राजनीतिको कुराले तपाईँलाई दिक्क लागिरहेको होला। अब केही समय यथास्थिति रहिरहनेछ। कुरा न अघि जानेछ, न पछाडि फर्कनेछ। अझै केही समय दलहरुबीच दोष एकअर्कालाई लगाउने क्रम चली नै रहनेछ।
त्यही भएर आउनुस् अलि फरक खालका विषयमा ब्लग मोडौँ। नजिकैको फोटो हेर्नुस्, यो केको फोटो हो अनुमान लगाउन सक्नुहुन्छ ? ज्वालामुखी पहाड जस्तो देखिन्छ, कालो गहिरो प्वालको वरपरका दृश्य बालुवा जस्तो पनि देखिन्छ। आखिर के हो त यो ? जवाफ भित्र छ।
यो वास्तवमा आँखा हो। मान्छेको आँखा। आर्मेनियाका फोटोग्राफर Suren Manvelyan मान्छेको आँखालाई नजिकबाट खिचेका हुन् यी फोटो। यो संसार हेर्ने काम आँखाले नै गर्छ। तर हाम्रो आँखालाई यति नजिकबाट हेर्न हाम्रै आँखा सक्षम हुन्न। यो त माइक्रो लेन्सको कमाल हो। माइक्रो लेन्सले हाम्रो आँखाका स-साना कुरालाई समेत यसरी नजिकैबाट प्रष्ट पारेको हो।
गाजलु ती ठूला-ठूला आँखा, तीर बनी पसे यो दिलैमा……आँखाको सौन्दर्य बारे कविहरुले हजारौँ कविता लेखेका छन्। कयौँ गीत बनेका छन्। तर उनीहरुले यति नजिकबाट आँखालाई देखेका भने छैनन् होला। यति नजिकबाट देखे भने आँखाको बारेमा अर्कै कविता पो बन्ने हो कि !
संसार हेर्छ आँखाले। अब यसैको मद्धतले नजिकबाट यसैको बनोटलाई हेरौँ न त,गज्जब छैन? तपाईँका सुन्दर आँखा शीर्षकमा उनले खिचेका यी फोटोहरु झण्डै २९ लाख पटक हेरिसकिएका छन्। सुरेनका थप फोटोहरु यहाँ क्लिक गरी हेर्न सकिन्छ।
कास, मान्छेको मनको तस्बिर पनि यसरी नै खिच्न सकिने भए त संसारमा कसैले कहिँ कतै कोहि संग पनि धोका खाइरहनु पर्ने थिएन. झन् प्रेममा यो लागु भो भने त कसैको पनि ब्याक पेपर नै लाग्ने थिएन. कसो???????????
कस्तो अचम्मको आखा मैले त तुम्बे जोला को मुख जस्तो देखेको त्यो पावल त ?
देख्दा चरा को गुण जस्तो देखिन्छ सच्चाई हाम्रो आखा तेस्तो हुदो रहेछ धन्यवाद आफ्नै आखाले आफ्नै आखा देखियो
The transparent structures in the human eye are Conjunctiva, Cornea, Anterior Chamber (Aqueous humor transparent), Pupil (round circular hole in the center of the Iris), Posterior Chamber (Aqueous humor present), Human crystalline lens (in normal population), Vitreous cavity (Vitreous again transparent) and finally retina itself is transparent. Who ever have commented for these photographs, have done well. The fact of the matter is you can take these photographs and I have taken these photographs in Nepal only (BPKLCOS, IOM, TEACHING HOSPITAL, KATHMANDU), It looks beautiful and a trained photographer can take it easily, but a bit of knowledge in Ophthalmology adds up. Finally, would like to say Devendra Sharma is known to us, and we have teach him to talk like this in Eye, so no surprise, Roshan babu make your Ophthalmic knowledge better, surely you are better than a photographer for medical prospects (due respect to photographers)!!! cheers!!!!
कस्तो अचम्म !आफ्नै आखाले पनि आखा नचिन्नु !!!!
यति रसिलो आँखा त मरुभूमि जस्तो सुक्खा पो देखिदो रहेछ ! संसार देख्ने आँखा संसार भन्दा पनि रहस्यात्मक हुँदो रहेछ !!
भित्रि भन्दा त बाहिरी आँखा नै राम्रो ….:)
रोशन बाबु : – Mr Roshan babu FYI Sclera is not a transparent part of Eye but Sclera is a strong part of eye.FYI also I am not a student now I am an Ophthalmic Photographer in University of Texas(Texas Medical Center). I do the same photography here in Medical center.you are right Pupil is a hole of Iris but it leads the light not to the lens but to the Retina through lens.The normal size of pupil in 2.5mm-3.00mm but pupil has a amazing power which could be 9.00mm after dilation.
FYI In the above picture, the photographer shows the different structure and model of Iris Pattern, which associated to body Melanoma.
रोशन बाबु Please if you have any question I am ready to answer.
one more time Sclera is not a transparent part of eye but it is a strong part of eye which called protected part of eye.
The transparent part of Eye as listed fallows :-
1) Cornea
2) Lens
3) Vitreous Gel
4) Retina
Aqueous Humor also known as a transparent media.
Thank you
ahhh !! at first I’m sorry for my Mistake and secondly thought you’re Student in BPKIHS. OK, now you are in Texas Medical Center as a ophthalmic Photographer. Good for you. (Y)
Being a medical student I was always concerned about Human Body. esp. sense Organ and of course Nervous System. I’ll be more than thankful if I could get some answers to my Question from you.
1) There is different sorts contraction and dilation of Pupil when the light of same Intensity but of different colors enters into Eye, but why ?
2) This question has bothered me like all the time .
I know about the normal visualization Process. But how can our brain visualize the Dream during the Sleep ??
I am really thankful for you correction Mr. Devendra Sharma. Appreciated. !!
ओहो नि कस्तो है यो हाम्रो आखा
आँखाले नै आँखामा छारो हाल्यो ..हे हे हे
लाखे है ! आज चाही छुट्टै मज्जा आयो ब्लग हेर्दा 🙂 सधै राजनीति , सधै त्यही नेता हेर्दा – हेर्दा दिक्क लागि रहेको थियो.
हाहा म त अचेल ठाउँ ठाउँमा fly over बनाउनको लागि soil test गर्नको लागि खनेको प्वालको फोटो होला जस्तो लागेको थियो, सुरुमा त मेलम्चीको सुरुंगपो हो कि जस्तो पनि लागेको थियो. एक दम राम्रो फोटोहरु. धन्यबाद हाम्रो आँखाले आँखा हेर्न दिनुभएको मा.
यो आँखा को एक भाग हो जसको नाम को IRIS र बिचको कालो भाग पुपिल हो……..
Medical Student huh ??? BPKIHS great !! and FYI the transparent part of the Eye is Sclera. Pupil is not that kind of part… its a hole in Iris, which leads the light to the Lens of Eye. The width of it’s opening is defined by the Intensity of light and done by Iris. 🙂
roshan babu, FYI tht transparent part is called cornea not sclera.. sclera is the white one and its nt transparent..clear?
ach !!! my bad. 🙂 Thank you Suresh Ji and all Friends for this correction. Appreciated. 🙂
रोशन जी FYI the transparent part is not sclera , it is cornea
हा हा हा काजु कान्छा transparent part of eye is sclera रे …हसौछा यार…. transparent part is cornea मित्र …यो ८ क्लास को बिधार्थीले पनि भन्न सक्छ… गएर बिज्ञान को किताब फेरी पल्टाउ….
तिमि नहुँदा मेरो जिन्दगानी, आँखा जस्तै ‘नानी’ विनाको! नानी त यस्तो पो हुँदो रहेछ!
यो त एकदम राम्रो यो दृश्य हेर्न सकियो
मान्छेको बाहिरको भाग नै यस्तो होला भन्ने कल्पना पनि गर्न सकिएको थियन
घन्यबाद छ यो तस्बिर खिचेर अनलोड गर्नेलाई
my संसारमा येस्तई रोचक सामग्री पनि बेलाबेलामा पस्किरहोस .
हे हे राम्रो भित्र नराम्रो हुन६ भनेको यहि हो .
केटा ले केटि को गाजलु आखा मात्र ढेखेको हुन६
त्यहाँ भित्र को कालो त क थाहा …. कोहि केटि को मन भित्र त त्यस्तै कालो हुन६ भन्ने कुरा ….
आखाको बनावट केटा र केटीको उस्तै हुन्छन / येस्मा केटीको आखाको मात्र किन कमेन्ट गर्नु हुन्छ ?
अदभुत तस्बिरहरु | धन्यवाद |
मेरो आखाले त छेउला बोक्ने जाल पो देख्यो
गजब छ बा सृजनाको संसार. हाम्रो हरेक अंग अचम्म कै छन् तेस्मा आँखा पनि एक हो .
Thanks for this, never have seen it before.
नौलो कुरा देखाई दिनु भयो | आश्चर्य लाग्यो | धन्यवाद !
In photography there is a reality so subtle that it becomes more real than reality. Photography must be treated as a work of great complexity in which you can find drama. Add to that a careful composition of landscapes, live photography, the right music and interviews with people, and it becomes a style.
अब फोटोग्राफीलाई पनि यो ब्लग मा स्थान दिनु पर्छ सालोक्यजी, 🙂
नत्र फेरी हामी त आन्दोलन गर्छौं नि 😛 नेपाली न पर्यौं 😀 😀 JK
सचि कति अनौठो अनि डर लाग्दो पनि छ है ???????????????????????????
भगवान को रचना | कति सुन्दर आँखा दिएका छन् मानिसलाई !
भगवान ले मान्छे लाइ यी दुइ आँखा बाहिरी संसार लाइ हेर्न दियका छन् भने अर्को, एक तेस्रो आँखा जसले भगवान र भित्रि संसारलाई हेर्न सक्छ, पनि दिएका छन्|
धन्यवाद सालोक्य जी यो फोटो को लागि |
हेर्दा कता कता सर्प बेरिएर बसेजस्तो पनि देखिने ! आँखा हो भनेर नपढ़िन्जेल जिउ नै जिरिंग हुनेगरी मलाई त डरै लागेर आयो यार !
तेसैले आँखालाई सागर सागर भनेको होला
बिचित्रै हुँदो रहेछ लौ यो आँखा त ,
nice anatomy of human eyes.Thanks for your effort.
सुन्दर संसार हेर्ने यी हाम्रा सुन्दर आँखा यस्तो अनौठो र डरलाग्दो हुदो रहेछ भन्ने त कल्पना मा पनि सोचेको थिइन / धन्यबाद सालोक्य जी तपाइँ लाइ र विशेष धन्यबाद फोटोग्राफर Suren Manvelyan जी लाइ /
ए ! म त black hole भन्ठानेको
धेरै राम्रो फोटोग्राफी. धेरै सुन्दर छ प्रकृति को सृस्टी
साची नै कस्तो अचम्म ! नजिक बाट हेर्दा त !!
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
आखिर कालो र सेतो छुट्याउने आँखा यिनै हुन्। बुझ पचाएर नछुट्याउनु अर्को कुरा हो।
कस्तो अचम्म देखिदो रहेछ ,साचै विचित्रकै छ हाम्रो सरिरिक बनावट l
हप्तामा एकदिन फोटोग्राफी ब्लग पनि लेख्नु पर्ला अब सालोक्य जी ! राजनीति मात्र कति पदने!!