दुई वर्षको आयु रहेको संविधान सभालाई पटक-पटक म्याद थपेर चार वर्षसम्म तन्काएर पनि संविधानै नबनाई अवसान गराएपछि केही सभासदहरुले लेख लेखेर र केहीले भाषण गरेर माफी मागे। तर अधिकांशले केही गरेनन्। दलहरु पनि एकअर्कालाई दोष दिँदै बसेका छन्।
यो राजनीतिक कुरा भयो। यसमा व्यक्तिगत नैतिकताको कुरा पनि आउला। जब तपाईँ केही गल्ती गर्नुहुन्छ, त्यसपछि माफी माग्नुहुन्छ कि हुन्न? के माफी माग्नु उचित हो ? माफी माग्दा र नमाग्दा के फरक हुन्छ ?
नेपालमा शायदै यसबारे अनुसन्धान भएको होला। तर विदेशमा माफीबारे अनुसन्धान भएका छन्। के देखाउँछ त अनुसन्धानको नतिजाले ? आउनुस् एकैछिन आज माफीबारे जानौँ।
An apology is a strong and cheap device to restore social or economic relationships that have been disturbed. In a laboratory experiment we find that harmdoers use apologies in particular if they fear punishment and when their intentions cannot be easily inferred. After offenses with ambiguous intentionality apologizers are punished less often than nonapologizers. Victims expect an apology and punish if they do not receive one. If an apology is possible, harmdoers who apologize are punished with lower probability. An apology only affects the event of punishment but not the level of punishment. An apology does not help at all after clearly intentionally committed offenses. On the contrary, after such offenses harmdoers do better not to apologize since sending an apology in this situation strongly increases punishment compared to remaining silent.
Source: “On the Acceptance of Apologies” from Research Paper Series, Thurgau Institute of Economics and Department of Economics, at the University of Konstanz, No. 53 june 2010
यो अनुसन्धानले भन्छ माफी बिग्रिएको सामाजिक र आर्थिक सम्बन्धहरु सुधार्ने एउटा बलियो र सहज उपाय हो। प्रयोगशालामा गरिएका परीक्षणले गलत काम गर्नेहरुले कति बेला माफी मागेको देखियो त- सजायको डर हुँदा र उनीहरुको भित्री उद्देश्य बारे थाहा नपाउने अवस्थामा। माफी माग्नेले भन्दा नमाग्नेले धेरै सजाय पाउने संभावना हुँदो रैछ। पीडितहरुले गल्ती गर्नेले माफी माग्छन् भन्ने आशा गरेका हुँदा रैछन् र मागेनन् भने सजाय दिने रैछन्।
कसैले जानाजानी गल्ती गरेका रहेछन् भने माफीले केही असर नपार्ने रहेछ। हाम्रोमा एउटा भनाई पनि चल्तीमा छ नि- गर्ने बेलामा मनपरी, भन्ने बेला सरी ? हो, यस्तै हुँदो रैछ। जानाजानी गल्ती नि गर्ने अनि माफी पनि माग्ने गरेमा चुप बस्दाको भन्दा बढी सजायको सम्भावना हुँदो रहेछ।
शायद् त्यही भएर पो हो कि अधिकांश सभासद्हरुले र पार्टीहरुले माफी नै नमागेको वा माग्न जरुरी नठानेको !
तपाईँलाई के लाग्छ, यदि कसैले गल्ती गर्छ भने तपाईँसित माफी माग्न आएमा तपाईँ माफी दिनुहुन्छ ? माफीबारे तपाईँको धारणा के छ, राजनीतिभन्दा पर सामाजिक विषयमा पनि तपाईँ योबारे आफ्नो विचार तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
साथी हो ,
माफी माग्नु र माफी दिनुलाई फरक अबस्थामा फरक नजरले हेर्नु उपयुक्त हुन्छ l
अन्जानमा गरिएका भूलहरू संधै क्षमा योग्य रहन्छन,भुल दोहोरिन्न र समाज क्षमाशील बन्दछ l
तर जानाजान गरिएका गल्तीहरूमा क्षमा माग्नेहरू बारम्बार गल्ति दोहोर्याई रहन्छन र क्षमा गर्नेहरु संधैं पश्चातापमा जल्दछन कि “किन माफ दिएँ होला” ? भनेर l
तर नेता हरुको सवालमा,जो जनता संग डराउछन् ,जसले जनतालाई जनार्दन सम्झिन्छन र माफी मागेर प्रयास्चित गर्छन भने क्षमा योग्य छन् l
तर जनताहरु महंगीले आहत हुँदा रिसोर्टहरुमा पाहुर मर्नेहरु भने कदापी क्षमा योग्य हुन सक्दैनन् जस्तो लाग्छ मलाई त l
जब गल्ति गरिन्छ तब पुन गल्ति गर्दिन भन्ने प्रण गरेर माफी माग्नु एकदम सर्बोपरी काम हो /तसर्थ कसै ले माफी माग्यो भने उस लाई छमा दान दिनु जस्तो ठुलो परोपकारी काम जिबन मा केहि हुन्न /सकिन्छ भने गल्ति जिबन मा न गरौ र गल्ति भएमा, गरेमा माफ माग्ने परम्परा को सुरुआत आजै बाट गरौ /
नेताहरुबाट गल्ति त भएकै हो ,यसैले उनीहरुले जनतासंग माफी माग्दा उनीहरुको केहि बिग्रदैन | उल्टो , गल्ति गरेर गल्ति गरेको महसुश गर्ने नेता पाएछौं भनेर जनताले सुध्रिने मौका दिई थप माया दिन सक्छन | मात्र नेताहरु आफ्ना घमण्ड त्याग्न सक्छन कि सक्दैनन् भन्ने हो | आगे नेताकै विचार……..
नैतिकता, स्वबिबेक र स्वाभिमानको खडेरी बढ्दै गैरहेको अहिलेको सभ्य भनिने समाजमा गल्ति गरेपनि के भो र?, माफ मागे भैहाल्छ भन्ने प्रबिर्तिलाई निरुत्साहित गर्नुपर्छ जस्तो लाग्छ मलाई l यसलाई समयमानै निराकरण गर्न सकिएन भने त कुहरुले सधैं हामीलाई राज गरिरहनेछन l मानिस भएपछि गल्ति त भैहाल्छ नि भन्ने हाम्रो पुरानो सोचाइमा पनि परिबर्तन हुनु आबस्यक छ l
नेता हरु ले माफी एक सर्त मा मात्र पाउछ! चार वर्षा अबधि मा कमाएको सबै फिर्ता गरेर अब देखि कैले पनि आगामी चुनाब हरु मा सहभागी नहुने सर्त मा मात्र!
माफी दिने र नदिने कुरा मा मेरो धारणा यस्तो छ / यदि कसै को अन्जान मा गल्ति भयो अनि उसले भुल सुधार को लागि माफी माग्छ भने एक चोटी को लागि माफी दिनु पर्छ / तर हाम्रो सभासद हरुको सवाल मा भन्ने हो भने उनि हरु ले तेस्तो माफी माग्नु पर्ने गल्ति काम केहि पनि गरेको छैन / माफी किन माग्ने र माफी किन दिने? बरु केहि काम नगरी कन संसद हु भनेर खाएको भत्ता रकम फिर्ता गरौ! तेही हुनेछ सबै भन्दा ठुलो प्रय्स्चित /
माफी मागेर फेरी उक्त गल्ति पु;न गर्दैन भने “माफी” इज्जत हुन्छ यदि दोहोर्यौन्छ भने “झूट” हुन्छ त्यसपछि कसैले पनि झूटो लाइ माफी गर्दैन! माफी जीवनको साँचो र झुटोको दोसाँध हो!
माफी के का लागि मागेको छ ?
पश्चाताप भएर कि फेरी आर्को चोटी ठग्न को लागि बाटो बनाउन ?
माफी माग्नेलाई नो माफी किनकि माफीले मान्छेलाई (नेता हरुलाई) झन् प्रोतसाहन मिल्छ र झन् ठुलो अपराध अथवा भ्रस्टचार गर्छ I
गल्ती मागेर होइन |गल्ति सुदार्नु सक्नुपर्छ |चाहे त्यसको लागि जतिसुकै दुख: भोग्नु पर्ने भोगेर आफुलाई निखार ल्याउनु पर्चा |
गल्ती त् सबको हुन्छ | गल्तीबाट सुधार भएको त् सबै भन्दा बुद्दिमान हो |
माफी भनेको :- माग्नु पनि हुँदैन !माफी दिनु पनि हुँदैन !दिने लिने सब खालि |
यो त् एउटा देखावटी मात्र हो | माया,हावाको केहि नाप तौल हुँदैन |तर अद्रिस्यो यो चिज मानिसको जिबनमा अति २ जरुरी छ |
माफी मात्र होइन माग्ने मानसिकता राख्नु ठुलो गल्ति हो |
तर अहिले मानिसमा आत्माज्ञान को ज्योति !???
माफी मागी हाल्ने गल्ती माथि गल्ती!! यो नेताहरु प्रबित्रीले गर्दा ???
आत्मज्ञानको कुरा त् कसले पो वास्ता गर्ला ?
माफी भन्ने कुरा मानब जिबनको एकदम महत्व पूर्ण कुरा हो? मानब जीबनमा गल्ति हुने भएकोले माफीको मूल्य र मान्यता अबश्य हुन्छ नै . तर जानी जानी गल्ति गर्नु र नजानी गल्ति गर्नुमा भिन्नता चाही हुनेछ /
जानी जानी गरेको गल्ति बाहेक अज्ञानताबस गरिएका गल्तिहरुको लागि माफी (amnesty) दिनु मानब अधिकार भित्र पर्छ नी होइन र?
“जानाजानी गल्ती नि गर्ने अनि माफी पनि माग्ने गरेमा चुप बस्दाको भन्दा बढी सजायको सम्भावना हुँदो रहेछ।”
यो कुरा नेताहरुलाई थाहा भएर नै चुप बसेका होलान/
जानेर नजानेर दुवै अवस्थामा गल्ति हुन्छ तर माफी त्यसले माग्छ जस्ले त्यो गल्ति नैतिक रुपमा हृदय देखि महशुस गर्दछ(जसमा थोरै नैतिकता कतै बाँकि हुन्छ)हाम्रा नेताज्यु हरुमा थोरै पनि नैतिकता कहाँ छ र!!!!!!
खराब कामहरुलाई ३ तीन वर्गमा केलाएर हेर्नु उपयुक्त हुन्छ .जुन बिल्कुलै अज्ञानतावश हुन पुग्छ त्यसलाई ‘गलती’ भनिन्छ १ . जुन कुकर्म आफ्नो मतलबको लागि अरुलाई हानि-नोक्सानी हुनुको परवाह नगरी गरिन्छ , त्यसलाई ‘अपराध ‘ भनिन्छ .२ ती सबै ना कामहरु जसको सजाई इहलोक र परलोकमा समेत झेल्नु पर्छ त्यसलाई ‘पाप ‘ भन्छौं .३.
आफ्नो त्रुटी महसूस गरिकन मागिने व्यक्तिलाई क्षमा गर्नु मानव-धर्म भित्रै पर्ने भयो . ‘sorry’ भन्दैमा मुक्ति नपाइने गलतीलाई कानूनले दण्डित गरिनु पर्छ .
गलती भनेको मानवीय कमजोरी भन्दै पन्छिनु आफ्नो कमजोरीलाई ढाकछोप गर्नु हो .किनकि —आगोलाई जानेर छोए पनि पोल्छ , अन्जानमा कुल्चे झनै बढी पोल्ने हुन्छ ….
यो केस मा माफी माग्नु र न माग्नु को कुनै अर्थ छ जस्तो लाग्दैन …खाली फेरी चुनाब मा मुख देखाउने उपाय मात्र हो…नेता को जागिर धान्ने प्रपन्च हो …सके ठोस कम गरेर माफी मागुन न …काम पुरा नगरी लियको ज्याला फिर्ता गरेर देखाउन त ….अनि माफी बारे जनता ले सोच्ने छन् …नत्र माफी मागेर जेल गइन्ना भने त अपराधी ले पनि माफी मग्छा कि कसो …. !!!
अरुले त माफी दिन्छन कि दिंदैनन् थाहा छैन तर हाम्रो घरमा भोट माग्न आए भने चाही चप्पल प्रहार गर्ने निर्णय भएको छ त्यो पनि पुरानो । के गर्न नयां चप्पलले हान्यो भने त थ्याङ्क् यु भनेर झोलामा हालेर लिएर जान्छन् ।
माफी माग्नु भनेको आफुले गर्न नसकेको कार्य को छ्यामा याचना गर्नु अर्थात् गल्ति गरेको स्वीकारओक्ति प्रकट गर्नु हो , त्यसैले सच्चा दिल ले आफुले गर्न नसकेको,गलत गरेको महसुश गर्दै माफ मागेमा निश्चयनै माफ गर्नु पर्दछ , भुलसुधार्को लागि मौका दिनु पर्दछ तर बारम्बार गल्ति गर्दै माफ मागेको ढोंग गर्नेलाई भने म माफ दिन उचित ठान्दिन /
तपाईले कुनै काम गर्दा अनजान मा काम बिग्रियो भने माफ़ी मगनु पर्छ र माफ़ी पानी दिनु पर्छ | तारा एस्तो माफ़ी एकै काम को लागी बारम्बार दिनु हुँदैन | यो प्रश्न नेपाल को संबिधान को सन्दर्भमा सोधियेकोले अली ब्याख्या हुनु जरुरी छ | १. संबिधान सभा को चुनाब कती बर्ष को लागी भएको हो ? २. किना २ बर्ष माँ नै संबिधान बांछा भानियो ? ३. ला ठीकै छ , ३, ४, बरसा मा पनी किना संबिधान बनेन ? ४. के सभासद हरु ले रात – दिन काम गर्दा पनी बनाउन नसके को हो??
माली ता के लाग्छ भने यो त खरायो र कछुवा को दौड़ मा कछुवा ले दौड़ जितेको जस्तो हो | १४६१ दिन (४ बर्ष ) मा १४०० दिन मस्ती , अनी ६१ दिन मा कसरी बनछा संबिधान? नेपाल का नेता हूँ भन्ने हरुले जनता लाई भेडा-बाख्रा को दर्जा दिएको मात्र हो यो | तसर्थ माफ़ी को कुनै अर्थ छैना | ६०१ मा ४० % जति लाई ………….के गर्ने? पाठक हरु को बिचार |
Mistakes are part of life, everyone makes them, everyone regrets them. But, some learn from them and some end up making them again. It’s up to you to decide if you’ll use your mistakes to your advantage and learn something form them. In case of Nepalese Politicians, they make BLUNDERS and repeat them always because they are not only our Leaders. Instead leading us they are leaded by someone else.
Its my personal Opinion. So no Offence.
अन्जानमा गल्ति गर्नेलाई त माफी दिनै पर्यो नि / तर जानीजानी गल्ति गरि माफी माग्नेलाइ कुनैपनि हालतमा पनि माफी हुदैन / यी नेताहरुले जानीजानी आफ्नु स्वार्थको कारणले संबिधान नबनाएर हामी जनता हरुलाई धोका दिएका छन् त्यसैले इनीहरुलाई त झन् माफी दिनै हुदैन / माफी नपाउनेमा १ नम्बर मा सरकारमा बस्नेहरु र २ मा बिपछिहरु रहेका छन् /
“माफी मुस्किल” भन्ने सब्द अरबिक मा एकदमै प्रयोग हुन्छ. तेस्को अर्थ माफी भन्ने चिज तेती सजिलै दिनुहुदैन भन्ने हो, तेसैले माफी माग्ने र दिने कम धेरै सोचेर सम्झेर गर्नुपर्छ
आफुले गल्ति गरेको आपराध बोध ले माफी माग्दा त आफुलाई बोझ हटेको अनुभव हुन्छ तर देखावटी माफी ( माफी मागेर पनि आफु माथि हुन , नेता हरुले झैँ ) मागे त माग्ने मान्छे को अहम लाई सन्तुस्टी मात्र हो , अगाडी को मान्छेलाई उल्लू बनाएर आफु माथि नै छु भन्ने भावना जागृत गर्ने मात्र हो…
माफी माग्नु ठिक हो तर मागेर मात्र पुग्दैन – गल्ती न दोहोरयाउन के गर्दैछु त्यो पनि खुलस्त पार्नु आवश्यक छ |
गल्ती अथवा घटनाको प्रकृति र त्यसले तुरुन्त पारेको असर र भबिश्य मा पर्ने असर को मूल्याङ्कन गरेर त्यस अनुसार को क्षेमा (माफ़ी )र सजाय दिनु पर्छ!
अंग्रेज हरुले दिएको दुइ ओटा शब्द हरु : thank you र sorry एकदमै महत्वपुर्ण र व्यवहारिक छ . यो कुरा चाहे मानौ या नमानौ नेपाली शब्द हरु धन्यवाद र माफ गर्नुहोला तेती धेरै प्रयोग गरेको पाइदैन थियो तर बिगत केहि वर्ष यता जब देशमा पस्चिमिकरण को तिब्र प्रभाब पर्दै जान थाल्यो तब देखि नै यी दुइ अंग्रेजी शब्द हरु अधिकतम रुप मा प्रयोग हुन थालेको हो. यो एक किसिमले राम्रो कुरा पनि हो . तर हाम्रा नेता महोदय हरु ले यसको गलत इस्तेमाल गर्ने गरेको पाइन्छ . जानी जानी गल्ति गर्ने अनि माफ माग्ने प्रवृत्तिलाई कदापी ठिक मान्न सकिदैन . नेपालीमा एउटा भनाइ छ: नबिराउनु नडराउनु . यदि साच्चिकै मैले जानेर गल्ति गरेको हैन भन्ने आफ्नो भित्रि मन लाइ थाहा छ भने तेती बेलाको माफी मगाई र जानी जानी गल्ति गर्दाको माफी मगाई मा आकाश पाताल को फरक हुन्छ . तेसैले जानी जानी गल्ति गर्ने अनि अनुहार रातो बनाउदै माफी माग्नु भन्दा आफुले गरेको गल्ति लाइ स्विकार्दै सजायको भागीदार हुन म लाज पचेका नेता नामका नेपाल देश का कलङ्क हरुलाई सुझाब दिन चाहन्छु .
हाम्रोमा त माफी मागेको नाटक मात्र भएको छ र पो समस्या हो त !
माफीको नाम मा नौटंकीगर्नेलई के को माफी ?
अछएम्ये भनेको छ्यमा गर्न नमिल्ने गल्ति हो भनेर बुझिन्छ, हाम्रा पूर्व-सभासदहरुको गल्ति पनि अछएम्ये नै हो !
माफी माग्नुको अर्थ गल्ती स्विकार्नु नै हो | माफी मागेर मात्र के गर्नु यदी माफी दिनेले दिएन भने तेस्को कुनै अर्थ हुँदैन |
तर यी सभासद हरुको सन्दर्भमा भने माफी माग्ने मात्र होइन नैतिकता छ भने चार बर्षमा काम बिनाको जागिर खाएर जति कुम्ल्याएका थिए सबै फिर्ता गर्नुपर्छ अनि माफीमाग्नुको अर्थ हुन्छ |
यदि अन्जान मा गल्ति भयको हो भने माफी दिनु ठिक लाग्छ पछी पछी तेही गल्ति फेरी फेरी नदोहोरियोस भन्दै तर बारम्बार गल्ति हरु गरि रहने अनि माफी माग्न आयाभानेमा भने तेस्त हरुलाई चै ठेद्कामा हाल्न पर्छा. जस्तै हाम्रा ६०१ जना सभासद भनेको २ वर्ष मा संबिधान बनाउन सकेनन १ चोटी माफी दियर फेरी २ वर्ष को समय दियौ फेरी तेही गल्ति गर्दै जनाता को मान मर्यादा लै नै कुहयारा देश लै सोमालिया र सिक्किम बनाउन खोज्दै छन्.
कोहि मसंग गल्ति गर्यारा माफी माग्छ भन्या मा तेस्लाई माफी दिन्छु.
A man/woman, too much accustomed to begging apology even for a small mistake, says “sorry” in a reflective manner even when he/she, untentiaonally, bumped with a bull in Asan bazzar.
कसैको राम्रो चिजको खुलेर प्रसंशा गर्नु अनि पहिलो या सामान्य तरिकाबाट हुनसक्ने गल्तिको लागि सहज माफी दिनु नै वास्तविक सभ्य नागरिकको कर्तब्य हो.लापरवाहीको लागि या पटक पटक गरिने गल्तिको लागि माफी दिनु दण्डहिनता हुन जान्छ.खासमा मैले अनुभब गरेको कुरा के भने हामी नेपालीहरु जति सभ्य र संस्कारी मानिय पनि भूलचुक हुदा माफी माग्ने अनि सामान्य सहयोग प्राप्त हुदा धन्यबाद भन्ने प्रचलन तेती देखिदैन.अझ उपहार नै दिदा सम्म इच्च दांत देखाउने तर धन्यबाद भन्न नसक्ने बच्चाहरु देखेको छु.कक्षा ५ देखि ८ सम्म नैतिक शिक्षा अनिवार्य गरेर विभिन्न शिष्टचार र ब्यबहारिक कर्तब्यको शिक्षा हरेक बिधार्थीलाइ दिनु पर्छ भन्ने मलाई लाग्छ.पछिका देश दुनिया चलाउने तिनै हुन्.अहिलेका मरेका नेताहरुको त कुरो गरेर समय किन बर्बाद गर्नु.