Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समय फरक, कथा उही- संविधान सभा भाग २

Posted on June 6, 2012June 6, 2012 by mysansar

-नेपाल डायरी-

प्रसङ्ग मधेश आन्दोलनबाटै सुरु गरौं।

नम्बर एक –
एक जना छिमेकी छन् बिद्युत प्राधिकरणका मिटर रिडर – उमेर ५० वर्ष। राजविराजको लंका टोलमा बस्थे , दुइटी छोरी, सानो र सुखी परिवार। सानो एउटा एक तल्ले घर। ओखढुङगाबाट मधेस झरेर जिन्दगीका ३५ साल काटेरे त्यहाँ। पिउनबाट जागिर सुरु गरेर अहिले मिटर रिडरसम्म बनेछन्।

एक दिन कालो रात, औंसीको रात आयो आधी हुरी बोकेर, हुर्केकी एउटी छोरी, मधेस आन्दोलनको रापले उठाएर लग्यो। हार गुहार गरे , केही सिप चलेन। केही आन्दोलनका अगुवा ‘तेरी छोरी दे भन्दै आए’, उनकै भाषामा उठाए र लगे। मरी, बाँची पत्तो पाएनन्। पुर्ख्यौली घर चार लाख जतिमा बेचे र काठ्मान्डौ हानिए, हुर्केकी अर्की छोरी बचाउन।

राजबिराज, मधेस सम्झेर अहिले पनि रुन्छन् , “बाउ बाजेको थलो छोडेर यो बिरानो शहरमा काल पर्खिरहेको छु बाबु, म फेरि त्यै राजबिराज फर्कन सकुँला?’ भेटै पिच्छे प्रश्न गर्छन्, – म सँग जवाफ छैन, म आजभोलि उन्लाई देख्दा तर्केर हिँड्छु।

नम्बर दुई –
झापा बुधबारेका भान्जाभाइ गतमहिना आफ्नो सानो तिनो होटल बेचेर मलेसिया गए। राम्रै चलेको थियो रे उनको होटल, लिम्बुवानको नाउँमा राजनीति गर्नेको सिकार भए। “खाएको पैसा तिर्दैनन् , माथि इलामतिरको वन तस्करी गरेर सके, पैसा कमाएका छन्, साला पैसा भए’सी पुलिस उन्का , प्रशासन उन्को, उपल्लो दर्जामा गनिएको बाहुनको छोरो कहाँ टिक्न सकें र दाइ म ” मसिनो स्वरमा गुनासो गरे। इँटा बोक्दै होलान् मलेसियामा।

नम्बर तीन –
जनजातिको नाउँमा व्यापक आन्दोलन भयो अस्तिताका – आन्दोलनका क्रममा आफ्नै पसलको बोर्ड चाबेल चोकमा बालेर कथित जनजाति आन्दोलनकर्ताले आगो तापे, अल्लि पर पासाङ् ल्हामुको शालिकनेर बसेर मैले एकछिन तमासा हेरें, आँखाका कुना पुछें र घर फर्कें। कथित कामचलाऊ सरकारले क्षतिपूर्ति दिन्छ रे। भो मलाई चाहिएन। कसैको दया र निगाहमा बाँच्न नचाहने “स्वाबलम्बी” नेपालीको छोरो हुँ म पनि।

नम्बर चार –
झापा सुरुङगाका ३६ सालको विद्यार्थी आन्दोलनदेखि नै राजनीति गर्दै आएका एकजना दाइलाई भेटें आज अचानक, पशुपति ट्रान्सपोर्ट, सुन्धारामा। सुस्केरा हाल्दै सुनाए दाइले – गाँउघरमा मानिस कि “ब्राह्मण क्षत्री, दसनामी” भए कि “लिम्बुवान” कि “मधेसी” कि त “जनजाति” भए भाइ। अरु सबै बिलाए। स्वतन्त्र नपाली कोही रहेन। कदाचित चुनाउ भै हाल्यो भने जातजातिको चुनाउ हुने भो अब। “लिम्बु उमेद्वार, बाहुन उमेद्वार, जनजाति उमेद्‌वार वा मधेसी ” – देश कसैको रहेन अब, देश सबैको भो भाइ। व्यङ्ग्य हाने दाइले। म चुप लागें।

नम्बर पाँच –
एकजना झा थरका सर थिए, माथि ताप्लेजुङ्मा। उनकै भाषामा “गनित” पढाउने। “धेर कुचुर कुचुर नकर, एक झापर दिन्छु, वो छे महिना बिमारी नै बनाइ दिन्छु ” थेगोले गाली गर्थे। सबैका प्रिय थिए, बाहुनका, लिम्बुका, जाति जनजाति सबैका। गत साल बितेर गए। बाबुको ठाउँमा मलाई राख न-छोराले बिन्ती भाउ गरे, पढेलेखेका र गनित पढाउन योग्य थिए,अहँ दिएनन उन्लाई। क्षमता नभएर होइन, मधेशी भएर। बाबुसँगै २० वर्ष बसेको ठाउँबाट बिदा लिए। अचेल काठमाडौँको नाम चलेको कलेज पढाउँछन्।

अनि,
यतिबेला म मेरो बाल्यकालको मित्र डम्मरबहादुर राई (जेठा) लाई सम्झिरहेछु। धेरै भो भेटघाट पातलिएको। भेट हुँदा हँसिमजाकमा उ मलाई बाहुन काँठा भन्थ्यो, म उस्लाई सुङ्गुरे राई। एकप्रकारको आत्मियता त्यही गाली गराइमा थियो। फेरि भेट हुँदा न उस्ले मलाई काँठा भन्ने आँट गर्ला, न मैले नै सुङ्गुरे। जातिजनजातिको नाउँमा सल्केको यो आगोले हाम्रो आत्मियता पो घट्ने हो कि? कहिलेकाहीं चिन्ता लागेर आउँछ।

अर्को प्रसंग।
प्रदिप ज्ञवाली, रविन्द्र अधिकारीहरुले माफी मागे। राधेश्यामले राजिनामा दिए। हिम्मतदार र अलिकति निष्ठाको राजनीति गर्थे। अहिले रूँदै छन्, माफी माग्दैछन्। तर दुर्भाग्य ! नेपाली राजनीति उनीहरुको सेरोफेरोमा कहिल्यै घुम्दैन। उनीहरूको बोली कम बिक्छ। बोली बिक्नेहरु रामचन्द्र, सुशिल, झलनाथ,माधवकुमार, प्रचन्डहरु “राष्ट्रिय भोज” खाएर हाँस्न तल्लिन छन्। न उनीहरूले कहिल्यै जनतासँग माफी माग्लान्, न नेपाली राजनीति उनीहरूको सेरोफेरोबाट मुक्त होला।

अन्तमा –

फेरि चुनाउ हुने चर्चा छ। ढिलो चाँडो होला। तर फेरि पनि उही रामचन्द्र, सुशील, झलनाथ, प्रचन्डहरु चुनाउ जित्लान्। यो जात र ऊ जात को चर्चा गर्लान्। फेरि पनि “राष्ट्रिय भोज” खालान्। तर के ती मिटर रिडरले राजविराज फर्कन पाउलान् ? के मैले जेठासँग फेरि आत्मियता व्यक्त गर्न पाउँला ? के मास्टरको छोरोले फेरि मधेसी भएको कारण अपमानित हुन नपर्ला ?

अनलाइनमा नेपालडायरीको नामले चिनिने भोजराज दाहाल पुराना ब्लगरमध्येका एक हुन्। उनी हाल नेपालडायरी डट नेटमा ब्लग गर्छन्।

20 thoughts on “समय फरक, कथा उही- संविधान सभा भाग २”

  1. Ekaraj agasti says:
    June 8, 2012 at 1:03 am

    मैले बुझ्न नसकेको कुरा चै , जनजाती साथी हरु आफुलाई समान अधिकार चाहियो भन्छन, तर यो समान अधिकार भनेको चै के हो? के मा चै समान अधिकार भएन? भाषा मा ? सस्क्रिती मा ? नेपाल को कुन चै कानुन मा अहिले भाषा , धर्म , सस्क्रिती माथि प्रतिबन्ध लगाएइको छ र? अनी कुन चै भाषा, धर्म र जात लाई चै कानुन मा बिभेद गरिएको र? उल्टो आरक्षण दिएको अवस्था छ, समाज मा व्याबहारिक कठिनाई चै अलिक बढी बेहोर्नु परेको छ दलित हरु ले, त्यो बाहेक के मा बिभेद भएको हो भनेर प्रस्ट सँग जनजाती नेता हरु ले बुझाई दिये हुने थियो, कुन कानुन कुन चै धारामा बिभेद गरिएको छ? हिन्दू हरु ले मान्ने चाडबाड लाई राज्य ले बढी महत्वो दियो भन्ने गुनासो हो भने दसैं तिहार जस्ता चाडबाड उनिहरुले पनि मनाइरा छन, बिदा उनिहरु ले पनि पाकै छन, दसैं पेस्की दिने बेला मा हिन्दू अहिन्दू भनेर राज्य ले बिभेद गरेको छ र? उनिहरु को चाडबाड मा पनि राज्य ले बिदा दिएकै छ, सबै भाषा मा रेडियो बाट समाचार आएकै छ, पत्रीका निकाल्न, लेख छपाउन , उनिहरु लाई आफ्नो भाषा बोल्न कुन कानुन मा कहाँ निर प्रतिबन्ध लगायो? अनी अर्को कुरा पनि मैले अलिक नबुझेको चै , जातिय आधार मा राज्य को नाम राख्दैमा हुने पनि त खास केही होइन, तमुवान राख्दैमा आपत्ति जनाइ हाल्नु पर्ने , लिम्बुवान राख्दैमा फरक पर्ने चै के मा हो ? तमुवान मा बस्ने ले के गुरुङ भाषा बोल्नै पर्ने होर? दसैं तिहार मान्नै नपाउने होर? पारस को नाम मा ठाउको नाम राख्न हुने, बिरेन्द्र् को नाम मा ठाउँ को नाम राख्न हुने, अनी जात जाती को नाम मा ठाउको नाम राख्दा के चै फरक पर्ने हो? कि तमुवान नाम राखे पछी राज्य ले गुरुङ हरु लाई मात्रै चाड मान्न दिने, त्यो थाउमा नेपाली बोल्नै नपाईने , गाई को मासु खानै पर्ने , बाहुन ले पूजा पाथ गर्नै नपाउने पनि त होइन होला, तमुवान राज्य मा कि गुरुङ हरु ले मात्रै सरकारी अबसर पाउने अरु ले नपाउने हुने हो कि? या नब्बे प्रतिसत गुरुङ लाई अनी बाँकी १० प्रतिसत अरु लाई भनेर छुट्याइने हो कि , अग्राधिकार को नाउ मा , अलिक राम्रो सँग बुझिने गरी कसैले बुझाई दिनु भये मा आभारी हुने थिए, म बाहुन भएकै कारण मैले राज्य बाट अहिले सम्म कुनै सहयोग पाएको , मेरा बा ले , हजुर बा ले कुनै आरक्षण पाएको मलाई अहिले सम्म थाहा छैन, आर्थिक अवस्था को कुरा गर्दा मेरो गाउको गरीब तमाङ र मेरो सम्पत्ति बराबर नै छ, तर दलित माथि चै भेदभाब अझै पनि छ है मेरो गाउमा, जस्तो धारामा , मन्दिर मा, छुवाछुत अहिले सम्म पनि छ, त्यो छुवाछुत गर्ने मा बाहुन, क्षत्री, तमाङ , राइ जम्मैले गर्दछन। तेसैले यो जातिगत आधार मा राज्य को नाम दिदा बाहुन क्षत्री लाई हुने बेफाईदा र जनजाती लाई हुने व्याबहारिक फाईदा के के हुन जस्ले बुझाईदिये पनि आभारी हुने थिए, जनजाती नेता हरु भन्छन समानता चाहियो, समानता के मा र कसरी? भाषा मा कसरी ? सस्क्रिती मा कसरी हो ? कि हामीले उनिहरु को भाषा बोलिदिनु पर्ने हो कि , हामीहरु ले उनिहरु को सस्क्रिती मानिदिनु पर्ने हो कि ? कती पये ले भनेको सुन्छु कि स्कुल मा जनाजाती हरु ले बोल्ने भाषा मा पढाई नभएर जनजाती हरु सरकारी सेवा मा पास हुन सकेनन रे, अब के त तमुवान भये पछी त्यो राज्य मा सबैले गुरुङ भाषा मै प्राथमिक शिक्षा लिनु पर्ने हो कि ? गुरुङ हरु लाई पढ्न लाई छुट्तै स्कुल , मगर हरु को लाई अर्को स्कुल ,बाहुन क्षत्री लाई अर्को स्कुल हुने हो कि , लोक सेवा आयोग मा जात पिछे फरक फरक भाषा को प्रश्न पत्र आउने हो कि? त्याहा दशै , तिहार मनाउन नपाईने हो कि या दसैं तिहार मा बिदा नदिएर गुरुङ हरु को चाड मा मात्रै बिदा दियिने हो कि , अलिक राम्रो सँग बुझ्न कसरी सकिएला ? मलाई चै भित्र मन मा लगेको चै जात को आधार मा राज्य नाम दिदा फरक पर्दैन भन्ने हो ता पनि कता कता अहिले को माहोल , जनजाती नेताहरु ले आफ्नो जात लाई मात्रै दिएको बढी महत्वो ले गर्दा यो प्रश्न उब्जिएको हो , कोइ कसैलाई चहे माओवादी कै मित्र हुन या काङ्रेश एमाले का जो कसैले पनि बुझिने गरी फाईदा र बेफाईदा के के हुन बुदा गत हिसाब मा र अहिले को कानुनी बिभेद हरु के के हुन त्यो पनि प्रस्ट्याइ दिये म जस्ताको घैटो मा घाम लाग्ने थियो ।

    Reply
  2. kiran sharma says:
    June 7, 2012 at 6:52 pm

    राम्रो लाग्यो यो लेख … साँची थाहा छैन मेरो एउटा जन-जाति साथि छ र उसलाई भेट्दा संधै मैले भोटे भन्थे र उसले बाहुन भन्थ्यो … अब थाहा छैन, हामि त्यो भन्न सक्छौ या सक्दैनौ …

    Reply
  3. Ratna Thapa Magar says:
    June 7, 2012 at 1:20 pm

    यो सिधै एकात्मक बाढी सोच को लेख हो, बेकार मा सिधा सोझा जनता लाइ भड्काउने मात्र
    हाम्रो मिश्रित समाज मा एक आपस मा लेखक भने जस्तो रिस राग कति दिन नै टिक्न सक्छा ? जुन कुरा समास्या भन्दै लेखक ले चिच्याउदै छन् त्यो तीनको र त्योसतो सोच राख्ने एकात्माक बादी हरुको दुसित बिचार हो, सधै भर मै खाउ मै लाउ भन्ने हरुको भाग खोसिदै छ भनेर तुराहा पन को प्रस्फुटन हो !!!
    हाम्रो समाज परिवर्तन हुनु जरुरि छ , जुन अहिले को जस्तो एकात्मक बादी सोच ले होइन हरेक तह र तप्का का जनताहरुलाई उनीहरुको हक र अधिकार को सुरुच्छा बाट मात्र !!!

    Reply
    1. पुरु says:
      June 8, 2012 at 2:25 pm

      रत्नजी, यो एकात्मक सोचको लेख हो भने तपाइको बिचारमा कस्तो सोच ठिक हुन्छ बताउनुस न त! समाज परिवर्तन हुन जरुरि छ भन्नु भो, त्यो परिवर्तन कसरि गर्ने त्यो पनि भन्नु पर्यो नि, अरुका कुरा गलत छ भने सहि के हो त्यो पनि भन्नु पर्छ, खाली अरुलाई तुराहा भनेर मात्र हुदैन! यहाँ माथि एकराज अगस्ती को कमेन्ट पनि पढ्नुस अनि उनका प्रश्नका जवाफ के हुन सक्छन त्यो पनि विचार गर्नुहोस न!

      Reply
      1. Ratna Thapa Magar says:
        June 9, 2012 at 3:08 am

        हेल्लो पुरु जी ,
        आज किन देश डुब्दै छ ? किन यो हालात मा पुग्यो ? भनेर सोच्नु होला अनि तपाई को प्रस्न को उत्तर पाउनु हुने छ !
        एकराज जी को लेख समग्र मा सतही रुपको मात्र छ, साएद भित्रि कुराहरु नखुलाएको या थाहा नभएको हुनु सक्छ , तपैले ले नै भन्नुस ३०% ले किन देश को हर छेत्र मा हाली मुलाही गर्दै छन् ? के तिनीहरु सबै नै दछाताको आधार मा आएका हुन् ? हुन् एदी भने कस्ता खाल का होलान ति जसले देश लाइ यो हालत मा पुराए
        तेसैले मित्र /मित्रिनी कमेन्ट गर्नु भन्दा पहिले बिचार गर्नुस जबर्जस्ति आखा मा छारो हाल्नु नखोजौ कि ?
        धन्यबाद

        Reply
        1. उमा says:
          June 10, 2012 at 1:47 pm

          रत्न जी
          तिनीहरु बाहुन ,छेत्री भएकै कुरालाई मात्र जागिर पाएका हैनन् ,लोकसेवा लडेर आएका हुन् ,कति फेल पनि हुन्छन |
          बरु जात कै आधार मा पाउने तपाइँ हरु हुनुहुन्छ ,बरु सरम तपाइहरुलाई लाग्न पर्ने हो नि ?कि कसो ?

          Reply
          1. रत्न थापा मगर says:
            June 11, 2012 at 12:13 am

            त्यहि त भन्दैछु कस्तो खालको लोकसेवा दियर आय?
            जसले देसलाई यो हालतंा पुराय कि त्यो दोस फेरि अरुलाई थोपरि दीने?

            Reply
  4. पुष्प says:
    June 7, 2012 at 11:49 am

    जातीय आन्दोलनले जातीय वा साम्प्रदायिक सद्भाव खल्बलिने कुराको सोच जातीय आन्दोलनविरोधीहरूले मात्र सोच्दा रहेछन् क्यार … यो एउटा संकीर्ण र संकुचित सोच हो । बरु जातीयताको मुद्दा बनाइएको मधेश चाहिँ अवश्य पनि विखण्डनकारी सोचको उपज हो । मधेशी भनेको न कुनै जात हो, सम्प्रदाय हो, न यो आदिवासीमा पर्छ न त जनजातिमै । भनेपछि झा, यादव आदिमात्र कसरी मधेशी भए ? मधेशमा जन्मे हुर्केका कोइराला पनि मधेशी हुन्, दाहाल पनि मधेशी । कुनै जाति विशेषलाई मात्र मधेशीको बिल्ला भिराएकै कारण नै जातीयताको मुद्दादेखि तर्सिएको कुरा घामझैँ छर्ल‌ग हुँदाहुँदै मधेशवादीहरुको विरोध गर्नुको साटो आदिवासी-जनजातिको मुद्दाको मात्र विरोध गर्नुले मधेशवादी भनाउँदा तिनै विखण्डनकारीहरू नै रापिलो हुँदै गइरहेका छन् । चेतना भया !

    Reply
    1. उमा says:
      June 10, 2012 at 2:00 pm

      तापाई चै ज्योतिस हो कि के हो? ज्योतिष ले पनि अझ आफु १०० प्रतिसत सहि छु भन्दैन ?
      तेसैले यो तपाइको जातीय द्वेष मात्र बोलेको हो |
      जातीय आन्दोलन ले नेपाल जस्तो देस मा जातीय द्वेष र सदभाब नै खलबलिन्छ |
      यो ब्यबहारिक रुप मा देखिएको हो र जुन प्रयोगात्मक रुप मा हालै साबित भयो |
      तापैलाई डाइरेक्ट भन्छु ,हाम्रा तराइमा बस्ने झा ,यादब ,शाह ,मुसहर ,दास ,गुप्ता ,सिंग आदि लाइ नेपालि नै भएपनि बिहेबारी उतैतिर ,उही खाल को भोजपुरी भासा बोल्ने भएकोले
      नेपाल घुसेका बिहारी जस्तै देखिने भएकोले आखा को धोकाले नेपालि हरु ले सबैलाई मदिसे भन्ने चलन चलिआएको हो |
      काठमान्डू मा मनु मखु : मर्स्या ख भन्ने चलन चै उनीहरुको आदत ले कमाएको पुजी थ्यो |
      तापाई ले माइसंसार मा छेउ त् टुप्पोको हिरो हुन् म पनि मदिसे हुँ भनेर आफ्नो परिभाषा
      लेख्नु भो जुन तपाइँ ले सिबाय अरु मा बुझ्ने क्ष्यमता छैन |

      Reply
  5. Basanta Thapa Magar,Maryland,USA says:
    June 7, 2012 at 8:32 am

    कुनै पनि जाती का भाषा ,भेष ,धर्म ,रिति उठान गर्ने आधार र अधिकार दिउ तर जातीको नाम मा गरिने राजनीति लाइ प्रतिबन्द लगाउ \ योसो गरिएन भने भोलि जातीय बिमेल भै डर लाग्दो स्थिति आउनेछ \
    जसरी अंतर्रास्त्रिय भाइचारा राख्न अग्रेजी भाषा को प्रयोग गरिन्छ त्यहि रुपमा नेपालि नेपालि बीच पुलको काम गर्न नेपालि भाषा लाइ लिउ \ साझा चाड पर्ब दशैँ तिहार बनिरहेको छ \ यसको फलस्वरूप दशैँ खर्च ,बिदा ,सहुलियत हर जात ,धर्म ,क्षेत्र का हामि नेपालि ले लिदै आइरहेका छौ \यसलाई आपशी भाइचारा ,खुशी ,सदभाब को रुपमा लिउ ,बिकाश गरौ \ कसैले लादेको भनि यसको सकारात्मक पक्ष लाइ नकारात्मक रुपमा चित्रण नगरौ \
    नकरात्मक पक्ष हर जात ,धर्म .क्षेत्र ,बिचार .सस्कार मा छन् तिनलाई सुधारौ\
    मानिस जुन सुकै जात ,क्षेत्र ,धर्म ,बिचार का हुन् तिनका खराब पक्ष को बिरोध गरौ नकी जात ,धर्म ,क्षेत्र ,बिचार को बिरोध \
    मिलेर बस्ने ,बाच्ने अबस्था सृजना गरौ \ जात ,क्षेत्र ,धर्म ,बिचार हेरी हेप्ने ,भेदभाब गर्ने ,उठिबास लगाउने अबस्था आउँन नदिउ \ मुट्ठी भरका हर जातका मानिस सम्बृद हुने आधार होइन समुर्ण नेपालि सम्बृद हुने आधार र अधिकार को ब्यबस्था गरौ \

    Reply
  6. Rishikesh says:
    June 7, 2012 at 7:23 am

    रात पछी दिन आए जस्तै र अध्यारो पछी उज्यालो आए जस्तै अबस्य नेपाली नेपाली बीच एकता हुने र मिलि जुली संगै बस्ने दिन आउछ . आपस मा नमिली सुख नै छैन नेता हरुले जति भाड्न खोजे पनि नेपालीहरु भादिनेवाला छैनन् जस्तो मलाइ लागेको छ.

    Reply
  7. chandra says:
    June 7, 2012 at 5:48 am

    छबिलाल झले सुशील गच्छादार माकुने बाबुराम हरु देशको सर्बे सर्बा भए सम्म
    हाम्रो देश अब यस्तै हो | देशको लागि हाम्रो लागि गगन थापा हरु रबिन्द्र अधिकारी हरुको जरुरी छ | नभए जंगबहादुर भए पनि हुन्छ बरु | ऐले जनजातीको नाममा फेरी नया राजनीती सुरु भएको छ | उफ |||||||||||||||||

    Reply
  8. शशांक लामा, न्युयोर्क says:
    June 7, 2012 at 5:19 am

    भोजराजजी! यो एकजातिले अर्को जातिलाई छेडछाड गर्ने जस्तै : सुन्गुरे, काठा,लिंडे, पाडो, थाक्से, टपरे, भेडो, गाईको सास, सतुवा आदि त पहिले देखि नै भन्दै आएका कुरा हुन्| यस्तो कुराबाट जातीय विद्वेष हुँदैन| क्षणिक आवेशमा भनाभन गरिन्छ, त्यसपछि सिद्वियो | तर ‘थारु’ शब्दलाई नै गालीको रुपमा प्रयोग गरेर ‘तेरीमा थारु’ र ‘तेरीमा लाहुरे’ भनि कुनैपनि व्यक्तिलाई गालि गर्ने चलन अब नहटाउने होभने यसले चाहिँ नराम्रो जातीय विद्वेष ल्याउँछ|

    यसै प्रसंगमा धेरै पहिलेको एउटा कुरो कोट्याउ| मस्कोस्थित मेरा मित्र बिनोद बरालको बासस्थानमा एकदिन गएको थिएँ| तिनताका पनि बाहुन र गैर बाहुनबारे हाम्रो गन्थन चल्थ्यो | भोदको छैन बिनोद्जी भनेर सोधेको त् उनले जंगेर ” बाहुनको घरमा रक्सी नभए कसकहाँ हुन्छ त लामाजी ?! अनि अर्को कुरो तपाइहरुलाई बाहुनहरुले हरेक क्षेत्रमा जिते झैं रक्सी खानमा पनि हामीले जितीसक्यौं ” भन्दै रेफ्रिजेरेटरभित्रबाट बडेमानको भोदको निकालेका थिए | रक्सी खानमा समेत जितिसकेका बाहुनहरुले समय अनुसार चलिदिएमा सबै कुरा ठिक ठाउमा आउँछ | बाहुन क्षेत्रीहरु मातिनु हुन्न, सेतामगुराथालीहरु पातिनु भएन !!!!

    Reply
  9. Abiral Butwal says:
    June 7, 2012 at 12:51 am

    मेरो बिचारमा यो कुनै अनौठो केहि पनि भाको छैन केहि छुटपुत घटनाले केवल एउटा जातीय दंगाको हाउ गुजिले नेपालीको मनमा बास गरेको मात्र हो ! यसले कुनै उग्र रुप लिदैन ! हामी सबै हाम्रो सबै एकतामा अनेक जातजाति मिलेर बसेको सुन्दर शान्त ३ करोड नेपालीको हाम्रो देश नेपाल हो ! फरक यति हो उत्पिडनमा परेका इतिहासले समेट्न नसकेका पिछडिएका बर्ग जातजातिहरुको चेतनाको ढोका खुल्या मात्र हो ! त्यो स्वाभाविक हो एक दिन ढिलो चाडो जाग्नु नै थियो ! त्यो चेतनाको ढोकालाई सर्बमान्य हिसाबले राज्यले सम्बोधन गर्नु पर्थ्यो तर हामीले समय मा नै सम्बोधन गरेनौ उल्टो दमन गर्न खोजेउ यसैको परिणाम आज हामीले धेरै थोरै घटना क्रम व्यहोरी रहेका छौ ! हामी कहाँ समस्या नभाको होइन तर जहाँ समस्या हुन्छ त्यहाँ समाधानको बाटो पनि हुन्छ भन्ने पनि भुल्नु हुँदैन ! जसको समाधानको निम्ति कुनै पनि आनाकानी कन्जुसाई नगरी सबै दलहरुले आफ्नो दल भन्दा माथि उठेर सम्पूर्ण नेपाली जनताको हक अधिकारलाई सर्बमान्य रुपले समयमा नै सुनिश्चित गर्नु आजको अपरिहार्य हो अझै पनि केहि गुज्री सकेको छैन तर यो भन्दा ढिला भयो भने के हुन्छ त्यो भन्न सकिने अवस्था छैन यसर्थ अगुवाई शासक बर्गलाई समयमा नै चेतना हुन जरुरि छ ! अस्तु !!!

    Reply
    1. पुरु says:
      June 8, 2012 at 2:33 pm

      ठिक भन्नु भयो, चेतना आउनु जरुरि छ, बेग्लै राज्यको हल्ला संकुचित स्वार्थ भएका राजनीतिकर्मी हरुले मात्र गरेका हुन् र उनीहरुलाई उक्साउने बिदेशी तत्वहरु पनि अबश्य होलान!

      Reply
  10. govind says:
    June 6, 2012 at 11:23 pm

    प्रसङ्ग धेरै छ र यी सत्य हुन् नेपाली जनता ले भोग्दई आएका यो त सुरुवात हो /हाम्रो समाज कतागायो ?सबई कुरा जात मा गएर टुन्गीयो/ यो सबै माओबादी को देन हो /जातीय राज्य को नारा ले देस लाई सोमालेया बनाएनेभायो/आब के गर्ने ? हे रास्त्रबदी नेपाली हो सबई मिलेर नेपाल र नेपाली को रा राक्चया गरम /

    Reply
  11. T Dhakal says:
    June 6, 2012 at 11:20 pm

    सात वर्ष भयो देश छोडेको/ देश छोड्ने बेलामा म खाट्टी नेपाली थिए, अहिले पनि उस्तै छु/ विदेशमा बस्दा अझ बढी आफ्नो पहिचानको खाचो हुदो रहेछ/ “इतिहासमा नेपाल कहिल्यै पनि कसैको उपनिवेस थिएन” भनेर विदेशीहरुको अगाडी भन्न पाउदा गर्वले छाती ढक्क फुलेर आउछ/ तर त्यो नेपालीपन अहिले खस्कदो छ/ देशमा एउटा स्कुलमा वा अस्पतालमा सहयोग गरौ न भनेर कोशिस गर्यो, दस थरि पार्टी र छत्तिस थरि जातिहरुको पहिले चित्त बुझाउनु पर्छ/ अझ समान/उपकरण पठायो भने त सबै भन्सारमा चुहिन्छ/ देशमा आम्दानी भित्र्याउनु त कता कता देशमा रहेको सम्पति बेचेर विदेश लाग्ने को ताती लागेको छ/ अस्ति भर्खर मेरा एकजना अमेरिका बस्ने साथि नेपाल गएर भएभरको सम्पति बेचविखन गरेर पैसा लिएर फर्के/
    देशलाई उभो लगाउने हो भने अब फरक तरिकाले सोच्न अबेर भैसकेको छ/

    Reply
  12. Shankar says:
    June 6, 2012 at 10:43 pm

    आजकाल मिलेर बसौ, जातीय कुरा न उठाउ भन्दा पिंचे कुरा गर्यो ,झुक्याउनु खोज्यो भन्छन दाहाल जी |उनीहरु को बाउ ,बाजे ले चै न बुझेको तेस्तो उनीहरुले के बुझेको हो थाह छैन ,धेरै बुझ्दा बुझ्दा देश को गति यो भैसक्यो भोलि के हुने हो ठेगान छैन |
    यो सब नेपाल अरु चिज को लागि उर्बर भए झैँ द्वन्द को लागि पनि उर्बर ठानेर
    बिभिन्न एन जी वो ,सी आइ ये ,’र ‘ आदिको चल खेल हो |
    सानो घाउ लाइ कोट्त्याई कोत्त्यै क्यन्सार बनाउने चै हामि नेपालि नै हो |

    Reply
    1. पुरु says:
      June 8, 2012 at 2:40 pm

      कम्युनिष्ट हरुले बर्गीय उत्थानको कुरा गर्छन, जातीय वा धार्मिक होइन. यो त दाहालजीले जनजातिको बुइ चढेर आफु रास्ट्रपति हुने चाल गरेका मात्र हुन्, जुन कुरा जनजाती, मधेसी जनताले पनि ढिलो चाडो बुझ्नेनै छन्, नेताहरुले बुझ पचाए पनि !

      Reply
  13. Shrestha says:
    June 6, 2012 at 9:09 pm

    म नेपालगंजको सबै भन्दा पुरोनो श्रेष्ठ परिवारको सदस्य हुँ। अहिले नेपालगंजमा हाम्रो पाँचौ पुस्ता बसोबस गर्दै छौँ। हाम्रा पुर्खाहरुले मधिसेहरुलाई अन्य ठाउंबाट ल्याएर बाँकेको जग्गा दिएर बसाएको इतिहास छ।

    नेपाली समाजमा हाम्रो स्तिथिको बर्णन गर्न चाहंछु ।

    नेपालगंजम़ा भन्दछन : बाहुनहरुले यो नेवार हो!, मधिसेले पहाडिया!

    कर्णाली पारीकाले पूर्वीय!

    काठमाडौँम़ा भन्दछन : यो मर्सिया हो हाम्रो नेवार हैन!, पश्चिमे गामा हो!

    पुर्बी तराईम़ा भन्दछन: पश्चिमे, पहाडिया, नेवार!

    आफ्नै मध्य-पश्चिमांचलको पहाड तिर: मलाई मधिसे हो भन्छन!

    अब म के हुँ ?????

    तर म आफु लाई नेपाली भन्न मात्र मन लाग्दछ।

    नेपालगंजको श्रेष्ठ परिवारका सदस्य

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme