Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिका भन्दा नेपाल बढी शान्त

Posted on June 14, 2012June 14, 2012 by Salokya

केही नेपाली, त्यसमा पनि विदेशमा रहेका नेपालीहरु नेपाल खत्तमै भो भनी चिन्ता गर्ने गर्छन्। तर नेपाल त्यति खत्तम पनि भइसकेको छैन। नेपाल छिमेकी देश चीन र भारतभन्दा मात्र हैन, शक्ति राष्ट्र अमेरिकाभन्दा पनि शान्त छ।

यो तथ्य अमेरिका र अस्ट्रेलियाको संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको ‘ग्लोबल पिस इन्डेक्स २०१२’ मा खुलेको छ। अघिल्लो वर्ष अर्थात् सन् २०११ का १२ महिनाका तथ्याङ्कलाई हेर्दा नेपाल शान्तिको विषयमा अमेरिकाभन्दा ८ अङ्कले माथि रहेको देखाएको हो। १ सय ५८ देश समेटिएको सुचिमा नेपाल ८० नम्बरमा रहेको छ भने अमेरिका ८८ मा।

नेपालका छिमेकी देशहरु मध्ये चीन ९० मा छ भने भारत अझ तल १४२ नम्बरमा छ। दक्षिण एसियामा नेपाल दोस्रो शान्त देश हो। सार्कका अरु देशमा बंगलादेश ९१, श्रीलंका १०३, पाकिस्तान १४९ र अफगानिस्तान १५७ औं स्थानमा छन्।

सुचि मुख्यगरी समाजमा सुरक्षा र सुरक्षितताको स्तर नापिन्छ। त्यसमा आन्तरिक तथा बाह्य द्वन्द्व, सामाजिक सुरक्षा सतर्कता, सेनामा गरिने खर्च, सरकारको प्रभावकारिता, विधिको शासन, राजनीतिक संस्कार, भ्रष्टाचार नियन्त्रण, प्रेस स्वतन्त्रता, लगानी मैत्री वातावरण, छिमेकी देशसितको सम्बन्ध आदि २३ वटा विषय पनि थपिन्छ। यिनै सूचकका आधारमा यो सुचि तयार पारिएको हो।

नेपाल सन् २०१० मा ९५ औँ स्थानमा थियो। सन् २००९ मा ८२ औँ स्थानमा थियो भने सन् २००८ मा भने अहिलेभन्दा बढी शान्त अर्थात् ७७ औँ स्थानमा थियो।

सबभन्दा अशान्त देशहरुको टप १० सुचिमा सोमालिया शीर्ष स्थानमा रहेको छ। त्यसपछि अफगानिस्तान, सुडान, इराक, कंगो, रुस, उत्तर कोरिया, मध्य अफ्रिकी गणतन्त्र, इजरायल र पाकिस्तान छ।

शान्त देशको टप १० सुचिमा सबैभन्दा माथि आइसल्यान्ड रहेको छ। त्यसपछि क्रमशः डेनमार्क, न्युजिल्यान्ड, क्यानाडा, जापान, अस्ट्रिया, आयरल्यान्ड, स्लोभेनिया र फिनल्यान्ड रहेका छन्।

समग्रमा हेर्दा विश्व सन् २००९ पछि पहिलो पटक बढी शान्त भएको छ।

तपाईँलाई कस्तो लाग्यो यो सुचि हेर्दा ? हुन पनि सहरमा बस्ने र विदेशमा बस्नेहरु मात्रै के के न हुन आँट्यो भनेर आत्तिने हुन्। गाउँ-गाउँमा त जुनै व्यवस्था आए पनि केही फरक पर्दैन उनीहरुलाई। हेर्नुस् त यो ठाउँ के मतलब यहाँका मानिसलाई राजनीतिक व्यवस्था जे सुकै होस्। बन्दुक बोकेर गाउँगाउँमा तर्साउन नआओस्-यत्ति भए पुगिहाल्यो।

कुन देश कुन स्थानमा पूरा सुचि हेर्नुस्

नक्सा हेर्दै कुन देश कुन सुचिमा छ हेर्न क्लिक गर्नुस्

भिडियो हेर्नुस्-

55 thoughts on “अमेरिका भन्दा नेपाल बढी शान्त”

  1. kamal says:
    June 17, 2012 at 12:02 pm

    खै यो अनुशंधान ले केहि राहत त देला तर बिकाश पनि नहुनु शान्त पनि पछाडी बाट गन्न पर्ने यसमा क खुशी हुनु

    Reply
  2. dhanraj says:
    June 16, 2012 at 8:07 am

    खै शान्त हो को अशान्त,जता जानु परे पनि डर र त्रास अनि जिल्ला,नगरपालिका को,ग.बि.स.को काम गर्नु परे दुख मात्रै दिन्छा .बजियाहरुले.
                       जहिलेई समाचार हेर्यो नराम्रो समाचार मात्र हुन्छा .राम्रो समाचार कहिले सुन्न पौने हैन.मातृभूमिको माया लागेर के गर्ने ?देश शान्ति नभए पछी ?मन परे सेतो नपरे कालो

    Reply
  3. padam says:
    June 15, 2012 at 10:45 am

    अब सान्ति को नाम मा मक्ख परेर मात्रै कहिले सम्म बस्ने हो गर्नु पर्ने प्रगति त्यो झन् दिन दिन दुर्गति मात्रै भोग्नु परे को छ जे भए नि सकारात्मक समाचार को लागि धन्यबाद .

    Reply
  4. Hari Smith says:
    June 15, 2012 at 10:38 am

    असान्त अमेरिकामा जन भन्दा त सान्त नेपाल मा बसनै बेस …अब त dv lottery नि भर्दीन !!

    Reply
  5. rohit says:
    June 15, 2012 at 7:22 am

    सान्त नेपाल कहाँ ६ सान्ति?? सान्त नेपाल थियो भन्न राम्रो होला बिदेशीले गरेको सर्बे मोराहरुले नेता को घरमा गएर सान्ति देखेर होला?/ गाऊघरमा गएर हेर्नुस एक जिल्लाबाट आर्को जिल्ला गयो कुकुर बिरालो जस्तो ब्यबहार देखिन्छा aafno परिवार संग हिन्ने माहोल छैन. येहीहो सान्ति भनेको?

    Reply
  6. योगेश आदी, न्यूयोर्क says:
    June 15, 2012 at 6:44 am

    खै के खै के… – मोटी भएनि आफ्नै बुढी, पातली भएनि आफ्नै बुढी; भने जस्तै के कमेन्ट गर्नु !

    Reply
  7. Suman Gurung (UK) says:
    June 15, 2012 at 5:26 am

    येही कुरा को साथ् कानुनि राज्य स्थापित भए ठोकेर भन्न सक्छु देश बिकाश हुन समय लाग्दैन. मेरो देश प्यारो देशl

    Reply
  8. ashok says:
    June 15, 2012 at 4:53 am

    अब माओबादीले गमक्क भएर आफ्नो थुतुनो पुछ्ने भए- 🙂

    Reply
  9. bkpandey says:
    June 15, 2012 at 4:39 am

    एकदम खुसिलाग्दो कुराको कि नेपाल अझैपनि सान्ति सुरछ्या भएको देस मध्ध्ये ८० मा भारत,अमेरिका भन्दा माथि भएकोमा ,एक किसिम ले राम्रो भन्नु पर्छ. यदि १९९० पछिका राजनैतिक पार्टी तथा यिनका समर्थक ,आसेपासे ,कर्मचारी,ब्यापारी खुलेआम भ्रस्टचारी नभएको भए सायद आज पनि नेपाल सांग्रिला हुने थियो होला.मान्छेले मान्छेलाई आफु लाई जस्तै सभ्य ब्यबहार गर्नु स्वाभाविक हुनु पर्छ. हाम्रा कांग्रेसी नेता चाही जसरि भएपनि पैसा बनाउन लागेपछि प्रजातन्त्र भनेको कोइराला तन्त्र बन्यो,अनि सुसिले कसरि नेता ????? बोल्न पनि सक्दैन,कुजता ,बिर्सनु मा नै ठिक छ.हुनत एमाले,मधेसी,माओबादी पनि भ्रस्ट भए पछी,दुनियाको ८० राम्रो देस कसरि भयो तर नेपाली लाई यो राम्रै कुरा हो.

    Reply
  10. aasish,switzerland says:
    June 15, 2012 at 4:02 am

    बन्दुक बोकेर गाउँगाउँमा तर्साउन नआओस्-यत्ति भए पुगिहाल्यो।
    यो बाक्य ले चै मन छोयो है,गाउ घर मा जुन सुकै पार्टी को सरकार आओस वा जाओस कसैलाइ फरक पर्दैन,आफ्नो काम जुनसुकै सरकार आए पनि कसैले गर्दिने होइन,खास मा गाउ का जनता लाइ चाहियाकै शान्ति हो,यदि शान्ति भयो भने उनीहरु लाइ त्यै ठुलो कुरा हो,

    Reply
  11. BINOD says:
    June 15, 2012 at 3:59 am

    त्यो त तेतिकै थाहा हुन्छ नि के को इन्डेक्स चाहियो ???
    अमेरिकामा कति नेपालीहरुको काम गरिरहेको स्थानमा गोलि हानि हत्या भो आज सम्म ????
    अनि नेपालमा कति अमेरिकनहरुले गोलीको सिकार हुनु पर्यो ???? अमेरिकामा मारिने नेपालीहरुको संख्याको केहि भाग मात्र पनि अमेरिकनहरुको नेपालमा हत्या हुन् थाल्यो भोलि नेपाल कोल्याप्स हुनेछ!!!

    Reply
  12. krishna says:
    June 15, 2012 at 3:22 am

    तेस्तो सुर्छित राजदरबारमा पुरै खानदान लाइ सखाप पार्ने अनि ११ बर्ष बित्दा पनि कसले गरेकोहो पत्तालगाउन नसक्ने देश तपाई, हामिले तेत्तिकै अनुमान लगाउन सकिन्छ. हाम्रो देश कुन स्थानमा परेको छ भनेर ……

    Reply
  13. krishna says:
    June 15, 2012 at 3:16 am

    साथीहरू नेपालको क्षेत्रफल र जनसंख्याको हिसाबले पनि हेर्नु पर्यो नि अनि नेपाल कतियोउ स्थानमा पुग्छ तेतिकै थाहा हुन्छ/

    Reply
  14. बिस्वाश says:
    June 15, 2012 at 2:32 am

    अहा हाम्रो नेपाल कति शान्त !!!
    किन न हुनु
    १.नेपालमा कुनै महिला बर्षौ बलात्कृत हुँदा पनि चुइक्क नबोली बस्न सक्छन | तर त्यसको ठिक बिपरित अमेरिकामा आफ्नै श्रीमतीलाई धकल्दा मात्र पनि जेलको हावा खानु पर्छ |
    २. नेपालमा गुण्डा गर्दिलाई शिरोधर्या गरि हिड्नेहरु बहुसंख्यक छन् भने अमेरिकामा “तलाई मार दिन्छु ” भन्दा पनि प्रतिकार स्वरूप ९११ मा फोन गरि ठुलै केश लागाउनु सामान्य हुन्छ |
    ३. नेपालमा गोलि काण्ड घटेको घन्टौ सम्म प्रहरी देखिन्न, र देखिए पनि निरिह हुन्छ कस्तो शान्त है, भने अमेरिकामा अपराधी संग बन्दुक छ भन्ने सूचनाका आधारमा पनि त्यस स्थान वरिपरी दर्जनौ को संख्यामा प्रहरी तैनात भै छानबिन सुरु गर्छन |
    ४.नेपालका नेताहरुले जस्तो सुकै अपराध गर्दा र अदालतले दोषी करार गर्दा पनि जेल जानु पर्दैन( केहि अपबाद बाहेक ) भने अमेरिकामा अदालतको सानो भन्दा सानो फैसलाको अबज्ञा गरिदैन |
    ५. नेपालमा सर्ब साधारनलाई पनि जिउ ज्यानको खतरा बढी नै हुन्छ भने अमेरिकामा गुण्डागर्दी र अपराधमा संलग्न हुनेलाई मात्र त्यस्तो खतरा बढी हुन्छ |

    यी यस्तै धेरै कुराहरु छन् जसलाई सच्च्याईएमा नेपालामा वास्तविक अर्थमा शान्ति को अनूभूति हुन्थ्यो |

    Reply
  15. Madhav says:
    June 15, 2012 at 2:17 am

    Statistics are not always accurate

    Reply
  16. Gaurav Nepali "Oodaaseen" says:
    June 15, 2012 at 2:06 am

    आज भन्दा १५-२० वर्ष अगाडी एक घन्टाको मद्यारात्को बाटो हिड्दा कुनै डर-प्रकोप हुने थियन ! अहिले त ६-७ बजेनै सन्नाटा छौ छ र घर नपुग्दा सम्म मुटुले ध्यांरो ठोक्छ ! अरुको चस्माले हेर्दा त सान्ति होला तर आफ्नो चस्माले हेर्दा त शान्ति होकी भ्रान्ति हो, के हो के हो ?

    Reply
  17. boss says:
    June 15, 2012 at 1:49 am

    नेपाली लाई आफुले गर्नु पर्ने काम बाहेक अरु सबै कुरा थाहा हुनाले एस्तो भाको हो तर पनि twin tower बल्नु र टाएर बल्नु को त फरक छ नि तेइ हुनाले शान्त छ नेपाल peace

    Reply
  18. Bhakta Gurung Boston USA says:
    June 15, 2012 at 12:12 am

    ” नेपाल एउटा यस्तो देश हो जहाँ भाग्यको भरोशा गरिन्छ ! जति चोट दिलमा भए पनि हाँसेर बिताउने खुबी छ नेपालीमा ! तर के गरिबी र शोषित पिडित हुँदा हुँदै पनि,पहिला जुनीको पाप हो भनि भाग्य र भरोशा भरमा शान्त हुनु के राम्रो हो र ? एक थरि पापी हरुले लुटेका लुटेकै छन् त्यही भगवान र भाग्यको कुरा गर्दै,! यसरी शान्त हुनु भन्दा त बुझेर शान्त हुनु राम्रो होइन र सुइजेरल्याण्ड र स्क्यन्दिवियान् देशहरु जस्तै?”

    Reply
  19. jeevan verma says:
    June 15, 2012 at 12:12 am

    यो लेखले मलाई बिद्यार्थी कालमा प्रचलित एउटा जोक को याद आयो| स्वभाब ले होला, हाम्रो ग्रूपमा चल्ने जोक अस्लिल( महिला सीत सम्बन्धित नभएर) प्रोफेसनल संग सम्बिन्धित हुन्थे. | ति मध्ये को एउटा जोक यस्तो छ

    एक जना तथ्यांक सास्त्री आफ्नो परिवार लिएर नदि पारि को गाउमा जानु पर्ने थियो| नदि छेउमा पुगे पछी थाहा भयो नदि ठुलै रहेछ| अब के गर्ने ? उपाय एउटा मात्र थियो तर्ने या फर्कने |

    तर्दा कति गिरो छ बगाउने पो होकी ? तथ्यांक सास्त्री लाई एउटा जुक्ति आयो| नदि को पानि को तथ्यांक लिने|. उनले पानि को गहिराई नापे अनि उनि हरु सबै को उचाईको average लिए र भने हाम्रो average पानि को गहिराई भन्दा बेसी नै छ त्यसै ले हामी तर्न सक्छौ | अनि उनि हरु नदि तर्न नदि मा पसे. बिचमा पुगेपछि दुवै छोरा डुबे र नदि को बहाब सीत बग्न लागे | तथाय्नक सास्त्री त्यसको लागि तयार थिएनन | उनका समू केवल आफ्ना छोरा हरु डुबेको हेरेर बस्नु भन्दा अर्को उपाय थिएन |

    धेरै जसो research यस्तै तथांक सास्त्री र यस्तै प्रकार का समाज बैज्ञानिक हरुले गरेका हुन्छन| ति कार्य लाई काम कुरा एकातिर कुम्लो बोकी थिमी तिर भन्ने उखान सीत तुलना गर्न सकिन्छ | अर्थात् यो पनि हेलीकोप्टर बाट गरिबी निवारण हेरे जस्तै हो |

    हुन त आफ्नो देश कसलाई पो असंथा होस् जस्तो लाग्छा तर जुन देश मा पागल हरु को लहड मा चल्ने गर्छा त्यहाँ के हुन्छा होइन के हुँदैन भनेर खोज्नु पर्छा |

    Reply
  20. nilam says:
    June 14, 2012 at 11:57 pm

    सुन्दर सान्त नेपाल भनेर के गर्ने ?राजपरिवार (ब्ग्न्स)नास भएको अहिले सम्म भटत्त्तत्मा भन्दै न्याय पाएको छैन |न्याधिस जस्तो त् मारीय खोइ ? व्यस्त ठाउमा दिन्दाहादै अपहरण,चन्दा ,आत्गंक ,मारकाट ,लुटपाट ,यो सब के हो नि ? अरु देस कति सफा ,कल कारखाना ,भौतिक सुख सुबिदा कानुन अनुसासन के मात्र भन्ने ?त्यसो भए नौजवान बलिया सब बाहिर जाने होर्बाजी चले छ किन?र जान पाएका कोहि पनिफर्कन सकेन किन ?फर्कन चाहेर पनि बिदेस गएपछि बस्न सकेन किन ? हड्डी घोतरे बसेको छ किन ?नेपालमा सान्ति सुरछा र कल कारखाना, काम पाएको भए को जान्छ ?बिदेस मा बस्नु भनेको घरमा सौता छ माइती सानी मा भने झैँ हो |
    गनाएको गु छोपे झैँ गरेर के गर्ने ?गनाएको राम्रो हुँदैन !

    Reply
  21. सन्तोश संकल्प 'पान्थरे' says:
    June 14, 2012 at 10:36 pm

    केही ब्यक्तिहरुले बुझेर पनि बुझ पुचाएको देख्दा ठिट लागेर आउछ। अमेरिकामा दैनिक गोलिकाण्डमा मान्छे मारिएकै हुन्छ। पेट्रोलपम्प देखी सुपरमार्केटसम्म दिनदहाडै गोली चलेर कैयौको ज्यान गईरहेको छ। अमेरिका मा पनि जातिय बिभेदको शिकार र उत्पिडित समुदायहरु अहिले पनि पिडित नै छन्। चोरी डकैतीको श्रृंखलाहरु बढीरहेको छ। तर सबैभन्दा राम्रो पक्ष भनेको अपराधी प्राय उम्कन सक्दैन अमेरिकामा। काम कारबाही राम्रो र उत्कृष्ठ भए पनि यदी त्यहा अपराधको घटनाहरु घट्न रोकेन भने त्यो अशान्त नै ठहर्छ। अपराधीलाई कारबाही गर्दैमा शान्त देश हुने होईन, अपराध को घटनालाई कम गर्नु र निर्मुल गर्नुलाई शान्तको परिभाषा दिन सकिन्छ।

    वास्तवमा भन्नुपर्दा अमिरिकाको दाँजोमा नेपालमा त ५% पनि अपराधको घटना हुँदैन । अमेरिकामा दिनदिनै हत्या, गोलिकाण्ड, चोरी, डकैती र अरु अपराधीक घटनाहरु घटिरहन्छ तर नेपालमा त्यस्तो घटनाहरु महिनामा एक पटक सम्म हुन्छ कहिले त ३,४ महिनामा पनि त्यस्तो घटनाहरु घट्दैन।

    भारतमा भने १ मिनेटमा १८ महिला बलात्कृत हुन्छ भने ४ जनाको हत्या हुन्छ। पारिवारिक हिंसा भनेको भनि साध्य हुन्न, दाईजोप्रथामा दैनिक कति महिलाको ज्यान गईरहेको हुन्छ भने अरु अपराधिक घटना लाखौको ज्यान गईरहेको छ।

    Reply
    1. eklaby says:
      June 15, 2012 at 1:13 am

      नेपालीले बनाएको रिपोर्ट भए पो उल्लु बनाउनु, विदेशीले बनाएको रिपोर्ट त समर्थन गर्नु पर्यो नि| तर मा यो काइते रिपोर्टमा बिस्वास गर्दिन र म ठोकुवा गरेर भन्छु अमेरीका नेपाल भन्दा कैयौं गुणा शान्त छ | अमेरीकाको जनसंख्या नेपालको भन्दा ११ गुणा बढी छ र एकै प्रतिसत मा अपराध भए पनि अमेरीकामा ११ गुणा बढी अपराध हुन्छ | अमेरीकामा संचार माध्यम ससक्त छ | अमेरीकामा हुने प्राय सबै अपराध प्रकाशित हुन्छन |

      Reply
    2. pramesh says:
      June 15, 2012 at 7:39 am

      कुरो त ठिकै हो, तर तपाइले उल्लेख गरेको तथ्यांकलाई त्यो देशको जनसंख्याले भाग गरेपछि मात्र एक-अर्कासंग तुलना गर्न योग्य हुन्छन|

      Reply
    3. Sisir says:
      June 15, 2012 at 11:11 am

      “भारतमा भने १ मिनेटमा १८ महिला बलात्कृत हुन्छ भने ४ जनाको हत्या हुन्छ”
      भने पछि भारतमा दिनमा (१८*६०*२४= २५,९२० ) २५ हजार ९२० जना महिलाको रेप हुन्छ यानी बर्सिक ९४ लाख ६० हजार ८०० जना झन्डै एक करोड महिला बलात्कृत र दैनिक ५ हजार 760 जनाको हत्या हुन्छ यानी बर्सिक २१ लाख २४ सयको हत्या … कहाँबाट ल्यानु भो मित्र एस्तो हावा तथ्यांक ..

      Reply
  22. Ram C Bhujel says:
    June 14, 2012 at 8:35 pm

    हुन त शान्तिको परिसुचकले आशाबादी हुन सकिन्छ र एसri शान्त भएमा र हुने ग्यारेन्टी भएमा बिकाश निर्माण र आर्थिक बिकाशले गति लिने थियो! किन भने गरिबिको हिसाबले हेर्दा नेपाल एशियाकई तेस्रो मा पर्छ! अफगानिस्तान र बर्मा/म्यांमार पछि! अब छित्ती दिस्रो र पहिलोमा उकालो चढ़ने वाला छ किना भने म्यांमारले फड्को मर्दैछ राजनितिक र आर्थिक उदारता पट्टी लम्केर! अनि अफगानिस्तान चाही युद्द रोकियमा यो देश पनि नेपाल भन्दा धनि छ!

    Reply
    1. krishna says:
      June 15, 2012 at 3:08 am

      सन्तोष जी तेसोभए तालि बजाएर नेताहरूलाई स्याबासी दिनु पर्ला, बाजा बजाएर हामि नेपाली सबै खुसि हुनु पर्ला, तपाईको कुरा सहि हो त्यो बेला जब देशको मात्र नाम लिन्छ, तर देशको क्षेत्रफल को हिसाबले हेर्नु पर्यो भने कहाँ सम्म को नाजुक स्तिथिमा छ हाम्रो नेपाल , खुसि भएर मुर्ख बन्नु हुदैन/

      Reply
  23. Pratik says:
    June 14, 2012 at 7:03 pm

    League tables are based on statistics.Statistics are based on records.Records are based on reports provided.

    In some countries, a shop lifting of a crisp is also recorded as crime whereas in some countries even a burglary goes unrecorded or unreported as people have just too little faith in the administration and system.I think our country Nepal belongs to the second category.

    So, the league table is not true reflection of the reality on the ground.

    Reply
  24. शशांक लामा, न्युयोर्क says:
    June 14, 2012 at 6:25 pm

    अरुको दाँजोमा अमन चैन राम्रो रहेछ भनेर खुशी मान्नुपर्ने कस्तो निरिह अवस्था ! कठैबरा !!

    Reply
  25. Ratna Thapa Magar says:
    June 14, 2012 at 6:11 pm

    येस्ता आंकलन ले के गर्नु बास्तबिकता के हो भनेर चाल पाउदा पाउदै,
    जुन देश मा दिन डाहादै गोलि मारी सर्बोच अदालात का न्याधिस को हत्या हुन्छ, जहाँ प्रशासान ले ताकी ताकी नागरिक को हत्या हुन्छ, कुरो के हो भने international media ले चाल नपाको मात्र हो.

    Reply
  26. Resham says:
    June 14, 2012 at 5:34 pm

    शान्ति त नेपाल शान्तिको देश नै हो तर नेताहरुले अझ सुझ बुझ तरिकाले काम गरे भने शान्तिको देश हुन्छ. नेताहरुको बुद्धिमा बिर्को नलागेमा .

    Reply
  27. kshitiz says:
    June 14, 2012 at 4:42 pm

    कुरो त ठिकै होला तर दिन दहाडै अपहरण हुने मान्छे मर्ने, बीच शहर मा गोली चल्ने, पुलिस बिट को १०० मिटर मै न्यायाधिस लाइ गोलि ठोक्ने तर अपराधी पक्राउ नपर्ने, छोरा छोरी बिहान घर बाट बाहिर निस्किए भने बेलुका नाफर्किदा सम्म के हुने हो भनेर बाबु आमा लाइ पिर हुने, नेता हरु नै अपहरण र हत्या मा संलग्न हुने, ज्यानमारा लाइ सांसद बनाउने, अपराधी लाइ राजनीतिक आवरण ओढाएर मुद्धा फिर्ता लिने, गरिब नेपाली ले कुखुरा मर्दा जेल जानु पर्ने नेता ले मान्छे मार्दा पनि अभिनन्दन हुने, यदि एस्तो देश पनि शान्त देश हो भने अशान्त देश चाही कस्तो लाइ भनिने रहेछ लौ न मा बुबुरो लाइ कसैले बताई दिउ >>>

    Reply
  28. Surendra Chaudhary says:
    June 14, 2012 at 4:36 pm

    एसको पछी धेरै कारणहरु हुन सक्छन; तर एउटा कुरा के एथार्थ हो भने हामि नेपाली हरुले हरेक कुरामा अरु नै माथि छन् भन्ने हिन भावना त्याग्ने पर्छा . हामिले अतिक्रमणकारी
    फिरंगीहरु लाइ धुलो चताउन्दा अमेरिका हरु “जय महारानी” भन्दै हिंडिरहेका थिए ; जर्मनी, इटाली हरु तेस्को ५०-१०० वर्ष पछी मात्र एक भएका हुन्; हाम्रा पुर्खाहरुको त्यो स्तरको चेतना संग आजको हाम्रो बुद्दिसंगा तुलना गरौँ त! मानिसको सबै भन्दा ठुलो कुरा हो उसको स्वाभिमान; कसैलाई महिनाको १० लाख तलब दिने र कुनै अपरिचित को दास बन्नुपर्छा भन्यो भने उसले मान्छा? हाम्रा विर-विरंगना पुर्खाहरु प्रति कृतज्ञ बनौं; जसले किलाहरुमा परेका तोपका प्वालमा आफ्नो छाती टाँसेर हामीलाई कसैको पैतालामुनी पर्न दिएनन; आज हाम्रा तिनै शत्रुहरु भेस बदलेर डलर, भारु र युरो को बिटो बोकेर हामीलाई एक-आपसमा काटमार गराउन खोजिरहेका छन्; एक-पटक आफ्नो छातीमा हात राखेर हेरौं त; हाम्रो मुटुले “जय देश, जय देश” भनिरहेको छैन त?

    Reply
  29. उपासक उदास says:
    June 14, 2012 at 4:24 pm

    शान्ति सम्बन्धि सूची हेरेर आफ्नो मुलुक तेती सारै गए गुज्रेको जस्तो त लागेन, अलिक मन थाम्ने ठाउँ बाँकी रहेको जस्तो लाग्यो .
    तर यहाँ नेर , नेता र जनताको अगाडी चुनौती के कुराको खडा भयो भने आगामी वर्ष भित्र अहिलेको स्थान बाट कति खुड्किला माथि उकास्न सक्ला हाम्रो नेपाललाई .?
    नेता भनौंदाहरु सहि अर्थमा राजनेता नै हुन् कि गन्हाउने जुत्ता हुन् यसैबाट चिनिन्छ ….

    Reply
  30. प्रविण कुमार says:
    June 14, 2012 at 3:42 pm

    बिश्वका देशहरु कति शान्त छन् भनेर गरिने मापनको आधार स्पष्ट र बिधि एउटै भएपनि समानुपातिक भएन जस्तो लाग्छ । उदाहरणको लागि तीनकरोड जनसंख्या भएको ठाउमा ३० जना मारिनु र तीनसय करोड जनसंख्या भएको ठाउमा १०० जना मारिनुमा सरसर्ति हेर्दा १०० जना मानिस मारिएको ठाउनै अशान्त जस्तो लाग्छ तर स्थिति हेर्ने हो भने ३० जना मारिएको ठाउमा स्थिति ज्यादा भयावह हुन्छ । फेरी सेना र सुरक्षामा गरिएको खर्चको आधार पनि उल्लेख भएको रहेछ । भए पो खर्च गर्नु हुंदै नभएको धन कहांबाट ल्याएर खर्च गर्नु । नेपालको परिस्थितिमा भन्ने हो भने सभासदहरुलाई तलब भत्ता र सुविधा तथा पार्टीका कार्यकर्ताहरुलाई विभिन्न बहानमा रकम बाड्न नै धौ धौ छ । सुरक्षाको लागि कहांबाट खर्च गर्नु । नेपाल प्रहरीका जवानहरुले भनेको बेलामा राशन खान पाएका थिएनन् । गस्ति र अन्य सुरक्षा प्रयोजनको लागि ईन्धन थिएन । नेपाली सेनाको कुरा गर्ने हो भने मिल्ने भए अहिलेका नीति निर्माण तहका मानिसहरुले तलब भत्ता त दिने थिएनन् । देशमा घोषित द्वन्द समाप्त भएको यत्तिका बर्षा भई सक्यो अझै पनि बासस्थानको अभावमा बंकरमा सुतिरहेका छन् । सशस्त्र प्रहरीको पनि हालत पनि उस्तै छ । त्यसैले यो खर्चको आधारले खासै काम गरेन । मैले कवीता पढ्न जाने पनि लेख्‍न जानेको छैन तर यो कुरा सुन्दा मैले कवी नबनी भएन ………….

    कसरी पत्याउ म नेपालमा शान्ति छायो भनेर
    केहि समय अघिसम्म भ्याईदैन थियो लास गनेर
    आर्यघाटमा मुर्दा जलाउन पनि लाईन थियो हेर
    डरै डरमा बाच्नु पर्थ्यो हामीले त्यति खेर
    शान्ति छायो भन्नुमा पनि षडयन्त्रको गन्ध आउंछ
    सबै नेताहरु मरेभने मात्र नेपालमा शान्ति छाउंछ
    जय नेपाल !!!!!!

    Reply
  31. samipa karki says:
    June 14, 2012 at 3:36 pm

    हामीलाई नै थाहा छ हाम्रो देश कति सुरछित छ भन्ने कुरा ! नम्बर ले ८० आयो भनेर खुशी हुने कुनै ठाउँ छैन !हाम्रो देशमा नेता मात्र सुरछित छन् !

    Reply
  32. Aachal says:
    June 14, 2012 at 3:35 pm

    गजब रहेछ्नी !! तेस्सई चिंता लियर हामी नेपालीले ……………….ख़ुशी रहनु शुखी रहनु …………..जय नेपाल !!!!

    Reply
  33. anmol piya says:
    June 14, 2012 at 3:32 pm

    सान्त देशहरुको सुचिमा नेपाल अगीबढ्नु हामी नेपालीको लागि खुसीको कुरा हो. येसरी नै प्रोग्रेस गर्ने हो भने हाम्रो देश पनि माथिको टप टेनको सुचीमा आउने छ.माथिको टप टेन को सुची को बारेमा फिनल्याण्ड र नर्वे आज माथि हुन पर्नेथ्यो.जे होस् हामीले माथिका देशहरु बाट केहि सिक्नु पर्छ. जहाँ सम्म म बस्ने देश डेनमार्कको बारेमा छ यहाँ बच्चाहरुलाई सानै देखिनै नैतिकताको पाठ सिकाइनछ. अनिबल्ल पो समाज नैतिक बन्छ अनि तेसपछि देश . जय देश जय नेपाल

    Reply
    1. Enzot, Kolding DK says:
      June 15, 2012 at 5:14 am

      पिया जी, नैतिकताको पाठ त नेपालमा पनि बच्चाहरुलाई सानो देखिनै सिकाएको हुन्छ नि घर, समाज अनि स्कुलमा कि तपाइले चै सिक्ने मौका पाउनु भएन ? तर के गर्नु सिकेको कुरा बेहाबारमा लागु नै गरेपछि/ रह्यो कुरा डेनमार्क मा कानुन सानोदेखि ठुलो सम्मलाइ समान रुपमा लागु हुन्छ र जनताले पनि आफै सचेत भएर कानुनको पालना
      गर्छन त्यो त तपाइले पनि महसुस गरिरहेको हुनुहुन्छ होला सायेद…..येदि गरेन त ७५० क्रोनर जरिवाना तिरिहल्नुपर्यो पहिलो चोतिमा फेरी दोहोरिएमा police रिपोर्ट नै बन्दैन अनि Legally काम पाउने आशा नै मारे भयो….कानुन त येस्तो हुनुपर्यो अनि मात्र Top टेन मा आउछ हाम्रो देश नेपाल नि

      Reply
  34. purushottam says:
    June 14, 2012 at 3:09 pm

    तुलनात्मक रुपमा यो होला तर अरुको अबगुणलाई हेरेर म यति माथी रहेछु भन्नु चाँही मुर्खता हो र आफूलाई सुधार्न नखोज्नु हो , बत्ति ,पानी , बाटो घाटो र सुसासन केही छैन हाम्रो देशमा ,घिरम्ला जत्रो नाक बनाउछौ हामि यस्तो समाचार सिर्सकमा ,५३ पर्सेन्ट फेल हुन्छन् हाम्रा नानीहरू परिक्ष्यामा , फुलाउछौँ नाक राम्रै र भन्छौँ अगाडी छौँ बिस्वमा ,अमेरिका भन्दा अगाडी भयौँ भन्दै हास्यौँ हामि सबै यहाँ , कठै बरा चेतना छैन गिदी छैन कहीँ यहाँ, नेता सबै स्यालहरू हुन जुन देशका सबै यहाँ , हुइय हुइय कराउछन स्याल्का हुइँया ती यहाँ , चार बर्षमा संबिधान नदियी जात्रा गरे ठुलो जहाँ , हामि नामी कसो गरि भनि देउ सम्पादक यहाँ ? साथि सँग कमिलाले कानेखुशी गर्‍यो बसी , हात्ती रुख मन्तिर आवोस पार्छु झरी किची पिची ,देश रोइ रहेको त देख्ने आँखा पनि गए , सुन्थ्यौ होला रोदन यो दैब तिमी कहीँ भए………

    Reply
  35. Roshan Sharma, Australia says:
    June 14, 2012 at 2:58 pm

    ***शिब ले ‘बिख’ पिएर जलन हुँदा सितलता प्रदान गरेको दैविक भूमि रसुवा जीला जुन अझै पनि शिब-शक्तिले भरिपुर्ण नै रहेछ /
    नेपाल शिवशक्ति र बुद्दज्ञान ले ओतप्रोत भूमि ‘शान्ति’ को विकल्प अरु के नै हुन सक्छा र ***
    तलका भिडियो हरु ले त झन् मन भित्र नै अनन्त ‘शान्त र सुन्दरता’ दिने भूमि हो नेपाल/

    http://www.youtube.com/watch?v=bzNV-Ew0-kQ

    http://www.youtube.com/watch?v=Yj7XhRB2_jw&feature=fvwrel

    !!!! सत्यम शिवम सुन्दरम !!!!

    Reply
  36. Dharma Kshtri says:
    June 14, 2012 at 2:54 pm

    मलाइ गर्व छ नेपाली हुनुमा ……जय नेपाल र जय नेपाली……

    Reply
  37. Mahesh Rijal says:
    June 14, 2012 at 2:23 pm

    there is a saying “Lies, damned lies, and statistics” so we cannot really trust all these statistical data..

    Reply
  38. sagar from australia says:
    June 14, 2012 at 2:15 pm

    काग लाई बेल पाक्यो हर्स न बिस्माद
    देश खत्तम भैसक्यो के गर्नु यो index ले
    देश विकास हुनु पर्यो अनि त्येसपछी अरु कुरा गरम

    Reply
  39. Karma Tamang says:
    June 14, 2012 at 1:39 pm

    If the politics led by India is removed, the indicator will improve at least 10 position up.

    Reply
  40. Rupesh says:
    June 14, 2012 at 1:32 pm

    lets make No 1 peace country in world

    Reply
  41. Navin says:
    June 14, 2012 at 1:18 pm

    तेही भएर पो अस्ति एउटा अन्तर्वार्तामा एउटा गाउले अझै पनि श्री ५ को सरकार भन्दो रहेछ, उसलाई नेपालको राजनीतिसंग मतलब नै रहेन छ |

    Reply
  42. Mohan Subba says:
    June 14, 2012 at 1:05 pm

    देशमा पूर्ण रुपमा परिवर्तन हुनको लागि केहि उथलपुथल त हुनै पर्छ नि l आफु बसेको सानो ढिस्को तल्लो गराह्मा खस्यो भने खरायोले पृथ्बीनै पहिरो गयो भन्छरे l तसर्थ नेपाल खतम भयो भनेर त्यति सारो त न आतियौ न साथि हो!

    Reply
  43. Aabhusan Chettri says:
    June 14, 2012 at 1:01 pm

    आफ्ना लाखौ बासिन्दालाई देश बाट लखेटेर अशान्त पारेको देश पनि २०औमा पर्दो रहेछ l उदेक लाग्दो कुरा l

    Reply
  44. पूर्ण मगर says:
    June 14, 2012 at 12:37 pm

    ल बधाई छ हामीलाई 😉

    Reply
  45. raju says:
    June 14, 2012 at 12:35 pm

    तेही कारण हो इंडियाले नेपाल को सबै कुरा मा हस्तछेप गर्ने सबै सुचांका मा पछाडी छन् अर्थान्तरपनि ओरालो लाग्दैछ. छिमेकि पनि कोहि आफ्नो छैन, भुटान सिबाय. हाम्रा नेता मुख्यनेता लाई र मदेसी नेतालाई थाहाभय हामी नेपालीजहाँ भयपनि सिरठाडोपरि उनिहरुलाईपनि देखौना सक्छौ.

    Reply
  46. पुष्प says:
    June 14, 2012 at 12:27 pm

    राजनीतिक अवस्थाले शहरियालाई मात्र प्रभाव पार्छ भन्नु गलत हो । आखिर शहरियाहरूको प्रमुख चिन्ता पनि गाउँलेहरूको जस्तै सुरक्षा नै हो । सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधि आदिको न्यूनतम सुरक्षा अनि सुविधा भएपनि जोसुकै वा जुनसुकै राजनीतिक व्यवस्था आएपनि आम नागरिकलाई खासै फरक पर्दैन । तर मूल कुरा यिनै न्यूनतम कुराहरूकै अनियमित, अपार्दर्शी अनि असमान पहुँच वा वितरणकै कारण द्व्न्द्व निम्तिने हो । नेपालमा यी समस्या त टड‍्कारोरूपमा रहेकै थियो र अझै पनि छ, त्यसमाथि सार्क राष्ट्रहरूमाथि भारतको हेपाहा नीतिका कारण अर्को समस्या थपिँदै गएको यथार्थ पनि छ । जसले भारतसँग सबैजसो साना राष्ट्रहरूको सम्बन्ध राम्रो रहेको थिएन । तर पछिल्लो समयमा भने भारत केही हदसम्म ‘सुध्रिएकै’ मान्नुपर्छ, जुन हुनुको प्रमुख कारण उसको सुरक्षा अवस्था खस्किँदै जानु हो । हुन त यो भारतको नक्कली रूप हो, तर उसले यो नक्कलीरूपमै बस्नु आफ्ना छिमेकी देशका लागि मात्र नभई आफ्नै लागि पनि हीतकर सावित हुनेछ ।

    Reply
    1. sushil says:
      June 14, 2012 at 9:44 pm

      पुष्प जी को विचार मा यत्रो महानुभाब हरु को विचार नमिल्नु मा हामी लाई उहा को नाम र विचार श्री (?) पुष्प कमल दाहाल को फोटोकपी हो कि भन्ने संका लाई राको छ ?? पुष्प जी ले आफ्नो नाम अनि विचार हरु अब हामी जनता हरु संग मिल्ने बनाउनु पर्छ भन्ने पनि हामीलाई कता कता लाई राको छ !!!!!

      Reply
      1. Luna says:
        June 15, 2012 at 4:54 am

        अचम्म लाग्छ मलाई सही र गलतको मात्रा छुट्याउन गार्हो भा हो कि ‘पुष्प ‘ नाम कै कारण पुष्प जी ले भन्नु भा को सही कुरालाई पनि गलत आँखाले
        हेरिएको ???
        माथी पुष्प जी ले जे लेख्नु भा’छ त्यो सही लेख्नु भा’छ . जो जसले गलत ठाने
        त्यो उनलाई माबोबादी प्रतिनिधिको रुपमा लिएर हो भन्ने हाम्लाई लाइ’राछ —
        सही कुरालाई सही गलतलाई गलत भन्न सक्नु पनि स्वाभिमानी नागरिक हुनु
        हो भन्ने बुझ्नु पर्यो .
        ( कमेन्ट त लेखे , खै पोस्ट पो हुने हो कि नहुने हो ! नभए नहोस झ्याउ )

        Reply
      2. पुष्प says:
        June 15, 2012 at 7:34 am

        जाबो १२-१५ प्रतिशत इन्टरनेट प्रयोगकर्ता भएको देश र त्यसमध्ये थोरैले चलाउने ‘मेरोसंसार’, त्यसमा पनि सय प्रतिक्रिया जनाउने सय-दुइ सय जनाको विचारसँग मेरो विचार नमिल्दैमा मैले आफ्नो विचार उनीहरूजस्तो बनाउनुपर्ने ? योभन्दा बेतुक र हाँस्याष्पद तर्क अरु के हुनसक्छ सुशिलजी ?

        Reply
  47. Bijay says:
    June 14, 2012 at 11:46 am

    खुशी लाग्छ नेपाल धेरै बिकसित राष्ट्र हरु भन्दा शान्त भएको थाहा पाउदा … दछिन एशिया को 2nd होइन बिस्व को नै 2nd मा देख्न पाऊ छिटै नै ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme