Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेरो देश मलाई लाग्छ प्यारो…

Posted on June 21, 2012June 22, 2012 by Salokya


काठमाडौँमा मौसमसँगै राजनीति तातिँदै गर्दा केही काम र केही घुमघामका लागि शनिबार उत्तर (लाङटाङ राष्ट्रिय निकुञ्ज) तर्फ लम्केका थियौँ हामी। गएको दिनदेखि नै पानी परेपछि यो पाँच दिनको यात्रामा कति रुझियो, कति पटक चिप्लेटी खाइयो, कति पटक डङ्ग्रङ्गै लडियो, कति जिउभरी हिलो लगाइयो, कति रक्तदान (जुकालाई) गरियो…. तर सब बिर्सिन पुगियो यो दृश्य हेर्दा। सँधै पानी परेर हुस्सु र कुहिरोले छेक्याछेक्यै। बीबीसीले एक पटक नगरकोटको बयान गर्दा लेखेको वाक्य जस्तो- अरुले बादल हेर्न टाउको माथि उठाउनु पर्छ, यहाँ तल हेर्नुपर्छ। राति झमझम् पानी पर्दा बास बसेको घरको अँध्यारो कोठामा भोलि आकाश खुल्ने आशाका साथ सुतेका थियौँ हामी। एकाबिहानै आँखा के खुलेको थियो, बाहिर कुदेँ म। अहो, गज्जबको दृश्य। ‘खुल्यो-खुल्यो’ चिच्याउँदै म क्यामेरा लिन कोठातिर हान्निएँ। कोठामा सँगै सुतेका साथी उत्तम र अच्युत तर्सिएछन्- के खुल्यो? वास्तै गरिनँ मैले र क्यामेरा बोकेर कुदिहालेँ बाहिर। एकैछिनमा साथीहरु पनि निस्किए बाहिर क्यामेराका साथ। उत्तमबाबु श्रेष्ठ ट्राइपड लिएर निस्किए। यो माथिको फोटो उनैको क्यामेराबाट खिचिएको हो। लगातारको हिँडाइले खुट्टा निकै दुखेको छ। भित्र मैले खिचेका दुई तीन वटा फोटो मात्रै आज। बाँकी ब्लग पछि लेख्नेछु।



गणेश हिमाल।


बिहान सबेरै मूखर्कबाट हिमाल यस्तो देखिएको थियो।


एक दिनअघि झरीमा रुझ्दै, चिप्लँदै, पछारिँदै आएको दुःख यो हेरेपछि हरायो।


यस्तो ठाउँ देख्यो भने मलाई जेम्स क्यामरुनको अवतार फिल्ममा देखाइएको पान्डोरा ग्रहको दृश्य जस्तो लाग्छ।


यो जंगलमा रेड पान्डा (दुर्लभ हाब्रे) पनि पाइन्छ रे, तर हामीले भेटेनौँ।

35 thoughts on “मेरो देश मलाई लाग्छ प्यारो…”

  1. Nabin says:
    June 26, 2012 at 9:45 pm

    धेरै दिन पछि वाक्क लाग्दो राजनीतिक समाचार पढ्नु परेंन / धन्यवाद लेखकलाइ /

    Reply
  2. Magar Sudhar says:
    June 26, 2012 at 1:41 am

    Young blood should come front to save country and preserve our natural resources…….wipe out all old sick date-expired politicians….

    Reply
  3. Pingback: आहा, हाम्रो नेपाल ! « Mysansar
  4. CESAR says:
    June 21, 2012 at 4:27 pm

    I love my country. Thanks for the photographs.

    Reply
    1. sushil says:
      June 22, 2012 at 7:21 pm

      “जननी जन्मभूमि स्वोर्गदपी गरएसी” यो मेरै देश नेपाल हो र l मेरो नेपाल यति सारो मनमोहक छ??? साच्ची मलाई थाहै थिएन l उफ्फ़ मेरो देश ( i cried a lot , believe me )

      Reply
  5. Surendra Chaudhary(CRS) says:
    June 21, 2012 at 3:55 pm

    साँची हो , नेपाल आमा विश्वमै अतुलनीय छिन; सृस्तीको सभ्यता येहिंबता सुरुवात भएको हो; हामीले नै संसारलाई वेदको ज्ञान दिएका हौँ; ; कसैलाई इर्श्या लाग्दैमा वा कसैले पराइका पेस्की लिएका छन् भन्दैमा यो एथार्थ लुक्न सक्दैन . तर आज हाम्रो स्थिति तेसै दुनियान्भारिमा तलबाट पाँचौं श्रेणीमा परेको हैन; हामीलाई सात समुन्द्र पारिका, दुनियाँले कन्टेनरमा फालेका दारिवालहरुका मंगढ़ानते उपन्यास जस्ता किताब पढ्ने जाँगर चल्छ, तर एक-पटक हाम्रो प्राचीन पवित्र सभ्यता कसरि विकसित भयो, येसलाई को-को संग जुध्न पर्यो, कसरि हाम्रा पुर्खाहरुले आफ्नो गौरवशाली इतिहास जोगाए भने कुरा जान्ने फुर्सद छैन. जुन देश र जातिलाई आफ्नो वास्तविक इतिहास नै थाहा छैन, अरुका कुप्रचारको पछी दौडिरहेका छन्, तेस्को भविस्य कस्तो होला? हुँदा-हुँदा “मलाई एस्तो अल्छी बनाएर जन्माउने यिनै बाउ-आमा हुन्” भनेर तिनैलाइ झाम्तिना बेर छैन .

    Reply
  6. kishor says:
    June 21, 2012 at 3:38 pm

    धेरै आनन्द भो नेपाल को हिमाल हेर्दा! पहिलो फोटो त HDR प्रबिधि जस्तो लग्यो तर नेपाल को सुन्धरता एसले निकै नै राम्रो संग कैद गरेको छ ! धन्यवाद छ mysansar लाई!!

    Reply
  7. Deep says:
    June 21, 2012 at 1:24 pm

    प्राकृतिक संरचनाले यति धेरै सुन्दर र धनि हाम्रो देश, हाम्रा अगुवाहरुमा पनि यस्तै सुन्दर र धनि सोचाइहरुको बिकाश साथै येस्ता सोचाइलाई कार्यनबन गर्ने पर्तिबद्दता भए, अझै कति सुन्दर हुन्थ्यो होला l देशलाई देशभन्दा बाहिर बस्ने नेपालीहरुमा गर्वका साथ चिनाउन खोज्ने प्रयासहरुमा महत्वपुर्ण आयाम थपिने थिए l

    Reply
  8. प्रविण कुमार says:
    June 21, 2012 at 1:14 pm

    नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । सालोक्य जीका स्न्यापहरुले यसलाई अझ थप पुष्टी गरेको छ । मलाई पनि असाध्यै मन परेर कम्पयूटरको डेस्कटप ब्याक्ग्राउण्डमा ति फोटोहरु राख्नु पर्‍यो भनेको बिचमा तस्विरमा भएका वाटर मार्कले भिलेन खेल्यो ।

    Reply
  9. Sonam Sherpa says:
    June 21, 2012 at 1:07 pm

    संसारकै सबैभन्दा सुन्दर देश सबैभन्दा गरिब देश कसले बनायो . बादरको हातमा नरिवल भनेको यहि होला. माल पाएर छाल नपाएको भनेको यहि होलान. यसको कारण हामि खोजौ . अब यो देशलाई संसारकै सबैभन्दा सुन्दर देश बनाउनु पर्दछ .

    Reply
    1. samrat~ says:
      June 22, 2012 at 12:32 am

      सुन्दर देश छ छदै छ नि आफै ले भनेको हैन ..अब आर्थिक सम्पन्न बनाउन पर्यो भन्न पर्यो.

      Reply
  10. Tenzing Gaba says:
    June 21, 2012 at 11:26 am

    २० – २५ बर्ख अगाडी हिडेको बाटो फेरी देख्नु पाउदा मनै शीतल भएर ल्यायो,
    उसबेला जादा खुट्टो अघि लागेको थियो १ दिनमा नै धुन्चे देखि गोसाईकुण्ड पुगिया थियो अब त् भुडी अघि लाग्छ होला, तैपनि २-३ दिन लगाएर भए नि फेरी नपुगी छोडदिन,
    नया उर्जा थपि दिनु भएकोमा उमेशजीलाई धन्यवाद /

    तेन्जिंग गाबा

    Reply
  11. Barsha says:
    June 21, 2012 at 11:22 am

    First pic is awsome.
    Photography is excellent.
    Have lots of fun.

    Reply
  12. Rajen says:
    June 21, 2012 at 11:10 am

    You guys rocks and its worthy to put mysansar.com as my homepage. Thanks for the nice blogs!!!! You guys put 2, 3 blogs but all worthy to read!! Used to put ekantipur as my homepage but sick of political news, thanks mysansar team.

    Reply
  13. Sisir says:
    June 21, 2012 at 11:08 am

    Love Nepal and proud to be Nepali ..
    Beauty Beauty and Beauty everywhere ..

    Reply
  14. kamal says:
    June 21, 2012 at 10:29 am

    not less than a beautiful potrait…………..

    Reply
  15. sarita says:
    June 21, 2012 at 9:50 am

    कुरो गर्यो कुरैको दुख…एहा विदेशको उदेक लाग्दो मरभुमी का हाम्रो देश नेपाल..एकछिन त भोकनै बिरसाउछा हाम्रो नेपाल. हेरौ कहिले फेरी चुना लेखेको छ त्यो माटोलाइ.

    Reply
  16. उपासक उदास says:
    June 21, 2012 at 9:38 am

    आमाको पनि बदे-आम्मा धरतीमाता . उनैको अर्को रुप प्रकृति न हो .यसैले प्राकृतिक दृश्य हेरेर आनन्दले विभोर हुनु सुरुचिपूर्ण स्वभाव भएका सबै जीव-जन्तुको अधिकार नै भो ..एक मान्छे नै यस्तो प्राणि हुन् , जो आफ्नो स्वार्थि र अर्थ-पिपासु विकृतिले गर्दा प्रकृतिबाट शदियौं देखि टाढिनेक्रम तीब्र गतिले बढ्दो छ .
    यस अवस्थामा , दसकौं देखि आमाको मुहार हेर्न नपाएको छोरोले आफ्नै आमालाई भेट्दा जुन सुख र परमानन्द अनुभव गर्छ , सालोक्य भाइको अनुभूति त्यो भन्दा ज्यादै फरक नहुनु बिल्कुलै स्वाभाविक मान्नु पर्ला ,…

    Reply
  17. Navin says:
    June 21, 2012 at 8:47 am

    यो विदेओ पनि हेर्ने हो कि , काठमाडौँको
    स्वर्गीय आनन्द पाउनु हुनेछ |
    http://youtu.be/bi0t1b7idWk

    Reply
  18. Basanta says:
    June 21, 2012 at 7:55 am

    गएको भदौ महिना मा मा पनि यो बाटो हिडेको थिए साच्ची कै यो ठाउँ एति रमणीय र त्यहाँ बाट देखिने नेपाल को हिम शिन्खालाहरु को कुनै बर्णन गर्न सकिन्दैन जेह छ यो मन मा छ जे देखियो यो आत्माको अल्बम मा संगालेर राखेको छु सबै नेपाली ले एक पटक पुग्ने पर्ने ठाउँ हो यो . गोसाईकुड ओम नम शिवाय

    Reply
  19. EAKRAJ ADHIKARI says:
    June 21, 2012 at 7:36 am

    अब यो बाटो मेरो हो कि मा यो बाटोको ……अब यो माटो मेरो होकी मा यो माटोको……

    Reply
  20. Magen says:
    June 21, 2012 at 7:35 am

    I ve no words to praise, this is my country, this is my place, I just adore my country, plz keep uploading such kinds of pics,let the world know our beloved places.tks

    Reply
  21. Anu says:
    June 21, 2012 at 7:20 am

    Very happy for you that you had a lovely time !! Surprise us from time to time !!!!

    Reply
  22. sudip says:
    June 21, 2012 at 7:06 am

    आज ज्यादै खुसि लाग्यो / कामबाट थकिद मुद्रामा आएर येसो laptop खोलेको आफ्नो प्यारो देशको एस्तो मिठो तस्विर देखेर मननै आनन्द भो/ धेरै धेरै धन्यवाद छ तपाइलाई/ आसा गर्छु भोलि पनि येस्तै तस्वीर देख्न्न पाउ/

    Reply
  23. cRIS says:
    June 21, 2012 at 6:29 am

    lucky buggers! so envied. loved the photos, now want to hear the details soon. thnx.

    Reply
  24. शशांक लामा, न्युयोर्क says:
    June 21, 2012 at 5:53 am

    मनमोहक तस्वीरहरु हेरेर मनै आनन्द भयो !

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      June 21, 2012 at 7:14 am

      यै मनै आनन्द हुने दृश्य धारण गरेको रसुवाजिल्लामा म जन्मेको हुर्केको पढेको हुँ; भनेर सम्झदा पुन:एकपटक भावविभोर भए !!

      Reply
  25. dipika says:
    June 21, 2012 at 4:18 am

    आहा मनमा कस्तो आनन्द आउने/ साचै रहेछ “जसो गर जे गर जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो”

    Reply
  26. तेजप्रसाद अधिकारी says:
    June 21, 2012 at 4:16 am

    This first photo is so amazing… really amazing click.

    Reply
  27. तेजप्रसाद अधिकारी says:
    June 21, 2012 at 4:10 am

    अति उत्कृष्ट फोटोग्राफी… बिश्वब्यापी स्तर को… डिस्कभरी मा प्रतिशप्रधा गर्ने खालको… you guys can participate word class photographic challenge… best of luck.

    Reply
  28. Sandhya says:
    June 21, 2012 at 4:00 am

    धेरै राम्रा तस्बिरहरु | कुन ठाउँ पुगेर यी तस्बिरहरु लिनु भएको हो जान्न मन लग्यो|

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      June 21, 2012 at 7:29 am

      यो स्थान राजधानी काठमान्डूबाट मोटर साइकलमा बालाजु बाइपास हुँदै ४ घण्टा उत्तर तर्फ लागे पछी रसुवाको सदरमुकाम धुन्चे आसपासको क्षेत्रबाट देखिने गणेश हिमाल, गोसाईकुण्डको सेरोफेरो हो / (दैनिक आतेजाते बस पनि सुलभ छ)
      – अहिले धुन्चेसम्म प्रायश:कालोपत्रे सडक नै बनिसकेको छ /
      – राम्रो सेवा सुबिधा सहित सस्तोमा खाना बस्नको व्यवस्था जता-ततै पाइन्छ /
      गोसाईकुण्डको यात्रा तय गर्नुस..तिर्थ सहित मनमोहक दृश्यको आनन्द पनि लिनुस !!

      Reply
      1. Sandhya says:
        June 22, 2012 at 4:53 am

        Thank you for the information. I really appreciate it. I look forward to being there someday in near future.

        Reply
    2. pradeshi says:
      June 21, 2012 at 8:18 am

      सालोक्य जी को रसुवा जिल्लाको भर्मन हुदै छ. पहिलो भाग “धुन्चेलाई नजिकबाट हेर्दा By Salokya, on June 16th, २०१२” छ हेर्नु होला.

      Reply
  29. Arjun says:
    June 21, 2012 at 1:41 am

    lov dis blog.. very nice pic.. lucky you

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme