन्द्रमा देखिन्छको अर्थ चन्द्रमा मेरो शहर बुटवलमा पर्छ भन्न खोज्या त होइन नि त्यसै क्रममा भारत देश ले हामीलाई जस्तै राम्रो न राम्रो गर्या पनि त्येसले त्यो भन्न खोजेको हो भनेर मलाई लाग्दैन र सबै राम्रो कुरा एउटा मान्छे वा वस्तुमा मात्र हुन्छा र सबै नराम्रा कुरा अर्को वस्तुमा हुन्छा भनेर हामीले ठोकुवा गर्न मिल्दैन.

      Reply
  19. roshan says:
    June 23, 2012 at 7:54 pm

    जब भारत ले हेप्छ अनि हाम्रो रास्टृयता जग्छ , जनतालाई दुख लागे पनि नेता चुप छ किन कि यिनी हरुले देशै बेची सक्यो सगरमाथाको त क कुरा ? अब यि हमरा फता नेताअ लाई पनि चिन्ने बेला भएन र ?

    Reply
  20. Resham says:
    June 23, 2012 at 6:45 pm

    कसैले सगरमाथा भारतमा पर्छ भन्दैमा नेपालमा भएको कुरा कहाँ तेहा पर्न जाने हो र? यो कसैको ग्रान्ड डिजाएन पो हो कि? दिल्ली चीनको राझधानी हो भनेर गफ दिए जस्तै हो .यो कुरा ,

    Reply
  21. उपासक उदास says:
    June 23, 2012 at 6:22 pm

    मुख्य कुरो कसरि बुझ्नु पर्यो भने , एक पल्ट कसैको दास भैसकेको मान्छेले मौका पर्यो भने अरुलाई दास बनाउन कत्ति पनि धक मान्दैन , ठीक त्यहि किसिमले २०० वर्ष सम्म ब्रिटिश इन्डिया रहेको मुलुकका नेताहरुले आफ्ना सबै छिमेकी देशहरुलाई त्यस्तै व्यवहार गरिरहेको धेरै वर्षहरु भै सकेकोछ . सार्क भित्रका सम्पूर्ण देशका नेताहरुले यो कुरो उहिल्येई बुझिसके .

    Reply
  22. hari says:
    June 23, 2012 at 6:06 pm

    सगरमाथा मात्र होइन बुद्ध पनि भारतमा जन्मेको त बुद्धको अबतार र नोबेल शान्ति बिजता दलाइ लामा ले नै भने नि बेलाइत मा हाम्रा २००० भन्दा बडी भक्तालु को अगाडी ?

    तिव्वती बौद्ध धर्म गुरु दलाई लामाले बुद्धमार्गको विकास भारतबाट सुरु भएको बताएका छन्। एक सातादेखि बेलायत भ्रमणमा रहेका लामाले बुधबार अल्डरसोट
    स्थिति एक भव्य रंगशालामा आयोजित कार्यक्रममा सयौ नेपाली र बेलायती दर्शककाबीच गौतम बुद्ध नेपाल वा भारत जहाँ जन्मिभए पनि त्यसलाई ठूलो नमान्न आग्रह गरेका हुन्। अल्डरसोटको इविवि रंगशालामा आयोजित विश्व शान्ति, सद्भाव र बुद्ध धर्मबारे प्रवचनमा उनले बुद्धको दर्शनलाई बाहिरी रुपमा नभई भित्रैबाट अंगाल्न आवस्यक रहेको बताए।

    Reply
    1. Suman says:
      June 23, 2012 at 8:17 pm

      दलाई लामालाई बुद्धको अवतार कसैले मानेको त थाह छइन तर ती उनी भन्दा पहिलका दलाई लामाका अवतार हुन भन्ने मान्यता भने छ. बुद्ध धर्मको विकाश भारतमा भएको हो भन्ने पानी ठीकै हो. सिध्धार्थ गौतम ले ज्ञान गयामा प्राप्त गरेका थिए रा पाहिले यो धर्मको प्रचार पानी त्याहीं भएको हो. रा उनी लुम्बिनिमा संयोग ले (आमा माइती जाने बेलामा), तर भारतले बौद्ध धर्मं बचायेर राखेको खोई त? बहुन्हरुको पुरेत्याईं खोसियो भनेर सबै थाओं बाट बौद्धामार्गी हरुलाई खेदियो.

      Reply
  23. binod says:
    June 23, 2012 at 6:01 pm

    खालि सगरमाथा र बुद्धको देश मात्र भनेर खोक्रो रटान दिएर मात्र हुदैन होला अब देखि , अस्थिरता र गरिबीको उपज हुन् यी सबै प्रवृति !! नेपालका नदि गएर मिसिने सबै समुन्द्र अनि महासागरलाई नेपालले आफ्नो हो भन्नु जस्तै वाहियात तर्क हो भारतले सगरमाथा लाइ आफ्नो हो भन्नु | यस्ता कुरामा बहस नचलाउ !!!!!!!!

    Reply
  24. CESAR says:
    June 23, 2012 at 5:44 pm

    अब नेपाल कब्जा गर्ने बेला भयो कि भएन भनेर जाच गरेको…..बिरोध धेरै भयो भने “नेपाल कब्जा” मिसन अलि पर सर्छन | …तेरीमा धोति ….

    Reply
  25. kranti says:
    June 23, 2012 at 5:28 pm

    यदि हामीहरु बार्हबिसे हुदै तातोपानी गयौ भने तातोपानी बजार पुग्नुभन्दा केहि अगाडी भोटेकोशीको अर्को पट्टि एउटा सुन्दर झरना देख्न सक्छौ | तातोपानी जाने आन्तरिक तथा बाह्य पर्यटकले एकपटक त्यहा रोकिएर फोटो खिचेर मात्रै जान मन पराउछन | नेपालबाट मात्रै हेर्न मिल्ने त्यो झरना चाहि खासमा तिब्बत (चीन)मा पर्छ | तातोपानी क्षेत्रको पर्यटकीय प्रचार गर्दा त्यो झरनालाइ समेत कभरेज गर्दा पक्कै पनि फाइदा नै पुग्छ नेपाललाइ | तर त्यो झरना नेपालमा पर्छ भनेर चाहि भन्नु भएन, नेपालबाट हेर्न मिल्छ भन्दा त के फरक पर्ला र !
    नगरकोटबाट सगरमाथा हेर्न सकिन्छ भनेर त्यहाका होटल ब्यबशायिले प्रचार गरेजस्तो भारतले पनि उत्तर पुर्बी भारतबाट सगरमाथा देख्न सकिन्छ (होला सायद) भनेर प्रचार गर्न खोजेको जस्तो लाग्यो यो वाक्यांश पढ्दा | संसारको सर्बोच्च शीखर हेर्न सकिन्छ भनेर आफ्नो देशको पर्यटन बढाउन सकिन्छ कि भन्ने लोभ पनि जागेको जस्तो छ |
    जे होस् आफ्नो देशमा भएका संसारलाइ देखाउन मिल्ने अरु कुराहरुको कमि भएरै त होला नि भारतलाइ हाम्रो सगरमाथाको सहारा लिनुपरेको | भारतको यो कार्यलाइ हेपाहा भन्दा पनि ‘कुरीकुरी’ भन्न मन लाग्यो |

    Reply
  26. Pawan says:
    June 23, 2012 at 5:22 pm

    साले धोति हरु ..तिनीहरु को सिमाना नजिक पर्ने नेपाल को भाग लाइ त आफ्नो भने-भने ..
    हुदा -हुदा अहिले त टाउको मै टेकेर उत्तर को सिमाना सम्म पुगेर ..सगरमाथ पनि भारत को नै पो भन्छन.. यो धोति हरु ले हामी लाइ जहाँ पनि,जहिले पनि पेल्छन …

    Reply
  27. Rajendra says:
    June 23, 2012 at 4:35 pm

    । यदि भारतले ‘सगरमाथा’ को नाम लिएर पर्यटन प्रवर्धन गर्छ भने त हामीले त झन् खुसी हुनुपर्छ । यसले सगरमाथा को पनि त प्रवर्धन गर्छ । र भारतमा आएका पर्यटकलाई एक पटक सगरमाथा पनि जाउँ भन्ने लाग्छ ।
    भरत र नेपाल मिल्नु पर्छ ।
    नेपालले पनि – “नेपाल आउनुहोस्, -सगरमाथा हेर्नुहोस्, लुम्बिनी हेर्नुहोस्, अनि तेसपछि गएर ताज महल हेर्नुहोस्,” भन्दै प्रचार गर्नु पर्यो ।
    जसरी इन्डियाले – “सगरमाथा पनि नजिकै रहेकोले, इन्डिया आउनु फाइदा जनक छ ” भन्ने जसरी प्रचार गर्यो, नेपालले त झन धेरै फाइदा उठाउऩ सक्नु पर्यो ।

    मिलिजूली काम गर्यो भने दुवैलाई फाइदा हुन्छ । रिसको भावनाले कसैलाई फाइदा हुन्न ।

    Reply
    1. Roshan says:
      June 23, 2012 at 5:13 pm

      बिदेशीको इशारामा नाच्ने दलालहरु जसले सगरमाथाको उच्चाई घटाई दिएको छ
      भारतीय कोठीकी नकचरीहरु जसले नेपाल र नेपालीको अस्तित्व मेटाई दिएको छ
      लोभिहरु जसले संसारभर भीख मांगेर नेपाल र नेपालीको शिर झुकाई दिएको छ |

      Reply
  28. गगने says:
    June 23, 2012 at 4:33 pm

    तिनीहरु त भयनै म त भन्छु हामीनै उस्तो!
    अब जाबो एउटा कोरियाको लागि भारतीय राजदुतले एउटा क्षत्रिय पत्रिकाको पत्रकार संग गरेको कुराकानी लाइ लियर लेखेको कुरोलाई हामीले अन्तरास्ट्रिय कारण गरि उछिल्याउनु नै ठुलो मुर्खाई यो!
    बिचरो उसले पनि तेस्तो खासै हाम्रो देश र सगरमाथा बिरुद्दमा वा हाम्रो आफ्नो भूमिलाई आंच आउने गरि केहि बोलेको जस्तो लाग्दैन है मलाइ, हुन् त् आफ आफ्नो बुझाइ हुन्छ! मैले बुझेको चाहि,
    “चाइना संग सिमाना जोडियको देशको उत्तरपुर्बी भागबाट हेर्नलायक असाध्यै राम्रो द्रिस्य प्रस्तुत गर्दछ, धन्यबाद सगरमाथा!”
    मैले यसरि बुझे यसमा हामीले आफुलाई छोट्त्यायर सानो र संकुचित बनाउनुपर्ने तेस्तो केहि पढ़िन र हाम्रो देश र हाम्रो शानलाई आंच आउने तेस्तो केहि बुझिन पनि जसलाई लियर हामि आफु आफु बहस गर्नुपर्ने वा इन्डिया र उसको खेदो खन्नु पर्ने!
    यो “नेपाल भारतको उत्त्तारमा पर्दछ” भन्दा छ जनाले सात तरिकाले बुझे जस्तै हो! त्यो भन्छ नि पहिले हेर्ने आफ आफ्नो द्रिस्त्रिकोण हुन्छ तेसपछी सोच्ने झनै आफ आफ्नै बिचार हुन्छ अझै बुझ्ने त झनै आफ आफ्नै तरिका हुन्छ!
    मेरो आग्रह त हामीले अधिकांस कुरालाई सहज र सकारात्मक तरिकाले स्वीकार गर्न सक्नु पर्छ! अब आजको यो बिश्वोमा कुनचाहिले माउन्ट एभरेस्ट इन्डियामा पर्छ भन्दा कसैले मान्छ र, भलाई इन्डियाको प्रम ले सयुक्त रास्ट्रसंघ कै आमसभामा भनोस तै पनि त्यो हुने र मान्ने होइन क्यारे बरु तिनीहरुलाई नै दुनियाले पागल करार दिने छ!
    बरु गुगल ले गडबड गर्यो भने चाहि असर गर्न सक्छ!
    बिचरो हाम्रो सगरमाथालाई तेस्तो सुन्दर दृश्य दियाकोमा धन्यबाद दियको छ र, उसले त आफ्नो देश संगसंगै हाम्रो सगरमाथाको पनि प्रचार गरिदियको छ! तेसोत उसको नाम पनि ठ्याक्कै नेपालि कै रहे छ बिष्णु प्रकाश !

    Reply
  29. buddhi bhattarai (malaysia) says:
    June 23, 2012 at 4:04 pm

    इन्डियन धोति सालाहरु नेपाललाइ जहाँ पनि तल परेर बोल्छन,,, लाग्छ तिनीहरुलाई आफ्नै देशको सिमाना थाहा छैन,,, यो सगरमाथा इंडियामा पर्छ भन्नेको मुखमा किरा परोस,,, राम्रो केहि देख्नै नहुने यो हाम्रै देशको हो भनि हाल्नु पर्ने,,,,, सालाहरुलाई लात्ताले हानेर बारीको ढिकमा पुर्याई दिनु पर्ने,,,,

    Reply
  30. amir says:
    June 23, 2012 at 3:41 pm

    तेसो भए अहिले सम्म कति जना धोतीले सगरमाथा चढेको छ रे ? होइन यस्ता बहुलाहरुलाइ कमेन्ट गरेर किन हाम्रो समय बर्बाद गर्ने / काग कराउदै गर्छ पीना सुक्दै गर्छ./ भाड मे जाए तो साला धोति लोग.

    Reply
  31. siri paudel says:
    June 23, 2012 at 3:24 pm

    यौटा भबिस्य बाणीले तेस्रो विश्व युद्ध नेपाल बाट सुरु हुन्छ भनेका थिय | अहिले त दस वर्ष को कालखण्ड नियालेर हेर्दा अराजक अस्थिर भ्रस्टनेता चोरि डकैति चरम बिन्दु मा पुगेको र बिदेशी को गिध्दे नजर पूर्ण रुप ले हाबी भयको अबस्था छ | यस्तो अबस्ता मा देशका सबै जिम्बेवार नागरिक नेता समाजसेबी अगुवा जनजाती मधेसी सबै एक ढीक्का भयर नसोचे भाभी सन्तान ले धिकर्ने बाहेक अरु केहि नहुने निश्चित छ हाम्रो नेपाल र नेपाली मा सदबुधी आओस
    जय एलियन (गड लै धेरै पुकारियो केहि होला जस्तो छैन निरासा निरासा निरासा ………………..)

    Reply
  32. Puran Pandey says:
    June 23, 2012 at 3:12 pm

    [email protected] मा एउटा इमेल पठाएको छु हेरौं कस्तो प्रतिक्रिया आउँछ

    Reply
  33. Manoj Ghimire says:
    June 23, 2012 at 2:50 pm

    होइन हो धोतिहरुलाई केहि गरेर पनि नसक्नी भय नेपालीले, कुन दिन पेरिसको आइफल टवोर, इजिप्टको पिरामिड जस्ता कुरा पनि भारत पर्छ भन्नि सुन्न आउला बजार मा, राम्रो कुरा त देख्न नहुनी कशैको पनि धोतिलाई, धिक्कार छ

    Reply
  34. Ritika says:
    June 23, 2012 at 2:43 pm

    भारतमा पर्छ भने जस्तो लागेन, खाली राम्रो सँग देखिन्छ भनिएको जस्तो लाग्यो । “The northeastern part of the country where it borders China offers the most beautiful scenic views thanks to Mt. Everest.” यसको मतलब एवेरेस्ट भारत मा पर्छ भन्ने जस्तो त लाग्दैन मलाई / मैले वुझे अनुसार, यदी भारतको कुनै स्थान वाट एभरेष्ट देखिन्छ भने (जो मलाई थाहा छैन) उनले भनेको कुराले एभरेष्ट भारतमा पर्छ भन्ने कुरा भनेको मानिदैन जस्तो लाग्छ । मैले वुझ्ने अंग्रेजीले यस्तै भन्छ । अरुले वुझ्ने अंग्रेजीले फरक भन्न सक्छ ।

    Reply
    1. Sumanthapa says:
      June 23, 2012 at 5:34 pm

      तपाई को बुझाई मा कमि छ भनेर भन्नु पर्ला .. त्यसलाई नेपाली मा उल्था गर्दा उत्तर-पूर्वी सीमा “मा” हेर्दा….. हुन्छ / न कि उत्तर-पूर्वी सीमा “बाट”……….

      Reply
  35. Bijaya Paudel says:
    June 23, 2012 at 2:41 pm

    उक्त Article मा कोरियाका लागि भारतीय राजदूत विष्णु प्रकाश ले सगरमाथा भारतमा पर्छ भनेर नभनेको भएता पनि हामीले के भुल्नु हुँदैन भने भारतीयहरुले संसारकै ठूलो फिल्म इन्डष्ट्री बलिवूड को एउटा फिल्म “चाँदनी चोक टू चाइना” मार्फत “भगवान बुद्ध” भारतमा जन्मेको कुरा विश्वभर प्रसारित गरिसकेका छन ( स्मरण रहोस उक्त फिल्मको नेपालमा देखाउने कपीहरु मात्र परिमार्जित गरिएका थिए )| कहिले भारतबाट प्रसारित हुने राष्ट्रिय टेलीभिजन को लोगोमा नेपाल सहितको भारतको नक्सा राखेर (नेपालीहरुको चर्को बिरोधका कारण पछि उक्त लोगो पनि परिमार्जित गरिएको थियो ) होस या कहिले नक्कली कपिलवस्तू बनाएर बर्सेनी “कपिलवस्तू महोत्सव” गरि संसारलाई ध्यान आकृष्ट गरेर होस भारतले नेपालमाथी हस्तक्षेपकारी कामहरु गरिरहेको कुरा त घाम जत्तिकै छर्लङ्ग छ नी | सिमा क्षेत्रका सयौं ठाउँहरुमा दिनदिनै गरिरहेको सिमा अतिक्रमण र ज्यादतीको त कुरै नगरौ | देशभित्र बिभिन्न अनावश्यक मागहरु राखेर, आफ्नै जातीका नाममा छुट्टै राज्य को माग गर्ने र गर्न लगाउने नाइकेहरु पनि राष्ट्रियताको यति गम्भिर बिषयमा खासै चासो नदेखाएको त हामीले देखेकै थियौं यो पोष्टको भारतीय बिस्तारबादलाई बिरोध गरिएका कमेन्टहरुमा “Like” भन्दा “Unlike” को संख्या बढी देख्दा झनै अचम्म लाग्यो |

    Reply
  36. Jenish says:
    June 23, 2012 at 2:17 pm

    France can be viewed from the UK doesn’t mean that France is part of United Kingdom! His statement doesn’t suggest that Mt. Everest is in India!!!

    Jenish

    Reply
  37. PRASHANTA SHARMA says:
    June 23, 2012 at 1:54 pm

    पछिल्लो २०६३ को नेपालमा राजतन्त्रका बिरुद्धको आन्दोलन हुदाको अंतिम क्षणमा निर्णायक भूमिकाकोलागि भारतीय करण सिंह नेपाल आउनु र तेस पछि उसकै निर्देशन अनुरूप दलहरु र राजा बिच समझौता हुदा भारतीय हस्तछेप कोही नेपालीलाई किन लागेन? के तत्कालीन राजाहरु भारतीय वा अन्य देशको नागरिक थिए ?! र राजा बिरुद्धको आन्दोलनमा भारतीय भूमिकालाई सहज मान्ने हामी नेपाली ? भारतले एउटा आफ्नो प्रान्तमा निर्बाह गर्ने भूमिका भन्दा पनि बढ़ी भूमिका अर्को स्वतंत्र रास्त्र माथि निर्बाह गर्न खोज्नु के न्यायोचित हो? हैन भने भारतीय राजदूत को यो सगरमाथा सम्बन्धी र तिब्बती उर्फ़ नव भारतीय दले(दलाई ) लामा को बुद्ध को जन्मस्थल बारेको अभिब्यक्ति सार्वभौम नेपाल र आदर्श नेपालीजनको लागि घोर आपत्तिजनक हो ,येसको लागि नेपाली एकजुट भै बिरोध गारी माफ़ मगाउन लागी पर्नु पर्छ /

    Reply
  38. Sagar says:
    June 23, 2012 at 1:07 pm

    its not written that it lies in india, mysansar only tries to provoke the issue with anti indian feelings, infact i searched in internet and found that mount everest is visible from some point of darjelling so lets stop it here and needless to say everest is in Nepal, everyone knows it.

    Reply
    1. Kiran says:
      June 23, 2012 at 1:16 pm

      ए तेसो भए दार्जीलिंग चीनसित सिमा जोडिएको हैन त ?
      इंडिया को दास बजिया !

      Reply
    2. madan bajracharya says:
      June 23, 2012 at 2:08 pm

      सगर ज्यु
      दार्जलिंग पनि आज पनि नेपालकै हो नि/ भारतको संविधानले समेत दार्जलिन भारतको हो भनेको छैन र सर्वोच्च अदालतमा दार्जलिंग को नेता सुभाष घिसिंगले यो सम्भंदी रित राखेकैछ/ मात्र नेपालको नेताहरु हिम्मत नभयर मात्रै हो नभय दार्ज्लिन भारतले नाकले टेकेर नेपाललाई फर्काउनु पर्छ/ अब रह्यो त्यो कोरियाको निमित भारतको राजदुतले सगरमाथा भारतमा पर्ने/ लाज पचेको त्यो मात्रै होईन नेहरु पनि हो; नेहरुले कुरा गरेकोमा तत्कालिन नेपालको सदनले नै बिरोध गरे पछी नेहरुले आफ्नो कुरा फिर्ता लियको थियो/

      नेपालमा मनले नेपालीको प्रतिनिध्वो गर्ने नेता र लोकतान्त्रिक संबिधान बनेमा भारतले नेपाललाई फर्काउनु पर्ने धेरै भू भागहरु भयकै कारणले नेपालको जनताले गरेको क्रान्तिको अन्त कुरूप बनाउंदै नेपालमा आफ्ना पिथ्ठुहरुलाई सिंह दरवार मा हुल्दै आयको हो/

      तराईमा सकुन्जेल बिहारीहरू हुल्दै तिनीहरुलाई नेपालको नागरिकता दिन दवाव दिंदै तराईमा मधेसी अर्थात् बिहारिहरुको स्वराज माग गरायर नेपालमा जातीय तन्त्र हुल्ने पनि भारतकै षड्यन्त्र हो/ नभय राजतन्त्र समेत फाल्न सकिने २०४८को संबिधान कसले भन्न सक्छ लोकतान्त्रिक संबिधान होईन भनेर?

      Reply
    3. krishna says:
      June 23, 2012 at 2:42 pm

      सबैलाई थाहा छ भन्दाभन्दै लुम्बिनी भारत मा बनिसके , कुन दिन सगरमाथा पनि नक्कली बनैदिन्चन अनि थाहा हुन्छा.

      Reply
      1. Anup says:
        June 24, 2012 at 11:22 am

        कृष्ण जी,

        के भो त हामी पनि बनाई दिउन त चारधाम नेपालमै यसो गरे कसो होला ?

        Reply
    4. Sita says:
      June 23, 2012 at 9:01 pm

      Dear sagar, do search in internet if darjeeling borders with china or not, cause in that article it stated that.

      Reply
      1. Sagar says:
        June 24, 2012 at 12:31 am

        Sita Ji Darjelling is not mentioned by the journalist anywhere in article, I just give an example myself, it shows you have not read article , don’t try to flow with others comment…

        Reply
  39. prabesh says:
    June 23, 2012 at 12:30 pm

    भारतमा पर्छ भने जस्तो लागेन, खाली राम्रो सँग देखिन्छ भनिएको जस्तो लाग्यो ।

    Reply
    1. dipak says:
      June 23, 2012 at 8:07 pm

      त्येसो भए हाम्रो राजदुत् लाइ बोलाएर यो बिसयमा कुरा नाचार्कौना किन दबाब दिनु पर्यो त? हाम्रो राजदूत पनि किन दब्या होला? भारत को त्यो बिसने र हाम्रो राजदूत एऔतै हैसियेत राख्ने counterpart होइन र?

      Reply
  40. rai shishir says:
    June 23, 2012 at 12:13 pm

    यो भारत को हेपाहा र बिस्तारबादी ब्यभाहर को परकस्त हो नेपालको सार्भुम र स्वाभिमान पर्ती भारतले धेरै चोटी आघात पुर्ययूदै आएको xa , जस्तो भगवान बुद्ध पनि इन्डिया मा जन्मेको / भारत समुन्द्र देखि हिमाल सगरमाथा सम्म हाम्रो देश भारत भन्नु जस्ता भनाई हरु भारती नेता सरकारी निकाय का व्यक्ति हरुले खुलेआम संसारमा भ्रम फैलाउने काम हुदापनि हाम्रा नेपाली नेताहरु खोइ पर्तिबाद गर्न सकेको ? के हामी साचिकै भारती गुलाम बनिसकेको हो? अब पर्त्येक स्वाभिमानी नेपालीले भारती बिस्तारबादी र हेपाहा धुतिहरको मुकाबिला गर्ने दिन आयो./

    Reply
  41. Shiva baglung says:
    June 23, 2012 at 12:03 pm

    What indian really wants? Sometimes they throw out the pillars from the borders,sometime say Lumbini is in India ,, now how dare they say mt everest is between china and India ,,, What’s going on ,,, why Nepal govt is keeping quiet ,,?

    Reply
  42. sanjib niraula says:
    June 23, 2012 at 11:30 am

    Dear sir

    I read your written article about india , but there is one mistake you have written that “The northeastern part of the country where it borders China offers the most beautiful scenic views thanks to Mt. Everest.” what this means ? this means mt everest is situated in india , which it totally incorrect so please feel your incorrect written by inner heart and SCATTER MESSAGE THAT MT EVEREST IS SITUATED IN NEPAL BUT NOT INDIA.

    thanking u

    sanjib निरौला

    nepal

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme