सूचना नदिई छापा मार्न आएको भन्दै ट्याक्स अफिसको गाडी जलाउने व्यापारी, छिसिक्क केही हुन पा’ छैन चक्काजाम गर्दै तोडफोडमा उत्रिहाल्ने विद्यार्थी अनि नेताको पछिपछि लाग्दै नारा जुलुस गर्ने हजारौँको भीडका फोटोमात्र मिडियामा देखेर नेपाल खत्तम भो, ह्याँ ठगी खानेहरु मात्र छन् भनेर सोच्नुभएको भए यो फोटो। ज्यानको माया त यिनलाई पनि लाग्दो हो नि। तर गरी खान त पर्यो नै। मेहनतको कमाइ पो त!
काठमाडौँको सुन्धारा. केन्द्रीय कारागारनजिकै बन्दै गरेको सिभिल ट्रेड सेन्टरको भवनमा यी कामदार जोखिम मोलेर रङ्ग लगाउँदै छन्।
अग्ला भवनहरुमा काम गर्ने कामदारहरुको जीवन सँधै जोखिममा नै हुन्छ। अत्याधुनिक प्रविधिको प्रयोग हुने विदेशमा समेत। अमेरिकाको म्यानहाटन सहरमा भवन निर्माणको क्रम चुलिएको वर्ष सन् २००८ को पहिलो चार महिनामा मात्रै यस्ता अग्ला भवनमा काम गर्दैगर्दा १० जनाको ज्यान गएको थियो। क्यानाडामा त वर्षमा करिब ६० हजार जना यस्तो भवनमा काम गर्दा खसेर घाइते हुँदा रहेछन्। काठमाडौँमा पनि अहिले गगनचुम्बी भवनहरु बन्ने क्रम बढ्दो छ। यस्ता ठाउँमा भएका दुर्घटनाको तथ्याङ्क भने पाइँदैन।
निर्माण क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक नै दैनिक ५ सय रुपैयाँ हो। दक्ष कामदारले त दैनिक २ हजार रुपियाँसम्म पनि पाउन थालेका छन्।
तपाईँले माथिको फोटोमा याद गर्नुभएको होला रङ्ग लगाउने यी कामदार तीन वटा डोरीमा बाँधिएका छन्। पहिलो डोरी माथि छतदेखि तल भूँइसम्म छ। दोस्रो छतबाटै आएको डोरी उसको कम्मरमा बाँधिएको छ। अर्को एउटा डोरी भने नजिकैको बरण्डामा एक जनाले समातिरहेका छन्।
तपाईँहरु मध्ये कोही विदेशमा यस्तै कन्स्ट्रक्सन कम्पनीमा वा त्यसको सेफ्टी डिपार्टमेन्टमा काम गर्नुहुन्छ वा नजिक हुनुहुन्छ भने कृपया आफ्नो एक्सपर्ट विचार दिनुहोला- नेपाली कामदारले यो फोटोमा देखाए जसरी गर्दै गरेको काम सुरक्षित हो ? विदेशमा र यहाँ यस्तै काममा के फरक छ ? विदेशतिर यस्तै अग्ला भवनमा काम गरिरहनुभएको देखेको भए पनि आफ्नो विचार तल कमेन्टमा राख्नुहोला।
यो सुराक्क्षित्त छैन. जब प्लास्टर गरिन्छ साथमा स्काफोलदिंग हुन्छा तेही बेला गर्नु पर्छ
सरासर गलत/ प्लास्टर राम्रो संग नसुकी कुनै हालतमा पनि रंग लगाउनु हुँदैन/ नत्र छिटै नै रंग तातेपाते देखिन थाल्छ/ प्लास्टर राम्रो संग सुक्न कम्तिमा पनि एक महिना लाग्छ/
म्यानलिप्ट नै सहि बिकल्प हो ।
This guy is safe enough as long as he is using right PPE (personal protective equipment)for the job he is doing. Looking at the picture alone we can not say about if he is doing so. it seems like he does not have a safety hat.
यस्तो अग्लो ठाउमा काम गर्नु पर्दा चेर्री पिक्कर (एक प्रकारको गाडी जसको टुप्पोमा कामदारलाई राख्ने सानो ठाउँ हुन्छ र तल माथि सजिलरी लान र ल्याउन सकिन्छ ) प्रयोग गरिएको देखिन्छ आयरल्याण्डमा . हाम्रो नेपालमा पनि यस्तै प्रकारको सुरछित साधनहरुको प्रयोग गरिनु पर्दछ.
”खाने मुख लाइ जुगा ले छेक्दैन ,गरिखानेलाई उचाइले होचो बनाउदैंन ”
रंग लागौनी मान्छे खस्यो भने त्यो अर्को डोरी समौनी मान्छे पनि संगै खस्छ.कस्तो सेफ्टी हो त्यो?
Employer and employees both should be aware about safety and its majors.Government should be issued the rules on safety which should be followed strictly by both employees and employers.if regulatory body found the mistake from social partner, they should be panalized.
some safety majors should follow as per below:
1. Awareness program should be conduct Nation wise.
2. Media and media people should be utilize for awareness.
3. There should be strong action for safety major avoidors.
माई संसारका पाठक हरु यस्ता काम गर्ने बर्गमा पर्दैन, जो यस्तो काम गर्छ त्यो माई संसारका पाठक हरु बन्दैन तेसैले यो भनेको काम नगर्ने गफ मात्र गर्नेहरु माई संसार का नेताहरुलाई गफ गर्ने विषयमात्र हो.
यँहा कमेन्ट गर्ने हरु धेरैलाई अग्लो भवन मा काम गरेको अनुभव छैन जस्तो छ . यो मान्छे fully safe छ , extra safe छ किनकि विदेश मा त्यो दुइटा डोरी बाहेक केहि हुँदैन ,अर्को मान्छे ले डोरी समातेर बसेको हुँदैन .
दुइटा कमजोरी छ तर ”
हेल्मेट छैन .
शरीर धान्न (body of mass \gravity ) दुई खुट्टा मुनि यौटा डोरी अथवा फिता हुनु पर्छा होइन वने रक्त नाली लै असर पर्न गइ हातखुट्टा (limbs ) र चाक (buttock ) मा रगत flow बन्द हुन सक्छा . कुनै कुनै बेला दिमाग मा रगत पनि रोकिन सक्छा सो कामदार बेहोश (unconsious ) हुन सक्छ .
सुमन, engineer , अमेरिका
यो तरिका एक दमै अशुरक्षित् हो , र सेफ्टी को प्रयोग भा छैन ! खुटामा सेफ्टी बूट हातमा ग्लोव हेल्मेट जस्ता साधारण भन्दा साधारण सेफ्टी का समान बिना नै काम गरेको देख्दा नेपालमा सेफ्टी को बारेमा कोनाइ ज्ञान नै छैन जस्तो लगेउ ! यो त सरकारले काम लगाउने कम्पनि हरु लाइ कडा भन्दा कडा नियम बनाइ लेबर को पक्क्षम लागु हुनु पर्छ ! मेरो आफ्नो अनुभब पनि क्ष यस्तो हाइट मा काम गर्दा प्राय जसो गोंन्दाला को प्रयोग गर्नु पर्क्ष यो त सिंगल लाइन रुफ ले त मौन रक छाड्ने हो !
भगवानको कृपा सधै पावस | बिदेसमा धेरै देखे जोखिम काम हो |तर नेपालमा देखेको छैन | ज्यानको जोखिम अनुसारको बिमा ज्यान जोगाउने औजार सब ब्यबस्था हुनु पर्छ| काम अनुसारको दाम पनि हुनु पर्छ |
बिदेसमा मेनत गरे जस्तो नेपालमा गरे र गर्न पाए त् नेपाल त् स्वर्ग हो | यो मेहेनत नेताहरुले बुझ्नु पर्ने हो |
– अमेरिकामा त काम भन्दा बढ्ता त सुरक्षा कै तामझाम बढ्ता हुन्छ !
“एकजना बाटो खन्दै हुन्छ, २ जना stop sign बोकेर बसेको हुन्छ; अनि अर्को २ जना रातो झण्डा समातेर बसेको हुन्छ, त्यो बोर्ड र झण्डा समात्नेले घन्टाको ४५ डलर खान्छ रे भन्ने सुनेको !!”
– यस्तो रंग लगाउने त झोलुन्गो जस्तोमा बसेर अनेक अनेक लगाएर राजकीय ठाँट संग काम गरेको हुन्छ नि !!!!
त्यो अमेरिका का केहि प्रान्त मा ओभर टाईम काम गर्दा $४५ प्रति घण्टा खान पनि सक्छ अनि तेही अमेरिकाको केहि प्रान्तमा इलिगल मजदूरले $७-८ पनि पाउदैन, मेक्सिको बोर्डर तिर टेक्सास को चर्को घाम मा काम गर्ने मजदूरले तेस्तै १२-१३ पाउने हो.
सेफ्टी त यहाँ कुनै तिर बाटनि देखिएको छैन . बिदेशमा येस्ता कामको लागि नेपाली नै चुनिएको हुन्छन ताकी केहि भै हाल्यो भनेनी तेस्को पूर्ति धेरै गर्न नि नपरोश तर एक कुरा संसारका ब्यापारी होस् या जो सुकै होस् उनिहरु लाइ थाहा छ कि नेपालीहरु बहादुर इमान्दार र लिडर हुन्छन चाहे त्यो नेपाल मा एस्तो न भएनी बिदेशमा हुन्छन .
भने पछी माईसंसार को पाठक हरु कोहि पनि येसरी काम गर्ने बर्गका रहेनछन किनकि धेरै नेपाली दाजुभाईले विदेशमा यस्तो प्रकारको काम गर्नुहुन्छ तर कसैले पनि आफ्नै अनुभव सुनाउनुभएन ..जति प्रतिक्रिया देखिए ति सबैमा भुक्तभोगी कोहि पनि होइनन …
यो काम गराई secure छैन . कमसेकम ४ वटा basic PPE ( Safety हेल्मेट . Safety सुज ,Hand gloves , र Safety ग्लास ) लगाउनु पर्छ . १.८ मिटर भन्दा बडी उचाई भए Safety Harnness बेल्ट अनिबार्य हुनुपर्छ (१००% tie off ) . worker ले पनि safety training लिनु जरुरि छ – २ घण्टा को भए पनि , TUV certified sacaffolder ले fix गरेको scaffolding वा elevated work plateform वा crane को प्रयोग गरेर high rise building मा यस्तो काम गरेको देखियो. Safety procedure bypass गर्न खोज्ने worker र कम्पनी लाई warning , पेनाल्टी, kickout र blacklist गरेको देखियो. Comment by : Bibek Dahal , Rabigh PP2 प्रोजेक्ट . Redsea , साउदी अरब
माथिको तस्बिर अनुसार कामदार एकदम जोखिममा काम गरि रहेका छ। जसको सेफ्टीको बारेमा रोजगार दाताले कुनै ध्यान नै दियेको देखिन्न।
मैले खाडीमा देखे अनुसार् येस्तो कामको लागि झोलुङगो ( cage) जस्तै आकारको उपकरण प्रयोग गरिन्छ जहाँ १ जना भन्दा धेरै कामदारले एकै समयमा येस्तो काम गर्न सक्छ। जहाँ ठुलो आकारको डोरी मोटर को सहयोगमा कामदार आफैले तल माथी गर्न सकिन्छ।
cage or boom lift is very expensive so many still do without boom for painting.
Either in Nepal or in other developed countries, people need to perform different kinds of high risk jobs. The main difference is in developed countries not only high risk jobs but also low risk jobs are performed under high supervision (safety supervisor), high tech. equipments and Personal Protectative Equipments(PPE) are mandatory because an small accident can cost a lot to project some time even it will delay or stop the project.
ज्यान को जोखिम मोलेर माथि को तस्बिर को जस्तै गरि खाने दाइ हरुले बिल्डिंग बनाउछा, पेंटिंग गर्छा, अनि अर्काको रगत पसिना चुस्ने र ठगि खाने मालिक्साब/भाईसाब हरुले अब यो बिल्डिंग मा बडेमान को भुँडी पल्टाएर मस्ती गर्छा!
Without proper safety equipment do work at construction job not safe. Working at tall building should be use gondela machine , safety harness, life rope, hand gloves,etc but this man……
मैले देखेको त यहाँ सेफ्टी हेल्मेट लाउनु पर्छ ,सेफ्टी सुज अनि हात मा ग्लोव कम्मर मा सेफ्टी बेल्ट र गोंड़ोला भन्ने उपकरण माथि बसेर कम से कम दुइ जना मिलेर काम गरेको देखेको छु / साधारण काम को लागि नत्र भने क्रेन लाएर काम गर्छन /यो त अति भो नि ?गरे गर न गरे मर भने जस्तो भएन र चित्र देखेर???
यो सुरक्षित् छैन एस्तो ठाउमा काम गर्ने र गराउने दुबैले सुरक्षित् प्रणाली अपनाउन जरुरी छ विदेश मा पाइप बाट बनाको मान्छे हिड्न औजार लियर काम गर्न सक्ने भरयंग बनाउछ अग्ला घरमा पन्टिंग गर्दा सेप्टी बेल्ट को प्रयोग हुन्छ साथ मा टाउकोमा हेल्मेट हातमा पन्जा हुन जरुरि हुन्छ साथै क्रेन को प्रयोग गरेको देखेको छु जांह सम्म मा बस्ने देश मा त झन् बनको घरको वरिपरी पुरै हरियो जालीदार प्लास्टिक ले ढाकेको हुनु पर्छ ताकी बाहिर अरु मान्छे या छेउछाउको घरहरुलाई धुलो मैलो को अशर नहोस भनेर साथमा त्यो घर बनाको छेउछाउ मान्छे हिड्ने बाटो छ भने पनि सुरक्षित् बनायको देखेको छु तर नेपाल मा कामदार खुद सुरक्षित् देखियन के अरुको सुरक्ष हेर्न सक्ला साथै नेपालमा यस्तो अग्ला घरहरु बनाउदा कम गर्ने र कम गराउने दुबैले सुर्क्षित् कुरा हरु अफनाउनु जरुरि छ
यो बिलकुल शुरक्षित छैन। पहिलो कुरा स्वीकृत कम्पनीहरुले मात्र गर्न पाउछन्, तिनीहरुको बकार्इदा ठुल्ठुला होल्डिङ बोर्ड राख्नु अनिबार्य छ। दोस्रो कुरा बिदेसा सार्बजनिक भवनहरु यसरी पेन्ट गरेको देखिदैन, प्राय मार्बल या ढुङ्गा या अलमुनियम या सनप्रुफ सिसाहरु लगार्इएका हुन्छन्। यी काम गर्नको लागी सस्पेन्डिड स्काफ्फोल्डर लगार्इन्छ। तेस्रो कुरा फोटामा न सेफ्टी हेलमेड, न सेफ्टी सु केहि बेसिक सेफ्टी पनि देखिदैन। छोटकरीमा भन्दा सेफ्टीको हिसाबले बिदेसा र नेपाला धेरै अन्तर छ त्यसैले बिलकुल असुरक्षित छ।
बिदेशमा बिल्डिंगको छतबाट गोंदोला मेसिन बिल्डिंगको भित्तामा सुरछित तरिका संग झार्छ जसमा कामदार सुरछित रुपमा उभिएर काम गर्न सकिन्छ र माथिको दृश्य अतिनै असुरछित छन् सम्बंदित निकायले ध्यान दिनु अति आवश्यक छ र कामदार आफैले पनि एस्तो कामको लागि होसियार पुर्बक काम गर्नु पर्छ काम गर्नु पूर्व सबै सामग्री हरुको राम्रो संग जाच गर्नु पर्छ धन्यबाद l
भवन त बलियो बनाएका छन् जस्तो छ, प्रबिधि पनिं प्रयोग गरेकै होलान, तर यो रंग रोगन लगाउने प्रबिधि किन हनी-हन्टर इस्टाइलको प्रयोग गरया होलान, त्यो चाहि अचम्म लाग्यो. माथिका कमेन्ट अनुसार बिदेशमा त यस्तो प्रयोग गर्दा रहेनछन ! यस्ता जोखिम काम गर्नेले र गराउनेले मापदण्ड अनुसार काम गरेको बेश. यसमै सबैको भलाइ छ.
चंद्रु, “Nepalese are very powerful and capable but we have lack of best manager and best investor and also best leader…..
we have not lack of best and skillful employees……………”
Best Manager, Best Investor and Best leader come in one package. They are packed your nail and muscle in your finger.
As soon as I see this figure, I ask the following questions:
1. Is he insured? Insurance is not because it will certainly happen, but it may happen. How much? Why not?
2. Does he wears helmet?
3. Is the hook on top of the building where he is hooked is safe enough? Is the rope safe enough? Who controls the rope? How does he communicate with the guy on rope? When I tried a rock climbing for the first time, I realized the mechanism how the people on rope move up and down. There was a guy standby behind the leader handling the rope, the purpose of standby guy was to make sure that he is attentive in case the leader fails to handle the situation (IN CASE). It is not about distrusting the leader’s ability, but it is about possible mistake or overlook or the brake fails for some reason. Remember no one is perfect, therefore, risk is always there no matter how great you think you are. Why did dinosaurs vanish from earth 65 million years ago? Nothing is impossible.
4. Why does not he have a basket so that he also has mobility, and relaxed and not tied as seen on this picture?
5. When he moves his body vertically up and down, is there secondary safety measure if the first one fails. Sky diving to elevators, we always have secondary (back-up) safety measure when risk is high?
6. Where is the government authority to check the safety and rate the safety? Is there any accreditation body to rate and revoke the license if required? Are they really honest or they will give you OK depending on how thick the envelope they get? I remember how the two inspectors visited the construction of house that I once supervised “unofficially”. They came every week, got a some money, and left promising there will be no problem for another week.
7. I am wondering whether the building has enough safety exists? Are they well marked? Are these “EXIT” signs loaded with batteries in case electricity goes off during fire evacuation? What is the size of emergency staircase? Do they periodically practice how to evacuate?
नेपाल मा प्रयोग हुने सुरक्ष्याको लागि प्रयोग हुने समान को प्रयोग को लागि र यसको निरक्षण तथा सम्बर्धनको कुनै निकाए र नियेम पनि नहुन सक्दछा| फेरी ति कामदार हरुले तेस्को प्रोयोग गर्न राम्रो संग तालिम लिएका छन् कि छैनन् भन्ने रिकर्ड पनि नहुन सक्दछा| तिनीहरुलाई काम गरि राखेको बेलामा सुरक्ष्या सम्बन्धि राम्रो ज्ञान भएको सुपरभैजर्ले निराक्ष्याँ पनि गरि राख्नु पर्ने हुन्छा| यी सारा कुराको बन्द बस्थ हुन पनि फाट्ट फुट्ट अप्रिय घटना हरु भै रहन्छन|
साएद नेपालमा यस्ता कुरा हालसालै मात्र सुरुभायेकोले यो प्रबिदिका सुरक्ष्यामा कति गर्न सक्दछा भन्ने कुरा हरु आउदो दिन हरुमा थाहा होला|
cost कन्ट्रोल गर्ने भन्दैमा कामदारको ज्यान जोखिम मा राख्नु गलत हो .saftey को लागि धेरै उदहारण छ . one ओफ द बेस्ट चै bamboo scaffolding हो .र नेपालमा बाँस पुन गारो कुरा होइन.
सर, यति अग्लोमा पेंटिंग को लागी मात्र स्काफोल्ड लगाउनु चाही मुनासिब हुन्न, मोबाइल लिफ्टिंग पेल्त्फोर्म नै लागत र सुरक्षाको हिसाबले उपयुक्त हुन्छ थप कुरा चाही यस्तो अवस्थामा दुर्घटना भै हाले उद्वारको लागी तैयारी अवस्थामा एम्बुलेन्स हुनुपर्छ, यस्ता कामदारलाई हुनसक्ने दुर्घटना, कारक तत्व, बच्ने उपायको जानकारी गराउदै तालिम दिएको हुनु पर्छ, हेल्मेट र सेफ्टी जुत्ता त लगाएकै हुनु पर्थ्यो, त्यसमा नै कन्जुस छन् मालिक
यस्तो जोखिम मोलेर काम गरने हातहरूलाई मेरो सलाम ।
ठुल्ठुला शौख पालेर मोजमस्ती गर्न चाहनेहरु मेहेनतको विकल्प खोज्दै खराब काम गर्न रुचाउछन, बध्यतासंग सम्झौता गरेर सरल जिउन चाहनेहरु आफ्नो ज्यान जोखिममा राखेर मेहेनत गर्न रुचाउछन ! डोरीमा झुण्डीएर खतरा मोलिरहेको मानब तस्बिरले यहि कुरा बताउछ ! मैले त यहि बुझे !
I am working in Qatar. Working in the high rise building is very common here. All workers working in this type of buildings are unskilled nepali in major but gain experience after coming here. We can work in this type of building in 2 ways.
1. Erect Scfolding system which is propely braced with building with proper plateform and safety gear and other precautionery method applied.Should be inspected and tagged for safety.
2. Use Craddle. This craddle is supported and hung from the roof and mechanically operated at proper levels and height. This craddle are inspected and certified by third party for quality assurance and safe to work.
सगरमाथा जस्तो जोखिम पूर्ण चढाईमा पनि यस्तै डोरी र हार्नेस नै हो प्रयोग हुने तर उनिहरुले तेस्को सहि प्रयोग सम्बन्धि केहि तालिम लिएका हुन्छन जो माथि फोटोमा देखिएका व्यक्तिलाई साएदै दियिएको होला …
विदेश तिर पनि १०-१५ तले घरमा रंग रोहण गर्ने , सफाई गर्ने मोटामोटी तरिका यस्तै यस्तै हो तर फरक के हुन्छ भने उनीहरुलाई आफ्नो सेफ्टी बारे धेरै जानकारी हुन्छ र कहिँ कहिँ प्राबिधिक टोलीले मौसमको बिस्लेसन गरेर मात्र झुनडिन अनुमति दिन्छन , हावा हुरी बताश अशिना पानीको ख्याल गर्नु पर्ने हुन्छ … कति ठाउमा त तेस्तो काम गर्न छुट्टै अनुमति र बिमा अनिबार्य चाहिन्छ … आफ्नो औजार ( झुन्डिने डोरी ,कम्मरको हार्नेस प्रयोग र अन्य ) , डोरीको मजबुती ( क्षमता र कति चोटी प्रयोग गर्न मिल्ने पनि ) र टेन्सन बोक्ने क्षमता आदि बारे केहि तमिल पनि हुन्छ .. बिदेशमा पनि यो जोखिम पूर्ण तर धेरै पैसा आउने काम मानिन्छ …कतै कतै १०-२० तलासम्म (५०-६० मिटर ) पुग्ने अलि महँगो जमिनी क्रेन पनि प्रयोग हुन्छ तर धेरै अग्लो घरमा अन्य तरिका प्रयोग हुन्छ जुन यी भन्दा फरक र अलि महँगो हुन्छन ..
धेरै ठुला र अग्ला बिल्डिंगमा भने झुन्डिने डिब्बा जस्तो (suspended scaffold ) मा २ वा सो भन्दा बडी मानिस तेही बसेर काम गर्न मिल्ने खालको प्रबिधि प्रयोग गरिएको हुन्छ .. यो अलि महँगो भएपनि कम जोखिमपूर्ण हुन्छ … अन्य कम्प्युटर controlled अटोमेटिक तरिका पनि छन् .. तर काम भन्दा सेफ्टी लाई प्राथमिकतामा राखिन्छ …
I have seen and got scare somewhre in Dubai how Labors work in such a Tall Building with big risk. But not much like above picture. Anyway, God always bless them…..
The main idea is to use safety belt, which is also used in Nepal. The lift used in developed countries are for standing purpose only which makes working easier. However if accidents occur, than the scenario becomes different than developed countries.
सेफ्टी बेल्ट को समुचित प्रयोग गर्ने, हेल्मेट लाउने, सके सम्म स्काप फोल्डिंग को माध्यम बाट काम गर्ने परम्परा को नेपाल मा विकास गर्नु जरुरी छ/साथ ,साथै कामदार को लाइफ इन्सुरेन्स हुनु पनि जरुरी छ /
श्याम श्रेष्ठ जी को कुरा सहि हो. सबै कामदार ले कम्पनी ले दिएको PPE (Personal Protective Equipment eg safety glass , safety boot , hearing protection , gloves etc ) अनिवार्य लगाउनु पर्छा. High rise building मा कम गर्ने ले EWP (Elevated work platform ) भन्छ tesma बसेर building को माथि रंग लगौन्ना सकिन्छ. अनि एस्तो कम गर्ने मान्छे ले अनिवार्य working at height को traning लिएको हुनु पर्छा, safety harness लगाउनु parchha ताकी EWP को basket मा केहि भए पनि worker लै केहि हुन्न अनि safe हुन्छा.
Nabin
माथि देखियको भवन मा रंग लगाउने काम मेरो ISO safety related company मा काम को अनुसार मा निम्न कारण हरुले गर्दा सुरक्षित छैन भन्ने मेरो ठोकुवा छ!
१. Crane र man-basket प्रयोग हुनु पर्छ त्यसरी चमेरो को जस्तरी झुन्दनु भन्दा !
२.ल त्यो ठेकदार हरु चोर भयर होला Crane & Man-Basketप्रयोग गर्न सक्दैनन् तर बिचरा कामदार लाई safety जुत्ता त लगाउन देउ !!!
३. सामान्य साइकल चलाउदा हेल्मेट लगुना पर्छ खै हेल्मेट लगैदेको?
४. Safety Harness (सरिर झुन्डाउने डोरी ) अलि बाक्लो हुनुपर्छ र त्यसको SAFETY CERTIFICATES हुनैपर्छ!
५. T-shirt Pant लगायर पनि हुन्छ त त्यस्तरी ! यार अलि PPE ड्रेस मा हुन पर्यो नि !
र सबै भन्दा ठुलो कुरा Europe America जता भवन बनेपनि मान्छे को ज्यान को safety को Gurantee हुनै पर्छ ! International Procedure भन्दा पनि यी सङ कुरा मा ख्याल गर्यो भने कामदार को ज्यान को हिफाजत हुन्छ!निर्माण कम्पनि ले खाली बिटो मात्र कुम्लौने बाटो गरेर हुन्न !
Found this video on youutbe, might answer your question:
http://www.youtube.com/watch?v=vLZGA5jiIls
बेलायतमा हेल्थ र सेफ्टी को कानुन निक्कै कडा छ / येसरी फोटोमा देखिए जस्तो काममा लगाउन सम्भव छैन / यँहा सुरछित प्लेटफर्म भएको क्रेन प्रयोग हुन्छ/ क्रेन लाई माथि छतमा फिक्स गरि प्लेटफर्म बिस्तारै तल झार्दै लान सकिन्छा आबस्यकता अनुसार / यदी दुर्घटना भै केहि अंग भंग भए सात पुस्ताले बसी बसी खान पुग्ने कम्पेंसेसन पाउछन् कामदारले /
विदेशतिर यस्तामा काम गर्नलाई कोक्रो जस्तो जसलाई गंडोला भनिन्छ यो बिजुलीबाट चल्दछ र यसमा एक साइडमा तिन र अर्को साइडमा तिन वटा स्टिलका तारहरूले झुन्ड्याइएको हुन्छ हुनत दुइटा तारले मात्र काम गर्ने हो तर यदि दुइटा तार काम नलाग्ने वा चुटिएमा त्यो जगेडा एउटा तारले काम गर्छ अनि तेस्मा अझै एउटा नाइलनको डोरी पनि झुन्ड्याइएको हुन्छ र यसमा सेफ्टी हार्नेस ( माथि काँध देखि ढाड छाती र दुइ खुट्टामा बाधिएको ) हुन्छ यसमा जति जति कामदार काम गर्दै तलतिर झर्दै जान्छ र यो पनि आफै बिस्तारै तलतिर झर्छ यदि गंडोला चुटिएर तल झरेमा कामदार यहि हार्नेस्मा तुर्लुङ्ग झुन्दिन्छ र उसका अंगहरु टम्म तलदेखि माथि सम्म बाधिएका कारण भाचिने सम्भावना कम हुन्छ र यदि गंडोला बिधुत बन्द भै बिचमा अड्किएमा यसलाई एक बिसेस किसिमको चाबी द्वारा तल भुइमा बिना बिधुत पनि झार्न सकिन्छ र अर्को सेफ्टी चाहि कोहि पनि कामदार दुइ मिटर भन्दा माथि काम गर्छ भने हार्नेस लागाउने पर्छ नत्र सजायको भागीदार हुन्छ या सेफ्टी अफिसरले उसको कम्पनीलाई जरिबाना गर्छ |
बिदेशमा क्रेन प्रयोग हुने गर्छा. तर डोरी पनि प्रयोग गर्न सक्छन. उनीहरु तालिमप्राप्त भएकाले जोखिम मोल्न तयार हुन्छन.
http://www.antlersvail.com/2010/11/painting-tall-buildings-vail-style/
कम्पनी कस्तो हुने हो ? तेश्मा मा भर पर्चा. i still know rember that one nepali guy die in qatar while painiting, he fell down from second floor. there are goods companies in nepal also and in qatar also.
I don’t work in construction company but i think in developed country, they paint with the help of crane in such type of tall building.
म building बनाउने काम त गर्दिन, तर मैले विदेश मा देखे आनुसार माथि को फोटो मा पटक्कै सेफ्टी छैन/ येस्मा कामदार को ज्यान जोखिम मा छ / कम्पनी र सम्बन्धित सरकारी निकाय हरु ले सोच्नु पर्ने जरुरि देखिन्छ /
बिदेशमा SAFETY FIRST भनेर लेखिएको बोर्ड निर्माण स्थल सँगै हुन्छ। जसमा कामदारले लगाउनु पर्ने लुगा, पन्जा जुत्ता इत्यदीको चित्र उल्लेख गरिएको हुन्छ। निर्माण स्थललाई सेफ्टी कोनहरुले घेरिएको हुन्छ। बिदेशमा ठुला ठुला घरहरु बन्ने हुँदा यसरी एक जना मात्र झुन्डिएर रङ लगाउन सम्भब नहुने भएर होला, न्युनतम दुई जना बसेर रङ लगाउने र सिसा सफा गर्न मिल्ने खालको मेसिन हुन्छ। यो मेसिन पनि घरको छतमा नै अडिने गरी मिलाईेको हुन्छ। यस मेसिनमा कामदार उभिएर काम गर्न सक्छ, यस्मा नेपालमा जसरी झुन्डिन आवश्यक छैन।
यस्तै गरी सडकमा केही काम हुँदै छ भने, कारीब दुई – तीन सय मिटर पर बाट नै अगाडि काम भई राखेकोले गाडीको गती काम गर्न भनी लेखिएको संकेतहरु राखिएको हुन्छ। निर्माण स्थल वरिपरी safety cone ले घेरिएको हुन्छ। यहाँ यसरी राखेको safety cone हटाउनु गैर्हकानुनी मानिन्छ र सजाएको भागेदार हुनु पर्छ। यहाँ सबै safety सामाग्रीहरु सरकारी निकायबाट प्रमाणित हुनु पर्छ।
It’s not safe at all. Generally in developed countries, never work like this. They always do this kind of work with the help of lifting machine. I think it is all because of shortage money with our government as well as people of Nepal.
what we can say…….
Nepalese are very powerful and capable but we have lack of best manager and best investor and also best leader…..
we have not lack of best and skillful employees……………