Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसीमा आधाभन्दा बढी फेल

Posted on June 13, 2012June 14, 2012 by Salokya

एसएलसी रिजल्ट निराशाजनक आयो। पोहोरभन्दा झण्डै नौ प्रतिशत कम पास। ४७.१६ प्रतिशत मात्र पास अर्थात् आधाभन्दा बढी फेल। अझ फेल भएर पुनः परीक्षा दिनेहरु त ८६ प्रतिशत फेल भएका छन्। त्यत्रो लगानी छ शिक्षामा। हरे बिजोग ! शिक्षामा राज्यले कूल बजेटको १७ प्रतिशत खर्च गर्छ। गैरसरकारी क्षेत्रको समेत लगानी जोड्नुस् त वार्षिक ६९ अर्ब पुग्छ। त्यसको ८५ प्रतिशत विद्यालय शिक्षामा खर्च हुन्छ। भनेको ४ अर्ब। यसको नतिजा हेर्ने यही १० वर्षे विद्यालय शिक्षाको अन्तिम परीक्षा एसएलसी हो। तर हेर्नुस् त ५२.८४ प्रतिशत फेल ! तपाईँको विचारमा किन यसरी विद्यालय शिक्षा असफल हुँदैछ ?

रिजल्ट मार्कसहित हेर्न यहाँ क्लिक गर्नुस्
अरु साइटमा नखुलेको भए रिजल्टमात्र यहाँबाट पनि हेर्न सक्नुहुन्छ क्लिक गर्नुस्।

एसएलसीको रिजल्ट कसरी हेर्ने ?

हाम्रो पालामा एसएलसीको रिजल्ट हेर्न बिहान बिहानै गोरखापत्र संस्थानमा लाम लाग्न जानु पर्थ्यो। केही वर्षदेखि प्रविधिको प्रयोगले सजिलो भएको छ। तर रिजल्ट सार्वजनिक भयो भनेर समाचार आएको केही घण्टासम्म भने विद्यार्थीहरुले तनाव बेहोर्नुपर्ने हुन्छ। किनभने कुनै पनि आधिकारिक वेबसाइटमा त्यतिबेला रिजल्ट राखिएको हुँदैन। ३ रुपियाँदेखि ५ रुपियाँसम्म प्रिमियम चार्ज असुल्ने विभिन्न एसएमएस सेवाहरुले पनि सेवा खोज्नेहरुको भीड बढ्ने भएका कारण तत्काल जानकारी दिन सक्दैनन्। त्यसैले हतार नगरी केही समय पर्खनु उचित हुनेछ। विभिन्न मिडियाले एसएलसीको रिजल्ट सार्वजनिक भयो, यति यति पर्सेन्ट पास भन्दै ब्रेकिङ न्युज दिन थालेको केही घण्टासम्म गाह्रै हुनेछ। कुन कुन वेबसाइटमा हेर्न सकिन्छ त रिजल्ट ?

SLC Result 2068 हेर्न मुख्य दुई साइट छन्-

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट
http://slcresult.soce.gov.np/

नेपाल टेलिकमको वेबसाइट
http://slc.ntc.net.np/

तलका वेबसाइटमा पनि हुनेछ रिजल्ट तर यसमा कति छिटो राखिने हो, शंका छ।

शिक्षा विभागको वेबसाइट
http://doe.gov.np/

शिक्षा मन्त्रालयको वेबसाइट
http://moe.gov.np/

यी बाहेक अरु वेबसाइटमा रिजल्ट राख्‍न परीक्षा नियन्त्रण कार्यालयले अनुमति दिएको थाहा भएको छैन। पहिलेका वर्षमा केही निजी वेबसाइटहरुलाई अनुमति दिइएको भए पनि शायद गत वर्षदेखि हुनुपर्छ, निजीलाई अनुमति दिइएको छैन।

नतिजा ४ बजे परीक्षा समितिको बोर्ड बैठक बसेपछि सार्वजनिक गर्ने भनिएको छ। दुई वर्षअघि परीक्षा नियन्त्रण कार्यालय मै पुगेको अनुभवको आधारमा ५/६ बजे नभई रिजल्ट निस्कन्न। त्यसपछि त्यो रिजल्टको फाइल बोकेर वेबसाइटहरुमा राख्‍न डेढ घण्टादेखि दुई घण्टासम्म लाग्नसक्छ। भनेपछि ७/८ बजे नभई एसएलसी रिजल्ट आउने देखिन्न। त्यसमाथि धेरैले एकै पटक हेर्न खोज्दा साइटमा बढी लोड पनि पर्न सक्ने भएकोले केही समय विद्यार्थी भाइबहिनीहरुलाई दुःखै हुनसक्छ।

23 thoughts on “एसएलसीमा आधाभन्दा बढी फेल”

  1. Sujana says:
    June 16, 2012 at 6:33 pm

    नेता हरु भासन मात्र गर्ने, teacher हरु पनि राजनीतिक मा मात्र लाग्ने पढाई सधै गोलि मार अनी कहाँ बाट धेरै पास हुन्छा त, आहिले क बिद्यार्थी हरु त्यस्ती छ पढने बेला मा प्रेमिका साग, अनी जछा मा चिट पास हुन्छा त …….

    Reply
  2. Puraj says:
    June 15, 2012 at 3:22 am

    एस एल सी परिक्षाको रिजल्ट मेरोलागि झन्डै काल बन्यो, म सिर्फ १४ बर्षको थिएँ, सबै भन्दा कम उमेरको अनि कहिल्यै चिट नचोर्ने बिद्यार्थी. म संधै चौथा हुन्थें, अरु सबै ठुला² थिए, उनीहरु कक्षामा केहि जान्दैनथे तर परिक्षामा भने चिट चोरेर प्रथम देखि तेस्रो सम्म हुन्थे तर म कहिल्यै केहि भइन अनि सबै बिषय नचोरी पास गर्थें, नोट गर्दिनथें, दिमागमै नोट बस्थ्यो. कहिल्यै कसैको सार्ने बानि थिएन, गाइड र गेष पेपर कहिल्यै प्रयोग गरिन, सर हरु जहिले पनि छक्क पर्दै भन्थे यो मोरो जान्नेछ तर परिक्षामा नर्भस हुन्छ क्यारे र अरुले उछिन्छन. सरकारी स्कुलमा पढेको भएपनि मलाइ अंग्रेजी बिषय असाध्यै मन पर्थ्यो र म सबै भन्दा जान्ने बिद्यार्थी थिएँ. एस एल सी दिन हामीलाई टाढाको परिक्षा केन्द्रमा जानु पर्थ्यो, यो करिब १७ बर्ष अगाडिको कुराहो. तर परीक्षाको सिट प्लानिंग गर्दा धाँदली गरेर मेरो वरिपरी सबै भन्दा नजान्ने बिध्यार्थिहरु लाइ राखिदिए, उनीहरु मेरो सारेर पास होउन भनेर, सबैले यो जान्ने छ रे भन्थे. ४ जना अरु नचिनेका केटी साथिहरु त पुरै म संगै बस्न आए, पर्यबेक्षक हरु बोल्दैनथे. सबैले मेरो नक्कल गर्नको लागी कपि ताना- तान गरे – मलाइ लेख्न दिएनन, समयको अभाव भयो, सबै जानेको कुराहरु थिए तर मलाइ अरुले सारी नसकुन्जेल कपीको पाना पल्टाउँन दिएनन, गार्डहरु केहि गर्दैनथे, वार्निंग घन्टी बज्यो, हतार गर्न खोजें अन्तिम मा समय सकियो, म त्यो दिन खुब रोएको थिएँ एक्लै बसेर. पास मार्क सम्म त आउला भन्ने थियो तर १ नम्बर ले नपुगेर अंग्रेजी बिषयकै कारणले फेल भएछु. मेरो कक्षाका सबै भन्दा नजान्नेहरु पनि उत्तीर्ण भए म बाहेक. आफु असफल भएँ भनेको थाह पाएपछि मैले एक हप्ता खाना खाइन, मेरो लागि संसारै फरक जस्तो लाग्थ्यो, घाम पहेंलो देख्दथें. आमाबाट बाहेक अरु कसै बाट सहानुभूति पाइन्. छिमेकीहरु खुबै जान्नेछ भन्थे देखिहालियोनी भनेर खाइस दिन्थे. अनि अनेकौं पटक आत्महत्याको प्रयाश गरें तर सफल भइन. मलाइ मेरो अनुहार देखाउन मन लागेंन, मैले १ वर्ष सम्म कसैलाई पनि भेटिन र कसै संग बोलिन — सबैजना गाउँ छोडेर कलेज पढ्न शहर पसे, आफुभने चुपचाप गाइ-बाख्रा गोठालो गर्न जंगल जानुपर्थ्यो तर म प्राय हातमा किताब बोकेर जान्थें, दिनभरी पढ्थें. सहपाठीहरु संग त अहिले सम्म पनि भेट भएकोछैन. तर यो असफलता मेरो जीवनमा सबै भन्दा ठुलो प्रेरणाकोरुपमा परिणत भयो. म मा भएको इमान्दारिता र सृजनसिल क्षमताको उपयोग गर्दै मैले त्यो बाहेक कहिल्यै असफल र नराम्रो नतिजा भोग्नु परेंन. म सोच्थें जसरि भएपनि सबैभन्दा पहिले पी.यच. डी. गर्न सकौं त्यहि मात्रै मेरो चाहना थियो. संगैका क्लासमेटहरु स्नातक भन्दा माथि गएनन् तर मैले तिन वटा मास्टर्स बिशिस्ट श्रेणीमा र बिध्याबारिधि सर्बोत्तम (सुम्मा कुम लोड़े भनिन्छ ल्याटिन भाषामा) बाट पढाइको बिट मारें ३ वर्ष अगाडी. मलाइ आज उमेशजी को ब्लगमा आफ्नो कथा लेख्न मन लाग्यो किनभने आज एकजना गोसाइगाउँ नेपालगंज कि १५ बर्षीय नाबालक बैनी प्रतिक्ष्या शर्माले आत्महत्या गरेको खबर पढ्दा आफुलाई संझिएँ, भाव-बिब्ब्हल भएँ, उनि प्रति हार्दिक समबेदना प्रकट गरें, अनि अन्य म जस्तै असफल भएकाहरुलाइ पनि धर्यधारण गरेर अर्को बर्ष उत्तीर्ण गरि हालिन्छ, शुन्दर जीबन आवेगमा आएर अन्त नगरौं अनि अभिभावकहरुले पनि आफ्ना बच्चाहरु असफल भएभने सान्त्वना, साथ् र उनीहरुलाई केहि हप्ता सम्म एक्लै हुन नदेऔ! उत्तर पुस्तिका जांचकिहरुले अतिनै साबधानी र खुबी प्रयोग गरौँ र कसैले उनीहरुको बेवास्ता बाट अमुल्य जीवन त्याग गर्नु नपरोस.

    Reply
    1. Madhavi says:
      June 16, 2012 at 12:41 am

      सुन्दा राम्रो लग्यो Puraj जी hope यो कुरा फेल भाको student ले पनि पढून हलिकती हौसला बढ्छ .

      Reply
  3. sujit says:
    June 14, 2012 at 6:07 pm

    जहाँ सम्म मलाई याद छ २०५७ को slc ma 36% को हाराहारी मा पास भए को थियो. so this is the better result than used to be. and let’s suppose 100% pass. Can our country cope up with the result? 100% pass means after 5-7 years 100% lai job, if no job then frustration. yestai yestai . तर मा negative मान्छे होइन है . Congrat to those who passed out and best of luck to the students those who going for resitting.

    Reply
  4. Bhawanee Tiwari Thebe says:
    June 14, 2012 at 4:07 pm

    यो Result राम्रो नै मान्नु पर्छ मेरो बिचारमा / बर्षको कति दिन नै खुल्ला भएको थियो र बिध्यालयहरु / बिध्यार्थीहरु कति थरिका मानशिक तनाव बाट गुज्रिनु परेको थियो / राजनैतिक घटना क्रमले गर्दा ज्यान को जोखिम सम्म पनि मोल्नु पर्थ्यो बिध्यार्थीहरुले / एक राजनैतिक पार्टी बिध्यालय बन्द गर्ने हुन्थ्यो भने अर्को पक्ष्य खुल्ला गर्ने / यस्तो होडबाजीमा बिचरा बिध्यर्थिहरु मारमा पर्थे /
    मुलुक को अराजक स्थिति पनि उत्तिकै जिम्मेवार छ यस्तो परिणाम निक्लनुमा / शिक्षा क्षेत्र नै यस्तो क्षेत्र हो जहाँ ज्यादा राजनीति हुने गर्छ हाम्रो नेपालमा / कहिले शिक्षकहरु स्वयम् आन्दोलनमा उत्रिन्छन पठन पाठन बन्द गरेर / यस्तो हालतमा कसरि राम्रो परिणामको आस गर्नु हामीले ?
    यो मेरो नितान्त व्यक्तिगत धारणा हो /

    Reply
  5. प्रविण कुमार says:
    June 14, 2012 at 3:22 pm

    जस्ले जे भनेपनि आजकलको जमानमा ईन्टरनेट र एस एम एस को कारणले रिजल्ट तुरुन्त थाहा पाउन सकिने भए पनि मेरो पालामा चाही परीक्षाको अन्तिम दिनमानै रिजल्ट थाहा थियो । फेल भईयो भनेर ……………. लेखेको भएपो पास हुनु ।

    Reply
  6. शंकर says:
    June 14, 2012 at 3:12 pm

    “एसएलसीमा आधाभन्दा बढी फेल” माथीको यो शिर्षक पढ्दा ज्यादै दु:ख लाग्यो, हामीले त १६ वटा किताब पढेर exam दिएको ८ वटा किताब मात्र पढेर ४७.१६ प्रतिशत मात्र पास अर्थात् आधाभन्दा बढी फेल। भाई बहिनि हारुलाई फेसबुकले बिगारे जस्तो छ या प्रेम भन्ने रोग लाग्यो बुझ्न गारो छ

    Reply
  7. punya hawaii says:
    June 14, 2012 at 1:32 pm

    आफु पार्टीको झण्डा र नेताको झोला बोकेर खेताला खटाउने शिक्षक, त्यस्ता शिक्षकहरुबाट भाग खाएर थाहा नपाएझै गर्ने सरकारी निकाय, पढ्न भन्दा चिट बनाउन मिहिनेत गर्ने बिद्यार्थि अनि नेपाली बर्णमालामा कति अक्षर हुन्छन भन्ने थाहा नहुनेले पनि सोर्सको भरमा जागिर पड्काएको देखेर एनिहाउ आझ्ना छोरा छोरीको प्रमाण पत्र बनाउ भन्ने मानसिकता बनाएर चिट चोराउन उद्यत अभिभावक भएको हाम्रो देशमा यो भन्दा राम्रो नतिजा खोज्नु सायद चर्का घामको राप चूसेर प्यास मेटाउन खोज्नु जस्तै होला।

    Reply
  8. Sudip Sharma says:
    June 14, 2012 at 11:09 am

    टन्न Facebook चलायो, केटा/केटि पट्यायो, मोज गर्यो.. ५ कक्ष्या माथिका विद्यार्थी मोबाइल बोक्ने, मोबाइलमा इन्टरनेट, बिग्रिन लाइ कम सजिलो भाको छ अहिले? बाउ आमा ले थाहा पनि नपाउने, SLC को नतिजा आउदा बल्लो पत्तो पाउछन !!

    SLC नदिए सम्म मोबाइल किनिदिनु हुदैन छोरा छोरी लाइ..इन्टरनेट चलाउने हैसियत भएका हरुले पनि कम्प्युटर मा Parental Control राखेर अस्लिल सामग्री र Facebook को पहुच बाट टाढै राख्नु पर्छ | हैन भने यो फेल हुनेको संख्या आउदा बर्षमा अझै बढ्न सक्छ..||

    Reply
  9. chakrag gurung says:
    June 14, 2012 at 10:15 am

    बरु थोरै पास होस्, तर गुणस्तरको बिद्यार्थी होस् , धेरै जना कम्जोर लाई पास गराउनु भन्दा यहि नै राम्रो , एसएलसी को रिजल्टलाई भन्दा गुणस्तरलाई ध्यान दिनु पर्छ .

    Reply
  10. Dhan says:
    June 14, 2012 at 9:33 am

    हिजो एकछिन slc दिएकी वर्ष गनेको त १५-१६ वर्ष पो भै सकेछ अनि सोचे मैले slc दिदा जन्मेका ाकेटा केटि हरु अहिले slc दिने भै सकेचन र लाग्यो अब चै sachai बुढेसकालले छोएछ/ उफ !! समय पनि कति चाडै बित्दो रैछ!!!

    Reply
    1. Kamala says:
      June 14, 2012 at 10:47 pm

      चिन्ता नलिनु मित्र, मैले नि तेस्तै गनेर बसेको त मेरो पछिको यो चौबिसौ रिजल्ट रैछ!

      Reply
  11. shailendra dhakal says:
    June 14, 2012 at 4:34 am

    आफु फेल भाको याद आयो ब्रो,टेन्सन भाथियो त्यो बेला .नेपाली बिसय लागेको थाहा पाउदा बाउको झापड पनि खाइयो . हिहिही

    Reply
  12. रोशन बाबु says:
    June 14, 2012 at 2:59 am

    ५०% भन्दा बढी बिद्यार्थी अनुतिर्ण, कारण ?????

    उतिर्ण हुने सम्पूर्ण भाई- बहिनीहरु लाई हार्दिक बधाई तथा आउने दिनको शुभकामना र उतिर्ण हुन सफल नहुने भाई बहिनीहरुलाई, अर्को पटकको लागि अग्रिम शुभकामना, हरेस खानु हुन्न !!

    Once Bill Gates said in one of the annual functions of The Bill and Melinda Gates Foundation, ” During my college I failed in some of my Exams but my Friend passed the all. Now he worked as an Engineer in Microsoft, which I own. ”

    So we have to take each and every incidents happening to us as a lesson in our Life and have to learn something from them. A person who never fails, never learns. Till the last Gasp, do not lose Hope because Hope is the only Rope to Success. 🙂

    Reply
    1. pramesh says:
      June 15, 2012 at 7:51 am

      अरु सबै कुरा ठिकै भनेपनि “A person who never fails, never learns.” भनेको चाही अलि मिलेन| केहि सिक्नलाई फेल हुनैपर्छ भन्ने पनि छैन|

      Reply
  13. Ramesh Neupane says:
    June 13, 2012 at 11:19 pm

    SLC ko result ta 2068 ko aaya jasto lagchha, tara 2 government website says SLC Result 2069 re..

    As per

    शिक्षा विभागको वेबसाइट
    http://doe.gov.np/

    शिक्षा मन्त्रालयको वेबसाइट
    http://moe.gov.np/

    Its confusing, SOCE says 2068, NTC says 2068 and DOE and MOE says 2069..

    Reply
  14. हिमाल says:
    June 13, 2012 at 10:03 pm

    हाम्रो पाला मा त फ़ैल भयो भनी भक्कू मार कुटाई खाय पछि ३ दिन पछि भूल सुधार मा पास भयको थ्यो, तै हो बल्ल बल्ल २/३ दिन पछि थाहा हुन्थ्यो

    Reply
  15. नवराज, ताइवान says:
    June 13, 2012 at 9:26 pm

    उमेश जी आजको फेसबुक बाट सामाजिक कार्यको लागि धेरै धेरै धन्यवाद है, मेरो मा website हरु नखुलेर टेन्सन भाको थियो, तपाई बाट भाईको रिजल्ट थाहा भो, गजब भो | उसले पनि distinction नै ल्याएछ, उसैको नाममा आज विदेशमै भए नि celebration हुदै छ | 🙂

    Reply
  16. Rupak khadka says:
    June 13, 2012 at 8:32 pm

    यो लिंक मा हेर्नुस रेसुल्ट…. https://www.dropbox.com/s/u8q1qqw831fmax3/regular%202068.pdf

    Reply
  17. Damodar Dhungel says:
    June 13, 2012 at 5:53 pm

    तपाईको पालामा एसएलसीको रिजल्ट हेर्न बिहान बिहानै गोरखापत्र संस्थानमा लाम लाग्न जानु पर्ने रहेछ हाम्रो पाला मा त रात्री बस ले अर्को दिन लिएर औथियो अनि गोरखापत्र त किन्ने कुरा भएन रिजल्ट हेरेको पास कि फेलको रु५ दिनु पर्थियो पत्रिका पसले ले हेरेर भनि दिन्थियो त्यसको लागि पनि लाम मा बसेर कुर्नु पर्थियो . अरु साथी हरुले कसरि रिजल्ट हेर्नु भएको थियो लेख्नु होला है.

    Reply
  18. Nikit says:
    June 13, 2012 at 5:46 pm

    SLC दिएका प्यारा भाई-बहिन हरु – फेल भैयो भनेर
    आत्महत्या नगर्नु है- हाम्रा भूपू सभासद
    काका काकी लाइ हेरेर चित्त बुझाउनु ल~~~

    Reply
  19. सार्थक says:
    June 13, 2012 at 5:18 pm

    हाम्रा पालामा त काठमाडौंबाट ७-१० दिनमा बल्ल बल्ल त्यो पनि सयौं जनाले ओल्टाइ पल्टाइ हेर्दा हेर्दा च्यात्लाभुत्ला हुन आटेको गोरखपत्र आए पछि मात्रै हेर्न पाइन्थ्यो रिजल्ट । मार्कसिट त ३-४ हप्ता पछि मात्रै बल्ल बल्ल हेर्न पाइन्थ्यो । अहिले त १ क्लिकमा हत्केलामा नतिजा । वाह टेक्नोलोजी माता तिमीलाई मान्नै पर्छ ।

    टेक्नोलोजी माताकी जय !!!
    टेक्नोलोजी माताकी जय !!!
    टेक्नोलोजी माताकी जय !!!

    Reply
  20. बिषम नेपाली says:
    June 13, 2012 at 4:28 pm

    मेरो पालामा ३ दिन लागेकोथियो रिजल्ट थाहा पाउन । म काठमाण्डौ देखि करिब ४०० किलोमिटर टाढाको गाउमा थिए । ईन्टरनेट, मोबाईल त के एउटा टेलिफोनलाईन पनि मेरो गाउँमा थिएन । एकजना साथिले सहरबाट गोरखापत्र लिएर गएपछि मैले आफैले गोरखापत्र हेरेको थिए । त्यो आजभन्दा करिव २३ बर्ष अगाडिको कुराहो । त्यो ३ दिनको छटपटिलाई शब्दमा ब्यक्त गर्न सकिदैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme