Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आर्यघाटमा यो के हुँदै ?

Posted on June 19, 2012June 16, 2012 by Salokya

ठाउँ- पशुपति आर्यघाटको बागमती नदी।
के गर्दैछ त यो केटा ?
बागमती नदीमा माछा मार्दै ? हैन-हैन। कहाँ माछा मार्नु यस्तो पानीमा ! त्यसो भए के गर्दै त ? अनुमान लगाउनुस् र जवाफ हेर्न भित्र आउनुस्।

डोरीमा केही चिज बाँधिएको छ र त्यसलाई उसले नदीमा फ्याँक्दैछ।


यही डोरी र डोरीमा बाँधिएको चिजमा नै छ सबै कुरा।


ब्रह्मनालमा सुताउन एउटा लाश आइपुग्यो। सब इच्छा आकांक्षा त्यागेर त्यो शरीरको प्राण उडिसक्यो। तर यो किशोरको भने केही पाइएला भन्ने आशा अझै छ।


भेट्टियो ! वास्तवमा डोरीमा बाँधिएको चिज चुम्बक हो। चुम्बकमा सिक्काहरु टाँसिन्छन्। लाशमा र बागमती नदीमा मान्छेहरु सिक्का चढाउने गर्छन्। त्यही सिक्का आफ्नो हातमा पार्न यी बच्चाहरुले यो उपाय रचेका हुन्।


चुम्बक बाँधिएको डोरीलाई उनीहरु नदीमा फ्याँक्छन्, अनि माछा जालमा परे जस्तो सिक्का चुम्बकमा टाँसिने आश गर्छन्।


५-६-७ आज यति सिक्का हात पर्‍यो।


सहमति र सहकार्यः ल यो सिक्का राखिराख त। उनीहरुको दैनिकी यसरी नै चलिरहेको छ।

44 thoughts on “आर्यघाटमा यो के हुँदै ?”

  1. लक्ष्मण कोइराला says:
    November 5, 2012 at 3:17 pm

    मेरो बिचारमा पनि सही नै लाग्यो किनकि यस्ता युवक केटाहरुले बेलैमा कसैबाट केही कुरा अध्ययन गर्न पाएमा भविष्य उज्जवल बनाउने अवसर पाउथे के गर्ने सबैलाई उही अवसर प्राप्त हुदैन नि भगवान सबैका लागी उही समयमा पुग्दैनन्
    मन परे हरियो नपरे रातो

    Reply
  2. shiva says:
    June 25, 2012 at 3:47 pm

    बुद्धि , समय. र एउटा सोयाभिमान नेपाली हो ,
    आफ्नै पौरख मा गर्व गर्ने भाई हरु हुन…
    यो त एउटा चोतिलो पाठ पनी हो …

    Reply
  3. Suman Gurung (UK) says:
    June 22, 2012 at 6:41 am

    विवसता . पढ्ने लेख्ने उमेर मा बिचरा हरु एस्तो गर्न बाध्य हुन्छन अनि कसरि जान्छन त नैतिकताका कुरा र देश बनाउने कुरा.?

    Reply
  4. ryan says:
    June 22, 2012 at 5:42 am

    मर्नु भन्दा बौलाउनु निको वनेको येही हो ………………………

    Reply
  5. Dhana K. Tamrakar says:
    June 22, 2012 at 3:01 am

    सालोक्याजी, यो बच्चाहरुलाई जति सक्दो सहयोग गर्न चाहेमा के/को मार्फत सहयोग गर्न सकिन्छा? यो दोचुमेंतारी हेरेर मेरो मन साह्रै रुयो. एक दृश्यमा बच्चाले “मलाई मर्नु मन लग्यो” भन्दा मेरो मुटु साह्रै दुख्यो सायद म आमा भकोले र जीवनको कुनै बेला आफ्नो बच्चाहरुको आवश्यकता पुरा गर्न नपाको र एउटालाई गुमाउनु परेकोले गर्दा होला.

    Reply
  6. neel says:
    June 21, 2012 at 3:13 pm

    पासा बल होइन बुद्धि लगा जता ततै पैसै पैसा छ …………….

    Reply
  7. Sijan says:
    June 21, 2012 at 1:28 pm

    एस्तो जाबो खुत्रा पैसा बटुलेर के गर्नु येसो हजार लाख बागमती मा बगाए पो कोज्न जानु पनि सुहौन्च!!

    Reply
  8. ravi says:
    June 20, 2012 at 7:20 am

    यो हाम्रो देसको नियति नै भैसक्यो, जे होस् एलाई नि काम को श्रेणी मा राख न पईयको छ नेपालमा
    धेरै मठ मन्दिर भयको हाम्रो नेपालमा एसले राम्रो जागिर को सिर्जना गरेको छ

    Reply
  9. योगेश आदी, न्यूयोर्क says:
    June 20, 2012 at 5:17 am

    पहिलो : जहाँ इच्छा त्यहाँ उपाय !
    दोश्रो : अल्छिको दस दाउ !
    – रहर, बाध्यता वा विवसता; जे भएपनि बर्षाको भेलले पैसा बगाएर माटोमा बिलिन हुनु, समुन्द्र पुग्नु भन्दा सदुपयोग भएकै राम्रो !!

    Reply
  10. ashok says:
    June 20, 2012 at 4:39 am

    निर्दोष जीवनयात्रा !

    Reply
  11. shankar says:
    June 20, 2012 at 1:59 am

    चुम्बक फालेर
    पैसा खोजको जस्तो छ

    Reply
  12. sabin says:
    June 19, 2012 at 11:53 pm

    के पो गर्ने हाम्रो देसमा यो त सामान्य हो येस्ता धेरै स्टोरी, जोक, बास्तबिकताहरु समाजमा कति हो कति ….कसले सम्हालने? कसले सुधार्ने ? राज्य सरकार कानमा बिर्को लगायी लामो निन्द्रामा छ…..

    Reply
  13. Resham says:
    June 19, 2012 at 11:05 pm

    लौ यो गरिबीको चपेटामा परेको बिबसता बाहेक अरु क नै हुन सक्छ र?

    Reply
  14. anrup says:
    June 19, 2012 at 9:59 pm

    http://www.youtube.com/watch?v=9faVM7-Q4c0
    please take a look at that link. this video shows how the future of nepal planning to contribute to the nation.

    Reply
  15. sunil says:
    June 19, 2012 at 8:45 pm

    हेर हाम्रो देश का बालबालिका,,,, के भन्ने के comment लेख्ने ………………..

    Reply
  16. sarita baral says:
    June 19, 2012 at 8:33 pm

    नेपाली सडक बालबालिकाको तितो सत्य/कती धेरै बुद्दी छ तिनीहरुमा खाली औटा अवसरको खाचो छ/सहमति र सहकाय कती रैछ त यिनी हरुसग / ए नेताहो बरु आउ सिक यी सडक बालबालिका सग सहमति र सहकाय भनेको के हो र कसरी गर्नु पर्छ भनेर……

    Reply
  17. Sudip Adhikari says:
    June 19, 2012 at 8:32 pm

    कोइ जनता लाशमा बाच्ने आधार खोज्दैछन! कोइ लाश माथि लाश बिछ्यारा किनेको विश्वास लाई (इन्डियन currency) मा मोलतोलाई गर्दैछन! हाम्रो नेपाल मा!भटराई काका र जुंगे हवल्दार ले यो तस्बिर हेर्ने पर्छ!

    Reply
  18. Birbal says:
    June 19, 2012 at 7:05 pm

    यो डोरीमा चुम्बक बाँधेको छ त्यो चुम्बक उसले नदीमा फाल्छ अनि चुम्बकमा टासिएको पैसा आफ्नो खल्तीमा राख्छ |

    Reply
  19. Nabin says:
    June 19, 2012 at 6:57 pm

    तितो सत्ते नेपालका बालबालिकाको /

    Reply
  20. Sagar BC says:
    June 19, 2012 at 6:57 pm

    १५ करोड को महल मा बस्ने नेतालाई यो लेख पढाउनु पर्ने ….केहि बुद्धि आउथ्यो कि…..

    Reply
  21. prabin says:
    June 19, 2012 at 6:34 pm

    पेट को लागि अनेक उपाय

    Reply
  22. kiran sharma says:
    June 19, 2012 at 5:27 pm

    कस्तो मार्मिक … तर दुख को कुरो के छ भने, यी बालाक हरु को जीवन यसै मा समर्पित छ. पढ्न मा मन लाग्दैन ..

    एउटा घटना छ …

    एउटा खाते केटोलाई सडक बाट राम्रो आवासीय बिधयालय (boarding school) मा राखेको एउटा गोरा साथीले … त्यो बालक लाइ खान र बस्न को पुरै व्यवस्था थियो र मैना को ३ सय डलर को खर्च मा उ बसेको थियो … लगभग २ महिना पछी उ भागे छ .. बिद्यालय ले खोग्दा भेटेनाछ र तेसै छोडे छ . लगभग ३ महिना पछी भेटि फेरी बिद्यालय मा लगेर राखे छन् र फेरी भागे छ ..

    अब, यस्ता मागेर, खोजेर, चोरेर स्वन्त्र जीवन बिताई रहेका लाइ एउटा नियम, अनुसासन मा रहेर बस्न गाह्रो हुने रहेछा.

    यदि बाछा, ५-६ वर्षा भन्दा कम उमेर का छन् भने र सहयोग गरि राम्रो व्यवस्था मिलाउन सके राम्रो हुन्छा तर कसले ध्यान पुराउने जब देश नै अर्कै भुमरी मा घुमी रहेछा …

    Reply
  23. Jetha says:
    June 19, 2012 at 5:25 pm

    Watch the documentary called “children of God” in YouTube. The reality of these kids there.
    It’s bitter truth of not only these children. Selfish and self concentrated people in our govt. helpless people and the bitter reality of Nepal.

    Reply
  24. khlimbu says:
    June 19, 2012 at 1:19 pm

    जे होश दिमाग मान्नु पर्छ ….

    Reply
  25. उपासक उदास says:
    June 19, 2012 at 12:39 pm

    नेपाली बच्चाहरुको यस अवस्थाको पछाडी जिम्मेवार को हो – यसको खोजी हुनु पर्छ .
    हाम्रा नेताहरुले के अनुभूति गर्दा हुन् .? सम्वेदना शून्य भै सकेका मान्छेहरुमा कुनै भावना पलाउने के आशा गर्नु खै ? यस्ताले कोहि आफन्त बित्दा कुन मुटुले समवेदना व्यक्त गर्ने होला ? सब कुरा लोकाचार ..नक्कली ..यस्ताको जिउनु मात्र कसरि सक्कली होला ?

    Reply
  26. B Ghimire says:
    June 19, 2012 at 12:38 pm

    सारै दुखलाग्दो हाम्रो देश को अवस्था ……देश को भकारी जति ठुला भनौदा हरुले खान्छन …हेर बिचार एई बच्चअहरु को बिजोक …((

    Reply
  27. शिव says:
    June 19, 2012 at 12:32 pm

    अलिकति भयपनी दिमाग लगायको हो / त्यसै खेर जाने बस्तु को सहि उपयोग गर्न / भष्ट्राचार त होइन नि /
    चोर्नु भन्दा कम गरेरनै खानु बेश, चाहे त्यो आधा पेट नै किन नहोस /

    Reply
  28. Rabins says:
    June 19, 2012 at 12:27 pm

    त्यो सिक्काहरु मान्छेहरुले भगवानलाई चढाएका हुन्. भगवानको इक्षा गरिब बालबालिकाको पेटमा खान पुगोस भन्ने छ भने तेहीनै ठिक. यिनी बालबालिकाहरुनै भगवानको अनुहार हून.

    Reply
  29. DS Single says:
    June 19, 2012 at 12:13 pm

    नेपाल का नेता हरुले पनि यसरी नै सहमति र सहकार्य गरेको भय त बेलै मा संबिधान औंथ्यो नि तर क गर्ने मति भ्रस्ट नेता हरु ले सत्ता मात्र ताके अहिले एस्तो दिन देख्नु पर्यो.

    Reply
  30. purnaz says:
    June 19, 2012 at 12:12 pm

    पैसा
    पित्रको नाममा फाल्छन्
    देवताको नाममा फाल्छन्
    देवीको नाममा फाल्छन्
    वेदको नाममा फाल्छन्
    कुराणको नाममा फाल्छन्
    बाइबलको नाममा फाल्छन्
    बुद्धको नाममा फाल्छन्
    भूमेको नाममा फाल्छन्
    शनीसारीको नाममा फाल्छन्
    मनोकांक्षाको नाममा फाल्छन्
    धर्मको नाममा फाल्छन्

    त्यस्तै,
    बोक्सीको नाममा फाल्छन्
    छौँडाको नाममा फाल्छन्
    दुश्टको नाममा फाल्छन्
    दैत्यको नाममा फाल्छन्
    कालको नाममा फाल्छन्
    पापको नाममा फाल्छन्

    अझ,
    रक्सीको नाममा फाल्छन्
    चुरोटको नाममा फाल्छन्
    गाँजा, भाङ, धतुरो, चरेसको नाममा फाल्छन्

    कत्तिले केको लागि फाल्छन्
    आखिर सबैले फाल्छन्

    वास्तवमा हातमुख जोड्नको लागि फाल्छन्
    अनि यसैगरि टिप्नको लागि फाल्छन्
    र फेरि फाल्नकै लागि फाल्छन्

    Reply
  31. Dwarika says:
    June 19, 2012 at 11:29 am

    what an Innovative Idea !!

    Reply
  32. nimesh, bkk says:
    June 19, 2012 at 11:25 am

    आजकाल धेरैजसो मंदिहरुमा यसरि नै सीक्का खोज्ने केटाहरु भेटिन्छन . जस्तै कि वसन्तपुरको काल भैरब संगैको मन्दिरमा अनि स्वयम्भु आदि इत्यादिमा तर पानीमा भने सायद यो पहिलो नै हुनुपर्छ .

    Reply
  33. Sabin Ghimire says:
    June 19, 2012 at 10:22 am

    यी हातमा कलम तान्ने चुम्मक हुनु पर्नेमा सिक्क तान्ने चुम्मक राखेर सिक्क खोज्न विवस छन् हाम्रो देशका कर्णधार हरु. यिनका लागि राज्य ले केहि गर्न सके कति राम्रो हुन्थ्यो होला ……..

    Reply
  34. manoz says:
    June 19, 2012 at 10:11 am

    I hope someday one of these kid gets lucky to get some proper education and becomes a great guy, a very wealthy guy and be able to tell the inspiring story of how he used to survive with the “Bagmati coins” in his childhood days.

    Reply
  35. Samrat says:
    June 19, 2012 at 9:14 am

    watch this movie to understand inner world of these चिल्ड्रे
    यो हेर्नु होला

    http://www.youtube.com/watch?v=9faVM7-Q4c0

    Reply
  36. ashok says:
    June 19, 2012 at 9:00 am

    I have seen these things around pashupatinath.
    More than on what these children search and find, i would be concerned with the sanitation and health aspects. Now with increased and transparent earnings in the area, there should be stricter regulations over any one visiting the area for purposes other than cremation and puja aaja. specially these areas should be out of bounds to the children.

    Reply
  37. Gyanendra says:
    June 19, 2012 at 8:50 am

    हरे हेर हाम्रो देश को बिजोग / हे पशुपतिनाथ, सम्पूर्ण हिन्दु हरुको मक्का मदिना यीस्थल, हे बुद्द जन्मेको देश, येत्रो दुइ दुइ वोटा धर्मको बीसीस्ट स्थल, बिशाल बिशाल हिमाल भएको देश/ सम्पूर्ण बिस्वलाइ हामीले सव्यता सिकायौ / हाम्रै हिमाल को चुचुर बाट बगेको सोओछ पानि को नदि को किनार बाट सव्यता को बिकाश भयो / बिस्वमा सबै भन्दा सुन्दर देश / जहाँ ऋषि मुनिले ज्ञान प्राप्त गर्दथे / जाहा प्रतेक ढुंगा मा देवताको बास छ / जसको बिरता को गाथा संसारभरी फैलीएको छ , एती सानो देश मा पनि हजारौ लाखौ बिवितता छ / यो किन आज, हामी किन गरीब?
    सम्पन मेरो देश बीपन्न जनता किन ?
    मेरो सुन्दर देश मा भ्रस्ट चारी नेता किन?
    जनता चाही सबै दुखि गरीब , एती धनि नेता किन ?
    स्कूल जानु पर्ने नानीहरु, आज माछा मार्दै किन ?

    Reply
  38. Basanta Thapa Magar,Maryland,USA says:
    June 19, 2012 at 8:01 am

    राम्रो उपाय \ पानी भने संग्लो देखिएको छ \ सफा पानी देख्दा खुशी लाग्यो \

    Reply
  39. sanu mahat says:
    June 19, 2012 at 7:46 am

    नेपालमा नि दिमागको कमि त छैन ….

    Reply
  40. Dhananjaya Saroj says:
    June 19, 2012 at 7:11 am

    जीवन धान्ने अनेक उपाय मध्य एक! तर बालकलाई के थाहा आजको दुइ चार रुपिया ले भोलिको उसको जीवन कति बर्वाद हुँदै छ भन्ने? आमा बाबु कहाँ गय? कहाँ गय गैर सरकारी संस्था? आज उसलाई सिक्का होइन, सिक्षा चाहियको छ!

    Reply
  41. kailash chuwan says:
    June 19, 2012 at 7:07 am

    सहमति र सहकार्यः ल यो सिक्का राखिराख त। उनीहरुको दैनिकी यसरी नै चलिरहेको छ।

    केइ सिक नेपालका नेता केइ सिक

    Reply
  42. gorhep says:
    June 19, 2012 at 6:56 am

    There ia documentary on this issue
    search for “children of god nepali documentary” in youtube

    its one hour and 29 mins long long and made me so sentimental

    Reply
  43. shiris says:
    June 19, 2012 at 6:53 am

    ग्राउण्ड रियालिटी भनेको यही होइन त?

    Reply
  44. prajwal says:
    June 19, 2012 at 6:28 am

    यो बिषयमा एउटा कोरियनले घत लाग्दो वृतचित्र नै बनाएको छ “children of god ” भन्ने …….. http://www.youtube.com/watch?v=9faVM7-Q4c0

    Reply

Leave a Reply to Sijan Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme