Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बम बने पहिलो ‘न्यायाधीश शहीद’

Posted on June 15, 2012 by Salokya

अज्ञात अपराधीले दुई साताअघि गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम पहिलो न्यायाधीश शहीद बनेका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई शहीद घोषणा गर्ने औपचारिक निर्णय गरेको हो। अलि पछाडि हेर्ने हो भने शहीद घोषणा गराउन ठूल्ठूला आन्दोलन भएका छन्। तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको जेलभित्र हत्या भएको भन्दै उनलाई शहीद घोषणा गराउन गत पुसमा कङ्ग्रेसले नेपाल बन्दै गरेको थियो। तर उनलाई सरकारले शहीद घोषणा गरेन।

यस पटक भने शहीद घोषणा गराउन खासै ठूलो दबाब परेको चैँ थिएन। सर्वोच्च अदालतका क्रियाशिल पाँच कर्मचारी संस्था नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रसेवक कर्मचारी सङ्गठन, र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विज्ञप्ति जारी गर्दै उनलाई शहीद घोषणा गर्न माग गरेका थिए।

हत्याको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले एउटा स्केच सार्वजनिक गर्ने बाहेक अरु कुनै कुरा पत्ता लगाउन सकेको छैन। ठोस कुरा केही पत्ता नलागेपछि अहिलेसम्म अनुमान लगाउने नै काम मात्र भइरहेका छन्। त्यही भएर हो कि सरकारले सर्वोच्चका न्यायाधीशको अध्यक्षता एउटा न्यायिक जाँचबुझ समिति पनि आज गठन गरेको छ।

न्यायाधीश बमलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख रुपियाँ दिने सरकारको निर्णय तपाईँलाई कस्तो लाग्यो ? आफ्नो विचार छोटकरीमा लेख्नुस्।

73 thoughts on “बम बने पहिलो ‘न्यायाधीश शहीद’”

  1. cRIS says:
    June 21, 2012 at 9:59 am

    ढुंगा मुढालाई लिई तेत्तिस कोटी (करोड) देउता पुर्याउन सक्ने देशमा, मरेका मानिसलाई सहिद टीको लगाउनु कुन नराम्रो सोचाई हो र?? हुन त संक्रमण कालमा मारिनेहरु, व्यर्थै पनि मारिएलान…तेत्तिस कोटी पुर्याउने लक्ष्य पो हो कि?

    Reply
  2. sonu says:
    June 19, 2012 at 4:31 pm

    सजिलै सहिद बनाउने कारण पनि होला नि त / पक्कै पनि ति नेताहरु हुनुपर्छ / बमलाइ गोलि हानी मार्ने / किनकि धेरै खोजि नीति नहोस भनेर हतार हतार सहिद भनि घोसणा गरेको / बाबुराम चै विदेश भागेको /

    Reply
  3. yam pun says:
    June 18, 2012 at 7:45 pm

    अब शहिदहरुको नामावली एउटा महाकाव्य लेखिन सक्ने किताबी साइजमा आउदैछ भन्दा गल्ति नहोला कि ????????????????????????????

    Reply
  4. risi says:
    June 17, 2012 at 6:03 pm

    यो भन्दा बेकारको कुरा केहि हुन सक्छा र ? बाबुरामले फेरी अर्को किर्तिमान बनायो,यो जस्तो बेबकुफ्ले देसको नेत्रोत्वो गरिराख्ने हो भने देश पनि चाडैनै पछाडी बाट प्रथम हुन्छा

    Reply
  5. Bibek says:
    June 17, 2012 at 11:49 am

    सार्वजनिक पदका भ्रष्टहरु र यो देशका बीर शहिदहरुः हात्ति र हात्तिछाप चप्पल भने जस्तै भईसक्यो !

    Reply
  6. madan bajracharya says:
    June 17, 2012 at 9:09 am

    यो मात्र व्यक्ति हत्या थियो/ हत्याको कारण राजनैतिक हो बा अरुनै कुनै त्यो छानबिन पछी थाह हुने कुरा थियो/ तर बमको कुनै हालतमा पनि सहिद घोसना गर्न हुने व्यक्ति चाहि थियनन/ सहिद गलत सरकार र ब्यबस्थाको बिरुद्ध लडेर आफ्नो पार्नको आहुति दिने व्यक्तिलाई मानिन्छ; सरकारको नालायकीको नमुना बनेकालाई मान्न सकिंदैन/

    Reply
  7. sitaram giri says:
    June 17, 2012 at 9:08 am

    सरकारलाई शहिदको परिभासा थाहा छैन किनकि शहिदका परिवार अहिलेसम्म सरकारमा छैनन जो छन् भ्रस्ट मात्र छन् उनीहरुलाई त देशकै माया छैन के शहिदको मतलब, त्यसैले सच्चा शहिदको सपनामाथि लात हान्ने काम हो जो कहिलाई शहिद घोषणा गरेर.

    Reply
  8. bkpandey says:
    June 17, 2012 at 6:45 am

    हैन बम जस्ता भ्रस्ट न्यायाधिसलाई कसरि सहिद भन्ने ????? बमले देस र जनताको हितको कुनै काम गरे ?????कहिँ नभएको जात्रा हाडीगाउमा .बैद्य ले भनेको ठिक हो ,जब सम्म ति गरिब नेपालीले सिटामोल किन्न नसकी मारिरहेको अबस्थामा प्रचण्ड लाई किन महल चाहियो ????? ति पिछडिएको गरिब नेपालीको अवाज भन्ने माओबादी आज खओबादी बनेर नै गरिब अझै गरिब छ, नेताहरु चाही ६०१ सभासदले पारित गर्ने संबिधान चाही चार व्यक्तिले बनाउन कहिले रिसोर्ट,कहिले ५ तारे होटेलमा गर्नु चाही मलाई प्रजातान्त्रिक लाग्दैन . अब चुनाब मा जाउ र युवालाई देसको विकास गर्न चान्स दिउ .

    Reply
  9. Umesh Sharma says:
    June 17, 2012 at 6:06 am

    सालोक्य जस्ता पत्रकार, मल्ल के सुन्दर जस्तो मानव अधिकारकर्मी भएको देशमा रन बहादुर बम शहिद हुन् किन नहुने ? के मल्ल के सुन्दर मानव अधिकारकर्मी हो कि नेवार अधिकार कर्मी हुन् त्यसकारण बिचरा न्यायाधिश लै किन खेद्छौ ?

    Reply
  10. Dhananjaya Saroj says:
    June 16, 2012 at 10:17 pm

    लौ सुन अब कसरि गन्ने?
    एक, दश, सय, हजार, दश हजार, लाख, सहिद, करोड, दश करोड,…………………….
    मतलब, दस लाख भन्ने सब्द्लाई सहिद ले बिस्थापित गर्यो!

    Reply
  11. ramu bairagi says:
    June 16, 2012 at 11:19 am

    रन बहादुर बमलाई शहिद घोषणा गरेकोमा आपत्ति होइन l तर कुखुरा चोरेर भाग्दा गाडीले किच्यो भने त्यस्लाई पनि शहिद घोषणा गर्ला कि भन्ने डर छ l

    Reply
  12. Prakash says:
    June 16, 2012 at 11:07 am

    All nepalese who wants to save country now let’s start process to declare all these old groups selffish leaders as martyrs and take leadership by young generation!

    Reply
  13. Uttam says:
    June 16, 2012 at 10:26 am

    थाहा पाउनु हुने कसैले यँहा लेखिदिनुहोला दिवंगत न्यायधीशको नेपाल र नेपाल प्रति विशेष देन के थियो र उँहालाई शहीद घोषणा गरियो|
    उनी शहीद घोषणा योग्य छैनन् भने अन्य साँचो शहीद, न्यायधीशहरु र उनका परिवार समेतका लागि यो अपमान सम्झन पर्छ|

    Reply
  14. Gagan says:
    June 16, 2012 at 9:50 am

    पछि म ठुलो भएर प्रधानमन्त्रि हुन्छु अनि सर्वप्रथम चाहि, यो पुंग न पुच्छरमा शहिद भएकाहरुलाई शहिदको सुचीबाट हटाउछु

    Reply
  15. मणि says:
    June 16, 2012 at 9:41 am

    कति सजिलो छ सहिद घोषित हुन,
    फासीमा झुण्डी हेर,
    जनताको लागि गोली सहि हेर
    दस मात्र के बीसै दिलाउला
    ६०१लाइ ठोकी झार!!!

    टेकुमा ठिङ्ग उभिएको रुख मौलाइसक्यो
    धर्मभक्त, शुक्रराज को बेइज्जत भैसक्यो|

    Reply
    1. Daya Machamasi says:
      June 18, 2012 at 9:21 am

      मणि सर, म तपाइको कुरामा एकदम सहमत छु

      Reply
  16. purna says:
    June 16, 2012 at 8:56 am

    सरकार ले सहिद को परिभासा को लागि पनि निर्णय गरोस
    अनि सबै नेपाली नै सहिद नामकरण गरोस मृतु पछी . बेस हुन्छा नि
    नेता लै नेपाली को जिउदो सहिद निर्णय गरे बेस हुन्छा नि

    Reply
  17. Suraj Poudel says:
    June 16, 2012 at 8:29 am

    हे दैब सुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालाल हरुलाई यस्तासंग दाज्नेहरुको दिमागमा गोबर भरिएकोहुन पर्छ |
    यसैगरी सबैलाई शहिद घोसणागर्दै गयो भने एकदिन नेपाली जनसख्या भन्दा बडी शहिद हुनेछन |

    Reply
  18. Prem says:
    June 16, 2012 at 6:54 am

    यो ज्यानमाराको ब्यापारको धन्दालाई प्रोत्साहन दिने, असली सहिद को खिल्ली उडाउने, जाली भास्त्रचारी र कालो धन्दा गर्नेलाई पुरस्कार दिने र अपराधी समात्न नसकेको सरकारी र पुलिस को नलाएकी बाट जनताको ध्यान अन्तै लैजान गर्ने नौटंकी मात्र भयो बम लाई सहिद घोसणा गरेर|
    एस्तो परिपाटी देशको धुकुदी रित्याउने र धुकुदी संचालन गर्ने को भुँडी भर्ने काम मात्र भयो|
    यो नेपलको निकै मौलाएको खेति भैराखेको छ| हेर्दै जुन यसका नायक हरुको बास्तबिकता निस्किएला एकदिन|

    Reply
  19. निशा says:
    June 16, 2012 at 1:44 am

    अपराधीलाई कारवाही गर्न नसक्ने हुतिहारा सरकारले मृतकलाई शहिद घोषणा गर्दै देशको ढुकुटी रित्याउने मात्र होइन सच्चा सहिदको अपमान गर्दै छ |

    Reply
  20. dipesh says:
    June 16, 2012 at 12:58 am

    अपराधीको बारेमा सुराकी दिनेलाई यो १० लाख !!!!!
    भने केहि हुन्थियो कि ?

    Reply
  21. Dambar says:
    June 16, 2012 at 12:27 am

    उहिले
    प्रश्न: शहिद भनेका को हुन्? ४ शहिद को नाम लेख (२)
    उतर: देश र जनताको लागि ज्यान दिने व्यक्ति शहिद हुन्. शुक्रराज जोशी , धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्ठ

    अहिले
    प्रश्न: शहिद भनेका को हुन्? शहिदहरु को नाम लेख (१०)
    उतर: उपल्लो वर्ग मा पहुच भएका, गुण्डा ले मरेका या गुण्ड गर्दी गर्दा मर्ने, कुनै पार्टी या बर्ग को लागि काम गर्दा गर्दै मर्न पुगेका सबै सहिद हुन्….

    .१० अंक को लागि नाम हरु पनि लेख्नु पर्ने हो .. अलिक अटाउदैन कि नाम हरु तै भएर …
    मेरो पालो मा त ४ जना को नाम याद गर्नु पर्थ्यो
    अहिले त खै कुन्नि मेरा भाई बहिना ले कसरि पढ़लान

    Reply
  22. Sara says:
    June 16, 2012 at 12:19 am

    लौ मित्र हरु भाविस्येमा बिना कारण सहिद र १० लाख पाउन छ भने मर्ने बेला नेपाल जावौ

    Reply
  23. Dhananjaya Saroj says:
    June 15, 2012 at 11:48 pm

    हाम्रो हजुरबा पनि अकाल मा मरेको रे! बिचरा हाम्रो लागि बोलिदिने कोहि भयन तेती बेला! नभय म पनि सहिद को नाती हुनेथिय अहिले!

    Reply
  24. manoz says:
    June 15, 2012 at 11:43 pm

    काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर भनेको साएद येही होला. डाकालाइ पक्डिनु छैन, फोकटिया सहिद घोसना गरेर हुन्छ? सहिद भन्ने सब्द को नै बेजत गर्ने भए, यी नेता हरु ले. हैन यिनी हरु को बुद्दी कहिले आउने हो मा त आत्ति सके.

    Reply
  25. mukti says:
    June 15, 2012 at 10:45 pm

    सहिद होइन सहित means “including ” including everybody . काले, दले, छन्ते सहित सबै सहित/सहिद |

    Reply
  26. Binod says:
    June 15, 2012 at 9:38 pm

    सहिद कति सस्तो सब्द भयो अहिले जसले पनि पाउने नाम !

    Reply
  27. युबराज गौतम पोखरा says:
    June 15, 2012 at 8:46 pm

    अपराधी लाइ पक्रन खुबी छैन अब सहिद घोषणा गरेर नाटक देखाऊ
    पाजी निरिह अपाहिज हरु
    थुक्क

    Reply
  28. Damodar says:
    June 15, 2012 at 8:27 pm

    खास के गरे इन्ले, सहिद घोसित हुन लागि ?

    Reply
  29. Ram Babu Shrestha says:
    June 15, 2012 at 8:20 pm

    S.L.C. शहीद प्िन घाेषणा गरी दशलाख िदनु पर्याे ।

    Reply
  30. Daya Machamasi says:
    June 15, 2012 at 8:15 pm

    पहुँच मात्र हुनु पर्छा जो सुकै पनि सहिद हुन सकिन्छा प्रमाण को लागि बम हत्या गरियको हो ताकी देश र जनताको लागि संघर्ष गर्दा मरेको हो | यस्ता हत्यामा मर्ने दिनहुँ हुन्छ तर उनीहरु सहिद हुँदैन किनकि उनिहरुसंग पहुँच हुँदैन | यस्तै हो भने गगलाला, धर्म भक्त, दशरथ, सुक्रराज , लज्जित भयर सहिद भयकोमा आत्महत्या गर्न सक्छा | अनि सहिद गेट मा बम को ठुलो सालिक राख्छ होला

    Reply
  31. Nabin says:
    June 15, 2012 at 7:59 pm

    राजा बिरेन्द्र को परिवारलाई पनि सहिद घोसना गरियोस/ अब के नै पो बाकी भो र /

    Reply
  32. Dev says:
    June 15, 2012 at 7:26 pm

    नेपाल पागल नै पागल भए को देश रहे छ | हैन .. कसैले हत्या गरे को मान्छे, भ्रस्ताचार को मुद्धा खेपी रहे को मान्छेलाइ अरुण नै कोहि गुण्डाहरुले बिना सित्तै मार्छ भने त्यो मान्छे कसरि सहिद भयो ?? बरु सके सम्म चाडो ती गुण्डाहरु को पत्तो लगाएर कारवाही गर्नु नै यो मान्छे प्रति को चोखो श्रदान्जली हुने छ | यो नेताहरुलाई गाली पनि कति गर्ने आफैलाई लाज भैसक्यो | कति… आभागी आमाहरु रहेछ जसले यस्ता नेता भनाउदा कुपुत्रहरुलाई जन्म दिए |

    Reply
  33. Pawan says:
    June 15, 2012 at 7:16 pm

    एरे गैरे नत्थु खैरे …जो मरे पनि सहिद ….कुकुर ले टोकेर मरे पनि सहिद ….भिर बाट लडेर मरे पनि सहिद ….दुइ जना को झगडा मा जो मर्छ त्यही सहिद …गुण्डा हरु मरे १ नम्बर को सहिद ….”ओर्जिनल” शहिद रोइ रहेछन …….जनता ले तिरेको कर को १० लाख लुटाईदै छ …

    Reply
  34. बिषम नेपाली says:
    June 15, 2012 at 7:08 pm

    गाँउखाने कथाः
    प्रश्नः शंसारमा भन्दा धेरै सहीद भएको देश कुन हो ?
    उत्तरः नेपाल
    प्रश्नः दुर्घटनामा परी मृत्युहुनेलाई पनि सहीद घोसणा कुन देशको सरकारले गर्छ?
    उत्तरः नेपालको सरकारले

    Reply
  35. बल says:
    June 15, 2012 at 6:36 pm

    कसरी शहिद? के हो criteria शहिद घोषणा गर्नपर्ने? देश र जनताका लागि अति उल्लेखनीय र महत्वपूर्ण रुपमा उनले के त्याग र वलिदान गरे? अस्ति मात्र झापामा अर्काको स्वास्नीसंग लसपस हुन् खोज्ने पत्रकारलाई पनि शहिद घोषणा गर्ने मांग राखेका थिए|
    एक थरिकाले मांग गर्यो, सरकारले लौ हुन्छ भनिदियो, कसको के जान्छ| प्रोसेस, अध्ययन र गहन खोज केही चाहिएन?
    महाअभियोगमा फंसेको न्यायधीशलाई के को शहिद? कमसेकम अनुसन्धान पुरा नभए सम्म त् कुरे हुन्थ्यो| भोलि अनुसन्धानले अर्कै केही देखाए शहिदको अपमान भएन?
    अस्ति मात्र बबरमहलको बम बिस्फोटमा परी वेमौत मर्ने धार्दिंगबाट ऋण लिन आएका श्रमजीवी तामांग वन्धुहरुलाई कसैले सम्झे होलान?

    जो आए नी यो देशका शासक भनाउदाहरुका विवेकमा किन यसरी खडेरी परेको होला?

    Reply
  36. Resham says:
    June 15, 2012 at 6:16 pm

    शहिद शाहिदैको देश हुने भो नेपाल. जो मरे पनि शाहिदै हुनु पर्ने. रे. .

    Reply
  37. Hom Nath Adhikari says:
    June 15, 2012 at 6:10 pm

    गुन्डा मरे पनि शहिद, गुण्डाहरुले मारे पनि शहिद, शोसक मरे पनि शहिद, शोसक हरुले मारे पनि शहिद, आज मन लाइ कुण्ठित बनाएर भन्न मन लागेको छ कि अबको लडाई शहिद बिरोधि हुनु पर्छ भनेर. हो मान्न सकिन्छ कि नागरिक को सुरक्छ्या गर्न नसक्नु सरकारको कमजोरी हो भनेर तर यसको मतलब यो हैन कि मर्ने हरु जति सबै शहिद नै हुन् भनेर. बरु अवस्था हेरेर पिडित परिवारलाई के कति छ्यतिपुर्ति दिनुपर्ने हो त्यो दिन सकिन्छ तर यहाँ त शहिद को नाम मा ब्रह्मलुट गर्दै वास्तविक शहिद हरुको अपमान गर्न खोजिएको छ यो कुनै पनि देशभक्त नागरिक का लागि स्वीकार्य हुन सक्दैन.

    Reply
  38. Kaji says:
    June 15, 2012 at 6:09 pm

    शहिद नै शहिद को देश हुने भयो मेरो देश नेपाल,होइन
    यी नेता भनाउदा हरु लै शहिद को अर्थ त थाहा छ भन्या
    खै के खै के!!!!!!!!!!!!

    Reply
  39. kaji,hk says:
    June 15, 2012 at 6:04 pm

    यो भन्दा हास्यास्पद र वाहियात निर्णय के होला ..गंगालाल,धर्मभक्त,२०४६ साल,६२/६३ सालको जनआन्दोलनमा आहुति दिने पनि शहिद …पद दुरुपयोगका दाग लागेका बम बहादुर पनि शहिद……यस्तै दुनिया हसाउने निर्णय गर्ने हो भने कमरेड हो तपाईहरुको जनयुद्दको शहिद र बम बहादुर के फरक …..

    Reply
  40. प्रविण कुमार says:
    June 15, 2012 at 4:51 pm

    “फुत्केको माछो मोटो र मरेको छोरो जम्दार” पञ्चायतकाल, बहुदल (प्रजातन्त्र काल) र हालको लोकतन्त्रकाल/ अनिकाल जुनसुकै कालको सरकारले पनि अहिलेसम्म जिंउदो नेपालीलाई सम्मानित गर्न सकेको छैन । “शहिद” शब्द आफैमा यति वजनदार छ कि बोल्दा जिब्रोको कम्पनलाई समेत नियन्त्रण गरेर बोल्नु पर्छ । तर अहिलेका अनिकाले सरकारले जो कोहीलाई पनि शहिद उपाधी सजिलै दिने गरेको छ । नेपालका प्रथम शहिद लखनदास थापा मगर र हालसम्मको हिसाबमा अन्तिम शहिद रणबहादुर बमको आत्मा एकै ठाउमा गएको हुनु पर्छ । किन भने दुबैको दर्जा शहिद छ । शहिद दर्जा पाएपछि त जति सुकै पापिष्टको आत्मा पनि सिधै स्वर्ग पुग्छ । भलै बम प्रति ब्यक्तिगत रुपमा मेरो कुनै रिसईबी छैन । तर लखन थापा मगर प्रति मेरो आगाध सम्मान र श्रद्दान्जली छ । लखन थापा मगरको आत्माले रण बहादुर बमको आत्मा साथी पाएर साचिक्कै खुसी होला त ?????
    अन्त जे सुकै भएपनि अब नेपालमा भने अकालमा वा असमयमा मरेका जोसुकैलाई पनि शहिद दर्जा प्रदान गरिने नराम्रो परिपाटी बसिसकेको छ । सरकारले शहिद दर्जा बापत दिने नगद पुरस्कार १०,००००० (दश लाख) जोसुकैलाई दिए पनि शहिद दर्जा चाहि बिचार गरेर दिदा मात्र उपयूक्त होला जस्तो लाग्छ । यदि दश लाख दिनकै लागि मात्र शहिदको दर्जा दिएको हो भने बास्तविक शहिदलाई चिनाउन भाषा विज्ञहरुको छुट्टै बैठक बोलाएर अर्कै शब्द चयन गर्नु पर्ने तत्काल आवश्यकता देखिएको छ ।
    हैन भने जे जतिसुकै कारणले भए पनि बाचुन्जेल ईज्जतका साथ काम गर्न नदिईएका न्यायधिसलाई मरेपछि शहिद दर्जा प्रदान गरिनुको के अर्थ ???

    Reply
  41. सन्देश प्रधान says:
    June 15, 2012 at 4:41 pm

    शहीद एक निकै उच्च र सम्माननिय शब्द हो ।तर विगत केहि समयलाई नियाल्ने हो भने शहिद शब्दलाई निकै सस्तो बनाईदिएको छ सस्तो लोकप्रियताको लागि अनि राष्ट्रिय ढुकुटीबाट साधारणतया आफ्ना नेता तथा कार्यकर्तालाई सुविधा उपलब्ध गराउनु नै हो चाहे उ ढुर्धटना वा जुनसुकै अरु कारणबाट मृत्यु वरण गरेको होस।शहीद ऊ हो जसले निस्वार्ठ भावले देशको निम्ति आफ्नो प्राणको आहुति दिन्छ ।न्यायाधिश बमको हकमा पनि सायद वहा ईमानदार राष्ट्र सेवक हुनु हुन्थ्यो होला तर वहाँ लाई शहीदको बिल्ला झुन्दयाउनु भन्दा ती अपराधीहरूलाई समातेर दण्द दिनु नै वहाँ प्रति न्याय हुनेछ।
    यदि न्यायाधिश बमलाई शहिद घोषना गर्ने हो भने के ती हजाराै साधारण नेपाली दाजु भाई दिदी बहिनी हरु जो तीनै जस्ता अपराधीहरूबाट मारिएका छन, के ती सबैलाई शहीद घोषना गर्न सक्छन।
    कृपया सम्माननिय शहीद शब्दलाई सस्तो नबनाईदिनू होला।जय नेपाल।

    Reply
  42. Om Nath Koirala says:
    June 15, 2012 at 4:32 pm

    देशको एक नागरिक तेस्मा पनि न्यायाधिश जस्तो मानिस मारिनु दुखको कुरा हो | किन र कसले मारेको हो तेस्को सत्य तथ्य अहिले सम्म प्रहरीले सार्वजनिक गर्न सकिरहेको छैन | नेपाल सरकारलाई चै के तेस्तो हतार परेछ सहिद घोसना गर्नलाई ? स्मरण रहोस न्यायाधिश बमले गरेको फैसलालाइ लिएर वहा माथि छान बिन गरि माहभियोग लगाउनका लागि सिफारिस गरिएका व्यक्ति हुनुहुन्छ | सहिद घोसना गर्नु पर्ने तेस्तो के काम वहाबाट भएको भए जानकारी पाउन सकिन्छकी ? या अपराधीले हत्या गर्यो भन्दैमा सहिद बनाएको हो कि ?

    Reply
  43. Ram Thapa says:
    June 15, 2012 at 4:31 pm

    अचेल मैले बुझेको शहिद को अर्थ नै गलत पो हो कि जस्तो लाग्न थालेको छ / बाचें नेपाली मरे शहिद यसरी बुझे कसो होला ?

    Reply
  44. Pradeep says:
    June 15, 2012 at 4:31 pm

    सहिदको परिभासा नै बदलिसक्यो नेपालमा ! सच्चा सहिदको अबमुल्यन हो एस्तो प्रवृति ! १० लाख दिएर खुसि पार्ने घटना लाई सामसुम पर्ने चाला हो यो !

    Reply
  45. Maheswor says:
    June 15, 2012 at 4:25 pm

    यो सच्चा सहिदहरु प्रतिको नै अनादर हो
    केहि समय अघि मात्र पत्रकारलाई मारेको आरोपमा पत्रकारहरुले आन्दोलन गरेका थिए त्यसको बास्तबिकता थाहा पाए पछी पत्रकारहरुले मुख रातो बनाउनु परेको थियो यो पनि के कति कारणले यस्तो जघन्य अपराध भयो भन्ने तथ्य कुरानै नबुझी सहिद घोषणा गर्नु सच्चा सहिदहरुको अनादर गर्नु नै मात्र हो

    महेश्वर श्रेष्ठ

    Reply
  46. jitesh singh says:
    June 15, 2012 at 4:16 pm

    जेसिका खड्गा लाई पनि सहिद घोसन गर्नु पर्यो.कि कसो ??आत्महत्या ऊसको रोजाई थिएन होला तर वुस्लाई नराम्रो dhristi ले हेर्ने समाज ले आत्महत्या गर्न बाद्य पर्यो होला ?

    Reply
  47. Sujan says:
    June 15, 2012 at 4:16 pm

    “Martyr is somebody who suffers persecution and death for refusing to renounce, or accept, a belief or cause, usually religious”-Wikipedia. How can this be related to this case. Investigation hasn’t even been complete in this murder case before coming to any conclusion. And I feel pity on actual martyrs as everyone these days are being named martyr. I tjink it just devaluates the real martyr’s sacricifice who dared to fight for the betterment of the nation and it’s people.

    Reply
  48. Tek Raj Timalsina says:
    June 15, 2012 at 4:12 pm

    बरु नेपालमा मर्ने सबै लाई नै सिधै सहिद घोसना गरे कसो होला, tension नै खतम | पशुपति आर्यघाटमा सहिद भएको प्रमाण पत्र र १० लाख पैसा दिन एउटा कार्यालय नै खोल्नु पर्ला बरु, सजिलो को लागि |

    Reply
  49. prakash says:
    June 15, 2012 at 4:03 pm

    कोहि मानिस मारिनु कुनै पनि हालत मा राम्रो मान्न सकिन्न तर ……… महाभियोग लागेर अपराधी को मतियार हुन लागे को मान्छे अब शहिद ………

    जय होस् ति मतिभ्रस्ता कर्मचारी हरु जसले शहिद को अर्थ पनि बुझेका रहेन छन् …… कठै ….

    Reply
  50. badaka tharu says:
    June 15, 2012 at 4:00 pm

    अब भिर बात खसेर मर्दा ,जनावरको आक्रमण बात मर्दा ,नदीमा डुबेर मर्दा पनि शहिद हुन् पाइन्छ ,यो शहिदको अपमान हो . हे साथि हो के हुदैछ नेपालमा ?

    Reply
  51. Ram Babu Shrestha says:
    June 15, 2012 at 3:59 pm

    १० लाख नपाए प्िन अब मान्छे मरे, मरेकाे नभनी शहीद भएकाे भने हुन्छ । यसमा कसैकाे िबमती छ ?

    Reply
  52. bikas gurung says:
    June 15, 2012 at 3:58 pm

    सरकार ले सहिद घोसणा गरेर १० लाख दिने भन्दा पनि अपराधीलाई समातेर सजाय दिएमा निजको आत्माले शान्ति पाउने थियो
    विकास गुरुङ

    Reply
  53. द्रोण says:
    June 15, 2012 at 3:51 pm

    कुरा कस्तो लाग्यो हैन ,यो कुनै नेपालीलाई पनि ठिक लाग्ने कुरा हैन |
    गणतन्त्र मा एस्तो ६०१ ले चार बर्स सम्म बिना उपलब्धि रास्ट्रिय ढुकुटी बाट देश रित्त्यौछ ,
    सहिद को परिभाषा नै बदलिन्छ ,देश इन्डियन दुतावास ले चलाउछ ,जाति जाति मा बैमनाश्य को आगो फैलिन्छ ,आमुल परिबर्तन को नारा सत्ता को भर्यांग हो ,
    भन्ने बुझेको भए अरु त् हैन राजतन्त्र फाल्न नरहरी ,गगन ,पाण्डे हरु तेसरी धोति नै फुसकने गरि उफ्रिन्न थिएकी ?

    Reply
  54. jitesh singh says:
    June 15, 2012 at 3:39 pm

    अब त जो पनि सहिद.मर्ने को वर्तमान भूत केहि हेर्नु पर्दैन सिधै सहिद,सहिद हरु कति जना छन् होला हाम्रो देशमा? हजार नाग्यो र?सहिद हरु को संख्या हेर्दा त हाम्रो देश निक्कै आगाडी हुनु पर्ने देश को राजनीतिक आवस्था राम्रो हुनु पर्ने तर के तेस्तो छ र?साथि हो मलाई कसैले कारण वा बिनाकारण मेरो हत्या गरेमा सहिद को लागि सिफारिस नगर्नु होला.धन्यवाद

    Reply
  55. kedar says:
    June 15, 2012 at 3:34 pm

    थुक्क,,,शहिद शब्दको बेइजती नेपालमा जति एस्तो सारो कहिल्येइ भाको थिएन इतिहाँसमै | अब दशैं, दिवाली, मन्दिर, मेला, चाड पर्व, र नियमित रुपमा काटिने खसी, भैंसी, सुँगुर, कुखुरा, हाँस सबैलाई शहिद घोषणा गर्ने ब्यबस्था मिलाउनु परो……

    Reply
  56. Manoj Ghimire says:
    June 15, 2012 at 3:33 pm

    जो मरे पनि शहीद, जसरि मरे पनि शहीद, यो कस्तो प्रचलन आयो मेरो देश मा ? सच्चा शहीदको त बलात्कार गर्य छन् नेताहरुले !!!

    Reply
  57. anup adhikari says:
    June 15, 2012 at 3:33 pm

    मेरो मन मा लागेको प्रस्न हरु .
    १. कसलाई शान्त पार्न होला बमलाई सहीद घोसणा गरेको ?
    २. बम सान्चैका भ्रस्टचारी थिय या जबर्दस्ती भ्रस्टचारी बनाइयो ?
    ३. साना तिना मान्छे त पक्कै पनि लागेका छैनन् यो काण्डमा नत्र किन कुनै पत्रिका मा हार्दिक समबेदेना वाला फोटोहरु आएनन बम का ? Channel nepal का साहु मर्दा पनि दुरुस्तै एस्तै भयको थियो | दुवै लाई मर्ने मान्छे same मान्छे हुन् त भन्न खोज्य त होइन तर मार्ने काण्डमा ठुलो मान्छेहरुको मिलेमतो भयकोया भारतको संग्लान्गताको गन्ध आयो भने सधै एस्तै सन्नाटा आउछ | न पुलिसले केहि थाहा पत्ता लगावुछ न अरु केहि | न कुनै नेता नै बोल्न चाहन्छन |

    Reply
  58. nimesh, bkk says:
    June 15, 2012 at 3:30 pm

    S.L.C फेल भएर आत्महत्या गर्ने भाई-बहिनीहरुलाई पनि शहिद घोषणा गरेर उनीहरुको परिवारलाई क्षतिपूर्ति दिनु पर्छ भन्ने सिफारिस गर्न चाहन्छु .
    कसैले हत्या गरेकालाई त शहिद घोषणा गर्न मिल्छ भने ती भाई-बहिनीहरुलाई किन हुन्न ?

    Reply
    1. बुद्धि भट्टराई (मलेसिया) says:
      June 15, 2012 at 5:48 pm

      निमेष जी
      तपाइको कुरामा म पनि सहमत छु केहि हद सम्म किनकी इ नालायक नेताहरुले देशमा आधा भन्दा बढी त् बन्दै गरायका छन् बिद्यार्थीले पदने ठाउँलाइ राजनीतिक अखडा बनायका छन् ति भाई-बहिनिहरु फेल बनाउने इनै बन्द कर्ताहरु पनि हुन् बन्द गर्ने नेताहरु नै हुन् त्यसै के तिनीहरुको हत्यार नेताहरु हुन् भनेर भन्न मिल्दैन र ????????????????????

      Reply
  59. uday says:
    June 15, 2012 at 3:27 pm

    संसारमा कहिँ नभएको संस्कार नेपालमा बिकसित भैरहको छ / जहाँ जसरी मृत्यु भए अथवा मारीए पनि सहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने सरकारी कदमले बास्तिविक र सच्चा सहिदको ज्यादै अपमान र अवमूल्यन भएको छ
    वास्तबमा हामी सबै नेपालीहरु शहिद हौं / किनभने अहिले हाम्रो बिस्वाशको हत्या भाछ /प्रत्येक नागरिक को अबमुल्यन भाको छ / कति सजिलो कुनै case solve गर्न नसके शहिद घोषणा गरिदिनुश / हामी जनता पनि पटमुर्ख छौं / हामी नै आफ्नो लै केहि हुँदा बाटो बन्द गरेर शहिद घोषणा गर्न दबाब दिनछौं अनि नेता हरुलाई पनि सजिलो बहाना / न्यायाधीश बम लाई शहीद घोषणा गर्नुमा आपत्ती होइन तर येसरी एस्तो मजाक कति दिन टिकाउने / अब सोच्ने बेला आयो / के प्रत्येक नेपालीको मूल्य १० लाख हो? हामी किन येस्ता कुरालाई समर्थन गछौं / के बमको case ले अझै crime लाई प्रशय दिन्दैन ? रिस उठेको मान्छेलाई मार्यो, चक्काजाम गर्यो अनि अन्त्य मा सरकार ले १० लाख दी हाल्छ? वाह हामी नेपाली, टाउकोमा दस लाख लिएर हिनछौं /
    अर्को अचम्म को कुरा पुलिस किन बमको हत्यारालाई खोजि रा छ / उसले समातेर अदालत ले सजाय दियो भने पनि के सो ब्येक्तिले अदालतको फैसला मान्न जरुरि छ? अदालत ले जन्मकैद को फैसला सुनको बालकृष्ण लाई त सजाय मुताबिक समातेर जेल हाल्न सकेको छैन ? वास्तब मा नेपाल मा सारै नराम्रो नजिर बस्यो / कहिलेकाही सोच्दा पनि दुक्ख अनि दिक्क लाग्छ /

    Reply
  60. Rajan says:
    June 15, 2012 at 3:24 pm

    अब कती सजिलो भयको छ नि , शहिद घोसित गरिदियो राज्यको धुकुती। बाट १० लाख। दियो ,अनी। सबै चुप ,किन समाउन पर्‍यो त ,हत्या गर्ने हरुलाई।।!! सोजो। देसका। चतुर। नेता..!!

    Reply
  61. Shiva, Germany says:
    June 15, 2012 at 3:22 pm

    सार्है नराम्रो निर्णय भयो. एस्तो पनि हुन्छा कहिँ नभाको जात्रा haanDigaun मा भनेको जस्तो. अब कुनै कुराको पत्तो नालागैकना कति हतार भयको होला यी खुरापाती हरुलाई. न त यी न्याधिस ले कुनै आफ्नो ज्यान लै जोखिम मा राखेर काम गरेका छन् . यी त bhrasTha थिए पैसाको लोभ मा कम गर्ने मान्छे थिए.

    हुनत अहिले सहिदको महत्वो नै कहाँ छ र. सरकारलाई मेरो अनुरोध छ कि राम्रो काम गर्ने मान्छे लै चाही सहिद घोसना नगर्नु होला है !!!!!!! नत्र उनीहरुको अपमान हुन्छा.

    Reply
  62. SURENDRA SUBEDI hongkong says:
    June 15, 2012 at 3:19 pm

    न्यायधिश बम लाई सहिद ?? ल बधाई छ काम चलाऊ सरकार को निर्णय लाई /
    सहिद को परिभाषा के हो?भन्ने कुरो को चुरो हाम्रा नेता हरु लाई कसले सिकाई दिने होला?हाम्रो माहिला काका को छोरो पनि निमुनिया भएर मरेछ तेस्लाई पनि सहिद बनाउने हो कि??

    Reply
  63. Shawn, San Francisco says:
    June 15, 2012 at 3:16 pm

    नेपाल सरकारले “शहिद” भन्ने शब्दको परिभाषा के गरेको छ थाहा पाउन पाए चाही हुन्थ्यो ?!!

    Reply
  64. बिषम नेपाली says:
    June 15, 2012 at 3:14 pm

    नेपालका सबै आकश्मिक रुपमा मरेका र अब मर्ने सबैलाई सहीद भन्नु पर्ने अबस्था आउछ जस्तो लाग्यो । यसले गर्दा सहीदको सम्मान होलाकि नहोला खै ! तानासाही सरकारको बिरुध्दमा देशबासिको हितमा आन्दोलन गरि ‘सक्छस भने गोलिठोक’ भनेर छाति थापेर सहीद हुनेहरुको अगाडि दुबैतर्फका गुण्डा एकआपसमा लडेर मर्दापनि सहीद घोसणा गर्दैजाने हो बा कुनै दुर्घटनामा परि मृत्युहुने लाईपनि सहिद घोशणा गर्ने हो भने आजैबाट ‘आकश्मिक घटनामा मृत्यु हुनेहरु सबै सहीद हुनेछन’ भन्ने घोसणा गरे सबैले सम्मान पाउथेकि ! नत्र कसैको मृत्युमा आन्दोलन गरि सहिदघोसणा गराउने र आन्दोलन नगर्नेहरुको बिचको भिन्नताको खाडल गहिरो हुदैजानेछ ।

    Reply
  65. Raju says:
    June 15, 2012 at 3:08 pm

    नेपालमा शहिद अर्थको केहि औचित्य रहेन जो जललाई पनि शहिद . यस्तै हो भने भोलि नेपाल शाहिदै शहिद को देश हुने छ र गिनिज बुक मा यौटा नया रेकोर्ड रहने छ

    Reply
  66. manish says:
    June 15, 2012 at 3:06 pm

    मेरो विचारमा त यसरी भएको हत्या सहीदको परिभाषामा पर्दैन |

    Reply
  67. kiran says:
    June 15, 2012 at 3:03 pm

    jessica (ज्योति) खड्का लै पनि कलाकार शहिद घोसणा गरिदिए हुन्छ!!!!

    Reply
  68. sanu says:
    June 15, 2012 at 2:44 pm

    पागल हरु को झुण्ड ले गरेको निर्णय भन्दा हुन्छ / एकातिर माहा अभियोग को कुरा फैसला हुन बाकी नै छ , हत्येरा हरु खोज्न सक्ने हैन अनि मान्छे मारियो सहिद बनायो , अब भगवान ले नै बचाउने होला यो देस लाई

    Reply
  69. uddhav Gorkhali says:
    June 15, 2012 at 2:36 pm

    दिन दहाडै हत्या हुनु नराम्रो हो. अनुसन्धान गर्नु पर्छा. हत्यारा पत्तालागेनै पछ. तर जसलाई पनि शहिद घोसना गर्ने चै सारै भएन. गंगालाल, शुक्रराज , यज्ञ बहादुर जस्ता शहिदको अपमान हो यो.

    Reply
  70. Raj says:
    June 15, 2012 at 2:24 pm

    शहिद घोषणा गर्ने र १० लाख दिनु भन्दा पहिला अपराधी खोज्नु पर्दैन यो सरकारले ??? अनि शहिदको अर्थ के हो ????

    Reply
  71. robei says:
    June 15, 2012 at 2:21 pm

    काइदा मरे पछी झन फाइदा !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme